यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

सुनकोशी पहिरोबारे जान्नै पर्ने कुराहरु

-डा. रन्जन कुमार दाहाल-
इन्जिनियरिङ भूगर्भविद (पहिरो विशेषज्ञ)

Sketch_Pahiro हिमालय क्षेत्र पहिरोको रुपमा अति नै जोखिममा रहेको कुरा सर्वविदितै छ। गत शनिवार राति २.३७ बजे आएकोले पहिरोले कोशी नदीको प्रमुख शाखा नदी सुनकोशी नदीलाई थुन्यो। यसैबाट बनेको सुनकोशी पहिरो ड्याम अहिले हामी सबैको ठूलो टाउको दुखाइको विषय भएको छ। यति ठुलो पहिरो सुनकोशी क्षेत्रमा किन गएको हो भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ।

नेपाल हिमालयको मध्य पहाडी भागमा हामीले देख्ने गरेका ठूला-ठूला शहर र बस्तीहरु मुख्यत: आजभन्दा धेरै वर्ष अगाडि विभिन्न कालखण्डमा गएको ठूलाठूला भूकम्पले गर्दा चिप्लिएका भीमकाय पहिरोहरुमा बसेको कुरा अध्ययनहरुले देखाएको छ।

अध्ययनले देखाए अनुसार, भूकम्प जाँदा हाम्रा अग्लिएका पहाडहरु तलतिर धस्सिने प्रक्रिया हुने गर्छ र ती लगातार रुपमा तलतिर बग्न थाल्छ। अनि त्यसरी बगिरहेको पहिरोको थाप्लोमा हाम्रो बस्ति बस्न थालेको भेटिएको छ।

यस्ता बस्तिहरु नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरपस्ट भएर रहेका छन्। हामीलाई थाहा छ जब हामी गाउँ जाँदा नदी किनारबाट उकालो लाग्छौ, पहिले ठाडो उकालो चढ्नु पर्छ, जहाँ हामीले दरारहरु रहेको चट्टानका भिरहरु भेटने गर्छौ। त्यसको ठीक माथितिर उक्लिँदा खेति गर्न शुरु गरेका कान्ला र गह्राहरु देखिन थाल्छ।

जति-जति माथि गइन्छ, हामीले त्यति नै सम्म परेको भाग फेला पार्छौ। अन्त्यमा ठाडो चट्टाने भिर त्यस्ता गाउँहरुको माथि हुने गर्छ।
Sketch_Pahiro
चित्रमा देखाए झैँ हामीले त्यस्तो पहिरोको माथिल्लो भिरमा जंगलहरु हुने गर्छ। श्रीनगर डाँडाको भिरमा जंगल र तानसेन शहर बस्न सम्म परेको भाग पह्रोले नै बनाएको कुरा हामीले बुझ्न जरुरी छ। फिदिम शहर त्यसैगरी बनेको शहर हो। इलाम कन्यामको चियाबारी पनि यस्तो भीमकाय पहिरोले बनाएको ठाउँमा छ।

यस्ता भीमकाय पहिरोमा स-साना पहिरो जाने क्रम हुने गर्दछ। किनकि त्यहाँको माटो र चट्टान कमजोर, खुकुलो र पानी प्रशस्त छिर्न सक्ने किसिमको हुने गर्दछ। यस्ता पहिरोमा कालान्तरदेखि बस्ती बस्दै आए पनि त्यस्मा गरिने खेतिको प्रकार, पानीको व्यवस्थापन र फेदीमा रहेको नदीको कटान दर अनि पछिल्लो वर्षमा आएर सडक खन्ने चलन हाललाई एउटा विकराल समस्याको रुपमा देखिने गरेको छ।

सुनकोशीको हालको पहिरो पनि एउटा भिमकाय पहिरोको थाप्लोबाट शुरु भएको पहिरो हो। त्यो भीमकाय पहिरो धेरै वर्ष अघि पनि बगेको थियो र त्यसले सुनकोशीलाई केही बेर थुनेको थियो। अहिले ड्याम बनेको ठाउँमा पुरिएको गाउँ त्यही पुरानो पहिरो ड्यामको भागमा बसेको देखिन्छ।

हाल आएर यहाँ झन्डै १५ वर्षदेखि भीमकाय पहिरोको माथिल्लो भाग बग्ने क्रम शुरु भएको थियो र भेल पहिरो र साना पहिरोहरुले सडक थुन्ने क्रम जारी थियो।

सन् २००० मा पहिरो गएको ठाउँ

सन् २००० मा पहिरो गएको ठाउँ

सन् २०१३ मा पहिरो गएको ठाउँ

सन् २०१३ मा पहिरो गएको ठाउँ

सन् २००० मा पहिरो गएको ठाउँ

सन् २००० मा पहिरो गएको ठाउँ

सन् २०१३ मा पहिरो गएको ठाउँ

सन् २०१३ मा पहिरो गएको ठाउँ

गत वर्ष यो समस्या झनै बढेको कुरा सम्बन्धित सबैलाई जानकारीमा रहेको नै विषय थियो। यसपालि पहिले केवल माथिल्लो तह मात्र बगिरहेको अवस्थामा एक्कासी तल्लो तह पनि बगेर रात भरिमा सिंगो पहाडको ठूलो भाग तल बगेर पुगेको देखिएको छ।

चित्रमा देखाए झैँ भीमकाय पहिरोको भिर, थाप्लो र तल्लो फेदको माटोहरु पहिरोको रुपमा बगेर गएको देखिन्छ। शुरुमा बाहिरी माटोको पत्र र पछि चट्टानको तह एक साथ ओइरिदिँदा पहिरोले पूर्वतर्फको जंगलको उकालो चढेको पनि देखिएको छ।

अबको प्रयास हामीले जसरी हुन्छ पानीको तह घटाउनु परेको छ। यसका लागि सबै विज्ञहरुको कुरा सुनेर नेपाली सेनाको टुकडी दिन रात लागिपरेको कुरा सबैलाई विदितै छ।

यस्ता भीमकाय पहिरोहरु अरु शुरु हुन गई यसको प्रकोप अब नेपालमा झनै बढ्ने कुरामा कुनै दुई मत छैन र यसका लागि हाम्रो तयारीको अवस्था अति नै दयनीय रहेको कुरा हामीले बुझ्नु परेको छ।

मुख्य रुपमा, हामीले पहिरोको कारणले कम्तिमा १०० जना नेपालीले वर्षेनी ज्यान गुमाउने कुरा भुल्नु हुँदैन र यसको लागि हाम्रो तयारी पनि नगन्य छ भन्ने कुरा पनि हामीले थाहा पाइसकेका छौँ।

त्रिशुली, सेती, कालिगण्डकी, मर्स्याङ्ग्दी, तिनाउ, कर्णाली, भेरी, महाकाली, र बागमती जस्ता नदीहरु वर्षा र भूकम्पको समयमा सजिलै थुनिन सक्ने भौगर्भिक संरचनामा रहेका छन्। मुख्यतः त्रिशुली नदीको किनार यसका लागि अति नै जोखिम भएको ठाउँ भनेर बुझ्नु पर्दछ। कृष्णभीर फेरि बग्न शुरु भएको छ र त्यहाँ ठूलो विपद चाँडै आउने कुरामा शंका छैन।

यदि हाम्रो घर सँधै चर्किने गर्छ अनि दशैमा हामी लिपपोत गर्दा टाल्ने गर्छौ; हाम्रो बारी र खेतमा साना-साना धाँजा फाट्ने गरेका छन् र हामी गोरु जोत्दा पुर्ने गर्छौ, हाम्रो घर मुनिको पाखोमा रहेको चट्टानमा हात छिर्न सक्ने दरारहरु छन्, हाम्रो जंगलका रुखहरु बाङ्गिएका र कोल्टिएका छन्, गाउँमा साना भेल पहिरो गइरहन्छ, हजुरबा र हजुर आमाहरुले यहाँ यस्तो पहिरो गएको थियो भन्ने कुरा गर्नुहुन्छ भने हामी सबैले हामी बिस्तारै बग्ने भीमकाय पहिरोमा बसेका छौ भन्ने कुरा बुझ्नु पर्दछ।

यस्ता पहिरोमा हामीले अति नै ध्यान दिएर खेति र सडक खन्ने काम गर्नुपर्छ। अझ सकिन्छ भने पहिरोविद् र इन्जिनियरिङ भू-गर्भ विदहरुसँग छलफल गर्नु पनि त्यतिकै जरुरी पनि छ।

सरकारी तहमा पहिरोपछि र पहिरो ड्यामपछि के गर्ने भन्ने कुराको अन्योल पनि हुनु हुँदैन। पहिलो काम त पहिरो पछि सम्बन्धित विशेषज्ञसहितको टोली घटनास्थलमा पुगेर अरु रहेका खतरनाक ठाउँको बारेमा जानकारी राखी त्यस्ता स्थानहरुमा सर्वसाधारणलाई पस्न निषेध गरेर मात्र राहतको काम शुरु गर्नुपर्छ, विशेषज्ञसहितको टोलीका सदस्यहरुको फोन नम्बर हाम्रो राष्ट्रिय इमर्जेन्सी सेन्टर लगायत विपद व्यवस्थापन गर्ने निकायहरुमा रहनुपर्छ र रात बिहान नभनी कार्य क्षेत्रमा जुट्नुपर्छ।

यो संस्कार हाम्रो देशमा अझै शुरु नभए पनि यसको आवश्यकता अहिले टड्कारो रुपमा देखिएको छ। सुनकोशीको पहिरोपछि संखुवासभाको पहिरो गएको थियो, र त्यहाँ ५ जनाले आफ्नो ज्यान गुमाएका छन्। त्यहाँ के भएको छ र खतरा कति छ भन्ने कुरा विज्ञबाट बुझिएको छैन। त्यहाँ पनि पुरानो भीमकाय पहिरोको माथिल्लो पत्र अहिले नयाँ पहिरोको रुपमा बगेको देखिएको छ।

यस्तैगरी नेपाली गाउँहरुको जति-जति क्रय शक्ति बढ्दै जान्छ, त्यति-त्यति हामीले गाउँमा पहिरोको समस्या बढेको महशुश गर्न थालेका छौँ। यसको कारण ग्रामिण स्तरमै सडक खन्ने काम सामूहिक खर्चमा शुरु हुनु र इन्जिनियरिङ बिनाको सडक बन्नु रहेको छ।

कोदो रोप्ने पाखोमा आफैँ खर्च गरेर सिचाई गर्नेसम्मको हैसियत विकास भएको देखिन्छ। यसले गर्दा बस्तीहरु बसेको पुराना भीमकाय पहिरोमा अहिले जोखिम बढेको छ।

यस्तो नक्सा अब हरेक गाविसको बनाउनु जरुरी छ।

यस्तो नक्सा अब हरेक गाविसको बनाउनु जरुरी छ।

पहिरो, भूकम्प र बाढी जस्ता भू-विपदको बारेमा अध्ययन गरिरहेको अवस्थामा नेपाली वैज्ञानिकहरुले यसको सही समाधान दिने कुरा पनि हामीले भुल्नु हुदैन। यस्तैगरी हामीले भू-विपद्को अध्ययन अनुसन्धान गर्न नेपाली विश्वविद्यालयहरुमा अब भू-विपदको अध्ययन गराउने प्रकियाको शुरुवात गर्नु परेको छ।

सुनकोशी पहिरोले सिकाए अनुसार सबै सरकारी तथा गैर सरकारी निकायले पनि अबको समय भू-विपदको सही अनुमान र तयारी नगरिकन अबको देश विकास सम्भव छैन भन्ने कुरा बुझ्नु अति नै जरुरी छ।

5 comments to सुनकोशी पहिरोबारे जान्नै पर्ने कुराहरु

  • विश्वास

    Informative article.

    A unit should be formed within the Department of Mines and Geology or the Department of Water-Induced Disaster Prevention to carry out systematic mapping of flood/landslide hazard and risk. However, it must be brought into notice of policy makers that we cannot have reliable early warning system for landslide because landslides cannot be accurately predicted in space and time.

    Recently, arguments have also featured to get a unit set up in Tribhuvan University to research landslides. I would rather provide more resources to government organisations specialised in survey. Universities do not have enough expertise and human resources to conduct a systematic nationwide survey. Government may help universities set up a lab but the academics need to get projects and secure their own funding if they want to do any research. This is a global practice. Also, we should be aware that some people will try to use these disasters as an opportunity to fill in their pockets.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Rupak

    Nice and informative Post by Dahal Sir. These information should be included as course syllabus in secondary level education for disseminating the information to ground level.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • Arjun

    I am glad to see Ranjan’s informative article here. Well written. This article is informative and timely. I am also a geophysicist and understand how hard it is to explain things in Nepali but Ranjan has done a great job.

    Particularly, I like “यदि हाम्रो घर सँधै चर्किने गर्छ अनि दशैमा हामी लिपपोत गर्दा टाल्ने गर्छौ; हाम्रो बारी र खेतमा साना-साना धाँजा फाट्ने गरेका छन् र हामी गोरु जोत्दा पुर्ने गर्छौ, हाम्रो घर मुनिको पाखोमा रहेको चट्टानमा हात छिर्न सक्ने दरारहरु छन्, हाम्रो जंगलका रुखहरु बाङ्गिएका र कोल्टिएका छन्, गाउँमा साना भेल पहिरो गइरहन्छ, हजुरबा र हजुर आमाहरुले यहाँ यस्तो पहिरो गएको थियो भन्ने कुरा गर्नुहुन्छ भने हामी सबैले हामी बिस्तारै बग्ने भीमकाय पहिरोमा बसेका छौ भन्ने कुरा बुझ्नु पर्दछ।”

    If we can convey this message to the local people, I think we can certainly reduce some of the tragic loss of life in future. I think including this kind of message in high school education might help.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 2

  • B.Dhakal

    डाक्टर रंजन कुमार जीले पहिरोको बारेमा धेरै चाखलाग्दो ब्याख्य गर्नु भयो/ अहीले पहिरो गएको क्षेत्रमा सन् १९८७ मा पनि ठुलो पहिरो गएर लामसंगु देखि बाहर्बिसे सम्म सडक नै माथि सारिएको हो/ त्यति बेला बारहबिसे क्षेत्रमा धेरै मानिसले ज्यान र धनसम्पति गुमाएका थिए/ त्यो बेला हानी नोकसानीको मुल्यांकन गर्न मा धेरै गाउँ बिकाश समिती (त्यतिबेला पंचायेत) चहारेको थीये/ मेरो अनुभवमा ती क्षेत्र भौगोलिक रुपमा धेरै जोखिम पूर्ण छन्/ भविष्यमा हुने धन जनको नोक्सानी रोक्न सरकारले जोखिम क्षेत्र छुट्याएर समस्या समाधानका कार्यक्रम लागु गर्न आवश्यक छ/

    भूबन ढकाल
    न्युजिल्यान्ड

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 2

  • Shankar

    I suggest all the specialist go to the villages and try to prevent such incident before it happens.

    you put forwarded a regional geographical analysis and tried to make people aware of the situation that might repeat once again.
    But lets disclose another big issue here and give a wake up call.
    We live on the bed of two moving each other plate so called Indian plate and Tibetian plate. on top of that lets not forget our own created problem in Kathmandu valley making huge buildings and wiping out underground water.Lets look at the proportion,how fast they are growing. Now we don’t need an intelligent brain to forecast another big disaster is bound to happen any time soon.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 2