मेरो Tweet

  • दशैं हिले नहुने भनेर भविष्यवाणी पत्रिकामा पढ्याथेँ, पानी पो परो त यतातिर। त्यतातिर के छ ?

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

‘फेल’ हुनुभो? ल बधाई छ!

सुरेश ‘समान’

‘सुरेशले आलु खाए,’ ज्योति माध्यमिक बिद्यालय, इटहरीमा कक्षा चारको रिजल्ट हेरेर आएको रात भान्सामा दिदीले आमालाई सुनाइ। ‘अनी मेरो चैँ नाम निस्कियो, सिर्जना निरौला- फेयर्ली पास।’ आफ्नो नाम भने उस्ले बडो गर्वसाथ लिइ। म घोसेमुन्टो लाएर चुपचाप चबाउँदैथिए। म ‘फेल’ भएँको थिएँ। आमाले लामो सास तान्नुभयो। साह्रै थाकेपछी निस्कने सास जस्तो सुनिन्थ्यो। मेरो अगाडिको थालमा भात थपिदिदैँ आँफैसँग कुरा गरे जसरी बिस्तारै भन्नुभयो – ‘बुवा आएपछी कुरा नगरि भएन।’ म झसङ्ग भएँ। भातमा ढुङ्गा टोके जस्तो! बुवाको चाँदे भेटिने भै’यो भनेर मेरो होस् उड्यो। भात निल्न सकिन। घाँटी कोक्यायो। उता मेरै छेउमा बसेर खाँदै गरेकी दिदी भने दङ्ग देखिन्थी। उस्को मसिनो खितीती म प्रस्ट सुन्न सक्थेँ। मेरो दिमाग तातियो। रिसले आगो भएँ। मेरो पालो, थाल उठाएर उ तिर हुर्याइदिएँ। ‘ल हाँस अझै झुम्री,’ भन्दै। आमाले एक्कैछिन अघी तरकारी थपी दिनुभा’थ्यो मेरो थालमा। त्यो अब दिदीको जिउभरी थियो। त्यो दिन तरकारीमा आलुदम थियो।

त्यस्पछी मलाई कक्षा २ मा झारियो। दिदी ५ मा गइ म २ मा झरेँ। ‘कतीमा पढ्छौ?’ भनेर सोध्नेहरु देखी झनक्क रिस उठ्थ्यो। मलाई जिस्काउनैको लागि कोही त दिनदिनै सोध्थे, पछी बुझेँ। हुन पनी कक्षा २ मा पढ्ने केटाकेटी भन्दा उमेरमा अनी उचाइमा ठुलै थिएँ। कतीपल्ट त म चिनेको मान्छे अनी छिमेकीको घर छल्दै दौडन्थेँ पनि! ‘कतीमा पढ्छौ?’ सोध्छन भन्ने डरले। भन्छन् – इख नभएको मान्छे र बिष नभएको सर्प काम लाग्दैन! त्यस्पछीका बर्षहरुमा दिदीले भनेजस्तो आलु कहिल्यै खानु परेन।

मेरो प्रसंगलाई यतै रोकेर फलामे ढोका मानिने, एसएलसीको कुरातिर एकैछिन यहाँहरुको ध्यान केन्द्रित गराउन चाहन्छु। गतबर्ष २०६९ को एसएलसी परिक्षाको नतिजा निस्केपछी पत्रपत्रिकामा आएका केही ‘हेड्लाइन्’ हरु यस्ता थिए – ‘एसएलसीमा आधाभन्दा बढी फेल’, ‘एसएलसी परिणाम : दुई खर्ब लगानी, बालुवामा पानी’, ‘एसएलसीमा फेल भएपछि आत्महत्या’, ‘एसएलसी ओरालै ओरालो’ ..
२०६९ मा ५२.८४ प्रतिशत विद्यार्थी ‘फेल’भए भनेर पत्रपत्रीका/टेलीभिजन आदीमा धेरै आए। तात्कालिन सरकारमै बसेकाहरुको मुखबाट सुने अनुसार, सरकारले दस वर्षे विद्यालय शिक्षाका लागि ४ खर्बभन्दा बढी खर्च गर्दै आएको छ रे अनी आधा भन्दा बढी फेल भएकोले २ खर्ब खेर गयो रे! २०७० को नतिजा पनि खासै उस्साहजनक रहेन। गएको बर्षभन्दा पनि खस्कियो। समाचारमा आए अनुसार ४१.५७ प्रतिशत विद्यार्थीमात्र उतिर्ण भए यो बर्षको एसएलसी परिक्षामा। शिक्षामन्त्रालको अनुसार, २०६७ सालमा सरकारी स्कुलबाट एसएलसी दिनेहरुमध्ये ४६.६२ प्रतिशत विद्यार्थी पास भएको तथ्याकं छ। सोही साल निजी स्कुलबाट एसएलसी दिनेहरुमध्ये ८५.८२ प्रतिशत विद्यार्थी पास भएको उक्त तथ्याकंले देखाउँछ। बिगत १० बर्षमा शिक्षा मन्त्रालयको तथ्याकं हेर्ने हो भने सबैभन्दा बढी २०६५ मा ६८.४७ प्रतिसत विद्यार्थी एसएलसी परिक्षामा उतिर्ण भएको देखिन्छ। २०६५ अघी र पछीको अवस्था खस्कदो रेहेको देखिन्छ। यि र यस्तै तथ्याकंहरुले पनि देशको दुर्भाग्य अनी सरकारको नालायकीपन देखाउँछ।

आइतबार, जेठ २६, २०७० मा प्रसारित बिबिसी साझासवाल कार्यक्रमबाट यो बुझिन्छ कि चार वर्षपछि हुन लागेको स्ववियू चुनावमा नक्कली विद्यार्थी भर्ना, करोडौं रकमको चलखेल, क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको झडप जस्ता गतिविधि बढ्दो छ। अब प्रश्न यो उठ्छ कि सरकारमा बसेका र सरकार बाहिर बसेका माउ पार्टीहरु राजनिती गर्न करडौँ रकम बगाउन सक्छन् भने त्यही रकम रचनात्मक अनी विद्यार्थीको बौद्धिक बिकासमा किन खर्चिन सक्दैनन्? शिक्षक प्रशिक्षणमा, प्रयोगात्मक शिक्षामा अनी शिक्षक-बिध्यार्थीको कक्षामा हुनुपर्ने अनुपात घटाऊनमा किन खर्चिन सक्दैन? यि प्रश्नको उत्तर तपाईं हामीलाई त थाहा नै छ। तर के ति नेताहरुले ठाडो शिर गरेर उत्तर दिन सक्लान् त? I don’t think so. ५२.८४ प्रतिशत विद्यार्थी ‘फेल’ भएर सरकारको दुई खर्ब खेर गयो भन्ने तिनैलाई मेरो प्रश्न – ९ अर्बको सरकारी खर्च र चार वर्षको समय व्यर्थमा खर्च गरेर २०६९ जेठ १५ को मध्यरातपछि संविधानसभा त झन १००% फेल भयो। सरकारले पास संख्या बढाउन पहिले किन विद्यार्थी फेल हुन्छन् भन्ने थाहा पाउनु पर्दैन? ९ अर्ब सरकारी खर्चको प्रतिफल नदिने फेरी संबिधानसभाको निर्वाचन किन चाहियो? शिक्षामा ‘फेल’ भन्ने शब्द नै हुँदैन। फेल त ६०१ सभासद भा’का हुन्। पैसा खर्च गरेर मात्र शिक्षामा गुणस्तरता आउन नसक्ने कुरा पनि ओहदामा बस्नेहरुले बुझ्नु जरुरी देखिन्छ। विद्यार्थी कहिलै फेल हुँदैन। मेरो शुभकामना सम्पूर्ण १० कक्षासम्म पुगेर एसएलसी दिनुभएकाहरुलाई । कक्षा १० सम्म पुग्ने तपाईं विद्यार्थीहरु आजका धेरै नेताहरु भन्दा सिक्षित हुनुभयो, बधाई छ। अर्को बर्ष अझ मेहेनत गर्नु होला।

दोस सरकार को मात्र पनि छैन। सम्पूर्ण दोस सरकारलाई थोपरेर पन्सिन खोज्नेहरुको जथ्थामा पनि अंसिक दोस देखिन्छ। त्यो जथ्थामा म पनि थोरबहुत पर्न सक्छु । तपाईं पनि पर्न सक्नुहुन्छ। बिद्यालय प्रशासन पनि पर्छ। पढाउने शिक्षक-सिक्षिका देखी नागरिक समाज अनी स्वयं विद्यार्थिको परिवार पर्छौ। सरकार, विद्यालयका शिक्षक र सञ्चालकले मात्र हैन परिवारले समेत दोष तिनै पीडित बालबालिकामाथि थोपर्छन्। आफु परिक्षामा उतिर्ण नहुने प्राय: पक्का हुने विद्यार्थीहरुको मानसिक्ता बुज्ने अनी उनीहरुलाई अर्को पटकको लागि प्रेरणा र हौसला दिन जरुरी छ । सबै विद्यार्थी पढेर डा बाबुराम भट्टराई नै बन्नुपर्छ भन्ने छैन। कोही ‘फेल’ भएर पनि सबैका चहिता हरिवंस आचार्य पनि बन्न सक्छन्। विद्यार्थी भनेको त काँचो माटो जस्तै हुन । शिक्षक र परिवार भनेका कुमाले हुन । कुमालेले काँचो माटोलाई कुन आकार दिन्छ त्यो कुमालेको हातमा भर पर्छ। परीवार अनी स्कुलका शिक्षक शिक्षिकाहरुको भूमिका र सकृयाता एसएलसी ताका मात्र हैन बालख देखी नै बड्नु आवश्यक छ । बिशेषगरी कक्षामा अनी पढाईमा संघर्सरत विद्यार्थीहरु प्रती ता कि “एसएलसीमा फेल भएपछि आत्महत्या” जस्ता अत्यन्त मार्मिक खबर सुन्न नपरोस।

हिजोआज थुप्रै राष्ट्रिय अनी अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरु गाँउ-गाँउमा पुगेर स्कुल बनाउने काममा लागेका छन् जुन काम अत्यन्त सराहनिय छ। यस्ता काम जती गरे पनि धेरै हुँदैन, बरु थोरै हुन्छ। कसैले स्कुलको छानो हाल्ने काम गरेकाछन्। कोही स्कुल परिसर सफा पार्ने, रङ्ग-रोकन आदी गर्छन्। कोही पढ्न नपाएकाहरुलाई पढाउन दान संकलनमा लागेकाछन्। यस्ता कामहरुको प्रसंसा जती गरे पनि कम नै हुन्छ। हरेक मान्छेले आफ्नो दक्ष्यले भ्याएजती सहयोग गर्ने हो भने, यो देशको कायाँ पल्टिन कुनै समय लाग्दैन। तर यती भन्दै गर्दा अर्को कुरा के पनि बुझ्न जरुरी छ भने, स्कुलमा छाएको नयाँ छानोले अथवा रङ्गिन भित्ताहरुले भौतिक रुपमा सुबिधा दिए पनि विद्यार्थीको बिद्या आर्जन गर्नसक्ने क्षमताको बिकासमा कुनै ठोस् उपलब्दी दिन सायदै सक्ला। त्यसैले स्कुल भवन निर्माण र पुन: निर्माणका साथसाथै विद्यार्थीहरुको बौद्धिक बिकास निर्माणमा पनि सँघसंस्थाहरुले ध्यान दिनुपर्ने देखिन्छ। भर्खरै स्थापना भएको ‘टिच् फर नेपाल’ नामको संस्थाले विद्यार्थीको बौद्धिक बिकासका साथसाथै सैक्षिक असमानता कम गर्ने कार्यक्रम को सुरुवात गरेको छ। तत्कालका लागि ललितपुरका सरकारी र सामुदायीक बिद्यालयबाट यस्तो कामको थालनी भइसकेको कुरा टिच् फर नेपालका संथापक शिशिर खनाल बताउँछन्। कलेज पास भएका ‘ग्राजुएट’ हरु, जस्लाई टिच् फर नेपाल ‘फेलो’ भन्छ, ति ग्राजुएटहरु दुई बर्षका लागि सरकारी र सामुदायिक बिद्यालयमा पढाउन जाने ब्यवस्ता गरिने जानकारी खनालले दिए। ‘हाम्रो फेलो हरुले अहिले माध्यमिक बिद्यालयहरुमा रहेको रिक्ततालाई पुर्ती गर्नेछन्,’ खनाल भन्छन्। ‘मुलत: अनिवार्य गणित, बिज्ञान अनी अङ्ग्रेजी बिषयहरुको पाठन हुनेछ।’

विद्यार्थीका हकमा भन्नु पर्दा- आवेगले हैन इखले काम गर्न सिक्नु होला। सुरुसुरुमा साइकल चलाऊन सिक्दा नलढ्ने सायदै कोही होला। प्रायले पहिला तलबाट ‘कैँची’ चलाऊँन सिक्छौँ। अनी माथि सिटबाट, हाफ पाइडल। अनी माथिबाट नै, फुल पाइडल। मैले त्यसरी नै सिकेको हुँ। जब फुल पाइडल चलाएर पहिलो पल्ट म स्कुल पुगेँ, तब मेरा खुट्टाभरी साइकल सिक्दा लागेका चोट, ठेसहरु त तेसै निको भएजस्तो लाग्यो। अलिकती पनि दुखेको याद आएन। पौडी खेल्न ‘स्विमिङ् पुल’ बनाइदिएर मात्र पुग्दैन। पौडिन सिकाउने सक्षम प्रसिक्षकको उत्तिकै, अझ बढी नै आवश्यक पर्छ। नत्र त पुल जती सुकै झिलिमिली भएपनी तैरिनै सकिएन भने त्यता जाबाको के काम? अनी परिवारका सदस्यहारुले पनि आफ्नो छोरा-छोरीले कतीको तैरिन, पौडिन सिक्दैछ भन्ने बुझ्न, र हौस्याउन जरुरी छ। पछी राम्रो पौडिन सके भने, तिनै हुन पुरै परिवार र समाजलाई डुब्नबाट बचाउने। चेतना भया!

495 Total View 9 Today View

12 comments to ‘फेल’ हुनुभो? ल बधाई छ!

  • Sikha USA

    सुरेश ‘समान’ को लेख ज्ञानवर्दक अनी समाजलाई घच्घच्याउने खाल्को लाग्यो। हिजो भर्खर अमेरिकाबाट मेरो आन्टीको छोरा (भाइ) लाई फोन गरेर यो आर्टिकल स्काइपबाट पढेर सुनाएँ। भाईको एक बिषय लागेकोमा निक्कै दुखी थियो। मैले आन्टी-अंकललाई पनि सुनाएँ। भाईमा अनी उहाँहरुमा आएको परिवर्तन मैले देखेँ, ज्यादै खुशी लाग्यो। स्काइपमा कुरा भइसकेपछी एकैछिनमा भाईले मेसेज पठायो – ‘दिदी त्यो आर्टिकलको लिङ्क पठाइदिनोस् त।’

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

  • Aditee

    यी शब्दहरु माथि बाटै लिईयका हुन्….

    शिक्षामा ‘फेल’ भन्ने शब्द नै हुँदैन। विद्यार्थी कहिलै फेल हुँदैन। …….ज्ञान आर्जन कति गरे भन्ने हुन्छ । …….. सिधा भन्नु पर्दा यो शिक्षामा परीक्षार्थी को तह निर्धारण गर्ने हैसियत निर्धारण गर्ने आदि कुरानै नितान्त गलत छ ।

    फेल त ६०१ सभासद भा’का हुन्। ५२.८४ प्रतिशत विद्यार्थी ‘फेल’ भएर सरकारको दुई खर्ब खेर गयो भन्ने तिनैलाई मेरो प्रश्न – ९ अर्बको सरकारी खर्च र चार वर्षको समय व्यर्थमा खर्च गरेर २०६९ जेठ १५ को मध्यरातपछि संविधानसभा त झन १००% फेल भयो।

    पैसा खर्च गरेर मात्र शिक्षामा गुणस्तरता आउन नसक्ने कुरा पनि ओहदामा बस्नेहरुले बुझ्नु जरुरी देखिन्छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 0

  • Sisir

    केहि कुरा हरु
    * सायद यो संसारमा नेपाल मात्र एउटा एस्तो नमुना देश हो जहाँ १० कक्ष्याको रिसल्टको येत्रो चर्चा हुन्छ , जब कि अहिले को दुनियामा एसको कुनै मानेनै छैन
    * संसारमा कति पाए ठाउमा एस्तो पनि चलन छ रे जहाँ माध्यमिक तह सम्म बिद्यार्थी लाई फेल गरिन्न रे ताकी उनीहरुमा हिनता बोध नहोश
    * “एसएलसी फलामे ढोका” अरे , हरे भगवान यो व्यर्थ को मानसिक दबाब साना नानीहरुलाई कहिले सम्म , हो ३० को दसक सम्म थियो पनि होला तर अहिले १२ क्लास यता त आफ्नो क्यारियरको कुनै ढोकै खुल्दैन यानी के को फलामे ढोका , एसएलसी त सन्ठीको ढोका पनि रहेन .. एसएलसीलाई अब देखि जिल्ला इस्तारिया बनाउदा पनि केहि फरक पर्दैन , अझ इस्कूलहरुले आफैले exam लिदा पनि हुन्छ , बोर्ड exam १२ मा गर्दा हुन्छ .
    * अर्को रोचक प्रसङ्ग एउटा भाइले आज बिहानै भन्यो दाई डेड (१.५) नम्बरले फेल भए विज्ञानमा , २२.५ मात्र आयो रे २४ मा पास हुने थिए (थाहा भएन यो पोइन्ट मा नम्बर दिने चलन पहिले त थिएन ), उसले थप्दै भन्यो हाम्रो इस्कुलको धेरै जना बिज्ञान र अंग्रेजीमा फेल भा छन् रे .. अनि ति भाईलाई सोधे practical मा चाही कति आयो त , उनले भने कहाँ धेरै आउनु नि तेही २५ मा २३-२४ जति मात्र हो … हे राता मकै ७५ मा जम्मा २२ लाउने ले २५ मा चाही कसरि त्यो भन्दा धेरै २३-२४ ल्याए होला , यो त भयो सरकारी इस्कुलको कुरा, निजि इस्कोल ले त कहिले पनि २४ घटी नम्बर नै दिदैनन, अदिकम्स को त practical मा फुल मार्क आउने रहेछ , मनमनै सोचे एस्तो राम्रो प्रयोगात्मक ज्ञान दिनेले सैधान्तिक ज्ञान चाही किन दिन नसकेका …

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 0

  • bj

    Last मा आएर भट्टराई sarkar? दर र board फिर्स्त हुनुनै सबै skill होइन.
    येही मानसिकता को कारण desh bikas नभाको.

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 4

  • Tilak Pokharel

    बि सम्बत २००७ मा १०० जना ले SLC दिएका सब पास भए . २०६५ मा अत्या धिक पास हुनु पनि त्यहि रहस्य छ . मेरो पालामा त ३० प्रतिसत थिए . मेरो स्कुल ले ४१ गर्दा राम्रो स्कुल भनियो . यो सिस्टम नै फ्याकनु पर्छ. कोहि पनि पास फेल हुन होइन १६ वर्षा सम्म . हाम्रो कर बाट पढ्ने लै केको फेल गर्ने . हामी सबलाई पढ्न दिउ न . राम्रो पढ्ने हाकिम हुन्छा नराम्रो पढ्ने खरदार हुन्छा . सबले पढे भने भनसुन ले काम नै गर्दैन . लिखित बाट जागिर खाने बनाउदा लड्डु ले पसी गर्दैन नी. मेरो कोरियन साथी जो कोरिया मा पढ़ौछां ले भनेको कोरिया मा ८०% ले हैस्कुल सके पछि बिस्वो बिद्य्यालय जान्छन . कमसे कम केहि त सिक्छन . अरब गए पनि कलम समात्ने काम त पाउछन . जागिर पुन बिस्वो बिद्यालय जाने भन्ने पुरानो सोचाई हो . अबको सोचाई राम्रो नागरिक हुन को लागि पढ्ने हो . अमेरिकामा यतिकै हाइ स्कुल सित्तिमा पधुदैना . जनता अर्को पार्टी मा नाजौना भनेर हो . आइमैले पढ्नु को पनि धेरै राम्रो अर्थ रक्छा जागिर नखाए पनि . आइमाई ले पढे बच्चा ले राम्रो पढ्छन किनकि आमा सबभन्दा राम्रो गुरु हुन् . आम ले पढे बच्चा ले खाना पनि बलेंस दैइत खान पुन सक्छनि . त्यसैले फेल भन्ने सब्द १६ वर्ष सम्म डिक्सनेरी बाट फाली डीम .कस्तो लग्यो मेरो कुरा ? हामी ले त्यहाँ सम्म सोछ्ना सक्छम ? अबको गेनेरेशन भेन्को वाई जेनेरेशन हो यन जे पनि हुन्छा . जब हामी बच्चा बाट यस हुन्छा मात्र देक्छा हामी पोजितीव सोच्ने बनि लग्छाम नत्र हाम्रो सोचाई जहिले पनि उल्टी हुन्छा . हाम्रो रास्ट्रीय चरित्र क देखिन्छा भने कसिले केहि भनेमा पहिले हामी होइन बाट सुरु गर्च्हम . त्यो चोर हो भनेर सोछाम . त्यो घुस्याहा हो भनेर सोछाम …. त्यसले मलाई थाग्छा भंचन . किन ? किन कि हामी फेल फेल फेल भन्ने सब्द देखि डराएका छोउ . अनि ६०% यस एल सी मा फेल हुने को माझ मा हामी जहिले पनि फेल देक्छोउ . ५ मा ३ फेल भए पछि हाम्रो सोचाई पनि त्यहि त हुन्छा नि होइन र? त्यसैले यो यस एल सी ल हटाउनु पर्यो . यो यस एल सी ल हटाउनु पर्यो . यो यस एल सी ल हटाउनु पर्यो . यो यस एल सी ल हटाउनु पर्यो . यो यस एल सी ल हटाउनु पर्यो . यो यस एल सी ल हटाउनु पर्यो . .. सबले एक स्वोर मा भानु धेरै भनोउ जस्टिया त्यो ६० मेगा लै ९० बनाउने कुरा लै कसरि हामीले रद्दी को टोकरी हाल्न सकु त्यसरी नै यो यो यस एल सी हाम्रो समाज मा क्यान्सर हो यो यस एल सी ल हटाउनु पर्यो . यो यस एल सी ल हटाउनु पर्यो . यो यस एल सी ल हटाउनु पर्यो . यो यस एल सी ल हटाउनु पर्यो . यो यस एल सी ल हटाउनु पर्यो . यो यस एल सी ल हटाउनु पर्यो . यो यस एल सी ल हटाउनु पर्यो . सबले यो स्वो बुलन्द गरोउ .

    मा को हुम त? एक नेपाली जो यो यस एल सी ल हटाउनु पर्यो भनेको छ धेरै वर्षा सम्म . मे फेल भाको छैन कहिले पनि तर मा यो यस एल सी ल हटाउनु पर्यो भन्छु .

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • Prem Kumar (Sadip) Gurung - HK

    मेरो जिबनमा कताकति मिल्दोजुल्दो हुनागयेकोले यो लेख सारै मन पर्यो !

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • हो सबै कुरा ठिकै हो | हाम्रो देशमा शिक्षामा आमुल परिवर्तन ल्याउन अति आवश्यक भैसकेकोछ | यो पास र फेलको नीतिलाई समाप्त पर्नु पर्छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • बिषम नेपाली

    म त SLC मा Third Division,

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • Bidhyaarthi

    ‘समान’ जी ले फेल हुनेहरु प्रति सहानुभूति का साथ्साथै उनिहरुलाई हार नमान्न हौस्याउनु भएको सारै चित्त बुझ्यो. यो परिक्षाको चिरफार हुनु जरुरि छ. सामजिक सिक्षामा ‘स*बिधान किन बनेन?’ भनेर सोधिएको थियो रे भन्ने कुरा नागरिकमा पढेको थिए. त्यो कुरा सारा जनतालाइ थाहा छैन भने बिचरा बिद्यार्थीले के लेखोस? करिकुलम डेभलपमेन्टमा ध्यान दिए केहि हुन्थ्यो कि? अन्त्यमा मेरो तर्फ बाट नि फेल हुनुभो? ल धन्यबाद!

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • नेपाली रमेश

    अहो कति राम्रो लेख !! मनै छुने रहेछ
    नेपाली समाज, नेता, रंगकर्मी आदि सबै लाई एकै ठाउमा कति सहझै समेट्नुभाको हो…..
    यथार्थपरक र सरल लेख को लागि सुरेश ‘समान’ जी लाई धेरै धन्यबाद
    आगामी दिनहरु मा यहाँ को अरु पनि लेख पढ्न पाइयोस है ………

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 2

  • बेखालाल नेपाल

    ५२.८४ प्रतिशत “आलु” खानेको कुरा छोडनुस ४१.५७ प्रतिशत मिठाई खानेको कुरा गरम न

    दृश्य १.
    एक महासय भन्दै थिए: मेरो छोरी एस.एल.सी. सिजन भरि एक अक्षर नपढी खालि हिन्दि टेलिसिरियल मात्रै हेरी बिताए! परिक्षा केन्द्रमा संगैको सिटमा बस्ने केटाले सारै हेल्प गरे छ क्यारे एस.एल.सी. मा फर्स्ट डिभिजनमा पास गरे| कस्ती बाठी रहेछिन मेरी छोरी||
    दृश्य २
    अर्का महासय: मेरो छोरा त स्कुलमा गएर कहिले पढ्ने हैन| ट्युसन राखेको त्यहाँ पनि खाली केटी साथी संग मिल्ने र घुन्ने बहाना मात्रै रहेछ! म यसले एस.एल.सी. दिएर खाला जस्तो लागेको थिएन! खै कहाँबाट हो एकदम दरो गेस पेपर हात पारेछ! एस.एल.सी मा ४ अंकले बोर्ड डिभिजनमा नअको| केटा त एकदम भाठो रहेछ!
    दृश्य ३:
    अर्कै महासय: मेरो छोरा त क्लास बंक गर्नमा नम्बर एक थियो! एस.एल.सी मा पनि नम्बर एक नै भयो| बोर्ड डिभिजनमा पास गरे मोरा ले! मेरो छोरा त नम्बर एक बाठो! परिक्षा केन्द्रमा गार्डसंग “कुरा” मिलाएर मस्तसंग चिटिंग गरे को|

    सबै दोष सरकार, शिक्षक तथा शिक्षिकाहरुको टाउकोमा राख्ने हो भने माथि ३ उदाहरणका पात्रहरुलाई प्रोत्साहन मात्रै गरेको ठहर्ने छ!

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 4

  • गगने

    कुरा सहि हो! कताकता के नामिल्या अलि नुन नपुग्या होकी जस्तो लागे पनि भन्न खोज्या कुरो बुझिल्याउदा सहि हो!
    मेरो बिचारमा त,
    यो हाम्रो शिक्षानीति र शैली पंचायती पाराको छ, राज तन्त्रिया पद्दतिको, एकान्क्रिकृत,मिति गुज्रियको छ! यो अब फेरिनुपर्छ समयानुकुल युग सम्मत हुनु आबस्यक छ! नितान्त र क्रान्तिकारी परिवर्तनको आबस्यक छ हाम्रो शिक्षा नीति पद्दति र शैली मा!
    एस एल सी लाइ फलामे ठोका बनाइयको छ र भनियको छ अनि तेसरिनै अपनाइयको पनि छ! हाम्रो जस्तो देश जहा प्रचुर विभेद छ, शिक्षाको सर्वसुलभ पहुँच छैन! दुइ समाज, दुइ क्षत्र, दुइ परिवार, र दुइ व्यक्ति अनि दुइ संस्थाको बिचमा बिकराल र असमानजन्य आर्थिक सामाजिक खाडल छन् तेहा यसरि शिक्षालाई फलामे ठोकाको रुपमा प्रचार गरि त्यो पार गर्न नसक्नेहरुलाई अछुत वर्ग निर्धारण गरिने सामाजिक अनि सरकारी शैली नितान्त दरिद्र र मानशिक दोषी प्रबृत्ति हाबी भयको कुरा बुझ्न सकिन्छ! यो पार गर्ने र गराउने तरिका पद्दति र शैली नै गलत छ!
    सिधा भन्नु पर्दा यो शिक्षामा परीक्षार्थी को तह निर्धारण गर्ने हैसियत निर्धारण गर्ने आदि कुरानै नितान्त गलत छ!
    जस्तो कि,
    कुनै बिषयमा सयकडा ३३ अंक ल्याउदा पास भइन्छ! प्रबेशिका दिने विद्यार्थीले दियको सबै बिषयमा ३३/३४ ल्यायामा त्यो पास हुन्छ तर तेही फेरी सातवोटा बिषयमा ९०/९५ दुइटामा ७० वा ८० ल्यायर एउटामा ३० ल्यायोभाने त्यो फेल हुन्छ अर्थात प्रबेशिका मा असफल हुन्छ यो विद्यार्थीले आलु खान्छ अनि त्यो ३३/३४ ल्याउने बिर्थ्यार्थिले पेडा पाउछ!
    यो कसरि स्वीकार्य हुन्छ? यसमा बाध्यता किन अनि बिध्यार्थिलाई डोमिनेट गर्ने र ह्युमिलियाशन गर्ने नीति वा शिक्षा शैली किन?
    आफ्नो आफ्नो रुचि गच्छे क्षमताको बिषय हुन्छ तेसैले यो नीति र विधामा परिवर्तन जरुरि छ!
    तेस्कोलागी हामीलाई आमुल परिवर्तनकारी शक्तिको शक्तिशाली सरकारको आबस्यकता छ!
    त्यो भनेको डा भट्टराइ को पुर्ण र शक्तिशाली सरकार कम्तिमा एक पुर्ण कार्यकालको लागि!
    जदौ!

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 22