मेरो Tweet

  • RT @RajeshGurung2: गोलढुंगा र धर्मस्थलीको सीमाबाट मलखाल्डोमा लुकाइराखेको एसएलआर, थ्री नट थ्री, म्यागनम, इफल आदिमा प्रयोग हुने ३ सय २ राउण्ड…
  • Wow~ Flickr ले त क्रान्ति नै गर्‍यो नि 1 TB स्पेस फ्रि दिएर। अब फूल रेजोल्युसनको फोटो ढुक्कैसँग अपलोड गरिन्छ t.co/w0hYADkpOb
  • @KC_Prasanna @arpan_shrestha ..and just now, i got new PIN from Butwal. Its a long story, will write blog on it. Thanks for your help.

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

फिक्सन नचल्या बेला लाहुरेको डकुमेन्ट्रीले लगाउला त केही लछारपाटो ?

Gurkha देश जस्तै अहिले नेपालमा फिल्म उद्योग पनि संक्रमण कालमा छ। फिल्मकर्मी र दर्शकबीच ठूलो खाडल छ। दर्शकले कस्तो फिल्म रुचाउँछ, कसैलाई थाहा छैन। जस्तो फिल्म बने पनि चल्न सकेको छैन। पछिल्लो पटक लुट र चपली हाइट निकै चल्यो। यस्तो पो रहेछ दर्शकले रुचाउने फिल्म भन्दै भटाभट उस्तै शैलिमा फिल्म बने, कुनै पनि चलेनन्। अनेक थरिका प्रयोग भए। आक्रामक प्रचार शैलि (हाइवे), राम्रो प्रोमो/प्रचार (छड्के), फेस्टिभलको रेडकार्पेटमा फरक खालको लञ्च (सुनगाभा)- अहँ, चलेनन्। केही फिल्मकर्मी दर्शकले आफ्नो फिल्म नबुझेको भन्न थाले। तर वास्तवमा नेपाली फिल्मका दर्शक बुद्धिमान मात्रै छैनन्, कठोर पनि छन्। अरुचिकर फिल्मलाई भैगो नि त, नेपाली हो  भन्दैनन्, उछित्तो काढ्छन्। यस्तै अन्यौलको स्थितिमा एउटा अर्को प्रयोग अहिले भइरहेको छ- डकुमेन्ट्री फिल्म हलमा लगाए। डकुमेन्ट्रीका लागि कहलिएका निर्देशक केसाङ छेतेनको निर्देशनमा बनेको हु विल बि अ गोर्खा (को बन्छ लाहुरे) अहिले काठमाडौँमा मल्टिप्लेक्सहरु र देशका विभिन्न हलहरुमा शुक्रबारदेखि चलिरहेको छ। केही गर्न सक्ला त यसले नेपाली फिल्मको बजारमा ?

प्रयोग हो, अहिले भन्न सकिन्न। युरोप र अमेरिकामा त डकुमेन्ट्री फिल्मका लागि अलग्गै हलहरुसमेत हुने गर्छन्। हाम्रोमा अहिलेसम्म फेस्टिभलमा सीमित दर्शकहरुका अगाडि र उस्तै परे च्यारिटी शो भन्दै एक दुई शो देखाउने बाहेक व्यावसायिक हिसाबले डकुमेन्ट्री प्रदर्शन हुने गरेका छैनन्। खासमा फिल्म तीन किसिमका हुन्छन्- फिक्सन, डकुमेन्ट्री अनि एनिमेसन। हाम्रोमा मात्रै हैन, दक्षिण एसियामा नै फिक्सन फिल्म बढी चल्ने गर्छ। छिमेकी देश भारतमा समेत डकुमेन्ट्रीहरुको यस्तो व्यावसायिक प्रदर्शन हुने गर्दैन। हु विल बि अ गोर्खाका प्रस्तुतकर्ता गोंगजु फिल्मस्‌का तथा फिल्मविज्ञका रुपमा चिनिने राजेश गोंगजु मूलधारका सिनेमा लाग्ने हलहरुमा व्यावसायिक हिसाबले राष्ट्रिय स्तरमा मास रिलिज भएको नेपालमा मात्र हैन, दक्षिण एसियाकै पहिलो हुनसक्ने बताउँछन्। क्युएफएक्सको कुमारी, सिभिल मल अनि एफक्युबको गरी तीन वटा मल्टिप्लेक्समा बाहेक पोखरा, दमौली, बुटवल, विर्तामोड, हेटौडा र नारायणगढमा मूलधारे फिक्सन फिल्म लाग्ने नै हलमा उति नै रकमको टिकट पर्ने गरी यो प्रदर्शन भइरहेको छ। दोस्रो चरणमा अरु ठाउँमा पनि प्रदर्शनमा लैजाने उनीहरुको तयारी छ।

बलिउडको काइपोचे, जोली एलएलबी र हलिउडको अ गुड डे टु डाइ हार्ड अनि जेरो डार्क थर्टीसँग प्रतिस्पर्धा गर्दै डकुमेन्ट्री भिडिरहेको यो क्षण अनौठो मात्रै छैन, यसको परिणामले नेपाली फिल्म बजारको अनुमान सहज बनाउनेछ। तर डकुमेन्ट्रीका दर्शक अलि फरक खालका हुन्छन्। अलि सिरियस खालका, विषयवस्तुलाई सतही हैन गम्भीर ढंगले बुझ्न रुचाउने। पश्चिममा त प्रशस्त छन् त्यस्ता दर्शक। त्यसैले माइकल मूरले बनाएका डकुमेन्ट्रीहरुले करोडौँ डलर कमाउँछन्। नेपालमा चाहिँ कस्तो रहेछ त यस्ता फिल्मको बजार ? यसले देखाउनेछ।

कस्तो डकुमेन्ट्री हो हु विल बि अ गोर्खा ?
यसअघि क्युएफएक्सले नेपालका हिमाली भेगमा यार्सागुम्बा संकलनबारे एरिक भ्यालीले बनाएको हिमालयन गोल्ड रस हलमा लगाएको थियो। खासै चलेन। त्यो डकुमेन्ट्रीभन्दा यसको विषयवस्तु र शैलि फरक छ। केही अघि भएको माउन्टेन फिल्म फेस्टिभलमा मैले यी दुवै डकुमेन्ट्री हेर्ने मौका पाएको थिएँ। हु विल बि अ गोर्खालाई फेस्टिभलका दर्शक रमाएका देखिन्थे।

खासमा यो ब्रिटिस गोर्खा लाहुरे बन्न के कस्तो प्रक्रियाबाट अघि बढ्छन् भन्ने बारे जानकारी दिने डकुमेन्ट्री हो। ब्रिटिस गोर्खा सैनिक छान्न बेलायती सैनिकहरुको टोली नेपालमा आएर क्याम्पमा बसेर क्षेत्रीय रुपमा छानिएर आएकाहरुमध्येबाट केन्द्रीय रुपमा छनौट गरी केही सयलाई मात्र लिएर जान्छन्। क्याम्पभित्र के कस्ता गतिविधि हुन्छन् भन्नेबारे अहिलेसम्म हामीलाई थाहा थिएन, त्यो थाहा पाउनका लागि पनि यो डकुमेन्ट्री उपयोगी हुन्छ। फिल्ममा निर्देशकले आफ्नो उपस्थिति देखाउन अब्जरभेसनल विधि उपयोग गरेका छन्। ७८ मिनेटको फिल्ममा कहीँ कतै पनि अन्तर्वार्ता वा न्यारेसन प्रयोग गरिएको छैन। पात्रहरुको संवाद र व्यवहारबाटै त्यहाँभित्रका गतिविधि बुझाउने विधि प्रयोग गरिएको छ। यसका लागि चार महिनाको अवधिमा १८ दिन क्याम्पभित्रै बसेर उनीहरुसँगै बसेर, घुलमिल भएर भिडियो खिचिएको गोंगजु बताउँछन्।

अर्को देशका लागि ज्यान जोखिममा राखेर लड्न तयार किन हुन्छन् त नेपाली युवा ? तिमीसँग बेच्नका लागि के खास कुरा छ त भन्ने प्रश्न सोधिन्छ छातीमा नम्बर लेखिएका भुस्तिघ्रेहरुलाई। कस्तो परिवेशबाट ती युवाहरु आएका हुन्छन् ? उनीहरुको सपना के हुन्छ ? केकस्ता कठिन छनौट परीक्षाहरुबाट उनीहरु गुज्रन्छन् ? कस्ता उम्मेदवार सफल हुन्छन् र कस्ता असफल ? लाहुरे बन्न आएका ती उम्मेदवारहरुसँगै दर्शक कहिले हाँसोठट्टामा रमाउँछन्, कहिले नेपाली सेना र ब्रिटिस सेनामा उस्तै उस्तै पैसा भएको भए तिमी जान्थ्यौ त भन्ने गोरा अफिसरहरुको प्रश्नको जवाफमा डुब्छन्। डकुमेन्ट्री भए पनि एउटा रमाइलो प्याकेज यसमा छ।

हेर्नुस् ट्रेलर-

‘प्रोपागन्डाका लागि बनाइएको डकुमेन्ट्री!’
पछिल्लो समयमा ब्रिटिस लाहुरे बन्नका लागि पैसाको चलखेल हुने आरोप लागे। त्यसलाई खण्डन गर्न यो डकुमेन्ट्रीको उपयोग गरिएको हो। नत्र अहिलेसम्म कसैलाई पहुँच नदिने क्याम्पभित्रका गतिविधि किन खिच्न दिइन्छ ? फेरि यो पूरै डकुमेन्ट्री हेर्दा कतै पनि यसको नकारात्मक पक्ष देखाइएको छैन। अहो, यसरी लाहुरे बन्नु त निकै इज्जतिलो र प्रतिष्ठित काम रहेछ भन्ने सन्देश यसले दिन्छ। बारम्बार गोर्खा सैनिकका अधिकारीहरु छनौट फ्रि, फेयर र ट्रान्सपरेन्ट छ भन्ने गर्छन्। खासमा यो प्रोपागन्डाका लागि बनाइएको डकुमेन्ट्री हो – यी केही यस्ता आरोप हुन्, जुन माउन्टेन फिल्म फेस्टिभलमा यो हेर्नेहरुले लगाएका थिए। फेस्टिभलमा ब्रिटिस लाहुरे हुनु राम्रो कि नराम्रो भन्नेबारे घण्टाभन्दा लामो प्यानल बहस नै भएको थियो। फिल्म हेरेर, बहस सुनेर यस विषयमा अझ जान्ने इच्छा जागेकोले झलक सुवेदीको ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा : गोर्खाभर्तीको नालीबेली’ किताब किनेर पढ्न सुरु गरेको थिएँ। बीचमा अरु काममा व्यस्त हुनुपरेकोले किताबको आधा जति अंश पढ्न बाँकी नै छ। ऐतिहासिक कुरा बुझेपछि ब्रिटिस गोर्खाबारे लगभग मेरो धारणा बनिसकेको छ। तर यहाँ ब्रिटिस गोर्खाको भन्दा पनि डकुमेन्ट्रीको कुरा हुँदै गरेकोले त्यसलाई अलग्गै ब्लगमा राखौँला। प्रोपागन्डाको आरोपबारे फिल्मसम्वद्ध पक्ष के भन्छन् त ?

फिल्मका प्रस्तुतकर्ता गोंगजु यो आरोपलाई फिल्म हेर्नेले जसरी बुझे, त्यसरी आएको प्रतिक्रिया ठान्छन्। ‘हामीले त्यहाँको स्थिति जस्तो छ, त्यस्तो देखाउन खोजेका हौँ, कुनै विचार थोपर्न खोजेका छैनौँ। त्यहाँभित्रको गतिविधि हेरी विचारविमर्शपछि कुनै पनि दर्शक आफ्नो धारणा बनाउन स्वतन्त्र छन्’, उनले भने।

यति भन्दाभन्दै पनि उनले केही प्रष्टिकरण भने दिए- ‘फ्रि, फेयर र ट्रान्सपरेन्ट भन्ने वाक्य पात्रले प्रयोग गरेका हुन्, त्यसलाई हामीले तोडमरोड गर्न सक्दैन थियौँ। तर फिल्मभित्र हामीले देखाएका छौँ, कतिको फ्रि हुँदो रहेछ, कतिको फेयर र कतिको ट्रान्सपरेन्ट। हामीले एक्सनबाट त्यसलाई देखाउन खोजेका छौँ। उदाहरणका लागि त्यहाँ एउटा पात्रले फोनमा कुरा गर्दा पैसा मागिएको बताउँछ। कतिको फेयर भन्ने कुरा अलिकति चनाखो दर्शकले बुझिहाल्छन्। एउटा पात्रले हामीलाई बसमा बेलायतमा लैजान्छ होला है भन्छ, अर्कोले नेपाल र बेलायतको ठ्याक्कै दूरी यति किलोमिटर छ भनेर बताउँछ। पछि दूरी थाहा हुने व्यक्ति सेलेक्सनमा फेल हुन्छ, त्यो बुद्धु ठानिएको बसमा बेलायत लैजाने होला भन्ने व्यक्ति चाहिँ पास भइरहेको हुन्छ। ट्रान्सपरेन्ट पनि देखिहालिन्छ- प्वाइन्ट पुगेन सरी भनिन्छ। तर कसको कति प्वाइन्ट आएको हो उम्मेदवारहरुलाई बताइँदैन। बरु यहाँभित्रका कुरा बाहिर भन्यो भने क्याम्प बाहिर पठाइदिन्छु भनेर थर्काइन्छ।’

उनका अनुसार फेस्टिभलमा देखाइएको भन्दा हलमा देखाइएको संस्करण अलि फरक छ। हलमा चार मिनेट जति दृश्य थपिएको छ जसमा मंगोलियन जातलाई र अरु जातलाई छनौटका क्रममा गरिएको भेदभाव प्रष्टिन्छ।

फिल्म बनाउने प्रस्ताव बेलायती सेनालाई दिएपछि उनीहरुले निर्देशक छेतेनले बनाएका पहिलेका डकुमेन्ट्रीहरु मागेर हेरेको र त्यसपछि अरु कुनै कुरामा हस्तक्षेप नगरेको उनी बताउँछन्। ‘हामी जान्थ्यौँ, उनीहरुसँगै बस्थ्यौँ र खिच्थ्यौँ। कसैले हामीलाई यो हुन्छ है भनेर पनि बताउँदैन थिए’, फिल्मको सुरुदेखि नै संलग्न उनले जानकारी दिए।

राष्ट्रिय सभागृहको हलमा फेस्टिभलका क्रममा यो फिल्म हेर्दा कतिपय ठाउँमा पात्रहरुले बोलेको प्रष्ट सुनिएको थिएन। पात्रहरुलाई क्यामेरा कन्सस नेदेखिने बनाउन टाढाबाट खिचेकोले त्यस्तो भएको होला भन्ने हाम्रो अनुमान थियो। तर उनका अनुसार त्यसो हैन। अन्तर्राष्ट्रिय को-प्रोडक्सन भएकोले नर्वे, फिनल्यान्ड जस्ता देशको सहयोग थियो। त्यसैले यसको पोस्ट प्रोडक्सन सबै विदेशमा भएको हो। यसमा युरोपेली स्टायन्डर्डको 5.1 सराउन्ड साउन्डको उपयोग भएकोले मल्टिप्लेक्सहरुमा यसको साउन्डको वास्तविक मजा लिन सकिने उनले बताए।

डकुमेन्ट्रीमा पात्रहरु सहज रुपमा संवाद बोलिरहेका र आफूलाई अभिव्यक्त गरिरहेका हुन्छन्। लुकाइएको क्यामेरा वा टाढाबाट खिचेर त्यसो गरिएको हैन रहेछ। क्यामेराअगाडि नै रहे पनि क्यामेरा कन्सस नभई पात्रहरुले आफूलाई अभिव्यक्त गरेको देखिनु यसको सबल पक्ष हो। तर हाम्रो समाजमा भएका र हामीलाई थाहा भएकै लाहुरेका अन्य कतिपय पक्षलाई समेट्न सकेको देखिएको छैन। निर्माण पक्षले स्वीकारे पनि नस्वीकारे पनि बेलायती लाहुरे बन्न चाहनेहरुलाई यो एउटा प्रवर्द्धनात्मक खाले प्रस्तुति जरुर हो। कसैलाई लाहुरे बन्न केकस्तो प्रक्रियाबाट गुज्रनु पर्दो रहेछ भन्ने जानकारी यसले छर्लङ्गै पार्छ।

चल्छ त यस्तो फिल्म हलमा ?
शुक्रबार रिलिज भएको फिल्म प्रचारका भरमा जति चल्नुपर्ने हो त्यो अवधि सोमबारसम्ममा गुज्रिसक्यो। त्यसो त यसले प्रचार पनि गतिलोसँग गर्न सकेन। माउन्टेन फिल्म फेस्टिभलमा उत्कृष्ट र दर्शक रोजाइको दुई वटा अवार्ड पाएको यो फिल्मको प्रदर्शन तीन पटक गरिएको थियो। त्यतिबेला धेरैले हलमा देखाए पनि हुन्थ्यो नि भन्ने प्रतिक्रिया दिएका थिए। लगत्तै हलमा व्यावसायिक प्रदर्शन थालेको भए यसले अहिलेभन्दा बढी गति लिन सक्थ्यो। त्यसमा निर्माण पक्ष चुक्यो। अब हेरिसकेका दर्शकले अरुलाई गर्ने माउथ पब्लिसिटीको भरमा छ यो फिल्म। नेपालका प्रमुख सहरमा व्यावसायिक रुपमा ठूलो स्तरमा मूलधारे फिल्मसँग प्रतिस्पर्धा गर्ने गरी रिलिज हुनसक्नु नै यसको ठूलो उपलब्धि हो। दर्शकलाई यस्तोमा रुचि छ कि छैन भन्ने त केही समयमा देखिने नै छ। हामीलाई विदेशी धर्राको हैन, हाम्रै माटोका यस्ता कथाको खाँचो छ- चाहे फिक्सनमा बनोस् वा डकुमेन्ट्रीमा। राम्रो बनाउने हो भने दर्शकले रुचाउँछन्। राम्रो बनाएनन् भने उछित्तो काढ्छन्। मेरो विचारमा यो ब्रिटिस गोर्खाबारे जान्न इच्छुकहरुले एक पटक हेर्नुपर्ने डकुमेन्ट्री भने हो। सार्वभौम भनेर गर्व गर्ने हामी नेपालीले हाम्रै देशमा अर्काको देशका सैनिकहरु आएर हाम्रै युवकहरुलाई आफ्नो देशको सेनामा भर्ती गर्न छाती नाप्दै हाम्रै भूमिमा युनियन ज्याक र बेलायती महारानीप्रति इमान्दार हुने शपथ कसरी खुवाउँछन्, त्यो बुझ्न पनि यो नहेरी हुन्न।

18 comments to फिक्सन नचल्या बेला लाहुरेको डकुमेन्ट्रीले लगाउला त केही लछारपाटो ?

  • Binod Poudel, jhapa

    नेपाली सेना र ब्रिटिस सेनामा उस्तै उस्तै पैसा भएको भए तिमी जान्थ्यौ त ?????????????? पक्का पनि नो

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • Yam

    यदि सक्नुहुन्छ भने देश को लागि राम्रो काम गर्नेहोस्, होन भने नराम्रो नगर्नु . मेरो विचार मा गुर्खास हरु ले देश कोलागि नराम्रो गेरको छ्य्ना .

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 2

  • Gajen Tamang

    खासमा Nepali मानसिकता भनेकै खुरापाती ! ति लहुरेपानी केहि समयेको लागिनै भनेर
    गएका हुन्छन ! राम्रो भविष्यको लागि भनेर! दासत्व , सार्बभौम खुरापातीनेताहरुको जनता
    झुक्क्यौने कपट राजनीतिक सब्दजाल जसले भोको पेटलाई केहिलछारपाटो लगाउने
    वाला छैन !

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1

  • puran pandey

    Why be a gurkha भन्ने शिर्षकमा बनाएको भए अझ राम्रो हुन्थ्यो होला ।

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 6

  • raj shrestha

    राम्रो छ !!! मनपर्यो

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 3

  • Tulsi Paudel

    अरु केहि होइन खासमा यो सबै बाच्नक लागि गरिने संघर्स हो / नेपालमा नै विकल्प भय कसको पो इच्छा होला र बिदेसमा रगत र पसिना बगाउन /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 45 Thumb down 1

  • Ratna Thapa Magar

    गोर्खा भर्ति बन्दका आवाज नसुनेको होइन, खै त केहि गर्नु सकेको ? देश नै कंगाल बनाइसकेको अवस्थामा युवाहरु बिदेशी रोजगारी को लागि कस्ता कस्ता जोखिम मोल्दै छन् भनि रहनु नपर्ला, बिदेशी भूमिमा कुकुर मोराइ कसलाई पो चाहना हुन्छा र ?
    स्वदेशमा नै गरिखाना पाए, विदेशमा मरिजानु कसलाई इच्छा हुन्छा ?
    बिचारा ति गोर्खाहरुले त बरु कमाई नेपालमा नै भित्र्याउदै छन्, तर नेपाल बाट बाहिर कुम्ल्याएर लैजानेहरुले पो देश सखाप पारे त,

    अबस्य पनि यो प्रथा राम्रो होइन, तर यसको विकल्प देशले नखोजे सम्म, र सम्ब्रिध नेपाल नभएसम्म यसलाई एउटा रोजगारीको हैसियतले हेर्दा राम्रो होला !!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 47 Thumb down 0

  • bibek dhakal

    कुनै पार्टी को सेना भएर आफ्नो देशको सम्पत्ति तोडफोड गर्दै भत्काउदै अनि देशको अर्थतन्त्र तहस नहस बनाउने , आफ्नै देशको मान्छेलाई दुख यातना दिदै हिड्ने भन्दा त बरु बिदेशी सेना भएर बिदेशी भूमि मा बिदेशी संग लडाई गरेबापत ( वा नगरेबापत पनि!) पाएको पैसा स्वदेश मा पठाएर देशको रेमिट्यान्स बढाएको राम्रो भन्छु म त ! जो सुकैलाई जे सुकै लागोस

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 3

  • binit

    यो Nepali language को movie हो कि English को ???????????????????????

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 17

  • harkaman shahi

    सुनौलो बिहानी हो… ! सुरुवात गर्नु कुनै नराम्रो हैन.. आगामी दिनहरुमा पनि यस्तै रोचक चिजहरुको संदर्व राख्न सके आज त हैन २० वर्ष पछि चेतना खुल्ने छ दर्शक हरुको..!

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 1

    • शरद-क्षितिज पारीबाट

      तितो यथार्थ त यसो पनि हो कि हजुर….. राष्ट्र र जनताको नाम भजाएर सत्तामा पुगेर शक्तिको दुरुपयोग बाट अकुत सम्पत्ति र दण्डहिनतामा आफ्नो साम्राज्य फैलाएर आफु महान भएको देखाउन लैनचौर दरवार लाइ हाम्रो राष्ट्रियताको आफु साक्षी बसेर सधै बलात्कार गराउने नेताले पौने तिन करोड जनताको अगाडी ङ्गिच्च दांत देखाएर लाज पचाउँदा हामीले के गर्न सकेका छौं र ? आज हाम्रो अस्मिता बलात्कार गर्ने भारत त्यहि बेलायतको उपनिवेश हुँदा यिनै बहादुर मुटु भएका हरुले साटो काढेका थिए ति भारतीय र बेलायतीको तर आज यी भारतीयका दास नेताहरुको कारण हामि अघोषित उपनिवेशमा आफ्नो नागरीकता ढोका बन्द गरेर हेरेर बाँच्ने अवस्थामा जाँदै छौं !
      यहाँ हरेक पटक सरकार बन्दा यस्तै युवाको नाममा बिभिन्न कार्यक्रमको घोषणा गरिन्छ तर यो सबै केहि पार्टीका झण्डा ओडेका लठैतको उद्दार र भ्रष्टाचारको लागि सृजित कार्यक्रम हुन्छ जुन विगतले प्रमाणित गरीसकेको छ भने नेपाली युवा बिदेशी भूमिको लागि लडे-मरे भनेर यो भाडाको संवेदनाको मैले कुनै तुक देख्दैन ! यो त १२ जना नेपाली इराकमा मारिएको घटनाले आज सम्म इराक-अफगान रोजगारीको लागि बन्द गरेर त्रि.बि.स्थल कर्मचारी, अध्यागमन,बैदेशिक रोजगार बिभाग अनि नेपाल प्रहरीको मिलोमतोमा अहिले मोटो रकम लिएर ति ठाउँका लागि गरिएको मानव तस्करी जस्तो मात्र हो !
      देशको अस्थिर राजनीतिले सामान्य नागरीकको बाँच्ने अधिकार सम्म खोसी केहि स-साना सपनाको लागि पनि बिदेशी डलर, पाउण्ड वा दिरामको आय बिना नेपालि रुपैयाँमा आफ्नो अधिकारै नभए जस्तो (नेपाली रुपैंयाँ यति महँगो भयो कि अहिले हामि जस्तो सामान्य नागरिकको पहुँच मै छैन, यो त केवल मन्त्रि, नेता,कर्मचारी, तस्कर, दलालको कब्जामा छ ) अवस्थामा नागरीकले युनियन ज्याक र बेलायती महारानीप्रति इमान्दार हुने शपथ खानु र यी नेताले भारत प्रति बफादार भएर राष्ट्रियता लिलाम गरिरहेको अवस्थाको अगाडी केहि होइन !

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 55 Thumb down 2

  • शैलेन्द्र ढकाल (म्याउ)

    नेपाल मै भए अबस्य हेर्ने थिएँ , ट्रेलर हेर्दा नै डकुमेन्ट्री प्रति कौतुहल जाग्यो! मेरो नजरमा पैसाकै लागि अर्काको देशमा रगत बगाई देखाउने बीरता खासमा बीरता नभई दासत्वो जस्तो लाग्छ! अझ उतै नागरिकता अनि परिवार लिएर बस्ने हरुले हामी नेपाली हौ भन्नुपर्दैन जस्तो लाग्छ !

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 60 Thumb down 77

    • bibek dhakal

      कोहि रगत बगाउछ्न, कोहि पसिना बगाउछन भने कोहि (पढेलेखेकाहरू ) यूरोप , अमेरिका र अस्ट्रेलियामा फगत टिकिराख्नका लागि पसिना, इज्जत र पढेको आर्जित ज्ञान समेत सब बगाउछ्न ! यो सब दासता हैन र?

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 80 Thumb down 12

      • Rajendra

        जता गुलियो उतै बाहून भूलियो । आफ्नो पसिना, रगत र ज्ञानको अधिकतम प्रतिफल जाहाँ पाइन्छ, धैरै जसो मान्छेहरू सकेसम्म तेतै जाँदा रहेछन् ।

        मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 0

    • TRaj

      शैलेन्द्र ज्यु तपाइको भनाइ एक दमै ठिक हो कि “पैसाको लागि अर्काको देसमा रगत बगाई देखाउने बीरता खासमा बीरता नभई दासत्वो जस्तो लाग्छ! अझ उतै नागरिकता अनि परिवार लिएर बस्ने हरुले हामी नेपाली हौ भन्नुपर्दैन जस्तो लाग्छ !” तर तपाई आफै पनि बिदेसमा रहेको भनेर लेख्नु भएको छ, पक्का पनि तपाई अरु देश को नभएर नेपाली नै हुनु हुन्छ होला, र तपाई पनि पैसाको लागि आफु संग भएको केहि न केहि त बिदेसी भुमि मै बेचिरहनु भएको छ होला नि हैन र अनि अब हामीले तपाइलाई के भन्ने त? भनाइ र गरिमा धेरै फरक हुन्छ,

      मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 9

      • शैलेन्द्र ढकाल (म्याउ)

        Hidden due to low comment rating. Click here to see.

        धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 8 Thumb down 51

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker