अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षका रुपमा प्रधान न्यायाधीश खिलराज रेग्मीले हिजैदेखि कार्यभार सम्हालिसके। उनको थाप्लोमा प्रशस्तै मन्त्रालयका जिम्मेवारीहरु छन्। किनभने अहिलेसम्म उनले दुई जनालाई मात्र मन्त्री बनाएका छन्। गृह र परराष्ट्रलाई पूर्व मुख्य सचिव माधव घिमिरेले सम्हाल्दैछन् भने कानुन र श्रम हरि न्यौपानेले। श्री ४ दलको ११ बुँदे राजनीतिक सहमतिमा लिखित रुपमा कति जना मन्त्री बनाउने भन्ने केही उल्लेख नभए पनि सहमतिलगत्तै नारायणकाजी श्रेष्ठले ११ जनाको बन्ने बताएका थिए। त्यो हिसाबले अब ८ जना मन्त्री बन्न बाँकी छ। मन्त्रीको लागि योग्यता भने श्री ४ ले सहमतिमा तोकिसकेका छन्। सहमतिमा लेखिएको छ- ‘अन्तरिम चुनावी मन्त्रिपरिषद्को मन्त्रीमा नेपाल सरकारबाट सबै निजामती सेवाका विशिष्ट श्रेणीमा रही अवकाश प्राप्त व्यक्तिहरूमध्येबाट नियुक्त गरिनेछ।’ क-कसो चर्चा छ त मन्त्री बन्नेमा ?
मन्त्री बन्न अरुले खुट्टा उचाल्नै पर्दैन, पहिलो दर्जामा पूर्व मुख्य सचिवहरु छन्, त्यसपछि बल्ल सचिवहरु अनि बाँकी छन्। एक जना पूर्व मुख्य सचिव माधव घिमिरे त गृह र परराष्ट्र मन्त्री भइहाले बाँकी दुईको नाम पनि चर्चामा छ-
विमल कोइराला
२०१२ सालमा भोजपुर जिल्लाको पोखरेमा जन्मिएका। अमेरिकाको डयुक विश्वविद्यालयबाट स्नातक। जर्मनीको डोर्टमुण्ट विश्वविद्यालयबाट पीएचडी। सरकारी सेवामा करीब २७ वर्ष। उद्योग मन्त्रालयमा सहसचिव, अर्थ र उद्योग मन्त्रालयमा विशेष सचिव, अर्थ मन्त्रालयको सचिव हुँदै मुख्य सचिव भएर २०६२ सालदेखि सरकारी सेवाबाट अवकाश।
तीर्थमान शाक्य
२००० सालमा ललितपुरमा जन्म। पूर्व मुख्य सचिवका साथै लोकसेवा आयोगका पूर्वअध्यक्ष पनि। त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर। त्रिविबाटै कानून स्नातक। अध्यक्ष रेग्मी जस्तै सर्वोच्च अदालतको शाखा अधिकृत पदबाट सरकारी सेवा शुरु। २०३५ सालमा कानून मन्त्रालयको उपसचिव, २०४३ सालमा सहसचिव,२०४९ सालमा कानून सुधार आयोगको कायममुकायम सचिव, २०५३ सालमा कानून सचिव। २०५८ साल साउनदेखि चैतसम्म मुख्यसचिव। सन् २०१०–१२ सम्म नेपाल बङ्गलादेश बैङ्कको अध्यक्ष। १९९८–२००२ सम्म नेपाल इन्भेष्टमेण्ट बैङ्कको अध्यक्ष।
भोजराज पोखरेल
पछिल्लो पटक संविधान सभा निर्वाचन हुँदा उनी प्रमुख निर्वाचन आयुक्त थिए। २०६६ साल जेठमा प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अवकाश लिएका थिए। उनको नाम मन्त्री बन्ने संभावितको सूचिमा मात्र हैन, मन्त्री बन्न नमान्न सक्नेको सूचिमा पनि रहेछ।
रामेश्वर खनाल
भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा अर्थ सचिवबाट राजीनामा दिएपछि उनको चर्चा चुलिएको थियो। पछि उनलाई प्रधानमन्त्री हुँदा बाबुराम भट्टराईले आर्थिक सल्लाहकार बनाए। विभिन्न आइएनजीओका सल्लाहकारका रुपमा पनि सक्रिय छन्।
माधव पौडेल
पूर्व कानुन सचिव।
राघवलाल वैद्य
पूर्वन्यायाधीश।
कृष्णबहादुर मानन्धर
पूर्वडेपुटीगभर्नर।
देवीराम शर्मा
राष्ट्रिय अनुसन्धान विभाग पूर्वप्रमुख।
डा. लोकराज बराल
पूर्वराजदूत
जनकराज जोशी
पूर्वसचिव।
सूर्यकिरण गुरुङ
संसद् सचिवालयका पूर्वमहासचिव।
उषा नेपाल
पूर्वनिर्वाचन आयुक्त।
रुद्रकुमार श्रेष्ठ
पूर्व सचिव।
मन्त्री बन्न सक्नेका रुपमा बजारमा चर्चामा रहेका यी केही नाममात्र हुन्। रेग्मीले आफै सबै मन्त्री बनाउने हैनन्, दलका नेताहरु र विभिन्न शक्ति केन्द्रको दबाब पनि उनले खेप्नु पर्नेछ। तर निर्दलीय चरित्रको मन्त्रिमण्डल बनाउने भएकोले दलहरुको संयुक्त सरकारमा जस्तो शक्तिशाली मन्त्री आफैलाई चाहिने भन्दै हप्तौँ र महिनौँसम्म बार्गेनिङको अवस्था आउने छैन। यी माथिको चर्चामा आएका नामबाहेक पनि मन्त्री बन्न सक्छन्। तपाईँले पनि कसैको चर्चा सुन्नुभएको भए तल कमेन्टमा लेख्नुस्।





जो सुकै मन्त्रि भए पनि भ्रस्त्रचार मुक्त देस बनोस यसको लागि सुभकामना छ कार्यकारी प्रमुख तथा न्याय प्रमुख खिलराज रेग्मी ज्यु लाई |
मन परे हरियो नपरे रातो !
0
0
आखिर २५ बर्सको प्रजातन्त्र ले नेपाल मा के नै खालो सार्यो र! अन्त्यमा हामी त्यहि पुरानो पंचायती सिस्टम मा फर्किन बाद्य हुदै छौ तर यो पटक भिन्न परिपेरेक्च्य मा–जनता ले चुनेका प्रतिनिधि हरु ले सहमतिका साथ रास्थको हितमा काम गर्न नसकेर अन्त्यमा बौदिक बर्गलाई देस चलाउन सुम्पिदै छन्! मेरो बिचारमा नेपाल पुर्ण्ड प्रजातन्त अभ्यास गर्न तयार छैन, जब त्यो देश मा दैनिक आधारभूत चीज को नै व्यवस्था भएको छैन, आर्थिक, व्यबस्थापीक, सामाजिक प्रडालि को राम्रो जग बसेको छैन, त्यहाँ प्रजातन्त्र र स्वतन्त्रता को कुनै अर्थ छैन. प्रथमता, मानिस बाच्न अनी अगि बढ्न को लागि चाहिने आधारभुत सिस्टम बनाउनु पर्यो, त्यसपछि मात्र स्वतन्त्रता को अर्थ हुन्छ.
It is unfortunate that despite being surrounded by two emerging super powers of the world, Nepal hasn’t been able to take advantage of these neighbor countries and make economical progress. Though citizens of Nepal are to be blamed for this failure, our unfortunate circumstance is partially to be blamed. Due to the global economical dynamics, third world countries like Nepal got lost in the transition and couldn’t compete with the rest of the world. Most of the European countries underwent through the natural progressions, agricultural to industrialization to post-industrial revolution, which provided an ample time and opportunities for them to experiment and figure out the most optimal political and economical system. In addition, they were able to exploit the knowledge and information world has gathered in sciences and technologies to advancement their society, which gave them an upper-hand on the global economy. Whereas, third-world countries like Nepal had to make an immature jump to the post-industrialization society straight from the agricultural era–small farmers and local businessman could no longer compete with the imported products and had to move out of farming, as a result their skills and expertise became obsolete overnight, resulting in the country being filled with unskilled youths.
Given these circumstances, the only way for Nepal to be relevant to the global arena is by finding its niche and exploiting it. For this Nepal needs a stable political system which would allow the government to formulate and implement long term economical and developmental schemes that would help the country to make some serious progress. Considering the failures to make any economical progress we had in the last 30 years with the multiparty system, may be it is time for Nepal to take a new renewed direction. In my opinion, either Nepal should be ruled by an elite group of people or should have a two-party system so that there will no longer be unnecessarily political gridlocks. I am ashamed of myself for saying this, but average Nepali citizens are immature and incompetent to be ruled by themselves. I understand with a single party ruling system, there always exists a potential threat of dictatorship which could take us to a more dark period, however such coup could be avoided with a cautious system. We can formulate a new system where government officials and elite group will handle the economical and administrative issues while a citizens-elected group will have control of the security, military and foreign business.
मन परे हरियो नपरे रातो !
4
1
when there is a big crisis, a need for experienced and expert professional emerges. its a shame in the part of politicians that at the time when the country needed it, they couldn’t rise to the occasion, unite and fought for a cause, it reminds me of a story of two cats fighting for a equal half of bread and the monkey acting as a middle agent eating it all. Now what if this system doesn’t work. Do they want army or police officer to be prime minsters and ministers. and what would be there slogans to elections, : as we are incapable in crisis give votes to others. i hope this government can lead us to election and more than that hope that this time around people should generate courage to differentiate the weak links and eliminate them
मन परे हरियो नपरे रातो !
1
1
यदि यिनीहरुले पार ल्याएन भने फेरी चिरय्न्जीबी बाग्ले, खुम बहादुर खडका , जे पी गुप्ता, गोविन्दराज जोशी , अर्जुन नर सिंह केशी बल बहादुर के शी. पुर्ण बहादुर खडका राम सरन महत, ईश्वर पोख्रेल, के पी ओली, दिपक बोहोरा., मोतिलाल बोहोरा, अच्युत खरेल आदिलाई पो अर्को किर्तिमान राख्नलाई बनाउने हो कि. चुनाब पनि खलास देश पनि फलास.
मन परे हरियो नपरे रातो !
22
3
लोकमान सिंह
भेष बा थापा जस्ता लाई अर्थ मन्त्रि दिनु पर्छ
बिमल कोइराला -उद्योग
सम्भु सरन-मदेश बाट
डा सुधा सारमा- स्वस्थ
वृन्दा हाडा-महिला
मन परे हरियो नपरे रातो !
7
25
अब पंचायती व्यवस्था किन ठिक रहेछ भन्ने कुराको अरु प्रमाण दिनु नपर्ला कि?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
63
1
जुन जोगी आए पनि आफुलाई बाल मतलब छैन !हुने बाला केहि होइन !
मन परे हरियो नपरे रातो !
33
2
कुलान्गार नेताहरु आफैले हामि सक्दैनौ तिमीहरु नै देश चलाउ/ चुनाब गर भनेर भू पु कर्मचारीहरुलाई दिएको यो मौका अबश्य राम्रो हो | अब आउने चुनाबमा ६०१ जना अति योग्य भू पु कर्मचारीहरु (निजामति, संस्थान, प्रहरी, सेना, आदि) स्वतन्त्र उम्मेदबार को रुपमा खडा भएर सबै चोर नेताहरुलाई जनताले साथ दिएमा अबश्य हराउन सकिने छ | अनि बल्ल नालायकहरुले स्वाद पाउने छन् |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
50
0
नेपाल बिग्रेको भ्रस्ट कर्मचारी तन्त्र र मुर्ख स्वाँठ (फटाहा) नेता हरुले गर्दा भएको कुरा सताब्दीको इतिहास मा छर्लंग छ| अब यो मन्त्रि मण्डल फटाहा हरु बाट मुक्त र भ्रस्ट कर्मचारी माथि राम्रो निगाहा राख्न सक्यो भने केहि सुदर हुन सक्दछ| तर यिनीहरु फेरि तेही फटाहाहरुको धोतीको जुम्रझई काम गर्न थाले भने नेपालको अस्तित्व सिद्धियो भने हुञ्छ|
लौ यो पनि हेरिहालौ अब मुख्य नयदिश नै प्रधान मन्त्रि भए पछि देश र जनता लाई कसरि र कस्तो न्याय दिदा रहेछन|
मन परे हरियो नपरे रातो !
17
0
होसियार नेपाल दाजु भाई तथा दिदि बहिनिहरु !!!!!
नेपालका कार्यकारिणी प्रमुख श्री खिल नाथ रेग्मी ज्यु होसियार !!!!!
नेपालका प्रशासनमा हाल र पुर्व सचिब र मुख्य सचिब हुन पुगेका धेरै जसो कर्मचारीहरु बिधार्थी जीवनमा डेरा गरि बस्ने भए ता पनि हाल ठुला ठुला घरका, विभिन्न उद्योग, संस्था र अन्य निकायका मालिक छन्
कोहि २०४७/४८ सालको मल्लिक आयोगमा दोषीमा परेका भएपनि गिरिजा प्रसाद कोइरालाले मल्लिक आयोगलाई सार्वजनिक न गरेकोले दोषी भएपनि कानुनबाट बचेका हुन्
तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवालाई राजा ज्ञानेन्द्र बीर बिक्रम शाह देवले दुइ पल्ट अपदस्थ गर्दापनि केहि न बोल्ने मुख्य सचिब र सचिबहरुको नाम देख्द छु
यी प्रशासकहरु मध्ये कोहि उमेरको गडबडी र कोहि शैक्षिक प्रमाणपत्रको गडबडीमा परेका जस्तो पनि देखिन्छन
सोझा साझा र इमान्दार पुर्व बिशिष्ठ श्रेणीका प्रशाशकहरुको नाम यो सुचीमा म देख्दिन
सुरज श्रेष्ठ
मन परे हरियो नपरे रातो !
36
1
Nepali leaders don’t know how to build country and make our lives comfortable but they are very good at giving lectures. Only one thing they have done best is: lying/ destroying millions of young students future and earning millions of rupees. Proof: look at all the leaders specially so called revolutionaries : we can start from Mr Prachanda. How much money did he have before joining communist party and how much he has now? Just do the math and you know the reality. People just do it. Are we sheep just to follow these kinds of thugs?
मन परे हरियो नपरे रातो !
10
0
जो जो बनेपनि खिलराजले अब बन्ने मंत्रिहरुलाई वाग्ले,जोशी,खड्का,गुप्ता आदिले जस्तो कमाउने छूट नदिउन।सफलताको शुभ कामना।
मन परे हरियो नपरे रातो !
38
0
सधै दल हरु ले यो गर्न दबाब दिए त्यो गर्न दबाब दिए भन्ने कर्मचारी हरु लाई सुवर्ण मौका छ| छोटो समय मा केहि गरेर देखाऊ| हामी जनता पनि साथ् देऊ नेपाल-बन्द गर्ने हरु लाई लोप्पू खुवाएर सरकार को सहयोग गरम|
मन परे हरियो नपरे रातो !
26
0
अरु त त्येस्तै हो हाम्रा डलर मणि को पो चिन्ता लाग्न लाग्यो ! पत्रिका का पाना बिक्न छाडे पक्षि बाटा घाटा तिर फलाक्दै हिड्ने गर्या थ्ये ! बाटा मा नि सुन्ने कोइ भएन, हे सिब ……….
अब प्रोपोगान्डा खबर पत्रिका निकाल्न बिदेसी ले डलर दिने हुन् कि होइनन सारै चिन्ता को बिषय पो भो त !
मन परे हरियो नपरे रातो !
20
0
अबको समयमा जनजाति, दलित र महिला तथा अल्पलाई पनि त्यसै bypass गर्न नमिल्ने भैसक्यो
मन परे हरियो नपरे रातो !
10
9
मेरो विचार मा ,
१. एदी येही नेत्रित्वो वर्ग ले फेरि संबिधान सभा मा जितेर गए फेरि अर्को चार वर्ष बर्बाद गरि फेरि येस्तै झगडा गरि संबिधान बन्ने छैन |
२. कुनै पनि पार्टी को सहि र ससक्त अजेंडा नभएको ले सहि व्यक्ति लै हेरेर मत दिनु पर्यो , ताकी अहिलेका भ्रस्ट , पतित र बिकामे नेता फेरि संबिधान सभा मा पुग्न नपाउन|
३. सम्पूर्ण पार्टी हरु को शिर्ष तह का नेता हरु सबै हुतिहारा र असक्छम भएको अवस्था मा नया पुस्ता ले नेत्रित्वो को लागि संघर्ष गरि तिनी हरुलाई बिस्थापित गर्नु पर्यो |
मन परे हरियो नपरे रातो !
7
0
खाप्पर के खप्पर,
अब यो फागुन २७, रेग्मी मन्त्रि परिषद अध्यक्ष भयको दिनलाई नेपालले रास्ट्रीय खप्पर दिवस मनाउन पर्छ भन्ने हाम्लाई लाइराछ!
अब त्यो खप्परमा लेखेर ल्यारैछ भने त हुँदै नभयको कुरो पनी आफै जवर्दस्ती बन्न वाध्य हुदो रैछ क्यारे! खप्परमा नलेखेको कारण अढाइ सय बर्ष देखि खाइपाइ आयको कुरा स्वाहा हुने रैछ, कसैगरी पनि बचाउन सक्ने रैनछ क्यारे! खप्परमा लेख्याछ भने गिन्ती घुमेर भनेपनि पहिलो नै हुने रैछ! एउटा खप्पर महत्य पुराण पो लगाउनुपर्ला जस्तो छ हो! खप्परमा लेख्याछ भने आफूले कहिल्यै नसोचेको न त सपना नै देखेको छ त्यो कुरो थाहै नपाई भयरै छाड्ने रैछ क्यारे!
अब उदाहरण चाहिय जत्तिनी छ,
रास्ट्रपती हेरेनी भो,
उप-रास्त्रपती हेरेनी भो,
पूर्व राजा हेरेनी भो,
भित्ते रास्ट्रपती हेरेनी भो!
खप्परमा नलेखेदेखी शहरको भित्ताभरी रास्त्रपती भनेर जत्ति रङायपनी जत्ति फोटो टसायपनी हुने रैनछ क्यारे! तर् कताकता गुरुको पाइखानाको ढोकामा लोटामा पानी लियर उभियको मान्छे फुत्त रास्त्रपती हुदोरैछ त, गुरु पाइखानामै कनी रहने ढोकामा लोटा लियर उभिने चाँही फुत्त रास्त्रपती, खकप्परमा नलेख्याभय हुन्थ्यो त? वारे खप्पर!
अब महाराजा हुँ भन्नेले आफूलाई होच्याउदै राजगद्दी बाट झरी जवर्दस्ती मन्त्री परिषद अध्यक्ष भाकै हुन क्यारे खै त? झन् खाइ पाइ आयको समेत फुत्कायो त! अब खप्परमा लेखेको चाँही कताटी हो कुन्नी हुँदै नभाको पद फ्वात्त सिर्जना भयर प्वात्त खुट्टामा खस्दो रैछ त!
खप्परको बखान गरि नसक्नु पो छा त गाठे!
खप्परमा लेख्याछ भने बाधि आको खोला सुक्छ रे मुसलधारे बर्षा गर्ने आधी रोकिन्छ रे क्या!
खप्परलाई हेप्नु हुन्न,खप्पर पुराण लगाई खाप्पर पूजा गर्नेहेतु बर्षको एकदिन खप्पर दिवस मनाउनु पर्छ अब!
जय खप्पर!
मन परे हरियो नपरे रातो !
34
2
स्वोच्छ व्यक्ति जो नेपाल को भ्रस्टाचार ले भरिएको बाताबरण मा टिक्न नसकेर बाहिरिएकाछन उनीहरुलाई मंत्री बनायो भने रास्ट्र ले केहि निकास पाउछ कि होइन भने मंत्री लाइ भ्रस्टाचार गर्न सिकाउने भूपू कर्मचारी लै सत्ता सुम्पिदैमा केहि हुनेवाला छैन.
मन परे हरियो नपरे रातो !
10
0
चुनाव सम्मको लागि त हो! दह्रो प्रशासकीय क्षमता भएको नगन्हाएको भुतपुर्वेहरु जसलाई राखे पनि हुन्छ ! दास मनोवृति भएकालाई चै नराखेकै बेश! आखिर यो चुनावी मन्त्रि परिषदले ठुला निर्णय केहि गर्न पाउन्दैन क्यार, दैनिक प्रशासन चलाउने त हो, मन्त्रालयमा सचिवहरु छंदैछ क्यार, तीनको सल्लाह र टिप्पणीमा सहि धस्काउने त हो ! के के न उल्कै भए जस्तो हौवा पो किन छर्ने !!! यहि बिचमा केहीले अलि अलि पैसो कमाउला, कमाओस, तर काम चाहिं मज्जाले गरेर चुनाव फत्ते गरोस!
मन परे हरियो नपरे रातो !
15
3
अझ येसरी नै सरकार चलाउने तरिका भए सबै नेता हरुले गुजारा को लागि रत्नपार्क मा बदाम, सुन्तला बेचेको हेर्न पाइन्थियॊ कि……सायद साइकल मा तरकारी पनि बेच्न सुरु गर्थियॆ होलान…
मन परे हरियो नपरे रातो !
14
1
येही क्रम अर्को २५ वर्ष चले कति मजा आउथियॊ …नेता हरुलाई खुचिङ्ग हुन्थियॊ…
मन परे हरियो नपरे रातो !
27
1
जो भए पनि देश र जनताको हित मा दुरगामी परिडाम राखी अन्तरास्ट्रिय इस्त्तरको हुनु पर्यो/ आहिले को प्रतिस्पर्धा भनेको जात जाति र देन लेन को होइन/बुद्धि र बिबेक को हो/
मन परे हरियो नपरे रातो !
7
0
नाम धेरै हेरियो.. देश नाम ले चल्ने हैन … काम हुनु पर्यो काम !!
मन परे हरियो नपरे रातो !
9
1
इ सबै अहिलेका मन्त्रि हुने हरु बिरेन्द्र र ज्ञानेन्द्र को पाला मा कर्मचारीतन्त्र मा मोज गरेका मान्छे हरु नै हुन् | तसर्थ यो समूह लाई ज्ञानेन्द्र फेरि राजा हुदा नै फाइदा छ | तसर्थ येदि खिलराज को खुबी छ भने आर्मी सासन लगाएर, ज्ञानेन्द्र लाई फेरि राजा बनाएर यी सब चोर नेता हरु लाई ठिक पार्न पनि बेर छैन येदि इंडिया ले एस्तो चाह्यो भने |
मन परे हरियो नपरे रातो !
23
6
अब अर्को नयाँ परिक्षण ! देशको स्थिति त्यो देशमा रहने नागरिकको पनि त प्रतिबिम्ब हो नि अनि छिमेकीको पनि ।
मन परे हरियो नपरे रातो !
2
1
हैन हो..मलाई पनि चाहियो एउटा त | मा पनि अमेरिका बाट संचार प्रविधिमा पी एच डी गरेको छु | नेपालको राजनीति राम्रो संग फलो गर्छु र जान्दछु | उमेर ४० वर्ष | ह्यान्डसम छु ..भन्छन कसैले ..:)
मन परे हरियो नपरे रातो !
2
12
मलाई जानकारी भएसम्म नेपालका राजनैतिक दल र उच्चपदस्थ हाकिमहरु एउटा सिक्काको दुइ पाटो हुन् / हाम्रा यी प्रशासकीय निकयाहरुमात्र मजबुत भई दिएको भए जनताले यति साह्रो अन्योल भोग्नु पर्दैन थियो होला / हाम्रा देशका राजनैतिक दल र उच्चपदस्थ हाकिमहरुले मन्दिरको गजुर मात्र हालेर आफुहरु राम्रो बन्न खोजे तर मन्दिरलाई जगबाट बलियो बनाउने कहिल्यै कोशिश गरेन /
मन परे हरियो नपरे रातो !
7
0
मलाई त घुस नाखान्दिने र नेपाली जनता लै सरासर कम गर्न दिए, सान्ति संग बच्न दिया पुग्छ ,बन्द हड्ताल गर्नादिनु हुदैन जो मन्त्रि भय पनि हुन्छ तर पहिलाको नेताहरु जस्तो घुसखोरी मन्त्रि हरु नहोस
मन परे हरियो नपरे रातो !
5
0
नायिका रेखा थापा पनि सम्भावित नाम हो , मेरो विचार मा त उर्जा मन्त्रि बनाउनु पर्छ, सोच्छा छबि भाको, जता छोए पनि करेन्ट निस्किने ( लोड शेडिंग पनि खलास!!!!!), भर्खर अम्रिका गएर बुधत्तो पनि पाको अरे !!!! बेला बेला मा डान्स पनि देख्न पहिन्छा समाचार हेर्दा पनि
मन परे हरियो नपरे रातो !
36
1
मलाई चै राज्य मन्त्रि सुहौछा त्यसैले मेरो भागमा चै राज्य मन्त्रि नै ठिक छ कि कसो साथी हरु हेहेहे !!!!!!!
मन परे हरियो नपरे रातो !
5
5
लौ न हो मेरो नाम परेन त लिस्टमा म पनि स्वछ छबि भएको बक्ति हु क्यारे त्रि बि बि बाट १९९२ म स्नाकोत्तर प्रथम श्रेणी मा पास गरेको प्रमाणपत्र सुरक्षित छ र २५ बर्ष को कामको अनुभव पनि छ
मन परे हरियो नपरे रातो !
17
20
भ्रस्टचारी होला नि त तेही भएर नाम नपरेको
मन परे हरियो नपरे रातो !
13
3
देशको सबै भन्दा पुरानो जसले राणाहरुलाई जरै देखि उखलेर फाल्ने पार्टी नेपाली काँग्रेस, बिश्वेशोर कोइराला को पार्टी, दहि चिउरे नै भए पनि नौ महिने कार्यकालमा “आफ्नो गाउँ आफै बनाउ” मार्फत देशको कुना कुनामा तरङ्ग ल्याउन सफल मनमोहन र मदन भण्डारी जस्ताको पार्टी ए. मा.ले. र १३००० जनताको बध गरेर, सोझा साझा जनताको दिमाग धोएर र देशको सामाजिक, भौतिक र आर्थिक संरचनाहरु ध्वस्त पारेर भएपनि २५० बर्ष पुरानो तनाशाहीराजतन्त्र लाइ ढाल्न सफल माओबादी ….आज एउटा पनि विश्वासिलो राजनेता प्रधानमन्त्रि देशलाइ दिन नसक्ने , आफु आफुमा बिश्वास गर्न नसकेर न्याय पालिका जस्तो सस्था लाइ विवादित बनाउदै राजनीतिकै अवसान गराउने नेपालका राजनीतिक पार्टी हरुलाई धिक्कार छ …….अनि जनताको माझमा जादा २२ भोट बल्ल बल्ल पाउने २२ दलको गठबन्धन जसको काम खाली बन्द गर्नु र जनतालाई दुख दिनु बाहेक अरु केहि काम छैन तिनीहरुलाई पनि धिक्कार …..अब न्यायाधिशले चुनाव गर्देलान रे मानौ संविधानसभा पनि बन्ला रे तर के ग्यारेन्टी छ संविधान बन्छ भन्ने?
जनताले तेत्रो उत्साह साथ चुनाव गरेर ६०१ जनाको संविधानसभा बनाएका होइनन? आखिर के भयो? बन्यो संविधान ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
69
6
एमाले भन्दा कांग्रेस त कति हो कति राम्रो पार्टी छ | “आफ्नो गाउँ आफै बनाउ” रे …….हहहाहहा मलाई त सहि हासो लग्यो यार, एमाले को अहिले सम्म को राम्रो काम तेही हो रे ..त्यो त केहि पनि होइन …….येत्रो राजनीति गरेको पार्टी को काम रे ….छि ………….तेत्ति एउटा मात्रै छ एमाले का साथी हरु ले फलाक्ने कुरा……….
म त भन्छु एमाले लाइ सबै जनता ले बहिस्कार गरौ अनि नेपाल बाट एस्लाई पत्ता साफ नै पारौ
मन परे हरियो नपरे रातो !
13
33
साथीलाई अहिले देखि चुनाब लागिसक्यो जस्तो छ ! बधाई छ
मन परे हरियो नपरे रातो !
5
2
१८ घण्टा लोडसेडिङ गराउन सक्षम बिधुत प्रधिकरण र बारम्बार पैसा बढाई रहन सफल अयल निगमको पूर्वहरु नि कोहि ल्याउन पर्छ होला नि त, experiment नि त गर्न ला होला he he
मन परे हरियो नपरे रातो !
30
0
कागलाई बेल पाक्यो हर्ष न बिस्मात|
म्याद थप गर्दै चार चार बर्ष संबिधान सभामा बसेर पनि मुख्य दलहरु संबिधान निर्माण गर्न किन सहमत भएनन्? एउटा मुख्य कारण हो — जनजातीलाइ अधिकार दिन पर्ला भनेर| मधेसीले जसरी भए पनि सत्ता र अधिकार पाएका छन् र लडेर लिने छन्|
त्यही दलहरु (दुइतै माओवादी लगायत) र ब्युरोक्रेसीले देशलाई सही गति दिन हिच्किचाएका हुन्| त्यसको कारण आफुले खाई पाई आएको र लुट्दै र शोषण गर्दै आएको अब समाप्त हुने भयो भनेर उनीहरुले बुझेर यो जाल रचेका हुन्|
अहिले आएर दलहरुले देशको न्यायपालिका ठिक संग चलाउन खोज्नेलाई देशको प्रधान मन्त्रि बनाउनको कारण के हो? यसमा देशको स्वार्थ छ कि पार्टीहरुको?
देश अघि तिर होइन पछिल्तिर ढकेलीरहेका छन् यी स्वार्थनिहित पार्टीहरु र नेताहरुले|
अधिकतर न्यायधीश र सचिवहरुले यो देशलाई मन्त्रिहरुको पिछलग्गु हुन् साटो विगतमा त्यस्ता के गरेका छन् जसले उनीहरुलाई देशको डाडु पन्यु दिन पर्ने स्थिति आयो? र अब के गर्नेछन त्यो हेर्न बाँकी नै छ|
देश सबैको हुन् पर्ने तर राज चलाउने सीमित दुइ चार जात मात्र हुने निरन्तरता दीगो बनाए पछि यसले भयावहको स्थिति सृजना गर्ने भयो| नेकपा एमाले, नेका र माओवादी र माओबादी खाओवादी राजावादी जस्ता मनसाय राख्ने पार्टी हरुले अब धमिलो पानीमा माछा मार्न पाउने भए|
के यो देशको शासन चलाउन खालि दुईचार जातका हातमा मात्र राखी रहने कि समावेशी पनि हुने? जनजाति मारमा पर्दै आएको खगेन्द्र संग्रौला, अभि सुबेदी, तारानाथ शर्मा आदि बाहेक अरुले पनि यो कुरा बुझेका होलान तर बोल्ने हिम्मत देखाएका छैनन्|
साथीहरु हो, यही ताल हो भने फेरी जनजातिहरुलाई लंठ्यांग लुठुंग गर्दै अल्म्लाएर अर्को दशक सम्म अन्धा पार्ने देखियो तर जब उनीहरु सांचै जाग्लान त्यस बेलाको स्थिति बर्णन गर्न नसके पनि कल्पना गर्न सकिन्छ|
आफु त् कम्युनिस्ट नभए पनि मुर्तिवत र अदृश्य भगवान छन् भन्ने कुरोमा बिश्वास नगर्नेमा परियो| तर यदि कतै त्यस्तो भगवान जस्तो शक्ति छन् भने हाम्रा दलहरुका नेताहरुलाई समयमै उनले सद्बुद्धि प्रदान गरुन|
मन परे हरियो नपरे रातो !
14
21
सुधा शर्मा छुटिन है हजुर…स्वास्थ मन्त्रालय दिन लाइ लबिङ्ग गर्नु पर्छ तब मात्र त्यो घुसखोरी सचिब तह लाग्छ
मन परे हरियो नपरे रातो !
15
3
अहिलेको स्थीतिमा कुनै पनि कर्मचारी मंत्री भएर उस्ले आफ्नो बुद्दी बिबेकले काम गर्न सक्दैन र गर्न पनी पाउदैनन अब बन्ने मंत्री हरुले बसिरहेको सिस्टमलाइ चलायामन बनाउने मात्र हो किन भने यो मंत्रीमंडल चुनाबि सरकार हो । हो यदि यो सरकारले चाह्यो भने देसमा नराम्रो संग मौलएको भ्र्स्ट कर्मचारी तंत्र लाइ सुधार गर्न पहिलो पटक इतिहासमा मौका मिलेको छ ।
मन परे हरियो नपरे रातो !
18
0
यी कोकललाट्या नेताहरुको आजको कदम र पचास/साठी वर्षअगिको नेपालीको चेतनाको इस्टर सम्झने हो भने हिजोसम्म गाली गरि हुर्केको राजा महेन्द्र नेपालको लागि राजा मात्र होइन देशलाई एकदम माया गर्ने रास्ताबादी नेता नै रहेछन / अभागी रहेछ यो देश जसले तेस बखत बिपी, गदेशमान, किसुनजी, सुबर्णजी जस्ता निस्तावान नेता र राजा महेन्द्रको “इगो” को फाइदा उठाई आफ्नो स्वार्थ साध्नेहरुको संगुलमा फस्यो /
अब भनुन आफुले बनाएको सम्बिदान निस्क्रिय बनाएपछि एसको संरक्षणकर्ताको नाताले चालेको ‘राजा ज्ञानेन्द्र” को कदम कसरि नराम्रो भो ? उनले पनि त अनुराधा कोइरालादेखि डा. उपेद्द्र देवकोटा जस्तालाई राखी पहिले राम्रो नै गर्ने खोजेका थिय ?
मन परे हरियो नपरे रातो !
25
1
प्राय इमान्दार मान्छेहरु अगाडी नै आउंदैनन, फेरि यस्तो मान्छेहरु कसैको नजरमा पनि पर्दैनन्, तेसैले शंकै लाग्छ ………
मन परे हरियो नपरे रातो !
21
0
रेग्मी प्र म
घिमिरे ग्रिह
त्यसतै मैनाली, कोईराला, नेपाल ओली पोखरेल, कोईराला दाहाल भट्टराई , खनाल, अधिकारि, पौडेल, सिटौला यस्तै यस्तै मन्त्रि हुन्छ भन्ने सबैलाई थाहै छ नि हदै भए एक दुई जना यिनीहरुको गुनगान गाउने दलित, मदेशी र जनजाति अनि महिला होलान त्यहि त हो नि अरु के नै हुन्छ र. कागलाई बेल पाक्यो हर्ष न बिष्मात
मन परे हरियो नपरे रातो !
26
24
सनत कुमार बस्नेतलाई बनाउदा पनि हुन्छ
मन परे हरियो नपरे रातो !
3
9
नेपालको राजनीतिको खोल ओडेर आफुलाई नेपालका स्वच्छ छबि दर्ज गराएर नेतालाइ सब चिज गुमराहमा राखी प्रशासन् ब्यबस्थाको सुधारको सट्टा राना कालको जस्तो हुकुमी अबस्थामा प्रशासन चलाउने अनि सधै आफु र आफ्नोको लागि मात्र गरि नेपालको प्रशासन ब्यबस्थालाइ तहसनहस पार्ने गरि बर्षेपिछे नि से नि संसोधन गराउने भूमिगत गिरोहका भास्मासूर बीर प्रशासक -सचिबहरु त मन्त्रि बन्दैनन् होलान नि ?
मन परे हरियो नपरे रातो !
19
6
खिल राज रेग्मी जी !!! म कुनै दलमा पनि सामेल नभएको मानिस हुँ तर म बिदेशमा छु मेरो भावना पनि सफा छ देशको सेवा गर्नु पर्छ भ्रस्टाचार गर्नु हुन्न भन्ने मलाइ नि थाहा छ तेसैले मलाइ पनि कुनै मन्त्रि दिन मिल्छ भने किर्पया यो इमेलमा इमेल पठाउनु होला म तुरुन्त नेपाल फिर्ता हुन्छु,
lok _ nsd @ yahoo . com
मन परे हरियो नपरे रातो !
15
4
जयन्त प्रसादको नाम छुट्यो कि जस्तो लग्यो है मलाई त !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
87
13
जयन्त प्रसाद त उच्चस्तरिय राज्य संयन्त्रको प्रमुखमा नियुक्त हुने हुनाले उनको नाम मन्त्रीको सूचीमा नरहेको हो ।
मन परे हरियो नपरे रातो !
30
3
यी पनि कर्मचारी नै हुन्, नेपालमा हरेक कार्यालयहरुमा घुस खोरीका नायेक, यिनै हरुको निर्देशनमा नै तल्लो दर्जाका कर्माचारीले काम गर्ने हो, खोइ मैले त केहि होला जस्तो देख्दिन, राजनीति पार्टिकाहरुलाई बिरॊध जनाउनु पाइन्थ्यो, अब यिनको बिरॊध कसले गर्ने हो, सबैले समर्थन दिएकै हुन्,
मन परे हरियो नपरे रातो !
39
6
नेपालका गुण्डा संरक्षणका शिरोमणि त लौ रेग्मीले पाल्पा लाइ मात्र नेपाल देख्यो भनेर कुर्लन थाली सके ! सायद उनको इच्छा त महेश बस्नेतलाई गृह मन्त्रि दिनु पर्ने पो थियो कि ? जे होस् यसरी विशिष्ट श्रेणीका शिक्षित अनि अनुभवी लाइ यो जिम्मेवारी दिंदा केहि राम्रो सुधारको अपेक्षा त पक्कै गर्न सकिन्छ तर हाम्रा नेताहरु अत्यन्तै भारतका दास हुनु र भारतले सधै हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गरी सधै धमिलो पानीमा माछा मार्ने हुनाले यो भारतीय दवाबमा सबैको समर्थन बनेको सरकारले नेपालको हित भन्दा पनि बाँकी रहेका नदि-नाला, विमानस्थल आदि सुम्पने र चुनावको बहानामा मधेशी नेता मार्फत नागरिकताको बखेडा गरेर थुप्रै भारतीयलाई नागरिकता दिलाएर हाम्रो देशलाई फिजीकरण गर्ने खतरा प्रवल छ ! सम्पूर्ण नयाँ मन्त्रि ज्यू हरुले नभुल्नु होला कि पत्रिकामा असल छिमेकी मानिने भारत नै नेपालमा अस्थिरता उत्पन्न गराउने पहिलो दुष्ट छिमेकी हो र यो सधै हावी भएर हामीलाई आफ्नै देशमा सरणार्थी जीवन जिउने बनाउन सक्छ ! अहिले तपाइँ हरुले गर्ने हरेक कार्यले हामि आम नागरीक संगै तपाईंका सन्ततिको पनि भविश्य निर्धारण गर्नमा ठुलो भूमिका खेलेको हुन्छ कृपया यो मौकालाई हृदयदेखि नै राष्ट्रियताले सजाएर सदुपयोग गर्नु होला, यी दलका नेता भनाउँदा भारतीय मदारीका तालमा नाच्ने भालु बाट सधै ठगिएका हामीलाई राहत दिनुहोला, यदि देश र जनताको हितमा काम गर्न नसके हामि मन बुझाउँला तर दुष्ट भारत संग कुनै समर्पण नगर्नु होला मेरो त यहि शुभकामना छ !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
68
6
यो सरकार त बिदेशीहरुले डिजाईन गरि दिएको हुनाले आरक्षित कोटा र योग्यता पनि अनौठी छ…! पुर्ब नोकरशाहहरुले एकलौटी रुपमा चलाएको राज्य पनि हेर्नु पर्नेभो …!लौ ई.यू, अमेरिका र इंडियाको संयुक्त सरकार पनि हेरौ न त….!!!
नेपाल का लागि नेपाली आफैले सरकार बनौन पाउने कहिले होला? पहिला पहिला त प्र.म., गृह मन्त्रि र जलस्रोत मन्त्रि मात्र हाम्रो छिमेकी ले छानेर राख्थ्यो भन्थे, अब त पुरै सरकार र त्यो सरकार मा जाने प्र.म. र मन्त्रि को योग्यता समेत….. !! लौ हामि ‘स्वाभिमानी र स्वतन्त्र रास्ट्र’ रे प्रचन्डले उनको हेटौडा दस्ताबेज मा लेखेका कुरा…बरु भारत पो ‘बिदेसी हस्थाक्षेप’ मा पर्या’छ रे…! लौ अब यहि पत्याउने कि केहि गर्ने?
मन परे हरियो नपरे रातो !
29
9
तीर्थमान शाक्य
राघवलाल वैद्य
रामेश्वर खनाल
डा. लोकराज बराल
कृष्णबहादुर मानन्धर
जनकराज जोशी
रुद्रकुमार श्रेष्ठ
सूर्यकिरण गुरुङ
राम्रा र सुद्ध र निस्पक्ष्य मन्त्रि बन्न लाएक व्यक्ति हरु हुन् भने बाँकि अलि भ्रस्ट छन्…
तर रामेश्वर खनाल बाबु राम को अर्थ सल्लाहकार भएकोले मन्त्रि नबनौन्दा हुन्छा………..भने Dr लोक राज बराल नेपाली कांग्रेस को व्यक्ति हुन……………
बाँकि सबै धेरै भ्रस्ट र नराम्रा व्यक्ति हरु हुन….
धन्यवाद
दामोदर
मन परे हरियो नपरे रातो !
41
10
अरु त थाहा छैन तर तीर्थमान शाक्य भने तपैले भनेजस्तो चै हैन, किनकी म उहालाई रामरी chinchu
मन परे हरियो नपरे रातो !
13
9
कांग्रेसी लग भाग हुदैनन् | भ्रस्ट नै नेपाली कांग्रेस को बिशेषता हो |
मन परे हरियो नपरे रातो !
20
18
सबै उही ड्याङ्गका मुला हुन्, कसैमाथि आरोप थोपरेर चोखो हुने ब्यर्थ प्रयत्न नगरे हुन्छ !
मन परे हरियो नपरे रातो !
4
1
यस्तो नाटक कहिले सम्म चल्ने हो कसैलाई पनि था छैन/ जेठ मा गर्ने भनेको चुनाब असार मा सरेको छ भने असार महिना त मनसुन को मौसम हो /पानी वर्षा यति धेरै पर्छ यस बेला मा देश को धेरै जसो भाग हरु मा बाढी पहिरो बाटोघाटो बन्द आदि ले गर्दा चुनाब गराउन सम्भब छैन त्यस पछि दशैँ तिहार को रमझम सुरु यसमा भदौ असोज कार्तिक चुनाब कसरि अनि मंगसिर न भई चुनाब को सम्भावना देखिदैउन / यसो सरसर्ती हेर्दा खी रा रे को चै प्रधान मन्त्रि हुन पाउने समय सिमा बढ्ने सम्भावना देखिएको ले उनलाई मुरी मुरी बधाई / रह्यो मन्त्रि मण्डल मा थपिने बिशिस्ट श्रेणी का भुतपुर्ब सरकारी कर्मचारी हरु को को राख्ने मे फेरी पनी यी ४ दल का सर्व श्रेष्ठ ग्वागे नेता हरु मा मल्ल युद्ध सुरु भई किचंगालो सुरु हुने सम्भावना धेरै छ भने अहिले फुच्चे पार्टी हरु जहाँ १२ दल को सहभागिता छ त्यसले यसको बिरोध गरि सकेका छन् / यसरि सरसर्ती हेर्दा यो पनी बा रा भट्टराई को काम चलाउ सरकार जसरि तन्केर यहाँ सम्म आयो यो पनी तनकन्न सक्छ / जय नेपाल
मन परे हरियो नपरे रातो !
8
2
हिजोबाट एसएलसी परीक्षा शुरु भयो | राजनीतिक दलका नेताहरुको नालायकीपन र असक्षमताको संधै खिसीटिउरी गर्नेहरुको परीक्षा पनि हिजोबाटै शुरु भयो | त्यो पनि कर्मचारीतन्त्रमा ‘क्रिम’ भनिएकाहरुको परीक्षा | एसएलसीमा फेल हुनेहरुले त अर्को वर्ष पनि मौका पाउँछन् तर उहाँहरुलाई त्यस्तो मौका हुने छैन | हेरौं यो परीक्षामा उहाँहरु कत्तिको खरो उत्रनु हुन्छ !
मन परे हरियो नपरे रातो !
11
1
नेपाल मा अचम्म हुन्छ . गाउँ नगर मा वर्तमान सचिव ले कम गरेको धेरै भयो अब केंन्द्र मा बहाल वाला सचिव लाई भुतपुर्ब ले काम लगाउने भए जय होस् नेपाल को…………………………..
मन परे हरियो नपरे रातो !
15
0
यही ब्युरोक्रेसीले त देशलार्इ नचाइरा हो भने पछि अब त चाबी नै तिनकै हातमा । देशको हविगत के होला त? जय होस भन्ने भन्दा केही बाँकी छैन ।
मन परे हरियो नपरे रातो !
17
1
जनता र देशको सेवा गर्छु भावना भएको नेपाली नागरिक जो मन्त्री बन्ने पनि हुन्छ । मेरो त आफ्नो फुर्सद छैन । मन्त्री बनाए पनि नेपालीहरुको साथ लिएर केही गर्छु भन्ने मसँग आट पनि छैन । जे होस म आफु भए पनि इमान्दार नागरिक भईदिन्छु । घुस नखाए,नातावाद कृपाबाद,जन्ताको सेवा छिटो छरितो र सरकारी कार्यालयहरुमा केही सेवा लिन गयो भने काखी कन्याएर आनाकानी गर्ने घुस्याहा कर्मचारी हुनु भएन ।
मन परे हरियो नपरे रातो !
19
0
K B Manandhar सर लाई मन्त्रि बनाए त राम्रै हुन्छ – बडा रमाइलो मान्छे हुनुहुन्छ साथै नेपालको अर्थ व्यव्स्थाको राम्रो ज्ञाता पनि।
मन परे हरियो नपरे रातो !
29
11
होत नि येति बिध्न बैंक खोल्न स्वीकृति दिएर कमाउनु कमाई सके K B Manandhar ले / अब भ्रस्टाचार पनि गर्दैनन र तेसमाथी रमाइलो मान्छे पनि हुनुहुँदो रहेछ/ त्येसैले मेरो पनि बिचारमा K B Manandhar पनि मन्त्रि हुनैपर्छ/
मन परे हरियो नपरे रातो !
21
8
कुनै प्रमाण सहित भन्नु भएको हो कि अन्दाजको भरमा हावामा तिर हो ? यदि उनले भ्रष्टाचार गरेर कमाएका रैछन् भने त मन्त्रि नभएकै बेस । तर प्रमाणित हुन पर्यो।
मन परे हरियो नपरे रातो !
2
0
अब के गर्ने “घोडा बेचेर गधा किनिएको छ”.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
42
2
मेरो हिसाबमा फेरि पनि यी पूर्व कर्मचारी हरु पनि यो गनाउने वातावरण मा गए भने फटाहा काँग्रेस र एमाले जस्तै दागी हुनु पर्ला है याद गर.
मन परे हरियो नपरे रातो !
29
20
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
39
95
यदी दलका नेताहरुले मन्त्रालय चाहियो भनेर र्र्याल ननिकाल्ने हो भने चुनाब त हैन अरु कुरामा भने प्रगति हुन् सक्छ/ निजामती सेवाका विशिष्ट श्रेणीमा रही अवकाश प्राप्त व्यक्तिहरूलाइ यो धेरै राम्रो समय छ छोटो समयमा राम्रो काम गरेर आफ्नो अस्तित्व जोगाई राख्नलाई/
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
68
1
राम्रो वैदेशिक समर्थन भएकोले मन्त्रीमा मधेशी, जनजाति समावेशी नभएता पनि मधेशी मोर्चा, जनजाति चुप लागेर बस्लान् जस्तो छ ।
मन परे हरियो नपरे रातो !
44
11