मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

के देखियो यो अचम्म! कसैलाई थाहा छ कसरी भयो यस्तो?

gulam
आज एउटा पुस्तकमा अचम्मको पेन्टिङ भेटियो। चित्रमा बौद्ध धर्मका देवी, चैत्यबाहेक घुँडा टेकेर नमस्ते गरेका एक व्यक्ति र कुर्सीमा बसेर फूल सुँघ्दै गरेका एक व्यक्ति छन्। चित्रको क्याप्सनमा त्यो मान्छे इस्ट इन्डिया कम्पनीका क्याप्टेन भएको बताइएको छ। उही क्या त, भारतलाई वर्षौँसम्म उपनिवेश बनाउने बेलायती शासनका आधिकारिक व्यक्ति। नेपाललाई त उनीहरुले उपनिवेश बनाउन सकेका थिएनन्। तर यस्तो चित्र कसरी बन्न पुगेछ? 

Nepal Nepal in Pictures नामको Christine Zuchora-Walske लेखेको पुस्तकको २७ औँ पेजमा यो पेन्टिङको चित्र राखिएको छ। क्याप्सनमा त त्यो इस्ट इन्डिया कम्पनीको क्याप्टेनलाई ज्ञानप्राप्त व्यक्तिको रुपमा बुद्धसँगै नै राखिएको लेखिएको रहेछ।

ललितपुरको कलाकारले बुद्धिस्ट पाण्डुलिपि राख्ने बाकसलाई सजाउन सन् १८०३ मा यो पेन्टिङ बनाएको भनिएको छ पुस्तकमा। १८०३ भनेको त्यही वर्ष हो जतिबेला बेलायतले फ्रान्ससित युद्धको घोषणा गरेको थियो। अनि यही वर्ष ब्रिटिसहरुले भारतको मराठा सैनिकहरुलाई पराजित गरेका थिए। ब्रिटिससँग सुगौली सन्धी हुने गरी युद्ध पनि त्यतिबेला भइसकेको थिएन। त्यो युद्ध १८१४ मा मात्रै सुरु भएको हो। गीर्वाणयुद्ध विक्रम शाह राजा थिए त्यतिबेला भने दामोदर पान्डे काजी अर्थात् प्रधानमन्त्री थिए।

त्यतिबेला यो चित्र कसरी बन्यो होला त ? कसैलाई थाहा भए तल केमेन्टमा जानकारी लेखौँ है।

29 comments to के देखियो यो अचम्म! कसैलाई थाहा छ कसरी भयो यस्तो?

  • मदन जी,

    तपाई हिन्दु धर्म को बिरोध गनु हुन्छ, सबै लै थाहा छ/ बुद्ध धर्म को शासन हेर्न श्रीलंका जानुहोस, कति मिचाइछ हिन्दु र मुसलमान लाइ/

    Please open the link below where Budhist Monks destroying the Mosk.

    https://www.youtube.com/watch?v=WRFTHof7E-M&feature=youtube_gdata_player

    सबै धर्ममा कट्टर बादी छन्/ हामि हिन्दु बढी सहन सिल छौ अरु को तुलना मा/ तुलना गर्नु होस्. During the seperation of India and Pakistaan , in Pakistaan Hindu and Shikh popolation was 20% and now it is 1%. Similar statistic in Bangaladesh. In comntract Muslim population inceasing exponentially in India, if the rate goes this way Muslim may get majority.

    Madan ji tell me who is more tolorate.

    Have you read history where Christian used to massacre non Christians in biblical time.

     

     

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 7

    • madan bajracharya

      राम बहादुर थापाज्यु
      “क्यास मावोबादी” को समर्थन नगर्ने जत्तिलाई मनपरी आरोप लगाउने मध्यनै रहेको जस्तो लाग्यो तपाईं/ यदि यसो होइन भने सुन्नुस रामबहादुर थापाज्यु,
      “बुद्धले बुद्धिस्टहरु कुरीति, कुप्रथा र कुसंस्कारको सिधै बिरोध तथा प्रतिकार गर्दैनन् मात्र अस्विकार गर्छन” / शिदार्थ गौतमले टुप्पी काटे जस्तै सबै बुद्धिस्टहरुले आज पनि टुप्पी काटेर आफ्नो सन्तानको चुडाकर्म गर्दै आयको छ/

      तपाइंले हिन्दुहरुलाई श्री लंकामा दमन गरिन्छ भन्नु भयो/ म पटक पटक श्रीलंका गयको थिय खै मैले त् तेस्तो कुनै देखिन/ सायद तपाइंले बुद्धिस्ट मुलुक श्रीलंकाले श्रीलंका टुक्राउन हतियार उठाउने हिन्दु धर्मावलम्बी तामिलहरुलाई दमन गरेकोमा श्रीलंकाले हिन्दु दवायो भनेको जस्तो लाग्छ/

      बिस्वमा राजनैतिक बिबादको कारणले मात्रै कहिँ कतै मुसलमानलाइ दवाउने प्रयास गरेको देखिन्छ/ तर नेपालमा राजा रत्नमल्लको पाला देखि मिलि बसी आयको मुसलमानलाई हिन्दुहरुले अछुत मानेर उनीहरुले छोयको पानि समेत पिउन्दैन/ तर हामि बुद्धिस्टहरुले कसैलाई अछुत मान्दैन र अछुत भन्ने कुनै हुँदैन भन्ने कुरा तपाईं हरुले अछुत मानेको “पोदे” लाई बुद्धिस्ट बज्राचार्यहरु पुजारी हुने मन्दिरमा “ड्योला” बनायर गतिलो जवाफ दियको छ/ “ड्योला” भनेको मन्दिरमा देवतालाई चढाउने प्रसाद ग्रहण गर्ने दोश्रो तहको पुजारी हो!!!/ काठमान्डू उपत्यकामा पशु पछि पछिको प्रायस सबै ठुलो हिन्दु मन्दिरमा बज्राचार्य पुजारी हुन्छ र तपाईंहरुले छुन समेत नहुने भनेको “पोडे” ड्योला हुन्छ!!!/

      जहा सम्म रामथापाज्युहरुको सहिस्नुताको सवाल छ त्यो बारेमा सुर्खेतको कान्क्रे बिहार काण्डले नेपालको मात्रै होइन बिस्व भरिको बुद्ध्सितहरुलाई स्पस्ट जवाफ दियको छ/

      मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 26

      • तर्क बितर्क त हुन्छन् जुन स्वोभाबिक मानिन्छ | तर मदनजीको केवल बितर्कमाथि झन् नकारात्मक बितर्क देख्दा दु:ख लाग्यो | देव, काठमाडौँ

        मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 9

        • Aakar Bhushan Nepali

          देव जी,
          पहिला पुर्बाग्रहको चश्मा फुकालेर हेर्ने,
          prerecorded hearing aid बिना नै सुन्ने, अनि
          आग्रहबिहिन दिमाग (डिमाग) ले बुझ्न कोशिस गर्ने हो कि ?

          कुरोको भेद के हो भने हामीले हाम्रो हिन्दु धर्मको रक्षा र जगेर्ना गर्नु छ भने यस भित्र थुप्रै पाखण्डी दर्शनका अध्यायहरु छन् भन्ने कुरालाई स्वीकार्नै पर्छ र समयानुकुल परिबर्तन गर्ने पर्छ, न कि नयाँ नयाँ तर्क र विश्लेषण अगाडी सरेर ढाकछोप | उदाहरणको निम्ति जस्तै मनुस्मृतिमा लेखिएको अधिकांश कुराहरु कति पाखण्डी, विभेदकारी, हास्यास्पद छ| तर त्यसलाई यो र उ भन्दै अनेक तर्क उपतर्क दिएर अब्बल दर्शन बनाउन चाहन्छौं हामि | त्यो दर्शन त्यो बेलाको लागी सहि थियो भन्नुको कुनै अर्थ छैन| हामीले बाँच्ने भनेको अहिले हो नकि त्यो पौराणिक काल |

          मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 2

        • madan bajracharya

          देवज्यु/
          माले मात्र क्रिस्चियन हरु बुद्ध र बुद्धिज्म प्रति तेती नकारात्मक धारणा राख्न्दैनन भनेको थिय/ जुन कुरा क्रिस्चियन को मुलुकमा बस्ने सबै नेपालीले देखे बुझेकै कुरा हो/ तर यति भन्दा तपाइंले मलाइ हिन्दु धर्म विरोधीको बिल्लानै भिडाउनु भयो/ त् भन्नुस कसले उदेक लाग्दो कुरा गरे; मैले कि तपाइंले?

          रास्ट्र संघ पनि क्रिस्चियन मुलुखारुकै पहलमा स्थापना भयको हो/ रास्ट्र संघको चार्टर बुद्धको पंचशिल सिद्धान्तमा आधारित छ/ मैले मेरो प्रतिक्रियामा लेखि हाले कि कट्टरवादी हिन्दुहरु नेपालको दमाइ कामि सारको पोडे आदिलाई मात्रै आछुत मान्दैनन क्रिस्चियनहरुलाई पनि म्लेच्छ भनेर अछुत नै मान्छन/ के यो कुरा झुठ हो?

          नेपालमा क्रिस्चियन धर्म मान्ने; नेपालीको भन्दा फरक अनुहार फरक भाषा बोल्ने फरक संस्कृति र संस्कार मान्ने अंग्रेजले पनि बौद्ध चैत्य र गुम्बा बिहार घुम्दै बौद्ध ग्यानमा रुचि देखायको कुरा नै कलाकारले आफ्नो चित्रमा देखाउने प्रयास गरेको छ/ यो त् राम्रै कुरा थियो/ अंग्रेजले हरे राम हरे कृष्ण जपेमा दंग हुने हिन्दुहरुले हिन्दुले पनि अंग्रेजको जिजस मानेमा उदेक मान्नु पर्ने हिन्दु धर्म कै बिशेसता अनुशार पनि कुनै कारण नै छैन/ किनभने हिन्दु धर्म को सिद्धान्त अनुसार कुनै पनि व्यक्ति जन्म ले मात्रै हिन्दु हुन् सक्छ र जन्मले हिन्दु सदा हिन्दु नै रहन्छ/ यो कुराले हिन्दु धर्म मात्रै होइन हिन्दु धर्मावलम्वी पनि अपरिबर्तानिय हुने र अरु धर्म मान्ने कुनै पनि जति सुकै राम कृष्ण जपे माने पनि हिन्दु बन्न नसक्ने बनायको देखिन्छ/ अरु धर्म तर यस्तो कुरा बौद्ध र क्रिस्चियन आदि धर्ममा हुँदैन/ क्रिस्चियन बुद्धिस्ट बा हिन्दु बा मुस्लिम बन्न सक्छ/ बुद्धिस्ट क्रिस्चियन बा हिन्दु बा मुस्लिम बन्न सक्छ/

          धर्म परिबर्तनको कुरामा क्रिस्चियन र बुद्धिस्टमा फरक कुरा के हो भने क्रिस्चियनहरु अरु धर्म मान्नेलाई भौतिक सुख सुविधामा लोभ्यायर; स्वर्गको सपना र नरकको डर देखायर क्रिस्चियन बन्न लोभ्याउञ्छ/ हामि बुद्धिस्ट तेस्तो गर्दैनौ/ हामि बुद्धिस्टहरु आफुले बुद्धले दियको “शंघम सरनम गच्छामी” उपदेस पालना गरेर कुनै पनि धर्म मान्ने समाजमा मिलेर मानेर बस्छौं/ कसैलाई बुद्धिस्ट बन भन्दैनौ/ कोहि बुद्ध्स्त बन्न चाहे पनि उसको परिबार समेतको सहमति नभयमा बुद्धिस्ट बन्न सक्दैन/

          हामि बुद्धिस्तहरु स्वर्ग र नरक मरे पछि होइन यहि जन्ममा आफ्नो कर्मले देख्ने भोग्ने कुरा हो भनेर मान्छ/ हामि बुद्धिस्ट जो जसले प्राणीको हित गर्छ तेस्लाई इश्वर मान्छौं/ बुद्ध भन्ने सब्द नाम होइन ग्यान भयको व्यक्ति हो/ बुद्धम शरणं गच्छामी को अर्थ बौद्ध गुम्बा बा बौद्ध बिहार बा बौद्धको मुर्तिको पुजा गर्न जानु होइन/ आफुलाई परेको समस्याको निदान गर्न सक्ने ग्यान जो सिट छ तेसैलाई बुद्ध मानेर उसको सरनमा जानु हो/ यसको सरल उदाहरण बिरामी परे मन्दिर चैत्य गुम्बा र बिहार होइन डाक्टर को सरन मा जानु पर्छ/

          हामि बुद्ध्सितको बौद्ध नियम जस्तो सुकै भय पनि आफु जुन समाजमा बस्छौं त्यहा बहुजनले मान्ने नियम प्रचलन र संस्कार मान्छौं/ बुद्धको “धम्मं सरनम गच्छामी” को सार र मर्म यहि हो/ हो/ यसैले बहुजन हिन्दु भयको उपत्यकाको हिन्दु मन्दिरहरुमा बुद्धिस्ट बज्राचार्यहरुले हिन्दु पुरोहितले गर्ने काम पनि गरि दिन्छौं/ त् भन्नुस म बज्राचार्य कसरि हिन्दु धर्मको बिरोधि भयो?

          तर हामि बज्राचार्य हिन्दु मन्दिरमा बाहुनले गर्ने कर्म नै गरे पनि हिन्दुले मान्ने छुवाछुत मान्दैनौ कसैलाई तल्लो जातको मान्दैनौ/ तेसैले हामि बज्राचार्य पुरोहित हुने हिन्दु मन्दिरमा हिन्दुले तल्लो जातको छुन पनि नहुने भनेको “पोडे” लाइ “द्योला र द्योपाला” जस्तो पुरोहितकै दर्जाको सम्मानीय पदमा राख्छौं/

          द्योला भनेको ईस्वरको मन्दिरको प्रसाद ग्रहण गर्ने र भक्तलाई ईश्वरको प्रसाद वितरण गर्ने व्यक्तिलाई भनिन्छ/ द्योपाला भनेको मन्दिरमा देवताको रुपमा प्रतिस्थापन गरेको मुर्तिको रछ्यक हो/ त् हामि बुद्धिस्ट बज्राचार्यले तपाइंले अछुत मानेको पोदेलाई सम्मान गर्नु गर्नु नै तपाइंको निमित हिन्दु धर्म को बिरोध गर्नु हो भने मेरो भन्नु केहि छैन/

          मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 5

  • samir

    “साम्राज्य दुइ हारे हारेन सान हाम्रो”
    “हिमाल झैँ अटल यो झुकेन यो कहिल्ये लात्रेना यो कहिले ”
    “जंगी निसान हाम्रो ”
    पहिले यो गाना सुन्दा मनमा प्रश्न उठ्थ्यो अहिले हास उठ्छ
    हा हा हा ….
    के ब्रिटिश ले नेपाललाई उपनिवेश बनौनई नासकेकेको हो त ?????
    नेपाल संग हिजो के थियो आज के छ ब्रिटिश ले उपनिवेश नाबौनालाई
    गोर्खा पहिलो वोर्ल्ड र द्श्रो वोर्ल्ड वार ब्रिटिश कै तर्फा बाट लडेको हैन र ???
    येसो सोचौना साथि हो …..अनि केहि कुरा थाहा भए हामि संग पनि shareगरौ….

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

  • यो निकै प्रख्यात चित्र हो. यी व्यक्ति सन् १८०३ मा नेपाल आएका क्याप्टेन नक्स हुन्. यिनको पेन्टर को नाम पनि मलाइ थाहा थियो, (अहिले बिर्से) तर निकै इतिहासकार हरुलाई थाहा हुनुपर्छ. ति पेन्टर ललितपुरका विद्वान पनि थिए र शायद पुस्तौ देखि वंशावली लेख्ने काम पनि गर्थे. (कुलमान कि के थियो नाम ). यिन का छोरा नाति पनि राम्रो पेन्टर को रुपमा चिनिन्थे. क्याप्टेन नक्स नेपाल सङ्ग व्यापार सन्धि गर्न भनेर आएका थिए, दामोदर पाण्डे र राज राजेश्वरी (हेलम्बु मा निर्वासित भएर पछि रणवहादुर संगै सति गएकी) हरु संग कुरा गरे, तर सन्धि भने हुनसकेन. यिनलाई काठमान्डू छिर्न नदिएर बाहिरै टेण्ट बनाएर राखिएको थियो र यिनी महिनौ त्यहा बसेका थिए. यो सुगौली सन्धि र नेपाल अंग्रेज द्वन्द हुनुअघिको कुरो हो.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 110 Thumb down 0

    • र अर्को कुरा, त्यो छेउमा बसेको मान्छे मुघल राजा नभएर पेन्टर को आफ्नै तस्बिर हो. (मैले माथि कुलमान लेखे पनि मलाई लाग्छ तिनको नाम को अन्त तिर आनन्द भन्ने शब्द आउछ, कुलानन्द वा तेस्तै केहि हो, पाटन का पेन्टर हुन्). कप्तान नक्स संग आएका फ्रान्सिस ह्यामिल्टन ले लेखेको लगभग दुइ सय वर्ष अघि छापिएको An account of the kingdom of Nepal and of the territories annexed to this dominion by the house of gorkha किताब अहिले पनि धेरै ले पढ्ने नेपाल को इतिहास सम्बन्धि किताब हो.

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 66 Thumb down 1

  • द्रोण

    यो चित्रमा खैरे क्याप्टेन को पाउ तले मुगल बादशाह र नेपाल को देब देबी लाइ देखाइएको ले अल्लि अपमान जनक जस्तो पो लाग्यो | कम्पनि मोहोर को लोभ मा यो बनाउने लाइ नै धिक्कार छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 61

  • Sudip

    एउटा कुरा कसैले नोटीस् नगरेको हो क्या हो, देबी को साइड मा घुडा टेकेर बसेको मुगल “मुसलमान” राजा ले “नमस्कार” गरेको? तेती बेला भारतमा मुगल राज थियो। त्यो पहिरन, त्यो टोपी, त्यो जुंगा दारी मुगल राजा को पहिचान जस्तो हो त्यो समय को आर्ट जगतमा, म भारत मै पढेको हु, र म भारत को थुप्रै मिउजीयम मा गयेको छु्। त्यो ब्यक्ती मुगल राजानै बनाउन खोजीएको हो।

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 20

  • madan bajracharya

    सुने अनुशर जिजस बुद्ध भन्दा लगभग ५०० बर्ष कान्छो छ/ त् बुद्धको ज्ञानको प्रभाव जिजस मान्नेमा पनि पर्नु अस्वाभाविक देखिंदैन/ मुस्लिम र हिन्दु धर्मको तुलनामा बुद्धको शिद्धान्त र उपदेस पनि क्रिस्चियनहरुको निमित बढिने स्विकार्य भयको देखिन्छ/ हिन्दुहरु जिजस मान्ने क्रिस्चियनहरुलाई “म्लेच्छ” भनेर अछुत मान्छन/ तर गौतमले “बुद्धत्व” प्राप्ति पछि मानव मानवमा कुनै अछुत हुने कुरा पुरै नकारे/ त् बुद्ध को अनुयाइहरुको निमित क्रिस्चियनहरु म्लेच्छ तथा अछुत रहेन/ यसले गर्दा पनि जिजस मान्ने र बुद्ध मान्ने बिचमा धेरै सन्निकता बढ्न सकेको देखिन्छ/

    गौतम जन्मेको देस नेपाल र गौतम “बुद्ध” बनेको देस भारतमा बुद्ध प्रति कट्टरवादी हिन्दुहरु सहज नभयको बुद्धकै जीवन काल देखि आज सम्म भय गरेका घटनाहरुले देखाउंछ/ तर जिजस मान्नेको बहुसंख्या भयको पश्चिमको देसहरुमा बुद्ध प्रति राम्रै धारणा भयको देखिन्छ/

    इस्ट इन्डिया कम्पनीको क्याप्टेन भने पछि त्यो व्यक्ति भारत र नेपालमै कार्यरत हुने भयकोले बुद्धको बारेमा बढी जान्ने मौका पायर बुद्धिज्म बाट अझ बढी प्रभावित भयर अंग्रेजी क्याप्टेनले बुद्धिस्ट समाजमा घुल मिल गरेको हुन् सक्छ/ यसै कारणले नेपालको बुद्धिस्ट कलाकारले यस्तो चित्र कोरेको हुन् सक्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 51

    • rajesh

      यो चित्र कसरि बन्यो, यो बिषय कौतुहलताको बिषय त हुन् सक्छ तर साथ-साथै ‘मे दुनिया का सबसे बडा खिलाडी हुँ’ भन्ने धोतिहरुलाई यो चित्र ले दरो थप्पड चाई हानेको छ l बलिवूद पारा मा बिस्वो बिजेता को सपना बोकेका इन्डियन भैया हरुको करुण-रोदन छ यो चित्र मा l जे होस् यो चित्र हेरेर मेरो चाही हड्डी मज्जैले हास्यो l

      मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 22

    • अलि तर्क संगत लागेन मदन बज्राचार्य जीको कमेन्ट | खास कुरोको चुरो नबुझी कमेन्ट गर्नु भएको जस्तो लाग्यो | एस्तो कमेन्ट गर्दा अलि बढी गहिरिएर र कुराको सिरियेस्नेसलाइ महत्तो दिनु राम्रो होला | खै मैले त साएद अहिलेसम्म हिन्दु र बुद्ध धर्मको सनिकता राम्रै बढेको देख्छु | साएद येहालाई यादछ भने हिन्दु धर्म नेपालमा सबैभन्दा पुरानो धर्म हो जुन धर्मका अनुयायी एबम हिन्दु धर्माबलम्बी स्वयेम भगवान गौतम बुद्धका परिवार अनि बुद्ध भगवानपनि हुनुहुन्थ्यो | तेसैले हिन्दुजम र बुद्धिजम बिचको सम्बन्ध एकदम भित्रैदेखि परापुर्ब कालदेखि आत्मिक अनि बलियो छ जुन अरु धर्ममा बिरलै पाइञ्छ |
      देव, काठमाडौँ

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 71 Thumb down 15

      • cRIS

        देबजीको तर्क चाही मलाई फितलो लाग्यो| बुद्द एक रेबेल हिन्दु हो| उनले जे जति गरे, सब हिन्दु धर्मको विपक्ष मै गरे| हिँसा, बलि, काटमार, छुवाछुत, बर्ण विभाजन सबैको बिरोध गरे| त्यसैले उनले आफ्नो दरबार पनि छोड्नु पर्या थियो| हिन्दु पण्डितहरुले उनलाई र उनका अनुयाईहरुलाई पनि सिद्द्याउन कोसिस गरेकै ईतिहास छ| तर कालान्तरमा समाजमा सहिष्णुताले मान्छेहरुलाई सहनशीलता थपिदियो|

        मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 9

        • Aakar Bhushan Nepali

          किटानसाथ भन्नु पर्दा सत्य र तथ्य यहि नै हो | cRIS जी को तर्क नै बास्तबिकता हो | रहंदा बस्दा मान्छे र समाजको सहिष्णुताले र भबिष्य सम्म सोच्न सक्ने ईतिहासका केहि शासकहरुको दुरदर्शिताले( जस्तै पातली पुत्रको अशोका, सातौं किराती राजा जितेदास्ती, चौधौं स्थुङ्को, अन्शुबर्मा आदि) गर्दा एउटै ठाउँमा साझा संस्कृति र जिबनशैलीमा बस्न सक्ने सहनशीलताको बिकाश भएको हो| धर्मको ठेकेदारहरुको हातमा परेको भए यो सहिष्णुतालाई बिर्सने गरि नष्ट पारिदिने थिए| बुद्ध परम्पराको अस्तित्व सखाप पार्न शंकराचार्यले गरेको ताण्डव नृत्य त्यसैको एउटा उदाहरण हो |

          मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 4

      • madan bajracharya

        देवज्यु/
        कृष्ज्युले “बुद्ध यक रिबेल हिन्दु हो” भनेर यक्दम सत्य कुरा गर्नु भयकोछ/ बुद्ध हिन्दु थियन गौतम हिन्दु थिय/ युबराज गौतमले दरवार त्यागेको लगतै टुप्पी काटेर हिन्दु धर्म त्यागेको थियो/ यो परम्परा आज पनि बुद्धिस्ट परिवारको बालकको चुदाकर्म गर्दा पालना गर्दै आयको छ/

        अतिबादी कट्टर हिन्दुहरुले बुद्धलाई कसरि मान्दै आयको छ र हिन्दु र बुद्धिस्ट बिचमा परापुर्व काल देखि आत्मिक तथा बलियो सम्भंद भयको भन्ने कुराको प्रमाण कोट्याउने मुडमा अहिले म छैन/ तपानि तपाइंको कुरा कति सत्य कति असत्य भन्ने कुरा इतिहासको पन्नामा मात्रै होइन अहिले प्रकाशित हुने समाचारहरुमा पनि प्रकाशित हुँदै आयकोछ भन्न हिच्किचाउनु पर्ने देखिंदैन/

        मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 7

    • Roshan Sharma

      मदन जी, ज्ञान प्राप्त गर्ने भन्दा राजनीति बढी गर्ने हरुको विचार हो/ बज्राचार्य हुँदैमा भनेन नि मदन जी/ मुसलमान र क्रिस्टियन धर्म को स्रोत एउतै हो र दुबैको कुरा ९९ % मिल्छ/
      ‘बुद्द भगवान’ ले 3००-५०० वर्ष पछि यो धर्म संकट मा पर्छ भेनेको कुरा मैले पनि कता कता पढेको थिए/
      बरु, हिन्दु को राजा ‘अशोक बुद्दिस्ट’ नबनेको भए आज बुद्द धर्म (शाक्य मुनि) कुन अवस्था मा हुन्त्यो होला बिचारनीय छैन त ! ‘अलेक्जंदर’ र उनका ‘दुत’हरु ले के गर्थे होलान !

      अलि, बढी जानकारीको लागिया आजै मात्र ‘नगारिक मा “जगमान गुरुङ ज्यु” को लेख पढे पछि त हामि जस्तै नाउ मात्र को बाउन भनेको त मदन जी नाउ मात्रको बुद्दिस्ट थर भएको मात्र लाग्यो नि / तिब्बत मा बुद्द धर्म को प्रचार कसरि भयो भन्ने कुरा तलको लेख हेरे पछि बल्ल थाहा भयो :-
      http://nagariknews.com/nagarik-sanibar/story/5996

      आखिर हामि दुवै ‘एकै द्यांग’ का मूला परेछौ कि क्या हो ? एउतै किताब. एउतै स्कुल, एउतै बिस्वोबिद्यालय अनि एउतै राजनीति गर्ने पार्टी ? अनि झन्डा का साथै ‘ भट्टी ‘ पनि एउतै !!!
      माफ गर्न्नु होला चित्र सम्बन्धि को बारेमा मैले बुझ्न सकिन ! अन्धो को लागि हाती छामे जस्तो !
      नोट:’नरेन्द्र शर्मा’ जु को प्रतिक्रिया चाही बास्तबिकता को नजिक छ जस्तो लाग्यो/

      मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 6

      • Aakar Bhushan Nepali

        Roshan जी,
        राजा अशोक वा अशोका मात्र नभनेर किन हिन्दु कै राजा भनि हिन्दु धर्ममात्र सबै भन्दा सहनशील धर्म हो भ्रम सिर्जना गर्नु पर्यो| कुन धर्मले आफु खराब छु भन्छ? तपाई हामीलाई थाहा छ कति ढोंगी छ हाम्रो हिन्दु धर्म भनेर, तर हामी त्यो कुरा मान्न तयार छैनौं किनकि हामी कायर छौं यो मामिलामा| कुनै पनि धर्मको अनुयायी हुने मानिस यदि पछि परिबर्तन भएको हो भने त्यो भन्दा पहिला कुनै न कुनै धर्म वा परम्पराको अनुयायी त भै नै हाल्छ नि होइन र ? त्यसकारण हिन्दुले बौद्धको प्रचार र बिकाश गरेको नभएर राजा अशोकले गरेको हो |
        दोस्रो कुरा, कालचक्रतन्त्र कश्मिरी पण्डितले उल्था गरि तिब्बत पुर्याउनु भन्दा पहिला नै त्यहाँ बौद्ध धर्मको बिकाश भईसकेको थियो| सातौं शताब्दीको शुरुतिर स्रंचंगगम्पो राजा भए पछि भृकुटी बिबाह संगै बौद्ध धर्मको प्रचार र बिकाश भएको ईतिहास त हामीसंग छ नि होइन र ? ल्हाशाको पबित्र गुम्बा “जोखंग” निर्माण उनैले गराएका थिए| पछि उनको जनाती Trisong Detsen ले यसको अरु बिकाश गरे |
        अर्को कुरा पनि,
        राजा अशोक र सिकन्दरको समयउल्लेख मिलेन कि ! सिकन्दरको समय चन्द्रगुप्त मौर्य भन्दा केहि अगाडी हो र राजा अशोक चन्द्रगुप्तको नाति वा पनाति | सिकन्दरको साम्राज्य त्यो क्षत्रमा चन्द्रगुप्तले नै समाप्त गरि सकेको थियो चाणक्यको रणनीतिको सहयोगले|

        मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2

        • Roshan Sharma

          नेपाली जी,
          ****धर्म, जात र राजनीतिको**** बारेमा कुरा गर्न ‘पूर्ण कालिन कार्यकर्ता’ हुनुपर्छ र कुरो को “चुरो ( Nucleous) मा पुग्ने प्रयास तिनीहरु ले मात्र गर्न सक्छन जो ‘ ‘पूर्ण कालिन कार्यकर्ता’ छन्/ तासर्थ, तपाई को चाही थाहा भएन मा चाही ‘छ्यणीक दर्सक ‘(passerby) मात्र भएकोले तपैले खोजे जस्तो प्रतिक्रिया नहुन सक्छ !!!
          तैपनि,
          - ‘तथ्य’ लाइ स्वीकार गर्न सक्नु नै ‘सत्य’ संग हिंड्न सक्छ तसर्थ उनि पहिला हिन्दु थिए भनेर स्वीकार गर्न किन नसक्ने ?
          भगवान बुद्द भन्नु हुन्छ: Three things cannot be long hidden: The Sun, the Moon, and the Truth .
          - हो तिब्बत मा बुद्द धर्म तपैले भने जस्तै केहि अगाडी बाट भएको हो र कसरि प्रबर्दन भयो भन्ने सवालमा चाही ‘पद्मसंभ’ बाट भएको रहेछ जसलाई ‘भारत” बाट त्यहाको राजा ले झिकाइएको रहेछ/
          तर, काल -चक्रतन्त्र चाही ‘जगमान गुरुङ’ ज्यु को ‘अनुसन्धान बाट’ प्रमाणित’ भए झैँ कास्मिरी पण्डित बाट भनेको भन्ने कुरामा ‘दुइ मत भए’ प्रमाण ‘प्रस्तुत’ गर्न सके राम्रो ह्नुथ्यो / अन्यथा, निषेधित मानसिकता ले खराब त त्यसै लाइ गर्छ जो ‘सत्य’ तथ्य लाई ‘स्वीकार’ गर्न सक्दैन/
          सन्धर्भ : http://www.youtube.com/watch?v=dOk0tZHwCs4 ( परमान्द को अनुभूति को लागि शान्त ठाउमा बसेर हेर्नु होला )!
          हो, तपैले भने जस्तै, सम्राट अशोक चन्द्र गुप्त मौर्य का नाति हुन्/
          जसले, पूर्व मा बर्मा-थाईल्याण्ड’ देखि पश्चिम मा हाल को ताजकिस्तानक साथै वरिपरिका देशहरुमा समेत प्रसार भएका रहेछन र भारतीय सभ्यता को प्रबर्दन पनि भएको रहेछ /

          तर, हामि चाही बुद्दको नाउ जप्दै ”क्रस र बाइबल बोक्दै” गुम्बा हरुमा ‘आलु’ भण्डार गर्दै आफ्नै दाजु- भाइ, पुर्खा हरु र छिमेकी लाई नर्क जन्छास भन्दै तछाड मछाड गरि ‘blessing’ लिन दगुरेको प्रतिफल स्वरुप -विश्व को बुद्द सम्प्रदाय ले अति नैं उचाइ को स्थान प्रदान गर्ने सम्भाना लाई चाही नकार्न पनि सकिदैन जस्तो छ !

          मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

      • madan bajracharya

        रोशनज्यु/
        मेरो बारेमा तपाईं कुनै पनि धारणा बनाउन सक्नु हुन्छ/ त्यो तपाइंको व्यक्तिगत अधिकार र बुझाइको कुरा हो/ तेसैले ई कुरामा म प्रतिबाद गर्न चाहन्न/ तर बुद्धले ३००-५०० बर्ष पछि बुद्धको धर्म संकटमा पर्छ भनेको कतै सुनेको थियो भने गलत सुन्नु भयो तपाइंले/ बुद्धले आफ्नो अन्तिम समयमा बुद्ध पछिको बरिस्ठ भिच्छु आनन्दलाइ “मैले अहिले भनेको कुरा समयान्तरमा अनुपयुक्त हुन् सक्छ तेसैले समय अन्नुकुल जे हुन्छ तेही पालना गर्नु” भनेर उपदेस दिनु भयको थियो/ सायद कसैले यहि उपदेशको कसैले गलत अर्थ लगायको हुन् सक्छ/

        मित्र रोशनज्यु बुद्ध्सितहरु आफ्नो धर्म “प्रचार” को माध्यम बाट बिस्तार गर्दैन/ बुद्धले दियको उपदेश अनुशार आफैले ब्यबहार गरेर अरुलाई प्रभावित पारेर बुद्धको उपदेस को विस्तार गर्न प्रयत्न गर्छन/

        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 2

    • dilip gurung

      मदनजी,
      कुनै पनि धर्म प्रति मेरो बिरोध छैन| तर धर्मको नाममा अरुलाई होच्याउने र थिचोमिचो गर्नेलाई चाही सहनु हुन्न| तपाइको मन्तब्यले तपाइँले अधिकांश क्रिस्चियनलाइ राम्ररी नचिनेको जस्तो लाग्यो| क्रिस्चियानिटिमा अरु धर्मको स्थान छैन| तपाइँ या त क्रिस्चियन बन्नु पर्छ या तपाइँ स्वत नास्तिक हुन्छ| हिन्दु धर्म जस्तो सबैको बाटो मात्रै फरक, पुग्ने ठाउ एउतै हो भन्ने ग्यान क्रिश्चियानिटिमा पाइन्न| या त जिसस मान्नुस, नत्र तपाइँ नर्क जान तयार हुनुस, किनकि अरु सब धर्मलाई क्रिश्चियनहरु सैतानपुजा मान्छन| त्यतिकै हावामा कमेन्ट नहान्नुस न|

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 101 Thumb down 13

    • रामेश

      धेरै ठाउं ना बौद्धिक तर्क दिने मदन जी को यो कमेन्ट देखेर मा अचम्मित भए | सायद मदन जी लाइ हिन्दुत्वो मा भन्दा क्रिस्च्यानिटी मा बढी विश्वास होला यद्दपी .. बौद्ध देबी -देवता का र अंग्रेज (क्रिस्चियन) तानासाह एकै स्थान देखाएको मा मलाइ चित्त दुखेको छ ||

      मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 4

      • madan bajracharya

        रामेशज्यु/
        अचम्मको कुरा गर्नु भयो है तपाइंले यक जना क्रिस्चियन बौद्ध देवी-देवता यकै स्थानमा देखायकोमा भन्नु भयर/ चित्र राम्ररि हेर्नुस त्यो क्रिस्चियन मुस्ती भन्दा पर बसेर फुल सुन्ग्न्दै बौद्ध देइ देवता तिर हेरेर मात्रै बसेकोछ; देवी देवता कै स्थानमा बसेको देखायर चित्र लेखियाकै छैन/ चित्रमा त्यो क्रिस्चियनलाइ बौद्ध देवी देवताको भक्त को रुपमा चित्रण गरेको जस्तो पनि देखिंदैन/ अब मानि लिउ त्यो क्रिस्चियन पनि बौद्ध देवी देवताको भक्त नै भयो रे त् के बिग्र्यो? यदि यउटा क्रिस्चियन बौद्ध धर्मको अनुयाई बन्नु गलत हो भने हजारौ क्रिस्चियनहरु हिन्दु बनेर “हरेराम हरे कृष्ण” गाउँदै हिड्नुलाई के भन्ने हामीले?

        बौद्धज्ञान कुनै पनि इश्वर मान्नमा प्रतिबन्ध लगाउन्दैन मात्र समाजको निमित असल स्विकार्य सहयोगी बन्न उत्प्रेरण गर्छ/ आस्था व्यक्तिको अन्तर्मनमा रहने नदेखिने कुरा हो/ तर व्यक्तिको ब्यबहारले समाजमा उसको उपस्थिति बोध गराउँछ/ कसैको उपस्थिति कसैको निमित पिडा र दुखको कारण बन्नु हुँदैन; व्यक्ति समाजमा बहुजनको सुख र शान्तिको समर्पित हुनु पर्छ/ बुद्धको उपदेश “संघम शरणंम गच्छामी” को सार यहि हो/

        मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 2

  • Sonnam Tamang

    नेवारी समुदायलाई यसरी फाँसी दिन थाल्यो

    लुकाइएको नेपाली इतिहास
    प्रा.डा. एच.जी.बेहर (जर्मनी) द्वारा लिखित पुस्तकबाट साभार गरिएको विचारोत्तेजक सन्दर्भहरु हरेक नेवारी समुदायले पढनै पर्दछ । कृपया एक पल्ट पढ्नु होला ।
    राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरि लेख्न लगाइएको इतिहास हाम्रो पाठ्यक्रममा छ । तर वास्तविक इतिहास लुकाइएको छ । यो पुस्तकले धेरै त्यस्ता लुकाइएका तथ्यहरु अनुसन्धान गरि प्रकाशित गरेको छ । पृथ्वीनारायण शाह सम्बन्धि केहि पानाहरु म यहाँ प्रस्तुत गर्दैछु । वास्तविकता थाहा पाए पछि निश्चित रुपमा पृथ्वीनारायण शाहका अन्ध भक्तहरु मर्माहत हुने छन । त्यसैले अन्धभक्तहरुलाई यो किताब पढेर दिमाग खराब नगर्न जानकारी दिन चाहन्छु ।
    सम्बत १७१६ सम्म पनि गोरखा नरेश नरभूपाल शाह माटोले पोतेको आसन (राजगद्दी) मा बस्थे । उक्त आसन उनलाई असाध्यै अप्ठ्यारो लाग्थ्यो । नेपाल (हाल काठमाडौँ, पाटन, भक्तपुर) का राजाहरु चाँदीको आसनमा बस्थे भन्ने उनले सुनेको थिए । उनि पनि एउटा चाँदीको आसन बनाउन पाए हुन्थ्यो भन्ने सोच्न थाले ।
    शक्तिशाली रजौटासित बिहे गरि सम्बन्ध बनाउने र कम्जोर रजौटाहरुलाई कज्याउने राजनीति पछ्याउदै सम्पन्न र शक्तिशाली बन्न सिमा बिस्तार गर्ने उद्देस्य लिएर उनले धेरै पल्ट बिहे गरे । तर उनि सफल भएनन् । अन्तमा उनले आफ्नो नीति परिवर्तन गर्ने निश्चय गरे ।
    सम्बत १७३२ मा उनले आफ्नो छोरा पृथ्वीनारायण शाहलाइ भक्तपुरको राजासित बस्न पठाए । त्यो चिठ्ठी, जुन नरभूपाल शाहले भक्तपुरको राजालाई लेखेको थिए, अनुसार उसको छोरालाई यथोचित हुर्काउन र शिक्षादीक्षा दिन नेपालमा मात्रै सम्भव भएको हुनाले त्यस्तो ब्यबस्था मिलाइदिन अनुरोध गरेका थिए । तर उनको वास्तविक उद्देस्य भने उनको छोरालाई त्यहाँको दरवारमा राख्न पाए हुन्थ्यो भन्ने थियो । छोरा नेपाल दरबार छिर्न पायो भने त्यहाँको गोप्य र महत्वपूर्ण कुरा थाहा पाइन्छ भन्ने थियो ।
    (अन्य स्रोतबाट जानकारी बटुलेर थपेको) : हुन त राजा नरभूपालले यस्तो प्रस्ताब काठमाडौँ र पाटनको राजालाई पनि पठाएका थिए । तर पाटनको राजाले चिट्ठीको कुनै जवाफ दिएनन भने काठमाडौँका राजाले न्वाक्व:मा राखेर हुर्काउने पढाउने भए सहयोग गरुम्ला भनि मौखिक जवाफ दिएर पठाए । न्वाक्व: भनेको हाल नुवाकोट हो जुन काठमाडौँ राज्यको एक प्रदेश थियो र त्यहाँको शासनभार काठमाडौँबाट नियुक्त मल्लले हेर्दथे । काठमाडौँ र पाटनको राजाहरुको यस्तो ब्यबहारबाट नरभूपाल शाहले अपमानित महशुस गरे । तर अत्यन्त धार्मिक स्वभाव र उदार दिलका भक्तपुरका राजाले भने हार्दिक निमन्त्राणा दिइ शिक्षा दिक्षा दिन स्विकार गरे ।
    (फेरी मूल पुस्तक बाटै)
    भक्तपुरका मल्ल राजाले अत्यन्त मित्रवत व्यवहार देखाउदै बालक पृथ्वीनारायण शाहलाई दरबारमा पाहुनाको रुपमा स्वीकारे । उनलाई दरवारको सबै कुना कुना देखाए । उनका राजकुमार-राजकुमारीहरुलाइ पृथ्वीनारायण सित खेल्न छुट दिए र उनलाई कुनै किसिमको भेदभाव नगरी अत्यन्त सम्मानका साथ राखे । धर्मको काम भन्ठानी भक्तपुरका राजाले पूर्ण सहयोग गरि उत्कृस्ट शिक्षा दिक्षा दिएर राखे । यसबापत कुनै दस्तुर वा सम्झौता पनि गरेनन ।
    पृथ्वीनारायण शाह स्मरण शक्तिमा तेज थिए । एकपल्ट देखेको कुरा हम्मेशी नबिर्सने । उनले भाषा पनि छिटै सिके र दरबारमा प्यारो बनेर हुर्किए । पाँच वर्ष पछि उनि आफ्नो गृह नगर गोरखा फर्किए । उनले मल्लकालीन दरबारका धेरै जानकारीहरु बटुलेका थिए । मल्ल खानदान भित्रका कलहलाइ नजीकबाट नियालेका थिए । के कुरामा तिनीहरु मिल्छन, के कुरामा झगडा गर्छन, के कुरामा ईर्ष्या गर्छन, के कुरामा रीस गर्छन, ती सबै कुरो बुझेका थिए । त्यस्तै गरि कति सेना छन्, कति हतियार छन् र सामरीक महत्वका ठाउँहरु कता कता छन त्यो जानकारी पनि बटुलेका थिए ।
    फर्केर गएपछि पृथ्वीनारायण शाह यति उत्साहित थिए कि नुवाकोट हमला गरेर सजिलै जित्न सक्छु भनि निश्चित जसो थिए । काठमाडौँका राजाको अपमानको बोझ बोकेर बसेका राजा नरभूपालको सहमतिमा तुरुन्तै नुवाकोट आक्रमण थाले । तर युवा पृथ्वीनारायणको गलत आंकलन र बुबा राजा नरभूपालको अनुमान बिपरित गोरखाले नराम्रो हारको सामना गरे ।
    त्यो बेला देखि गोरखाले उपत्यका आसपास क्षेत्रहरुमा हरेक बर्ष जसो आक्रमण जारी राखे । गोरखाली आक्रमण सधैजसो मनसुन सिजन पश्चात हुन्थ्यो । मनसुन सिजन पश्चात आक्रमण गर्दा लुटपाट गर्न सजिलो हुने र धेरै धनसम्पत्ति लुट्न सकिने विश्वास गोरखाले राखेको थियो । त्यसैले आक्रमण ठ्याक्क सेप्टेम्बरको अन्त्य तिर (भदौ असोज अर्थात् दशैंको मुखमा) गरेको देखिन्छ । तर यो आक्रमण कहिलेपनि सफल भएको देखिन्न । यस्तो लुटमार गर्ने उद्देशेले आक्रमण गर्ने र असफल भै फर्कने क्रम सम्बत १७६४ सम्म जारी रह्यो ।
    तत्पश्चात पृथ्वी नारायण शाहले एउटा शान्ति प्रस्ताव नेपालका मल्ल राजाहरु तर्फ पठाए । अन्त्यहीन जस्तो बार्षिक लडाई र प्रतिरोधले मल्ल राजाहरु दिक्दार थिए । त्यो भन्दा पनि यस्तो सानो सानो स्तरको लडाइले त्यो बेला नेपालको अन्तराष्ट्रीय बन्दब्यापार (तिब्बत भारत तिरको ब्यापार) लाइ नोक्सान पुगी राखेको थियो । मल्ल राजाहरु त्यसैले शान्तिको प्रस्ताव सित वास्तवमा खुशी भएका थिए ।
    तर पृथ्वीनारायणको प्रस्ताव बास्तवमा एउटा चलाखी मात्र थियो । उनले वास्तविक शान्ति चाहेका थिएनन । जव गोर्खाले उत्तरतिर रहेको व्यापार मार्गमा नाकाबन्दी लगाउन थाले, मल्ल राजाहरुले गोरखाको मनशाय बुझ्न थाले । साथसाथै त्यो समय गोरखाली सेनाले युद्धमा अत्यधिक हतियार प्रयोग गरेको र ती हतियार उच्च कोटीको रहेको समेत थाहा पाए । मल्ल राजाहरु एउटा निर्धन गोरखा राज्यसित त्यस्तो हतियार कहाँबाट आयो भनेर चकित परेका थिए । लडाई अत्यन्तै महँगो हुन्छ भनेर बुझेका मल्ल राजाहरु गोरखाले वर्षेनी लडाई लड्न पैसाको जोहो कताबाट गर्छन, गोरखाबाट टाढा टाढा पुगेर लड्ने सेनाको रासन पानी, उपचार खर्च, तलबमान, लुगाफाटो, हतियार गोलीगट्ठा आदि कताबाट आपूर्ति हुदै थियो भन्ने सोचेर चकित परेका थिए ।
    गोर्खाली सेनालाई प्रशस्त आर्थिक र उच्चस्तरीय हतियार उपलब्ध गराउने स्रोत तत्कालिन बेलायती सरकार थियो । तर यो कुरो नेपालको मुलधारको इतिहासबाट लुकाइएको छ । यो सम्बन्धि गरिएको एक गोप्य सम्झौताको दस्तावेज हालसम्म पनि लण्डनमा सुरक्षित छ । इस्ट इंडिया कम्पनि सम्बन्धि आर्काइवमा त्यो छ ।
    मैले उल्लेख गरेको त्यो गोप्य सम्झौतामा गोर्खाली प्रतिनिधि र क्याप्टेन सिअने (Captain Ceane) को दस्तखत छ । जुन दस्तावेज अनुसार बेलायती सरकारले सैन्य सहायता तथा रणनैतिक सरसल्लाह उपलब्ध गराउने र त्यसको बदलामा गोरखाले नेपालको ब्यापारिक मार्ग ध्वस्त गर्नु पर्ने सम्झौता भएको थियो । यो त्यहि ब्यापारिक मार्ग हो जहाँबाट हालको भारत र चीन बीच नेपाल भै ब्यापार चलेको थियो ।
    भारतको मुगल ब्यापारीहरु नेपालको मल्ल राजा सित मिलेर ब्यापार बढाउदै थिए । बेलायतको अनुमानमा झन्डै ३० प्रतिसत मुगल सम्पत्तिको मुख्य श्रोतनै उत्तरसित रहेको यो व्यापार थियो । त्यसैले बेलायतिहरु यो श्रोत हात लगाई भारतीय उपनिवेशबाट हुने आम्दानि बढाउन चाहन्थे ।
    लण्डनमा रहेको दस्ताबेजमा उल्लेख भए अनुसार पृथ्वी नारायण शाहका सेनाले ८ सय वटा काँधमा राखेर प्रहार गर्नु पर्ने लामो नाल भएको शक्तिशाली बन्दुक र २१ जना बेलायति सैन्य सल्लाहकार प्राप्त गरे । सम्बत १७६६ मा बेलायतको हतियार, सैन्य सूचना र सल्लाह समेतको सहयोगमा गोरखाले किर्तिपुरमा कठिन युद्द गरि जिते । कीर्तिपुरले अदम्य शाहस देखाउदा देखाउदै पनि उच्चस्तरीय हतियार सामु टिक्न सकेनन । त्यो लडाईमा कीर्तिपुरका दुइ तिहाइ जनसंख्या मारिएका थिए । मारिएकाहरुमा सबै नेवारी समुदायका थिए ।
    हिंस्रक गोर्खाली सेनाले विजय उन्मादमा बाँचेका कीर्तिपुरे जनताको नाक काटे । आजसम्म पनि त्यो ‘ठाँउ नाक नभएको मान्छेको गाँउ’ भनेर परिचित छ । यो घटना घटिसकेपछि बल्ल मल्ल राजाहरुले परिस्थिति निकै गम्भीर बनिसकेको चाल पाए ।
    जयप्रकाश मल्ल, काठमाडौँका राजा, एक विद्वान शासक थिए । उनले इस्ट इंडिया कम्पनीलाई गोरखाको आक्रमण बिरुद्ध सहयोगको याचना गर्दै एक मार्मिक चिट्ठी लेखे । इस्ट इंडिया कम्पनीले पनि तत्कालै १५ जवान प्रभावशाली सैन्य टुकडी क्याप्टेन किनलोक (Kinloch) को नेतृत्वमा नेपालका मल्ल राजालाई सहयोग गर्न पठाए । यी क्याप्टेन असाध्यै मदिराप्रेमी थिए ।
    क्याप्टेन किनलोक नेतृत्वको बेलायती सेना जव काठमाडौँ उपत्यका नजिकको पहाडी इलाका पुगे तिनले गोर्खालीसित लडाई लडेको नाटक गरे र उक्त लडाइमा बेलायती सेना हारेको भनि गलत प्रचार गरे । गोर्खाली आक्रमणमा परि क्याप्टेन आफै घाइते बनेको प्रचार गरे । यो घटना ‘म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर’ भन्ने नेपाली उखानसित मिल्दोजुल्दो छ । यस्तो फर्जी घटना घटाएर गोरखा अत्यन्त शक्तिशाली छ, हामी केहि गर्न सक्तैनौ भनि बेलायतीले मल्ल राजाहरुको मनोबल गिराउन चाहन्थे ।
    बेलायती सहयोगको आश मरेपछि जय प्रकाश मल्ल धार्मिक आस्थातिर ढल्किन थाले | एक जोतिषले उनलाई नेपालको भविष्य कुमारी मातामा निर्भर हुने योग छ भनि बताईदिए । राज्य बचाउने आशमा सम्बत १७६८ मा उनले कुमारी माताको भब्य पुजा गर्दै इन्द्र जात्रा धुमधाम मनाए । त्यो बर्ष सेप्टेम्बर १३ का दिन रथ यात्रा पनि थियो र त्यो दिन सम्पूर्ण नेपालका जनता चामलको मदिरा (जाँड) खाएर रमझममा मस्त रहेका थिए ।
    जात्रामा मस्त राजा र जनताले गोरखाली सेनाले चारैतिरबाट शहर घेरेको चालै पाएनन् । जब गोर्खाली सेनाले जात्राको रथ घेरे अनि बल्ल हाहाकार मच्चियो, दिग्भ्रमित जनता, राजा र सेनाले के गर्ने कसो गर्ने ठम्याउन सकेन । रथमा सवार जयप्रकाश रथबाटै हाम फाले । उनका दुइ श्रीमती पनि उनकै पछि पछि लागे र पाटन तिर सकुशल भागे ।
    अशान्त भीडका बीचबाट पृथ्वीनारायण शाह अगाडी बढे र चिच्चाए – ‘म तिमीहरुको राजा हुँ, जात्रा जारी राख्नु’।
    मारिने डरले आक्रान्त नेवार जनसमुदायले त्यस आदेश पछाडी झन् धेरै मदिरा पिए । हात हातमा नाङ्गो तरवार बोकेका गोर्खाली सेना सामुन्ने थिए । कतिपय सेनाले बलिया देखिने जवानका गर्धनमा तरवार तेर्साए । निहत्था र मदिरामा लट्ठ नेवार सेना र जनता सामु आदेश पालना गर्नु सिवाय कुनै बिकल्प थिएन ।
    त्यहि सालको जाडो याममा गोर्खाले ललितपुर पनि कब्जा गरे । ललितपुर कब्जा गर्न पनि खासै बल प्रयोग गर्नु परेन । त्यहाँबाट लखेटिएका मल्लहरु अब भक्तपुरमा जम्मा भए । भक्तपुरले दरवार र देश प्रतिरक्षा गर्न बलियो प्रबन्ध गरिसकेको थियो । तत्पश्चात बेलायति सल्लाहकारको योजना मुताबिक भक्तपुरलाई नाकाबन्दी गरियो ।
    तीन बर्षको नाकाबन्दी पछि भक्तपुरको खाद्य भण्डार रित्तिन थाल्यो । अभाव सितै त्यहाँ दरबार भित्र बेचैनी पनि बढ्दै थियो । त्यहि बीच एक रात एक मल्लका ल्याइते सन्तानले शहर पस्ने ढोकाको चुकुल खोलिदिए । गोर्खाली सेनाको टुकडी सिधै मल्ल राजाहरुका शयन कक्षसम्म पुग्न सके । जयप्रकाश मल्लले आत्महत्या गरे । उनि प्रति उदारता देखाउदै पृथ्वी नारायणले उनको शवलाई पशुपतिमा दाहसंस्कार गर्ने ब्यबस्था मिलाई दिए ।
    भक्तपुरको राजा रणजित मल्ल, जसले पृथ्वीनारायण शाहलाइ पाले, पोसे, हुर्काए, उनले आफु असाध्यै अपमानित भएको महशुस गरे । उनि मारिएनन तर उनको आँखा फोडियो र हिन्दु पवित्र शहर बनारस तिर निर्वासनमा पठाइयो । ललितपुरका राजा तेजनरसिंह मल्ल पृथ्वीनारायण शाह सित कुनै शब्द बोल्न चाहदैन थिए र मौन मात्रै बसी रहे । तेजनरसिंहलाइ एउटा शव राख्ने जस्तो इटाको च्याम्बरमा थुनियो – त्यहाँ सानो प्वाल थियो, जहाँ बाट दिनको एक कचौरा भात छिराउथ्यो । केहि दिन पछि त्यो कचौराको भात जस्ताको तस्तै देखियो, अनि त्यो प्वालमा इटाले छोपी टालियो ।
    पृथ्वी नारायण शाहले जे जति गरे त्यो सबै क्याप्टेन सिअनेको सरसल्लाहमा गरे । उनले पृथ्वीनारायणलाई भनेका थिए – ‘नेपालका जनता ज्यादै मेहनती र बुद्धिमान छन । त्यसैले तिनीहरु एकदम खतरनाक छन् । तिमीले उनीहरुमाथि शासन गर्ने हो भने उनीहरुको मुटुमा गढ़ने गरि आतंक फैलाउन सक्नु पर्छ । उनीहरुलाई अबको कयौं शताब्दि सम्म पनि शासन सत्तामा आउन दिनु हुदैन । शासन सत्तामा कब्जा जमाउने बिचार श्रीजना गर्ने कुनै पनि कुराहरु उनीहरुको दिमागबाट मेटाउनु पर्छ । यस्तो गर्न कडा नियम र तरवार (हत्या हिँसा) को साथ लिनै पर्छ ।’
    तत्पश्चात, स्थानीय नेवारहरुलाई पढ्न लेख्न बाट बन्चित गरियो । नयाँ निर्माण कार्य गर्न रोक लगाइयो । भत्केको घर मन्दीर पुनर्निर्माण गर्न पनि रोक लगाइयो । व्यापार ब्यबसायमा नियन्त्रण गरियो । सम्बत १७६७ को कर श्रेस्ता फेला परेको छ, जसमा उल्लेख भए अनुसार उपत्यकामा त्यो बेला तरकारी र फलफुल मात्रै पनि १७६ थरिको उत्पादन हुने गर्थ्यो, जुन आज पर्यन्त काठमाडौँमा अस्तित्वमा छैन । स्थानीय नेवारहरुलाई सानो भन्दा सानो नियम उल्लङ्घन गरेको देखिए पनि फाँसी दिन थालियो । सम्बत १७७० मा मात्रै पनि २५ सय नेवारहरु सजायको नाममा मारियो । यस्तो व्यापक दमनको नतिजा स्वरूप दोस्रो पुस्ताको नेवारहरु एकदम काथर र पलायनबादी बन्न थाले । दमन र अत्याचार बिरुद्द बोल्नासाथ मारिने स्थिति बन्यो । तेस्रो पुस्ताका नेवार सम्म आइपुग्दा ती अत्याचारबारे जानकारी भएका मान्छे नै बाँकी रहेनन् र ती कुराहरु बिर्सन थाले ।
    पृथ्वीनारायण शाहको शासन पश्चात ती शहरहरुमा विकास ठप्प भयो । श्रीजनशील दिमागहरु निमिट्यान्न पारेपछि ती शहरको जीवन्तता गुम्न थाल्यो । तत्पश्चात बेला बेला भूकम्प आएर ठुल्ठुला पुनर्निर्माणको खाँचो पर्‍यो, पुनर्निर्माणको निमित्त राज्यले मनग्य पैसा खर्च गरेता पनि ती शहरहरुको जीवन्तता फेरी कहिल्यै फर्किएन ।
    बेलायतीहरुको हिंश्रक योजना मुताबिक चलेको गोर्खाली सैन्य योजनाको फलस्वरूप बेलायतले ठूलो आर्थिक फाइदा स्वभाबिक रुपले हासिल गरे । सम्बत १७७८ मा मुगल साम्राज्य टाँट पल्टियो र तिनले बेलायती अधिनस्थता सजिलै स्वीकारे । यसको असर समग्र मध्य एशियामा पर्‍यो । पृथ्वी नारायणलाइ हतियार बनाइ त्यस क्षेत्रको पुरानो र चालु आर्थिक मार्ग बन्द गरेपछि बेलायतले आर्थिक साम्राज्य निर्धक्क चलायो ।
    यो घटनाबाट तिब्बतको अर्थतन्त्र पनि नराम्ररी प्रभावित भयो । फलस्वरूप संकुचित तिब्बती अर्थतन्त्रले स्वाभिमानको निमित्त गुम्बाहरुमा भर पर्नु पर्‍यो, जसको फलस्वरूप त्यस क्षेत्रमा बुद्धका शालीन अनुहारको छत्रछायामा सामन्ती व्यवस्था फस्टाउन पुग्यो । यस्तो नकारात्मक असर तिब्बतमा मात्र हैन उत्तरी चीन सम्म पनि बिस्तृत भएको थियो ।
    पछिल्लो समयमा बेलायतिहरु गोरखा सित खुशी रहेनन् । गोरखाले रगतको स्वाद चाखी सकेको थियो र जीतको उन्माद तिब्र थियो। उनीहरु हत्या हिँसाबाट मुक्त भएर बस्न सक्तैन थिए । त्यसैले उनीहरु वरपरका पहाडी इलाकामा लडाई छेडदै हिड्न थाले । त्यस्तै आफुले जितेका क्षेत्रलाइ ‘निषेधित इलाका’मा परिणत गर्दै गए । उनीहरु पहाडी आधार क्षेत्रतिर चुपचाप बसुन्जेल बेलायतले वास्ता पनि गरेन । तर सम्बत १७८९ मा उनीहरु युद्दउन्मादी भएर चीन तथा बेलायतले अधिकार क्षेत्र ठानेको ठाउहरुमा समेत हमला गर्न थाले ।
    बेलायतका जनरल अक्टरलोनीले लेखेका छन्- ‘हामीले गोर्खाली सेनालाइ कतै न कतै अल्झाउनु पर्छ ताकी उनीहरुको दिमाग राज्य बिस्तारबाट अन्त मोडियोस ।
    लर्ड हेस्तिन्गले सम्बत १८१७ मा उनको डायरीमा लेखेका छन्- ‘नेपालमा शान्ति ल्याउन नेपालको गोर्खाली सेनालाइ व्यस्त राख्नु पर्छ र त्यो पनि तिनको देशभन्दा धेरै टाढा |’
    यो नीति अनुरुप गोरखा भर्ति केन्द्र खोलेर गोर्खालीलाई बेलायति सेनामा हुल्न थालियो । गोर्खाली सेनालाई दिने गरेको तलबको १/३ (एक तिहाई) रकम नेपालको शासक (सरकार) लाइ दिने गरियो, जुन नेपालको महत्वपुर्ण आम्दानी श्रोत बन्न गयो |
    गोर्खाली जवानहरु देश छोडदै बिदेशमा लड्न जान थालेपछि नेपालभित्र तुलानत्मक रुपमा शान्ति देखिन थालियो । तर दरबार भित्र भने शान्ति आएन । शाहहरु एक आपसमा भिड्न थाले । उनीहरुले देश र जनताको बारेमा खासै चासो लिदैन थिए । तिनीहरु आफ्नो सानो सानो स्वार्थमा नै अल्मलिएका थिए ।
    यस्तै घटनाक्रम संगै कोत पर्व भयो । यस पछि जंगबहादुर राना शक्तिशाली बनि निस्किए र उनले शाह राजा सित शक्ति खोसेर शासन चलाए ।

    मन परे हरियो नपरे रातो ! Thumb up 36 Thumb down 4

    • Roshan Sharma

      नेपाल को बर्तमान को इतिहास का कति कुराहरु ‘गहिराइ’ मा नपुगी लेखिएको छ भन्ने कुरा ‘डा. महेशराज पन्त’ ज्यु को लेख मा पढ्न पाइयो : सन्धर्भ -
      http://nagariknews.com/nagarik-sanibar/story/5948

      साथै, छेउ न टुप्पा का यस्ता लेख हरु राखेर ‘प्रतिक्रिया’ लेखक सोनाम जी ले ‘आफ्नो’ बौद्दिक छ्यामाता को ‘अबमुल्यन’ गरेको देखिन्छा जसको अभिव्यक्तिले ‘टाई र सुट मा ‘जातिवादी र धार्मिक’ जेहाद को तालिबानी पारा लाई नेपाल मा सक्दो जोड- तोड ले प्रयोग गर्न खोजेको बुझिन्छा/ माफ गर्नु होला – यदि मेरो बुजहै गलत हो भने /

      त्यसो भन्दा, अन्याय अत्याचार का बिरुद्द ३० वर्ष देखि लडाई लडी राखेको यो प्रतिक्रिया कार’ ले इतिहास मा भएका र गरेका ‘सबै खाले’ अन्याय बिरुद्द मा बौद्दिक रुपमा न्यायिक को पच्यामा सधै उभिएको छ र उभिने छ /

      तर, इतिहास पुनर्लेखन गर्दा, यस्ता ‘सामग्री हरु’ लाई ‘सन्धर्भ सामग्री’ को रुपमा राखन सखिन्छा/
      त्यसमाथि, यदि बौद्दिक स्तर को समाज बनाउने हो भने यहि देश को सच्चा नागरिक भएको नाताले ‘आफ्नो’ ज्ञान र दछ्यता को प्रयोग गर्न सकिन्छ /
      तैपनि,
      सोनाम जी को प्रतिक्रिया “पढ्दा त निकै नै भाबुक बनाउने कौतुहलता जगाउने निबन्ध रहेछ जुन कुरा यो प्रतिक्रियाकर्ता ले विभिन्न पत्र पत्रिका हरुमा १५-२० वर्ष अगाडी नै पढी सकेको हो ” /
      - ति जर्मन लेखक ले किन नेवारी समुदायको कुनै ‘बुढा पाका’ लाई उदृत गरेर तथ्य को रुपमा प्रस्तुत नगरेको ?
      - अति नै गरको भन्ने कुरा थियो भने किन जर्मन को सरकार द्वारा नेपाल को सरकार लाई ‘पात्रा चार’ गर्न नलगाएको ? वा विभिन्न कुट नितिक माध्यम बाट कुरा कानी राखेको भए जर्मन सरकारको ‘अभिलेख’ मा हुनु पर्छ/ एक पल्ट ‘गोथे इन्स्टिचुत’ तिर सम्पर्क गर्ने हो कि?
      - अस्ति भर्खरै ‘ किन’ त्रिभुवन लाई ‘मोटर दिएर ‘ पठाएको ???

      इतिहास भनेको तथ्य मा आधारित हुनुपर्छ र Indigenuos स्रोत र व्यक्ति बाट प्रमाणित गरेर प्रकाशित गरिएको आधिकारिक मानिन्छ/ २-४ दिनको ‘बिदेशी’ पाहुना जसको आफ्नै राष्ट्रिय स्वार्थ लिएर बनाएको ‘भावनात्मक’ निबन्ध लाई – एक कसै माथि को ‘ईख’ मार्न स्वीकार गर्ने हो भने – कुनै पनि कुरा हरु भएकै छैनन् भनेर ‘तर्क र बितर्क’ गर्न सकिन्छा /
      तर,
      एउटा कुरा चाही माथि को निबन्ध मा लेखिए जस्तै अंग्रेजहरुको ‘योजना’ लाई चाहि ‘हालका अति उच्च स्तर भएका’ नेपाली हरुले कायमै राखी रहेको कुरा चाहि २ मत हुन् सक्दैन/ -
      अक्टोर लोनी ले भनेको कुरा : “हामीले गोर्खाली सेनालाइ कतै न कतै अल्झाउनु पर्छ ताकी उनीहरुको दिमाग राज्य बिस्तारबाट अन्त मोडियोस”
      ” धर्म र जातिवादी ” नारालाई ‘उग्र रुप’ दिएर !

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 4

  • अनिल

    त्यो बेला पनि नेपाली (नेता) हरु बिदेशी प्रभुहरुको मा दर्शन भेट गर्न जान्थियो ?? नत्र nepal in picture भन्ने पुस्तक मा east india कसरी?

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 12

  • Narayan Manandhar

    Here are some facts on East India Company, courtesy The Economist, 17December 2011
    1. The company into existence in New Year Eve 1600 when Elezabeth I granted monopoly of 218 merchants.
    2. It used to employ 200,000 men.
    3. However, it had a lean staff at HQ, 159 in 1785, and 241 in 1813
    4. There are 12,414 leather bound volums of record it created in 15 years after 1814 – enourmous volume of record keeping.
    5. It had its own coin, we still call “Company” in Nepal.
    6. The company start showing crisis after 1800
    7. The HQ in London closed in 1862, the last divident paid in 1873 and finally it was closed in 1874. This is the period of Jung Bahadur in Neapl.

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 1

  • subodh

    great finding…congratulation. and thanks for sharing.
    as for intrepeting the crypt, I woundn’t dare do so without conversing with some of the greatest conspiracists, theologists ..some foreign monastary men who visit the nepali gumbas n lecture on Jesus being one of Buddha’s disciples……..think you know what I mean,must have attended a lecture yourself??…On a personal note though, to know these ideas were prevalent in 1803, justifies few more of the ancient religious conspiracies

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 5

eXTReMe Tracker