मेरो Tweet

  • आइन्दा #NabilBank को sms banking प्रयोग गर्दिनँ। सुविधा हैन झण्झट। अघि NT को रिचार्ज पिन किन्दा पिन नं गलत पठाइदिएर हेर्नुन। अब भोलि झण्झट
  • @SujanPoudel PIN मात्रै छ यसमा त सिरियल नम्बर छैन।
  • RT @SujanPoudel: @salokya होर त्यस्तो त नहुनु पर्ने । जुन सुकै सेवाबाट लिईएको भए पनि सिरियल नम्बर हुनु जरुरी हुन्छ । बैक सँगै कुरा गर्नु पर…

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

एसएलसीमा नेपाली प्रश्नपत्रको हालत हेर्नुस् त

-रामप्रसाद सुवेदी-
यो पश्चिमाञ्चल विकास क्षेत्रमा २०६९ मा सोधिएको नेपाली विषयको एसएलसी प्रश्नपत्र हो। राष्ट्रको धनको जाफत (साथीभाइहरू मिलेर गरिने ठूलो
भोज) उडाएर विशेषज्ञद्वारा तयार पारिएको प्रश्नपत्रको हालत हेरौँ न-
q1


q2
नं २-दुई ओटा श्रुतिसमभिन्नार्थी (व्यवस्था छैन)
नं ३-भूपरिवेष्टित (भूपरिवेष्ठित हुनुपर्ने)
नं ४ ख(अ)-शुद्ध शब्द छैन (आकाङ्क्षा हुनुपर्ने)
नं ५-नामयोगी वा कृया हुनुपर्ने (नाम पो दुईओटा)
नं ८-तपाइँ (सर्वनामको अन्तिम इकार दीर्घ हुन्छ भन्ने थाहा थिएन?)
नं ९-देशको आदिवासी (एउटा आदिबासी? सो का लागि (षष्ठी विभक्ति छुट्टिन्छ?)
नागरिहरूको (नागरि भनेको के हो?)
स्वस्थ्य (स्वस्थ्य भनेको के हो?)
पञ्च महाभूत (समस्त शब्द किन छुट्टियो? उसो भए सृष्टिविज्ञान किन जोडियो त ?) हो । त्यसैले (पूर्ण विराम पछि किन संयोजक ? नं ५मा किन छैन त ?)
नं ११ (क )-सफल बुबाआमाको ( बुबाआमा सफल ?)
एक्लो छोरा (वचनसङ्गति थाहा छ ?)
सफलतालाई पढाउन (सफलतालाई पढाउने ?)
सफल साथीको लहैलहैमा (पदक्रम थाहा छ ? यहाँ ‘सफल’ विशेषण भएन ?)
आकांक्षा (पञ्चम वर्णको नियम थाहा छ ? थाहा भएको भए ४ख (अ)मा नै हुन्थ्यो नि!)
सफल घरमा ( ए, घर पो सफल ?) भुल कि भूल ?
नं ११(ख )-पिता:- वीरशमशेरका जेठा छोरा (आफ्ना पिता आफैँ ?) हिलोमा (तिर्यक् कारक थाहा छैन ?)
भने झै (नामयोगी छुट्टै ? झै कि झैँ ?)
हिलोमा सजाउँछ (कसले ?)
सिर्जनशीलका रूपमा उदाउनु (सिर्जनशील केका रूपमा ?)
नं १३- खण्डन कि खन्डन ?

29 comments to एसएलसीमा नेपाली प्रश्नपत्रको हालत हेर्नुस् त

  • Manoj Karki

    ‘सफल’का सन्दर्भमा व्याकरणमा त्रुटि मात्र होइन, कमजोरी शब्द छनौटमा (Dictum error ) नि देखिन्छ | जस्तो- ‘सफल बुबाआमाको एक्लो छोरा’ मा नामको सट्टा विशेषण र ‘छोरो’ हुनु पर्ने ठाउँमा ‘छोरा’ देखिन्छ | रामप्रसाद जीले भने झैं बरु ‘सफल उसका बुबाआमाको एक्लो छोरो’ भन्दा शुद्द हुने थियो | तर, यसो गर्दा पनि भद्दापन भने रहन्छ |जस्तो कि ‘खानेकुरा दाँतले राम्ररी चपाएर खानु पर्छ’ मा दाँतले भन्नु आबश्यक छैन | यसो गर्दा भाषा भद्दा (Tautological ) हुन जान्छ , हैन र ?

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 1

  • Aakar Bhushan Nepali

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 12 Thumb down 50

  • bipinjee

    जस्तो प्रश्न तेस्तै उत्तर दिन पाइने कि नपाइने?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 56 Thumb down 2

  • पुष्प

    गल्तीहरू धेरै छन् । तर कोठे भाषाविद्हरू बिगारेको नेपाली भाषामा मलजलमात्र होइन, भताभुंगसमेत गर्ने काम हाम्रा सञ्चारमाध्यमहरूले गरिरहेका छन् । रामप्रसादजी यी दुवैको शिकार हुनुभएछ भन्ने लाग्छ ।

    जस्तै ‘खण्डन’ । ‘ट’देखि ‘ण’सम्ममा अनुश्वर (?) अाए (अाधा) ‘ण’को प्रयोग हुनुपर्छ भन्ने नियमलाई ‘समयसापेक्ष’ बनाउने भन्दै अाधा ‘न’को प्रयोग गर्ने भनियो । शायद नियमै पो बनाएछन् क्यारे । तर यसमा विमति राखेर कसैले ‘ण’ कसैले ‘न’को प्रयोग गरिरहेका छन् ।

    त्यस्तै ‘अाकांक्षा’ । ‘अाकाङ्क्षा’ सही हो, तर ‘सुधारवादी’हरूले थोप्लो पनि चल्ने बनाएका भन्ने कुरा रामप्रसादजीले चाल पाउनुभएनछ क्यार ।

    जहाँसम्म ‘सफल’को कुरा छ, यसलाई नामको रूपमा प्रयोग गरिएकोले विश्लेषण भनेर बुझ्नु बुझ्पचाएर विरोध गर्नुमात्र हो जस्तो लाग्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 39 Thumb down 9

    • रामप्रसाद सुवेदी,म्याग्दी ।

      हाटबजारका विशेषज्ञले गाईजात्रा देखाएर हिंडेपछि कोठे विशेषज्ञले भएपनि आमामाथि धावा बोलेको कहाँ हेर्न सकिन्छ र? ‘सफल’ विशेषण प्रयोग हुने ठाउँमा राखेको छ । पठ्यपुस्तकमा एउटा व्यवस्था गर्ने अनि अहिले ‘चलाएका छन्’ भन्ने? बुझेर हुने, काम चले हुने हो भने औपचारिक, मानक भनी किन फलाक्ने? औपचारिक भनेको के हो? कार्यालय,विद्द्यालयहरूमा पोसाक त औपचारिक हुन्छ भने काम चलाउ भाषा मानक मान्ने? के सिकाउनुहुन्छ तपाईंहरूले?
      सुधारवादी? कुन सुधारवादी?

      कमेन्टको भाषामै सात आठ वटा घाउ पारेर भएपनि प्रतिकृया दिएर सहयोग गर्नुभएकामा पुष्पजीलाई साधुवाद !!

      मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 6

      • पुष्प

        ‘हाटबजारका विशेषज्ञ’ भनेर सही भन्नु मलाई; आफ्नो स्तर नै त्यही हो भन्ने मलाई लाग्छ ।

        मानक भाषा बनाउने नाउँमा भाषामाथि कोठेविद्हरूले अनेक नियमहरू थोपरेर नेपाली भाषालाई जुनरूप दिन खोजिरहेका छन्, त्यसको म विरोधी हुँ । त्यसैले तपाईंको ‘खन्डन’मा मेरो खण्डन अाएको हो ।

        विशेषणको कुरामा एउटा लाटो तर्क राखेको हुँ । ‘… राम्ररी भात खायो’ भने जस्तै ‘रामले भात खायो’ गलत हो ?

        प्रतिक्रिया लेख्ने ठाउँमा ‘कमेण्ट’ (‘कमेन्ट’ मलाई मन पर्दैन) लेख्नेले अरूको प्रतिक्रियामा भएको त्रुटि केलाउनुपहिले आफ्नो ‘कमेन्ट’ पोष्ट गर्नुपहिले एकचोटि पढेको भए धोती त फुस्किने थिएन नि । यहाँलाई जानकारीका लागि भनिदिउँ कि माथिको प्रतिक्रिया मैले मोबाइल फोनमा टङ्कन गरेर ‘पोष्ट’ गरेकोले अशुद्धि भएको हो । मोबाइलमा नेपाली टङ्कन अलि असजिलो छ भन्ने कुरा त यहाँलाई ज्ञात नै हुनुपर्छ ।

        मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 7

      • Aakar Bhushan Nepali

        रामप्रसादजी तपाई झन् बढी बहकिनु भयो | सम्पूर्ण बहसको मूल कुरा कि त् बुझ्नु भएन कि त बुझ्न चाहनु भएन | तपाईको ऒउपचरिकता जनसाधारणको बिषय बस्तु भयन भने त्यो ऒउपचरिकताको के काम ? बहुसंख्यकको आफ्नो नहुने कुरालाई उनीहरुले किन बोकेर हिड्ने पर्ने बाध्यताको सृह्जना गर्ने ? भाषा भन्ने कुरा जसरि बुझिन्छ त्यसरी बोलेने हो | “बुझेर हुने” “काम चले हुने ” तिर लाग्ने हो | जे कुरा आफ्नो जस्तो लाग्छ त्यसलाई लिने हो | जसरि बोल्दा राम्रो संग बुझिन्छ त्यसै लाई व्यवस्था गर्ने हो “चलाएका छन्” बनाउने हो | हाम्रो एउटा कमेन्टमा आठ वोटा घाउ देखेर हाम्रो कुरा नबुझ्नु भएको होकी ? तर जवाब त दिनु भयो नि ! भने पछि पक्कै बुझ्नु हुन्छ | अनि के त ? रामप्रसाद गुरु (नेपालीको teacher लाई गुरु भन्ने गरिन्थ्यो क्या हाम्रा पालामा) ब्याकरणले आठ ठाउँमा क्षत बिक्ष्यत बनाएर पांच जनाले बुझ्ने भाषा भन्दा “बुझेर हुने” “काम चले हुने” पन्चानब्बे जनाले बुझ्ने भाषा मलाई आपनो लाग्छ

        मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 13

  • Suraj Ale.

    इन्डियन इंग्लिश बोर्डिंग स्कुलबाट SLC पास गर्नुभाको होइछ कि क्या हो ??

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 3

  • kusum

    अति उत्तम कुरो उठाउनु भो राम सरले. कति लाज मर्नु कुरा ….हरि बिजोग पारेछन् दुष्टहरुको जमातले…

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 4

  • Krishna Kadariya

    Hello Sharkar, Hello SLC Board, hello question making group and hello any body related to about this? Do you have any word about this? If you have, please inform it. Thanks, (Sorry, I couldn’t type in Nepali)

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 8

  • Bijaya

    हामी बिदेशमा बस्ने नेपाली आफ्ना केटाकेटीले राम्रो नेपाली लेख्न र बोल्न नसकेकोमा दिक्क हुन्छौं र नेपाली भाषा र संस्कृतिको कसरि जगेर्ना गर्ने हो भनेर चिन्तित हुन्छौं| नेपालभित्रै त्यो पनि एउटा जिम्मेवार सरकारी निकायको यस्तो लापरबाही देख्दा दिक्क लाग्छ|

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 4

  • CHIRAN

    आधा जसो गल्तीहरु त मलाई नै थाहा छैन कुन शुद्ध हो कुन अशुद्ध |

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 1

  • chandra gc

    यो पक्कै पनि तिन पानेको खेल हुनु पर्छ ………!

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 3

  • manish

    सफल त छोरा को नाम भए जस्तो लग्यो मलाई, हैन र!

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 5

  • sandhya

    भाषागत ज्ञान पूर्ण नभएको झुण्डहरुले बनाएको प्रश्नपत्र कस्तो हुनु र / हुन त नेपाली बिषय नै यति गाह्रो छ कि पूर्ण ज्ञान प्राप्त गर्न कठिन छ तै पनि गुरुहरुको अज्ञानता हो यो

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 1

  • रामप्रसाद सुवेदी,म्याग्दी ।

    मेरो टिप्पणी फोटोसहित प्रकाशन गरिदिनुभएकामा माइसंसार परिवारलाई धन्यवाद ।

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 3

  • bibek sharma

    अझ २,४ बर्ष कुर्नु पर्छ इन्टरनेटको जमानाले मोवाइलफोन र अन्य साधनमा प्रयोग हुने भाषा र लेखाइले सुद्ध लेख्ने प्रवृति नया पुस्तामा पूर्णरुपले मासिने छ / तेहानेर पुग्दा बिज्ञान को बिकाश बरदान नभयर अभिशाप हुने छ /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 49 Thumb down 6

  • Daya

    हाम्रो समाजमा जसको राम्रो पढाई छ, ऊ विज्ञान तर्फ लाग्ने, त्यो नभए कमर्स, त्यो पनि नभए मानविकी वा शिक्षा तर्फ लाग्ने चलन छ/ सके अंग्रेजी त्यो पनि नसके अन्त्यमा नेपाली/ थोरै मात्र लगनशील मान्छेहरु नेपाली पढ्ने, अनि प्रश्नपत्र यस्तो नहोस त?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 52 Thumb down 1

  • yam pun

    आज भोलि शुद्ध नेपाली बोल्ने मान्छेलाई त “पाखे” “कोदे” भन्ने चलन आइसक्यो! फरर अंग्रेजी बोल्न नसके पनि वाक्यको बीच बिचमा टुटे फुटेको अंग्रेजी शब्द घुसाई दिने हो भने “वाह! मान्छे त शिक्षित नै रहेछ” भनेर सम्मानको पगरी गुथाईदिने नेपाली समाजमा परम्परा नै बनिसक्यो!
    नेपाली भाषाका विशेषज्ञद्वारा नेपाली बिषयको प्रश्नपत्रमा भएको कमि कमजोरी चाहि लापारबाहिको अन्तिम बिन्दु नै हो! “हग्नेलाई भन्दा देख्नेलाई लाज” भनेको यहि हो!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 126 Thumb down 2

  • rabin

    भोलि-पर्सिको पनि प्रश्न-पत्रहरु राख्नु न, अलि-अलि प्रिन्ट खराब भएपनि !! तपाईंको नाममा गणेश भगवानलाई लड्डू चढाई दिनेछु !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 47 Thumb down 9

  • Pritam

    अघिल्लो कमेन्टमा मैले भनेको तापको ठाँउमा “टाप” भएको पूर्बाञ्चलको प्रश्नपत्रमा हो

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 1

  • Pritam

    अर्को कुरा तापको ठाँउमा टाप छ ,जोडा मिलाउने ठाँउमा।

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 2

  • P.R Baral

    कुन दस कक्छ्यामा तिन पटक फेल भाको ब्येक्तिले बनाको प्रस्नपत्र हो ?

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 6

    • prakash

      यहाँ नकारात्मक कमेन्ट गर्नेहरुले पहिला आफैले शुद्ध नेपाली भाषाको ज्ञान लिएर कमेन्ट गर्नुभएमा धेरै राम्रो हुने थियो कि ?

      मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 9

      • Vijay

        माफ गर्नुहोला तर हामीले कापीमा लेखे जस्तो हुँदैन युनिकोडमा ! रोमन अंग्रेजीमा लेखेर नेपाली बनाउनु पर्ने हुँदा गल्ति त भैहाल्छ नि !!!

        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • Shiris

    हदै सम्मको लापरबाही!

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 2

  • Rupak

    हाम्रो नेपाल मा येस्तै हो, सर ले प्रस्नपत्र त दिनु भयो तर त्यो पनि प्रस्नै प्रस्न गर्न मिल्ने, सर लाई नै.

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 1

  • नेपाली विषयको प्रश्न नेपालमा नै यस्तो भएपछि त जाँच लिनेलाई नै लाज लाग्न पर्ने हो।

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 2

  • हेर्दै लाज मर्दो !
    प्रश्न बनाउने यस्ता भए पछि ..उत्तर दिने कस्ता होलान !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 42 Thumb down 1

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker