मेरो Tweet

  • पाँच ‘डन’- फँस्लान् कि बच्लान् ? t.co/scQgh1vVwH via @mysansar
  • मुद्दा दर्ता हुनु मै रमाउनुपर्ने स्थिति। पाँच मध्ये एक डनमात्रै जेलमा छन्। बाँकी कसैलाई पक्रेर अदालतमा उपस्थित गराइएन। सबको हैसियत 'फरार'
  • @kedarsubedi नागरिकन्युज पढ्नुस् t.co/R6VWxLwIqv

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

रेग्मीबारे अमेरिकी दूतावासले यस्तो कुरा लाएको रैछ

विकिलिक्समा खिलराज रेग्मी

अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षका रुपमा प्रधान न्यायाधीशसमेत रहेका खिलराज रेग्मीले शपथ लिएर पदबहाली गरिरहँदा अमेरिकी दूतावासको वक्तव्य आइसकेको थियो। छिमेकी देशहरु भारत, चीन र युरोपेली देशहरुले भन्दा छिटो अमेरिकाले स्वागत गर्न हतार गर्‍यो। त्यसैले सबैभन्दा पहिले स्वागत वक्तव्य निकाल्ने अमेरिका नै भयो। संयोग के परेको छ भने यही अमेरिकी दूतावासले नै एकताका रेग्मीलाई माओवादीले मन पराएका अनि वरिष्ठता क्रम मिचेर प्रधान न्यायाधीश बनाउन चाहेको भन्दै विदेश मन्त्रालयमा कुरा लगाएको थियो। विकिलिक्समा सार्वजनिक भएका काठमाडौँस्थित अमेरिकी दूतावासले विदेश मन्त्रालय पठाएको गोप्य केबलबाट यो खुलेको हो।

३० अप्रिल २००९ मा सो केबल पठाउँदा देशमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए। त्यतिबेला केदारप्रसाद गिरीले अवकाश पाउन लागेकाले नयाँ प्रधान न्यायाधीशको खोजी हुँदै थियो। माओवादीले वरिष्ठताका आधारमा नभई कार्यक्षमताका आधारमा गर्न प्रधान न्यायाधीश बनाउनु पर्ने बहस थालेको थियो। तत्कालीन कानुन मन्त्री तथा अहिले वैद्य माओवादीमा रहेका देव गुरुङले सार्वजनिक रुपमै वरिष्ठताका आधारमा नभई क्षमताका आधारमा प्रधान न्यायाधीश नियुक्त गरिने बताएका थिए। न्याय परिषद्को एउटा बैठकमा तत्कालीन अध्यक्ष तथा प्रम प्रचण्ड र कानुन मन्त्रीले रेग्मीको नामसमेत प्रस्ताव गरेका थिए जसलाई अरुले मानेनन्। अन्त्यमा परम्परा तोडिएन र वरिष्ठताका आधारमा मिनबहादुर रायमाझी नै प्रधान न्यायाधीश भए।

यही सब कुरा समेटेर अमेरिकी दूतावासले पठाएको केबलमा माओवादीले रुचाएका न्यायाधीशको रुपमा खिलराज रेग्मीको नाम राखिएको थियो। दूतावासले घटनाक्रमबारे टिप्पणी गर्दै ‘क्षमताका आधारमा प्रधान न्यायाधीश छान्न माओवादीले दिएको दबाबलाई आफूले भनेको मान्ने प्रधान न्यायाधीश स्थापित गर्न गरेको प्रयास’ भनेको थियो। आज रेग्मी प्रधानमन्त्री भएको बेला पनि दूतावासले पक्कै वासिङटनमा केबल पठायो होला, तर त्यसमा के लेखिएको छ, हामीलाई थाहा हुने अवस्था छैन। पुरानो केबल त गोप्य भए पनि विकिलिक्सले सार्वजनिक गरेकोले पो हामीले थाहा पाएका!

हेरौँ त्यो गोप्य केबलमा के लेखिएको थियो-

C O N F I D E N T I A L KATHMANDU 000353

SIPDIS

E.O. 12958: DECL: 04/30/2019
TAGS: PGOV PINR PTER NP
SUBJECT: NEPAL: RAYAMAJHEE SELECTED NEW CHIEF JUSTICE

REF: A. KATHMANDU 345
¶B. KATHMANDU 339 AND PREVIOUS

Classified By: Deputy Chief of Mission Randy W. Berry. Reasons 1.4 (b/
d).

New Chief Justice Named
———————–

¶1. (SBU) On April 29, the Constitutional Council recommended
Min Bahadur Rayamajhee to be the new chief justice of Nepal,
continuing the tradition of seniority at the expense of the
Maoists’ preferred candidate. Rayamajhee was the most senior
of six Supreme Court justices eligible to replace Chief
Justice Kedar Prasad Giri, who on May 4 faces mandatory
retirement at age 65. Rayamajhee will reach mandatory
retirement age on December 12, 2009.

Seniority Rules
—————

¶2. (SBU) The selection of the new chief justice stalled for
several weeks while the seven-member Constitutional Council,
led by Prime Minister Pushpa Dahal, debated whether to uphold
the tradition of seniority. Senior Maoist leaders, including
Law Minister Dev Gurung — the only other Maoist on the
Constitutional Council — had publicly declared that the
choice should be based on the caliber of the candidate. The
Maoists reportedly favored Justice Khil Raj Regmi.
Rayamajhee will appear before the Parliamentary Special
Hearing Committee, date to be determined, and then President
Ram Baran Yadav will appoint him Chief Justice of the Supreme
Court.

Rayamajhee Biodata
——————

¶3. (SBU) Described as bold and unbending in the media,
Rayamajhee (also Rayamajhi) has a record of ruling against
government actions, including scrapping the Royal Commission
on Corruption and Control and overturning a ban on FM radio
news broadcasts under the former king’s direct rule in
February 2006. He has a reputation for commitment to
democracy and the rule of law, and he has never been
connected to any allegations of corruption. His colleagues
have criticized him for showing off and having a negative
attitude toward junior lawyers. Rayamajhee joined the
Supreme Court as an ad hoc justice in April 2001 after thirty
years as a judge on various zonal and appellate courts,
including a stint as the chief justice of Hetauda Appellate
Court. He became a permanent Supreme Court justice in
September 2002. Rayamajhee was born on December 12, 1944 in
Bhojpur, a district in the hilly region of eastern Nepal. He
holds a Bachelor’s degree in Law (1967) and a Master’s degree
in Political Science (1969) from Tribhuvan University,
Kathmandu. He is married and has a son.

Comment
——-

¶4. (C) The Maoists’ push for a “merit-based selection” was a
thinly-veiled attempt to install a chief justice they
believed would be amenable to Maoist interests. Unlikely to
bow to political pressure, Rayamajhee could pose a challenge
to the Maoists — if, for example, they attempt to
unilaterally remove Chief of Army Staff Katawal.
Nevertheless, given the controversy over the Maoists’ attempt
to sack Katawal (reftels), the Prime Minister may have wisely
chosen to bypass a battle over the Supreme Court Chief
Justice, since Rayamajhee will reach mandatory retirement age
on December 12, 2009.
POWELL
ओरिजिनल लिङ्क यहाँ छ

19 comments to रेग्मीबारे अमेरिकी दूतावासले यस्तो कुरा लाएको रैछ

  • नेपालका सर्न्दर्भमा प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्र अमेरिका जस्ता विश्व शक्तिराष्ट्र र भारत जस्तो क्षेत्रिय शक्ति राष्ट्रको स्वार्थका कारण आएको हुनाले यहाँको राजनीति स्थिर हुन नसकेको हो। वास्तवमा प्रजातन्त्र जनताका लागि हुनुपर्नेमा विदेशीका लागि भइरहेको छ।

    मेरो विचारमा प्रजातन्त्र भन्दा पनि नागरिकको सुरक्षा र सुविधा ठूलो कुरा हो। इराक र अफगानिस्तानमा पनि प्रजातन्त्र र गणतन्त्र छ तर के त्यहाँका नागरिक सुरक्षित छन्? विदेशीले बोकाएको राजनीतिक पद्धतीले भोली इराकी वा अफगानीको हाल हाम्रो नबनोस् !

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

  • द्रोण

    यो अमेरिका लाइ गलत गलत ठाउमा हात हाल्ने बानि परेको छ \एक दिन एसले पक्कै ठुलो (??)समाउछ अनि थाह पाउछ |

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 3

  • shrawan

    यी रेग्मी पुराना कांग्रेस नै पृष्ठभूमि का हुन् सायद २०५८/२०५९ तिर माओबादीले ऊनको जग्गा कब्जा गरेपछि माओबादीलाई समर्थन गर्दै जग्गा फिर्ता लिए देखि maaobadika दलाल भए.

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 8

  • Manoj Karki

    नेपालमा भैरहेको अन्तरराष्ट्रिय चलखेलको शृंखला र परिणामहरु ।

    1. राजा महेन्द्रको ठोस राष्ट्रियता नीति । विश्व समुदायको आँखी।
    2.राजा विरेन्द्रले उनको पद चिन्ह पछ्याउँदै विश्व समुदाय समक्ष नेपाललाई शान्तिक्षेत्र घोषणाको प्रस्ताव । भारत लगायत चीन विरोधी देशद्वारा उक्त प्रस्ताव असफल ।
    3. पश्चिमा मुलुकहरुद्वारा तिब्बती शरणार्थी पक्रिएर फिर्ता पठाएको निहुमा रेडिमेड कपडा निकासी बन्द ।
    4. बहुदलको घोषणा पछि पनि विरेन्द्र राष्ट्र र राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकतामा अटल ।
    5. यी नै शृंखलाहरु बीच विरेन्द्रको वंशनाश । 12 बुंदे सहमति । राजतन्त्रलाई शुली माओवादीलाई चौतारी । संविधान सभाको चुनावमा माओवादी धाँधलीको अन्तर्राष्ट्रिय समुदायद्वारा समर्थन । प्रायोजित रुपमा कथित गणतन्त्रको घोषणा। संविधान सभा असफल गराउन माओवादी र कथित जनजाति आन्दोलनको भूमिका । बेलायती मन्त्रि डंकनद्वारा हेपाहा भाषामा जनजाती आन्दोलनको प्रायोजन गरेको अभिव्यक्ति । संविधान सभा पतनसंगै माओवादी-मधेसवादी दलहरुको रवैया । तिब्बतीहरुको नेपालमा निर्वाध प्रवेशको व्यापकतासंगै एक तिब्बतीद्वारा बौद्दमा आत्मदाह ।
    6. प्र न्या खिलराज रेग्मीको नाममा लोकतन्त्रिक पहरेदार शक्तिको व्यापक असहमतिका बाबजुद माओवादी मण्डली झलनाथ मण्डली र शुसिल मण्डलीको राज्यको साँचो बुझाउने निर्लज सहमति ।

    मित्रहरु आफैं अनुमान गर्नुस नेपालमा के हुँदैछ । तर, जनता एकजुट हुने हो भने झै पनि विदेशी शक्ति कम्जोर तुल्याउन सकिन्छ । त्यसैले अब नेपाली जनतासंग नयाँ चुनाव सफल गराउनु नै देश जोगाउने एक मात्र विकल्प हो। यसका लागी प्रचण्ड-बाबुराम-वैद्य लगायत कांगेस एमालेका टाउके र तिनका मतियारलाई सामाजिक तिरष्कार र राजनैतिक बहिष्कार गरौँ ।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 111 Thumb down 11

  • Subodh

    यो प्रधानन्याधिसको कुरा एस्तो होला ==> दक्षिणबाट प्रचण्डलाई प्रस्ताव आयो …..सुटुक्क अधिवेसनमा लगेर ताली पिटाए…..बाबुराम पनि खुशी दक्षिणी साथीहरु नि खुशी ….प्रचण्ड गम्मक्क,कांग्रेस एमाले कचक्क…अझ हिजो रामचन्द्र पौडेल ले माओबादी आफ्नै जालमा फस्यो भनेर फुर्ति लगाउदै थिए …..बिचरा !!!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 42 Thumb down 0

  • तेन्जिंग गाबा

    # बत्ति-पानी सधै आउने
    # ग्यास-तेल सहित सबै आवस्यक सामाग्री सुपथ मुल्यमा सधै किन्न पाइने
    # बिरामी हुदा अस्पतालमा उपचार गराउन पाइने
    # लालाबालालाई घर नजिकै राम्ररी पढाउन पाइने
    # कसैले आफ्नो बिगार गरे प्रहरीलाई भन्ने बित्तिकै पीडकलाई पाताकसेर लाने
    # अहिले विदेश तिर छु घर फर्कदा “भारत गणराज्य” लेखेको राहदानी लिएर फर्कन नपरे

    राणा शासन, पंचायती ब्यबस्था, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र वा उत्तर कोरियाको जस्तो कम्युनिष्ट जे आए पनि आओस
    बालै भएन !!!!!!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 199 Thumb down 1

  • Toran Chhetri

    जसले जति गाली गरे पनि नेपालमा राजा महेन्द्र नै आदर्श ब्याक्ति हुन् र रहिरहने छन् . उनकै विचार बाट बिचलित हुदा देश झन्डै डुबेको थियो धन्न बच्यो .

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 131 Thumb down 13

    • pratik

      देखे कै हो र भनेको ??

      मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 36

      • Deepak

        सबै कुरा देख्न पर्दैन मित्र. दरबार हत्या काण्ड हाम्रै समय मा भयको हो तर के राना भाट ले भनेको विश्वास लाग्छ मित्र लाई. museum मात्र घुमे पनि राजा महेन्द्र जहाँ जहाँ गए उत्च स्तर को सम्मान पाएको तस्बिर आफै बोल्छ. American रास्ट्रपति संग साथी जसरि गफ गर्ने र senate आदि sambodhan गर्ने नेपाल को भबिस्य मा धेरै पछि सम्म नेपाली नेता हुनेछ jasto लाग्दैन. रास्ट्रपति रामबरण लाई ta छिमेकि भनेको भारत ले सुद्ध diplomatic protocol को धज्जी उडायो…

        धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 49 Thumb down 2

    • sanjeev sharma

      तोरणजी ले उठाउनु भएको कुरामा मेरो पनि पूर्ण समर्थन. राजा महेन्द्र र बिरेन्द्रका साथै बी पी कोइराला का आदर्शहरुलाई आत्मसाथ गर्न सकेको भए देश आहिले बिदेशीहरु को फूटबल मैदान हुदैनथियो

      मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • punya hawaii

    झलनाथ खनालले हिजोको बाणि बहसमा “राम चन्द्रले कैकेयिको बाणिमा बसेर बोले जस्तै” खिल राजलाई प्रधान मंत्रि बनाउने हाम्रो पहिल्यैको योजना थियो।एमाओबादिले त प्रपोगण्डा मात्र गरेको हो भने झै अमेरीकाले अरुलाई उछिनेर समर्थनको बिज्ञप्ति निकाले पनि धन्न खिल राजलाई चुनाबि मंत्रि परिषदको अध्यक्ष बनाउने योजना पहिल्यै थियो भनेर………… पाउ गुत्ने ढेडु बन्न खोजेन छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

  • Uddav Bhandari

    आखिरमा नेपाली कंाग्रेस र एमाले लाइ मावोबादीले पंगु बनाएर नै छाडछ हेर्दै जानिय साथीहरु हो

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 46 Thumb down 1

  • Gemmi

    The manner in which the Maoists proposed Regmi’s name and remained committed to it, I had expected something of this kind. Perhaps Regmi has some leftist background or is sympathetic to their ideas. Maoists might have looked for some kind of even a remote ideological connection in the candidate.

    This is not to suggest that Regmi will carry the Maoist’s agenda as the chairman of the current government.

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 5

    • Abhi

      Even if his parents were centrist, he can still be leftist. मैले सुनेको उनका बा कांग्रेस का नेता थिए रे . I am not sure though. And no news report has any mention of his parents and their background.

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 6

  • खिलराज नामको यो सुगाले कति बोल्ने कति गर्ने ..दुख पाउनुत ठिकै थियो, दुखि नेपालीको आउने पुस्ता पनि दुखि हुने भयो !!!
    १२ बुदे होस् वा भोलि हुने कुनै १३, १४, १५ बुदे त्यो कहिँ कतै बनेको हो भने अपाच्य हुनु पर्थ्यो ..माधुरी दिक्षितले नेपाल बारे दिएको सकारात्मक अभिव्यक्तिलाई क्षण भरमै उल्टो अर्थ लगाएर राजधानी धुवा धुवा बनाउनेहरु मध्ये उहाँ तपाई र म मध्यकी थियौ ..यस्ता अनगिन्ती बोक्रे राष्ट्रबाद थियो छ र रही रहने छ जसको सहारामा गरिबलाई सपना बेच्ने र त्यही सपनामा सासन गर्ने कम्युनिज्म बर्षौ बर्ष रही रहने छ ..दुर्भाग्य त्यसले ४२०० स्वास्थ्य चौकी, ४२०० गाविस भवन, करिब १००० भन्दा बढी सामुदयिक सुरक्षाको स्तम्भ प्रहरी चौकी, सयौ पुल पुलेशा मात्र ध्वंस गरेन मर्दाको मलामी र ज्युदाको जन्ती भन्ने सहअस्तित्वको भाइचारा र सामाजिक प्रेम पनि समाप्त पार्यो ..अध्यारो कुनामा बनेको बुदे सम्झौताको बिरोध गर्ने हुति र हिम्मत कसैको रहेन ..बिचरा बैद्द्य बा चिनिया खुस्र फुसुर जसले २०१५ सालमा सम्झुता गरेर आज सम्म केरुङ्ग नाका खोलेन त्यहि चिनिया सपना बेचेर उतैको भत्तामा बुर्लुका उफ्रिया छन् उनले जानुन नेपाल शाह बंसिय राजाहरुले उता गण्डक मात्र सुम्पेनन यता आधि सगरमाथा र हिमाल पारीको ९ जिल्लानै सुम्पिय तर ज्ञानेन्द्र रुदै कराउदै हिड्दा देखाई दियो तुरी ..प्रभु चना चटपटेले पनि समयमा चुनाव गरि स्थाई आफु अनुकुलको सरकार बनाएर जे जे लिनु छ लिगे हुन्थ्यो कमसे कम गरि खानेले शान्ति संग गर्न पाउथे खिलराज नामको यो सुगाले कति बोल्ने कति गर्ने ..निर्धारित होला ..त्यस भित्र चुनाव नगरी ..उ गर्ने कु गर्नेत छैननी ..बाबुराम र रामवरणले भन्दि ए हुन्थ्यो भन्दैन ..दुख पाउनुत ठिकै थियो दुखि नेपालीको आउने पुस्ता पनि दुखि हुने भयो !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 4

  • Ram Thapa Magar

    देशमा दलविहीन सरकार गठन गरेर निर्दलीय ब्यबस्था बहाली भएको छ/राजा महेन्द्रलाई प्रजातन्त्रको चिर हरण गर्ने भनेर आलोचना गर्नेहरु आफैले राजा महेन्द्रको राजनैतिक मार्गलाई अनुसरण गरेका छन/यो यी ठुला कहलिएका दलहरुको ठुलो हार हो/

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 59 Thumb down 4

  • Prakash Tiwari , NYC

    लगभग UN मा दर्ता सब देसको गतिबिधि वाशिंटन केन्द्रमा पुराउने साधन र स्रोत छ अमेरिकासंग र सबभन्दा सक्तिसाली र उदार प्रजातन्त्रको वोकालत गर्ने अमेरिकाले आफ्नो स्वार्थ अनुकुल बिस्व-भुमंदिकरण मोडलको लागि सचेत पनि छ / नेपालको चै दुर्भाग्य यो भयो कि कुन कुराले हो कुनी अमेरिकाको नेपाल नीति भारतको नीतिमा होमाहो मिलाउने मात्र भो / जेम्स मोरियाटी राजदुत हुदासम्म निउत्रल माद्यममार्गी छनक पाइन्थ्यो तर भारतसंगको निकटताले होला अमेरिकाले नेपाल हेर्ने भनेको भारतको आखाबाट हो / स्वोतन्त्र न्यापालिकालाई पनि लथालिङ्ग पारेर माओबादीका पुराना हत्या र हिम्साका कुरा गोलमटोल गर्न प्रदानन्यायाधीश आसिन गराउने सल्ला जवाहरलाल उनिवेर्सिटीको बामपन्थी इलैत र भारतको बयूरोकातबाट बाबुरामलाई आएको हुनुपर्छ / रस्तापति ओबामाको कामपनि असम्बेदानिक हुदा औला उठाउन सक्ने आजीवन ९ सदस्य जजहरु भएका अमेरिकालाई औपचारीकता लागि मात्र पनि के गरोस सुभ-कामना भन्नु नै पर्यो /

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 1

  • ए कुरा त्यसो पो रैछ ! नत्र यी प्रचण्ड यतिकै सहमति मा कहाँ आउथे र /

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 0

  • [...] 2.5 License. « को-को बन्दैछन् मन्त्री ?    रेग्मीबारे अमेरिकी दूतावासले यस्तो क… »अमेरिकी दूतावासको गोप्य [...]

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker