भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको ५८ वर्षको उमेरमा मंगलबार मृत्यु भएको छ। अमेरिकाको नाकै मुनि रहेर ‘अमेरिकी साम्राज्यवाद’लाई चुनौति दिएको बताउने चाभेजले आफू ‘अमेरिकाको शत्रु’ भएको घोषणा सार्वजनिक रुपमै गरेका थिए। जिउँदो रहँदामात्र हैन, मृत्युपछि पनि अमेरिकासँगको यो शत्रुता कायमै रह्यो। उनको मृत्युको घोषणा गर्ने सम्बोधनमा उपराष्ट्रपति निकोलस मादुरोले देशविरुद्ध षड्यन्त्र गरेको भन्दै अमेरिकी दूतावासका एक कर्मचारीलाई देश निकाला गरेको बताए। उनले चाभेजलाई विष दिइएको दावी गर्दै एक दिन त्यसको वैज्ञानिक प्रमाण सबका सामु आउने समेत दावी गरे।
‘कू’को असफल प्रयास गरेर जेलसमेत परेका चाभेजले बुलेट हैन ब्यालेटबाटै सत्ता पाए। नयाँ गणतन्त्रको जग हाल्ने र गरिब र श्रमिक वर्गको आर्थिक र सामाजिक सुधार गर्ने वाचा गरेर सन् १९९८ को राष्ट्रपतीय निर्वाचनमा ५६ प्रतिशतको बहुमत पाएपछि उनले फर्किएर हेर्नुपरेन। पपुलिस्ट इमेजबाट प्रभावित भई चुनावमा अधिकांश गरिब र मध्यम वर्ग उनको समर्थनमा आएका थिए। सन् १९९९ देखि राष्ट्रपतिको कार्यकाल सुरु गरेका उनी मृत्युपछि मात्र कुर्सीबाट हटे। लगातार चार कार्यकाल उनी राष्ट्रपति निर्वाचित भए। उनले धेरै आर्थिक र सामाजिक सुधार गरे र आफ्नो देशमात्र हैन, विश्वमा पनि प्रभावशाली नेताका रुपमा परिचित भए। उनले गरेका केही कामको नक्कल प्रचारका लागि हाम्रा प्रधानमन्त्री बाबुराम भट्टराईले पनि गर्न खोजेको देखिन्छ।
चाभेजले ब्युरोक्रेसीलाई बाइपास गरी जनतालाई सीधै राष्ट्रपतिसँग सम्पर्क गर्न सक्ने गरी ट्विटर अकाउन्ट खोलेका थिए। @chavezcandanga लाई पछ्याउनेहरु ४१ लाखभन्दा बढी थिए। ट्विटरबाट पठाइएका सुझाव र प्रतिक्रियाहरुलाई मनिटर गर्न २ सय जनाको टिमै थियो। हाम्रा प्रधानमन्त्रीले पनि ट्विटरमा अकाउन्ट खोलेर अन्तर्क्रिया गर्न थाले। तर सुरु गरेको केही महिना नबित्दै ‘मन नपरे वा मन नलागे लेख्ने वा वोल्ने कष्ट नगरौं’ भन्न सुरु गरिसकेका छन्।
चाभेजले रेडियो र टेलिभिजनमा ‘Aló Presidente’ (हेलो राष्ट्रपति) सुरु गरेका थिए सन् १९९९ मा उनले कार्यकाल सम्हालेको तीन महिनामै। यहाँ पनि बाबुराम भट्टराईले त्यसको नक्कल गरी ‘हेलो सरकार’ चलाए। ‘जनतासँग प्रधानमन्त्री’ भन्दै भट्टराईले रेडियो र टेलिभिजनमा जनतासँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने कार्यक्रम लगभग उनको यो कार्यक्रमकै नक्कल हो। यद्यपि, चाभेजको Aló Presidente को शैलि फरक थियो। आइतबार बिहान ११ बजे सुरु हुने यो कार्यक्रमको अन्त्य कति बजे हुने भन्ने निश्चित थिएन। सामान्यतया ५ बजे यो कार्यक्रम सकिन्थ्यो। यो कार्यक्रममा हाम्रा बाबुरामले जस्तै कुनै नवराज लम्सालसँग कुरा गर्ने नभई कार्यक्रम सञ्चालन चाभेज आफैले गर्थे। त्यो दिनको विषय आफैले तोकी सम्बोधन गर्न थाल्थे अनि सरकारद्वारा सञ्चालित सामाजिक कल्याणका कार्यक्रम भइरहेको ठाउँमा चाभेज आफै भ्रमण गर्थे।
कार्यक्रममा मन्त्रीहरु उपस्थित हुनुपर्थ्यो। उनीहरुलाई राष्ट्रपतिले कुनै पनि विषयमा प्रश्न सोधी झाँको झार्न सक्थे। कहिलेकाहीँ नीतिका बारेसमेत छलफल हुन्थ्यो। सैनिक नीतिबारे पनि छलफल हुन्थ्यो। एउटा कार्यक्रममा त चाभेजले १० बटालियन सेना कोलम्बियासँगको सीमाक्षेत्रमा पठाउन आदेश समेत दिएका थिए।
४० प्रतिशत छुटमा सामान
गरिब र मध्यम वर्गमा चाभेज लोकप्रिय हुनुको कारण उनका पपुलिस्ट कामहरु थिए। पूँजीवाद हैन, समाजवाद उन्नतिको पथ रहेको उनको विश्वास थियो। चाभेजले मेराकल नेटवर्क नामको सुपरमार्केटहरुको राष्ट्रव्यापी सञ्जाल सुरु गरे। १६ हजारभन्दा बढी शाखा र ८५ हजारभन्दा बढी कर्मचारी भएको यो सञ्जालमा खाद्यान्न धेरै सस्तोमा बिक्री गरिन्थ्यो। उनले देशव्यापी ६ हजार सुप किचेन पनि सुरु गरे। निजी पसलहरुमा १०० पर्ने सामान त्यहाँ ४० मा पाइन्थ्यो। चीज र मासुमा त ५० देखि ६० प्रतिशतसम्म छुट पाइन्थ्यो। यसमा उनलाई लोकप्रियताका लागि यसो गरेको, त्यस्ता पसलहरुमा उनको फोटो प्राथमिकताका साथ राख्ने गरेको आरोप लागे।
सबै आर्थिक वर्गलाई खाद्यान्न पुर्याउने रणनीतिका साथ चाभेजले आधारभूत खाद्यान्नको मूल्य तोक्ने विवादास्पद नीति लागू गरे। सन् २००३ मा यो लागू भएपछि कूल खाद्यान्न उपभोग सन् २०१२ सम्ममा ९४.८ प्रतिशतले बढेछ। १० वर्षमा चामलको उत्पादन ८४ प्रतिशतले, भटमासको ८५८ प्रतिशतले, दूधको ५० प्रतिशतले बढेछ। मूल्य नियन्त्रण यति कडा रुपमा गरिन्थ्यो कि तोकेको भन्दा बढी भाउमा बेचे तुरुन्त कारबाही। तर पनि खाद्यान्न अभाव हुने, छुटमा सामान पाउने ठाउँमा खाद्यान्न किन्न लाइन बस्नुपर्ने स्थिति आइपर्यो। मूल्य नियन्त्रणले मुद्रा स्फीति बढाएको आरोप लाग्यो।
चाभेजले ५० लाख एकड भूमि जमिन्दारहरुबाट लिएर भूमि भनेको राज्यको सम्पति हो, जसले काम गर्छ उसको लागि हो भन्दै बाँडे। तर आधारभूत स्रोतहरुको अभावमा नयाँ भूमि मालिकहरुले पनि पूर्ण स्तरमा त्यसको उपयोग गरी उत्पादन गर्न सकेनन्।
सहकारी क्रान्ति
चाभेजले आफू निर्वाचित भएपछि एक लाखभन्दा बढी राज्यको स्वामित्व भएका सहकारीहरु स्थापना गरे। सरकारले ऋण दिन र प्राविधिक प्रशिक्षण दिन यस्ता सहकारीलाई सहयोग गर्थ्यो। स्थानीय सहभागितामूलक प्रजातन्त्रको नमूनाका रुपमा ३० हजारभन्दा बढी कम्युनल काउन्सिल गठन गरे। उनी कर्मचारी तन्त्रले हैन, सबै परियोजनाहरु कम्युनले नै सञ्चालन गर्नुपर्ने बताउँथे। अमेरिकी पत्रिका वासिङटन पोस्टले समेत भेनेजुएलाको गरिबी चाभेज सत्तामा आएपछि दोब्बर घटेर २८ % मा रहेको लेखेको थियो।
बीबीसीले आफ्नो अब्युचरीमा लेखेको छ- भेनेजुएलाको समाजमा रहेको असमानतालाई उनले सम्बोधन गरे, गरिब वर्गलाई खाद्यान्न, औषधि उपचार र सबैभन्दा ठूलो राजनीतिक रुपमा बोल्ने शक्ति समेत दिए। तर देशको आर्थिक समस्याको दीर्घकालीन समाधान लागू गर्न उनी असफल भए। हिंसात्मक अपराध उनको कार्यकालमा बढ्यो र सरकारमा भ्रष्टाचार कायमै रह्यो।
सेना, अदालत र निर्वाचन आयोगमा नियन्त्रण
निर्वाचित राष्ट्रपति नै भए पनि उनलाई तानाशाही लादेको आरोप लगाउनेहरुले उनले सेना, अदालत र निर्वाचन आयोग जस्ता स्वतन्त्र हुनुपर्ने निकायमा नियन्त्रण कायम गरेको आरोप लगाउँछन्। विपक्षीहरुलाई चुनावमा उठ्नै नदिने, विपक्षी मिडियालाई बन्द गराउने गरेको आरोप उनीमाथि लाग्यो।
सन् २००२ को अप्रिलमा कू गरेर केही समयका लागि उनलाई सत्ताच्युत गराइए पनि अन्तरिम सरकारले शक्ति नियन्त्रण गर्न नसक्दा सेनाको सहायताले ४८ घण्टाभित्रै पुनः सत्तामा आउन उनी सफल भए। कूपछि उनी झन् नियन्त्रणमुखी बन्न पुगे। कूपछि सन् २००४ मा गरिएको जनमत संग्रहले पनि उनलाई सत्ताबाट हटाउन सकेन। यो उनका गरिबमुखी कामहरुको परिणाम थियो।
फतफते नि असाध्यै
उनको फतफतेपना पनि असाध्यै विवादमा आउँछ। सन् २००६ मा उनले अमेरिकी राष्ट्रपति बुसलाई राष्ट्रसंघको महासभामा शैतान भन्दै अपमान गरेका थिए। उनले भाषणमा भनेका थिए- ‘शैतान हिजो यहाँ आएको थियो र आजसम्म पनि गनाइरहेको छ’
ल्याटिन अमेरिकी देशका नेताहरुलाई धमाधम क्यान्सर भएको खबर आउन थालेपछि यो सबका पछाडि अमेरिकी षड्यन्त्र त छैन भनी उनले शंका गरेका थिए। सन् २००९ मा पानी संकट भएपछि उनले भेनेजुएलावासीलाई ३ मिनेट मात्र नुहाउन भनेका थिए। सन् २००७ को एउटा सम्मेलनमा बारम्बार रोक्ने प्रयास गरेपछि झर्किएका स्पेनी राजा कार्लोसले उनलाई चुप लाग भन्दै हकारेका थिए।
त्यस क्षेत्रमा अमेरिकी प्रभावको विकल्पमा उनले क्युबा, इक्वेडर, बोलिभिया, निकारागुवा र केही क्यारेबियन देशहरु समावेश गरी आल्बा ग्रुप बनाएका थिए।
सत्ताका भोका
बिरामी भएर कामै गर्न नसक्ने स्थिति आउँदा पनि उनले सत्ता हस्तान्तरण गर्न चाहेनन्। निर्वाचनमा आफै उम्मेदवार भए। ७ अक्टोबर २०१२ मा उनी चौथो कार्यकालका लागि निर्वाचित भए। १० जनवरीमा उनले नयाँ कार्यकाल सुरु गर्नुपर्थ्यो, तर क्युबामा उपचार गराइरहेका हुनाले शपथ लिन स्वदेश फर्कन सकेनन्। सभामुखले शपथको मिति सारे, मुद्दा पर्यो। सर्वोच्च अदालतले बहालवाला राष्ट्रपति भएकोले शपथको औपचारिकता पछि पूरा गरे हुने फैसला गर्यो। विपक्षीले विरोध गरे। संविधानको सम्मान गरिनुपर्ने र चाभेजको स्वास्थ्यबारे पारदर्शी जानकारी गराइनुपर्ने माग उनीहरुले गरे। डिसेम्बर ३१ देखि नै उनको ब्रेन डेथ भइसकेको समेत दावी गरियो।
उनले आफूलाई क्यान्सर भएको कुरा पनि धेरै समयसम्म लुकाएरै राखे। उनी एक्लैले देशमा र विदेशमा आफ्ना नीतिहरुले ठूलै प्रभाव त पारे, तर उनीपछिको उत्तराधिकारी कोही नभएकोले देश अन्यौलमा फँस्न पुगेको छ। ३० दिनभित्र नयाँ चुनाव गर्नुपर्ने त्यहाँको संवैधानिक प्रावधान छ। पार्टीमा उनको उत्तराधिकारी को ? उसको क्षमता के ? विपक्षीहरुको हैसियत के ? यस्ता प्रश्नमा भेनेजुएला अब फँस्नेछ।





हाल बजारमा ३ प्रकारका कम्युनिष्टहरु थिए / छन्,
१. जनबादी : ह्युगो चावेज
२. धनबादी : हिसिला+दाहाल खेमा
३. बनबादी : बैद्द्य बुढा समुह
कठै !!!! दुर्भाग्य !!!! हाम्रो भागमा दोश्रो र तेश्रो मात्र परेछ
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
133
3
हुगो चावेस,सदाम हुस्सैन , अनि गद्दाफी अलि कडा स्वभावका थिए तर पनि देशको लागि केहि गर्छु भन्ने स्वोभावका थिए र उनीहरुले देश र जनताको लागि धेरै राम्रा काम हरु पनि गरेका थिए तर सद्दाम र गद्दाफी ले अमेरिकी साम्राज्यबाद को सामु घुंडा टेक्नु पर्यो तर चाबेस भनि अमेरिका लाइ जीवन भर चुनौती दिएर मरे जसले जे भने पनि चावेस भनि वेनेजुएला मा गरिब हरुका लागि god समान छन् उनको मिर्तु को खबेर ले लाखौ गरिब मानिस हरु रोइरहेका छन् अब उनीहरुको भबिस्य अनिश्चित छ एक असल रास्ट्र बादी नेता हुगो चावेस लाइ मेरो पनि salut छ ..!!!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
69
6
बाबुराम भट्टराई पनि दोश्रो ह्युगो चाभेज हुन सक्थ्यो तर दुर्भाग्य, दोश्रो लेन्डुप दोर्जे हुदैछ!
ह्युगो चाभेजको आत्माले शान्ति पाओस अनि भेनेजुएलाका जनताहरुलाई धर्य धारण गर्ने शक्ति मिलोस!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
59
9
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
14
46
एउटा सत्य कथा:
एक पटक स्पेनको राजा कार्लोस र ह्युगो चावेज (दुवै जना स्पेनिस भाषी) एउटा सम्मेलनमा संग-संगै बस्नु परेछ / सम्मेलनको क्रममा अगाडी मंचमा भाषण-मन्तब्य चलिरहदा चावेजको फत-फत-फत पनि सुरु भएछ/
अनवरत रुपमा फत्फत्फत गरेपछि छेउमा संगै बसेको स्पेनी राजाले चावेजलाई भनेछन
” why don ‘t you shut-up ?”
राजाको त्यो प्रतिक्रिया यति चर्चित भयो कि १ जना क्यारिकेचर गर्ने मानिसले राजाको स्वर क्यारिकेचर गरेर ” why don ‘t you shut-up ?” भन्ने बाक्य नै फोनको Ring -Tone नै बनाएर बिक्रीमा राखेको थिए / बिक्रीमा राखेको २-३ दिन भित्रमा २० लाख अमेरिकी डलर बराबरको त्यो ring -tone बिक्रि भएको थियो /
***********************************************************
जे जसो भए पनि ह्युगो चावेजले गरीव-दुखिलाई धनीहरुले कहिले पनि हेर्दैनन् त्येसैले सरकारले नै हेर्नु पर्छ भन्ने दह्रो सन्देस दिएको हुन् यसमा समाजबाद-पुजीबादी सबैको एकमत नै होला /
***********************************************************
उनको आत्माले चीर शान्ति पाओस
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
59
1
देशको अबस्ता र जनताका लागि गरेको कार्य सराहनीय छ/आज को संसार मा बुझेने मनिषलाइ इज्जत र देश को आश्तित्यो भन्दा ठुलो कुरो केहि हुदैन /
मन परे हरियो नपरे रातो !
12
0
उनी तानाशाह हुन् त्यसमा शंकै छैन| तर उनको उज्यालो पक्षको बारेमा भन्नपर्दा उनले कतिपय अन्य तानाशाह र केही लोकतन्त्र वादीहरुले जस्तो आफ्नो सन्तानवाट आफ्नो उत्तराधिकारी तयारी पारेनन्|
गद्दाफीले आफ्नै छोरो तयार पारे|
क्युबामा कास्ट्रोले आफ्नै भाईलाई सत्ता हस्तान्तरण गरे|
इजिप्टमा मुबारकले आफ्नो छोरोलाई लाइनमा राखेका थिए|
ल्याटिन अमेरिकाको कुन देश हो, बिर्से| लोग्ने पछि स्वास्नी राष्ट्रपति भए|
अरब देशहरुको कुरै नगरौ|
जिम्बाब्वेमा दांत सबै फुक्ली सकेका बुढा पनि सत्ता वाट हट्न मान्दैनन|
लोकतान्त्रिक देशमा पनि सन्तानलाई उत्तराधिकारी बनाउने होड नचलेको होइन| लौ हेर्नुस केही नमुना:
भारतमा गान्धी
बंगलादेशमा खालेदा र हसिनाको लाइन
श्री लंकामा बन्दर्नाइके
पाकिस्तानमा भुट्टो र त्यसपछिका हाँगाबिगा
अब हाम्रो आफ्नै —
कोइराला, सुजाता, शशांक, सुशील
(अब मनीषाको पालो)
मन परे हरियो नपरे रातो !
33
4
उनको मृत आत्माले शान्ति पावोस.
उनको मूल्यांकन गर्नु पर्दा मेरो विचारमा यहाँ साथीहरु आफ्नो झुकाव कता छ त्यसमा भर पर्छ होला. म आफु न त दक्षिण न त बाम विचारको परें, त्यसकारण, मेरो विचारमा उनि हाम्रा माओवादी सरहका मानिस थिए, फरक यत्ति हो कि विश्व को # १३ प्रो-धनि देश र मात्र नेपालको जस्तै जनसंख्या भएको मुलुक भएको हुनाले उनले केहि मात्रामा उनका मतदाता लाइ सघाउन सके तर हाम्रो देशमा त त्यस्तो आर्थिक श्रोत छैन, र माओवादीले झुट्ठा वाचा हरु गरेर जनतालाई धोखा दिए. यदि चावेजले गरिब लाइ साथ् दिए भन्ने कुरा गर्ने हो भने, उनका देशमा गरिब किन थिए र आज पनि गरिब धेरै छन्. ३ करोड भदा कम जनसंख्या भै संसारको ३% तेल उत्पादन गर्ने मुलुक कसरि गरिब भयो त? र उनले त आजन्म रास्ट्रपति हुन पाउने समेत प्रस्ताव राखेर जनमत संग्रह पनि गराएका थिए जो असफल भयो. धेरै अमेरिका तो निन्दा नगरेको भए वा क्युबा, इरान को नजिक नगएका भए उनि अझै पनि जिवितै हुने थिए होला.
मन परे हरियो नपरे रातो !
21
8
मलाई चेभेज को बारेमा केहि पनि जानकारी छैन….यहि लेख र कमेन्ट बाट थाहा भयो…..कहिले काहीं धेरै कुरा बुझ्ने अवसर पाइञ्छ कमेन्ट पढेर…..अनि कहिले काहीं बिचित्र पनि लग्छ…….कमेन्ट गर्दा गर्दै साथिहरुले…….हुने नहुने….प्रसङ्ग…..मिल्ने नमिल्ने….सबैकुरा जोदिएर आउँछ……..चिनको प्रगति देखेर…..संसार अचम्मित छ…….तैपनि चीनलाई ल्याएर जोड्ने पर्ने…..ये बाबा जनतालै के चाहिए को हो??? विकास….सम्ब्रिदी…..वाक स्वतन्त्रता…..अनि हामि त धेरै स्वतन्त्र छौं त….खोइ के नापेका छौं हामीले……अनि त्यो बिध्युतिए गतिमा विकास गरिरहेको….देशमा कम्युनिष्ट भएर छैन के गल्ति भयो र…..बोल्न पाएर भुँडी त भरिन्न होला नि….पहिला पेट त भर्न मिलोस…अनि बिस्तारै बोल्न तिर लागे हुन्न र??? न बाँची बोलिन्छ र? कुनै पनि देश बन्न……”….nism” अनि ‘….cracy’ ले मात्रै हुन्दैन …..भएन….पुग्दोरहेनछ…भनेर कहिले बुझ्ने हामीले….. चिनमा झैं विकास हुन्छ भने…तपाईं हामीलाई रामे श्यामे प्रचंडे माकुने ज्ञानेन्द्रे शुशिल बाबुराम…… संग के को टेन्सन!!!! जय देश!!! जय नेपाल!!!!
मन परे हरियो नपरे रातो !
27
4
हुगो चवेज़ जनता लागि र देशको पुर्णिमाको जुन झैँ अको थियो क्युबामा तर अब कालो औसीले ढाक्ने देखिन्छ | चिर शान्तिको कामना .
मन परे हरियो नपरे रातो !
16
7
जिरो शिष्टता भएको – त्यति राम्रो मान्छे त होइन / तर पनि उत्तर कोरियन / इरानी जस्तो महा-हरामी र अत्यन्तै क्रुर मान्छे त होइन यो /
अब भेनेजुएलानबासीहरुलाई प्रजातन्त्रको बाटो खुल्छ कि ?
मन परे हरियो नपरे रातो !
24
48
मेरो बिचारमा चवेज़ (ब्यक्ति) संग अमेरिका को राम्रो सम्बन्ध थिएन, तर वेनेंजुला देशसंग अमेरिका को नराम्रो सम्बन्ध चै थिएन र त वेनेंजुलाको तेल कम्पनी “सिटको” को अमेरिका संघको तेल व्यापार नै उक्त देश को मुख्य आम्दानी को स्रोत रहिआयेकोछ.
मन परे हरियो नपरे रातो !
40
3
यहि कुरा चावेज, क्यास्ट्रो, पोलपोट, किम उन जोङ्ग, अहमदिनेजाद, असाद को अन्धभक्तहरुले बुझ्दैनन् Dipak जी |
मन परे हरियो नपरे रातो !
27
22
रमाइलो कुरो के छ भने बाबुराम गरीब देशका प्र म हुन् भने चाभेज पेट्रोलको धनि भएको देशको (पांचौ स्थान) । चाभेजले त्यस्तो कुनै जादु गरेका होइनन , बरु सन् २००२ पछि एसरी पेट्रोलको भाउ आकासियो कि उनले केहि गर्ने परेन। पैसा मानौ आकास बाट बर्सन पुग्यो । कुनै समाजबादले काम गरेर राम्रो भाको होइन, जुन नेपालका कमुनिष्टहरु भन्न रुचाउछन। जे होस् उनि एक असल नेता भने थिए, यसमा केहि शंका छैन । उनको आत्माको चीर शान्तिको कामना गर्दछु ।
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
69
26
तिनीहरुसंग पेट्रोल भयर के भो त हामि संग पनि पानि छ नि पानि!
सगरमाथा र कंचनजंघा देखि बगेको पानि क्या त! यो पानि मरुभूमिको खाडि देशमा सप्प्लाई गर्न पाय पेट्रोलकै भाउमा बिक्रि हुन्थ्यो नि त!
तेता लागु नै माया!
मन परे हरियो नपरे रातो !
45
7
खाडी-मरुभूमी तिर अलि पछि पठाए हुन्न र ?
पहिले काठमाडौँमा नै १-२ तुर्को सबैलाई पुराउन पाए हुन्थ्यो कि ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
82
0
काठमाण्डौ लाइ त बागमती र विष्णुमति छदैछनि साथि!
मन परे हरियो नपरे रातो !
12
13
पाँचौ स्थान रे???… संसारकै पहिलो हो/ तलको लिंकमा क्लिक गर्ने हो कि:
http://en.wikipedia.org/wiki/Oil_reserves
मन परे हरियो नपरे रातो !
5
0
होइन बामपन्ती तानासाहप्रति नेपाली मीडियाको र समस्त नेपाली समाजको आसक्ति देख्दा उदेक लाग्छ / अबका सातामा चै नेपाली जनमानसमा कहिँ बिकसित देसमा नबिक्ने बामपन्थी विचार सहितको “चाबेज पुराण” हाम्रा संग्रौला, हरि रोका, युग पाठक, अरुण बराल, सी के लाल, राजेन्द्र महर्जन जस्ताको कलमबाट आउनेभो / खाली एउटालाई प्रमुख सत्रु मात्र तोकी गरिब जनताको ध्यान अन्त मोड़ी के देस विकास हुन्छ र ? तेत्रो साधन भएको देश अमेरिकाको रिस होइन अमेरिकाको सिस्टमको कपिगरि समायोजन गरेको भए बरु बिकशित हुन्थ्यो होला / तेसो हुदा हो पक्का पनि २ दसकसम्म कसको पनि तानासाही चै पक्का हुन्थेन / यथार्थले ठिक नै भनेका छन् माथि कमेन्टमा “सस्तो पेट्रोल पाउँदैमा देश सप्रिने भए त युरोप त अहिले सम्ममा कंगाल भै सक्ने थियो. नेपाली लाई सस्तो र सित्तैको कुरोमा मात्र किन आँखा जान्छ खै कुन्नि ,,, देशको साधन र श्रोत सित्तैमा बाड्दा क्षणिक रूपमा जनतालाई राहत र सहुलियत भए पनि दिर्ध काल मा देशलाई खोक्रो बनाउँछ भन्ने कुरा किन बुझ्दैनन् / ” मानिसभित्रको उच्छ सम्भावनालाई समाजबादले तगारो हाल्छ र तानासाह जन्म दिन्छ भनि येत्रो बिस्व इतिहास हुदा पनि कति समाजबादप्रति र एसको सोमनाथको सपना बेच्नेप्रति किन नेपाली मोहित होलान /
चाबेजको आत्माले शान्ति पावोस /
गरमागरम बहस! तपाईँको के विचार छ?
43
42
कुरा बाद को होइन, बाद को रुप मा भन्नु पर्दा समाज बाद नै सबै भन्दा राम्रो हो अबस्य तर कुरा बाद भन्दा पनि बादी राम्रो मान्छे मा भर पर्छ |
कम्युनिष्ट लाई गाली गरेर नथाक्ने बुश ले किन चिन बाट ऋण लिनु परेको त ? कुनै तथा कथित प्रजप्तंत्र बादी संग यसको जबाफ छ ?
कुनै एउटा महाशय प्वाक्क बोले, खगेन्द्र संग्रौला, युग पाठक, सी के लाल आदि लाई आरोप लगाए तर के ति महाशय लाई थाहा छ, ति व्यक्ति हरु नेपाल मा अब्बल दर्जा क लेखक हरु हुन् ? के तिमि हरु क लागि शुसिल दा वा शेरे महान व्यक्ति हुन् ? वा ओली ?
मन परे हरियो नपरे रातो !
12
6
तानाशाहा नै किन नहोस् मृत्यु एउटा पिडा हो। तिमीले बाचुन्जेल गरेका राम्रा कर्म र कुकर्मको हिसाब किताब ईतिहासले राख्ने छ।तिम्रो आत्माले शान्ती पाओस।
मन परे हरियो नपरे रातो !
37
1
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
38
69
यस्ता पागल नेतृत्वले राष्ट्रलाई सहि दिशातिर लैजादैन कम्निष्ठहरु आफुलाई महान ठानी अरु राष्ट्रका जुनसुकै पेसाकालाई पनि दुस्मन ठान्छन. राष्ट्रमा त्यो मात्रै सहि हुन् सक्छन जसले आफ्नो विरोधीको आलोचना सहि केवल राष्ट्रको हरेक निकायमा काम गर्नेहरुको मर्यादा र मुल्यांकन गर्न सक्छ. तेस्तै नेतृत्व बाट मात्र सम्पूर्ण राष्ट्र राष्ट्रबासिको भलो हुन सक्छ तेस्तै अमरिका लगायत बिकसित मुलुकमा भयको छ. तेस्तै भेनेजुयला जस्तो पेट्रोलियम पदार्थको भण्डार भयको राष्ट्रको जीवन स्तर पनि तेती उक्सिन सकेन बरु लाइबेरिया र सिरियाको जनताको राम्रो थियो
गरमागरम बहस! तपाईँको के विचार छ?
38
52
He was the great leader for the Venezuela. he was always challenge for the USA.Anyway Venezuela lost the Great Leader of the poor people in Venezuela.Rest in Peace Late Venezualian Leader.
मन परे हरियो नपरे रातो !
41
30
यद्यपि कमि कमजोरी कसको पो हुदैनर |रास्ट्रपति चावेजले गरिब र मध्यम बर्गको लागि
जे जति काम गरे त्यो सबैको लागि अनुकरनिय छ | चाबेज को निधनले दुखि गरिब परिवारलाई मर्माहत बनायको छ |दस बर्ष जनयुद्द लडेका बाबुराम सरकारले चावेज को नै
नक्कल गर्न खोजेर पनि केहि लछारपाटो लगाउन सकेन | बिसुद्ध मनले बहुसंख्यक जनताको लागि काम गर्न खोजेमा दुइ चार बर्षमै देशलाई उन्नति प्रगतिमा लैजान सकिन्छ भन्ने अहिले धेरै उदहारण भेटियको छ |
मन परे हरियो नपरे रातो !
31
8
जनता का छोरा भनौदा बाबुराम प्रचण्डहरु ले चाभेजको नक्कल गरेर सस्तो लोकप्रीयता मात्र पाउन सीके काम गर्न सकेनन | कैले आउने हो यीनी हरु को सुद्दी?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
63
14
कस्तो बुद्धि हो यार || मैले त भने को हामी नेपाली हरु लडौ || एक ले अर्का को खुट्टा तानौ || तेसो गरे ठिक हुन्छ होला जस्तो छ अब नेपाल मा ||
मन परे हरियो नपरे रातो !
4
0
सस्तो पेट्रोल पाउँदैमा देश सप्रिने भए त युरोप त अहिले सम्ममा कंगाल भै सक्ने थियो. नेपाली लाई सस्तो र सित्तैको कुरोमा मात्र किन आँखा जान्छ खै कुन्नि ,,, देशको साधन र श्रोत सित्तैमा बाड्दा क्षणिक रूपमा जनतालाई राहत र सहुलियत भए पनि दिर्ध काल मा देशलाई खोक्रो बनाउँछ भन्ने कुरा किन बुझ्दैनन् !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
50
5
सबै कुराहरुमा प्रयास गर्दै.. सफल्ता मिल्छ भन्ने होईन, हुनत चाभेजको बारेमा मलाई धेरै कुराहरु थाहा छैन तापनि माथिको यो लेखबाट नै ऐना जस्तै स्पष्ट छ | चाभेजपछि भेनेजुएलाका जनताहरु साच्चै नै टुहुरा भएकाछन् नेपाली रु ४ मा एक लिटर पेट्रोल पाईन्छ भन्ने बुझियो,तर हाम्रो देशको सन्दर्भमा एक जना नेता घटेउ भने यहाँका धेरै जनताहरु खुशी हुनेथिए कसेकम एक जना गुन्डा ,डाका अत्याचारीबाट त् जोगिने थियौ |
मन परे हरियो नपरे रातो !
21
6
हो एक असल नेता को दुखद मरण कम्युनिष्ट हरु ले धेरै कुरा सिक्नु पर्छ उनीबाट उनि बिस्वको इतिहासमै अमर रहिरहने छन्
मन परे हरियो नपरे रातो !
18
9
बाबुरामको हेलो सरकार कार्यक्रम पनि शुरुमा राम्रै थियो तर पछि hallow सरकार भएर गयो| मुस्ताङ्ग म्याक्स जस्तै उकालोमा सेलायो| केही गर्न चाहेर पनि बाबुरामलाई मधेसी दलहरुको खिचातानी र डंका , प्रचण्डको दैनिक घुर्की र मुड्कीको आशंका, नेपाली कांग्रेस र एमालेको बेला न कुबेलाको मिश्रित लघुशंका, वैद्य बा को झन्का र राजावादीहरुको ज्ञानेको पैसामा लाउने फन्का अनि यमी म्याडमको ऐश्वर्यजन्य रनकाले कामै गर्न दिएन भन्दा फरक नपर्ला| समग्रमा भन्न पर्दा बाबुराम असल थ्योरीटिसियन बढी हुन् र कुशल प्रशासक कम हुन्| आफुले भ्रष्टचार नगरे पनि अरुले भ्रष्टचार गर्दा आँखा चिम्लनु वा कारवाही नगर्नु पनि ओहदामा बसेका व्यक्तिले भ्रष्टचार गरेको बराबर हो| तैपनि बाबुरामलाई इतिहासकारहरुले अहिले सम्म भएका प्रधान मन्त्रीहरु मध्ये यस्तो विषम परिस्थितिमा देश चलाउने सबै भन्दा असल प्रधान मन्त्रि नै ठान्नेछन भन्ने लाग्छ|
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
60
20
तैपनि बाबुरामलाई इतिहासकारहरुले अहिले सम्म भएका प्रधान मन्त्रीहरु मध्ये यस्तो विषम परिस्थितिमा देश चलाउने सबै भन्दा असल प्रधान मन्त्रि नै ठान्नेछन भन्ने लाग्छa
यद्यपि बाबु राम ले जे गरे त्यसबाट खुस नभए पनि हामी पनि त्यहि ठान्छौ होला इतिहास कर मात्र होइन |
मन परे हरियो नपरे रातो !
32
28
निसंकोच बाबुराम हाल सम्मकै उत्क्रिस्ट र विद्वत्ता अनि लगनशील साथै कटिबद्द प्र म हुन्!
केहि गर्न को लागि सो ठाउमा पुग्नु जरुरि हुन्छ अनि पुगेर मात्र हुन्न तेहा अड्न पनि नितान्त जरुरि हुन्छ!
राजनीति सय मिटरको दौड होइन यो त लांग म्याराथुन हो र त्यो पनि हर्डल्स युक्त रिले म्याराथुन अझै यो म्याराथुनमा हुने नियम हरु पनि छैन र भयका पनि लागु हुदैन वा भनौ यो छाडा म्याराथुन हो जहा जसले जसलाई जे गर्न पनि सक्छ छेक्न लडाउन धकेल्न पछार्न छिर्कने हान्न आदि!
अनि यस्तो म्याराथनमा त हरेक पल पल बिचार पुर्यायर बच्नु जरुरि छ तेहा अड्न जरुरि छ!
हामीले कथा हाले जसरि सजिलो छ र?
त्यो पनि हामीकहा केहि गर्न नसक्ने वा नगर्ने लाइ विपक्षीले पनि सहयोग र साथ् दिन्छन अड्न दिन्छ किनकि उनीहरुलाई चाहियको तेही हो यो सत्तामा बसोस अघायोस र बाटो लागोस रहर पुर्याइदिउ पालै पालो गरु भन्ने हरु हुन्! तर तेहा कसैले सच्चाई गर्न सक्छ राम्रो गर्न सक्छ र राम्रो गर्ने छ वा गर्न लाग्यो भने तेस्को बिरुद्दमा असफल बनाउन उसको खेदो खन्न सब कुरा छाडेर पछि लाग्छ!
यो स्थिति बाट अघि बढ्दै छ बाबुराम!
बहुत सोचेर अघि बढ्नु पर्छ र यात्रामा र आबस्यक परे कोरीको पाउ मोल्नुपर्छ र कतिपय अबस्थामा तत्कालिन अप्रिय निर्णय पनि लिनुपर्छ!
अब डा भगवान कोइरालाले जसरि ह्या यो र त्यो गर्न खोजेको कसैले साथ् दिदैं बिरोधि मात्रै गर्छन अबरोध मात्रै गर्छ भनेर गोडा तिनक महिनामा छ्याट्ट छाडेर हिड्ने खाले पनि त होइन बाबुराम!
उहालाई जीवनको संघर्ष थाहा छ राम्ररि अनि तेसै अनुसार योजना बनाउन सक्षम छ बाबुराम .
समग्रमा हामीले युगमा पाइने एउटा सक्षम र बिद्वात्तो नेता पायका छौ!
यसलाई समयमै हामीले बुझेर आत्मासाथ गर्न सके सबैलाई र देशलाई निकै सकारात्मक र फाइदा हुने निश्चित छ!
मन परे हरियो नपरे रातो !
20
11
लु न हो साथी हो येति कुरा बुझुम – यो भट्टराई इ(द)लालसंग केहि गर्ने दृस्टीकोण र क्षमतै छैन हो / किन हो मित्रहरुलाई एस्तो भ्रम ?
एसले गर्ने जानेको भनेकै – “हाम्लाई लाईराछ” भनेर ढीट हुनु मात्रै हो / कसरि हरेक कुरामा फयल भयो यो /
मन परे हरियो नपरे रातो !
9
10
हार्दिक श्रदान्जलि !
मन परे हरियो नपरे रातो !
15
1
अब हामी ले हेर्नु पर्छ यो देशमा उनले सिस्टम बनाएका रहेछन भने व्यक्ति मरेर गए पनि सिस्टम ले शासन गरछ हैन उनले मात्र शासन गरेका रहेछन भने अबको दिन भेनेजुवेला को उन्नति र पर्गती मा धेरै ठुलो अशर पर्छ. भेनेजुवेलाका सपुत पर्ती समबेदना .
मन परे हरियो नपरे रातो !
15
0
Heartfelt Condolence and salute his system…!!!
मन परे हरियो नपरे रातो !
9
0
कसैको पनि राम्रा कुराहरु सिक्नु पर्दछ ,चाहे त्यो कोहि पनि होस् /हाम्रा नेताहरुले पनि ह्युगो चावेजबाट हाम्रो देशका लागि केहि राम्रा कुराहरु सिकेर जनताका लागि राम्रा कुराहरु गरुन / बहुसंख्येक जनताहरुको केन्द्र बिन्दु बनुन नेताहरु ! ह्युगो चावेज लाइ हार्दिक श्रदान्जली /
मन परे हरियो नपरे रातो !
14
2
अमेरिकामा त जर्ज बुस, बाराक ओबामा लगायतले गाई काटेर भोज गरे होलान ….
मन परे हरियो नपरे रातो !
11
36
तिम्रो भेनेजुअला मै पनि तेर दिन क्रिया त बस्दैन्न होला नि, जे होस्, आत्मा ले शान्ति पाउस,
भेनेजुअला मा जत्तिको तेल कुनै अर्को देश मा लिबेरल इकोनोमी तर सिस्टम राम्रो भयको देश मा हुन्थ्यो भने गरिबी सुन्य हुन्थ्यो, २८ या ३० पर सेन्ट होइन, तेसै ले कम्युनिस्म ले भेनेजुअला को विकास गर्यो भनेर नेपाल मा बसेर नेपाल क कम्निस्ट हरु दङ्ग नपरे हुञ्छ /
यसै पनि दखछिन अमेरिका का बामपन्थी हरु शास्त्रीय कम्निस्ट हैनन्, बामपन्थी त कम्निस्ट हुनु मा धेरै फरक छ,
मन परे हरियो नपरे रातो !
8
7
यिनी जस्ता देशभक्त नेता हामीले अझ सम्म नपाउनु नै हाम्रो दुर्भाग्य हो|
मन परे हरियो नपरे रातो !
18
7
शत्रु नै भन्न मिल्दैन अझ पनि हामि भेनेजुएलाबाट पेट्रोलियम आयात गर्दै छौ.
यो शत्रुपन मात्र बुख्याचा हो, सबै लाई चेतना भया.
मन परे हरियो नपरे रातो !
23
9
अमेरिकनले पनि नेपाली लेख्न आँउदो रहेछ । खुशी लाग्यो।
मन परे हरियो नपरे रातो !
29
13
हैन मित्र निगम! कति भयो अमेरिकामा बसेको र पेट्रोलियम आयात गर्न लागेको?
मन परे हरियो नपरे रातो !
11
2
कत्ति न american native झैँ गर्ब क साथ हामी वेनेशुअल बाट आयात गर्दै छौ लेख्दै हुनुहुन्छ त महासय nigam
मन परे हरियो नपरे रातो !
4
1
सुधारवादी, साम्यवादी जस्तो भएपनि उनी राजनितिक चर्चामा आएका ब्यक्ति हुन्/
मन परे हरियो नपरे रातो !
8
1
राम्रो सुधारबादी महान नेता को अन्त्य भएको मा हार्दिक श्रधांजलि/
मन परे हरियो नपरे रातो !
15
6
चाभेज ले जुन योगदान आफ्नो मुलुक क लागि गरे त्यो धेरै प्रसंशा गर्न योग्य छ र उनको त्यो त्याग लाई हामी ले salute गर्नु पर्छ/ उनको निधन मा धेरै दुखित छु/ तर के भने हाम्रो देश क नेता हरु चै बिदेशी नेता हरुले जे जे गर्छन त्यसको नक्कल गर्न चै सिपालु छन् तर आफ्नो बुद्धि बिबेक को प्रयोग गरेर चाभेज जस्तो एउटा दरिलो र अरु बिदेशी नेता हरु लाई dashing personality बिकाश गरेर आफ्नो छबि बिश्वो समू राख्ने हैसियत छै छैन/उही दाश मानशिकता बोकी उही प्रभु बाद बाट आफ्नो पद टिकाउने प्रबिती ले गर्दा जति चाडो popular हुन्छन त्यति चाडो नै बदनाम भै हाल्छन/
मन परे हरियो नपरे रातो !
14
2
अमेरिकालाई चाभेज, सद्दाम, ओसामा मरेर सत्रु कम भयको हैन बरु हजारोऊ चाभेज, ओसामा र सद्दामहरु को प्रतक्ष्य भय रहेको अबस्था हो /
मन परे हरियो नपरे रातो !
16
6
हे भगवान भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको आत्मा नेपाल मा अब हुने प्रधानमन्त्री को आत्मा संग साटीयोस,त्यो आत्मा ले नेपाल मा जन्म लिन पुगोस ,तेस्ता नेता को खाचो छ आज देस लाई,हार्दिक समबेदना भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेज …
मन परे हरियो नपरे रातो !
26
13
धेरै कुराहरु जानियो . धन्यबाद शालोक्य ज्यु. Rest in peace चाभेज. हामीलाई पनि अलिकति निरङ्कुश तर राष्ट्रप्रेमी (न कि पार्टीप्रेमी, पैसाप्रेमी) नेता चाहिएको छ .
मन परे हरियो नपरे रातो !
18
1
हाम्रा नेताहरु चाहे सत्तारुढ हुन् चाहे चोइटिएका , चाहे प्रतिपक्षी हुन् वा विपक्षी सबै गरिवमारा र गरिखाने वर्गको सत्रुको रुपमा नै देखिएका छन् ,किन भने यी वर्गको लागि कुनै सकारात्मक कार्यक्रम वा परियोजना संचालन त गर्दैनन् तर दस नंग्रा खियाइ जेनतेन एक छाक खाने कार्यमा पनि बेला बेला हुँदो न खाँदो को वन्द आयोजना गरि उनीहरुको गरि खाने मार्गमा समस्या खडा गरिरहन्छन अनि यस्ता कार्यलाइ क्रान्तिकारी फड्कोको संज्ञा दिई आत्मरतिमा मग्नरहन्छन !
मन परे हरियो नपरे रातो !
8
0
मरिसके पछि दुश्मन ले समेत उनको प्रसंसा गरे ,न्युवोर्क टाइम्स ले पनि उनका सुधारात्मक काम को चर्चा गर्दै आफ्नो पाना हरु भर्यो |
फिडेल क्यास्ट्रो ,इरान को अहमानिजाद सग उनि बहुत नजिक देखिन्थे |
मन परे हरियो नपरे रातो !
14
1
हरेक मान्छेमा सामान्य गल्ति-कमजोरी , गुण -अवगुण हुनु अचम्मको कुरा होइन, परन्तु ह्युगो चाभेज एक्कैसौं शताब्दीको एक महामानव थिए जसले सर्वशक्तिमान अमेरिकालाइ खुला चुनौती दिएर समाजवादी अर्थतन्त्रलाई भेनेजुएलाको माटोमा “एडोप्ट” गराई छाडेका थिए | जनयुद्धको प्रयोगशाला बनाउने क्रममा नेपाल चाही समाजवादको चिहान बनेको थियो | उनि हाम्रा नेताहरु झैँ सत्ता र पैसोमा बिकेर देश लिलाम गर्न तयार थिएनन् | आज एकजना देशभक्त महापुरुषको अवसानमा भेनेजुएला शोकाकुल बनेकोबेला शोकसमवेदना प्रकट गर्नु हाम्रो मानव दायित्व नै हुनसक्छ !..
मन परे हरियो नपरे रातो !
17
5
RIP ChaVEZ …..
If a statesman or a good ruler follows any means, even unethical, to stay put on power provided that the general mass like him/her, then I don’t think there is anything wrong in it. Despite challenges in the era being engulfed by capitalism, he was able to implement socialist measures with noteworthy outcomes. Rare leaders are even close to perfection and he was also a normal human being, but what matters most is what the people achieved during his reign.
Unfortunately, so-called followers of communist ideologies in Nepal did nothing but represented themselves as the worst example of communists of the world.
मन परे हरियो नपरे रातो !
9
2
अफुलाही मन नपर्ने लाही तल्लो स्तरमा उत्रिएर गाली गर्ने र अफिम को तस्करी गरेर अतुक पैसा कमाउने कामनै महानता हो भने त चाभेज लाही महान भने भयो , हैन भने प्रचार को लागि जस्तो सुकै हत्कण्ड पनि अपनाउने यो तानाशाह ले सेनाको दुरुपयोग गरि संबिधान परिबर्तन गरि बाचुन्जेल आफु रास्ट्रपति बन्न पौने गरि संसोधन गर्यो , सफत्नै नगरी कन पनि आफ्नो सहायक लाही कार्यभार शुम्पने जस्तो निरंकुस र अधिनायेक बादी शैली अपनाउने पनि यहि हो /, बाडी आहुदा बाडी पिडित लाही बस्न आफ्नो भवन दिने तर बाडी नियेत्रण को उपाय कहिलेनै नगर्ने शैली अहिले बाबुराम ले नेपाल मा अपनाई राखेको छ / एकदलीय अधिनायेक बाद दुनियामा असफल बेबस्था हो , रुसमा रुसी जनताले लेनिन को केक बनाएर खाए, सिरिया , लिबिया , ट्युनेसिया जस्ता मुलिक मा तानाशाह हरुलाही जनताले फ्याले , आज बिश्वो क अधिकांश मुलुक हरुमा बहुदलिय व्यवस्था छ , जहाँ कम्युनिस्ट हरु छ त्यहाँ परिवार बाद को घृणित नमुना छ ,जहाँ बाचुन्जेल सम्म राजा भए जसरि सोहि बेक्ती सत्तामा हुन्छा ra क्युबा मा फिडेल ले भाई राहुल लाही आफु अशक्त भएपछि रास्ट्रपति बनायो , उत्तरकोरिया त हसिया हतौडा को झन्डा बोक्ने राज्त्रन्त्रात्मक मुलुक हो / कम्युनिस्ट हरु गरिबी कि राजनीति गर्दचन तेशैले जनता लाही सदै गरिब राख्दछन, सुचनाको पहुच बाट टाडा राख्दछन , तेश को उदहारण चिन हो जहाँ डिस्को खोल्न पहिन्छा तर राजनीति शास्त्र पाडाउने कलेज खोल्न पहिन्न / चाभेज को अन्त्य ले दक्षिण अमेरिका मा राज्य संरक्षित अफिम तस्करीमा कमि अहुने अपेक्षा भने गर्न सकिन्छा /
मन परे हरियो नपरे रातो !
24
22
त्यै त है, राजनीति गर्न पाउने , दलहरु खोल्न पाउने, वाक स्वतन्त्रता भाको भारत( १३४औ स्थान HDI ranking ) , नेपाल ( १५७औ स्थान) को व्यवस्था पो ठिक त……चीन( १०१ ) र भेनेजुएला ( ७३) जस्तो हो र?
अब फेरी तपाइले युरोप र अमेरिका को उदाहरण दिनुहोला तर त्यहाँको विकाश र उन्नति बोल्न पाउने/ बिरोध गर्न पाउने प्रजातन्त्रले गर्दा हो वा अन्य कारणले हो भनिरहन नपर्ला!!!
मन परे हरियो नपरे रातो !
4
1
एउटा प्रचारमुखी, उदण्ड तानाशाह को अन्त्य , आशा गरौ अब भेनेजुएला अब अफिमको तस्करी छाडेर , लोकतन्त्र र बिकासको बाटोमा अगाडी बढ्ने छ /
मन परे हरियो नपरे रातो !
19
31
मैले भेटेका भेनेजुलियाली एक जना इलेक्ट्रिकल इन्जिनिएर महिलाको भनाइमा ‘थोरै अाम्दानी हुनेहरूलाइ मात्र केन्द्रित गरेर राज्यले सुविधा दिएकाले उनी जस्ता धनी महिलाहरू च्याभेजका विरोधी बन्न पुगेका छन्’ । हुन पनि विश्वमा सबै भन्दा सस्तो पेट्रोलियम पदार्थ भेनेजुएलामै पाइने रहेछ । उनको निधनले गरिखाने बर्गलाइ एक हदसम्म टुहुरो बनाएको छ । उनका कमीकमजोरि सच्याएर अझ उन्नत समाजबादी ब्यबस्था स्थापना गर्न विश्वभर धेरै धेरै यस्ता समाजबादीहरू जन्मिरहुन यही मेरो कामना ।
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
156
17
नेपाली ४ रुपियामा एक् लिटर पेट्रोल पाइने देश भेनेजुएला अझै पनि track मा आइसकेको थिएन. बलियो नेतृत्वका कारण धेरै सुधार भए पनि अझै धेरै कुराहरू गर्न बाँकी नै थिए. यो मृत्युले देश र त्यो क्षेत्रकै उन्नतिमा नराम्रो अशर पार्न सक्ने प्रवल सम्भावना छ.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
148
9