मेरो Tweet

  • पत्रिका र लेखकले कपिपेस्ट गरेको आरोप खुब आउँथ्यो, हेर्नुस् यहाँ प्रमको विज्ञप्ति नै कपिपेस्ट http://t.co/s8ReR2BdaR

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

५०० रुपियाँको रामकहानी; यसरी फिर्ता पाइयो रकम

nabil नेपालको नम्बर वन बैँक भनिने नबिल बैँकको एसएमएस बैँकिङबाट किनेको ५ सय रुपियाँको एनटिसीको रिचार्ज पिन नचल्ने भएपछि ठगिएको महसूस गरेको थिएँ। त्यसको तीन दिनपछि म‍ंगलबार राति बल्ल नयाँ पिन हात पर्‍यो। त्यो पनि नबिल बैँकबाट हैन, बुटवलबाट! यसबीच नबिलले ग्राहकलाई गैर जिम्मेवारपूर्ण व्यवहार गरेवापत् माफी पनि माग्यो, फोन गर्छु भनेर फोन नगर्ने र कम्प्लेन लेखाउँदा पनि दर्ता नगर्नेलाई कारबाही गर्ने प्रतिवद्धता पनि जाहेर गर्‍यो। ब्लग र सामाजिक सञ्जाल ट्विटरमा यस विषयमा भएको बहसपछि नबिलले द्रुत गतिले अगाडि बढाएको छानबिन प्रश‌ंसनीय थियो। सबै ग्राहकको कम्प्लेनलाई यस्तै छिटो ढंगले समाधान गरिदिए यो बैँक कागजमा मात्र हैन, ग्राहकको मनै जितेर साँच्चिकै नम्बर वन बन्ने गौरव प्राप्त हुन्थ्यो होला।

शनिबार १८ मेमा साँझ साढे ६ बजेतिर नबिलको एसएमएस बैँकिङबाट मैले एनटिसीको ५ सय रुपियाँको एउटा रिचार्ज पिन किनेँ। लगत्तै एसएमएसमा पिन आइपुग्यो। तर त्यो पिन नम्बर राखेर डायल गर्दा रिचार्ज भएन। पटक-पटक डायल गर्दा पनि पिन नम्बर गलत छ भनियो र उल्टै धेरै गलत नम्बर डायल गरेकोले फेरि रिचार्ज गर्नै नहुने बनाइदियो।

भोलिपल्ट आइतबार बिहान १० बज्ने बित्तिकै नबिल बैँकको वेबसाइट हेरेर 4221718 मा फोन गरी एसएमएस बैँकिङ हेर्ने विभागमा फोन दिनुस् भनेर भन्दा रिसेप्सनिस्टले कार्ड डिभिजनमा फोन पास गरिदिइन्। एक पुरुषले फोन उठाए। मैले सबै विवरण सुनाएँ। एकछिन है भन्दै उनले फोन होल्ड मै राखेर केही खोज्दै जस्तो पनि गरे। लास्टमा योबारे हामी हेरेर तपाईँलाई फोन गर्छौँ नि है भन्दै मेरो मोबाइल नम्बर, नबिल बैँकको अकाउन्ट नम्बर सबै लिए।

म त्यहाँबाट आउने फोनको प्रतीक्षामा थिएँ। फोन आउँछ भनी कुर्छु, आउँदैन। साँझ ५ बजे अफिस बन्द हुने बेलासम्म पनि फोन आएन। यसबीच त्यो पिन नम्बर फेरि पनि ट्राइ गरेँ। अझै गलत नै भन्थ्यो।

भोलिपल्ट सोमबार बिहान फोन आउला कि भनेको, लन्च ब्रेकसम्म पनि फोन आएन। लौ भएन, मेरो पाँच सय रुपियाँ खाने नै सुर कसेछ कि क्याहो भन्दै एउटा ब्लग लेखेँ र दिउँसो साढे २ बजेतिर राखेँ। ब्लग राखेपछि साँझ ५ बजे अफिस बन्द हुनुअघिसम्ममा फोन आउला कि जस्तो लागेको थियो, आएन। एक पटक कम्प्लेन लेखाइसकेपछि फेरि फोन गरेर बुझिराख्न आवश्यक ठानिनँ। बरु यस्तो ट्विट गरिदिएँ-

ट्विट बहस

यो ट्विटलाई केही ट्विटेहरुले मुद्दाका रुपमा उठाए र बहसमा नबिल बैँकका पूर्व सिइओ अनिल शाहसमेत जोडिन पुगे।


ट्विटरमा मात्रै हैन, माइसंसारको यही ब्लगमा पनि टन्नै कमेन्ट आए नबिल र अन्य बैँकहरुबाट असन्तुष्ट ग्राहकहरुका।

…अनि आयो नबिलको फोन

ब्लग र ट्विटरमा भएको बहसकै प्रभावले हो कि, भोलिपल्ट बिहान १० नबज्दै फोन आयो नबिल बैँकबाट। सुरु उजुरी दर्ता गराएको ४८ घण्टापछि फेरि के भएको हो भन्ने जानकारी मागियो र योबारे हामी हेर्दैछौँ, पछि फोन गर्छौँ या नयाँ पिन पठाउँछौँ भनियो।

दिनभर फोन आएन। अपराह्न ५ बजेतिर फोन आयो। त्यतिबेलासम्म नबिलले विस्तृत छानबिन गरिसकेको रहेछ। त्यो पिन नम्बरमा त्यो दिन प्रोब्लमै भएको रहेछ। अहिले भने त्यो पिनमा प्रोब्लम छैन रे। ‘हामीले त एनटिसीबाट आएको पिन फरवार्ड गर्ने काममात्र गरेका हौँ’, नबिलको भनाई थियो। मैले भनेँ- पिनसँगै सिरियल नम्बर पनि पठाउनु भएको भए पिनबारे सीधै टेलिकमममा उजुरी गरेर के भएको हो बुझ्न मिल्थ्यो, तपाईँहरु सिरियल नम्बर पनि पठाउनु हुन्न। अनि त्यो पिनले काम गरेन भनेर उजुरी गर्दा पनि पछि फोन गर्छु भनेर कुनै जवाफ दिनुहुन्न।

यसमा नबिल कर्मचारीले हामीबाट जेनेरेट भएको पिनको जिम्मा हाम्रै हो भने। आइतबार बिहान फोन कसले उठाएको थियो भन्ने नाम सोध्नुभएको भए उसलाई कारबाही गर्न मिल्थ्यो भने। त्यो दिन फोन उठाएर मेरो खाता नम्बर, नाम, मोबाइल नम्बर सबै लेखेर हेर्नुस् त रद्दी टोकरीमा पो फ्याँकेका रहेछन्। त्यहाँ इन्ट्री नै भएको रहेनछ। उनले अबदेखि यसरी कम्प्लेन लेखाउँदा टिप्नेको नाम पनि सोध्न आग्रह गरे। लौ है तपाईँहरुलाई पनि काम लाग्छ यो टिप्स। अबदेखि कम्प्लेन लेखाउँदा टिप्ने कर्मचारीको नाम टिपिराख्नुस्।

बुटवलबाट चार्ज भएछ पिन

ब्लग लेख्दा मैले प्रमाणै राख्ने उद्देश्यले पिन नम्बरसहितको एसएमएसको फोटो नै राखिदिएको थिएँ। उनले त्यो चाहिँ नगरिदिनुभएको भए हुने भने। कम्प्लेन लेखाउँदा पनि वास्ता नगरेपछि छानबिन गर्न सजिलो होस् भनेर मैले पिनै सहितको एसएमएस हालिदिएको थिएँ। आइतबार उजुरी लेखाएपछि मलाई बैँकले फोन गरेर यसबारे यस्तो हुँदैछ है भनेर कम्तिमा केही जानकारी दिएको भए मैले ब्लग लेख्नुपर्ने आवश्यकता नै पर्ने थिएन। यो कुरालाई उनले स्वीकारे। माफी पनि मागे। त्यो फोन उठाउने पत्ता लागेको भए कारबाही गर्थेँ पनि भने।

उनका अनुसार नबिलले एनटिसीसँग जानकारी मागेर सोधखोज गरेपछि सोमबार अपराह्न ३ बजेर १६ मिनेट जाँदा बुटवलबाट एउटा मोबाइलमा त्यो पिन प्रयोग गरेर रिचार्ज गरेको भेटियो। उनले मलाई त्यही नम्बरमा फोन गरेर मेरो पिनबाट तपाईँले चार्ज गर्नुभएछ, तपाईँ मलाई अर्को पिन पठाइदिनुहुन्छ कि के गर्नुहुन्छ भनेर सोध्नुस् न भने। त्यसबाट कुरा मिलेन भने पुलिस केस गरौँला भने। निहुँ खोज्ने पाराले भए म किन फोन गर्छु, तपाईँहरु आफै गर्नुस् भन्थेँ होला। लौ त नि भनेर फोन गरेँ, फोन लागेन।

दुई घण्टा जतिपछि फोन गरेँ, लाग्यो। फोन उठाउनले हो मैले रिचार्ज गरेको हुँ तर मसित अहिले पैसा छैन तपाईँलाई पर्सि पठाइदिउँला नयाँ पिन भन्न थाल्यो। मैले अहिले राति आठ बजेभित्र तपाईँले नयाँ पिन पठाउनु भएन भने म यही कुरा बैँकलाई फरवार्ड गरिदिन्छु, उनीहरुले तपाईँको सिम ब्लक गर्लान् वा पुलिस केस के गर्लान्, मलाई थाहा छैन, त्यसको जिम्मेवार तपाईँ हुनुहुनेछ। मैले त तपाईँलाई सूचना मात्रै दिएको हुँ भनेर फोन राखिदिएँ। पछि उनैले फोन गरी नयाँ पिन नम्बर टिपाए। त्यही पिन अनुसार मैले मोबाइलमा सफल चार्ज गरेपछि तीन दिन लामो ५ सय रुपियाँको रामकहानी अन्त्य भयो। यसो यसो भयो है भनेर मैले नबिल कर्मचारीलाई पनि राति नै जानकारी दिएँ। आफ्ना कर्मचारीहरु अलि गतिलो राखेको भए र ग्राहकहरुप्रतिको व्यवहारमा अलि ध्यान दिएको भए माथिल्लो तहका ती कर्मचारीको छानबिनको नाममा यति समय नाश हुने थिएन। मेरो पनि यति धेरै फोन कल, यति धेरै समय नष्ट हुने थिएन।

अरुको भए के हुन्थ्यो होला ?

मैले त ब्लग र ट्‌विटरबाट यसरी आवाज उठाएँ र समस्याको समाधान भयो। अरुको यस्तै समस्या परेको भए के बैँकले सुन्थ्यो होला ? अस्तिको ब्लगमा नै अनेकन् कमेन्ट आएका छन् गुनासोका। यही बैँकका विषयमा अरु पनि छन् गुनासो मेरो। मेरो बैँक खाता पहिला जिरो ब्यालेन्सको थियो। अहिले भने न्युनतम पाँच सय रुपियाँ ब्यालेन्स हुनुपर्ने बनाइएको छ। कहिलेदेखि यो व्यवस्था गरियो भनेर सूचना दिनुपर्छ कि पर्दैन बैँकले ?

तपाईँहरुको पनि बैँकसम्बन्धी यस्तै गुनासा छन् र यसरी नै आवाज उठाउँदा मात्र उनीहरु सुन्न बाध्य हुन्छन् भने तपाईँ पनि सामाजिक सञ्जालका साइटहरुमा आफ्नो गुनासो विस्तृत रुपमा राख्नुस्। माइसंसारमा नै तपाईँको गुनासो छाप्न चाहनुहुन्छ भने विस्तृत विवरणसहित यहाँ क्लिक गरी लेखी पठाउनुस्। यो बैँकहरुलाई ग्राहकप्रति जिम्मेवार बनाउने एउटा अभियान हो।

1228 Total View 9 Today View

33 comments to ५०० रुपियाँको रामकहानी; यसरी फिर्ता पाइयो रकम

  • Krishna Chhetry

    Not long ago I used to work at US Embassy in Nepal. It was the time of Dashain and surprisingly I saw 6 Lakhs rupees extra in my bank account. I kept quit as I thought some one may have mistakenly deposited this amount in my account and one day I may have to return it after the true depositor finds his/her account empty . I could have also transferred this amount as I did have other accounts with the Himalayan, Bangaladesh bank and Chartered bank which are not far away from Nabil bank in Kantipath. I was working in Phora darbar in Kantipath. After two weeks I suddenly saw that amount 6 Lakhs was withdrawn from my account and I went to see the Manager who told me that this money was belong to some one and he mistakenly deposited in to your account. I told him yes I understand the situation that is why I kept this amount without withdrawing or transferring thinking I will have to return to the true depositor. My question to the manager was that how could he transfer/withdraw the money from the personal account with out consulting the account holder. The Manager told me that the bank had the right to do so with out consulting the account holder at that situation. I wanted to see Anil Shah who was the CEO at that time but he was not in his office when I went there.
    So what had happen? My name is Krishna Chhetri and there was another Krishna Chhetry also working in US Embassy. Mr Chhetry who is well known to the bank and most probably the promoter of the bank too went to the Bank with that amount and asked the Cashier to give his bank account. Unfortunately the Cashier gave my account no and he deposited this amount in to my account. He did the same mistake again with 1 lakh while I was away and the Manager transferred this amount with out my consent. I presumed he might have done so again as I live in United Kingdom and I have not checked my account for three years. I have no internet banking with this Nabil bank.
    My question to the Manager of the bank is that is it possible to transfer the money from one’s account to another with out asking the account holders? If so then how safe is the money in the not only Nabil but all Nepali banks?

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Narayan

    अरु हरु (सर्वसाधारण) को यो समस्या थियो भने NABIL बैंक हल्लने पनि थिएन Mysansar को समाचार ले पहिले पहिले देखेका पाठक हरुको प्रतिक्रिया र जनमानस ले लिने एक्शन ले तर्सिएर हत्तार कान ठाडा पारेछ .
    जे भए पनि सकारात्मक पक्ष्य नै भन्नु पर्छ NABIL BANK को यो क्रियाकलाप लाइ सबै को सद्बुद्दि यसरि नै आउदै जावस

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • Shyam

    A comment to the CEO of NABIL BANK.
    नबिल बैंकले मलाई एउटा खाता खोल्न ३ दिन लगायो . आज भन्दा ४० वर्ष अघि मरिसकेका मेरो हजुरबुवा हजुरआमा को नागरिकता चाहियो रे नबिल चोर बैंक लाई . मेरो आफ्नो र बुवा आमा को नागरिकता ले मात्र पुगेन रे . नबिल बैंक को केन्द्रिय कार्यालय को भुँई तला को खाता खोल्ने सेक्सन को एउटा होचे-होचे कालो कालो बर्ण भएको महाशय ले भनेको . यो बैंक को केन्द्रिय कार्यलायमा काम गर्ने महिला कर्मचारी त एस्तो खुत्किएको कुरा गर्छन . नबिल बैंक को नाम सुन्दा नि प्रेसर बढ्छ मेरो त . चेतना भय CEO जी लाई तपाई को मात्र बैंक छैन नेपाल मा. ठग्न पल्केका डाकाहरु.

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • pardeshi

    अहिले बैंक बाट बिभिन्न प्रकार बाट ठगिने कुरा एकदम सहि छ, धेरै कारण त् थाहा पाउनुभयो पनि जो अलि online मा बस्ने र कम्प्युटर मा बसेर आफ्ना गुनासो र ठगिएको कुरा लेख्न सक्ने हुनुहुदोरहेछ धेरै भन्दा धेरै नेपालीको पहुच पुगेको छैन ति सबैजना को आवाज को प्रतिनिधि यो mysansar ले गरेको छ तेस्को लै मुरी२ धन्यवाद र आउने दिन मा येसरी नै अरु बैंकको सिन्डिकेट को पर्दाफास गर्दै जाने छ, बैंक सेवा सजिलो सबै को लागि र नठगिने कहिले बाट हो नेपाल मा त्यो दिन आउने पनि छैन होला र बैंक को सेवा राम्रो नहुनुमा मुख्य दोष बैंक संचालक CEO को हो किन कि पुरा team को जिम्बेबारी उनीहरु को हुन्छ, केहि उलेखित कुरा छन् जुन तल उल्लेख गरिएको छ /
    १ आफ्नो मान्छे भर्ति गर्ने, नाताबाद कृपाबाद लाई अन्त्य गर्नु मुख्य कुरा छ
    २ सानो लेबलमा काम गर्ने लाई धेरै भन्दा धेरै समय काममा लगाउने तर तलब सुबिधा सेवामा धेरै कम दिने, आफ्ना कर्मचारी को पनि पर्सनल लाइफ छ भने सोच्नुपर्छ
    ३ उसको qualification education को सहि मुल्याकन नहुनु
    ४ तालिम अवसर प्राप्त हुदा आफ्ना नजिक को चाकडी गर्ने आफन्तहरु लाई अबसर दिने
    सहि काम गर्नेको मुल्याकन नहुने धेरै जसो बैंकमा यो प्रथा अत्याधिक मात्र छ इनै कुराहरु लाई सुधार र संसोधन गरि सहि मुल्यांकन हुने हो भने बैंक को छबि र सेवा मा सुधार अबश्य आउने छ,
    र customer को लागि पनि केहि बिषयमा सुधार हुन आबश्यक छ ,
    १ पहिलो त ग्राहक संग राम्रो बोलीबचन र नबुजेको र सोधेको कुरा हसिलो प्रस्ट संग नम्र भएर उत्तर दिने
    २ खाता खोल्ने फारम को झन्झटिलो कुरा अनाबस्यक option हटाउने र सम्पूर्ण जानकारी नेपाली मा अलि ठुलो font मा प्रस्ट संग बुझिनेगरि लेखेको हुनुपर्छ खाता खोलू भन्दा पैले सम्पूर्ण कुरा customer लाई जानकारी गराउने र बल्ल खाता खोल्ने प्रोसेस मा जाने जबरजस्ती खाता खोलेर पैसा जम्मा गर्ने ध्यान मात्र नराख्ने
    ३. पछि खाता बन्द गर्दा पैसा कटाउने same बैंक को अर्को ठाउँ बाट कारोबार गर्दा charg काट्ने अतिरिक्त पैसा असुल्ने , नारा एकतिर काम अर्को तिर हुने परम्परा लाई रोक्ने गर्नु अति आवश्यक छ,
    ४ . सानो कारोबार गर्ने सानो काम लिएर जाने लाई ग्रहाक नै नठाने प्रवृति हटाउने
    नत्र अब ८० प्रातिश जनता को बैंक भनेको आफ्नो गाउघरमा खुलेको विश्वनीय, पारदर्शी पृष्ठभुमि राम्रो भएको सहकारी सबै भन्दा राम्रो हुने छ, हामी जस्तो सानो गाउले मान्छेको पहुच पनि पुग्ने आफ्नो कुरा पनि सुनिने धेरी लामो गोल्चकर पनि नहुने फाइदा पनि हुने एक मात्र उपाय तेही बाँकि छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • rubi

    मेरो कार्ड expire भएर नयाँ कार्ड बनाएको थिएँ, नयाँ फारम भरेर विभिन्न कागजातहरु बुझाएर बल्ल तल्ल एक महिना पछि कार्ड आयो तर ATM ले accept गरिरहेको थिएन , मैले बैंकमा फोन गरें, बैंकले अर्को ATM मा try गर्नु भने, अर्कोले पनि accept गरेन, फेरि बैंकमा फोन गरें, कार्ड सेक्शनको स्टाफले कार्ड नम्बर account नम्बर सबै मागे, मैले सबै दिएँ, पछि फोन गर्छु भनेर फोन नै गरेन, ३ दिन कुरें गरेन, पछि म बैंकको head office मै गएँ , उसले कार्ड हेर्यो र कम्प्युटरमा चेक गर्यो, अब हुन्छ भनेर कार्ड दियो, मैले बाहिर भएको ATM मा चेक गरें, काम गर्यो, पछि भित्र गएर सोधें के भएको रहेछ भनेर, उसले जवाफ नै दिएन, मेरो पालो बेस्सरी गाली गरेर फर्कें, कार्ड deactive थियो त फोनको भर मै active गर्न सक्थे नि किन मान्छेहरुलाई दुख दिनु, आफ्नै पैसा निकाल्न पनि कत्ति दुख गर्नु पर्यो, ग्राहकको सेवा हाम्रो सन्तुष्टि भनेको यहि हो कि क्या हो………..यो कुरा लक्ष्मी बैंक को हो……….

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1

    • diwakar

      कोहि साच्ची कै मर्का मा पर्या छ ! प्रमाणित हुने सबुत छ भने यो ब्लग जिन्दाबाद कि कसो त सालोक्य जी ?

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • d.p shrestha

    क्याबात नबिल झन्डै एसले आफ्नो साख गिरायको |जनमानस को विश्वास सधै प्राप्त गरॆरहन येस्तै प्रकारले कदम चाल्नु आवश्यक हुन्छ न कि झिना माशिना कुरा भनेर पन्छिनु
    राम्रो होइन |

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • nisan gurung

    पैसा फिर्ता पाउनु भएको मा सालोक्य जी लाई बधाई ..तर नेपाल मा बैंक ले मात्र होइन हरेक कुरा मा ठगेको हुन्छ ..खाना देखि नाना सम्म ..नुन देखि सुन सम्म…बस देखि प्लेन सम्म ….सबै कुरामा तर हामी जनता चनाखो हुनु पर्यो..र ..आफ्नो छेउ छाउ एस्तो कुरा भाको देख्यो भने सहयोग गर्नु सच्चा नागरिक हुनु को परिचय हो….तेही भएर परिवर्तन आफै बाट गरौ…………

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • praveen

    मेरो बचत गर्ने बानि सानै देखि लागेको थियो १९९९- २००० तिर मैले पनि नबिल बैंक मा मेरो जिन्दगि कै पहिलो खाता खोलेको थिए जुन मैले सन् २००६ तिर बन्ध गरिदिए, कारण तपाई हरुको जस्तै थियो त्यहाँ क कर्मचरी हरुको रुस्ट व्यवहार. मैले खाता बन्ध गर्ने बेला मा कारण जनाउ मा स्पस्ट लेखेको पनि थिए तपाई कर्मचारी हरुको व्यवहार चित्त नाभुझेकोले भनेर, त्यति बेला अहिले जस्तो धेरै बाणिज्य बैंक हरु पनि थिएन, मेरो बुबा संग नबिल बैंक को सहरे थियो र सधै मलाई राम्रो बैंक हो भन्ने गर्थे CEO थिए अनिल शाह, मेरो उहा प्रति यति नराम्रो छाप पर्यो कि मैले अहिले सम्म पनि उहा जानु भाको मेगा बैंक मा खाता खोलेको छैन र न कहिले खोल्छु होला.

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • शशांक लामा, न्युयोर्क

    प्राविधिक त्रुटि र अन्य बित्थाका कुरोहरु त निहुँ मात्र हो, आखिर नेबिलले झेल त गरेकै रहेछ नि! नेता मात्र झेली भनेको त बैंक धरी झेली रहेछ|

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • राम राज

    मैले नबुझ्या कुरा
    उक्त पिन बाट बुटवल को मान्छे ले कसरि रिचार्ज गरेछ यहा प्रस्ट हुन् सकेन |
    १. उसले कुनै तबर ले (या हचुवा मा ट्राइ गर्दा गर्दै) तपाइँ ले त्यो पिन पाउनु भन्दा अगाडी नै चार्ज गरेछ
    कि …
    २. तपाईं ले उक्त पिन ब्लग मा राखेसी त्यो हेरेर रिचार्ज गरेछ
    ३. या तपाई ले बैंक लाइ उजुरी गरेसी, बैंक को कर्मचारी ले टेलिकम संग सम्पर्क गरि पिन activate गरि या सच्याई अर्को लाइ दिएको हो ?
    यदि २ नम्बर अनुसार चार्ज गरेको हो भने तपाई ले चार्ज गर्दा किन भएन ? तपाईले सहि तरिकाले गर्नु नभएको हो ? या त NTC ले सुरु मा activate नभएको पिन issue गरेर पछि (तपाई ले सार्बजनिक गरेसी) activate गरेछ

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 0

  • sajan

    सन्तोष जी यो बदनाम गरेको होइन जनता लाई aware गराको. यो रिति सबै छेत्र मा हुनु जरुरि छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • prabesh

    नबिल बैंक को काउनडारमा त सी .सी टीभी.जडान गरेको छ नि हो सक्नु हुन्छ भने समय हेरेर कसले फोन ऊठाएछ भन्ने कुरा पता लगाऊन सकी हाल्छ नि सेकुरेटी ले १५३ रूम मा कति खेर के हुन्छ भन्ने कुरा म सी .सी टीभी.हेरेर पता लगौछु !

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

    • ajay

      होइन आफ्नो बैंक मा कसको duty कति बेला हो भन्ने पनि थाहा हुन्न र ? cctv ले चोर समात्नु सक्छ आफ्नो staff चिन्नु सक्दैन ?? phone मा नाम सोद्धा भुली जानु पनि सक्छ तेस्तो कारण देखाई कुरा ताल्नु खोजेर nabil bank ले आफ्नो staff को कमजोरी नदेखेको पाए मैले त / internet मा चलेको negative हल्ला लै रोक्नु मात्र उसले माफी मागेको जस्तो छ /सालोक्य जी ले नाम नदिए पनि time त दिनु भाको थियो नि /

      मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 0

  • Raaz

    Salokya ji,
    Question of interest: How did the person in Butwal use the same PIN to recharge his balance? Did the person somehow manage to steal the PIN? Did NTC or other seller sell the same PIN to more than one person? Did Nabil bank do it on purpose?

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 2

    • Shahil

      The PIN Number was not working in Salokya’s mobile so he thought it would be better to publish as a proof. And someone took the pin and tried on her mobile, it worked for her. But NTC later found that the PIN was used by another number from butwal, NTC informed NABIL and so came to Salokya.

      My conclusion… :)

      मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 2

  • sabin

    अरुको भए ५०० को बदलामा १००० खर्छ हुन्थ्यो!! फरक तेतिनै हो सालोक्य ज्यु!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 1

  • santosh

    नबिल बैंकले NTC को ACCOUNT बेच्ने मात्र हो त्यो गल्ति त NTC को हो नि यति कुरालाई ब्लग बनाउन चाही नहुने तपाइले बुज्नुभो सालोक्य जी. CUSTOMER SERVICE WEEK त हो नबिल बैंक को तर तपाइले पनि गल्ति गर्नु भो नि सालोक्य जी …..तेती धेरै बदनाम गर्न पर्ने त केहि थियन है. अनि RECHARGE NO ले कम गरेन भन्दैमा कार्ड नम्बर नै ब्लग मा रखिदेने त???????

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 14 Thumb down 93

    • Rishi Pervert

      होईन at least WEAK को spelling त ठिकसंग लेख्नुस

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 41 Thumb down 1

    • Shahil

      हैन.. यसमा NABIL Bank को बेईज्ज़त कसरी भयो र? म त भन्छु बैंक को होइन, बरु त्यहाको गैरजिम्मेवार कर्मचारीहरुको पर्दाफास गर्नुभएको छ, जुन आवश्यक पनि थियो..

      मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 0

    • Krishna

      हेल्लो साथी कुन जमानामा छौ ? यो सालोक्य जी को मात्र हैन सबै ग्राहकहरु को बिडम्बना को कुरा हो ! कमसेकम बल्ल बल्ल चलाउन पाएको कम्प्युटर को त सधुपयोग गर्ने गरौ ?

      मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 1

    • होइन हौ यो सन्तोष जी नबिल बैंक को पक्ष पोषण गर्नतिर किन लागेको होला? नबिल बैंक को त कमजोरी अनगिन्ती छन् नि/ ति कमजोरी त सुधार गर्नु परो नि/ कति कर्मचारीको अति नै भाउ बढेका छन्/ सारै रुखो बोलि र ब्यबहार गर्छन/

      मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 0

  • kamal

    बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन, तपाइको त सबैतिर पहुच पुग्यो र ५०० लिएरै छोडनुभो साएद तेयो ५०० पुन पाउन अरु सय पनि खर्च भयोहोला, तर लाटा सोझा देशबासी पैसो त खाएको खायै पर्ने रैचन

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 0

  • Tulsi Paudel

    उमेस जी तपाई को त आफ्नै ब्लग छ, आफ्नो कुरा मिडिया मा ल्याउन सक्नुहुन्छ / मिडिया मा काम गर्नु हुन्छ र तपाई को गुनासो सुनियो / हामी जस्तो आम नागरिक र पहुँच नभएको व्यक्ति को गुनासो कसले सुन्ने ? जे होस् तपाई ले आफ्नो पैसा फिर्ता पाउनु भएछ बधाई /

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 0

  • अरु को भए के हुन्थियो र?कुरा सहज नै छ नि हजुर पो पत्रकार पर्नु भो अनि बिषय लाई प्रमुखता दिनु भो तर हाम्रो देश मा यस्तो ठगि दिनहु न भएका होइनन /हामी ठगिदा बोलि दिने मुख हुन्नन् अनि सुनी दिने कान हरु बहिरा भएका हुन्छन /

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 0

  • SURYA

    सालोक्य जी, एउटा फेरी अनुत्तरित प्रस्न खडा भयो- ति बुटवलबाट हजुरले प्राप्त गरेको टप अप नं प्रयोग गर्ने महासयले कहाँ बाट कसरि त्यो नं प्राप्त गरि रिलोड़ गरे त ? बैंक संग सम्बन्धित व्यक्ति हुन् वा टेलिकम संग? कृपया यो पनि उत्तर खोजेर पाठक वर्ग माझ पस्केमा यसको रहस्य अझ खुल्ने थियो कि?

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 0

  • Dipak

    JQ: How the heck that Butwal dude got the your pin? If he got it after you tweet; then, why it didn’t work on you.

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • saroj

    खासमा यो बैंक हरु को कर्मचारी को तलब धेरै हुने भएर मातेका हुन् के

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • saroj

    you became rude to the person who recharged..thats unfair…i think customer should not be involved with 3rd party..thats the responsibility of bank and ntc..

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 1

  • nar kumar chhantyal

    सालोक्य जी को नबिल बैंक प्रकरण यो mysansar को blogg मा राखेर बैंक बाट पुनः आफ्नो पैसा फिर्ता पाउनु भयो बधाई छ हजुर लाई | म पनि ATM बाट पैसा न निक्लेर २ ओटा बैंक बाट ठगिएको छु , आज भन्दा २ साल अगि को कुरा हो , ग्लोबल बैंक बुटवल साखा बाट र citizen बैंक म्याग्दी साखा बाट , म हाल विदेश मा छु , म chase card को visa debit card प्रयोग गर्छु यो american JP morgan chase visa card हो | यो worldwide चल्छ म कसरी ठगिन पुगे | म मेरो कार्ड ले पैसा निकाल्न को लागि ग्लोबल बैंक बुटवल साखा को ATM मा गए , कार्ड हाले पिन कोड माग्यो पिन कोड हाले मैले १५००० नेपाली रुपिया निकाल्न को लागि ok गरे तेस्पछि your transaction is in progress देखायो एकछिन पछि slip आयो तर पैसा आएन , मेरो actual balance बाट $२२५ घटेको slip बाट थाहा पाए तेस्पछि reception मा गएर भने , यो head office मा गएर compalian गर्नु रे & मेरो बैंक मा complain गर्ने रे मैले मेरो बैंक jp morgan chase लाई inform गरे त्यो atm को copy पुरा इमेल गरे american बैंक ले भन्छ हाम्रो बैंक बाट transaction भै सकेको छ तपाई आफ्नो बैंक मा उजुरी गर्नुस भन्यो | मेरो घर बिदा कम थियो मात्र बैंक मा complain दर्ता गरे अह केहि लागेन अन्त २ पटक गरि २२५$ अर्थात् ३०००० नेपाली रुपैया मेरो ग्लोबल बैंक बुटवल र citizen बैंक म्याग्दी को ATM मा हरायो , अझ गजब को कुरा त citizen बैंक म्याग्दी को ATM मा पैसा छैन रैछ तर मेरो कार्ड insert भयो your transaction is in प्रोग्रेस भन्यॊ तर पैसा आएन फेरी मेरो Actual book balance बाट २२५$ कमि देखायो अर्थात् १५००० नेपाली हरायो |

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 0

  • nar kumar chhantyal

    सालोक्य जी को नबिल बैंक प्रकरण यो mysansar को blogg मा राखेर बैंक बाट पुनः आफ्नो पैसा फिर्ता पाउनु भयो बधाई छ हजुर लाई | म पनि ATM बाट पैसा न निक्लेर २ ओटा बैंक बाट ठगिएको छु , ग्लोबल बैंक बुटवल साखा बाट र citizen बैंक म्याग्दी साखा बाट , म हाल विदेश मा छु , म chase card को visa debit card प्रयोग गर्छु यो american JP morgan chase visa card हो | यो worldwide चल्छ म कसरी ठगिन पुगे | म मेरो कार्ड ले पैसा निकाल्न को लागि ग्लोबल बैंक बुटवल साखा को ATM मा गए , कार्ड हाले पिन कोड माग्यो पिन कोड हाले मैले १५००० नेपाली रुपिया निकाल्न को लागि ok गरे तेस्पछि your transaction is in progress देखायो एकछिन पछि slip आयो तर पैसा आएन , मेरो actual balance

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • मलाइ यो मन परेन “मैले अहिले राति आठ बजेभित्र तपाईँले नयाँ पिन पठाउनु भएन भने म यही कुरा बैँकलाई फरवार्ड गरिदिन्छु, उनीहरुले तपाईँको सिम ब्लग गर्लान् वा पुलिस केस के गर्लान्, मलाई थाहा छैन, त्यसको जिम्मेवार तपाईँ हुनुहुनेछ”
    त्यो मान्छे को के गल्ति छ? तपाइँ आफै तेत्रो संसार ले हेर्न पाउने ठाउमा पिन राखिदिने अनि अरुलाई लिएपछि धम्कि दिने? यो तपाईं को गल्ति हो

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 24

  • [...] पाएँ त्यो बारे विस्तृत विवरण पढ्न यहाँ क्लिक गर्नुस्। ______________________________ अपडेट (मे २१) : यो विषयमा [...]

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1