मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

कान्तिपुरविरुद्ध मुद्दा : नियत प्रचारको

पत्रकार विजयकुमार पाण्डेले आफ्नो शनिबारे साप्ताहिक स्तम्भमा लेखेको एउटा लेखले अदालतको मानहानी गरेको भन्दै कान्तिपुरका सम्पादक, प्रकाशक, निर्देशक र स्वय‌ं लेखक गरी चार जनाविरुद्ध मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ। जुन लेखको विरुद्ध मुद्दा परेको छ, त्यो पढ्ने हो भने त्यहाँ त्यसरी मुद्दै हाल्नु पर्ने गरी केही लेखिएको देखिन्न। मुद्दा दर्ताको समाचार फैलिएसँगै मुद्दा हाल्ने अथवा हाल्न लगाउनेको उद्देश्य पूरा भइसकेको छ र अझै हुने क्रममा छ। वकालतमा नामै नसुनिएको अधिवक्ता अन्जनीकुमार पोखरेलले दर्ता गरेको (वा दर्ता गर्न लगाइएको) यो मुद्दाको यति विधि प्रचार हुनुले नै यो प्रचारात्मक नियतले गरिएको काम भएको स्पष्ट हुन्छ। को हुन् अन्जनी ? उनको पृष्ठभूमि के हो ? त्यो सार्वजनिक भएको छैन।

तर अदालतले फैसला गरिसके सरह नै सामाजिक सञ्जालहरुमा न्यायपालिकाप्रति आक्रोश देखिएको छ। शायद् यो मुद्दा दर्ता गराउन लगाउनेले पनि यही चाहेको हो कि ?

किनभने राजनीतिमा सतहमा देखिएका कुराभन्दा भित्री तहमा निकै चलखेल भइरहेका हुनसक्छन्। त्यो झट्ट हेर्दा देखिने कुरा हैन। यो नामै नसुनिएका अधिवक्ताले दर्ता गरेको मुद्दाको पछाडि पनि कुन्नि के के स्वार्थका मान्छे लागेका हुनसक्छन्, जुन झट्ट हेर्दा देखिने कुरै भएन।

घटना विवरणै हेरौँ न- एक जना खासै परिचित नभएका वकीलले अदालतमा मुद्दा हाल्न गए आफ्नै तर्क दिएर। केही निश्चित समूहले यसलाई प्रचार गरे। सामाजिक सञ्जालमा ह्वात्तै न्यायपालिकाविरुद्ध यसरी आक्रोश फैलियो, मानौँ सर्वोच्चले त्यो लेख लेख्नेविरुद्ध सजाय नै घोषणा गरिसकेको होस्। मानौँ सर्वोच्चले प्रतिवादीले मानहानी गरिसकेकै ठहर गरिसकेको होस्।

वास्तवमा बल्ल त मुद्दाको प्रक्रिया अघि बढेको छ। सर्वोच्चले सुनुवाई गर्नै बाँकी छ। सुनुवाई भइसकेपछि पो मानहानी गरे/नगरेको ठहर हुन्छ। त्यो लेखमा मानहानी हुने कुनै कुरा कमसेकम हामी देख्दैनौँ। सर्वोच्चका कुनै न्यायाधीशका आँखा पूर्वाग्रही भयो भने मात्रै हो, नत्र उनीहरुले पनि नदेख्नु पर्ने। पूर्वाग्रही आँखाले मानहानी गरेको ठहर गरी सजाय सुनायो भने चाहिँ अहिलेको हदको विरोध उचित हुन्छ। नत्र एउटा सनकी वकीलले मुद्दा हाल्दैमा न्यायिक स्वतन्त्रता नै हनन् भएको देख्ने हाम्रा आँखा पनि पूर्वाग्रही भयो नि। अथवा हामीलाई त्यसरी नै पूर्वाग्रही सोच ल्याउन बाध्य कसैले पारिरहेको पो छ कि ? त्यो पनि विचारणीय पक्ष हुन आउँछ।

केही थप प्रश्न पनि अनुत्तरित छन्-
karki
राजीनामा दिँदै नदिएका राष्ट्रपतिका सल्लाहकार हरि शर्माले राजीनामा दिएको प्रचार कुन नियतले गरिएको होला ? (राजीनामा दिएको हैन भन्ने खण्डन राष्ट्रपतिका स्वकीय सचिवदेखि लिएर अन्य सल्लाहकारले पनि गरिसकेका छन्।)

charko
लोकमानविरुद्ध चौतर्फी आन्दोलन चर्कियो भन्दै एक हुल मान्छेको क्लोजसट फोटोलाई ब्यानर फोटो बनाएर जनआन्दोलन ३ नै सुरु भएको झल्को दिए पनि आन्दोलनको नामोनिशानै नदेखिएको किन होला ? बरु घोषित नेपाल बन्द जस्ता आन्दोलनका कार्यक्रम धमाधम फिर्ता किन भएका होलान् ?

rajinama
लोकमानलाई नियुक्त गरे राजीनामा दिन्छु भनेर मन्त्री माधव पौडेलले बोल्दै नबोलेको कुरा किन प्रचारमा ल्याइएको होला ? यदि बोलेकै भए किन त्यस्तो भनेर पनि अहिलेसम्म राजीनामा नदिएको भनेर फलोअप त्यही मिडियाबाट किन नभएको होला ?

न्यायपालिकाले पनि धेरै कुरा ‘मिलाएर’ गर्छ भन्ने कुरा हामीलाई थाहा नभएको होइन। तत्कालीन प्रधान सेनापति रुक्माङ्गद कटवाललाई थमौती गर्ने राष्ट्रपतिको कदम विरुद्ध परेको मुद्दामा कटवालले अवकाश पाइसकेपछि बल्ल किन फैसला भएको ? कटवालको उमेरसम्बन्धी मुद्दा पनि उनले अवकाश पाइसकेपछि बल्ल किन सुनुवाई भएको ? त्यतिबेला न्यायालयमा हस्तक्षेपको कुरा किन उठेन होला ?

न्यायपालिका पनि केही हदसम्म शक्तिको पछि लाग्छ भन्ने धेरै उदाहरण देख्न पाइन्छ। तर हाम्रो न्यायपालिका भने अलि फरक किसिमको विशेषता बोकेर अघि बढिरह्यो। ज्ञानेन्द्रको शासन कालमा न्यायपालिकाबाट भएका फैसलाहरु यसका उदाहरण हुन्। त्यो छवि बिग्रिएला कि भन्ने चिन्ता हामीमध्ये धेरैले गरेका हौँ। लोकमानविरुद्धको मुद्दा दर्तै नगर्ने रजिस्ट्रारको फैसलाले यस्तो चिन्ता बेस्कन गर्न बाध्य बनाएको थियो। तर सर्वोच्चले नै यो मुद्दालाई दर्ता गर्न दिन आदेश दिइसकेको छ। यसको न्यायिक निवारण कटवाल कान्डजस्तो ढिला नहोला भन्ने आशा गर्न सक्छौँ। आफूले भनेको भएन भनेर नियतवश ठोक्ने र भयो भनेर नियतवश बोक्ने – यसलाई ‘स्वतन्त्र’ हुनेले मात्र निरपेक्ष ढंगले विश्लेषण गर्न सक्छ।

लोकमानलाई ठोक्ने र लोकमानलाई बोक्ने दुवै मिडियाका आ-आफ्नै स्वार्थ छन्। यी दुवै कित्तामा नरहेका हामी सामान्य व्यक्तिले भने यी प्रश्नको उत्तरभित्र धेरै कुरा खोज्न सक्छौँ।

मुद्दा परेको लेख

पद र पहिचानबीचको महान् अन्तर
विजयकुमार
‘विश्वनाथजीजस्ता अनेक ज्ञात-अज्ञात न्यायाधीशहरू न्यायमूर्तिको कुर्सीमा बसेपछि उनीहरूले न्यायबाहेक केही देख्दैनथे । सुन्दछु, आजभोलि केही न्यायाधीशहरू बुट्टा भएको र बुट्टा नभएको टीसर्टबाहेक केही देख्दैनन् ।’
प्राध्यापक कृष्ण खनालझैं मैले पनि कहिल्यै सोचेको थिइनँ, कुनै पदाधिकारी विशेषको नियुक्ति प्रसंग मेरो प्रस्तुतिको विषयवस्तु बन्ला भनेर । लोकमानसिंह कार्कीप्रति मेरा व्यक्तिगत सम्झनाहरू अत्यन्तै सीमित छन् । तर पनि म उहाँलाई राष्ट्रपति यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त गरेको समाचार थाहा पाएर अचम्भित भएँ ।
१) राष्ट्रपति रामवरण यादव वैशाख २४ गते साँझसम्म पनि विवादको शिखरमा रहेको लोकमानसिंह नियुक्ति प्रकरणमा आफूले हतारमा निर्णय नलिने बताउँदै थिए । विषयको संवेदनशीलता र गाम्भीर्यसित आफू पूरा परिचित रहेको दाबी गर्दै थिए । तर त्यसै दिन मध्यरात पुग्दासम्म घटनाक्रम यति विकसित भएछन् कि बिहान ५ बज्दा-नबज्दै राष्ट्रपति कार्यालयका कर्मचारीहरूलाई शपथ ग्रहणको तयारी गर्ने उर्दी जारी भयो । रातोरात के भयो ? भनी सोध्दा राष्ट्रपतिका एक सहायकले भने, ‘नेताहरूले झैं राष्ट्रपतिले पनि बाध्यात्मक दबाब थाम्न सक्नु भएन जस्तो छ । टाकुरामा बस्दैमा मानिस अग्लो नहुने रहेछ । हामी सबै गिनिपिगहरू भएको समाजमा एउटा मानिस मात्र अग्लो कसरी रहन सक्छ र ?’
२) संविधानका सम्बन्धमा भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादको कालजयी वचन छ, ‘संविधानका अक्षरहरू आफैंमा मृत हुन्छन् । हाम्रो आपmनो नैतिकता, साहस, आचरण, निष्ठा र कार्यकुशलताका आधारबाट मात्र ती अक्षरले जीवन प्राप्त गर्दछन् ।’
हाम्रा नेताहरूका निम्ति संविधान भन्ने कुरा फगत शब्दको विषय हो, जीवन आचरणको होइन । सबैलाई थाहा छ, बहुदलीय नेपालमा रोपिएको कर्मचारीतन्त्रको राजनीतीकरणको विषवृक्ष आज कति बाक्लो गरी झांगिएको
छ । अब संवैधानिक निकायहरूको नियुक्तिहरूमा पनि राजनीतिक भागबन्डाको त्यो विषवृक्षले आपmना हाँगाबिंगा फैलायो भने भने त्यसमा केको आश्चर्य ?
जनताले बडो गहिरोसित बुझ्न जरुरी छ, नेपालका शीर्षनेताहरूका निम्ति संविधान शब्दको विषय हो, जीवनको होइन । होइन भने नेताहरूलाई बोध हुनुपर्ने थियो- कुनै पनि संविधानलाई निर्विवाद रूपले सर्वोच्च बनाउन, संवैधानिक पदाधिकारीहरू पनि विवादरहित पृष्ठभूमिबाट चयन गर्न अनिवार्य हुन्छ । ‘विवाद’ भन्ने कुरा राजनीति र राजनीतिकर्मीहरूका विषयमा ‘सामान्य’ मानिन सक्छ । तर संविधान र संवैधानिक नियुक्तिका विषयमा ‘यति चर्को विवाद’ हुनु लज्जास्पद विषय हो ।
३) यति तिक्त विवादपछि संवेदनशील कुर्सीमा पुगेका लोकमानजीले आपmनो संस्थासँग भएका अधिकारको आगामी दिनमा कसरी प्रयोग गर्नेछन् ? हेर्न बाँकी छ । कुनै पनि योग्य मानिसका निम्ति पद वा अधिकार भन्ने कुरा फगत एक जिम्मेवारीमात्र हो, तर अयोग्यका निम्ति भने त्यही कुरा फुर्तीफार्ती, धाक, रवाफ र त्रासको औजारबाहेक केही पनि हँुदैन । पदले मानिसलाई प्रचार दिन सक्छ, पहिचान दिन सक्दैन ।
४) एउटा पदको सीमित घेराका विषयमा भएको विवादभन्दा माथि उठेर हेर्ने हो भने लोकमानजीले नेपाली समाजलाई तिरिनसक्नु गुन लगाएका छन् । उनका कारण शीर्ष भनिएका नेताहरूको ‘बाध्यकारी औकात’ गल्ली-गल्लीमा छताछुल्ल भएको छ । झगडियालाई घरमा बोलाएर राति-राति ‘चियर्स’ गरेर नेपालको न्यायिक नेतृत्वले आफूलाई ‘..लाई भन्दा देख्नेलाई लाज’ को स्थानमा उभ्याइदिएको छ ।
सुन्दा वर्तमान पिढीलाई विश्वास पनि नलाग्ला ‘अधिनायकवादी पञ्चायती व्यवस्था’ अन्तर्गत यही देशको अदालतमा यस्ता पनि प्रधानन्यायाधीश र न्यायाधीशहरू थिए, जसले त्यसबेला संविधानभन्दा पनि माथि रहेको दरबारको दबाबविपरीत अनेक आदेश दिए । त्यस्ता अनेक न्यायमूर्ति थिए र पो यो देशमा जनताको पक्षमा काम गर्ने वा बोल्ने पुस्ता निस्सासिएर मर्नु परेन । नेताहरूले सत्तोसराप गर्ने राजा ज्ञानेन्द्रको शाहीकालमा पनि नैतिकवान न्यायमूर्तिहरूले न्यायको आवाजलाई दबाब वा लोभसित साटेका भए दोस्रो जनआन्दोलनको बिरुवा पनि हुर्कनु अगाडि नै सुकिसक्ने थियो । आज यही देशमा मानिस भन्न थालेका छन्, ‘अब मुद्दा जित्न वकिल होइन, न्यायाधीश राख्नुपर्छ । वकिल राखे भन्न सकिन्न, न्यायाधीश राखे काम पक्का ।’
मैले आफ्नै जीवनकालमा विश्वनाथ उपाध्यायजस्ता न्यायाधीश देखंँे । उहाँजस्तो महापुरुषसँग सत्संगको सौभाग्य मिल्यो । विश्वनाथजीजस्ता अनेक ज्ञात-अज्ञात न्यायाधीशहरू न्यायमूर्तिको कुर्सीमा बसेपछि उनीहरूले न्यायबाहेक केही देख्दैनथे । सुन्दछु, आजभोलि केही न्यायाधीशहरू बुट्टा भएको र बुट्टा नभएको टीसर्टबाहेक केही देख्दैनन् ।
मलाई हमेसा गर्व हुनेछ, मैले गणेशराज शर्माजस्ता सादगी, ज्ञान र महानताका जीवन्त मूर्तिसँग समय बिताउने अवसर पाएँ । उहाँले इसारामात्र गरेको भए २०४७ पछि संविधान आयोगको अध्यक्ष पद राजा वीरेन्द्र र किसुनजीले मिलेर गणेशराजजीको ढोकासम्म पुर्‍याइदिने थिए । खोजेको भए, सर्वोच्च अदालतमा कुनै कुर्सी यस्तो बँाकी हुने थिएन, जसमा गणेशराज शर्मा विराजमान हुन नसकुन् । संवैधानिक सवालहरूमा लोभलाग्दो निरन्तरता र पदप्रति अनाशक्तिले गर्दा नै उहाँको यस्तो हैसियत बनेको हो । एक यस्तो पहिचान, जो आज एकै पटकमा दुई-दुई पद खानेवालाहरूलाई पनि यो जीवनमा प्राप्त गर्न धौ-धौ पर्नेछ ।
कानुन दिवसको दिनमा बारले बेञ्चलाई बहिष्कार गर्नेसम्मको स्थिति पुगेपछि सबैले बझ्नुपर्छ- टाकुरामा उभिँदैमा मानिस अग्लो नहुने रहेछ । मानिसको अधिकार र प्रभाव भन्ने कुरा दुई नितान्त भिन्न-भिन्न विषय हुँदारहेछन्् । अधिकार पदसँग आउँछ र पदसँगै बिदा हुन्छ । प्रभाव चिर स्थायी रहन्छ ।
५) नेपालका शीर्ष भनिएका नेताहरूले कोठाहरूमा प्रयोग गर्ने ‘बाध्यात्मक स्थिति र बाध्यकारी शक्ति’ प्रति सम्पूर्ण राष्ट्रको ध्यानाकर्षण गराउन चाहन्छु । मानिसको झैं राष्ट्रको जीवनमा पनि यदाकदा केही बाध्यात्मक अवस्थाहरू निर्माण हुन सक्छन्् । तर नेपालमा नेताहरू आप्mनो मनपरितन्त्र छोप्न हरकुकृत्यलाई हरदिन ‘बाध्यकारी’ भनेर उन्मुक्ति लिन खोज्ने निन्दनीय प्रचलन सुरु भएको छ । जो नेताले हरदिन बाध्यतामा निर्णय गर्छन् त्यो नेता होइन । हरदिन बाध्यतामा निर्णय गर्नुपर्ने मानिसलाई नेता मानेर जो-जो कार्यकर्ता छन्, ती पनि दोषमुक्त हुन सक्दैनन्् ।
सुन्दछु, लोकमान प्रकरणमा विद्यार्थी संगठनहरूले उपत्यका बन्द गर्दैछन्् रे । यो प्रकरणमा चार दलसम्बद्ध कुनै पनि संगठनलाई विरोध गर्ने नैतिक हक छैन । विद्यार्थी नेताहरूलाई भन्न चाहन्छु, ‘बन्द गर्नु नै छ भने आ-आफ्ना शीर्षनेताहरूलाई तिनको घरभित्रै बन्द गर । निरीह जनतालाई दुःख दिएर आफ्नो कायरता प्रदर्शन नगर । शक्तिशालीका अगाडि जायज कुरामा उभिने गुणलाई ‘सौर्य’ भनिन्छ । कमजोर र गरिब जनतालाई दुःख दिने काम कायरताको प्रतीक हो ।
हरामीपनको पनि हद हुन्छ । नेता राति-राति दस्तखत गर्छ, उसकै भ्रातृ संगठनका कार्यकर्ता दिउँसो बन्द गरेर सामान्यजनलाई सास्ती दिन्छ । हे विद्यार्थी नेता हो ! तिम्रो साहस सक्कली हो भने आपmना नेतालाई उसैको घरमा बन्द गर ।
चार दल अग्रगमनका प्रतीक हुने र तिनैको सिफारिसमा आएको एक्लो लोकमानसिंह कार्की प्रतिगमनका नाइके हुने भन्ने जस्तो वाहियात कुनै अर्को तर्क हुन सक्दैन । भाइहरूको साहस सक्कली हो भने पुतला लोकमानसिंह कार्कीको होइन, आ-आपmना शीर्षनेताहरूको जलाऊ । होइन भने यस्तो सस्तो नाटक नगर । नाटक गर्नै नै हो भने अलि स्तरीय नाटक गर भाइहरू । गुरुकुल, सर्वनाम र मन्डला थिएटरमा भर्ना खुल्ला छ ।
हो, मोहन वैद्यको ३३ दलीय गठबन्धन वा अन्यलाई भने यो प्रकरणमा विरोध गर्ने नैतिक हक छ । किनभने उनीहरू यस प्रकरणमा वैधानिक रूपले सहभागी थिएनन् ।
६) ठूल्ठूला नेताहरू कोठामा कुरा गर्दा भारत र चीनलाई ‘बाध्यकारी’ शक्ति भनेर चित्रित गर्छन् । चीनले नेपाली राजनीतिमा ‘माइक्रो म्यानेज’ नगर्ने हुनाले त्यति चर्चामा आउँदैन । भारत कहिलेकाहीं आफैं माइक्रो म्यानेज गर्छ र कहिलेकाहीं भारतलाई नेपालको आन्तरिक मामिलामा जबर्जस्ती घिसारेर ल्याउने काम नेपाली नेताहरूले नै गर्छन् ।
अपवादबाहेक पञ्चायतकालदेखि अहिलेसम्म सबै पक्ष मनमनै चाहन्छन् भारतले नेपालको आन्तरिक राजनीतिमा ‘खेलोस्’ । परिआए, फाउल पनि हानोस् । नेपाली नेताहरूको खास गुनासो नेपालको आन्तरिक राजनीतिमा ‘फाउल’ हानिएकोमा होइन । रोदन भारतले आफ्नो पक्षबाट नहानेर विपक्षीका तर्फबाट फाउल हानिदिन्छ कि भन्ने भयले गर्दा उत्पन्न भएको मात्र हो । भारत पनि के गरोस् ? कस-कसको पक्षबाट पो खेलोस् ? आपmनो सजिलोका निम्ति भारतले सबै टिममा आपmना मान्छे घुसाइदिएर ‘हात खाली नहुने चिठा’ समातेर बसेको छ ।
नेपालको आन्तरिक राजनीतिमा भारतलाई मात्र होइन, अन्य फुच्चेफाच्चे देशहरूलाई समेत साम, दाम, दण्ड र भेद प्रयोग गर्ने सुविधा अरू कसैले होइन, हामीले आफैं दिएका हौं । आपmनो मर्यादामा नबस्नेलाई अरूले इज्जत गर्नुपर्छ भन्ने कुनै जरुरी छैन । हाम्रा शीर्षनेताहरू र तिनका प्यादाहरूको मुखबाट लगातार निस्कने यो ‘बाध्यकारी’ दुर्गन्धको मूलस्रोत तिनीहरू आफैं हुन् । आफूलाई लिलाममा राखेपछि ‘बाध्यकारी दबाब’ दिनेहरू आए भनेर रुनुको कुनै अर्थ छैन । सम्मान मानिसले आर्जन गर्ने कुरा हो, मागेर पाइने कुरा होइन ।
हिजै मात्रै एक अद्भुत दृश्य देखेँ । ९० वर्ष पुग्न थालेका भारतका विख्यात प्राध्यापक विमलप्रसाद सकिनसकी, बडा मुस्किलले
एक-एक पाइला टेकेर, आपmनो छोराको हात समातेर किसुनजीको आश्रम पुगे । जतनसँग राखिएको किसुनजीको कोठामा पुगेपछि अमिताले उनलाई किसुनजीका तस्बिरहरू देखाइन् । बडा भावपूर्ण मुद्रामा उनले तस्बिर हेरे र भने, ‘कितना तेज है इस चेहरे मे ।’
किसुनजीको सुराही, लुगाफाटालगायत अन्य सामग्री पनि बडा चाख मानेर हेरे । पुराना सम्झनाहरू सुनाए । साथमा आएको छोराले पनि बडा चाख मानेर आपmनो पिताका सम्झनाहरू सुन्यो । विमलप्रसादजी जुन आदरयुक्त मुद्रामा किसुनजीको तस्बिर हेर्थे, मुस्कुराउँथे, सम्झना सुनाउँथे, त्यो विरलै देख्न पाइने दृश्य थियो ।
विरलै यस अर्थमा किनभने विमलप्रसादजी आजभन्दा २२ वर्षअघि नेपालका लागि भारतीय राजदूत नियुक्त भएका थिए र छेउमा बसेका पुत्र जयन्तप्रसाद बहालवाला भारतीय राजदूत छन् ।
र्फकंदा मैले विमलप्रसादजीलाई सोधेँ, ‘प्रोफेसर साहब ! मलाई बडा खुसी लाग्यो कि तपाईंले आफ्नो शारीरिक अस्वस्थताका बाबजुद किसुनजीलाई सम्झनु भयो । होइन भने आजकाल मानिस उहाँलाई यहाँ सम्झ्छन् र ?’ विमलप्रसादजीले गम्भीर मुद्रामा जवाफ दिए, ‘के कुरा गरेको तपाईंले ? किसुनजी एक लेजेन्डरी मानिस हुन् । मेरो सौभाग्य मैले उहाँजस्ता निष्ठावान मानिससित परिचित हुने मौका पाएँ ।’ म केही बोलिनँ । भन्न त चाहन्थे मानिसको पद कति अस्थायी र पहिचान कति स्थायी हुँदोरहेछ । त्यसको मर्यादा गर्ने जीवन्त शिक्षा दिएकोमा धन्यवाद प्रोफेसर साहब !’

30 comments to कान्तिपुरविरुद्ध मुद्दा : नियत प्रचारको

  • मधु लम्साल

    कान्तिपुर : गिर्दो विश्वास, खुम्चिँदो प्रतिष्ठा

    मधु लम्साल
    काठमाडौं । आफूलाई नेपालकै नम्बर वान मिडिया गु्रप दाबी गर्ने ‘कान्तिपुर’ले आफ्नो स्वार्थ पूरा गर्न गराउन पाठक, श्रोता र दर्शकलाई कसरी भ्रममा पार्छ भन्ने ‘लोकमान’ नियुक्ति प्रकरणमा नाङ्गिएर प्रस्तुत भएको अवस्थाले नै स्पष्ट पारेको छ । भलै लोकमान अख्तियारका लागि उपयुक्त थिएनन् होला तर पनि एउटा मिडिया व्यक्तिका पछाडि लगातार पछि लाग्नु कति सान्दिर्भिक हो भन्ने आम पाठकले बुझिसकेका छन् ।
    ‘लोकमान’ प्रकरणमा घाइते साँपजस्तो बनेको कान्तिपुरले एकपछि अर्को भ्रमपूर्ण समाचार प्रकाशन गर्न थालेपछि उसको साख दिन दुगुणा रात चौगुणा खस्किँदो छ । पाठकलाई भ्रममा पार्न कान्तिपुरले पछिल्लो पटक लोकमान प्रकरणमै केन्द्रित रहेर ‘स्रोत’को हवाला दिँदै राष्ट्रपतिका सल्लाहकारले राजीनामा दिएको असत्य समाचार प्रकाशन गरेको थियो । उक्त तथ्यहीन समाचारको भ्रमबाट पाठकलाई ‘कान्तिपुर’बाटै छुट्टिएर गएका रामेश्वर थापाको ‘अन्नपूर्ण पोष्ट’ले मुक्त गराएको छ ।
    ‘आफूले भनेकै हुनुपर्ने’ ‘त्यही अनुसार सम्वन्धित निकायले गर्ने गराउने गर्नुपर्ने’ अहम् ‘कान्तिपुर’ सञ्चालक कैलाश सिरोहियामा छ । पाठकलाई निष्पक्ष सूचना र जानकारी गराउनुपर्ने पत्रकारिताको धर्म कान्तिपुरले कति पूरा गरेको छ ? सायद यो जवाफ त्यहीँ कार्यरत ‘श्रमजीवी पत्रकार’ ले समेत दिन सकिरहेका हुँदैनन् । आफूलाई ‘दिग्गज’ अनि ‘बुझक्कड’ मान्ने कान्तिपुरका सल्लाहकार सम्पादक विजयकुमार पाण्डेसमेत लोकमान प्रकरणमा सिरोहियाको कुन्नि, कस्तो स्वार्थमा प्रयोग भएर बाध्यताको कलम चलाउन विवश भए ।
    फलतः उनीसहित सिरोहिया दम्पत्ति र प्रधानसम्पादकसमेत अदालतमा ठडिनुपर्ने भएको छ । सुन्नमा आएअनुसार कान्तिपुरका कयौं ‘श्रमजीवी पत्रकार’ लोकमान प्रकरणमा नचाहेरै सिरोहियाको आदेशमा नाङ्गिन बाध्य भए र भइरहेका छन् । आफूलाई व्यावसायिक एवम् भ्रष्टाचारविरोधी पत्रकार भन्न रुचाउने समाचार सम्पादक हरिबहादुर थापा त लोकमान प्रकरणमा कतिसम्म नाङ्गिन पुगे, त्यो ‘…लाई भन्दा देख्नेलाई लाज’को अवस्था छ ।
    अनुजा प्रकरणमा आफ्नो कमजोरी ढाकछोप गर्दै समाचार स्रोतले धोका दिँदा पाठक झुक्किएको भन्दै माफी मागेको कान्तिपुरले त्यसयता पनि पटक–पटक पत्रकारिताको मर्यादा उल्लङ्घन गर्दै आइरहेको छ । अति सामान्य प्रकरण तर उसको स्वार्थपूर्ण चासो रहेको खण्डमा ‘विशेष सम्पादकीय’ लेखिहाल्ने कान्तिपुरको दिनदिनै प्रतिष्ठा गिर्दाे र विश्वासमा संकट उत्पन्न हुँदै गएपछि यतिबेला त्यहाँ कार्यरत पत्रकारले नै ‘भविष्य लामो नभएको’ भन्दै अन्य प्रकाशन गृहतिर आँखा तान्न थालेको बुझिन्छ ।
    विगतमा नेपाल समाचार पत्र र कान्तिपुरबीच विराटनगरका ‘माडे’को समाचार सन्दर्भले पाठकलाई वाक्क पारेको थियो तर यतिबेला भने कान्तिपुरको भ्रमपूर्ण समाचारलाई कान्तिपुरबाटै छुट्टिएका रामेश्वर थापाको लगानीको अन्नपूर्णले ‘क्लियरिफाई’ गर्दै जानुका साथै खोजीपूर्ण समाचारलाई प्राथमिकता दिन थालेपछि पाठकको विश्वास त्यतातिर सर्न थालेको छ ।
    ‘विश्वकै धनाढ्य’लाई कान्तिपुरमा भित्र्याएर ‘मुर्गा’ बनाउने सोचमा कुनैबेला उनै सिरोहियाको चासो र स्वार्थमा सम्पादकलाई समेत पत्तै नदिएर ‘कंगाल’ रसेन्द्र भट्टराईलाई ‘खर्बपति नेपाली’ भनेरसमेत कान्तिपुरले मुख्य समाचार प्रशारण एवम् प्रकाशन ग¥यो । त्यही समाचारको असरले गर्दा मृत्युवरण गर्न पुगे रसेन्द्र भने समाचारकै विषयमा असहमती राख्दै तत्कालीन सम्पादक युवराज घिमिरे कान्तिपुरबाटै अलग भए ।
    सोल्टी होटलको गोसाइँकुण्ड स्वीटको खर्च तिर्न ‘कंगाल’ रसेन्द्रका परिवारले घरै बेचेर डेरा सर्नु परेको तीतो यथार्थ सायद ‘कान्तिपुर’का पाठक र दर्शकले अझै पनि नबिर्सेको हुनुपर्छ । त्यस्तैगरी, एयरबस खरिद प्रकरणमा पनि कान्तिपुरको समाचार पत्तु हुन पुग्यो ।
    लोकमान प्रकरणमा आफ्नो स्वार्थ पराजित भएपछि यतिबेला कान्तिपुर सञ्चालक सिरोहिया विक्षिप्त बन्न पुगेका छन् । आफूले विगतदेखि नै गर्दै आएको राजश्वमारा क्रियाकलापबाट चोखिन भविष्यमा कस्तो कदम चाल्ने र कोमार्फत् लोकमानसँग सम्बन्ध सुधार्ने भन्ने योजना बुन्न कान्तिपुरकै निकट ‘कार्यकर्ता’सँगको कोठे बैठकमा व्यस्त छन् सिरोहिया । जानकारीमा आएअनुसार लोकमान प्रकरणमा नेपालमा राजश्वमाराको रूपमा चिनिएका तर फोब्र्स पत्रिकाले विश्वसको धनीको सूचीमा राखेको विवादास्पद उद्योगी विनोद चौधरीसमेतको स्वार्थमा कान्तिपुर लोकमानसिंह कार्कीको विरुद्ध जाइलागेको हो ।
    सरकारी मुखपत्र गोरखापत्रसँग टक्कर लिँदा पाठकको मन जितेर फस्टाएको कान्तिपुरले भविष्यमा पनि यस्तै हावादारी र अहम्पूर्ण समाचार प्रकाशन गरिरहने हो भने उसको भविष्य लामो छैन । पाठकको विश्वास रहेन पत्रिका नम्बर वान हुने हो, दाबी गरेरै नम्बर वान कहिलेसम्म ?

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • मणि

    कुनै बेला अमिताभ बच्चनसंगको अन्तर्वार्ताले पाण्डेजी केहि समय नेपाली मेडिया बाट अलप भएका थिए, अनि हालसालै लाइभ गर्दा मोबाइलमा कुरा गरेकोले चौतर्फी बिरोधले केहि शान्त भएका थिए! बेला-बेलामा एउटा पत्रकार यसरि आफै बिबादमा आइरहेका बेला यो पनि खास ठुलो हैन| हुनसक्छ आफैले आफ्नो प्रचारकालागि केहि राजनीति खेलेको!
    उदाहरण – कुनै पनि मेडिया हाउसले हाम्रो यति सम्पत्ति/ऋण अनि हाम्रो कामदारलाई पेलेका छौ भनेर भन्छ? सधै आर्काको बारे लेख्ने भन्नेले आफ्नो बारे बिर्सेको हुन सक्छ| चौधरी, खेतान बारे आर्थिक समाचार मज्जाले छाप्ने पत्रकारलाई सिलबन्दी खाम आएको कुरो कसैले लेख्छ?
    अब कसले कसको मानहानी गर्या छ त्यो म जान्दिन तर इनमा अमेरिका गएर पढेर आएको बारे धेरै पहिले देखि धेर घमण्ड छ भन्ने जनमानसलाइ थाहा छ| यस्तै अर्का छन् – रबिन्द्र मिश्र, बेलायत बसेर आएको मान्छेले केहि समय फेसबुक मा आफ्नो स्याट्स विदेश भ्रमण सम्बन्धि – “हरेक पटक विदेश जानकालागि visa लिन खोज्दा मेरो रास्ट्रीय स्वाभिमानमा सुइरोले घोचेझैं महसुस हुन्छ ……….”
    लेखेका उस्तै पारा! visa लिन अनेको कागज माग्यो भनेर तेत्रो बहस गर्ने? बरु विदेश नै नगए भैगोनि, त्यो खर्चले अरु समाजसेवा गर्नु नि|
    यहाँ दुइ कुरा मिसाउनुको तात्पर्य – पत्रकारले जे भने नि ठिकै हो भन्ने कुरोलाइ पाठकले सजिलै लिनु अनि पछि रुवाबासी गर्नु!

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 19

    • तेन्जिंग गाबा

      “अमिताभ बच्चनसंगको अन्तर्वार्ताले पाण्डेजी केहि समय नेपाली मेडिया बाट अलप भएका थिए”,,,,,,,,,,,,,,भनेको मैले पनि धेरै पटक सुनेको छु
      तर
      अन्तर्वार्ता लिदा अलप नै हुनु पर्ने कारण चाही अहिले सम्म मैले थाहा पाउनु सकेको छैन/ के परेको रहेछ त्येस्तो र ? कसैलाई थाहा भए लौ न बताई दिउ ……अस्तु…..

      मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

      • तेन्जिंग गाबा

        अलिक खोक्ने नै भए पनि मलाइ त् “ऐश्वर्यको ससुरा” भन्दा त “पाण्डे ब्रो” नै ठिक लाग्छन

        मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 2

  • शशांक लामा, न्युयोर्क

    कानुनका मुली र का मु प्रधानमन्त्रीले लोकमानलाई हरियो बत्ति देखाई सकेपछी अन्जनी बित्थामा किन जान्ने भाको? यस भाडभैलो माझमा नाम प्रचार गराइहालुँ भनेर मौका छोपेको जस्तो छ! कठैबरा!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 13

  • Harihar Dahal

    न्यायधिसले घुस खाएर मुद्धा जिताएका लाख प्रमाण छन।मान हुनेको पो मानहानी हुन्छ,मान नभएका छुद्रहरुलाई के को मान हानि।
    राजनेता जन्माउन संभोग जारी छ। एकदिन मुलुकमा राजनेता जन्मिनेछ र यि लम्पट गतिछाडाहरुलाई लाइन लगाएर ग्याँस च्याम्बर भित्र छिराउने छ।कामना गरौं, चाडैं गर्भ बसोस्!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 48 Thumb down 1

  • न्यायलय मात्र त्यस्तो निकाय हो जसले आफ्नो विरुद्धमा आफै मुद्धा हाल्छ र आफै फैसला गर्छ यहि कारण अदालत स्वेच्छाचारी भएको पनि देखिन्छ कहिलेकाही । अदालतमा के कति र कस्ता प्रकारका भ्रष्टचार हुने गर्दछन भनेर कसैले बोल्न र लेख्न पनि मिल्दैन । अरु निकायहरुको विषयमा जे जे लेखे पनि हुने तर अदालतको विषयमा केही लेख्न नहुने कुरा आफैमा सही छैन तर यसको गरिमाका लागि पनि उसको विषयमा बढी संवेदनशिलता अपनाईएको हुन्छ र यसैको आडमा त्यहाँ हुने नहुने कुरा भईरहन्छन त्यस लाई कसरी व्यालेन्समा राख्ने यो भने नीती निर्माताहरुले सोच्नै पर्ने हो तर सोच्दैनन किनकी त्यहाँ न्यायीक मूल्यमा असर पर्छरे । अत नेपालको अदालतका केही राम्रा फैसलाहरुका आडमा स्वतन्त्र र निश्पक्षताको प्रचार बेच्दै ती भन्दा धेरै नराम्रा फैसलाहरु छुट हुन सक्दैनन । यस्ता कुराको विरोध गर्न पाउन पर्छ । किनकी भगवानको विरोध गर्नेहरुलाई पनि छुट छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 1

  • amrit kc

    विजयकुमार जी को यो लेखले अदालतको मानहानी गरेको देख्नेहरुले, सर्वाेच्च अदालतलाई कमजोर पार्ने भित्रि नियतले सर्वाेच्चका प्रमुख महामहिम रेग्मी कामरेडलाई संविधान विपरीत देशकै प्रमुख बनाईँदा किन मानहानी भएको देखेनन् । त्यो त ईतिहासकै ठुलो र नमेटिने मानहानी हो । विजय जी को लेख दोहोर्याएर पढ्ने हिम्मत गरे जँहा अदालतको मानहानी भएको कम्तीमा मैले चाँहि देखिन । सर्वाेच्च अदालत हो भन्दैमा उसले गरेका गलत काम र ब्यवहारको बारेमा बोल्न, लेख्न पाईदैन र ?

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 0

  • Pradumna

    विश्वनाथलाइ न्यायका प्रतिमूर्ति देख्ने विजय कुमार लाइ सोध्न मन लाग्यो,टनकपुर र गिरिजा र मनमोहन को मध्यावधि फैसला सुनाउने तिनै महान होइनन र?: एउटा वकिल ले विजय कुमार बिरुद्ध मुद्दा हाल्न पाउन्न र ? सर्वोच्च ले मानहानी भयो भनेर फैसला सुनाइ सक्यो र ? के को कोकोहोलो हो यो खास ….

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 22

  • Abhaya London

    देश हाक्ने driver हरुको अब brake फेल हुन्छ ,उनीहरुको हकाई भनेको नैतिकता bechera पाएको licence Marta हो गाडी चलुन नाउदै पाएको driving seat हो दुर्घटना अबस्य हुन्छ कति नीर्दोस यात्रु हरु बेत्थामा चेपुवामा पर्नेहो हेर्न बाकि छ

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Ken Thapa

    अहिले भने बल्ल एउटा गतिलो विषयमा ब्लग भेटियो सालोक्यजिको .विजय कुमार पाण्डेको कान्तिपुरमा प्रकासित त्यो लेखको विषयमा परेको मानहानी सम्वन्धि मुद्धाको बिषयमा धेरै हल्ला गर्नुको कुनै तुक देखिदैन.हल्ला त तेत्तिखेर गर्नु स्वाभाविक होला जब यो विषयमा अदालतले फैसला सुनाउला.सामान्य हिसाबले भन्दा कान्तिपुरले लोकमान सिंग कार्की को विषयलाई बढी नै कभरेज गरेको देखिनु स्वाभाविक हो.तर कुन विषय लाइ बढि महत्व दिने भन्ने कुराको मापन कसले कसरि गर्ने?? जसरि ”नागरिक”ले लोकमानको सीफारिश देखि नियुक्ति सम्मका बिषयहरुलाई ”खोट रहित” जसरि समाचार र बिचारहरु प्रकासित गरि रह्यो वा त्यो बिरुद्धमा केहि/कोहि भएकै छैन/उत्रिएकै छैन भन्ने खालले समाचार हरु प्रकासित गरि रह्यो.
    सबैभन्दा बढ्ता दुखको कुरो त कान्तिपुरले लोकमान सिंग को मुद्दामा उसको आफ्नो पुरानो रिस पोख्न [जुन विषय घाम जत्तिकै सबैका माझ छर्लंग भएकै तथ्य हो ]आफ्ना समाचारलाई लोकमान विरुद्ध मात्र उभ्यायो र त्यो भन्दा बढ्ता दुखको कुरो कान्तिपुरका पुराना समय समयका साझेदार हरु र प्रतिष्पर्धी ‘नागरिक’ र ‘अन्नपुर्ण पोष्ट’ ले केहि हुदै नभएको वा अझ कति प्रसंगमा त लोकमान बाहेक अरु आयुक्त नियुक्त हुनै नहुने वा उनिजती निस्कलक र अविवादित प्रमुख आयुक्त अरु कोहि पनि नभेटिने जसरि पनि लेख/समाचार आए.
    मेरो लेखाइ को आशय के मात्र हो भने प्रकाशन ब्यापारी र पत्रकारहरुको रिस राग या वैयक्तिक
    इगो [लोकमान सिंह विरुद्ध कान्तिपुर/ ज्ञवाली विरुद्ध सिरोहिया /रामेश्वर विरुद्ध सिरोहिया अनि सुधिर विरुद्ध गुणराज/ किशोर विरुद्ध नारायण ] भन्दा बढि लाग्छ त यी प्रकाशन व्यापारीहरुले प्रकाशन गरेका खबर वा लेख हरु ??
    लोकमान का समर्थन या विरोधमा देखिएको प्रकाशन ब्यापारी वा पत्रकारहरुको यो नाङ्गो हर्कत हामि रु १० तिरेर खुरुखुरु ति पत्रिका किन्ने ग्राहकहरुले नदेख्ने गरि भएको छ भन्ने सोचिएको पो हो कि ??
    तेसो चाहि पक्कै होइन किनभने रु १० मा पत्रिका बेचेर मात्र प्रकाशन व्यापारीहरु र पत्रकारहरु बाचेका वा बाच्छु भन्ने कसैलाई लागेकै छैन र होइन पनि.
    भारतीय गुप्तचर अधिकारीहरुका दवाव [मुख्य पार्टिका अधक्ष्यले भनिसकेपछि विवाद गर्नु जरुरि नै छैन] का सामु लम्पसार खिरारे,४ दलिय सिण्डिकेट्का मालिकहरुका नाङ्गो नाच अनि पत्रकार अनि प्रकाशन ब्यापारी हरुको समर्थन र विरोध हामीले भन्नै पर्छ यो देश नालायक हरु र अमुर्त स्वार्थहरुकै कारणले एति बर्वाद हुन सकेको हो .देश दलाल नेताहरुका कारण मात्र बर्वाद भएको पक्कै होइन रहेछ .

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 2

  • Aayush

    यहाँ कमेन्ट गर्नु भन्दा पहिला बिजय कुमार को लेख पढ्नु जरुरि छ किनभने समसामयिक घटना क्रम मा आधारित भएर लेखिएको यो लेख स्वार्थ को घेरा भित्र का सिमित व्यक्ति वा समूह लाइ त तितो नै छ तर रास्ट्रिएता को सवाल मा एक पटक गम्भीर भएर सोच्ने हरुको लागि चै निकै महत्वपुर्ण लाग्छ | कान्तिपुर पत्रिका वा बिजयकुमार मन पर्नु वा नपर्नु संग यो लेख ले खासै महत्वपुर्ण मतलब राख्दैन |

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 1

  • Abhi

    त्यो मुद्धाको पछाडी को रहस्य तपाइंले शंका गरे जस्तो हुनै सक्दैन भनेर भन्न त सक्दिन तर अदालत ले (कामना गरौ तेस्तो नहोस) तेस्मा लेखक/सम्पादक/प्रकाशक का बिरुद्ध फैसला गर्ने छैन भनेर भन्न सक्ने दरिलो आधार कम्तिमा मसंग येतीबेला छैन .

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 6

  • Dipak (USA)

    हग्नेलाइ भन्दा देख्ने लाइ लाज भनेको येही हो / भर्स्ताचारीलाइ भर्ष्टचार को निवारण को परमुख बनाउन कानुनसम्मत हुने तर तेस्को बारे मा लेख्दा मान हानी / हसाउचन हो नेपाली तोर्पे नेता हरु ले / हे भगमान! यी नेपाली दुस्ट नेता हरु को अन्तेस्ती र कार्यकर्ता हरु को सद्बुद्धि छिटै आयको देख्न पाउ ?
    हे idiot पार्टी नेता हो जनता को नाम मा जनता लाइ नै सधै सास्ती त दियौ दियौ अब देश नै खान आतेउ?

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 7

  • एम.के. शर्मा

    विजयकुमारको उक्त स्तम्भ ‘सप्ताहिक’ नभई ‘पाक्षिक’ हो !

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 4

    • Ram thapa

      ‘साप्ताहिक ’ वा ‘पाक्षिक’ जे भए यो समाचारसंग यो के सम्बन्ध छ र . तर पनि जानकारीको लागि धन्यवाद .

      मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 1

  • raj

    लेख समसामयिक बिसय बस्तु समेटर लेख्नु भएको छ | निस्चय नै राम्रो छ | तर किशुन जी को तेती तारिफ गर्नु को कारण मैले बुझ्न सकिन | सदा जीवन को कुरा हो भने ठिकै छ | नत्र प्रजातन्त्र प्राप्ति पछि उहाको राष्ट्र प्रति बिसेस योगदान मैले बुझन सकेको छैन | उहा लेजन्डेरी हुनु पर्ने कारण पनि बुझ्न सकिन | अन्य प्रधानमन्त्री र उहा मा तेत्रो भिन्नता पनि देख्न सकेको छैन | साथी हरु ले केहि थाहा पाउनु भएको छ भने लेख्नु होला ताकी मैले पनि बुझ्न सकु |

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 46

    • raj

      मैले लेख भनेर बिजय जी को लेख को कुरा गरेको हो है लेख्न छुटे छ |

      मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 4

      • karma

        तपाईंले पढ्न छुटाउन भयो शायद, नेपालका तीन प्रधानमन्त्रीहरु मात्रै देशको स्वार्थको बारेमा भारतसंग कुरा गरेका र अरु सबै प्रधानमन्त्रीहरुले खाली आफ्नो र आफ्नो दलको स्वार्थको मात्रै कुरा गरेको हालै पत्रिकाहरुमा छापिएका थिए | संयोग नै मान्नु पर्छ यी तीन प्रधानमन्त्री मात्रै प्रजातान्त्रिक पद्दतिका स्वच्छ छबि भएका र भ्रस्टाचारमा नफसेका नेपालका प्रधानमन्त्रीहरु हुन् | बि.पी.लाई महेन्द्रले खाई दियो, कृष्ण प्रसाद भट्टराईलाई कांग्रेसका भ्रस्ट नेताहरुको समूह जसको नेतृत्व गिरिजाले गरेको थियो उसले हराई दियो र मनमोहन अधिकारीलाई एमाले को अर्को भ्रस्तको नाईकेहरु माकुनेको समुहले रुवाई नै दियो |

        धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 87 Thumb down 4

        • raj

          कर्मा जी धन्यवाद | तपाई ले भन्नु भएको कुरा ठिक हो | तर केहि येस्ता उदाहरण हरु छन् त उहा ले गर्नु भएका सन्धि वा समाधान हरु जसले राष्ट्र र जनता को हित मा राम्रो प्रभाब परेको होस् ?

          मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 8

          • तेन्जिंग गाबा

            भारतीय पक्ष्यले भारत भ्रमणको बेलामा सधै हाम्रा नेताहरुको घाटी समात्ने गर्छ त्यो कुरो कृष्ण प्रसाद भट्टराईलाई पनि आइलाग्यो एउटा “प्रेस कन्फरेन्स” मा अनि उताको
            पत्रकार भनाउदाहरुले सोधे : ” ,,,,,,,,,प्रधानमन्त्रिजी!! आपलोग शाही नेपाली सेना मे मधेशियोको क्यु नही लेते है? ”
            भट्टराई: “आप के यहा भी गुर्खा सैनिक है, आप लोग उन्हे क्यु नही लेते ?”
            …….सबै चुप चाप……….

            ***********************************************
            हुनत त्यो बेला सम्म फाट्टफुट्ट तराइबासी नेपालीहरु नेपाली सेनामा प्रवेश गर्न सुरु गरिसकेको भए पनि विभेद बिद्दमान थियो तर पनि हुल का हुल बिहारीहरुको नेपाली सेनामा प्रबेस गराउने योजना उनले २ सेकेन्डमा यसरि तुहाई दिएका थिए

            मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 0

      • rabin

        राज जी चोरहरुको देशमा गएर न चोर्नुनै इमान्दारी हो | अन्य प्रधानमन्त्री र उहा मा तेती भिन्नता छ

        मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 2

        • raj

          रबिन जी धन्यवाद | त्यो त पक्का पनि सहि हो |

          मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

    • Rimal Hari

      तपाई ले मेरो मन को कुरो बोल्नु भो | यो बिजय कुमार पनि अलि देखावोटी मात्रै छ …..| नराम्रो राम्रो कुरो होइन तर आफु हिरो बन्नको लागि अलि नाटक नै गर्छ | हेरौन उनको interview हरु | आजकाल खोइ कताबाट अध्यात्म तिर मन गएछ जहिले खाली धर्म दर्सन को ज्ञाता जस्तै कुरा गर्छन | आफैले भन्दै थे अध्यात्म fashion भयो भनेर |
      अनि उनलाई खोइ किसुन जी ले के गरेछन खुब गुड्गान गाउछन् | अहिले मात्रै होइन पहिला देखि नै | यिनको ego र आडम्बर चाही अलि बढी नै छ | कहिले बौद्ध गुरु को कुरा घुसाउछन् , कहिले हिन्दु धर्म का कुरा हरु (सगरमाथा चढ्ने नायिका संग को अन्तर्वार्ता), कहिले अमेरिका को प्रोफेस्सोर ले हामी लाइ पढाएको भनेर खोकछन् | कुन चाही लद्दर गुद्दर professor संग पढे कुन्नि ? अनि यिनी आफु लाइ निकै सोच छन् | ठिक हो लेख नराम्रो होइन तर लेख मा खोक्दा खोक्दा अलि बढी नै खोकेछन् |
      यो कुरा पनि भन्दिउ न | यिनी माओबादी हुन् भन्ने साएद कमै लाइ थाहा होला | अब यिनी को लेख लाइ मन पराउने स्वात्तै घट्ने भए ………:)

      मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 17

  • cRIS

    बिजय कुमारजीको आवाज जोकोही एक ईमान्दार नेपालीको आवाज हो| articulate गर्न सबैले सक्दैनन् तर भाब चै त्यही हो| यी आवाजले नायालय यति लज्जित महसुस गर्छन भने, सायद नायापालिकाले आफैलाई सरसफाई गर्ने दिन आयो| जनताको आवाजलाई तिरस्कार गर्न हुन्न|

    ठोकतन्त्र शुरु गरिएको हो भने, भबिष्य ठिक देखिन्दैन|

    मन परे हरियो नपरे रातो ! Thumb up 45 Thumb down 7

  • karma

    मेरो बिचारमा माओबादी फेरी एक चोटी सफल भएको छ | माओबादी केहि अघि सम्म अदालतलाई आफ्नो दुश्मन ठान्थ्यो र अदालतले गरेका मुद्दाहरु मान्दैन थियो, जस्तो कि हत्यारा बाल कृष्ण ढुंगेलको कैद्लाई अझै माओबादीले मानेको छैन, तर सारा नेपाली जनतामा अदालत प्रति बिश्वाश थियो र यो बिस्वाशलाई नस्ट गरि माओबादी न्यायको संस्थालाई कम्जोर बनाउन चाहन्थ्यो र अहिले ठिक त्यहि भैरहेको छ | खिल राज रेग्मीले माओबादीको lollipop चुसेर न्यायालयलाई बेची दियो र अहिले नेपालमा वकिलको सट्टा आफ्नो मुद्दा जिताउन न्यायाधिशलाई पैसा खुवाउनु पर्ने अवस्था आएको छ | बाबुराम भट्टराईले नागरिकमा लोकमान सबै भन्दा योग्य भनेर अन्तरबार्ता दियो | अब प्रहरीको प्रमुखमा पनि सबै भन्दा ठुलो कुख्यात अपराधिलाई नियुक्त गर्नु पर्छ, किनकि उसले धेरै अपराध बुझेको हुन्छ, त्यसैले उनै सबै भन्दा योग्य हुन् |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 52 Thumb down 10

  • Suman bhote

    अब इन्जीनियेर र डाकटर जस्तै पत्रकार को पनि लाइसेन्स बनाउनुपर्यो Nepal मा…….. सबैले जेपायो तेही लेखेका छन्, इन्टरभिउ प्रोमोसन को लागि देखाएका छन्…… एउटा मापदण्ड तोक्नुपर्यो, र minimum qualification तोक्नुपर्यो र license जरुरि गर्नुपर्यो अब….. समाजलाइ भ्रम पर्ने भनेको गलत लाई राम्रो भनेर प्रचार गर्नु हो……
    अदालत पनि आफै मुछिन आएको हो राजनीतिमा….. डर्टी game मा आएकै हो……

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 1

  • adityakhanal

    I really appreciate Bijaya Kumar Pandy’s Writing. He has put light on the current happenings in Nepalese political Scenario, level of politician ethics, and the present practices going around in beaurocatic and political diaspora.
    I think through his writing he is speaking public voice, I feel he is representing people like me. Poeple like us, who are not associated with any political parties, neither with any association, have been victimised every day in our name, Really keeping us in illusion.
    He has requested to students not to tailgate their leaders without differentiating the right and wrong. The request or challenge ( anyone can understand in their own way) by Bijay Pandy is really a genuine request or Challenge.

    I am surpriesed when a lay man like us can understand how come the politicians are not understanding.

    I urge Bijaya Kumar Pandey to keep on writing such thought provoking articles time and often which gives a bit relief to our pain.

    Bijay ji, I apologize for not having good expression that I can express through writings please try to correctly understand it. I believe you do it.

    Thanks
    aditya

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 64 Thumb down 10

    • Pradumna

      आदित्य जी what did u mean by political diaspora ? Doesnt diaspora mean those living away from their homeland or people dispersed the land where they belong ??

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • lavesh

    हो केहि प्रश्नहरुको उत्तर पाठक लगायत सर्वसाधारणहरुका माझ मा अनुतरित रहदै आकेका छन् . निश्चित उदेस्यका लागि समाचार र विचारहरुको उत्पादन एबम यसको दुरुपयोग भैरहेको छ . पाठक र दर्शक भन्दा बढी र बजार सम्ब्यब्ता नभएको ब्यबसायको ब्यापकता नै यसको प्रमण हो .

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 2

eXTReMe Tracker