-बासु श्रेष्ठ/उडब्रिज, भर्जिनिया-
भर्खरै दुइ चर्चित किताब पढि सकें। विजयकुमार पाण्डेको खुसी र रुक्माङ्गद् कटवाल: आत्मकथा एकैसाथ हात परेको थियो। पहिले खुसी पढें। त्यसपछि आत्मकथा। दुवै पढेपछि मलाई के लाग्यो भने दुवै आआफनै प्रकारका छन्। एकार्कासँग तुलना गर्नु व्यर्थ हुन्छ।
पहिले खुसी पढेको भएर पहिले खुसीकै कुरा। ‘खुसी’ आत्मकथाको रुपमा मैले ग्रहण गर्न सकिन। यो एउटा प्रवचनको सङ्ग्रह रहेछ जहाँ लेखक आफुलाई सर्वोपरी ठानेर पाठकहरुलाई अर्ति उपदेश दिई रहेको हुन्छ। आत्मकथामा आफ्नो उद्गमस्थलदेखि वर्तमानसम्मको यात्रा खुलस्त भनिएको हुन्छ। आत्मकथामा लेखकले अर्ति उपदेश होइन, आफुले देखेका भोगेका तीता-मीठा, रमाइला-नरमाइला, सबल-प्रबल, सकारात्मक-नकारात्मक सबै पक्षहरुको उजागर गरेको हुन्छ। एक दुइ आफ्ना कमजोरीहरुको उल्लेख गर्दैमा या जीवनका पाटाहरु उजागर गर्दैमा त्यसलाई आत्मकथा भन्न मिल्दैन। तर नेपालका मेडियाहरुले खुसीलाई एक ठुलो हाइप दिएर आत्मकथाको स्थान दिए। जसमा स्वतः पाठकहरुमा भ्रम र पछि असन्तोष उत्पन्न हुन सक्छ भन्ने सोचको शिकार म आफै भएँ।
त्यसो भनेर खुसी कमजोरी नै कमजोरीले भरिएको छ भन्ने पनि होइन। खुसीमा विजयले सार्है थोरै मानिसले उनका बारेमा थाहा पाएका बानी अर्थात अल्कोहोलिकको बारेमा सार्वजनिक गरेका छन्। यो उनको ठुलो आँट मान्नुपर्छ। तर चलाखीका साथ उनले यो आँट गरे। उनले अल्कोहोलिकबाट मुक्त भै सकेपछिमात्र यो कुरा सार्वजनिक गरे। अहिलेको अवस्थामा उनलाई कसैले अल्कोहोलिकको दृष्टिले हेर्दैन। उ थियो, अब छैन। तर यसलाई सार्वजनिक गर्ने जुन आँट उनले गरे त्यो स्तुत्य नै छ। त्यसैगरी, जसरी अल्कोहोलिकबाट मुक्ति पाउन उनले जेजस्ता मेहनत र सकस भोगे त्यो पनि उल्लेखनीय छ र यसबाट मुक्ति खोज्नेहरुकोलागी एउटा मार्ग निर्देशक र उदाहरणको रुपमा प्रस्तुत गरे।
विजयकुमार पाण्डेले खुसीमा उल्लेख गरेका तत्कालिन घटनाहरु चाख लाग्दा छन्। त्यस्ता घटनाका आन्तरिक पक्षहरु उजागर भएका छन्। राजा विरेन्द्र या अन्य कुटनैतिक व्यक्तिहरुसँगका प्रसंगहरु, नेपालका प्रधानमन्त्रीहरुसंगका प्रसंगहरु लगायतका घटनाहरु रोचक नै छन्।
तर कतिपय प्रसङ्गहरु उल्लेख नै नगरेपनि हुने जस्ता घटनाहरुपनि उल्लेख गरिएको छ। त्यसमा लेखकको ध्येय बुझ्न कठिन अनुभव लाग्छ। जस्तै एक महिला नेत्री (मैले यहाँ तिनको नाम उल्लेख गरेर तिनको फेरी उपहास गर्ने जरुरी नदेखेर नाम उल्लेख गरिनँ) र उनि सेक्सी देखिएको घटना, कुनै एक व्यापारीले कुनै अर्की संचारकर्मीको आसनको कल्पना। त्यस्तै कृष्णप्रसाद भट्टराईको ‘खडा’ हुने प्रसङ्गपनि पूर्णतया अनावश्यक छ। यस्ता अप्रासंगिक प्रसङ्गहरु अन्य पनि छन् तर उदाहरणकोलागी यति नै पर्याप्त छ। मैले खुसी नपढेसम्म ‘यो विजयको आफ्नो सोचाई थियो, उनले आफुले सोचेका यस्ता कुराहरु खुलस्त भन्ने आँट गरे’ भन्ने सोचेको थिएँ। तर यी सब अन्य दोश्रो या तेश्रो व्यक्तिका सोचाई र भनाइ रहेछन। जुन खुसीमा उल्लेख गर्नु आवश्यक थिएन। यो कारणले खुसीलाई उत्कृष्ट कृतिको दर्जा दिन म हिच्किचाएँ।
‘सेक्स’ अध्याय सबै भन्दा लामो लाग्यो। ‘सेक्स’ बारेमा विजयले यतिका शब्द खर्च गरेको देखेर कतै सेक्सको विशेषज्ञ त बन्न खोजेका होइनन् जस्तो भान हुन्छ। कि आजका युवाहरुमा सबै भन्दा बढी बिक्ने विषय यहि भएर समय र किताबका पातो खर्चेका हुन् बुझी नसक्नु भएँ।
उनले स्वीकारेका छन ‘म अन्तर्मुखी छु’। उनले भनेका छन् ‘त्यसैले मलाई कतिपय संचारकर्मी भाई साथीहरुले अन्तर्वार्ताकोलागी अनुरोध गरेका छन् र जम्माजम्मी दुइ चोटी म त्यसकोलागी तयार भएको छु।’ उनको भनाइमा उनले कामना र काठमांडूपोष्टकोलागीमात्र अन्तर्वार्ता दिएका छन। त्यसैगरी उनले खुसीको शुरुमा भनेका छन् ‘धेरै सोधें, अब जवाफ दिन चाहन्छु।’ एक पत्रकारको हैसियतले उनले धेरै सोधे, र सोध्नु नै पर्थ्योपनि। तर अब उनि लेखकपनि भएका छन्। लेखक पत्रकारजस्तो एकाकी हुन सक्दैन। लेखक त एक सार्वजनिक व्यक्ति मानिन्छ। उसले समाजबाट लुक्ने हो भने उसको केहि मूल्य रहन्न। समाजबाट लुक्ने तर किताब लेखेर आफ्नो मात्र ढ्वांग फुक्ने लेखकलाइ के लेखक मान्नु र भन्ने हुन सक्छ। त्यसकारण विजयले ‘धेरै सोधें, अव जवाफ दिन्छु’ भन्ने भनाइलाइ साकार पार्न मेडियाले चाहेको खण्डमा उनले जवाफ दिन तयार रहनुपर्छ भन्ने मेरो सोचाई रहेको छ।
एक पत्रकारको हैसियतले उनले ‘आफुलाई राम्रो र ठिक लागेकोमात्र गरें, कसले के भन्छ कहिले वास्ता गरिनँ’ भन्ने सोचाई एकदम सहि निर्णय र विचार थियो। तर अब एक लेखकको हैसियतमा आएपछि उनले कसले के भन्छ सुन्नै पर्ने हुन्छ भन्ने पनि मेरो राय छ।
खुसीमा विजयकुमारको सङ्गत धरतीका सामान्य मानिससँग छँदै छैन। उनको प्रसङ्ग राजा, महाराजा, नेता, मन्त्री, राजदूत, करोडपति या अरवपतिसँग मात्र छ। यसो हुनु उनको बाध्यता थियो या रहर त्यो पनि बुझ्न सकिएन। उनले यस धरतीमा भेटेका केहि व्यक्तिहरुमा इजा, उनको श्रीमती र केहि नगण्य व्यक्तिहरुमात्र छन्। बाँकि सबै तपाई हामी सामान्य पाठकभन्दा निकै माथि माथिकासँगको सङ्गतमात्र देखिन्छ। कता कता यो अवस्था पचाउन गाहारो अनुभव भयो। यो अहम हो कि जस्तो पनि लाग्यो।
खुसी पढेपछि मलाई के लाग्यो भने लामो समयदेखि लेखक हुन पालेको हुटहुटि त विजयकुमारले मेटे। तर यो न आत्मकथा नै भयो न त उपदेशको कृति नै भयो। तर खुसी चल्यो आत्मकथाको नामबाट। म भने उनको चोखो आत्मकथाको पर्खाइमा म बसेको छु।
हाम्रो देश मा प्र म को त् इज्जत गर्दैन कसैले , नेता हरुलाई कसैले पुछ्दैन तेसैले आफै आफ्नो माहान बाणी निकाल्ने , जिबनी लेख्ने , आत्म कथा लेख्ने , धेरै भन्दा धेरै अन्तर्वार्ता दिने , टि बि मा देखिने ( हृशी धमला जस्तो ) र खुब पपुलर भए भन्ने ठान्ने |
खुसि किताब मलाइ ठिकै लाग्यो.
तर मेरो बिचार मा जो मान्छे आफुलाई नै सर्व ज्ञानी ठान्दछ तेस्ले खुसि त के कुनै पनि किताब पढ्नु हुदैन.
कसैको किताब पढ्नु भनेको कसैले अछर ले बनाको बगैचा लाइ हेर्नु बराबर हो. सबै बगैचा एक्कै नाश हुदैन र एउटै बगैचा मा पनि एक्कै जातका फुल हुदैनन्.
तेसैले साथि हो, किताब पढौं. तर “फलानो ले बर्ता बोल्यो, तेस्ले मलाइ सिकाउने, तेस्ले मलाइ उपदेश दिने” खालका प्रबिर्ती हटाओं.
जीवन मा अरुका राम्रा कुरा हेरौं, अरुका नराम्रा कुरा हरुलाई
हामी नेपाली बढी बिबाद र कम बहस गर्छौं | केहि किताब बजारमा निस्कदा येत्रो हंगामा हुनु राम्रो होइन जस्तो लाग्छ मलाई | किताब पदने बानि सारै राम्रो हो तर यसलाई राम्रो/नराम्रो भनेर पढ्ने भन्दा पनि आफुले त्यसबाट के बुज्ने र सिक्ने कुरा नै प्रधान हुन्छ जस्तो लाग्छ मलाई |
बहस गरौ विवाद नगरौ !!
अब छिट्टै अर्को बरीस्ट पत्रकारको पनि आत्मकथा प्रकासन हुदै छ/ उहाको नाम हो सीसी धमला/ उहाले पनि पत्रकार बन्दा ठुला ठुला मान्छे बिच फोटो खिचौदाको दुखः आलोचना सबै समेटर एक आत्मकथा छिट्टै आउदै छ/ उहा पनि पत्रकार अनि उहाको किताब बिज्ञापन गर्न जरुरि नै छैन/ पत्रकारले किताब लेख्न्नु नै एक समाचार हो/ समाचार नै एक बिज्ञापन हो/ अझ किताब सर्बजिक गर्ने दिन ५ तारेहोटल एक कार्यक्रम राख्न्ने अनि नेपालका महान नेताहरु (माकुने प्रचन्ड सुसिल बामे सेरे आदि ) हातबाट किताब सर्बजिंक गर्ने/ महान नेताहरु पछाडी तथाकथित ठुला मिडियाहरु कान्तिपुर (कन्ते), नागरिक (नरे) सेतोपति (सेते) रतोपाति(राते), एनटीभी, आदि लागि रहेका हुन्छन/ आजको प्रमुख कन्ते समाचार ” धान मन्त्रीले संबिधानको किताब लेख्न्न नसकेपनि महान पत्रकार सिसि धमलाले लेख्न्नु भाको आत्मकथा किताब सार्बजनिक गर्नु भाको छ/ उत्त समारोहमा अन्य महान नेताहरु (प्रचंडे माकुने आदि )को पनि हुनु हुन्थ्यो /” यति गरेपछि किताब नेपालकै सर्बाधिका बिकेको किताब हुने बिल्ला लगाउने पक्का हुन्छ / मपनि अब एक आत्मकथा लेख्न्नु पर्ला / किताबको नाम “खाडीमा हरायको नेपाली युवाको खुसि” / यहाँ खाडी भेडा चराउने युवाको कथा, कतारमा फुटबल मैदान बनाउदा तलब नपाको युवाको कथा, खाडीमा हात खुटा भाचिएर उपचार बिमा रकम नपाको कथा, खाडीमा घरेलु कामदार भयर गकी नेपाली चेली अफ्फ्नै मालिकको यौन दुराचार देखि बलात्कारको सिकार भाको सम्मको कथा लेख्न्नु पर्ला/ तर मसंग ५ तारे होटलमा महान नेतालाई बोलाएर किताब सार्बजनिक गर्ने सामर्थ छैन / तसर्थ मेरो किताब सबभन्दा कम बिक्ने घटिया किताब हुन्छ/ यो नै आजको तितो सत्य हो भन्ने हामीलागिराछ /
खुसि किताब पुरै पढ्नु पर्दैन . खाली खुसि च्याप्टर पढ्नुस बाकी कैफियेत मात्र हुन् .
मैले पनि खुसि पढे/ मिडियाका साथीहरुलाई फाइदा के छ भने प्रचार बढी लिन्छन वा पाउछन/ केहि बिसयाहरु जस्तो कि सन्तान, खुशी आदि साह्रै राम्रा छन्/ बाँकि किताब आत्मरति जस्तो लाग्यो/ केहि अपवादबाहेक बिजय कुमार यो भन्न/देखाउना चाहन्छन कि नेपालमा धनि,राजा/महाराज, नेता, राजदूत आदिसंग संगत गर्ने ठुला पत्रकार उनीमात्रै छान/ के बिजय कुमारले नेपालमा यी बाहेक अरुमनिसको संगत्नै गरेनन? बढीजसो ठुला बदासंग मिटिंग र ह्विस्की पार्टीको प्रसंगलाई आत्मकथाको कोटिमा तेती मिलेन कि?
नेपाल मा सब आफु आफु ठुला भए आत्म कथा लेखे , महान बाणी प्रकासित गरे , हप्तामा सातै दिन अन्तर्वार्ता दिए , १ टेलिफिल्म खेलेर अलि अलि चिनिनासाथ हप्ता मा २ चोटी जति त् अन्तर्वार्ता आउछ | कोइसन एकै हुन्छ
१) जिबन मा येत्रो सफल ता पाइसकेपछि आज यहालाई कस्तो लागि रहेछ ?
२) सफलताको श्रेय कसलाई दिनुहुन्छ ?
( साथ् मा घर बुढी पनि बोकेर पुगेका हुन्छन , क्यामरा बुढी पट्टि फोकस हुन्छ )
अनि फ्यास्स चिप्लिंछान| आर्को कोइसन
३) संबिधान बन्छा कि बन्दैन ?
अनि हुदा हुदा लास्ट मा सोध्छन
४) नेपाल बिकास न हुनुको कारण के ?
उत्तर आउछ उनैको मुख बाट |”हामि नेपालि काम भन्दा कुरा धेरै गर्छम अरे “”
खुसी यउटा प्रवचनको सङ्ग्रह जस्तै हो यहाँ लेखकले आफुलाई सर्वोपरी ठानेर पाठकहरुलाई अर्ति उपदेश दिई रहेका छन । आत्मकथा लेख्दा ईमान्दार हुनु पर्ने मौलिक धर्ममा लेखक पछाडी परेका छन । कतिपय कुरा प्रेराणा दाइ छन खुशीमा । यक पटक पढ्दा लेखका का धेरै कुरा जान्ने अबसर मिल्छ अनि केहि शिछ्या पनि । तपाईंले भने जस्तो “यो न आत्मकथा नै भयो न त उपदेशको कृति नै भयो”
सुरेन्द्र रेग्मि
टेक्सास अमेरिका
बासुजीका यी भनाई सित सहमति प्रकट गर्दछु|
“नेपाली मेडियाले एउटा ठुलो हाइप दिएर खुशीलाई आत्मकथा दिए..”
“यो धरतीको सामान्य मानिससंग लेखकको संगत छैन|”
कटुवाल र बिजयकुमारका किताब आत्माकथा होइनन; आत्मारति हुन्|
सामान्य मानिससंगको संगतबारे लेखेर पपुलर हुन् असामान्य प्रतिभा
चाहिन्छ| सर्प नभएको लुडो गेमको भर्याङ्ग उक्लेकाहरुको के कुरा गर्नु?
तैपनि कटुवालको भन्दा विजयकुमारको आत्मारतिलाई पढ्न योग्य पंक्तिमा
राख्न उचित ठान्दछु|
Thank you Basu Ji for constructive feedback about the book ” KHUSI” written by Vijay Kumar. While reading the book , I also felt Vijay was talking much about higher strata. But I guess , it would be his reality to be around with higher strata group, most probably because of his work, we could suspect it may be his own inclination or coincident.
But I strongly disagree with the point you mentioned about sex , that sex ” SEX YUWAHARUMA SABAI BHANDA BADHI BIKNE BISHAYA BHAYERA HOLA ” . Please don’t mind , but I would say , you might have underestimated Vijay ji or you misunderstood the sex. For the youth , sex is not a subject of trade. It is curiosity because the society taught to suppressed it. Vijay tried to open it. Would you please explain , what you understood reading the longest chapter regarding sex in KHUSI , please explain it if you claim yourself to be an accountable writer (particularly in context where you were suspecting Vijay’s accountability as a writer).
Writing a book itself is a great job. In addition , talking about personal life is a big courage, that Vijay took risk to unfold it.My best wishes to Vijay , that please open up other secret lessons that you have learned from your life. Lift up the curtain from the suppressed social issues. At last , Basu ji thank you so much for your frank comments, this is how thought provokes , this is how society progress.
Mr Pandey has made reference to various notable thinkers, writers and professionals but he has failed to quote them properly or lets put it in this way, “his referencing is very poor”, he has not mentioned that where and when and on what context these writers/thinkers/professionals have said those stuff which are mentioned in Khushi. Similarly it appears to me that he has exaggerated few things such as his visits and contacts with late King and late prime ministers seems overstated or larger-than-life. Finally Khusi can not be a true memoirs as the writer has failed to mention the version of his own married wife. Her view about her husband’s lifestyles and choices are missing. Anyway, in overall it’s a good attempt by Mr Pandey.
“तर नेपालका मेडियाहरुले खुसीलाई एक ठुलो हाइप दिएर आत्मकथाको स्थान दिए”
के नेपाली मिडियाहरुले नेपालको फोहोरी राजनितिलाई मात्र समाचार बनाउनु पर्ने हो र ? फेरी बिजय कुमार नेपाली मिडिया क्षेत्रका सेलिब्रेटी हुन् । उनका कृति अथवा लेखले नेपाली मिडियामा स्थान नपाउने कुरै भएन । उनको लेखले नेपाली मिडियामा स्थान नपाउनु भनेको माओवादीका पुष्पकमल दाहालले संविधान सभा भवन भित्र गएर सभा चलेको बेलामा बस्ने कु्र्सी नपाउनु जस्तै हो । बाँकी रह्ययो लेखमा यो पुगेन त्यो पुगेन यसो गर्नु पर्थ्यो त्यसो गर्नु पर्थ्यो आदी ईत्यादी । खुसीका लेखक कुन चाही व्यवसायिक लेखक हुन र ? उनको बिधा लेखन भन्दा केहि फरक छ । पुस्तक लेखन पेशा काल्पनिकतामा आधारित हुन्छ भने पत्रकारिता र बिश्लेषण भनेको यथार्थको धरातलमा नटेकिकन गर्न सकिन्न । फेरी बाँकी रह्यो “बिजय कुमारले राजा, महाराजा, प्रधानमन्त्री जस्ता ठुला ब्यक्तिसँगको प्रसंग मात्र उल्लेख गरेका छन् ” भन्ने । कुनै पत्रकारले भेडासिंहमा नाम्लो भिरेर बस्ने भरिया, महाबौद्दमा म: म :पोको पारेर बस्ते मजदुर, बझाङमा हलो जोत्ने किसान, हुलाक सेवा विभागको खरदार वा साउदी अरबबाट फर्केको नेपाली ठिटोलाई टेलिभिजनमा अन्तरवार्ता लिन बोलाएको स्टोरी याद गर्नु भएको छ र ? तत्कालिन परिवेशमा चर्चित र जस्ले बोल्दा वा केहि गर्दा समाजमा असर पर्छ भने त्यस्तै ब्यक्तिको हो नि पत्रकारले संगत गर्ने भनेको । झिना मासिना वा सर्वसाधारणको बारेमा त खालि रिपोर्टिङ मात्र गर्ने हो ।
खुसी भन्ने किताब मैले पनि पढेको छु तर मैले त्यसमा बिजय कुमारले लेख्नै नहुने कुरा लेखेर लेखन बिधालाई हास्यास्पद बनाएको जस्तो लाग्दैन । तर पनि बासु जिले अमेरिकाबाट यो कुरा लेख्नु भएको र मैले नेपालबाटै जवाफ दिएकोले उहाँको भनाईको तौल बढी हुन्छ भने मेरो भन्नु केहि छैन । त्यसै पनि नेपाली भन्दा अमेरिकिहरुको बोलवाला धेरै छन् यो बिश्वमा ।
कथा, आत्मकथा र ईतिहास सबै भूतकालीन हुन । समयको रफ़्तारमा राजा देखि रंक सम्म सबैको कथा हुन्छ । ईतिहास/कथा “लिखित” र “मौखिक” दुई प्रकारका हुन्छन । लेख्ने र लेखिनेको कथा लामों अवधि सम्म अभिलेखका रुपमा रहन्छ भने अर्कों धेरै जसो सामाजिक रुपमा रहने भएकोले कालान्तरमा मलीन हुदै जान्छ । मौखिक ईतिहास पछि लिखितमा परिणित हुदाँ वास्तविक भन्दा फ़रक हुने प्रायः जसो विश्वमा देखिएको छ ।
आत्मकथा र ईतिहास लेख्दा ईमान्दार हुनु पर्ने मौलिक धर्ममा हाम्रो नेपाली समाज निकै पछाडी छ । आफ्नो सकारात्मक पक्षहरुको बर्णन गर्ने आत्मकथा लेख्नेहरुको सबै भन्दा ठुलो कमज़ोरी मानिन्छ । मेरो बिचारमा रुक्मान्दग कटवाल र बिजय कुमार पान्डे पनि यसबाट अपवादमा छैनन् ।
उदाहरणकोलागी: हामी नेपालीहरुले दुई सताब्दी सम्म राजा पृथ्वी नारायण शाह र उनका बंसजको बर्णन र जय जयकार गर्यो । तर अहिले आएर शालिक सम्म ध्वस्त गर्ने काममा अग्रसर भयौ । तर २५०० बर्ष पछि पनि गौतम बुद्ध र सताब्दियौ सम्मको किरात, लिच्छबीय र मल्ल शासक हरुका बिषयमा धेरै बिवाद गर्दैनौ ।
सुरज मास्के
सुरज मास्के Ji, – tapain pani Bijay कुमार जस्तै आफु मात्रै जान्ने हुं, म अरुलाई अर्ति Dina योग्य छु भन्ने खालको , आखिरमा ताई न तुइको बढी बोल्ने byekti जस्तो lagyo.- “कथा, आत्मकथा र ईतिहास सबै भूतकालीन हुन । ” कसले भन्यो “कथा ” भ्हुत्काल मा मात्र हुन्छा भनेर? कथा भनेको एउटा kalpanik बिसाए बस्तुमा पनि हुन सक्छ जसलाई तपाईं jun sukai कालमा लेख्न सक्नु हुन्छा/ भाबिस्येको बारेमा पनि लेख्न सकिन्छा कथा /