मेरो Tweet

  • हाम्रो अनलाइन संस्करण धधध।भचबवमजबलष्।अयm मा नियमित रूपमा समाचार सम्पे्रषण भइरहनेछ पो रे ! t.co/5MoZRGQq4P
  • RT @KC_Prasanna: Don't understand how banks can afford such negative publicity MT@salokya:नबिल बैँकले मेरो ५ सय रुपियाँ ठगेरै छाड्नेभो http…
  • RT @arpan_shrestha: @KC_Prasanna @AnilKesharyShah @salokya yup they treat you like dirt beginning with the security guard. They don't if yo…

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

कथा: चक्रव्युह

-प्रदिप सुबेदी-

मिसकल बज्यो उसको मोबाइलमा। उसले जागर नलागी नलागी खल्तिमा हात हालेर मोबाइल निकाल्यो। कान्छो भाइले मिसकल गरेको रहेछ फेरि के भयो यसलाई। रिप्लाई गर्ने मन त थियो, तर मोबाइलमा ब्यालेन्स नै थिएन चुपचाप मेट्रो स्टेसनको लिफ्ट चढ्न थाल्यो।

माथिबाट एक्जोडी मस्किदै झर्दै थिए उसले पिलिक्क आँखा लगायो। के गर्नु आफ्नो त भाग्य नै छैन यसरी बुढीसँग मस्किदै हिंड्ने। कहिले कहाँ पुग्नु परेको छ् कहिले कहाँ , लाग्छ कुनै जुनिमा गरेको पापको फल अहिले भोग्नु परेको छ। मैले यसरी बिदेस आएर काम नगरेको भए मेरो घरको चुलोमा आगो बल्ने थिएन न त भाइबहिनीले पढ्न पाउथे आखिर आफ्नो रहर अधुरै राखेर भए पनि परिवार लाई खुशी राखेकोमा गर्ब गर्छ उसले तर मनमा भने खै किन हो एक किसिमको सुस्वाट सुस्ताइरहेको थियो।

यती बेला ऊ लिफ्ट चढेर मेट्रो चढ्ने प्लेट्फर्ममा पुगिसकेको थियो। आज पब्लिक होलिडे दुबइको मेट्रो निकै भरिभराउ छ् सबै तछाड मछाड आफ्नो आफ्नो गन्तब्य तताइरहेका छन।कोहीकोही आफ्ना जोडीसँग मस्किदै हिंडेका छनकोही आफ्नो समुह लिएर गफ छाट्दै हिंडेका छन, उ भने यत्रो भिडमा पनी आफुलाई एक्लो महसुस गर्छ सबै भएर पनि उस्को लागिकोही छैनन या त ऊ कसैको आबस्यकतामा पर्दैन। मेट्रो आईपुग्छ सबै ठेलमेल भित्र पस्छन निस्कने निस्किन्छन। अती ब्यबस्थित छ् दुबइको मेट्रो, धेरै कुर्नु पनि पर्दैन हरेक ५ मिनिटमा ठ्याक्कै ओराल्ने र चढाउने गर्छमान्छेहरुलाई। वा यस्तो पो देस आखिर कुन जुनिमा होला मेरो देस यस्तो ? भाषाण गर्नेले त १० बर्षमा स्विजरल्याण्ड बनाउछौ भन्थे तर ६ बर्ष सम्मा ढुकुटी रित्याउदा पनि संबिधानसम्मा पनि लेखेनन अब त झन कुर्चिको खेलमा फस्दै छ् मेरो देस अनी यस्तो देसका म जस्ता नागरिकले बिदेसमा दु:ख नपाए कस्ले पाउछ त ? उस्को मनमा निरासमात्रै भरिन्छ आफ्नो प्यारो देस सम्झिदा। मनमा यस्तै कुरा हरु खेलिरहेका थिए ऊ झर्ने स्टेसन पनि आएछ।

ऊ सरासर एउटा दोकानमा पसेर रेचार्ज कार्ड किन्छ। अनि मिसकल हानेको भाइलाई कल गर्छ। उताबाट भाइले १२ क्लास पास गरेको खबर सुनाउँछ। उस्का हल्का चाउरिएका गालामा एक पल मुस्कान छरिन्छ। अनि फिस्स हाँस्दै भाइलाई बधाई दिन्छ तर भाइले उर्दी लगाएको बीए भर्नाको लागि फिको मागले एकैछिनमा झसँग हुन्छ। हैन बिदेसमा त पैसाको बोटै फल्छ भन्ठान्छन् कि के हो यिनीहरु- फोन राखेसी एक्लै थन्थनाउँछ ऊ। सम्झिन्छ जिन्दगीलाई फर्केर दुबइ छिरेको पनि ठ्याक्कै ८ बर्ष लागिसकेछ अझै नेपाल नगएको त अब अर्को महिनामा ५ बर्षा लाग्छ। सबैले दुबइको रामझममा भुलेर घर जादैना भन्छन तर कस्लाई के थाहा उस्को ब्यथा।

पाँच बर्ष अघिसम्म उस्मा जोस थियो जिन्दगी जित्ने रहर थियो सधैं साथी भाइ लाई भन्थ्यो शायद अब म धेरै बिदेस बस्दिन होला। उस्की प्रियासी शोभाले भनेकी थिइ- तिम्रो बाटो कुरेर बसेकी हुनेछु। सधैं हाम्रो जिन्दगीको मधुमासको लागि तिमी छिट्टै फर्केर आऊ प्रदिप। उस्लाई त्यतिबेला आँफैले बोकेको १० किलोको झोला पनि पृथ्वी जत्रो ठुलो र गर्हौ लाग्यो तर पनि गर्नु के, मानिसको सबै भन्दा ठुलो सत्रु भनेकै गरिबी रहेछ। पाइताला भरी काँडा बिझेको आभास भएथ्यो उस्लाई त्रिभुबन बिमान्स्थलमा बिमान चढ्दा अनी सिन्दुर हालेर सात फेरो घुमेर आफ्नी बनाएकी जिबन सङिनी सोभालाई हात हल्लाउदै बिदाइ गर्दा। आखिर के थाहा उस्लाई त्यो हल्लाएको हात नै अन्तिम थियो भनेर।
दुबइ आएसी एकदमै खल्लो महसुस गरेको थियो उसले। सधैं गर्ने काम पनि नयाँ लाग्थ्यो, सधैं हास्ने बोल्ने साथीहरु पनि नौला लाग्थेमात्रा ऊ हरपल सोभाको बारेमा सोचिरहन्थ्यो। सकेसम्मा दिनको एक्पटक त फोन गर्थ्यो तर सधैं पैसाले साथ नदिदा हप्तामा एक्फेरी त फोन गर्थ्यो अनी छिट्टै गाउमै फर्केर केही गरी सँगै बस्ने कुरा हरु गरिरहन्थ्यो सोभासँग ऊ। परिवारको जेष्ठ छोरा कर्तब्य अनी परिवारको भबिस्य पनि उसैको काँधमा थियो।

महिनै भरी खटिएर दु:ख गरेर काम गर्थ्यो अनी तलब आएसी भाग लगाउथ्यो। यसरी उस्का दिन बित्दै गए उता उस्की प्रियासी शोभा पनि सधैं उस्लाई मिस गरिरहन्थी। दुबै जना सधैं मिस कल हानेर कुरा भएको आनन्द लिन्थे आखिर पैसा नै रहेछ सबैथोक। बेला बेलामा सोभाले उस्लाई सुनाउथी पल्लाघरेमास्टरकी श्वासनिले कत्रो सुनको सिक्री लगाएर हामीलाई देखाउदै हिन्ड्छे। हेर्नु न त्योमाथिकी मन्जुले बिहे गरेको ८ महिनामै छोरो पाइछे आफ्नो त के हो के तपाईंलाई सधैं पैसाकै चिन्ता छ् घरपरिवार कै चिन्ता छ् आफ्नो बारेमा सोच्ने हैन ?? उसले मुसुक्क हासेर भन्थ्यो शोभा पर्ख न केही महिना अरु हाम्रा पनि दिन आउछन क्या !! मन भने अमिलो हुने गर्दथ्यो ति सबै कुरा सुनेर।

बाबुलाई क्यान्सर छ् औषधी गर्ने पैसा छैन, भाइहरुको कलेज् फि तिर्नु छ् फेरी आमालाई ब्लोड प्रेसरले सताएको छ् उता भर्खरै बिहे गरेकी श्रीमतीका रहर हरु खाली छन सोच्थ्यो मेरो जस्तो जिबन त कसैले पनि जिउन नपरोस। तै पनि आफ्नो कर्तब्यबाट बिचलित भएन ऊ। सधैं काम मेहनतले गर्दथ्यो अनी उस्को कामले कम्पनिमा तलब र पोजिसन पनि बढ्दै गएको थियो। सोच्थ्यो अझै राम्रो गर्नु छ् अनी पैसा कमाएर आफ्नो घर परिवार अनी शोभा लाई खुशी पार्नु छ्। दिनमा १८ घण्टा सम्मा काम गर्दथ्यो उसले। पसिना का धारा तरर निस्केर पाइताला सम्मा पुग्थे गर्मी का दिनमा तैपनी भोली आउने खुशी सम्झेर ऊ कुनै दिन काममा पछी हटेन गर्दै गयो। आजकल सोभाले पनि निकै गुनासो गर्न थालेकि थिइन ऊसँग तेरो आमाले यस्तो भनिन, तेरा भाइहरु यस्ता, मलाई यस्तो दु:ख दिने भए किन बिहे गरेको आदी इत्यादी तैपनी ऊ चुप्चाप काममै ब्यस्त रहने गर्थ्यो समय सँगै सबै कुरा ठीक हुनेछ भन्ने विश्वाश बोकेर आफ्नो कर्मा भुमिमा रात दिन पसिना बगाइरहेको थियो।

समय आफ्नै रफ्तारमा थियो भने ऊ आफ्नै परिस्थितिमा रुमल्लिरहेको थियो। भन्छन नि समय सँगै बहेको हावाले सिठ्ठी फुकेर ल्याउदैन बिपत। उस्को जिबनमा पनि एका एक यस्तो हुरी लाग्यो कि जस्ले बर्सौ सम्मा सङालेर राखेका सपना हरु उडाइदियो। एकाएक आगो लाग्यो उस्को रहरहरुमा अनी हेर्दा हेर्दै खरानी बने ति सारा उसले चाहेका खुशी हरु। शोभाले बाटो तताइछिनमाथिल्लो गाउँको दिनेससँग। थाहा भएन या त उसलेमाया दिन जानेन या त शोभाले चाहेको खुसी उस्को आँगनमा थिएन। ऊ बेहोस् भएको थियो त्यो दिन जुन दिन उस्को भाइले फोन गरेर भाउजु पोइला गएको जानकारी दिएको थियो। उस्लाई बाँच्न मन त पटक्कै लागेको थिएन त्यो दिन तर पनि मजबुरी नैमाहत्मा गान्धिको अर्को नाम भने जस्तै बिरामी बाबु आमाको अनुहार अनी ति चिचिला भाइ बहिनीको अनुहार सम्झेर आफ्नो मनमा उर्जा थपेर परान धानेको थियो उसले।

त्यसपछि ऊ नेपाल गएको छैन झन्डै पाँचै बर्ष पुग्नै लाग्यो। बिहान उठ्यो हतार हतार मेट्रो चढेर काममा पुग्यो फेरी राती ८ / १० बजेतिर लखतरान परेर फर्कियो यसरी नै उस्का दैनीकी चलिरहेको छ्। घरबाट आमाले हजार चोटि घर आउने बिन्ती गरिन तर पनि उसले सधैं छुट्टी मिलेन भनेर ढाटिदिन्छ। गाउँतिर त उतै दुबइमा बिहे गरेर बसेको छ् रे भन्ने सम्मको हल्ला पनि नचलेको हैन बेला बेलामा आमाले गुनासो सुनाउछिन उस्लाई। उस्को अरु सपना छैनमात्रा घरको रिन तिर्ने अनी भाइहरुलाई राम्रो बाटो देखाउने तर यो सपना उसले रातदिन खटेर काम गर्दा पनि सम्भब भाइरहेको थिएन। एक किसिमले जिबन देखी नै हारेको महसुस गर्थ्यो ऊ , न त खोजेको भेट्थ्यो न त सोचेको पुग्थ्यो उस्को जिन्दगी आँफैलाई बोझ लागेको ठान्दथ्यो ऊ।

उस्को मानसपटलमा बिगत घुमिरहन्छ धमिलो छाँया बनेर। पल्लघरे नबिनले कती राम्री श्वासनी बिहे गरेको छ् रे ,माथिल्लो गाउको भरतले पनि बिहे गरेर छोरो पाइसकेछ् तल साइला बा कि छोरी सिताले पनि बिहे गरेर उतै अमेरिका तिर गै रे बुढासँग यस्तै यस्तै खबरहरु सुन्दा उस्को मन झन भक्कानिएर आउछ। के गल्ती गरेको रहेछु र मैले आज पल पल पिडा हरु बोकेर बाँच्नु परिरहेछ् मलाई। फेसबुकमा साथीहरुले अप्लोड गरेका फोटा हरु हेर्दा पनि डाह लागेर आउछ। ति फोटाहरुले जिस्काइरहेको भान पनि हुन्छ। आखिर जिबन न हो भोग्नै पर्ने रहेछ जे जस्तो परेपनी म दुखी छु त के भो दुनियाँ सारा खुशी छ् म तिनै खुशी हरु हेरेर हाँस्न सिक्नु पर्छ प्रदिप आँफैले आफ्नो मनलाई सम्झाउछ।

टिविट टिविट फेरी उस्को मोबाइलमा मिस कल बज्छ। फोन त कस्ले गर्छन् र मलाई उही मिसैकल त हुन नि। यसपाली भने उसले मोबाइल निकाल्दैन। यतिबेला ऊ डेरा बिचको कीनारमा बसेर पानीको छाल हरु नियाल्छ। जसरी छाल्हरु संगै पानीका फोकाहरु तरंगिरहेका छन उसै गरी उसको दिमाखमा बिगत देखी बर्तामान तरंगीरहन्छ। उसको नजिकै एक हुल ठिट्टा हरु गफिएका छन कान तेतै पुराउछ उनिहरु आफ्ना गाउका, तरुनि तन्नेरिका गफ गरिरहेका हुन्छन। उस्का मनमा पनि रहर भरिन्छन यसरी साथीभाइसँग गफिने तर पनिकोही छैन यहाँ उस्को लाई वा ऊ कसैको हैन। अली पर एक जोडी चौरमा बसेर मस्किरहेका छन, बिस्तारै साँझले आफ्नो पाइला बढाइरहेको छ्। या जाडो पो बढ्न थालेछ् यार आँफैलाई भन्छ। जुरुक्क उठेर चिया खानु परो भन्दै पसल तिर लाग्छ।
मोबाइलमा फेरी घन्टी बज्छ यसपाली भने कलै रहेछ। झिकेर हेर्छ आफ्नो रुम मेटको रहेछ। हैन ! प्रदिप तिमी कता हराएको यार म आइसके एक बोटल पनि ल्याको छु बरु तिमीले आउँदा चिकेन फ्राइ लिएर आउ है अब चिरिप्प पार्नुपर्छ। उसले हुन्छ भनेरमात्रै फोन राखिदियो। प्लस्टिकको कपमा आधामात्रै पिएको चिया छोडेर ऊ निस्कियो त्यहाबाट। हाबा सिर्र सिर्र लागेको थियो सडकमा गाडीहरु तेज कुदिरहेका रहेका थिए। साँझ झिसमिस हुँदैथियो गगन्चुम्बी महलहरु बिजुलिका झिल्का बिभिन्न रंगमा छाडेर मस्किदै थिए। ऊ बर्जुमान स्टेसनमा उत्रियो अनी लर लर पाइलाहरु लम्काइरहयो सधैं झै उही गतिमा। मनमा मेट्रोको गती भन्दा पनि छिटो कुरा खेलिरहेका थिए। ऊ पर बर्जुमान टावरबाट आएको झिल्मिल प्रकाशले उस्लाई जिस्काइरहेको थियो ए परदेसी !! ए परदेसी कहाँ जादैछौ …………. ??

11 comments to कथा: चक्रव्युह

  • raj kunwar LONDON

    कथा मा तेस्तो कुनै फरक पना छैन , बिदेसमा जाने हरुको पिंडा , नेपालको घर परिवार , श्रीमती , इस्ट मित्र नाता -पाता को अकंक्ष्या , सबै कथाकारले यौटै भाषा मा लेखनी गरेको हुन्छन सो कुनै नयापन छैन ……………………

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 8

  • Gita

    हन यी माइसंसार मा प्रकाशित हुने यी कथाहरु मा किन स्वास्नीमान्छे हरु आफ्नो लोग्ने बिदेशमा भयको बेलामा अर्कै संग बिहे गरेर भागि रे भन्ने कुरा मात्र उल्लेख गरियको हुन्छ ? कमाउने निहुमा विदेश गयर त्यहिको केटि सङ बिहे नै नगरी बसिरहेका वा बिहे गरिवरी नेपालमा आफ्नो स्वास्नी लाइ छाडेका लोग्नेमान्छे हरुको बारेमा चाही किन उल्लेख गरिदैन?
    कि यहाँ लेख्नुहुने कुनै पनि लेखक महानुभावहरु लाइ त्यता तिर औल्यायर कुनै कथै लेख्न आउदैन?

    जे पनि जता पनि पुरुष प्रधानता ?

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 8

    • yam pun

      गीता जी! म पुरुष भए पनि तपाइको गुनासोसंग म पनि सहमत छु! माइ संसारको अब आउने कुनै अंकमा कुनै कथाकारले आफ्नो जन्म दिने आमालाई सम्झेर “हरेक पुरुषको सफलताको पछाडी कुनै न कुनै स्वास्नीमान्छेको हात हुन्छ” भन्ने मान्यतालाई मूल बिषय बनाइ कथा लेख्नेछ भनि आशा गरौ, हुन्न र ???

      मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 2

  • Laxman

    अब नेपाली हरु ले कथा लेख्ने बिषय सकिए जस्तो छ. ४० बर्ष अघि ” बसाई” पढेको थिएँ,
    आज पनि तेसै को पारा को कथा बाहेक केहि छैन. तेही साहु, ऋण,पोइल,विदेश, माथ्लाघर इत्यादी.

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 11

    • Ramu Kaka

      तेसो हैन मित्र . बरु नेपाली अनि नेपाली समाज को दुख र पिडा हामीले थाहा पाए देखि नै उस्तै छ, चालीसौ वर्ष देखि उस्तै छ / देश मा जे जस्तो राजनीति र राजनीति गर्ने हरुको जीबनस्तर मा परिबर्तन आए पनि , जनता को लागि अझै पनि केहि परिबर्तन आएको छैन अनि दुख मा कमि आएको छैन भनेर बुझिदिनु होला ………..
      नेपाली हरु ले कथा लेख्ने बिषय सकिएको हैन, नेपाल को मुख्य बिषय नै येही हो……….

      मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • Bishnu Adhikari

    कथा भन्दा पनि आत्मकथा हो कि जस्तो लग्यो. जे होस् प्रदिप जी यो तपाइको मात्र कथा होइन कि सम्पूर्ण बिदेसिएका नेपाली हरु केहि युरोप र अमेरिका का बाहेक को कथा हो . बिदेसिनु कसैको रहर होइन बाध्यता हो यदि आफ्नो देशको परिस्थिति सहज हुन्थियो भने सायद कोहि पनि अपबाद बाहेक बिदेसिने थिएन होला तर ………. / जे होस् जसरि भय पनि आफ्नो जीवन रुपी रथलाई अगाडी बढाउने एस्त कुरा हरु आइ परि रहन्छन तेसको सामना गर्दै जानु पर्ने हुञ्छ/ एस कथामा तपाइले भर्खर बिहे गरेकी सोभा जो संग मधुमास पनि न मनाउदै बिदेसिनु भयो उनि दिनेश संग पोइल गईन ले तपाइलाई मर्माहित बनआयो तेसमा सायद उसको पनि बाध्यता थियो होला सो कुरा तपाइले बुझ्ने कोसिस गर्नु पर्न्र्थियो . जे होस् अब बिगतका भुल लाई सुधार्दै नया जीवनको सुरुवात गर्ने कोशिस गर्नुहोस तपाइको पनि उमेर कहाँ ढल्केको छ र ///// शुभकामना

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 0

  • shiwa sharma

    कथा निक्कै मार्मिक र यथार्थपरक लाग्यो !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

  • वहा प्रदीप जी , सुन्दर कथा को अनुपम उदाहरण ,,,,,,, भन्छन साहित्य समाज को ऐना हो कति राम्रो प्रस्तुतीकरण ,,,,, कलम येसरी नै चलिरहोस …… कथा मर्मस्पर्सी
    लाग्यो …….

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 0

  • Bikram

    कथा एक दम सान्दर्भिक अनि मर्म स्पर्शी पनि लाग्यो, समय सापेक्षिक पनि छ, आफ्नो घर परिवार लाई खुसि दिन को लागि बिदेशिएका लाखौ युवा को कथा समेटिएको छ यो कथा मा, लेखन शैली र प्रस्तुति पनि राम्रो लाग्यो, विदेश मा पल -पल मरेको मान्छे आफ्नो परिवार को खुसि मा फेरी एक चोटी जिएको हुन्छ , त्यो कुरा परिवार ले सोच्दैन, के कसरि जिएको छ भन्दा पनि कहिले पैसा पठाउने भन्ने खबर ले महत्व राख्छ घर परिवार मा, थुक्क जिन्दगि !!!!!!!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 1

  • Bishnu pd subedi- SAUDI ARAB

    हो यो कुरा सहि हो र यो हाम्रो बिदेशी को पिर हो………..म पनि बिगत ५ वर्षा देखि यो साउदी अरब को गर्मि खाएर बसेको छु, र सोच्छु कसरि संधै को लागि यहाँ बाट जाउँ / नेपाल मा ठान्चन पैसा को बोट छ, तर मलाई थाहा छ पैसा कमाउन कति गारो छ भनेर. देश फर्किउ त देश मै बिजोग छ, नजाऊ त प्रिय को करकर र छोरा को गुनासो संधै सुन्नु पर्छ, उफ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़्फ़ खै कसरि जिउने होला बाकी जिन्दगि.
    ज होस् प्रदिप जी को कथा लेखन सैली राम्रो छ, जारी राख्नु होला /

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 1

  • Keshav

    अति राम्रो छ. दिलै छुने गरि लेखेको भए पनि कथा समाप्त भए जस्तो लागेन .
    येस्ता परिस्थिति बाट धेरै मान्छे हरु गुज्रेका होलान जस्तो लाग्छ ..लेखको लागि धन्येबाद

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 2

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker