मेरो Tweet

  • RT @mugaali: @dotNP मलाई नि Kumari Bank को सर्भिस चित्त बुझेन । आजकाल बरु टोलको स्टेसनरी पसल को साहुजीलाई मेसेज पठाउछु, तुरुन्त आइपुग्छ पीन…
  • कास्कीमा आफूलाई जिस्क्याएको भन्दै केटीहरुले कुटेर मरणासन्न भएका लेखनाथ नगरपालिका डेरा गरी बस्ने ५० वर्षका लोकबहादुर लामाको मृत्यु भएको छ।
  • Rekha Thapa le hatiyar uthaune re aba, k sunnu paryo ni t.co/lH4UHm7KpH

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

यसरी गरे नेताहरुले निर्दलीय व्यवस्थाको सहमति


फोटोमा देखिएकाहरु नेपालका प्रमुख भनिने दलहरुका मै हुँ भन्ने नेताहरु हुन्। तर यी नेताहरुले लौ हामी अब मिल्न सकेनौँ, हामी असफल भयौँ, नेतृत्व लिइदिनुपर्‍यो भन्ने खालको सहमतिमा हस्ताक्षर गरिरहेका हुन्। आज राति अबेर विशेष समितिको सचिवालयमा बसेको बैठकमा यस्तो हस्ताक्षर गरेका हुन्। उनीहरुको हस्ताक्षर २५ बुँदे बाधा अड्काउ फुकाउ र ११ बुँदे राजनीतिक सहमतिमा भएको हो।


सहमतिमा साइन गरेपछि हातमा हात मिलाएर एकताको नाटक देखाउँदै नेताहरु।

भोलि सर्वोच्च अदालतले प्रधान न्यायाधीश खिलराज रेग्मीलाई कार्यकारी प्रमुख बन्नबाट रोक्ने रिटको विशेष इजलासमा सुनुवाई गर्न लागेको भएर रातारात सहमतिमा पुग्न उनीहरु बाध्य भएका हुन्।

यो २५ बुँदे बाधा अड्काउ फुकाउ भन्नाले नै थाहा हुन्छ, संविधानमा कति धेरै केरमेट गर्नुपर्‍यो होला भन्ने। नागरिकता दिनेदेखि प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुख बनाउनेसम्मको कल्पनै नगरिएका कुराहरु बाधा अड्काउ फुकाउमार्फत् मिलाइएको छ। संविधान संशोधनको प्रक्रिया भने चार दलको सिन्डिकेटबाट भएको छ। त्यसलाई अनुमोदन गर्न संसद छैन अस्तित्वमा।

निर्दलीय व्यवस्था
पहिले पनि एउटा कथा ब्लगमा लेखेको थिएँ। दलहरुले एकअर्कालाई नमान्ने भएपछि अहिलेको स्थिति कुकुरको झगडामा न्यायाधीश बन्ने बाँदरले रोटी उछिट्याएको सानैमा हजुरआमाले सुनाएको कथा जस्तै। याद होला नि तपाईँहरुलाई पनि त्यो कथा-दुई कुकुरले एउटा रोटी भेट्टाउँछन्। रोटी बराबरी भाग लगाउने विषयमा कुरा नमिल्दा उनीहरु न्याय खोज्न बाँदर कहाँ पुग्छन्। बाँदरले बराबरी भाग लगाउने नाममा सिङ्गै रोटी क्वाप्प पार्छन्। कुकुरहरु हेर्‍याहेर्‍यै।

अहिले पनि दलहरु मिल्न नसकेपछि आफू निर्णायक शक्ति बन्नुको साटो निर्दलीय अन्तरिम निर्वाचन परिषद् (काउन्सिल) बनाएर जानेमा सहमति खोज्दैछन्। यो परिषद्‌मा दलका नेताहरु मन्त्री बन्ने छैनन्। उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले हस्ताक्षरपछि दिएको जानकारी अनुसार ११ जना मन्त्रीहरु नेपाल सरकारका निजामति सेवाका विशिष्ट श्रेणीका पूर्व कर्मचारीहरु बन्नेछन्।

फेरि संयोग कस्तो परेको वा पारिएको छ भने जसले त्यतिबेला जेठ १४ भित्र संविधान नबने संविधान सभा भंग हुने र नयाँ निर्वाचन गर्नुपर्ने फैसला गरे, उनैले चुनाव गराउनु पर्ने भएको छ।

के के सहमति गरेछन् ?
बाधा अड्काउ फुकाउमा नै २५ बुँदा रहेछन्। के के बाधा अड्काउ फुकाउ गरेका हुन्, थाहा पाउनै बाँकी छ। राजनीतिक सहमति भने यस्तो छ-
भन्नलाई असार ७ गतेभित्र चुनाव गर्ने भनेर साराको आँखामा छारो हाल्ने, त्यो हुँदैन भन्ने पहिले नै थाहा भएकोले सहमतिकै अर्को बुँदामा भनिएको छ- प्राविधिक कारण वा काबुबाहिरको परिस्थिति उत्पन्न भई संविधान सभा व्यवस्थापिका संसदको निर्वाचन २०७० साल असार सात गतेभित्र हुन नसकेमा २०७० साल मंसिर मसान्तभित्र यथासंभव चाँडो अर्को मितिमा सम्पन्न गर्न उच्चस्तरीय राजनीतिक समितिको सहमति अनुसार मन्त्रिपरिषद्ले मिति तय गर्नेछ।

मंसिरमा पनि नभए के त ? आलु ! नचाहिने कुरा सोचेर टाउको नदुखाउनुस्। प्रधान न्यायाधीश प्रधानमन्त्री बन्ने फर्मुला कसैले सोचेको थियो उतिबेला ! आउला नि कुनै फर्मुला अर्कै ‘प्रधान’को, किन आत्तिनुभा’को ?

सहमतिमा श्री ४ को व्यवस्था पनि छ। को श्री ४ भन्नुभाको ? उही क्या त यत्रो बाधा अड्काउ फुकाउदेखि संविधान संशोधनसम्म गर्ने शक्ति श्री ४। यही श्री ४ को उच्चस्तरीय राजनीतिक समितिले प्रम भएका प्रन्यालाई सल्लाह,सुझाव दिनेछ।





एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको सहमति

संविधान निर्माणको कार्य पूरा नहुँदै संविधानसभाको कार्यकाल समाप्त भएकाले सर्वोच्च अदालतको फैसलासमेतलाई ध्यानमा राख्दै नेपाली जनताले आफ्नो लागि आफैं संविधान बनाउन पाउने अधिकारको प्रत्याभूति गरी देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतरुपमा सुदृढ गर्न,

२०६९ साल जेठ १४ गतेपछि संविधानसभा कायम नरहेको तथा नयाँ संविधानसभाको निर्वाचन गर्ने राजनीतिक सहमति भएको र सोको लागि राष्ट्रिय सहमतिको सरकार निर्माण हुनु अत्यावश्यक भएकाले आवश्यकताको सिद्धान्तलाई समेत विचार गरी राजनीतिक सहमतिको आधारमा प्रधानन्यायाधीशको अध्यक्षतामा सरकार गठन गरी नयाँ संविधान निर्माणको लागि अर्को संविधानसभाको निर्वाचन गरी ताजा जनादेशको माध्यमबाट संविधानसभाको स्थापना गर्न, र

संविधानसभाको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गरी देशमा लोकतान्त्रिक राजनीतिक निकासको मार्गप्रशस्त गर्न संवैधानिक र कानुनीरुपमा रहेका बाधा अड्काउ फुकाएर राजनीतिक सहमतिको सरकार गठन गरी अघि बढ्न निम्नबमोजिम सहमति गरेका छौँ।

१. चुनावी सरकारको संरचना, काम कर्तव्य र अवधि
१.१. संविधानसभा व्यवस्थापिका-संसदको निर्वाचन २०७० साल असार महिनाको ७ गतेभित्र गरिनेछ। यसका लागि अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गरिनेछ र सो मन्त्रिपरिषद्मा अध्यक्ष र मन्त्री रहनेछन्।

१.२. संविधानमा प्रधानमन्त्रीले गर्ने भनी उल्लेखित सबै कामहरू अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षले गर्नेछन्। मन्त्रीहरूको कार्यविभाजन संविधानअनुसार मन्त्रिपरिषद्का अध्यक्षले गर्नेछन्।
१.३. अन्तरिम चुनावी मन्त्रिपरिषद्को मन्त्रीमा नेपाल सरकारबाट सबै निजामती सेवाका विशिष्ट श्रेणीमा रही अवकाश प्राप्त व्यक्तिहरूमध्येबाट नियुक्त गरिनेछ।

१.४.१. सर्वोच्च अदालतका प्रधानन्यायाधीशले अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षता गर्नेछन्।
१.४.२. अन्तरिम चुनावी सरकारको प्रमुख काम संविधानसभा व्यवस्थापिका संसदको निर्वाचन निर्धारित समयमा सम्पन्न गर्नु हुनेछ।
१.४.३. मन्त्रिपरिषद्ले गर्ने अन्य सबै कामहरू संविधानबमोजिम अन्तरिम चुनावी मन्त्रिपरिषद्ले गर्नेछ।
तर दीर्घकालीन प्रकृतिका कामहरू अन्तरिम चुनावी मन्त्रिपरिषद्ले गर्ने छैन।
१.४.४. प्रधानन्यायाधीशले गर्ने सम्पूर्ण कामहरू कायम मुकायम प्रधानन्यायाधीशले गर्नेछन्।
१.४.५. कार्यपालिका तथा न्यायपालिकाको कार्य लोकतान्त्रिक मूल्य मान्यता, संवैधानिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनका सिद्धान्तप्रति प्रतिवद्ध रही सम्पादन हुनेछ।

१.५ मन्त्रिपरिषद्का सदस्यहरूको सङ्ख्या अध्यक्ष सहित बढीमा ११ हुनेछ। मन्त्रीहरूको नियुक्ति मन्त्रिपरिषद्का अध्यक्षले गर्नेछन्। यसो गर्दा समावेशी मान्यतालाई ध्यान दिइनेछ।
१.६ अन्तरिम चुनावी मन्त्रिपरिषद्को समयावधी संविधानसभा-व्यवस्थापिका संसदको निर्वाचन सम्पन्न भई व्यवस्थापिका संसदबाट नयाँ प्रधानमन्त्री चयन भएर निजले कार्यभार सम्हालेपछि स्वतः समाप्त हुनेछ।
१.७ प्राविधिक कारण वा काबुबाहिरको परिस्थति उत्पन्न भई संविधानसभा व्यवस्थापिका संसदको निर्वाचन २०७० साल असार ७ गतेभित्र हुन सकेमा २०७० साल मङ्सिर मसान्तभित्र यथासम्भव चाँडो अर्को मितिमा निर्वाचन गर्न उच्चस्तरीय राजनीतिक समितिको सहमति अनुसार मन्त्रिपरिषद्ले मिति तय गर्नेछ।
१.८. अर्को प्रधानमन्त्री चयन भएपछि अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष पूर्ववत पदमा फर्कनेछन्।

२. उच्चस्तरीय राजनीतिक समितिको गठन र कार्य क्षेत्र

२.१. संयुक्त जनआन्दोलनको भावना, राजनीतिक सहमति र सहकार्यको संस्कृति अनुरुप सरकार सञ्चालन गर्ने कार्यमा सहयोग पुर्‍याउन तथा राजनीतिक क्षेत्रमा उत्पन्न हुने समस्या समाधान गर्न प्रमुख राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको एक उच्चस्तरीय राजनीतिक समिति हुनेछ।

२.२ यसको कार्यक्षेत्र निम्न बमोजिम हुनेछ :
२.२.१ निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न उपयुक्त वातावरण सिर्जना गर्ने। काबु बाहिरको परिस्थति उत्पन्न भई संविधानसभाको निर्वाचन निर्धारित समयभित्र हुन नसकेका उच्चस्तरीय राजनीतिक समितिले अर्को मितिमा निर्वाचन सम्पन्न गर्ने लगायतका विषयहरूमा आवश्यक निर्णय गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ।

२.२.२ राजनीतिक दलहरूको बीचमा सहमतिको वातावरण निरन्तर बनाइ राख्न प्रयत्नशील रहने।
२.२.३. अन्तरिम चुनावी सरकारलाई आवश्यक सहमति, राय र परामर्श दिने।

यस प्रयोजनको लागि कार्यविधि र सञ्चालन प्रक्रिया समितिले स्वयम् निर्धारण गर्नेछ।

३. संविधानसभाका सदस्यको सङ्ख्या र अवधि

३.१ संविधानसभा व्यवस्थापिकाका सदस्यहरू महिला, दलित, उत्पीडित जाति/ आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेसी, किसान, श्रमिक/मजदुरलगायत सबै वर्ग र समुदायको प्रतिनिधित्व समानुपातिक समावेशी आधारमा हुने गरी पहिलो हुने निर्वाचन प्रणालीबाट २४० जना, समानुपातिक निर्वाचन प्रणालीबाट २४० जना र राजनीतिक सहमतिमा मन्त्रिपरिषद्बाट मनोनीत हुने ११ जना गरी जम्मा ४९१ रहने छन्। निर्वाचन क्षेत्र हाल कायम भए बमोजिम रहनेछ।

३.२. संविधानसभाले संविधान निर्माणको काम सम्पन्न नभएसम्म संविधानसभा र व्यवस्थापिका संसद दुवै हैसियतमा काम गर्नेछ र संविधान निर्माणको काम सम्पन्न भएपछि नयाँ संविधान बमोजिम हुनेछ।

४. मतदाता नामावली

४.१. निर्वाचन आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पुगेका नेपाली नागरिकहरू मतदाता हुनेछन्।

४.२. अर्को संविधानसभाको निर्वाचन प्रयोजनको लागि २०६४ सालको संविधानसभाको निर्वाचनको मतदाता नामावलीलाई आधार मानी निर्वाचन आयोगले हालसम्म अद्यावधिक गरेको फोटोसहितको मतदाता नामावलीलाई (क) नागरिकताको प्रमाणपत्रका आधारमा मतदाता नामावली अद्यावधिक गर्न र साथै नागरिकताको प्रमाणपत्र पाउनुपर्ने नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र दिन तथा (ख) उपयुक्त अनुसार पनि नाम छुटेका व्यक्तिका हकमा २०६४ साल र त्यसपछिको मतदातासूचीका आधारमा मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ को दफा ११ अनुसार मतदाता अद्यावधिक गर्न, गृहमन्त्रालय र निर्वाचन आयोगलगायतका निकायको समन्वयमा विशेष अभियान सञ्चालन गरिनेछ।

४.३. अर्को संविधानसभाको निर्वाचन पछि सम्पूर्ण बालिग नेपाली नागरिकहरूलाई नागरिकताको प्रमाणपत्रको आधारमा राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ र त्यसै आधारमा मतदाता सूची तयार पारिनेछ।

५. बाधा अड्काउ फुकाउने प्रक्रिया र विषयहरू

५.१. राजनीतिक दलहरूकाबीच सहमति गरी सोही अनुरुप बाधा अड्काउसम्बन्धी आदेशमा समावेश हुने विषयहरू तय गर्ने र बाधा अड्काउ फुकाउने सम्बन्धमा मन्त्रिपरिषद्ले प्रस्ताव तयार परी राष्ट्रपति समक्ष सिफारिस गर्नेछ। सो सिफारिशअनुसार राष्ट्रपतिबाट प्रधान न्यायाधीशलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष पदको शपथ गराइनेछ। यी सबै कामहरू क्रमशः एकसाथ गरिनेछन्।

५.२. उक्त सिफारिश बमोजिम बाधा अड्काउ फुकाई कार्यान्वयन भएका व्यवस्थाहरू कार्य सम्पन्न भएपछि स्वतः निस्त्रि्कय हुनेछन्।

६. निर्वाचनसम्बन्धी आवश्यक प्रवन्ध

यो सहमतिअनुरुप राजनीतिक दलहरूसँग परामर्श गरी निर्वाचनसम्बन्धी आवश्यक कानुन र अन्य व्यवस्थापनबारे निर्वाचन आयोगले प्रवन्ध गर्नेछ।

७.१. सर्वोच्च अदालतका न्यायाधीशहरूको रिक्त पदमा यथाधीघ्र पूर्ति गर्न आवश्यक संवैधानिक प्रबन्ध गरिनेछ।
७.२. उच्चस्तरीय राजनीतिक समितिको सहमतिका आधारमा संवैधानिक निकायका रिक्त पदहरूमा आवश्यक कानुनी प्रवन्ध गरी यथाशीघ्र नियुक्ति गरिनेछ।

७.३. परराष्ट्र सेवाबाट नियुक्त गरिने व्यक्ति बाहेकका राजदूतका रिक्त पदहरूमा उच्चस्तरीय राजनीतिक समितिको सहमतिका आधारमा नियुक्ति गरिनेछ।

८. विघटित संविधानसभाका कामहरूको स्वामित्व लिनेबारे

संविधानसभामा राजनीतिक दलहरूकाबीच भएका सहमतिहरूको स्वामित्व लिइनेछ।

९. शान्ति प्रक्रियाका बाँकी कामहरू

९.१. शान्ति प्रक्रियाका बाँकी कामहरू यथाशीघ्र सम्पन्न गरिनेछ। यस सन्दर्भमा नेपाली सेनामा तालिम गरिरहेको पूर्व माओवादी सेनाका लडाकुहरूको दर्जासम्बन्धी विषयलाई विगतमा भएको सहमति तथा आवश्यक तालिम, अभ्यास र प्रक्रियाको आधारमा विशेष समितिबाट तुरुन्त निर्णय गरिनेछ।

९.२. सत्य निरुपण र मेलमिलाप तथा बेपत्ता छानविन आयोगको गठनका लागि आवश्यक कानुन तुरुन्त तर्जुमा गरिनेछ।

९.३. विगतको द्वन्द्वकालमा कब्जा गरिएका घरजग्गा लगायतका सबै सम्पत्ति सम्बन्धित हकवालालाई तुरुन्त फिर्ता गर्न एनेकपा (माओवादी) ले पूर्ण रुपमा सहयोग गर्नेछ।

१०. नागरिकताको विषय

जन्मका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकका सन्तानलाई वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिइनेछ। निर्वाचन प्रयोजनका लागि तत्काल उक्त कार्य गर्न आवश्यक भएकाले सविधानको बाधा अड्काउ फुकाउद्वारा त्यस प्रकारको नागरिकता प्रदान गरिनेछ।

११. स्थानीय निकायको निर्वाचन

स्थानीय निकायको निर्वाचन २०७० सालभित्र गर्नेगरी संविधानसभाको निर्वाचनपछि गठन हुने सरकारले निर्वाचनको मिति तोक्नेछ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
एनेकपा (माओवादी)
सुशील कोइराला
सभापति
नेपाली काँग्रेस
झलनाथ खनाल
अध्यक्ष
नेकपा (एमाले)
विजयकुमार गच्छदार
संयुक्त लोकतान्त्रिक मेधसी मोर्चा
मोर्चाको तर्फबाट

२०६९ साल फागुन ३० गते

74 comments to यसरी गरे नेताहरुले निर्दलीय व्यवस्थाको सहमति

  • Ramesh Nepali

    किन हो किन सहमतिको नाममा हातमिलाई उचोहात गरको फोटो देख्दा जीउमा काडा उम्रिएर मेरो सिङ-जुरो पलाएर आउछ। देशका कुलंघरहरुको देखाउटी नाटक। Bullshit !

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • Sheela

    यो सरकार त बिदेशीहरुले डिजाईन गरि दिएको हुनाले आरक्षित कोटा र योग्यता पनि अनौठी छ…! पुर्ब नोकरशाहहरुले एकलौटी रुपमा चलाएको राज्य पनि हेर्नु पर्नेभो …!लौ ई.यू, अमेरिका र इंडियाको संयुक्त सरकार पनि हेरौ न त….!!!

    नेपाल का लागि नेपाली आफैले सरकार बनौन पाउने कहिले होला? पहिला पहिला त प्र.म., गृह मन्त्रि र जलस्रोत मन्त्रि मात्र हाम्रो छिमेकी ले छानेर राख्थ्यो भन्थे, अब त पुरै सरकार र त्यो सरकार मा जाने प्र.म. र मन्त्रि को योग्यता समेत….. !! लौ हामि ‘स्वाभिमानी र स्वतन्त्र रास्ट्र’ रे प्रचन्डले उनको हेटौडा दस्ताबेज मा लेखेका कुरा…बरु भारत पो ‘बिदेसी हस्थाक्षेप’ मा पर्या’छ रे…! लौ अब यहि पत्याउने कि केहि गर्ने?

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Nischal

    आज नेपाली जनताको बुद्दि बिग्रीनाले ठुला भएका चार दलले आफुहरु असफल , असक्षम र नाला़यक लागाएत संसारमा हुने सबै खराबीहरु आफुहरुमा भएको घोषणा गर्दै अब उपरान्त कहिलै बिस्वास नगर्न अनौपचारिक रुपमा आह्वान गर्दै आफुहरुलाई पुन: भोट दिने जनताहरुलाई संसारकै मुर्ख मानवको रुपमा सांकेतीक घोषण गर्दैछन् र देशको जिम्मा निस्पक्ष र अन्तिम बिकल्प सर्वोच्च अदालतलाई दिदै छन् जुन स्वागत योग्य कुरा हो
    अब यी आफैआफैलाई ब्यबहारले असक्ष नाला़यक घोषणा गरी सकेका ४ दललाई फेरी भोट दिनु नेपाली जनताको गम्भिर भुल हुनेछ यी ४ मध्य कुनै पनि दल ४ औ स्थान सम्म आए पनि देशले निकास पाउने छैन फरी पनि पुरानै जनता मुर्ख बन्ने अनि फेरी राजनिती र नेतालाई सराप्ने मात्र हुनेछ , जनतामा ताला चाबी आएको बेलामा नसोचे नचेते नेपाली जनतालाई नै ईतिहास र भाबी पुस्ताले यो पुस्तालाई सधै धिक्कारी मात्र रहने छन् ईतिहासकै कलंक पुस्ताको रुपमा ईतिहासकै सबै भन्दा मुर्ख पुस्ताको नाममा त्यसैले यी ४ माध्य कसैलाई पनि यो तेरो यो मेरो यो यस्तो त्यो त्यस्तो भनेर अन्धो नबनौ ४ सबै बराबर उस्तै त्यस्तै र यस्तै हुन् अब चेतौँ सबैले !!

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 2

  • saru

    यी चोर हरुले नागरिता जस्तो संबेदनशील कुरो लै लुस्सुक्का छिराएको छ अरु कुरो सबै तपशिल का कुरो हो जस्तो लाग्छ अब यो देशमा चुनाव पनि त्यो बेला सम्म हुन्दैन जब सम्म हामी सबै नेपाली हरु आफ्नै देश मा अल्पमत मा परिदैनौ. चेतन भया!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 2

  • Ramhari Sharma

    यी चार दल क नेता हरुलाई कस्तो दिनमा जनताले विश्वास गरेर भोट हलेछां.चार दलिए सिन्दिकेतले जनताको नाममा देश र जनता बिरुद्द घात गरेकोछ. नालायेकिको पनि हद हुन्छा. राष्ट्रघात को पनि हद हुन्छा. केहि गर्न नसकेपछि अब कुन मुख लिएर चुनाब मा जाने हो भोट माग्न? संसारमा कहिँ नभएको जात्रा गरेर जग हसायो.

    गणतन्त्र आए पछि के के नै हुन्छा भनेर ज्ञानेन्द्रको बिरुद्द आन्दोलन गरेकोपनि बेकार भयो.न देशमा शान्ति आयो न त बिकासको नया धोका नै खुल्यो. बरु संसारलाई चिनाउने नेपालको धार्मिक र जातिय सहिस्नुतामा खलबल लेराएर नेपाललाई क्रिस्चिएनकारण गरायो यी लाज नभका खाते नेता हरुले.

    यो हाम्रो तराइमा ५ बर्सको बिचमा ६९ लाख नया मतदाता कहाबाट आउछ?
    लाटोले पनि बुझ्ने बिहरिहरुलाई नेपाली बनाएर नेपाल सिद्द्यौने खेल त खेल्न लागेका होइनन? मामला गम्भीर छ . चुनाब भएको खण्डमा नेपाली जनताले एकदम सोच विचार गरेर मात्र भोट हाल्नु पर्छ.

    अब कमल थापा जिन्दाबाद

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 3

  • Saroj Rijal

    नेपाल तिनका बाउको बिर्ता जस्तै गर्या छन् यी नेताले
    यिनै मूला हरुले संबिधान फेर्न पाउने भय पछि किन चुनाव गर्नु पर्यो? यिनैलाई लेखाय भै हाल्यो नि! यिन ले चाहे जे पनि हुँदो रे छ! थुक्क्क………………………………………………………………………………………………………………………………………………………………………

    मन परे हरियो नपरे रातो ! Thumb up 39 Thumb down 0

  • yam pun

    नपुंसक नेताहरु भएको देशमा यस्तै घिन लाग्दो, लाज मर्दो काम बाहेक अरु कुराको के आशा गर्न सकिन्छ र??? बरु यिनीहरुले चुरा, पोते, सिन्दुर लाएर बेहुली बन्नको लागि दिल्ली तिर सवार भए मेरो देश नेपालले दिर्घकालिन निकास पाउने कुरामा म पुरापुर विस्वस्त छु!
    नेपालको इतिहासमा हिजोको रात सबै भन्दा “कालो रात” भनेर लेखिने छ!

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 1

  • Krishna KC

    लाज र सरम पचे पछि jasto सुकै घटित काममा पनि सहमति र सहकार्य गर्दा रहेछन / अब चार पार्टीका नेताहरु आसक्षेम vhai हाले यौटै खाल्टोमा राखेर पुरी दिधा हुञ्छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 1

  • भक्तपुरे

    ड्यास माओवादी लाई नी थपेर ‘श्री ५’ नै बनाउन पाको भए चै निक्कै नै शान्ति आउथ्यो चुनाव नहुन्जेल । अब येसले अर्घेलो थापी रहन्छ । सधै हर्ताल बन्द हुने ग्यारेन्टी भो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 1

  • भक्तपुरे

    अब यी कुत्ताहरु को अट्टाहस, बैठक, सहमति, भाषणबाजी TV मा देख्न नपरे, रेडियोमा सुन्न नपरे हाम्रा आँखा-कानलाई कत्ति शान्ति मिल्थ्यो !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 39 Thumb down 1

  • भक्तपुरे

    सिक्किमपनि यसै गरि भारतलाइ बुझाइएको थियो कुक्कुर झगडा गरेर । अब नेपाल को next लक्ष्य पनि येस्तै त होला ।

    कत्ति न बहादुरी गरे झैँ हात मिलाउने लाज नपचेका कुत्ताहरु ।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 61 Thumb down 3

  • बद्री पोखरेल

    बहुदलिय व्यवस्था अफाप रैछ नेपाल र नेपाली को लागि ,नेपालका राजनीतिक पार्टीहरुले आफ्ना सबै पार्टी कार्यालयहरु बन्द गरि दिए हुन्छ अब /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 42 Thumb down 0

  • Bir

    प्रजातन्त्र प्रेमी हरुको लागि कालो दिन लेखेर राख्नुहोस हाम्रो अस्तित्वो मेटौने यी राजनीतिक खलनायक हरु एक एक गरि चिहान मा पुरिने छन्!!!!कुनै पनि राजनैतिक दर्शन मा उल्लेखित नभएको “लोकतन्त्र” को यो उपहार-”नयानेपाल” भाग्यमानी, बुद्धि मानी, तार्किक, बौद्धिक र संसार जान्ने हामी नेपाली !क्या गजब छ हगि???

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 0

  • Suresh

    यस्ता देश लुट्ने सहमति धेरै भैसके, लाज नभएका मु…..हरु

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 0

  • Babu Gurung Hong Kong

    बाई बाई बाबु राम , अब काशी जानू !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 9

  • narayan

    आज बिहान अट्टहास हाँसो उठ्ठ्यो।
    २००७ साल,२०१७ साल, २०३६ साल, २०४६ साल, २०६३ साल र हिजो साँझ २०६९ को घटनाहरु नाटक जस्तै गरी एक एक गरी आँखा अगाडि प्रस्तु्त भए।
    मैले आफैलाई एकचोटी धिक्कारे यस्ता सिद्दान्त बिहिन नेताको पछि किन लागेछू थुईक्क म !
    जति जे भए पनि मैले मेरा समर्थकलाई देश हाक्ने हामी नै हो भन्थे तर आज म आफैलाई थुईक्क भन्छु ।
    यि १२ बर्ष जंगलमा बसेर जनतालाई मुक्ति दिन्छु भन्ने बाबुराम, प्रचण्ड थुईक्क !
    सय बर्षको ईतिहास बोकेको नेपाली कांग्रेसका नेता शुसिल रामचन् शेरु थुईक्क !
    थुईक्क एमालेका ओलि, खनाल थुईक्क !
    थुईक्क थुईक्क ! थुईक्क ! थुईक्क ! थुईक्क ! थुईक्क ! थुईक्क ! थुईक्क ! थुईक्क !
    नेपालका नेता कासीजाउ अब ।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 48 Thumb down 3

  • samir Joshi Dhankuta

    आगामी चुनाबमा यी छक्काहरुका चार नाइकेहरु भोट माग्न आए जसलाई जे जे देखाउन मन लागेको छ बिना लाज बिना सरम सब चिज पचाएर देखाईदिए हुन्छ डाकाहरुलाई।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 86 Thumb down 1

  • Deepak Parajuli

    अब को चुनाब मा रास्ट्रघाति माओबादी को पत्ता साफ हुन्छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 51 Thumb down 17

  • Mk

    नेताहरुलाइ, र विशेस गरि श्री बाराभ लाइ येसमानेमा धन्यवाद दिनुपर्छ कि राजनैतिक नेताभानाउदाहरु को असली रुप प्रकटगर्दै गैर राजनीतिक बेक्ती मार्फत चुनाब गराउन सफल भए , कम्तिमा देशको लागि निकास र पछि विकास गर्न/

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 7

  • rohan vicram singh

    येस्तै हो भने यी नपुंसक भातमारा नेताहरुले अब हामी नालाएक भयों भन्दै भारतबाट रास्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु लेराएर नेपालको शासन चलाउन बेर छैन है !!!!!!!!!!
    थुक्क नालाएक हिजडाहरु ……..!!!!!!!!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 39 Thumb down 1

  • हिजडा हरु लाई विश्वास गरेर हामी नेपाली यता न उता जाईफ़ल को झुत्ता पो हुन् पगेछौ / त्यति जाबो आफु ले गर्न न सकेको चुनाब खिलराज लाई गरि देउ भन्नु भन्दा त ज्ञानेन्द्र सर लाई सुम्पिएको भए तिमीहरु को छबि माथि हुने थियो तर सौता को रिस ले पोइ काख मुत्न गएउ ल खत्तम बर्बाद /

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 1

  • Satik

    बुद्धि बिग्रेसी के गर्नु, सुन्दा पनि यति टेन्सन हुन्छ कि टाउकै तातेर आउछ . कसरि ठाउमा ल्याउने होला, नेताले त गति छाडेकै थिए, अब न्यायमूर्तिमा समेत कुबुद्धि पलाउन थाल्यो .

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 1

  • रबिन्द्र राज गिरी

    हेर्नु त बाँकी नै छ खिलराजले “खिल” गाढेर छोडीदिने हुन् कि निकालेर छोडीदिने हुन् |

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 0

  • Manoj Karki

    यदि चुनाव हुने हो भने ए-माओवादीको लिंडे ढिपीलाई हु-बहु स्वीकारेर तिमीहरुले ठिकै गर्यौ भन्न हुन्थ्यो झलनाथ, शुसिल आदिलाई । तर, विडम्वना ए-माओवादीले नै चुनाव हुन दिने छैन । वैद्य-माओवादी आदिले चुनाव हुन दिने छैनन् भन्ने प्रचण्डको ठम्याई हो । यसका लागी ए-माओवादीले ‘वैद्य’हरु सँग साँठगाँठ समेत नगर्ला भन्न सकिन्न । विश्वास नलागे शिक्तिखोर भिडियो टेप् हेरे हुन्छ ।

    फेरी कुटिल प्रचण्डले सुतायो बोरामा | झन् यसपाली त उसको प्रमुख बाधक सर्वोच्चका ‘श्रीमान’लाई नै सुतायो । अब अरु झुशे झासेको त के कुरा गराइ भो र ?
    ‘श्रीमान्’लाई पो के दशा लाग्या हो, प्रचण्डको थाङ्ग्नालाई ‘नयाँ-दुलही’सँग को सुहागरातको विछ्यौना सम्झेर फसे । यसरी प्रचंड-जालमा को-को फ़स्छन त्यो त खासै नौलो कुरा भएन । तर, यसपाली भने सम्पूर्ण देश नै फस्दै भो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 5

  • Lalit

    कर्मचारीलाइ सत्ता चलाउने जिम्मा दिएसिन अब नेताहरु पिउनमा जागिर खान गए भैहाल्यो नि l राजनैतिक हैसियेत नै के रह्योर l

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 79 Thumb down 1

  • तेन्जिंग गाबा

    ३०-४० बर्ष अगाडी “सिक्किम” भित्र “गैर-सिक्किमेली” हरुलाई घुसाएर जनमत संग्रह गरिएको थियो / त्यो जनमत संग्रहको मनसाय सिक्किमलाई भारतमा गाभ्ने कि नगाभ्ने भन्ने नै थियो / त्येसको परिणाम यस्तो आएको थियो
    गाभ्ने = ९७.५ %
    नगाभ्ने = २.५%
    नेपालको लुतो आएको भुस्याहा कुकुर जस्ता खाते नेताहरु पनि त्येही बाटोमा अग्रसर छन् / मानब अधिकारलाई घाममा सुकाएर यी लुतो रोगि ख्याचाहरुलाई नुनचुक नदल्ने हो भने जय हिन्द भन्न सुरु गरे हुन्छ /

    जदौ

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 97 Thumb down 6

  • योगेश आदी

    देशलाइ दक्षिण तिरको बाटोमा धकेल्नु भन्दा त नागार्जुन तिरै लगेर छोड्देको भए राष्ट्रिय एकता त रहन्थ्यो !!!!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 93 Thumb down 4

  • Binod

    न महेन्द्र २०१७ सालमा ठिक थिए, न ज्ञानेन्द्र ठिक थिए, न यी नेताहरु अहिले ठिक छन्. एउटा ले गरेको गल्तीले अर्कोको गल्तीलाई ठिक भन्ने कमेन्ट हरु संकास्पद छन्. यो सालोक्य जी ले भन्नु भएको जस्तो बाँदर र कुकुर को कथा भने पक्कै हो

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 21

    • Vijay

      त्यहि त भन्या, हामि सबको बुद्धि अलिक छोटो छ के, हामि कसैलाई तुलना गर्नुपर्यो भने बिगतको विकल्प रोज्छौं ! अरे, अग्रगामी होउ, दूरदर्शी होउ, अहिले नै यी नेता भन्ने कुकुर जातिका भुस्याहा हरुको हरेक संकास्पद कदमको बिरोध गरौ, एउटा कार्यकर्ता झण्डावाला भएर हैन, असल र अखण्ड नेपालको जनता को हैसियत ले !

      मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 3

  • Addwait Sharma

    ल खिलराज ज्यू जे जसो भने पनि अब हाम्रो प्रधानमन्त्रि अर्थात् नेपाल रुपी बस को ड्राइभर हजुर नै …..हामी जनता रुपी बसका यात्रुहरुलाई त्रिशुलीमा लगेर नखसालदिनु होला ….आफ्नो मतिभूमि प्रति प्रेम र भक्ति छ भने त्यसलाई प्रदर्शन गर्ने अवसर पाउनु भएको छ ….

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 4

  • द्रोण

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 13 Thumb down 48

    • bibek dhakal

      जिन्दगीभारी देशका लागि राजनीति गरेका “रामचन्द्र, सुसिल, बाबुराम, झलनाथ” रे?
      त्यसो भनेर तपाइले मरेर गएका सहिद, जिउदा सहिद र निस्वार्थ राजनीति गरेका सच्चा राजनीतिकर्मीहरुको मानमर्दन गर्नुभो जस्तो लग्यो!

      मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 2

  • शैलेन्द्र ढकाल (म्याउ)

    निर्दलीय ब्यबस्ता ठिक तब हुन्थियो जब यी नेताहरुको सम्पूर्ण सम्पति राष्ट्रियकरण गरेर जेलमा कोचिन्थियो. तेत्ति मजा भयन ब्रो. खेरी जाने भए लाइन लागेर फेरी किन भोट हाल्न जानु? अहिलेका नया प्र. म ले ठोकुवा तन्त्र ल्याउने ल्याउने भएदेखि मलाई यो निर्णय सहृदय स्वीकार छ

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 1

  • yukta

    आज सर्वच्च अदालत को फैसला रेग्मी बिरुद्ध आयो भने के होला ! हिस्स बुडी खिस्स दाँत भएन र ? हतार हतार मा सर्वच्च अदालत को फैसला आउनु अगावै सपथ खुलाउने नेता हरु को कदम लाई इनि हरु को मन भित्र को स्वार्थ भन्नु उचित नहोला ! देश र जनता को चिन्ता होइन जसरि हुन्छ यहि मौका हो बाबु राम सरकार लाई हटाएर आफु हरु त्यो कुर्ची मा बस्ने ! सम्मानीय मुख्य न्यायधिस खिल राज रेग्मी ज्यु तपाई आफै न्याय पालिका को सर्वच्च पद मा हुनु हुन्छ र तपाई ले कानुन लाई सम्मान आवस्य गर्नु नै हुनेछ तसर्थ सर्वच्च अदालत को बिशेष बेञ्च को फैसला आउन अगावै सपथ खान हतार नगरी सम्पूर्ण देश भक्त न्यायपूर्ण जनता को मान राखी दिन हुन् अनुरोध गर्दछु !

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 0

  • razen

    घुमिफेरी रिंगरोड भनेको येही होकी क्या हो फेरी निर्दलिए बेवास्था फर्किएको मतलब राजा र प्रजा !!

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 0

  • gopi karki

    साथि हरु के भन्नुहुन्छ ?
    अझै पनि यिनै नेताहरुलाई भोट दिने कि ?
    आजको दिनलाइ कालो रुपमा किन नलिने ?

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 1

  • Basanta Thapa,Maryland,USA

    एका तिर ठुला पार्टी हरु बीच सरकार ,.नेतृत्व ,संबिधान बारे अनेकता अर्को तिर ठुला पार्टी छोड्दै जातिय र क्षेत्रीय पार्टी खोलिनु र जनमत प्रमुख पार्टी र नेता प्रति अआकर्षित हुनु \
    सबै दल र नेता पद र सम्पत्ति को लागि एकापसमा लड्नु ,भिड्नु ,छुट्टिनु \
    यस्तो अबस्थामा एक दल र एक नेताको नेतृत्व स्थिर हुने अबस्था नरहनु ,चुनाब भए पनि आजका पार्टी र नेता निर्बाचित हुने सम्भाबना बिबरित क्षेत्रीय र जातिय पार्टी र नेता निर्बाचित हुन् सक्ने बाताबरण रहनु जस्ता सम्भावित कारण ले गर्दा देशी ,बिदेशी शक्ति मिलि योजना मुताबिक अहिले को रेग्मी नेतृत्व को सरकार निर्माण गरिन लागिएको हो \
    दल का नेताको नेतृत्व मा सहमति दलहरु बीच नबन्नु ,न्यायाधिश को नेतृत्व मा सरकार नै बने पनि बिबाद ,आन्दोलन ,अराजकता को स्थिति बन्नेछ भन्ने योजना मुताबिक चुनाब हुन् नसक्ने अबस्था आइ यी नै पार्टी र नेताको भित्रि सहयोग , योजना ,स्वार्थ मुताबिक रेग्मी सरकार चलाउने गरि उनि हरुको सत्ता,स्वार्थ ,शक्ति कायम नै राख्ने गुरु योजना हो \
    नेपाल को राजनीति को चाबी एकपटक जातिय र क्षेत्रीय शक्तिको हात मा जानेछ \त्यसैले त्यो सम्भाबना लाइ रोक्न र आफ्नो राजनैतिक भबिस्य बचाई राख्न यी नेता र दल सहमति मा पुगेका हुन् \ किनकि नेपाल मा बैचारिक राजनीति अति कम्जोर अबस्थामा यी नेता हरु ले पुराए \ जनता मा कुनै बिचार र पार्टी प्रति आशा ,भरोसा नेता हरु कै कारण रहेन \
    राजनैतिक सहमति को आधार मा दल बाहिर का मान्छे को नेतृत्व मा सरकार बनाउन सक्ने ले राजनैतिक सहमति मा संबिधान बनाउन किन नसक्ने पहिले संबिधान बनाउ अनि चुनाब गराउ संबिधान मा यस्तो प्राबधान राख जो सुकै सत्तामा आउँन गणतन्त्र ,प्रजातन्त्र जनताको बास्तबिक हक ,अधिकार नगुम्ने अधार बनाउ होइन भने यो सबै यस्तो नाटकमंचन हो जो अहिले का भत्ताधारीहरुको संरक्षण गरिरहोस \

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 2

  • नेपालकराजनीतिका नेता हरु लाई साहुले पेलेर जसो जसो साहु भनी कम गरेका छन् अफुनो सोबिमन बचउनु नै मूल आम हो नेपाल मा और्थिका क्रान्ति ले साहु तिरिन छ नेपाललाई मुक्त गरिन छ सबै नेपाली एक Hulu पर छ नयधिसा बाट सम्भब छिन

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • Ram Thapa Magar

    क.प्रचण्डको नेतृत्वमा नेपाललाई सिक्किमीकरणको मार्गमा लैजान सीमाको जनमत संग्रह गर्ने योजना थियो/तर सबै नेपालीहरुको ससक्त बिरोधको कारण यो राष्ट्रघाती योजना असफल भयो/फेरि यी चार दलहरुको सहमतिमा भारतीय नागरिकलाई जति सकिन्छ धेरै नागरिकता वितरण गरेर देशलाई सिक्किमिकरनको लागि मार्ग प्रसस्त गर्ने निर्णय भएको छ/यसकारण देश भक्त नेपालीहरु एकजुट भएर यी चार दललाई चुनाबमा हराउने मात्र होइन जमानत नै जफत गराउन जागरुक हुन् जरुरि छ/यसो नगरे देश गयो/

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 4

  • भोली देखी नेताको के काम ? काशी गए हुन्छ । झुन्डेर मरे अती उत्तम । पृथ्वीका भारहरु बाच्नुको के अर्थ ?

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 2

  • sushi

    पंचायती ब्यबस्था र श्री ५ को फिर्ती अब नेपाल को हावा पानी माटो सुहादो भएको आज २१ औ शताब्दी मा आएर प्रमाणित भयो/ जय नेपाल

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 5

  • जय होस् श्री ६ खीलराज रेग्मी को , देश भारतको नासो भो , भ्रस्टहरुको साँचो भो, हामी जनता लाइ संधैको यो पासो भो, असल नेता को खाँचो भो, नेपाली राजनीति धनि हरुको कात्रो भो, ने पाली जनता हो हामी ले क्रान्ति गर्नु मात्र भो ,देश गाइ जात्रा भो, होइन यो के भो ? देश नरक कै यात्रा भो ..!!!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 180 Thumb down 6

  • Saurya

    सधै झैँ सिपालु छिमेकी writer , director अनि PRODUCER ले बनाका ‘उनन्सत्तरे’ चलचित्र मा अभिनय गर्न सिकाउन मात्र १ महिना लाग्यो…….. कहिले मिल्यो, कहिले फेरी बल्झियो, कहिले अर्कै मा जाने, के के हो के के भनेर घुमाउदा घुमाउदै रिंगटा लगाएरै पछारे हौ सारा नेपालीलाई….. अब नेपालीले ट्वाल्ल परेर अघि राजा ज्ञानेन्द्र ले जिम्मा लगाएका मुकुट यी पिलन्धरेहरुले कसरि उनै सिपालु ख्वामित लाई बुझौञ्छन भनेर तमासे चलचित्र को अन्त्य कुरेर बस्नु बाहेक के पो नै गर्न सक्लान र खै!!!!!!!!!!!!!!!!!!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 42 Thumb down 1

  • Harihar Dahal

    जनताले हारेको दिन,ईतिहासमा कालो दिन,आफु हुतिहारा र नपुंसक भएका कारण छिमेकीको सहयोगमा छोरा जन्माउने प्रयत्नको अर्को रुप।यिनिहरुलाई चुनाबमा जनताले जुताको माला लगाउन सकेनन भने जनता पनि हुतिहारा।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 147 Thumb down 6

    • bibek dhakal

      जनताको हुतिहारापन त दिन दहाडै राजनीतिको नाम मा बन्द हड्ताल गरेर दुख दिने एक दुइ ओटा आपराधिक झुण्डका ( बिद्यार्थी संगठन, ट्रेड युनियन, युवा संगठन आदि) ३० ४० जना भरौटेहरु संग डराएर बन्द को आज्ञ मान्ने बानीले देखिसकेको छ नि …..अनि फेरी त्येइ दाकहरुलाई चुनाब मा आन्दोलन मा साथ् दिने !

      मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

  • अर्को जोडदार माग ! सबै दलका नेता हरु राजा ज्ञानेन्द्र संग माफी मागी अब तुरुन्त ज्ञानेन्द्र लाइ राजा घोसणा गरियोस !!!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 179 Thumb down 44

  • Lalit Narayan

    थुइक्क हुतिहारा नेता भनौदाहरु l अब के मुखले अझै राजनीतिक नेता हुँ भन्छौ ? अब शन्यास लिएर कांशितिर धर्मकर्ममा लाग l नेतृत्व दिन सक्ने सपूतहरु अझै छन् यो देशमा l

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 95 Thumb down 2

  • arjun kumar rai

    अब आउने चुनाबमा पार्टी हैन नेता हेरेर भोट हाल्नु पर्छ /केन्द्रिय स्तरको सबै नेता लाई जिताउनु हुदैन/ किन भने यी सबै असक्षम हुन् / इमान्दार र योग्य नेता जुन पार्टी को भए पनि उसलाई जिताउनु पर्छ / नेता छान्ने हामी नै हौउ/ काम नगर्ने नेतालाई फेरि जिताएर अरु देशलाई खाल्डोमा हाल्ने काम नगरौ भोटर बन्दु हरु/

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 137 Thumb down 2

  • Ram Chandra Sharma

    धिक्कार छ पार्टीका नेताहरुलाई, तिमीहरुको पागलपन प्रति ! बिगत लामो समय सम्म स्थानीय निकाय कर्मचारीलाई सुम्पेकोमा अब केन्द्र पनि कर्मचारीलाई सुम्पेर नेपाली जनतालाई रुव एर आफ्नो नालायकिपना दुनियालाई देखाउदै छौ /?!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 57 Thumb down 3

  • PRSingh

    जे होस् देशलाई राम्रो होस् |

    नेताजीहरुले सह्रिदयले नयाँ पी एम लाइ चाहिने सहयोग गरोस |

    नेताजीहरुले न्यायाधिश महोदय र भू.पु सचिवहरु बाट तीन महेने तालिम ठानी त्यसबाट सिकेका कुरालाइ बचन बद्धताका साथ जनतासामु राख्न सकोस |

    अन्य देशमाझई चुनाव अघि नया पी एम महोदयले देशका प्रमुख पार्टीका नेताहरु द्वारा चुनावी दस्ताबेज र देशको परिस्थिति (आर्थिक, सामाजिक, राजनीतिक) लाइ समेट्ने खालको अन्तरक्रियको टेलिभिजन र रेडियोमा प्रत्यक्ष्य प्रसारण गराउने वातावरण तयार पारोस जसबाट पार्टी कार्यकर्ता र बहुसंख्यक जनताले चुनावी माहौलमा प्रत्यक्ष्य रुपमा भाग लेओश अनि चुनाव बिरोधि आन्दोलनका सानातिना झिल्का लाई जनताकै सहयोगमा चुनाबी सरकारले बडो समझदारीका साथ पनछौन सकोस |

    जे होस् अन्तमा देशमा शान्ति सुव्यवस्था भयको र छोटो समयमा देशको अपार जलश्रोतको सदुपयोग भइ अन्य विकाश क्षेत्रको पनि द्रुततर प्रगति भयको सबैले हेर्न पाओश |

    चुनावी सरकारको उत्तरोत्तर प्रगतिको सहृदय सबैले कामना गरौँ | के बेर करोरौ द्वारा एकसाथ गरिएको संकल्प र त्यससंग आबद्ध तरङ्गले हाम्रो सृस्थीकर्तालाई पनि सोच्न बाध्य गराउने हो कि ?

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 5

  • खबरदार नेपालीहरु !!!! रास्ट्रपतिको काम र पद के का लागि हो ? राजा ज्ञानेन्द्रको कदम ठिक कि बेठिक रहेछ ? कुरा नाबुजी निरंकुस राजतन्त्र भन्नेहरुलाई चेतना भया / जय नेपाल

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 136 Thumb down 9

  • ram kumar

    फिजीकरण को पहिलो प्रवेश द्वार प्रवेश गरे नेता जी हरु /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 52 Thumb down 4

  • Sajan

    हे नेता हो तिमि हरु हुतिहारा होऊ
    कहिले पाँचै महिनामा हात उठाउदै हे आमा, बुवा, दाजु भाई, दिदि बहिनि हो राज्य चलाउन सारै गारो रेछ भनेर बिचमा भग्छोउ
    कहिले १८ महिना मा महिले सकिन अर्को को छ भनछोउ .
    कोहि अर्को पार्टी ले कुकुर ले सिङ्गै सिनो लान लग्यो भनेर दराउछोउ
    कहिले अर्को को मानिस होला यो भारी बोकी दिने भनेर खोजि हिन्द्छोउ
    अब तिमि हरुले ज्ञनेन्द्र लै खोज्दै लौन हजुर हामीले सकेनौ भनेको हेर्न मात्र बाँकि छ
    अब जनताले तिमीहरुलाई विश्वास गर्न छाडी सके.

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 2

  • rishav

    तातो तातो सम्चारको लागि धन्यबाद! आजराति gas station मा काम गरेर घर फर्कीसी मजाले भात रुच्नेभो, :-)

    मन परे हरियो नपरे रातो ! Thumb up 42 Thumb down 4

  • Gaurab Nepali "Oodaaseen"

    लौ रास्ट्रपति मोहदय ढिलो चांडो तिम्रै हातमा आउने भो पावोर ! बाबुरामलाई हटाउन नसके पनि खिलराजलाई चाँही छु मंतारले हटाउने र,,,,,

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 2

  • Ram Himal

    बि पी का चेलाहरुले आज प्रमाणित गरे – महेन्द्र नै सहि र दुरदर्सि थिए /

    अनि ज्ञानेन्द्रलाइ पनि गद्दिसिन गराउने कि ?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 115 Thumb down 9

  • Ram Himal

    अब मात्र हेरेर बसुम – चटक त अब पो सुरु हुँदैछ /

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 2

  • Dipen Guragain Texas USA

    हरेक कुरा को negative मात्र न सोचौ आशा गरौ रेग्मी ले न्यायपालिका मा जस्तै राम्रो काम गर्नेछन . हामी सबै मिलेर रेग्मी लाई सफल कार्यकाल को सुभकामना ………………..

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 72 Thumb down 26

  • dharmendra

    झुम्का गिरारे ..बरेली के बजार मै …झुम्का गिरारे
    हम सबकी तकरार मै ….झुम्का गिरारे ………
    …………..नत्र क भन्ने त ?

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 8

    • cRIS

      यिनीहरुको झुम्का मात्र होइन चुरा, फरिया, टीका सबै गिर्यो| नारीलाई अपमानित गर्न खोजिएको चाहि हैन है|

      मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 1

  • nishesh

    प्रधान न्यायाधिश मार्फत संबिधान मिचाउने घृणित कार्य भयो /

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 15

  • prakash singak

    शत्तिपृथकीकरणको हत्या आज मध्यरातमा भएछ । लोकतन्त्रको हिमायती भन्नेहरुलाई कुरी… कुरी… कोनि के गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो पो भएछ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 7

  • अजब देशको गजब बात ,
    जे हुनु भैगयो ,
    स्वीकार्नै पर्यो मानेर अपबाद

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 6

  • Rakesh

    आज प्रमाणित भयो २०१७ साल मा महेन्द्र ठिक थिए !!!!!!!!!!!!!!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 177 Thumb down 13

  • madan bajracharya

    ईनिहरुले के कस्ता कुरामा सहमति गरे भनेर नागरिकहरुलाई जानकारी दिनु पर्ने होईन के?

    निर्वाचन आयोगले तराईमा अस्ति भर्खरै नागरिकता भयको नागरिकहरुको नाम संकलन गरेर मतदाताको लिस्ट बनाउने कार्य बडो मुस्किलले सकायको थियो/ अब आयर अर्को ६९ लाख को नाम त्यो लिस्टमा थप्नु पर्ने माग गरेको थियो/ मतदाता लिस्टमा नाम राख्न सके ईनिहरुले पहिला जस्तै मतदाता लिस्टमा नाम भयको व्यक्तिलाई नेपालको जन्मसिद्ध नागरिकता दिनु पर्ने कुरा उठाई हाल्छ/

    अहिले ई नेताहरुले नागरिकता जस्तो गम्भीर कुरामा पनि सहमति गरे त् भन्यो तर कस्तो सहमति गरे यो जान्ने नागरिकको अधिकार छ/ ईनिहरुले जे सुकै निर्णय गर्न सक्ने र ईनिहरुले निर्णय गरेकै कुरा लोकले मान्नु पर्ने हो भने ईनिहरुको यो तन्त्रलाई लोकतन्त्र कसरि मान्ने?

    संविधान पनि ईनिहरुकै सहमति भन्दा तुच्छ हुने र ईनिहरुकै निर्देशन अनुशार देस चल्नु पर्ने भय ईनिहरुले लोकतन्त्र होईन खुमेनी तन्त्र चलाउँदै आयकोछ/

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 1

    • BikashDai

      मलाई पनि चिन्ता लागेको मुख्य कुरो, ति ६९ लाख (पछि गएर १ करोड ६९ लाख पनि हुनसक्ने)गैर नागरिकले चुनेका प्रतिनिधिले नेपालको संबिधान लेख्लान कि आफ्ना भोटर जताबाट आएका थिए त्यतिको संबिधान लेख्लान.

      मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 3

  • उपलब्दी बिना को सहमति नेता हो कसरि नेपाल लै खोक्रो बनायौ नि धिक्कार ६ temiharulai .

    मन परे हरियो नपरे रातो ! Thumb up 40 Thumb down 2

  • sunil

    यो मेरो देस महान छ / येह जे पनि हुन्छ र माथि को येह मात्रै सम्भव छ र हुँदै छ/
    जय नेपाल/
    साला नेताहरु थुइक

    मन परे हरियो नपरे रातो ! Thumb up 40 Thumb down 2

  • Raju

    केहि राजनैतिक दलको सिन्डीकेड र नालायकपनको कारणले मुलुक अर्कै दिशा तिर लागी सक्यो । भिरमा खस्ने गाईलाई काध थाप्न नसकिने रहेछ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 2

  • nabin bhai

    भनेपछि अब देश लालध्वज सासन बाट खिलध्वज सासन मा सर्यो

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 3

  • देशै राजनीतिक नेतृत्व विहिन कर्मचारीतन्त्र मय हुने भो त। यो देशमा न्यायाधिशहरु प्रधानमन्त्री हुन लाग्या कि राज्यपाल?

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 3

  • Satya

    होसियार राष्ट्रपति महोदय, संबिधान नबनाई संबिधान सभा र संसद भंग भए के गर्ने भन्ने बिकल्प नभए जस्तै रेग्मीले चुनाव गराउन नसके त्यसको विकल्प रणनीति अहिले नै तयार पारी नराखे माओवादीले एकै तीरले तिन-चार वटा शिकार गर्ने भए / जसो तसो देशलाई धानी राखेको अन्तरिम संबिधान नै भए पनि त्यसलाई तहस नहस पारी हाल्ने भएको छ / राजनीतिबाट टाढा बसेको न्यायालय अब राजनैतिककरण भएर नेपाली जनताले न्याय पाउंदैन भने अन्तरिम संबिधानको २५-३० वटा धारा संशोधन गरेर राष्ट्रपतिलाई पंगु बनाई देशलाई संबिधान बिहिन बनाई छाड्ने भयो / यो सबै प्रचण्ड र बैद्यले चक्रब्युह रचेको हो / बैद्य माओवादी फुटे जस्तो मात्र गरेको हो / दुबैको रणनीति सत्ता कब्जा भन्दै आएका हुन् / हेर्दै जानुस आफ्नो स्वार्थ पुरा वा सत्ता कब्जा हुने बित्तिकै यिनीहरु फेरि एक हुन्छ / भित्र भित्र प्रचण्ड मिलेर बैद्य माओवादी लगायत २२ दलले आन्दोलनको आँधिबेरी ल्याएर चुनाब हुनै दिंदैन / अनि झन् देश भुँमरी फस्ने सम्भावना छ / कांग्रेस एमालेलाई थाङ्ग्ना सुताउने भए / मैले गरेको कल्पना साबित नहोस तर देशले निकास पाओस / अन्तरिम संबिधानलाइ यत्रो छ्यत बिछ्यत गर्नु भन्दा कुनै पनि छ्यति नगरी सानो दलको नेतृत्व वा सुजाता कोइराला र गगन थापा, प्रदिप नेपाल, बारहरुले भने जस्तै यही सरकार अथवा प्रचण्डको नेतृत्वमा चुनाब जानु उत्तम उपाए हो /

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 7

  • dharmendra

    हाम्रा नेताहरुलाई लाजै नही हे …तो क्या कर्ता है ….
    कितने आदमी थे ???????? भन्दै हान्नु पर्ने

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 65 Thumb down 4

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker