-मधुसूदन आचार्य, क्यानडा -
विपश्यना अति प्राचिन ध्यानगर्ने बिधि हो । यो बिधि भगवान् बुद्धले आजभन्दा पचिससय बर्ष अघि पत्तालगाउनु भएको थियो। बुद्ध आफैंले विपश्यना ध्यान गर्नु भयो। पछि ४५ बर्ष सम्म त्यसवेलाका मानिसहरुलाई यसको शिक्षा दिनु भयो। बुद्धको समयमा मानिसहरुले विपश्यना ध्यानगरी विभिन्न किशिमका दुःख क्लेसबाट मुक्तिपाई जिवनका हरेक क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सफल भएका थिए। विपश्यनाको बिधि नेपाल, भारत, श्रीलंका आदि विश्वका सबै मुलुकमा लोप भएछ तर बर्मामा भने यसलाई राम्ररी जोगाएर राखिएको रहेछ। बर्मामा राखिएको अनमोल विपश्यना बिधि नै अहिले विश्वभरमा अभ्यास गरिंदै छ।
विपश्यना ध्यान एक सरल प्रयोगात्मक तरिकाले गरिने ध्यान हो। यस ध्यानबाट मानिसहरु शान्ति प्राप्त गर्दछन् र सुखी र आनन्दको जिवन निर्वाह गर्न मद्दत गर्दछ। विपश्यनाको शाब्दिक अर्थ हो, प्राकृतिक रुपमा जे जस्तो अवस्थामा चिजहरु छन् तिनीहरुको अवलोकन गर्नु। विपश्यनाको ध्यानबाट आन्तरिक शान्ति महसुस गर्न सकिन्छ, दिमाग, मस्तिष्क शुद्धिकरण गर्दछ र विभिन्न विकारहरुलाई फाल्न मद्दत गर्दछ। यसले गर्दा यो मानव जिवन सुखी, आनन्दमयी हुन्छ र वरपर संसर्गमा आउनेहरुलाई पनि शान्तिमय जिवन ज्ञापन गर्न उत्प्रेरणा दिन्छ।
विपश्यना ध्यान गर्न कम्तिमा पनि १० दिने कक्षा लिनु पर्दछ र उक्त अबधिभर ध्यानकेन्द्रमा नै बस्नु पर्दछ। विपश्यना १० दिने कक्षामा सहभागि हुन बडो दृढ संकल्प चाहिन्छ। १० दिन परिवार, आफन्तसंग विछोड सम्पर्क विहिन भएर बस्नुपर्ने, आफ्नो दैनिक ब्यस्त जिवनको १० दिन यसमा खर्च गनु एउटा बहुत कठिन निर्णय हो। १० दिन सम्म शाकाहारी खाना मात्र खानपाइने मांसाहारीका लागि अर्को चूनौतिको बिषय हो। त्यस्तै मदिरा खान नपाइने, शिक्षक वा व्यवस्थापनका पदाधिकारीहरुसंग बाहेक अन्य कोहिसंग पनि ९ दिनसम्म बोल्न नपाइने, अहिलेको संचार माध्यमको युगमा टेलिभिजन, फोन, कम्प्यूटर आदि कुनैपनि सामान प्रयोगगर्न नपाईने, लेख्न र पढन समेत प्रतिबन्ध हुनु सांच्चिकै कडा नियम हो। १० दिनसम्म ध्यानकेन्द्रको वपिरि तोकिएको क्षेत्र भित्रमात्र विश्रामको समयमा हिंडडुल गर्न पाईने, आफुले मानि आएको देवी देवताको माला जप्न, स्तोत्र किताव आदि वाचन गर्न नपाईने वा नित्यकर्म गर्न पनि निशेष गरिएको हुन्छ जुन यस्ता कर्मगर्नेहरुका लागि गाह्रो बिषय हो।
विपश्यनाका यि नियमहरु सरसरी हेर्दा सबै गृहस्थी नेाकरी गर्ने वा पढने, त्यसमा पनि शहरमा बस्ने ब्यक्तिहरुको लागि “यस्तो गाह्रो नियम पनि पालना गर्न सकिन्छ र?” भन्ने लाग्न सक्नु स्वभाविक हो। यस्तै विचारहरु पनि मेरो मनमा नआएको हैन।
आजभन्दा करिव २५ बर्ष अघि नै विपश्यना ध्यानकेन्द्र काठमाण्डौमा छ भन्ने कुरा साथीबाट थाहा भएको थियो। तर त्यसबखत मनमा रत्तीभर पनि ध्यानगर्न जाने इच्छा, चाहना रुची भएन। तर, समय बलबान हुंदो रहेछ। मलाई पनि १०, १० दिनसम्म कहां त्यस्तो गाह्रो नियम पालना गर्न सकिन्छ, फूर्सद मिलाउन सकिन्छ जस्तो लागेर १ दिने कक्षाको खोजी गर्न थालें। १० दिने कक्षा लिइसकेकाले मात्र १ दिने अभ्यास कक्षा संचालन हुंदो रहेछ भन्ने थाहा भयो। त्यस्तै एकजना साथीले भन्नु भएको थियो कि उहांको बुबा काठमाण्डौमा विपश्यना कक्षा संचालन भएको तेस्रोदिन ब्यबस्थापन पक्षसंग झगडा गरी कक्षा छोडि बाहिर निस्किनु भएको थियो भनेर। यो सुन्दा त झनै मलाई पनि कतै म पनि कक्षा पुरा गर्न नसकि बिचमै छोडनु पर्ने त हैन भन्ने मनमा शंका उब्जेको पनि थियो। के गरौं भन्दै केहि महिना विताएपछि, जेसुकैहोस एकचोटि १० दिने कक्षामा नै नाम लेखाउनु पर्यो भनी मनमा दृढ निश्चय गरी फेव्रुअरी १४, २०१३ मा संचालन हुने १० दिने कक्षाकालागि डिसेम्बर १५, २०१२ का दिन दर्ता गर्दा सिट नपाएर प्रतिक्षा सूचिमा थिए, पछि जनवरी १९, २०१३ का दिन बल्ल नाम दर्ता भयो भनेर इमेल आयो।
कक्षा संचालन हुने दिन भन्दा एक दिन अघि नै ध्यानकेन्द्र पुग्नुपर्ने नियम अनुसार फेब्रुअरी १३ का दिन पुगें। त्यहां फेरि नाम लेखाई आफ्नो सुत्ने कोठाको नम्बर लिई समान राखें। बेलुकि ७ बजेदेखि नै सबै नियम लागु भयो र कक्षा शुरु भयो। १० दिने कक्षा पुरागरी अहिले घर फर्केपछि आफ्ना अनुभवहरु सबैसंग बांडौ भनी यो लेख लेख्न उत्प्रेरित भएं।
विपश्यना भनेको प्रयोगात्मक, वैज्ञानिक तरिकाको दिमागको व्यायाम रहेछ। शरिर तन्दरुस्त राख्न जिम वा स्विमिड.पुल गए जस्तै १० दिने विपश्यना गरेमा दिमागको व्यायाम भई दिमाग एकाग्रता गर्न सजिलो हुंदो रहेछ भन्ने थाहा भयो। धर्ममा आस्था हुने वा नहुने, जुनसुकै धर्म, वर्ण, भाषा, देशका मानिसकालागि यो उपयोगीहुने प्रयोगात्मक तरिकाले गरिने ध्यान रहेछ। ध्यान गर्दा कुनै पनि देवी देवताको आकृतिलाई संम्झनु पर्दैन, त्यस्तै कुनै पनि मन्त्रहरुको उच्चारण गर्नु पदैन। कुनैपनि शब्दहरुलाई दोहर्याउनु पर्दैन। पहिले प्राकृतिक तरिकाले दिमागलाई केन्द्रित गर्न अभ्यास गराइन्छ। धेरै बोलेमा, धेरै सूचनाहरु प्रवाहभएमा दिमाग अस्थिर हुन्छ, चन्चल हुन्छ, एकाग्र हुन गाह्रो हुन्छ, त्यसैले ति सबै नियमहरु पालना गर्नुपर्ने रहेछ।
भगवान् बुद्धले त्यतिबेलाका सम्पूर्ण धार्मिक ग्रन्थहरुको अध्ययन गरी विभिन्न गुरुहरुबाट शिक्षा लिंदा पनि ज्ञान प्राप्त नभएपछि रुखमुनि शान्त वातावरणमा बसी आफ्नो शरिरभित्र केन्द्रित भई ध्यान गर्दा ज्ञान प्राप्त भएको थियो। सोहि ज्ञानका आधारमा नै विपश्यना ध्यान सिकाइँदो रहेछ।
कक्षा सुरुभएको एक दुईदिन अलि गाह्रो जस्तो चाहिं लाग्दो रहेछ। तर ध्यानगर्दा पद्यमासनमा नै बस्नु पर्ने भन्ने नियम रहेनछ। टुक्रुक्क बसेपनि, घुंडाघसेर बसेपनि पाइने रहेछ, बेलाबखतमा बस्ने पोजिसन बदलिन पाइने भएकोले गाह्रो हुंदो रहेनछ, बानी पर्ने रहेछ।
१० दिने कक्षा सकिएपछि जिउ फुर्तिलो भएको छ, मस्तिष्क चंगा भएको छ। मनमा नयां जोश, जांगर भरिएर आएको छ। मानव जिवनका बारेमा मना रहेका अनुत्तरित धेरै प्रश्नहरुको जवाफ मिलेको छ। जिन्दगीमा गर्नुपर्ने एउटा राम्रो काम गरिएछ जस्तो लागेको छ, ठूलो उपलब्धि प्राप्त भएको लागि रहेको छ। मनमा शान्ति मिलेको छ। जिवनका लागि मनमा एउटा राम्रो मार्ग दर्शन मिलेको छ। मैले यो कक्षा किन अगाडि लिइन हेाला जस्तो पनि लाग्यो एक पटक त।
राजा असोकले बुद्धको ज्ञानबाट बढी भन्दा बढी मानीसहरु लाभान्वित हुन भनेर बुद्धका सन्देश, ज्ञान भारतबर्ष लगायत एशियाका देशहरु, खाडी राट्र र यूरोपसम्म पनि प्रचारगर्न भिक्षुहरु एवं ज्ञानप्राप्त गरेका ब्यक्तिहरु पठाएका थिए। यहि क्रममा बर्मामा पनि दुई भिक्षुहरु सोना र उत्तरा पुगेका थिए। बुद्धको ज्ञान, सन्देशका धार्मिक ग्रन्थहरु सबैतिर जगेर्नागरी राखिएपनि विपश्यना ध्यानकाबारे भने बर्मामा बाहेक अन्य देशमा लोप भएको रहेछ। बर्माको गुम्बामा भने भावी सन्ततीका लागि आवश्यक पर्छ भनी विपासना लगायतका सम्पूर्ण बुद्धकाज्ञानहरु राम्रो जतनकासाथ राखिएको रहेछ।
सन् १९२४ मा बर्मामा जन्म भएका भारतीयमूलका एक नागरिक सत्यनारायाण गोएन्का बर्माको हिन्दुसंघका पनि अध्यक्ष थिए। उनी एक सफल व्यापारी थिए जसको ब्यापार जापान, सिंगापुर सम्म फैलिएको थियो। उनी अचानक एक प्रकारको माइग्रेन टाउको दुख्ने रोगबाट पिडित भएछन्। एशियाका उपचार नभएपछि यूरोप तिरपनि उपचार गराउन गएछन् तर त्यो रोगको कुनै उपचार नभएपछि डक्टरहरुले उनलाई मर्फिन दिन थालेछन्। उनलाई झण्डै मर्फिनको लत नै लाग्न थालेछ। त्यसै बिचमा उनका एकजना साथीले उनलाई औषधिबाट तिम्रो उपचार भएन, एकचोटि गुम्बामा गएर १० दिनको विपश्यना ध्यानगरी हेरन, के बिग्रन्छ र? भनेछन्। सोही सल्लाह अनुसार उनी बर्माका ख्यातिप्राप्त विपश्यना शिक्षक स्यागयी उ वा किन बाट १० दिने ध्यानको कक्षा लिएछन्। त्यसबाट उनको रोग निको हुनुको साथै उनमा बुद्धका विभिन्न ज्ञान तथा सन्देशमा रुचीबढेछ र त्यसको राम्रो अध्ययन गरेछन् र यसैमा लिप्त भएछन्। त्यसपछि उनी आफै बर्मामै पिश्यनाको अध्यापन गराउन थालेछन्। सन् १९६९ देखि भारतमा विपश्यना कक्षा संचालन गर्न शुरुगरेछन् र त्यसको दशबर्ष पछि भारतबाहिर विश्वका अन्य मूलुकमा पनि अध्यापन गराउन शुरुगरेछन्।
आज विश्वभर ९० भन्दा बढी देशहरु विपश्यना ध्यान सिकाइन्छ। ध्यानकेन्द्रमा गुरु गोएन्काबाट शिक्षा पाएका स्वयंसेवी सहायक शिक्षकहरु हुन्छन्। गुरु गोएन्काबाट सिकाइएको ध्यानका विधिहरुको अडियो बजाई प्रशिक्षाथीहरुलाई ध्यान सिकाइन्छ। त्यस्तै गोएन्काको प्रवचनको भिडियो हरेक दिन सांझ सुनाइन्छ। केहि प्रश्नहरु भएमा सहायक शिक्षकलाई सोध्न सकिन्छ। हरेक ध्यान केन्द्रमा पुरुषहरुका लागि एक पुरुष सहायक शिक्षक र महिलाहरुकालागि एक महिला सहायक शिक्षिका ध्यानको समयमा बस्नु हुन्छ। खाना पकाउने र ध्यान व्यवस्थापन गर्ने सबै स्वयंसेवीहरुबाट हुन्छ। ध्यानगर्न १० दिने कक्षामादर्ता गर्दा वा ध्यानका लागि कुनै शुल्क तिर्नु पर्दैन। बस्ने, खाने सबै निःशुल्क छ। ध्यानको १० दिने कक्षा सकिएपछि आफ्नो गच्छे अनुसारको दान रकम दिए हुन्छ। अरुले दिएका दानबाट आफुले ध्यान गर्दा बस्न खान पाइयो त्यसरी नै पछि अरु आउनेहरुले पनि आफुले दिएको दानबाट त्यसरी नै लाभ उठाउन सकुन भनेर दान संकलन गरिन्छ।
हरेक दिन सांझ ७ वजे देखि करिव एक घण्टाको प्रवचनको भिडियो बजाइन्छ। गुरु गोएन्काले प्रवचनका क्रममा बुद्ध धर्मका उपदेश, बुद्धका समयमा भएका घटनाहरुको कथा आदि सुनाउनु हुन्छ। १० दिन सम्म वेग्ला वेग्लै प्रवचनको भिडियो बजाइन्छ। अति प्रष्ट, राम्रो उदाहरणहरु दिएर भनिएको प्रवचन सुनीरहुं जस्तो लाग्दछ। दिनमा पनि कतिवेला सांझपर्ला र फेरी प्रवचन सुन्न पाइएला जस्तो हुन्छ। प्रवचनको सार कुरा, मानिसमा अहंपन र माया मोह (एट्याचमेन्ट) नै दुःखको मुख्य कारण हो। त्यस्तै भौतिक चिजहरु संग्रह गर्ने, प्रँप्तगर्ने अभिलाषा, आफु सधै ठिक आफु वाहेक अरु सबै गलत भन्ने सोचाई पनि दुःखको अर्को कारण हो। कुनै सुखदकुरा भएमा त्यसमा अति नै रमाई रहने र दुःख भएमा चिन्तित हुनु पनि दुःखको कारण हो। सुख दुःख सबै अवस्थामा समान दृष्टि, समान व्यवहार गर्न सके जिवन उत्तम हुन्छ। नियम पूर्वक आय आर्जन गर्नु, परिवार पाल्नु, अलिकति सहयोग समाजमा पनि गर्नु, झुठो नबोल्नु, सबै प्राणीमा दया माया गर्नु, कुनै कुरामा तुरुन्त प्रतिक्रिया नदिइहाल्नु, सोचेर सम्झेर विचार गरेर मात्र केहि बोल्नु आदि गरेमा जिवन सुखमय बन्छ र समाज पनि राम्रो बन्छ भनी प्रवचनमा भनिएको छ।
नेपाल, भारत, अमेरिका, ब्रिटेन, न्यूजिल्याण्ड र ताइवान देशका कारागारका बन्दी तथा कर्मचारीहरुलाई विपश्यनाको १० दिने कक्षा दिइएको थियो। दिल्लीको पुलिस भर्नाकेन्द्रमा हजारौं पुलिसहरुले तालिम स्वरुप १० दिने विपश्यना कक्षा लिएका छन्। भारतको दुईवटा कारागारमा स्थायी विपश्यना केन्द्र छन् जसबाट दशहजार भन्दा बढी कैदीहरुले तालिम लिईसकेकाछन्। विपश्यनाको १० दिने ध्यान बर्माको एउटा सरकारी मन्त्रालयले सबै कर्मचारीहरुलाई लिन लगाएको थियो जसबाट उक्त मन्त्रालयम अनिमियतता पूर्णरुपमा निर्मूल भयो। सन् २००० मा, नेशनल इन्स्टिच्यूट अफ हेल्थ ले यूनिभर्सिटि अफ वासिड.गटन, अमेरिका लाई ३ बर्ष सम्म विपश्यना ध्यान पछिको दिर्घकालिन प्रभावको अध्ययन गर्न रकम दिएको थियो। त्यस्तै अलवामा र सनफ्रान्सीस्को जेलमा पनि विपश्यना ध्यानको कक्षा संचालन गरिएको थियो। सन् १९९६ मा, महाराष्ट्र भारतमा कर्मचारीहरुलाई तनावबाट मुक्तिपाउन भनेर हरेक तीन बर्षमा १० दिने विपश्यना कक्षामा सहभागीहुन तलवी विदा दिने व्यवस्था गरिएको थियो।
विपश्यना ध्यानको आज पश्चिमि मुलुकमा व्यापक प्रचार भएको छ। यसको उपयोगीता र तुरुन्त प्रभाव पार्ने भएकाले पश्चिमिदेशमा ध्यानगर्न मानिसहरुको संख्या बढदो छ। भर्खरका विद्यार्थी, कर्मचारी सबै उमेरका मानिसहरुको यसप्रति रुची बढी रहेको।
बुझ्नेलाई यो श्रीखण्ड हो, नबुझ्नेलाई खुर्पाको बिंड भने जस्तै हो। विपश्यना श्रीखण्ड हो भनेर यहांहरु सबैलाई जानकारी गराउन र तपाईहरुका अनुभव पनि पढनका लागि यो लेख लेखेको छु। तसर्थ जिवनमा एक पटक गर्नुपर्ने एउटा महत्वपूर्णकाम विपश्यना ध्यान हो भनेर नोट गरी आफ्नो व्यस्त जिवनबाट १० दिन निकाल्नु हुनेछ र नजिकको विपश्यना ध्यानकेन्द्रबाट १० दिने कक्षा लिनुहोला भन्ने आश गरेको छु, यसलाई खुर्पाको बिंड भनेर नफाल्नु होला। धन्यवाद ।
थप जानकारी र विश्वका विभिन्न देशमा हुन लागेको १० दिने शिविरबारे जानकारी लिन यहाँ क्लिक गर्नुस्





आफु नमरि स्वर्ग देख्न पाइदैन भनेजस्तै आफैले गएर ध्यान नगरि ध्यानको मजा थाहा हुदैन ।
मन परे हरियो नपरे रातो !
13
0
Vipassana गौतम बुद्धले अविस्कार गर्नु भएको हो ”
The Technique
Vipassana, which means to see things as they really are, is one of India’s most ancient techniques of meditation. It was rediscovered by Gotama Buddha more than 2500 years ago and was taught by him as a universal remedy for universal ills, i.e., an Art Of Living.
This non-sectarian technique aims for the total eradication of mental impurities and the resultant highest happiness of full liberation. Healing, not merely the curing of diseases, but the essential healing of human suffering, is its purpose.
Vipassana is a way of self-transformation through self-observation. It focuses on the deep interconnection between mind and body, which can be experienced directly by disciplined attention to the physical sensations that form the life of the body, and that continuously interconnect and condition the life of the mind. It is this observation-based, self-exploratory journey to the common root of mind and body that dissolves mental impurity, resulting in a balanced mind full of love and compassion.
The scientific laws that operate one’s thoughts, feelings, judgements and sensations become clear. Through direct experience, the nature of how one grows or regresses, how one produces suffering or frees oneself from suffering is understood. Life becomes characterized by increased awareness, non-delusion, self-control and peace.
मन परे हरियो नपरे रातो !
2
0
यो लोभी मनले के के पो चाहदैन र १, यो मन नै अनन्त हो यसैलाइ बुझ्न के गर्नु पर्छ लौ न? अनि बिपस्येना को गुण अबस्य पनि होलान, तर त्यो दस दिन को वृतान्त अझै कसैबाट पनि खुलेन कुरा त्यो हो ल…..!!!
मन परे हरियो नपरे रातो !
2
0
येहा को जीवन अति नै बेस्त छ, आफ्नो स्वार्थ र नितान्त आफ्नो जीवन बाच्न मान्छे हरु हरेक बहाना मा हरेक साँझ मद्ध्यपान गर्दै गर्दा म एक एस्तो बेक्ती हु जसले हरेक रात एक घण्टा काम बात फर्केपछि ध्यान मा बिताउछु, शान्त जीवन बाच्न प्रयत्न गर्छु र वेबसाइट मा youtube मा चक्र ध्यान हरु , ध्यान बिधिहरु खोज्दछु फेरी पनि मन को चरम शान्ति पाउन सकेको छैन, नेपाल गएर तपोबन मा जाने बिचार गरेको छु, केहि अघि सालोक्य जी ले तपोबन को वारेम लेख लेख्दा पनि मन लोभिएको थियो. त्यो लोभिएको मन र यो अशान्त मन को जिज्ञासा मेट्न चाडै पुरा गर्न नेपाल फर्कदै छु केहि समय को लागि. यो माथि को लेख ले मन फेरी लोभ्यायो. धन्यबाद मधुसुदन जी आफ्नो लेख को लागि.
मन परे हरियो नपरे रातो !
6
0
“Art Of Living”
मन परे हरियो नपरे रातो !
2
0
आफुलाई प्राप्त भएको राम्रो फललाई अरुलाई पनि प्राप्त होस् भनि आफ्नो अनुभव शेयर गर्नुभएकोमा हार्दिक कृतज्ञता प्रकट गर्दछु !
मन परे हरियो नपरे रातो !
11
0
उमेश ज्यु, if you think the following comments are relevant please publish, otherwise pls ignore it. Thanks !
तपाईहरुका धेरै प्रश्न को जबाफ येहा साथीहरुले दी सक्नु भएको छ त्यैपनि दुई चार कुराहरु प्रस्ट पार्न चाहन्छु ।
म क्यानाडाको भान्कुवर शहरबाट तिन घन्टाको गाडीमा पुग्न साकिने आर्को शहर Merritt नजिकै रहेको विपश्यना ध्यान केन्द्रमा ध्यानगर्न गएको थिए, विश्वका धेरै देशहरुमा विपश्यना ध्यान केन्द्रहरु छन् येदि तपाईहरुलाई पनि ध्यान गर्ने इच्छा भएमा यो website http://www.dhamma.org/ हेरी आफु बसेको शहर नजिकैको ध्यान केन्द्रमा सम्पर्क गरि वा इन्टरनेट बाटै नाम लेखाऊन सक्नु हुन्छ, ध्यान गरेर पाइने अनुभव शब्दहरुमा ब्यक्त गर्न गारो हुन्छ यो केवल त्यो बातावरणमा बसी आफैले अनुभव गर्नु पर्ने हुन्छ, यो लेखबाट केवल सार कुरा मात्र व्यक्त गर्ने प्रयाश गरिएको हो, मैले ध्यान गर्ने बखत तिस पुरुष र तिस महिला हरु थिय, एशिया वा दक्छिन एशियामा जन्मेका वा त्यता तिर जन्मेको अनुहारका जम्मा दश जना थियौ अरु सबै क्यानाडा मै जन्म भएका व्यक्तिहरु अर्थात् गोराहरु थिए, त्यस्तै सहायक शिकछयकहरु पनि गोराहरु नै थिए
ध्यान का बखत दिईएको प्रवचन अनुसार मानव को मस्तिस्कमा दुई वटा दिमाग हुन्छ Conseious र Unconseious आखा खोलेको बखत Conseious दिमागले काम गर्दछ त्यस्तै आखा बन्द गरेको बखत Unconseious दिमागले काम गर्दछ ध्यान गर्दा आखा बन्द गरि गरिन्छ र त्यसबाट Unconseious दिमागलाई सक्रिय बनाई शरीरका प्रतेक अंगहरुको संवेदना कोअनुभव गरिन्छ ।
सबैका राम्रा अनुभव पढ्दा खुशी लग्यो । लेख सबैले मन पराएको मा धन्यवाद, येश बाट आगामी दिनमा पनि केही लेखु भनि म हौसिएको छु। धन्यवाद ।
मन परे हरियो नपरे रातो !
9
0
जानकारीको लागि धन्यबाद !! कहिले नेपाल जाउला र विपश्यना ध्यान गरौला भन्ने मनमा जागृत भयो /
मन परे हरियो नपरे रातो !
6
0
मानब जीवनमा अति नै उपयोगी कुराको आफ्नो अनुभव हामी सबै संग बाड्नु भएकोमा हृदयदेखिको धन्यबाद छ यहाँलाई |
मन परे हरियो नपरे रातो !
6
0
मलाइ गोयन्का को प्रवचन खुब मन परेको थ्यो र मैले अडियो सिडि किनेर ल्याको थिएँ तर हरायो
कृपया कसै संग छ भने म संग सेयर गर्नु होला / thepiratebay.se मा भेटाएर download गरेको त थिएँ तर अंग्रेजीमा रहेछ/ youtube मा पनि थियो तर प्राइभेट भिडियो भनेको छ तेसैले डाउनलोड गर्न नमिल्दो रछ/ piratebay को लिंक :
http://thepiratebay.se/torrent/4891920/Vipassana_Meditation_-_S_N_Goenka_-_10_Day_Dhamma_Discourse
कृपया हिन्दि प्रवचन सेयर गर्नु होला / भिडियो भए अत्ति उत्तम अनि youtube.com मा अपलोड गर्नु भए सबै भन्दा उत्तम /
मन परे हरियो नपरे रातो !
2
0
सुन्दर/अनुपम बर्णन !
हरेकले जीवनमा एकपटक त गर्ने पर्ने कार्य / म पनि अवस्य गर्छु /
मन परे हरियो नपरे रातो !
3
0
आफ्नो अनुभव गुरुजी कै शब्द मा भने हो भने -
संक्षेपमा -
धर्म न हिन्दू ,बौद्ध हो न त हो मुस्लिम ,जैन /
धर्म चित्तको शुद्धता – शुद्ध शान्ति ,सुख चैन //
धर्म धर्म भन्छन सबै , बुझ्न सकेन अझै /
धर्म विश्व सबको लागी एक सनातन रे //
मन परे हरियो नपरे रातो !
9
0
यो राम्रो बिधि हो एसलै निरन्तर प्राक्टिस गर्नु पर्छ
मन परे हरियो नपरे रातो !
2
0
I went to do vipassanna meditation last year october, i thought 10 days goes very easily and it is very short for me at first, however that 10 days was my hardest and longest so far.I had a very good experience,my thinking has been changed by this meditation,i am experiencing lot of changes now.I had serious kind of depression for 2 yrs and i decided to do vipassana meditation, this meditation has helped me a lot, This meditation is best for concentration .It helps to control your mind, makes you very creative,which is most important,Vipassana is art of living,i recommend to do vipassana meditation to everybody.for more information and places for meditaion you can visit http://www.dhamma.org
मन परे हरियो नपरे रातो !
14
1
नमस्कार !
धेरै राम्रो र उपयोगी अनुभव ! यदि क्यानाडा को ओन्टारियो मा हुनुहुन्छ र विपश्यना को अनुभव गर्न चाहनु हुन्छ भने तलको website मा जानु होस्!
http://www.torana.dhamma.org/
सबैको मंगल होस् !
मन परे हरियो नपरे रातो !
8
1
सायद त्यहाँ भित्र हुने क्रियाकलापको बेलिबिस्तार गर्न नपाइने नियम छ होला तर पनि यो लेखमा मैले खोजेको चाही केहि भेटिन| बिपस्यना राम्रो छ राम्रो छ भनेको त धेरै सुनियो तर त्यहाँ के कस्तो बिधि अपनाइञ्छ, के के गर्नुपर्छ, कसरि दस दिन बित्छ, के कस्तो परिबर्तन आउछ भन्ने कुरा चाही कसैको मुखबाट सुन्न पाएको छैन| लेखाक्ज्यु ले पनि आफ्नो अनुभव बाड्ने त भन्नुभयो, तर इतिहास मात्र पढाएर खुर्पाको विद कि श्रीखण्ड भनेर टुंग्याइदिनु भयो| मलाई पनि समय मिले देखि एकचोटी गएर अनुभव गर्ने इच्छा त छ| आफैले नहेरेसम्म खुर्पाको बिड नै होला|
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
51
7
आफु बस्ने ठाउँ नजिक कुनै centre छ भने गएको धेरै राम्रो , येदि छैन भने , we can start from following 5 percepts : ( wiki )
1. I undertake the training rule to abstain from taking life.
2. I undertake the training rule to abstain from taking what is not given.
3. I undertake the training rule to abstain from sexual misconduct.
4. I undertake the training rule to abstain from false speech.
5. I undertake the training rule to abstain from fermented drink that causes heedlessness.
During those 10 days we are strictly following these 5 percepts so we can concentrate for meditation. followed by samadhai …and wisdom .
कस्तो बिधि अप्नैन्छा ? बिपस्य्ना आफै मा एउटा बिधि हो
के के गर्नु पर्छ ? बिहान ४:३० देखि साझा ९:३० सम्म बिपस्य्ना बिधि द्वारा ध्यान गरिन्छा … बिचबिच मा चिया खान को पनि बेबस्था हुन्छ, तर कसिया संग बोलिदिअन , ध्यान ध्यान ,,, आफ्नो स्वास प्रस्वाश र body sensstaion observe garne kaam hunchha 10 din samma !
कस्तो परिवर्तन ? concentrate हुन लग्छ चित्त , we start looking things as they rally are rather than describing and tagging how, why,who and where. you start being positive and equanimous to your mind. But you need to work very hard during these 10 days . Of course it;s not easy but once you start you will notice what is the change .can’t describe in words.
If you want to be free from suffering , this is the only way. It doesnt mean you wont have problems after doing it , Yes you will have problems as usual , they are inevitable, but vipasyana technique will help you tackle those being eqanimous.
may this answer help you something !
May all the sentient being be well , happy and peaceful !
मन परे हरियो नपरे रातो !
9
0
प्रमेश जी दश दिन केवल ध्यान गर्ने हो विपश्यना ध्यानको अउटा बिधी हो
मन परे हरियो नपरे रातो !
1
0
धन्यवाद, आफ्नो अनुभव Share गर्नु भएकोमा – मेरो अनुभव मा विपासना को १० दिने शिविर meditation को training जस्तै हो, यस बाट meditation को बिधि को knowledge र skill जान्न सकिन्छ र तत्पश्चात सहि अभ्यास हुन्छ
मन परे हरियो नपरे रातो !
1
0
साधु साधु ,
थप जानकारी सरल भाषा मा kalayn मित्र गुरु सत्य नारायण गोएंका जीऊ बाट पनि नेपाल
आएको समय प्रबचन सुन्ने होकी.
http://www.youtube.com/watch?v=cGl77fbvacw
मन परे हरियो नपरे रातो !
4
2
मलाई मन पर्यो तर जान सकियन .
मन परे हरियो नपरे रातो !
1
3
अनुवभ शेर गर्नुभएकोमा धेरै धेरै धन्यबाद छ, यो कहाँ र कुन कुन ठाउं मा शिकाइन्छ नेपाल भित्र ? मलाई पनि बिपसना ध्यान गर्ने ठुलो इच्छा छ?
मन परे हरियो नपरे रातो !
5
7
इच्छा छ भने तुरुन्तै जानुस ज्योति भवन जमल मा, भर्नुस फर्म अनि लाग्नुस् मुहान पोखरी तिर, एउटा केहि ओढ्ने लिएर | येदि काठमाडौँ मा हुनुहुन्छ भने | लुम्बिनी मा पनि हुन्छ बिपस्यना सिबिर | तेसै गरि अरु ठाउँ को लागि हो भने सोध खोज गर्नु होला बिपस्यना सिबिर गराउने हर्ताकर्ता लाइ ||
मन परे हरियो नपरे रातो !
1
0
मलाई पनि दश दिनको कोस लिने इच्छा छ, तर हाल बिदेशमा भयको कारणले गर्दा समयको प्रतिक्षा मा छु l आशा छ यो ध्यान बाट मनमा उत्पन्न भयको बिकारका कुराहरु को अन्त हुने छ l
मन परे हरियो नपरे रातो !
3
2
मेरो अनुभब पनि मधुसुधन अचार्यज्युको जस्तै छ बिप्स्य्ना ध्यानको, म दुइ बर्ष अगाडी नोर्थ क्यारोलिना बाट जर्जिया ( यु एस ) मा रहेको ध्यान केन्द्रमा गएको थिएँ,
यदि तेस ध्यानमा नगएको भए म अहिले मानसिक अस्पतालमा हुन्थे, यो बिरानो भूमिमा मलाई यती धेरै सताउने र तनाब दिने पनि नेपाली नै थिए जो नेपाली संथाको नेता र समाजको स्वोघोसित अगुवा थिए जो अकारण म सग रिसिबी र सत्रुता गर्थे, कस्तो अचम्म तेस सिविरमा मैले नचिनेको एक नेपाली बहिनि पनि फ़्लोरिडाबाट म जस्तै काम गर्ने ठाउँमा नेपालीहरुबाट नै सताईएर आउनु भएको रहेछ अर्को संयोग म जानु अगि तेस केन्द्रको ध्यानको ब्यस्थापक पनि नेपाली नै हुनु दो रहेछ सात समुन्द्र पारी अमेरिकाको बिप्स्यना केन्द्रम , ध्यानबाट फर्के पछि अकारण बनेका मेरा ति सत्रुलाई भेटि म बाट कुनै गल्ति भए माफ गर्न र उनलाई पनि ध्यानमा जान अनुरोध गर्दै गोयन्काको दश डलरको किताब किनेर दिए तर पनि आज सम्म पनि ति मित्रले मेरो खेदो गर्न छाडेका छैनन्, भगवान बुद्धले निजलाई पनि ध्यानमा जाने सद्बुद्धि प्रदान गरुन
कोहि तेस ठाउँमा ध्यान गर्न जानु हुन्छ भने http://www.dhamma.org/ मार्फत आबेदन गरेर जानु होला निशुल्क केंदर्को बय्स्थापन र भोजनको गुणस्तर उच्च कोटीको अनुभब गरे मैले
बुद्धम सरनम गच्छामी
मन परे हरियो नपरे रातो !
14
2
सर्ब प्रथम त मधुसुदन जी लाई धेरै धेरै धन्यबाद आफ्नो अनुभव बाड्नु भएको मा यसले अरुलाई पनि विपश्यना गर्ने जस्तो ठाउमा जान उत्प्रेरित गर्नेछ !! म मधुसुदन जी संग अन्तरहृदय देखि खुसि छु !! मैले पनि पहिले १० दिनको अनि कहिले काहि २ दिनको नेपालको धर्म स्रिङ्गमा जान्छु | विपश्यना को आनन्द नै बेग्लै हुन्छ !! यदि नेपालको धर्म स्रिङ्गमा जान चाहनु हुन्छ भने
http://www.shringa.dhamma.org/
मन परे हरियो नपरे रातो !
2
0
बिपश्वना लाइ अमेरिकी र पश्चिमेली ले कसरि लिएका छन् थाह भएँन तर हालै क्यालिफोर्निया को स्कुल हरुमा योगा को प्रशिक्ष्याँन पनि एक बिसय रहेकोमा
त्याहा का अभिभाबकहरुले ले हिन्दु धर्मको अभ्यास भएकोले उनीहरुको धार्मिक आस्था मा आघात पुगेको भन्दै बन्द गराउन दबाब दिएछन |
http://timesofindia.indiatimes.com/world/us/Parents-file-lawsuit-to-remove-yoga-from-a-California-school-district/articleshow/18879859.cms
मन परे हरियो नपरे रातो !
1
2
Find more details and course schedule at.
http://www.dhamma.org.np
मन परे हरियो नपरे रातो !
1
0
सर्वप्रथम मधुसुदन जी लाइ जानकारीको लागि धन्यवाद!!!!
परिवार, साथीभाई र गाउँघर पाखा पँधेरो संग छुट्टिएको पनि महिनौं भैसक्यो! नाथे १० दिन त आखाँ झिम्काएको भरमा काट्न सकी हालिन्छ नि! बरु मधुसुदन जी ले अमृत जस्तो फल पाउने ठाउँको ठेगाना र टेलिफोन नम्बर दिन किन कन्जुस्याई गर्नु भाको होला???
मन परे हरियो नपरे रातो !
4
2
यो बिपसना ध्यान भनेको मानव जीवनको लागि अति उपयुक्त ध्यान हो. यसको लागि ज्योति भवन कान्तिपथमा नाम लेखाउनु पर्छ र यो बुढानिलकण्ठमा छ/ मलाई पनि अति ईच्छा छ त्यह जाने तर अहिले सम्म अवसर जुरेको छैन
मन परे हरियो नपरे रातो !
1
0
याम जी
त्यो दश दिनलाई कृपया नाथे चाही नभनी दिनुहोला !! यहि मेरो अनुरोध तपाइलाई !!
मन परे हरियो नपरे रातो !
1
0
द्वारिका जी!
मैले ध्यान केन्द्र भित्रको १० दिन लाइ नाथे भन्न खोज्या होइन! मैले त नाथे १० दिन भनेको त हालको दिनहरुलाई भन्या हुँ! तपाइलाई चोट पुग्न गएकोमा माफी चाहान्छु!
ठेगानाको लागि रविन जी लाइ धेरै धेरै धन्यवाद!!!!!!!!!!!
मन परे हरियो नपरे रातो !
0
0
मलाई पनि निकै राम्रो लग्यो, जिबनमा नसिकी नहुने ज्ञान रहेछ विपश्यना
सिकिसक्नु भएका साथीहरुले मौका को फाइदा लिए सक्नुभएको बधाई छ
मन परे हरियो नपरे रातो !
4
2
मधुसुधन जी ले कहाँ बाट विपासना धान गर्नु भाको हो कृपया बताई दिनु भए आभारी हुन्थियो !!!
मन परे हरियो नपरे रातो !
1
1
*** Let All Living Being Live in Peace & Harmony ***
मन परे हरियो नपरे रातो !
5
1
तर यो कहाँ र कुन कुन ठाउं मा शिकाइन्छ नेपाल भित्र ?
मन परे हरियो नपरे रातो !
7
2
Please visit official website for detail information
http://dhamma.org.np/
मन परे हरियो नपरे रातो !
1
1
Plz see at
http://www.dhamma.org/en/
http://www.dhamma.org.np/
मन परे हरियो नपरे रातो !
0
1
काठमाडौँको बुध -नील्कन्थमा ‘धर्म श्रिंग’ नामक डांडा छ . येही नेपालको ध्यान केन्द्र हो.
मन परे हरियो नपरे रातो !
0
0
कैले जाउ लाग्यो फेरी …………..
मन परे हरियो नपरे रातो !
3
1
मलाई पनि बिपसना ध्यान गर्ने ठुलो इच्छा छ समय अभावले जान सकिएको छैन. चांडै जाने कोसिसमा छु. धेरै धेरै धन्यवाद मधुसुदन जी जानकारीको लागि
मन परे हरियो नपरे रातो !
7
0
धेरै राम्रो लेख हो मेरो साथीले पनि लिएको थियो जस्ले गर्दा ऊसको ब्यबहार मै पूर्ण परिबर्तन भयो… सलोक जी आब हाम्रा सबै नेताहरुलाई विपश्यना ध्यान केन्द्र पठाउनु पर्ला अनि त केहि निकाश निस्केला कि.. ..? कि खाडी देश काम गर्न पठाउनु पर्यो..अनि मात्र थाहा हुन्छ देशको मूल्य अनि पशिना को मूल्य..
मन परे हरियो नपरे रातो !
24
1
लेखक संग म पूर्ण रुपमा सहमत छु
मा पनि गत वर्ष मेरो छोराको चित्त बुझौन १० दिनको पहिलो कोर्स गर्न आफ्नो मन ले नमानी नमानी १० दिन खेर फाल्ने भैयो भन्दै सोचेर गएको त कोर्स शुरु गरेको दोस्रो दिन मै विपश्यना प्रति को लगाव बस्यो १० दिनको बसाइ पछि घर फर्कदा त म आफै म़ा मेरो बेबहार मा अनि मेरो कारोबार मा पनि नसोचेको जस्तो भयो
यो श्रीखण्ड नै हो भन्ने म़ा म जस्तो भगवान देउता अद्धात्मबाद जस्ता कुरामा बिश्वास नगर्ने मान्छे लाइ बिश्वास भयो कि जिन्दगि मा एक पटक जति सक्यो छिटो यो ठाउ पुग्नै पर्ने हो
मन परे हरियो नपरे रातो !
16
0
धन्यवाद मधुसुदन जी, तपाइको यो लेख पढ्ने सबैमा विपस्याना ध्यानमा भाग लिने प्रेरणा र उत्साह जाग्नेछ भन्ने लाग्छ.
सबैको शरीरमा शक्ति (उर्जा) संचित छ र यो ध्यानको तरिका र मध्यमबाट शरीरमा संचालन हुन थाल्दछ र प्राकृतिक रुपमा आफ्नो कार्य गर्न शुरु गर्छ. बिपस्यना ध्यानको माध्यमबाट यो उर्जा शरीरको शिर देखि गोडाको औंला सम्म परिचालन गर्न सिकाइन्छ र यस क्रममा शरीर भित्र बिकसित र संचित बिकारहरु (शारिरीक, मानसिक) नष्ट हुदै जान्छ. अत हामि जति ध्यानमा डुब्न सकियो त्यतिनै शारिरीक, मानसिक रुपले शशक्त हुन सकिन्छ. यसबाट सबैमा शान्ति र सिर्जन शक्ति प्राप्त हुनसक्ने भएकाले यो जीवनको अपरिहार्य कार्य/पाटो नै हो. भवतु सव्व मङ्गलम!
मन परे हरियो नपरे रातो !
12
1
यो सानो अनुवभ शेर गर्नुभएकोमा धेरै धेरै धन्यबाद छ आचार्य जी…..यसले विशेषगरी ध्यान गर्ने इच्छा भाको तर मोटिभेशन फ्याक्टर पर्खेर बसेका मा जस्ताको मनमा झिल्का बाल्ने काम गरेको छ .
निस्चय नै , विपश्यना ध्यान विधि अरु सुक्ष्म ध्यान हरु भन्दा अलि फरक र जोसुकैको लागि पनि उपयुक्त छ …फेरी दस दिन सिविर मा बस्नु पर्ने भएपछी छोडेर बिचमै फर्किने ( तपाइले उदहारणमा उल्लेख गर्नु भाको जस्तो) पनि त कमै सम्भावना हुन्छ नि ! दस दिन एक शान्त परिवेशमा बसेर फर्किदा केहि फरक महसूस त कसो नहोला?
विपस्यना ध्यान फलो गर्न बुद्ध धर्म अंगाल्नु पर्ने वा आफ्नो धर्म परिवर्तन गर्न पर्ने आवस्यकता छैन…मलाई बुद्ध धर्म को विशेषता नै यहि लाग्छ ! अरु धर्मालम्बी प्रति करुणा!
मेरो बिचारमा हाम्रो देश जहाँ बौद्ध धर्मले फस्टाउने मौका पायो, जहाँ भारत तथा अन्य ठाउबाट आएका योगीहरुले साधना गरे , जुन मार्ग भएर बौद्ध धर्म भारतबाट तिब्बत सम्म पुग्यो र संसारभर फैलियो, यहाँ १० दिने विपश्यना ध्यान लाइ कार्यालय र बिद्यालय मा पनि अनिवार्य गर्नु पर्ने !थुप्रै यस्ता सिविर हरु खोलिनु पर्छ….सब भन्दा पहिले चाही हाम्रा सारा नेताहरुलाई यो सिविर मा भर्ना गर्नु पर्छ….महिनौ सम्म अल्मलिएर झगडा बाहेक केहि नगर्नेहरुले बरु ध्यान सिविर मा भाग लिए केहि राम्रो हुन्थ्यो कि !
मन परे हरियो नपरे रातो !
15
1
मधुसुधन जी, तपाइले निकै राम्रो जानकारी दिनु भएको छ । मैले विपश्यनाको १० दिने शिविर पहिलो पल्ट झण्डै डेढ दशक अगाडी लिएको थिएँ । मैले वि.यस्सी. गरेपछि पत्रकारीताको डिप्लोमा कोर्ष सकेर त्यसै माफर्त अन्ध-विश्वासी परंपराहरूको धज्जी उडाउने अभियानका क्रममा यो ध्यानका अबैज्ञानिक कुराका बारेमा विशेष अनुसन्धनात्मक लेख लेख्ने सुरले विपश्यना गएको थिएँ तर त्यहाँ गएर त्यसलाइ निकै इमानदारीतापूवर्क अभ्यास गरेपछि मैले अबैज्ञानिक कुरा केही पाइन । त्यति मात्र होइन म स्वयम लज्जित भएँ किनकि वुध्द जन्मेको देशमा जन्मेर पनि बुध्दले प्रबर्धन गरेको मानवियताको विस्तारका लागि प्रभावकारी हुने यस्तो महान बैज्ञानिक अाविस्कारको बारेमा मलाइ थाहा रहेनछ भनेर ।
सबैले भन्छन् असल बन्नु पर्छ भनेर, चोर्नु ढाट्नु हुदैन भनेर तर कसैसंग पनि कसरी बन्ने भन्ने अभ्यासको बैज्ञानिक र सटिक श्रृंखला छैन । जसरी, चार बर्ष सम्वन्धीत विषय पढ्ने, ल्यावमा परिक्षण गर्ने र कार्यक्षेत्रमा अभ्यास गरेपछि डाक्टर वा इन्जिनिएर बन्न् सकिन्छ, त्यसै गरी एउटा मान्छे सुखि बन्ने, दुखबाट साँच्चै मुक्ति हुने यो भन्दा अर्को प्रभावकारी वैज्ञानिक बिधी मैले अाज सम्म भेटेको छैन ।
मन परे हरियो नपरे रातो !
34
1
हाम्रा नेता, सरर्कारी कर्मचारी, पुलिश, प्रशासन, ब्यापारी, उद्योगी, मानब अधिकारबादी नीजी स्कूलका संचालक, सबै किशिमका दलाल, बेरोजगार युवा, कलेजका विधार्थी, आदि आदि ……………………………………………………………………………………………..
लाई पनि यो विपश्यना ध्यान गराउन पाय देश बन्नेथ्यो की ????????????????????
मन परे हरियो नपरे रातो !
30
2
यस भन्दा अगाडिको शालोक्य जी को अनुभव पनि पढेको थिए/ मन र मस्तिस्क को ताजा स्फूर्ति हुन्छ / नेपाल आउदा १ चोटी बिपशाना ध्यान गर्ने रहर लागेको छ /
मन परे हरियो नपरे रातो !
8
1
मधुसूदन-जी धन्यबाद लेखको लागि – श्रीखंडनै हो ! पोहोर साल भनेको बेलामा ठाउँ नपाएर गर्न पाईयेन, यो वर्ष असार-साउन मा गर्ने सोच छ!
मन परे हरियो नपरे रातो !
5
1
क्यानम, मैले पुरै पढे ! बडा रोचक लग्यो. क्यानम, नेपाल को चार दलका शिर्ष नेताहरुलाई पनि क्लास Lina लगाएमा देश मा केहि बदलाव आउनेथियो होला जस्तो लग्यो!
मन परे हरियो नपरे रातो !
14
1
यसमा भाग लिने ईच्छा मेरो पनि धेरै पहिला देखी हो तर समयको तालमेल नमिलेकोले ईच्छा पुरा हुन पाएको छैन । यो लेख पढेपछी झन खुल्दुली लागेर आयो । कृपया संपर्क गर्ने कुनै माध्याम दिनु भये म जस्ता धेरै उत्साहित साथीहरु लाभान्वित हुनुहुन्थ्यो होला । यदी यस्मा संपर्क ठेगाना दिन सालोक्य ज्युलाई बेवसाईक् दृष्टिकोणले मिल्दैन भने सुटुक्क मलाई यो ठेगानामा दिनुहुन अनुरोध गर्दछु मधुसूदन आचार्य ज्यु । मेरो ठेगाना एस्प्रकार छ : – shivathapa50@gmail.com ।
मन परे हरियो नपरे रातो !
5
1
मधुजी, तपाईले आफ्नो अनुभव बडो सरल भाषामा ब्यक्त गर्नु भयकोमा धेरै धन्यवाद. आशा छ यहाको विपश्यनाको अनुभवले धेरैलाई प्रोत्साहन गर्नेछ.
मन परे हरियो नपरे रातो !
4
1
आज भन्दा २५०० वर्ष अघि लुम्बिनीको तिलौराकोटमा जन्मिएका सिद्धार्थ गौतम बिपस्येना गरि गौतम बुद्ध भए, येस्तै गरि हाम्रा पुर्बज रिशिमुनिहरु एकान्त बनमा बसी ध्यान गर्थे बनमा हुर्केका कन्दमुल र जडिबुटी खान्थे अनि झन्डै २०० वर्ष सम्म जीवित हुन्थे अहिलेको बिज्ञान जन्मनु अघि नै कुन बार कुन मितिमा चन्द्र ग्रहण र सुर्य ग्रहण लाग्छ भन्ने उनीहरु लाइ थाह थियो अहिलेको पुस्ता ले धेरै कुरा सिक्नु पर्छ हाम्रो पुरानो परम्परा बाट,
लेखक ले राम्रो कुराको जानकारी दिन खोज्नु भए जस्तो लाग्यो- हाम्रा देश का सम्पूर्ण राजनीतिक नेता हरु ले यो कुरा को फलो गरि कम्तिमा १० दिन हनुमान ढोका भित्र बसी बिपशेना गर्दा उनीहरुले देश र जनताको बारेमा अरु बुझ्ने थिए कि ?
मन परे हरियो नपरे रातो !
21
1
निकै राम्रो अनुभब साट्नु भयको मा धन्यवाद लेखक ज्यु. अहिले को सुख भोगी. स्वार्थी, र एकांकीपन बडी रहेको समाज मा व्यक्तिमा यो बिपसना ध्यान ले पक्कै पनि सकारात्मक सोच परिबर्तन गर्छ जस्तो तपाई को अनुभब बाट पनि लागो, गर्छ पनि होला, अनि लेखक ज्यु यो ध्यान गर्न कहाँ र को संग सम्पर्क गर्न सकिन्छ कृपया बताई दिनु भयमा ध्यान गर्न इच्छुक पाठक हरुलाई सहज हुने थियो कि.
मन परे हरियो नपरे रातो !
7
1
नेपालका धेरै ठाउंमा ध्यान केन्द्रहरु छन्। काठमाण्डौंमा बुढानिकलण्ठ भन्दा माथि शिवपुरी नजिक पनि छ । बिस्तृत जानकारीको लागि तलको लिंकमा हेर्न सक्नुहुन्छ।
http://dhamma.org.np/
मन परे हरियो नपरे रातो !
3
1
हाम्रो बयेस्त जिबन को तनाब हट्ने गरि यो सुनौलो information बाट्नु भएको मा धेरै धेरै ध्न्येबाद छ तपाइँ लाइ मधुसुदन जी. बिपस्येना गर्नु भन्दा अगाडी नै धेरै ज्ञान गुन को कुरा सिकी सकियो भने पछि यो लेख पढेर, झन् १० दिने ध्यान गर्न पाए कति राम्रो हुन्छ होला. अबस्ये पनि गरिन्छ मर्नु भन्दा अगाडी एक ताल. आह सार्है घत लाग्दो कुरा ” मानिसमा अहंपन र माया मोह (एट्याचमेन्ट) नै दुःखको मुख्य कारण हो” |
मन परे हरियो नपरे रातो !
7
1
एकदम राम्रो लेख्नु भएको छ…र आफू ले सिक्नु भएको ज्ञान अरु लाइ बाध्नु भयेको मा धेरै धेरै धन्यबाद !!!
मन परे हरियो नपरे रातो !
15
1