मेरो Tweet

  • जमलमा एक प्राइभेट र एक सरकारी गाडी निर्माणाधीन सडकमा फँसेको, एक प्रहरीले TC कलेजको भित्तामा तुर्क्याइरहेको...के के मात्र देखिएन अहिले झरीमा
  • दर्किएको झरीले काठमाडौँका सडकमा नदी बगेका छन्। पैदलै हिँड्दा कति ठाउँमा जुत्ता पूरै भिजाउन बाध्य भइयो। #kathmandu #raining
  • दुई दिन हाइवे जाम, कसैलाई वास्ता छ? t.co/P5ZbJK9dxT via @mysansar

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

खिलराज रेग्मीले शपथ लिए (नयाँ प्रमको बायोडाटासहित)

धेरै दिनदेखि हुने कि नहुने ढिकिच्याउँ ढिकिच्याउँ भइरहे पनि, दलहरुका अधिकांश नेतालाई नै मनैदेखि यस्तो प्रस्ताव मन नपरे पनि हुनै नसक्ने असारमा चुनाव गर्ने उद्देश्यका साथ प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाएका छन्। उनले आजै राष्ट्रपतिसामु शपथ लिए। शपथ विशेष इजलासले उनलाई रोक्ने उद्देश्यले दायर गरिएको रिटको सुनुवाई हुनु केही घण्टा अघि भएको हो। उनीसँगै दुई मन्त्री पूर्व मुख्य सचिव माधव घिमिरे र हरि न्यौपानले पनि शपथ लिए। नयाँ प्रधानमन्त्रीले शपथ लिइसक्दासम्म पनि श्री ४ दलले के के बाधा अड्काउ फुकाएका हुन्, सार्वभौम भनिने जनतालाई जानकारी दिन आवश्यक ठानेका छैनन्। अपडेटः थिएनन्, शपथ लिएको केही घण्टापछि बल्ल राष्ट्रपति कार्यालयको विज्ञप्तिमा त्यो खुलाइयो। विस्तृत यहाँ। शान्ति निरुपण तथा मेलमिलाप आयोगको अध्यादेश भने जारी भए पनि जानकारी दिइएको छैन।

पुरानो ब्लगः
धेरै दिनदेखि हुने कि नहुने ढिकिच्याउँ ढिकिच्याउँ भइरहे पनि, दलहरुका अधिकांश नेतालाई नै मनैदेखि यस्तो प्रस्ताव मन नपरे पनि हुनै नसक्ने असारमा चुनाव गर्ने उद्देश्यका साथ प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने नै देखिएको छ। आज चार दलका नेताहरुले सहमतिमा हस्ताक्षर गर्ने, आजै मन्त्रिपरिषद्को बैठक बसेर बाधा अड्काउ फुकाउको सिफारिश राष्ट्रपतिसमक्ष लाने, आजै राष्ट्रपतिले त्यसलाई प्रमाणिकरण गर्ने र आजै रेग्मीलाई शपथ खुवाउनेसम्मका सहमति भएको सुनिएको छ। रात धेरै परिसकेकोले शपथ चाहिँ सर्ने हो कि ? के थाहा, नसर्न पनि सक्छ। राति ११ बजेसम्म पनि मिले शपथ गराउन खोजिँदैछ। आजै गर्नुपर्ने हतार हुनुको कारण चाहिँ भोलि सर्वोच्चले रेग्मीलाई रोक्ने उद्देश्यले दायर गरिएको रिटको विशेष इजलासमा सुनुवाई गर्ने मिति छ।

बाधा अड्काउ फुकाएर प्रधान न्यायाधीशलाई प्रधान मन्त्री बनाएपछि अहिलेसम्म त अलि अलि मात्रै संविधान मिचिएको थियो, अब चाहिँ राजनीति पूरै लिक बाहिरबाट चल्नेछ। दलीय व्यवस्थामा पहिलो पटक दलहरु आफै लाचार भएर निर्दलीय व्यवस्थातिर लाग्दैछन्। किनभने रेग्मी नेतृत्वको सरकारमा दलका नेताहरु मन्त्री बन्ने छैनन्।

भन्नलाई जेठमा चुनाव भनिए पनि मंसिर नभई चुनाव हुनसक्ने देखिँदैन। मंसिरमा पनि चुनाव गर्न नसके के गर्ने भन्ने तयारी छैन।

 

भावी प्रधानमन्त्रीको बायोडाटा हेरम्-

A. GENERAL INFORMATION

  1. Date and Place of Birth:- 31st May 1949, Palpa, Nepal
  2. Gender:- Male
  3. Marital Status:- Married to Shanta Regmi (Have 3 Children)
  4. Nationality:- Nepali
  5. Permanent Home Address:- Pokharathok – 6, Palpa, Lumbini Zone, Nepal
  6. Current Home Address:- 182/15 Prabachan Marga, Kathmandu, Nepal
  7. Current Residence:- Chief Justice Residence, Baluwatar, Kathmandu, Nepal

B. ACADEMIC QUALIFICATION

Degree

University/Board

Year of Completion (A.D.)

M.A.
(Master in Arts)

Tribhuvan University, Nepal

1972

B.L.
(Bachelor in Laws)

Tribhuvan University, Nepal

1970

B.A.
(Bachelor in Arts)

Tribhuvan University, Nepal

1968

I.A.
(Intermediate in Arts)

U.P. Board, India

1966

C. LANGUAGE PROFICIENCY

  1. Nepali (Native)
  2. English (Spoken and Writing)
  3. Hindi (Communicative)

D. AWARDS/MEDALS

  1. International Jurists Award, 2012 (Conferred by International Council of Jurists, London)
  2. Gorkha Dakshin Bahu 4th (1981)
  3. Gorkha Dakshin Bahu 3rd (1990)
  4. Trishakti Patta 3rd (2000)

E. PROFESSIONAL CAREER

S. No.

Designation

Organization/Institution

Tenure Period

1.

Chief Justice

Supreme Court of Nepal May 6, 2011  A.D. – Present
2.

Justice

Supreme Court of Nepal 2003-2011 A.D.
3.

Chief Judge

Various Appellate Courts 1996-2003 A.D.
4.

Judge

Various Appellate Courts 1991-1996 A.D.
5.

Deputy Registrar
(Gazetted Class I)

Supreme Court of Nepal 1985-1991 A.D.
6.

District Judge

Various District Courts 1974-1985 A.D.
7.

Section Officer

Supreme Court of Nepal 1972–1974 A.D.

 
सर्वोच्च अदालतका अहिलेसम्मका २२ जना प्रधान न्यायाधीशमध्ये कार्यपालिकाको समेत जिम्मेवारी निर्वाह गर्ने भने उनी मात्रै एक्ला हुने कीर्तिमान उनले राख्दैछन्।

अब के ?

रेग्मी प्रधान न्यायाधीशै रहिरहने छन्। प्रधान मन्त्री भएपछि सर्वोच्च चाहिँ जाने छैनन्। सर्वोच्चको काम चाहिँ कार्यवाहक प्रधान न्यायाधीशलाई दिइनेछ। वरिष्ठ न्यायाधीशमध्ये एक जनाले पाउने छन् त्यो जिम्मेवारी। सर्वोच्चमा जम्मा ५ जना न्यायाधीश बाँकी छन्।

ती मध्ये वरिष्ठ दामोदरप्रसाद शर्मा हुन्।

रेग्मी नेतृत्वको सरकार बनाउने विचारकै विरोध गर्दै आएका मोहन वैद्य नेतृत्वको माओवादी र साना दलहरु सडक आन्दोलनमा जानेछन्। आजै यी २२ दलले विरोध वक्तव्य जारी गरिसकेका छन्-
१)मोहन वैद्य, अध्यक्ष – ने.क.पा.–माओवादी
२) चित्र बहादुर के.सी, अध्यक्ष – रा.ज.मो.
३) रामसिंह श्रीस, केन्दीय सदस्य – ने.क.पा.एकीकृत
४) सीपी मैनाली, महासचिव – नेकपा माले
५) चन्द्र देव जोशी, अध्यक्ष – नेकपा संयुक्त
६) लोकेन्द्र वहादुर चन्द, नेता – राप्रपा
७) प्रकाश चन्द्र लोहनी, सह–अध्यक्ष – राजपा
८) हेमराज राई, उपाध्यक्ष – संघीय समाजवादी पार्टी, नेपाल
९) सि वि श्रीस, उप महासचिव – रा.ज.मु.पा
१०) डा. विजय सैंजु, महासचिव – नेपाः पार्टी
११) विनोद डा“गी, महामन्त्री – नेपाल परिवार दल
१२) गोविन्द चौधरी, महासचिव – तमलोपा
१३) विश्वेन्द्र पासवान, अध्यक्ष – दलित जनजाति पार्टी
१४) सनातन चौधरी, के.स. – संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च
१५) विजय लोहिया, कोषाध्यक्ष – नव नेपाल निर्माण पार्टी
१६) कृष्ण गोपाल श्रेष्ठ, उपाध्यक्ष – चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल
१७) टोप वहादुर मगर, केस – नेपाल लोकतान्त्रिक समाजवादी दल
१८) हरिष चन्द्र शाह, अध्यक्ष – नेपाली जनता दल
१९) किरण कुमार मगर, निमित्त अध्यक्ष – जनता दल युनाईटेड
२०) राम नरेश राय, अध्यक्ष – राष्ट्रिय सदभावना पार्टी
२१) महेश प्रसाद यादव, महासचिव – संघीय सदभावना पार्टी
२२) सदरुल मियां हक, स्वतन्त्र सभादल

94 comments to खिलराज रेग्मीले शपथ लिए (नयाँ प्रमको बायोडाटासहित)

  • S. R. Shakya

    आफुले गर्नुपर्ने काम आफुले अराइआयेका कारिन्दालाई सुम्पेर कुन मुखले जनतासंग भोट माग्न जाने हो ?

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • When the political parties are being failure, this might be the solution for the instance.

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 2

  • Lakshman

    कहीं नभयको जात्रा हाँडी गाउँमा

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • razen

    रेग्मीजी चुनाब पक्कै गराउनुहोस न कि कुर्ची पाए पछि नेताहरुले झैँ छाड्नै नखोज्ने रोगले नसमातोस र यी सढेगलेका नेताहरुले फेरी उठ्न नपाउने नियम बनाउनुहोस |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

    • Roshan

      ब्राह्मणहरुको राज्य सत्ता मोहाको कारण राज्यमा रहेका नागरिकहरुको नागरिक अधिकार माथि कुठाराघात नीति अपनाएर देशर नागरिक माथि अर्को निरङ्कुश शासन लादिएको छ/बहालवाला प्रधान न्यायधिसलाइ राजनीतिक क्षेत्रमा प्रवेश गराएर स्वतन्त्र न्यायालयको बद्नाम गरेको छ/यदि स्वतन्त्र व्यक्ति नै प्रधान मन्त्रि बनाउने हो भने तात्कालिन प्रधान न्यायाधिस राम प्रसाद श्रेठलाइ बनाउन सकिन्थ्यो नि,किन बनाउन चाहेनन्/यसको जवाफ यी छ जना बाहुनले दिनु पर्छ

      मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 5

    • Roshan

      अरु कुरा त्यस्तै हो,भारत बाट ल्याएको इन्टरमेडीएट सर्टिफिकेट चहीं सक्कली हो या नक्कली हो तुरुन्त छानविन गरिनु पर्छ/

      मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 2

  • Mk

    हालको यो अग्नि परिछ्या मा सफलता मिलोस श्री खी रा रे ज्यु लाई, चुनाब- समएमै गराएर/ देश ले निकास र विकास पावोस , सुभस्य सिघ्रम: / एस्तो राम्रो काम मा सबै ले होस्टेमा हैंसे गर्नुपर्ने हो, न कि विरोध को लागि विरोध /

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • Samar

    बिरालो कालो हो कि सेतो, त्यसको मतलब हुँदैन । मुख्य कुरा त्यसले मुसा मार्छ कि मार्दैन भन्नेमात्र हो ।’Let’s see chief judge, what can he do, hopefully he wont be the same history unlikely Prachanda and company did ….!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 2

  • neerose

    आइ ए को सर्टिफिकेट बिहारको रैछ,
    दाल मे कुच काला तो छैन भन्ने हाम्लाई लाइराछ!
    त्यो पनि सत्रै बर्षको उमेरमा!
    हुन त कक्षा जम्प गर्या हुन सक्छ त्यो बेलामा इण्डियामा तेस्तो थ्यो होला, टिम बाट एकै पटक पाचामा पुग्ने र नौ बाट एकै पटक आइ ए गर्ने क्या!
    जे होस् चुनाब गर्ने कार्यभार सफलता साथ् सम्पादन गरिदिय हुन्थ्यो!

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 3

  • राज

    मलाई त त्यस्तो व्यक्ति प्रधानमन्त्रि भैदिए जस्तो लाग्छ जसले देश बिगारेको अभियोग लगाएर यी ठुला दलका ठुला नेताहरुलाई खोरमा जाक्न सकोस.

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • Aditya

    आज अनलआइन खबरमा देखिएको रेग्मी परिवारको तस्बिरहरु हेर्दा नेपालका उच्च वर्ग कसरि नेपालप्रति अविस्वास गर्छन भन्ने प्रष्ट हुन्छ | ति तस्बिर र खबर हेर्दा रेग्मीको सबै छोरा बुहारीहरू, छोरी जुवाईहरु, नाती नातिनीहरू अमेरिकामा रहेको देखिञ्छ | कमसेकम त्यो पदमा पुगेकाहरु र तिनका छोराछोरीहरुले देशप्रति कर्तब्यबोध गर्नु पर्ने होइन र? के यो ठेक्का खाडी मुलुकमा पसिना बगौनेको मात्र हो र ? हामीले त remittance पठाएर अर्थतन्त्र धानेका छौं | उनीहरुले त नेपालकै पैसा पो उता सार्दै होलान | धिक्कार !

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

  • अब फेरी धोतीले नचाउने त होलानि, मन्त्री जी हजुरलाई कुर्ची प्यारोकी देश प्यारो छ ?
    यती धेरै साल नेयायको कुर्चीमा बसेर आज देशको जिम्मेवारी लिनु भाकोछ र हामी जनताले
    आशागर्छौकि तपाइले आफ्नो कर्तब्या भुल्नुहुने छैन धन्नेबाद /

    मोहन पुन( जर्मनी)

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 1

  • Samip

    आफु त नेपाली रजनितिज्ञहरु र कर्मचारीतन्त्र देखि निरास भएर सुखद भबिष्य को खोजि मा मुग्लान भासिएको मान्छे , कुनै कमेन्ट गर्न चाहन्न नेपाली राजनीति बारे

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 2

  • parashar

    ” अनुशासन बिनाको डेमोक्र्यासी अपाङ्ग हुञ्छ ” त्यसैको परिणाम हो अहिलेको राजनीति , सबै क्षेत्रमा शुद्धिकरण आबस्यक छ !
    यदि उनि सच्चा देश भक्त र राष्ट्र-प्रेमी हुन् भने चुनाब पूर्व तपशिलका कार्यहरु अनिबार्य छन्

    १) शर्बोच्च अदालत , बार, कर्मचारी प्रशासन , नेपाल – प्रहरी र शेनाका प्रमुखहरु लाइ कुनै पनि पार्टीको पछि नलागी सिर्फ देसको हितमा काम गर्न प्रेरित गर्ने , ( एउटा मास्टर प्लान बनाइ उनीहरुलाई मनाउने र सहयोग गर्न अपिल गर्ने , वा बाध्यात्मकारी संयन्त्र बनाउने )
    २) शर्बोच्च अदालत मा मुद्दा सुनुवाई गर्न ” फास्ट ट्रयाक ” निर्माणगरि यी नेताहरु , काला बजारी हरु , कर्मचारीहरु ले भए गरेका अनियमितता को निस्पक्ष्य फैसला, र त्यसको कारबाही अबिलम्ब गर्ने !
    ३) प्रचलित कानून लाइ अझ कडाइ गराउन आबश्यक परे अरु थप नियम जारि गरि कडाइको साथ परिपालना गराउने ( विशेषगरी अमन चयन, शान्ति शुरक्षा र काला बजारी को नियन्त्रणका लागि )
    4) बन्द- हड्ताल कम्तिमा ५ बर्षका लागि निषेध गर्ने , अबज्ञा गर्नेलाई ५ वर्ष जेल हाल्ने !
    ५) कम्तिमा ५ वर्ष सोहि पदमा रही राज्यका सबै तह र तप्का लाइ शुद्धिकरण गराउने !
    ६) अनि बल्ल चुनाब गरि राज्य सत्ता हस्तान्तरन गर्ने !

    यति गर्न पक्कै सक्छन यिनले , गर्नु पनि पर्यो ! सबै सर्ब साधारणले सहयोग गर्दछन यिनलाई , आफ्नो ५ बर्षे बिशेष योजना बनाइ अघि बढ्नु पर्छ , बिना शुद्धिकरण को निर्बाचनले देश बन्दैन , तपाइँ संग राज्यको दुवै शक्ति ( न्यायपालिका र कार्यपालिका ) अहिले आफ्नै माताहतमा छ , यहि हो उपयुक्त समय , देश र जनहितको बारेमा सोची काम गर्नोस ! यी दुवा तिर्की पार्टी संग गरेको चुनाबी सम्झ्यौता लाइ भर्याङ्ग बनाइ देश र जनताका लागि कम्तिमा माथिका कुराहरु गर्नोस तपाइँ को खुलेर सबैले प्रशंसा गर्ने छन् !

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • chiranjibi

    बधाई छि नया प्रधानमत्री लै
    अब देशले नया काँचुली फेर्ने छ . जे होश नहुनुमामा vanda कानो mamanai जति किन वने हाम्रा नेता मा अन्धा छन्

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 3

  • Biswash

    प्रधान न्यायाधीश पनि फोहोरी खेल र पदको लालचमा फसेकै हो |
    देश अबिस्वशाको खाडलमा धसेकै हो | एउटै देश भित्र बिस्वशाको बाताबरण बनाएर बस्न नसक्ने जतीलाई अबको आगामी चुनावमा जनताले देश निकालाको पूर्जी थमाई दिए नेपाली जनताको कल्याण हुने थियो |

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 6

  • द्रोण

    नेता हरुले आफ्नो बिग्रेको इमेज जोगाउन खी रा रे अगि सारेका हुन् ,फेरी पनि म भन्छु यो जत्तिको उत्तम सरकार नेपाल को इतिहास मै देखेको थिएँन |
    धेरै सोच्ने र तर्क गर्ने काम छैन |यदि राजा महेन्द्र ले देश को भलो गरेको सोच्ने हो भने ,अब खिलराज ले पनि लग्बग उस्तै काम गर्ने आसा गरम |

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 1

    • neerose

      तेस्तो केहि होइन, महेन्द्र सम्म टाडा नपुगौ साथि, खिलाराजजे बधिसे बढी गर्यो भने चुनाब गराउने हो र निर्वाचित भै आयको पार्टि तथा व्यक्तिलाई सरकार सुम्पिने हो!
      यत्ति बुझौ !
      धेरै सोच्नु र बिबाद गर्नु बेकार हो!

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 5

  • Aditya

    १७ बर्षमा आइ. ए त्यो समयमा! पत्याउनै गाह्रो भो हजुर !

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 7

  • बिनोद तिमिल्सिना

    अब चुनाव भएछ भने भोट माग्न पनि विदेशी नियोग तिरै त जाने होला नि!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 0

  • मणि

    बाल कृष्ण ढुंगेललाई केहि गर्न सके मात्र म रेग्मिज्युलाई बधाई दिन्छु नभए फोटो झुन्ड्याउने प्रथम माननीय प्रधानन्यायाधिश मात्र|
    दुवै हात सक्तिशाली छन् प्रभु का!

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 3

  • yam pun

    अर्को चुनाब गर्ने बहानामा संविधानलाइ कच्याक कुचुक पारी एउटा लोभी बाहुनलाई फेरी प्रधानमन्त्रीको पदमा सिहासन गराइयो! त्यस्तो गरिमामय पदमा बहाली भएको मान्छे काइते नेताहरुले भनेको भरमा जनमतबाट एक भोट पनि नपाएको मान्छेले कसरि प्रधानमन्त्रिको शपथ लिन सक्या होला??? यस्तालाई कानुनको ज्ञाता भन्ने कि पद र भत्ताको लोभी भन्ने?????
    देशमा काइते नेताहरुले संविधान र कानुनलाई कुल्चेर नेपाल आमाको छातीमा टेकीरहदा पनि “नेपाल आमा र नेपाली जनताको सुरक्षा गर्ने छु” भनि कसम खाएका नेपाली सेना र नेपाल प्रहरीले के ट्वाल्ल परेर हेरी बस्या राख्या होला??? अब नुनको सोझो मात्र होइन, देश जनताको सोझो गर्ने बेला पनि आइसकेकोछ! अब ब्यारेक भित्र खिया लाग्न लागेको बन्दुकहरु झिकेर बजिया काइते नेताहरुलाई एक एक गरि ठोक्नु पर्छ ताकी अर्को चुनाबमा यस्ता काइते नेताहरुले उम्मेदार बन्ने आँट पनि गर्न नसकोस!
    हिजो देशलाई ओउठा छापहरुले बिगारे! आज कलम चलाउन जान्नेहरुले बिगार्दै छ! हामि लाटो भेडों जनताहरु ट्वाँ परेर हेर्दैछोउ! त्यसैले हाम्रै भोटले नेता बनिएका शैतानहरु हाम्रै छाती माथि गिर खेल्दैछन्! अब काइते नेताहरुको नामोनिशान मेटाउन सम्पूर्ण नेपाली जनताहरु एक होउ!!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 29

  • Basanta Thapa,Maryland,USA

    सानो र अबिकशित देश मा धेरै दल ,धेरै नेता ,अति राजनीति भएको कारण अस्थिरता ,अराजकता ,अबिकाश भएको हो यसैले दुइ या तिन दल हुने गरि च्याउ उम्रे सरि नेता नहुने गरि ,जनतामा रहेको अति राजनीति रोकिने गरि जनताले फैसला गरौ \सुन्दर ,शान्त ,बिकशित सबै तह र क्षेत्र को भेदभाब हटिने गरि नेपाली भाइचारा सहित को नेपाल निर्माण गरौ \
    बधाई छ रेग्मी सरकार लाइ सफलताको सुभकामना !
    थोरै दिन भए पनि दल हरुका झ्याउ ,म्याउ सकियो यस मै खुसि मानौ \ यस लाइ कायम गरौ \

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1

  • Ramesh

    प्रक्रिया त अत्यन्त गलत हो र रेग्मी ज्यु ले न्यायलयको मर्यादा नामोनिशान राखनु भएन /देशमा प्रणाली (system) त केहि नै भएन / अत्यन्त दुखद कुरा हो कि राजनीतिक दल, खिलराज रेग्मी र रास्ट्रपति कसैले पनि आफ्नो स्वार्थको लागि संबिधान नियम कानुन मर्यादा आचारसंहिता केहि पालन गरेनन/
    तर राजनीतिक दलहरुको एक अर्कामा विश्वास नभएको अवस्थामा निकासका अरु विकल्प पनि थिएनन् /अब उचित निकासको आशा गरौ /
    तर मलाई यहाँ सोध्न र भन्न मन लागेको छ;
    १. अब तपाई राजनीतिक पार्टी हरु संग हामी संग भोट माग्ने केहि आधार छैन किनकि तपाई हरुको क्षमता तरिका र उद्धेश्य देख्यौ/ अब हामीलाई ढाटन छोड्नुहोस हामी पत्यौदैनौ/
    २. चार पार्टी का चार या आठ नेताको बिचारले सबै नेपालीको प्रतिनिधित्व गर्दैन/ किन भने उनीहरुका दलभित्र बाट नै बिरोध आइरहेको छ/ राष्ट्रिय सवालमा सबै नेपाली जनताको राय लियियोस/
    ३. रास्ट्रपति लाई सबै दललाई समाबेस गराएर गोलमेच सम्मेलन गराएर निकास निकाल्न के ले रोकेको थियो ? कांग्रेस माओबादी एमाले र मधेसी मोर्चा बाहेकका पार्टीले पनि धेरै नेपाली जनताको प्रतिनिधित्व गरेका छन्/ तिनीहरुको विचार पनि समेटियोस
    ४. सबै राष्ट्रिय महत्वका सवालहरु (संघियता, धार्मिक निरापेक्ष्यता, सरकारको स्वरूप जस्ता बिषय) मा देसमा जनमत संग्रह गरियोस/
    ५. नया को नाममा देसका सम्पदा, इतिहास र संस्था मास्ने राष्ट्रिय ढुकुटी, बन जंगल र सार्वजनिक जग्गा मासेर राजनीतिक कार्यकर्ता पोस्ने काम बन्द होस्/
    (हुन त आसे पासे भरौटे लाई मन पर्दैन र गाली गलोज मा उत्रेलान र आफ्नो अनुहार चिनाऊलान)
    ६. सरकार, आयोग निकाय नियुक्ति र कार्यक्रम देशको आर्थिक क्षमताले धान्ने होस/
    ७. हरेक उद्योग र ब्यबसायमा आफ्ना भरौटे पठाएर आर्थिक गतिबिधि बन्द गर्नाले रोजगारीको खोजीमा हजारौ युवा बिदेसिएका छन् तसर्थ दलको झण्डा बोकेका संगठनको हस्तक्षेपकारी गतिबिधि रोक्ने नियम बनोस/
    धन्यवाद!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 3

  • mohan dangol

    आखिर राम्रो काम गरे पछि ईनाम पाईन्छ भन्थे हो त गाठे. संबिधान सभा बिघटन गरे बापतको पुरस्कारद्वारा विभूषित गरियो आज. अब को भित्रि खेल के के हुने हो हेर्दै जाउ. खिल को हैसियत ले पाएको पद यो पक्कै होइन. बडो ठुलो नाटक मन्चन गर्न सफल भएको छ दरबार हत्याकाण्ड देखि यहाँ सम्म. दरबार हत्याकाण्डदेखि यहाँ सम्म को परिघटना नेपालीको बलबुताले भाको होइन भन्ने त छर्लंग नै छ नि. आखिर राजतन्त्र फाल्नु पर्ने एउटा लाई थियो जसले माओबादि, एमाले कांग्रेशलाई खुब मज्जा संग प्रयोग गरिदियो. हाम्रा नेताहरुले ऊ बेला गुदी कुरा बुझेन र आज पनि बुझेन. थुक्क भन्नु पर्ने दिन पनि आइपर्यो. नेपाललाए भुटान त बनायो नै अब के के बनाउने हो आगे हेर्दै जाउ नाटक अब पुरा मन्चन हुन जादैछ.

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 2

  • shantdil

    नेपाल को राजनिती र नेता “पढायो पढायो पाठ १६ X २ =८” भन्ने विद्यार्थी जस्तै हो. यी नेता ले अब राजनीति गर्नु भन्दा त भैंसीको म:म: बनाउने मासु बेपार गरे हुन्छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • Ramesh Maharjan

    वर्तमान प्रधानमन्त्रिलाई हाम्रो छिमेकि राष्ट्र भारतले समर्थन गरेको कि नगरेको? यो पनि भारतीय कत्पुत्ला होला नि…

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • kamal raj

    धन्यबाद,,, थोरै भए पनि तिमि हरु लाई ,,,, ढिलो नै भए पनि तिमि हरु लाई ,,,,,यो काम लाई राम्रो नै मान्नु पर्छ ,,,,, अलि पहिले नै गरेको भए जनता को थप्पड खानु पर्ने त थिएन ,,,,साएद त्यो थप्पड सहि ठाउँ मा परेछ कि बुद्धि पलाए जस्तो देखिएको छ ,,,,, अब सबै मिलेर सहयोग गरेर सहिद को सम्मान गरेमा तिमि हरु को कुकिर्ती जनता ले माफी दिन पनि सक्ने छ्न ,,,,,,अब यो पनि नमानेर नेपाल बन्द गराउदै हिड्ने हरु देश द्रोही २२ दल का नक्कली नेता हरु लाई १ वोटा खुट्टा मा गोलि ठोकेर मात्र नेपाल को भलो हुन सक्छ आन्दोलन का सहिद हरु को आत्मा ले शान्ति पाउने छ ,,,,,,,,,,नै भने अरु विकल्प सकिएको छ ,,,,,,,,,,,,,

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 4

  • बेखालाल नेपाल

    अन्तरिम संबिधानमा संबिधान नबने के गर्ने बन्ने परिकल्पना नै गरेको थिएन रे…आखिर त्यै भयो …. बनाएनन यी पार्जीहरुले (पार्टी + पाजी) … अहिलेको ११ बुदेमा (झन्डै १२ बुदे नपुगेको) पनि २०७० सम्ममा चुनाउ गर्ने अरे भनेका छन् रे …. चुनाउ नभए के गर्ने भन्ने परिकल्पना गरेका छैन रे…आखिरमा त्यै अपरिकल्पना नै हुने छन्.!

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 1

  • Rabi, London

    जस्तो गरि चुनाब गराय पनि पछि चुनाब जितेर आउने त सबै पुरानै चोर हरु त हो /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 102 Thumb down 0

    • Satik

      सज्जनहरुलाई जिताउनेतिर लाग्नु पर्यो | अनिल शाहहरुले हरेक उम्मेदवारको नाली बेली खोलेर fact card निकाल्ने कुरा गर्या थिए |

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • Pradip

    जो मन्त्रि भए पनि के भो र ? हामी लाई बाल मतलब

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 7

  • Suman bhote

    जसरि कुकुर बिराला जस्ता हाम्रा नेता मिले…. तेसरिनै २१ दल हरु लाइन मा आउछन्….. यो आकास बानि हो….
    बैदय फेरि एक्लै हुने निश्चित छ……
    चुनाब भए राम्रो…..
    नभए नराम्रो….

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 1

  • Tanka Prasad Sitaula

    मलाई खिलराज रेग्मीले संबिधानसभाको चुनाब गराउन सक्लान जस्तो लग्छ. ऊनलाई सबै व्यक्ति, संघ,संस्था, सम्पूर्ण राजनीतिक दलले ब्यतिगत स्वार्थ त्यागेर साथ दिनु पर्छ र नेपाली जनताको हितमा काम गर्न सक्नु पर्छ, देशमा सान्ति कायम गरि जनतालाई काम गर्ने राम्रो बाताबरण सिर्जना गरि दिनु पर्छ, ब्यबसाय संचालन गर्न, उद्योग धन्दामा लगानी गर्न प्रोत्सान गरि त्यसको सुरक्ष्या गरिदिनु पर्दछ , यसका लागि संबिधानसभाको चुनाब गरि स्थिर सरकार बनाई जनताको र राष्ट्रको हितमा संबिधान बनाउन जरुरि छ इ खिलराज रेग्मीलाई मेरो सुभकामना i

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 1

  • तेन्जिंग गाबा

    सरकार भनेको के हो ?
    सरकार कस्तो हुन्छ ?
    ,,,,,,,,,,,,,,मलाइ त् थाहा नै छैन,
    यी प्रश्नहरुको उत्तर दिन खिल ब्रोको कार्यकाल पछि सकिन्छ कि भनेर आशा राखेको छु /

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

  • Nirmal

    परिबर्तन को सुरुवात भएको छ/ अब हेरौ यसले सकारात्मक बाटो समाउने हो कि नकारात्मन/ आशा गरौ सकारात्मक परिबर्तन होस्/

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 1

  • bibek dhakal

    अल द बेस्ट , चीफ साब !

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 5

  • cRIS

    कुरा सहि हो,
    ~ जानकारी दे|

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 5

  • Shree Krishna Bhatta

    खिलराज, भारत को मोहरा मात्र हुन् ! एस्तो अवस्था मा बन्ध हड्ताल को के औचित्य ? संबिधान सभा बिघटन पूर्व नै ‘र’ लगाएत का भारतीय एजेन्ट हरुले हात धोएर भारत ले चाहेको संबिधान बनौन उपयुक्त व्यक्ति को रुपमा खिलराज लाई टिका लगाएर आसिर्बाद दियिसकेको अवस्था हो ! खिलराज अहिले भर्खर का प्रधानमन्त्री होइनन, २ बर्ष पहिले नै भारतले स्थापित गरेको प्रधानमन्त्री हुन् ! हाम्रा ‘दल’ भारत का ‘मादल’ हरुले जनतालाई पंगु बनाए, यिनीहरु सधै भारतकै तालमा बज्छन ! खिलेचोर मुर्दाबाद ! नेपालका राजनीतिक मादल हरु मुर्दाबाद ! साना ‘सिना’ दलको बन्ध मुर्दाबाद !

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 44 Thumb down 52

  • Abhishek

    खिलराज रेग्मी न मानेका भए त सायद यी दलहरु ज्ञानेन्द्रका नै पुग्न बेर्र थिएन !!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 155 Thumb down 6

  • Sanjay Adhikari

    निर्भयता पुर्वक चुनाव सम्पन्न गराउन् । शुभकामना छ मेरो………

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 53 Thumb down 0

  • anuj

    हामीलाई प्रधान मन्त्री होइन पेट्रोल चाहियो अहिलेलाई
    साला रिजर्वमा आएको दुई दिन भयो
    प्रधान न्यायाधिस जी न्याय देउ, ब्वासाहरु रु १७० मा तस्कर गर्दै छन् पेट्रोल

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 104 Thumb down 1

  • Sagar

    Hope for betterment .. All the best mr रेग्मी

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 2

  • sunil adhikari

    रेग्मी हो की ख्रेग्मी देश लाई निकाश चाहीयको छ .
    गरिब जनता लाई केही हुने वाला छैन. हाम्लाई के मतलब

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 9

  • Aakar Bhshan Nepali

    सर्बमान्य लोकतान्त्रिक दर्शन र मान्यतामा सबै भन्दा ठुलो रित्तो खोपडी भएको प्रधानमन्त्रि चाहिं बाबुराम नै ठहरिए | हे महादेव के दशा लागेको हो नेपाललाई| खोइ कति महिना कि बर्ष हो, बित्थामा समयको बर्बादी उसलाई प्र म बनाएर | हुन त बाबुराम पदमा हुँदा देशमा प्र म नै छ कि छैन जस्तो लाग्दथ्यो | कुनै leadership नै छैन उनीमा | सस्तो तथा रोमान्चक आदर्शलाई ब्यबहारमा कोच्न खोज्नु लाई केटौले नभनेर के भन्ने ? यसको ज्वलन्त उदाहरण हो ” जनताको घरमा बाबुराम उर्फ प्र म |

    मन परे हरियो नपरे रातो ! Thumb up 41 Thumb down 19

  • Basant Aryal

    राम्रो खबर हो /प्रधान नयाधिश कति का खुबी भएका छन् हेर्नु छ/ नेपाल का नेता हरु त बिचरा खाई देउ का काल हुन्/हामी नेपालीहरु पार्टी को पछाडी हैन कि
    देश र जनता का हित मा हुने कुनै कुरा मा पनि एक हुनु पर्छ/ देश र आफ्नो अश्तितो नै मूल कुरा हो/

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • Satik

    बुद्धि भएको भए खिलराजले यो राजनीतिक पद लिन्न भन्नु पर्थ्यो | आफ्नो काम राम्रो संग गरे पो सबैले स्याबासी दिन्छन | मौकामा चौका हान्ने हिसाबले हिडे पछि कसलाई मन पर्ला र? लोभी रैछन, आखिर सत्ताको कुर्सीमा पुग्न रयाल चुहाएरै छोडे |

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 18

  • Manoj Karki

    यदि चुनाव हुने हो भने ए-माओवादीको लिंडे ढिपीलाई हु-बहु स्वीकारेर तिमीहरुले ठिकै गर्यौ भन्न हुन्थ्यो झलनाथ, शुसिल आदिलाई । तर, विडम्वना ए-माओवादीले नै चुनाव हुन दिने छैन । वैद्य-माओवादी आदिले चुनाव हुन दिने छैनन् भन्ने प्रचण्डको ठम्याई हो । यसका लागी ए-माओवादीले ‘वैद्य’हरु सँग साँठगाँठ समेत नगर्ला भन्न सकिन्न । विश्वास नलागे शिक्तिखोर भिडियो टेप् हेरे हुन्छ ।

    फेरी कुटिल प्रचण्डले सुतायो बोरामा, झन् यसपाली त उसको प्रमुख बाधक सर्वोच्चका ‘श्रीमान’लाई नै सुतायो । अब अरु झुशे झासेको त के कुरा गराइ भो र ?
    ‘श्रीमान्’लाई पो के दशा लाग्या हो, प्रचण्डको थाङ्ग्नालाई ‘नयाँ-दुलही’सँग को सुहागरातको विछ्यौना सम्झेर फसे । यसरी प्रचंड-जालमा को-को फ़स्छन त्यो त खासै नौलो कुरा भएन । तर, यसपाली भने सम्पूर्ण देश नै फस्दै भो ।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 53 Thumb down 11

  • Prem

    राति राति त भुत, चोर , फटाहा, निसाचरहरुको सहमति हुन्छ भन्थे ……..
    फेरी पनि मध्धे रातमा ……….यी नेता हरुले पक्कै पनि गतिलो काम चाहि
    गरेको छन् है……..हैन दिनमा सबैको सामु काम र सहमति गर्न किन डराएका…..तथा कथित यी महापुरुस हरु……

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 1

  • jeevan

    यो सब बाबुरामलाई कांग्रेश र एमाले ले समर्थन नगर्नाले भएको हो…लौ गरिब देशका धनि जनता हरु हो अब अहिले देखि नै ५/७ महिना पुग्ने गरि खाने कुराको जोहो गरिराख/

    लालसलाम

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 34

  • murari

    हैजाले मरे पनि किलो रित्तै, भिरबाटलडे पनि किलो रित्तै /अखिरमा जुन जोगी आएपनि कानै चिरेको त हो नि/जो सुकै प्रधानमन्त्रि होस् अनि जस्तो सुकै संभिधन बनाउन वा नबनाउन केहि हुने वाला छैन/ नेपालीहरुको मानसिकता परिवर्तन भएर सबैले नियम कानुन पालना गर्ने अनि धनि गरिब यो पार्टी त्यो पार्टी अनि आफन्त काका भान्जा भनेर नियम मिच्ने बानी नहटे सम्म जसले जति गफ गरे पनि केहि हुने वाला छैन र त्यस्तो दिन नेपालमा देख्न सुर्य पश्चिम बाट उदाउनु पर्छ/ त्यो दिन नेपाल मा पक्कै पनि आउने छ जति बेला गोरु ब्याउने छ / नेपालीहरु काम गर्ने ढंग नभए पनि राजनीतिको मामिलामा सुझाब दिन खप्पिस छन्/ बाफ रे बाफ कति धेरै बिस्लेसन गर्ने/ कति जान्ने ?
    आफ्नो घरको चर्पी व्यस्थापन गर्न नसक्नेले पनि सुझाब दिन भने जानेकै हुन्छन/अनि हरेको कुराको कति चाडै बिरोध गर्ने हो? केहि दिन हेरेर के कस्तो अशर देखिन्छा अनि कमेन्ट, बिरोध गरे पनि हुने हो नि/ तातै खाऊ जल्दी मरोउ भन्ने बानी छ/ कमसे काम काम गरेर खाने मान्छेले काम गर्ने बातावरण बनाउने बारेमा कसै लाई सोच्ने फुर्सद छैन अनि बन्ध बिरोध अनि तोडफोड गर्न कसैलाई पनि सिकौना पर्दैन त्यो भन्दा बढी त नेपाली क़ा छाउरा छाउरि ले जानेकै के छ र ?

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 0

  • hari

    किन होला नेपाली को नकारात्मक मात्रै सोच भयको खिला राज रेग्मी किन छैनन् त प्रधानमन्त्री को लागि योग्य हे नेपाली सकरात्मक त हुन खोज कति बिश्वास गर्नी हो ति ठुला दल भनौदाको अब नेपाल मा राम्रो हुन्छ हेर्दै जाउ नेपाल बिग्रियाको नेपाली जनता मा एकता नभय र हो नेपाल मा नेपाली नै छेनन दल का पछुवा मात्र छन् तेसो भय र नेपाल को एस्तो स्थति भय को हो नेपाली हो किन आब हामी नेता को भासन सुन्न जानी आब हामी नेता को पछि नजाम येदि खिला राज रेग्मी ले राम्रो काम गरे भनि बिसौ वर्ष उनी नै प्रधान मन्त्रि भय पनि हामि खुसि हुनु पर्छ हामी लाइ नेपाल राम्रो हुनुपरछ बस तेती भय पुग्छ हामी ले सबै को सासन देखेम अब नेपाल बने को देख्नु छ अब केहि हुन्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 2

  • Prabhat Paudel

    Prabhat Paudel from Texas, USA
    प्रधान मन्त्रि पद मात्रै होइन कि सबै नेता हरु लाई मन्त्रि र संसद को पद बाट पनि मुक्ति दिनु पर्छ मेरो भनाइ को अर्थ वकिल पेशा मा लागेका मानिस हरु लाई मन्त्रि र संसद बनाउनु पर्छ अनि केहि विकास हुने थियो कि | कानुन बुझेका लाई नै सरकार मा राख्ने नेता हरुलाई पाखा लगाउने |
    होइन साथी हो कस्तो लाग्यो |

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 6

  • शुभकामना खी रा रे राम बरण लाइ सहयोग गर ज्ञानेन्द्र लाइ सत्ता देउ !!! राजा बिना को देश भनेको सृगार बिनाको केश हो !

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 15

  • sushi

    हुतिहारा नेता हरु को बहादुरी क कारण आज खी र रे प्रधान न्यायाधिश बाट प्रधान मन्त्रि हुन् लागे /धन्यवाद/

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 1

  • dinesh

    i am countig his gray hair… i think he will find the solution

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 1

  • Dinesh Bogati

    अब हाम्रा नेताजी हरु विदेश मा सरन लिन गए हुन्छ , राजनीति मा सत्ता अरु लाई सुम्पिने अनि देश मा एकता गर्न न सक्ने अनि राजनीति गर्छु भन्नेले किन देश मा बसी राख्नु , बरु अमेरिका ले सबै नेता लाई यो वर्ष को डिवी लोत्तेरी पारी कुनै पहाड मा लगेर राखे हुन्छ हाम्रा नेता लाई.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 69 Thumb down 3

    • Birendra Thapa

      त्यसो त अल्लि नगरौकी, भातेहरु अमेरिका आयभने अमेरिकालाई नै नेपाल जस्तो बनाईदिन्छन .

      मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 2

  • Bijaya

    आगामी दिनहरुमा नेपालमा बन्द र तोडफोडले पून प्रशरण पाउने छ| अहिले सम्म थाहा भएकोमा २२ राजनीतिक दल, जनजाति र वकिलहरुको संगठनले सम्म पनि चार दलको यो निर्णयको बिरोध गरिसकेका छन् र यिनीहरु एक आपसमा मिलेर बन्दको शृंखला सुरु गर्ने छन्| कसरि हुन्छ नेपाललाई झन् झन् बर्बादी तिर लगेर राजतन्त्रको बखान गाउनेहरुको लागि पनि यो सुबर्ण अवशर आएको छ|
    त्यसपछि नयादिल्लीमा एउटा बैठक बसेर नेपाललाई यसो गर्नु भन्ने आदेश आउँछ अनि सबै नेता र राजनैतिक दलहरु त्यसमा चाही सहमत हुन्छन|

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 2

  • santosh neupane

    रेग्मीले आफ्नो कार्यकालमा निकै प्रगती गर्नेछन |उनको कार्यकाल सफल र अविस्मरणीय हुनेछ |अन्क्ज्योतिश का अनुसार नेपालको जम्मा ज्योतिष भेलु ४ हुन्छ त्यस्तै गरेर खिलराज रेग्मीको नामको ज्योतिष भेलु र उनको जन्म दिनको भेलु (अंग्रेजी अनुसार )४ नै हुन्छ तसर्थ एस्तो संयोग अरु व्यक्तिमा छैन |तसर्थ उनलाई अब कसैले रोक्न सक्दैन |उनको सफल कार्यकाल को सुभकामना |

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 13

  • puspanjali

    हामीले भर्खरै मात्र सिध्यायको श्री स्वस्थानी कथामा जसरि नवराज बाहुनलाई हात्तीले माला लगाई दियर राजा बनायो त्यसरी नै आज सबै दल ले माला लगाई दियर खील राज रेग्मी लाई प्रधानमन्त्री बनायो त्यसैले भन्या होला नमरी बाचे कालले सांचे के के देख्न पैन्छा

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 57 Thumb down 3

  • umesh sharma

    धन्न doctor रहेनचन खिलराज ,doctor भाको भए त झन् बर्बाद गर्थे होला dr .लाल्धोव्ज ले जस्तै ,I A इंडिया मा गरेका रहेछन,जरो नै इंडिया बाट सुरु गर्या रहेछन खै क गर्लान इनले ,संका छ

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 34

  • dipak shrestha

    अहिलेको गाँठो फुकाउन न त दलहरु सहमतनै हुन् सक्यो न त कहिँ कतै बाट समस्या
    सुल्झौन बाताबरण बन्न नै सक्यो ,एस्तो अबस्थामा मुलुक र जनतालाई सधै रनभुल्लमा
    राखिरहनु को सत्ता प्र. न्यायधिसलाई चुनाबी सर्खार को प्रमुख बनायर बाधा अड्काउ
    कसै गरेर भय पनि फुकाउनु पर्ने आम जनसमुदाय को पनि अभिमत हो भन्नुमा
    अत्तित्योक्ति नहोला |

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 3

  • हा ..हा.हा. पर्धान न्याएधिश प्रधान मन्त्रि !!! जनता मलामी, नेता जन्ती …!!! के भो .. ..नेपाली राजनीति ….???

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 58 Thumb down 6

  • कानुन भन्दा बाहिर बाट उनि सत्तामा गए पनि एक न्याय छेत्रका बिसिस्ट व्यक्ति भएको र धेरै अनुभवी मानिस भएको ले इ राजनीतक गर्ने दलका नेता भन्दा उनिलाइ धेरै अर्थमा राम्रो नै मान्नु पर्छ तर राजनीतिक दलका मानिस लाइ उनको सरकारमा सामेल नगराउने भने पछि के अर्थ लाग्छ भने राजनीतिक दल हरु पूर्ण रुपमा देशमा असफल भएका हुन् हिजो ज्ञानेन्द्र लाइ असफल राजा भनि पाखा लगाए नेता हरु ले, आज नेता हरु असफल हुँदा ज्ञानेन्द्र लाइ नै राजा बनाउँदा पनि हुने हो आखिर उनीलाई कुनै जनमत संग्रह गरेर हटाएको पनि त होइन यसको पछाडी २४० बर्सको इतिहास बोकेको छ राजतन्त्र ले ,यता खिल राज रेग्मी ले पर्धान मन्त्रि र पर्धान न्याधिस दुवै पद को पगरी एकै चोटी बोकी बस्ने हो भनि उनि नेपालको इतिहासमै सबैभन्दा भाग्यमानी व्यक्ति मान्नु पर्छ , कानुनी हिसाबले र परम्परा वा संविधानको हाँगा टेकेर उनि देशका प्रधान मन्त्रि हुनु पर्ने हो तर देशको जर्जर इस्थितिको फाइदा उठाएर माओबादी ले फालेको कार्ड मा टेकेर देशको यो पदमा पुग्दा उनि भोलि निरंकुस पनि बन्न सक्छन अर्को माओबादी ले भनेकै कुरा सुनेर उनीले काम गर्नु पर्ने इस्थिती सिर्जना हुन्छ येदि आफ्नै ढंग ले चले भनि पनि माओबादी ले नै इनको सत्ता साफ पारिदिन्छन अथवा इनिलाई उपयोग गरेर माओबादी ले फाइदा लुट्छ सम्पूर्ण सक्ति इन्कै टाउको मा गएर अडेको हुनाले खिलराज रेग्मी भोलि नेपालको तानाशाह हुने खतरा नेपाली राजनीतिमा लुकेको छ

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 5

  • द्रोण

    खी रा रे लाइ बधाई | गरि खाउ ,मौका पाएका छौ |

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 5

    • balaram

      पण्डित बाजे पर्नुभयो कसो कति छिट्टो न्वारन गर्या ?

      मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 1

      • द्रोण

        बलु जी
        आजकाल न्वारन गर्ने चलन नै त्यति हराई सक्यो |बाहुन नेता हुने कुराले म लाइ फेरी एलर्जी आउछ तर देश चलाउने फटाह नेता भन्दा बिसुद्द आम नेपालि भएको (नेपाल को इतिहास मै नया स्वाद हो यो )नाताले हार्दिक स्वागत गरेको |
        तपाइलाइ चै नेता नै चाहिने हो कि ?फेरी पनि गुनासो छैन ,आफ्नो आफ्नो टेस्ट हो |

        मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

        • Aakar Bhushan Nepali

          द्रोण जी,
          टेस्टको कुरा गरिहाल्नु भयो | कतै यो कदम एउटा “खली” बुढाको ” New test in town” भन्ने joke जस्तै साबित त् हुने होइन ?

          मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • सिंहदरबारले फेरी एउटा फोटो पायो, खिरारेले नि फोटो झुण्ड्याउने बाहेक केही गर्न सक्दैनन् ठोकेरै भने लौ

    मन परे हरियो नपरे रातो ! Thumb up 44 Thumb down 7

  • देशले निकास र विकास पाउने भएन। भोली देखी आन्दोलनका बन्दहरु पाउने भो। दुख माथि दुख।

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 5

  • Ram Raj Khakurel

    ल बधाई छ !! यिनले नि गरिखाउन .. तर अरु जस्तै पंगु नबनुन .. शुभकामना !!

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 2

  • Satya

    संबिधान नबनाई संबिधान सभा र संसद भंग भए के गर्ने भन्ने बिकल्प नभए जस्तै रेग्मीले चुनाव गराउन नसके त्यसको विकल्प रणनीति अहिले नै तयार पारी नराखे माओवादीले एकै तीरले तिन-चार वटा शिकार गर्ने भए / जसो तसो देशलाई धानी राखेको अन्तरिम संबिधान नै भए पनि त्यसलाई तहस नहस पारी हाल्ने भएको छ / राजनीतिबाट टाढा बसेको न्यायालय अब राजनैतिककरण भएर नेपाली जनताले न्याय पाउंदैन भने अन्तरिम संबिधानको २५-३० वटा धारा संशोधन गरेर राष्ट्रपतिलाई पंगु बनाई देशलाई संबिधान बिहिन बनाई छाड्ने भयो / यो सबै प्रचण्ड र बैद्यले चक्रब्युह रचेको हो / बैद्य माओवादी फुटे जस्तो मात्र गरेको हो / दुबैको रणनीति सत्ता कब्जा भन्दै आएका हुन् / हेर्दै जानुस आफ्नो स्वार्थ पुरा वा सत्ता कब्जा हुने बित्तिकै यिनीहरु फेरि एक हुन्छ / भित्र भित्र प्रचण्ड मिलेर बैद्य माओवादी लगायत २२ दलले आन्दोलनको आँधिबेरी ल्याएर चुनाब हुनै दिंदैन / अनि झन् देश भुँमरी फस्ने सम्भावना छ / कांग्रेस एमालेलाई थाङ्ग्ना सुताउने भए / मैले गरेको कल्पना साबित नहोस तर देशले निकास पाओस / अन्तरिम संबिधानलाइ यत्रो छ्यत बिछ्यत गर्नु भन्दा कुनै पनि छ्यति नगरी सानो दलको नेतृत्व वा सुजाता कोइराला र गगन थापा, प्रदिप नेपाल, बारहरुले भने जस्तै यही सरकार अथवा प्रचण्डको नेतृत्वमा चुनाब जानु उत्तम उपाए हो /

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 4

  • Dhan

    नया नेपाल मा निरंकुस्तंत्र, राजतन्त्र,प्रजातन्त्र, गणतन्त्र,लोकतन्त्र सबै फेरियो अब त मनपरीतन्त्र आइसकेछ अब त खोइ के आउने हो भन्नै सकिएन/ यी झापड बहादुर हरु झले, सुसिले, प्रचंडे अनि उसको भरौटे ले सब नायेपलिका लै नि तहसनहस बनाए सल नेपाल को कुपुत्र हरु…
    गर्ने नै भए मण्डेला,महाथिर मोहम्मद ले जतिको गरेर देखोस न कमसे कम/
    धिक्कार छ तिमीहरु लाई मरेर जादा पनि कुकुर मरे हुन्छा यिनीहरु को हेर्दै जाओ…

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 1

  • ram kumar

    २-४ दिन रनकिनेछन साना पार्टी अनि बाध्य भएर चुनाब का लागि आफ्नो बाटो लाग्नेछन / अब न यो निर्णय फिर्ता हुन्छ / न अर्को यो भन्दा सजिलो उपाय छ / नाक थुनेर तिते पातिको रस पेट दुखेको दबाई खाए जस्तो भयो यो खिलराज महोदयको पम /

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 3

  • bibek sharma

    कार्यपालिकाको प्राय: निर्णय बिरुद्ध सर्बोच्च धाउने प्रवृति हुदा वाक्क परेर दल हरु न्यापालिकालाई नै सत्ता सुम्पि हिजोका निर्णय कसरि कार्यान्बयन गराउदा रहेछन न्यापालिका प्रमुखले भनि नाटक हेर्ने होलान नि अब नपुंसक सरह हाम्रा नेताहरु /

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 1

  • shivaraj khadka

    बार एशोशिएसन, नागरिक समाज, ड्यास माओवादी लगायत साना दलहरु असहमत हुँदाहँुदै मुख्य तीन दल र मधशी मोर्चाले हस्ताक्षर गरेका छन । झट्ट हेदा राजनीतिले निकास पाएजस्तो देखिए पनि विपक्षि दलहरुको उद्देश्य बाबुराम भट्टराईलाई सरकारबाट गलहत्याउँनु रहेको छ भने माओवादी अन्य दलहरुलाई आफ्नो एजेण्डामा पछि लगाउनु देखिन्छ । अब राजनीतिको यो नयाँ मोडले चैतको घामले तातेका सडक फेरि साना दलहसहित असमति समूहले झन आगो नै बाल्ने त होइन भन्ने चिन्ता आम सर्वसाधारण थपेको छ । अबको राजनीति निकासतिर कि विनासतिर हो केहि दिनमै देखिनेछ । आखिर मारमा पर्ने सर्वसाधारण नागरिक नै त हुन् ।

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • Lalit Narayan

    दुइटा कुरा भन्न मन लाग्यो:
    १. राजनैतिक नेतृत्व गर्ने ल्याकत नभएर न्याय मुर्तिलाई सत्ता सुम्पिने नेपालको राजनीतिक दलका नेताहरु राजनीतिबाट शंन्यास लिई काशीतिर गए भयो l
    २. भावी पर्धान मुन्तिरी पनि त भारतीय शिक्षा ग्रहण गरेका रैछन, उतै ढल्कनेत होलान नि l

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 3

  • Mk

    सर्बसम्मत उमेदबार कोहि पनि हुनै नसक्ने अबस्थामा, अहिलेको आपतकालीन अवतरण ,देशको निकासको लागि , अपरिहार्य छ/ राजनितिग्ये -माझीहरु को ‘सल्लाह’ ले देश डुबाउनु भन्दा यो कदम बेश छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 6

  • BikashDai

    अरु त ठिकै हो, गैर नागरिकलाइ पनि मतदाता बनाएर चुनाव गराउने अरे; कतिलाई थप्ने हो, अनि गैर नागरिकले जिताएका प्रतिनिधिले कुन देशको संबिधान लेख्दा हुन्?

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 0

  • Nikhil-Sharma

    हैन IA त UP board भन्छ है , के हो जरो देखि नै किनेको डिग्री त होइन उहा को ? हाम्रो पालामा छोरि को बिहे नभए ,भारत बाट डिग्री किनेर लिएर आउने चलन थियो ,कतै तेस्तै होकी भनेर | बढी बोलेको भएमा माफ पाउ|

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 13

  • pras

    दलहरुले खास मा माओबादी ले आफनो घर आगाडी आगन मा ठुलो खाल्टो खने ! भरे खाल्टो मा पर्ने यिनीहरु नै हुन् /

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 2

  • SASANG LAMA

    प्रधान न्यायाधिश शासन गर्न आउने नभएर देशमा भएको अन्योललाई मत्थर पार्न निर्वाचन गराउनलाई आउने हो| संबैधानिक अंगको प्रमुखको दायित्वभित्र यो पनि पर्छ| कागजमै लेखेको हुनुपर्छ भन्ने केहि छैन| निर्वाचन सम्पन्न भएन भने त्यसको दोष दलहरुले लिनुपर्छ, कारण लडने त तिनीहरु नै हुन्| केहि सीप नलागे जिमी कार्टरलाई मदतको लागि बोलाए हुन्छ| उनको संस्थान संग चुनावी पर्यवेक्षण सम्बन्धि प्रशस्त अनुभव छ| धारा, उपधारा, टुटि केलाएर समय खेर फाल्ने बेला छैन| ल मानिलिउं ज्ञानेन्द्रदेखि प्रचण्डसम्मका सबैजना एकैदिन सोत्र्याम्म भए अरे! त्यतिखेर पनि धारा र टुटि केलाएर बस्ने? एकजना संबैधानिक अंगका प्रमुखको मातहतमा चुनावमा त जानुपर्यो नि! होइन र ?

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 8

    • बिनोद तिमिल्सिना

      डाक्टरको साटो कसाईलाई मान्छे चिर्न दिए पनि हुन्छ नि आखिर पशुको अप्रेशन त उसले नि गर्न जानेकै हुन्छ!!!

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

      • गगने

        ए, कसाइले पशुको अप्रेशन गर्छ?
        हैन के रोग को उपचार गर्दरैछ कसैले पशुको अप्रेशन गरि?
        साह्रै बाठो अनि बढी जान्ने क्या! बेस्सरी चिच्यायर भने देखिन सब सहि हुन्छ भन्ने ठान्ने हो कि क्याहो कुन्नि!

        मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Suraj Shrestha

    संविधान-सभा पुर्स्थापना गर्ने चाल हो !!!!!

    मेरो विश्लेछ्रण यस प्रकारको छ:

    नेपालका सर्वोच्य अदालतका प्रधानन्याधीस खिलराज रेग्मीको इजलासले नै दिएको फैसलालाई आधार मानी २०६९ जेस्ठ १४ गते पछि नेपालको संविधान-सभा र संसद बिघटन भयो

    प्रधानन्याधीस खिलराज रेग्मीज्यु ल अब तपाईले नै संविधान-सभाको निर्वाचन गराउनुस भनि जिम्मा दिदैछन असफल नेपालका राजनैतिक दलहरुले

    माओबादी (बैध) र अन्य २२ दल हरुको बिरोध र यी चार दलहरुको एक आपसमा कसैले कसैलाई न पत्याउने बाताबरणमा संविधान-सभाको निर्वाचन अत्यन्त गार्हो छ तर असम्भव छैन

    प्रधानन्याधीस खिलराज रेग्मीज्युले संविधान-सभाको निर्वाचन गराउन न सकेको अवस्थापछि संविधान-सभा पुनर्स्थापना गर्ने मात्र यौटा विकल्प रहन्छ

    यो विकल्प सबै ले मान्न बाध्य हुन्छ

    यो अवस्थामा एमाओबादी सबै भन्दा ठुलो दलको रुपमा हाल जस्तै मदेशी र अन्य दलहरुलाई मिसाई पुनः सरकार बनाउन सफल हुन्छ

    पुनः नेपालमा अहिलेको अवस्था सिर्जना हुन्छ र २०६५ सालमा नेपाली कांग्रेसले निर्वाचन गराए झैँ एमाओबादीले निर्वाचन गराउनुमा अन्य दल लुरुक परेर सामेल हुने छन्

    सुरज श्रेष्ठ

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 5

  • Shyam

    There is no sense to make PM ……….
    chief justice
    it shows an absence of political parties in Nepal.

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 7

    • bibek dhakal

      I would say “Good Riddance!” if these political parties were absent forever…..Do these “un”-political parties and their criminal sister organizations worth anything? take for example the strikes organized at the brink of SLC…pathetics!

      मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

    • गगने

      साथीहरु,
      नेपालि राजनीतिको एक ले अर्कोलाई न त टेर्ने न निमिट्यान्न बनाउन सक्ने अनि एकले अर्कोलाई गर्न नदिने नपत्याउने मानाशिकता र नियतिले गाजेको अत्यन्त विषम परिस्थितिमा देशलाई यो अबस्थाबाट पार लगाई निकाशा दिने हेतु निश्चित समयकोलागि निर्वाचन सम्पन्न गराउदै निर्वाचित भै आयको व्यक्ति नेता र पार्टिलाइ सरकार हस्तान्तरण गर्ने निश्चित कार्यभार दिदै निर्वाचन को हेतु बनिने चुनाबी मन्त्रिपरिषदको अध्यक्ष बनाइयको हो खिल राजा रेग्मीलाई!
      भ्रममा नपरु प्रधानमन्त्रि बनाइयको होइन र खिल राज प्रम होइन!
      खिलराज एउटा कमिसनर जस्तै हो! उसको मुख्य र एउटै तोकियाको काम भनेको निर्वाचन गराउनु हो! तेतिको लागि र तेतिन्जेलाको लागि आबस्यक पर्ने दैनिक सरकार संचालनको कार्यभार निश्चित गरि उहालाई सुम्पियको हो!
      अब यसलाई प्रम भनेर बुझ्नेले तेसैगरी बुझुन तर यथार्थता उहा प्रम होइन र उहाले प्रमको सपथ ग्रहण गरेको पनि होइन!
      बाध्यात्मक परिस्थितिमा चुनाबी मन्त्रिपरिषदको अध्यक्ष बनाइ तेसको सपथ ग्रहण गराइयको हो भनेर मान्छु र भन्छु म! मा उहालाई प्रम भन्दिन!
      उहालाई प्रम तिनीहरुले मात्र भन्छन जो बखेडा बर्न उध्धत्ता छन् समस्या समाधान भन्दा समस्याको बामच्चाई र अर्घ्येल्याई गर्न जान्दछन र सोच्दछन अनि तेसैको लागि उध्धत्ता छन् तिनीहरुले मात्र प्र म भन्छन!
      यहि हो सत्य!

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • dharmendra

    वाह कसो अचम्मको समाचार ….अब चुनाब हुने भयो …..तेस्पछि देशको कायापलट हुने भयो …..अनियमित र भ्रस्टाचार रहित हुने भयो ……शुसासन ….वाह …थपडी बजाउ साथी हो हाम्रा देसका चमत्कारी नेताहरुको यस महान सहमति प्रति ….धन्य नेताहरु …नत्र देश …

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 3

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker