-सुभक महतो-
प्याराग्लाइडिङ, अल्ट्रालाइट र पावर प्याराग्लाइडिङ (प्यारा मोटर) लगायतका साहासिक खेलहरुले पोखरालाई सिंगारिरहेको छ। तर वैशाख १२ र त्यसपछि आएका भूकम्प र देशको पछिल्लो राजनीतिक परिस्थितिका कारण यहाँको पर्यटन व्यवसाय सुकेको छ। यही मेसोमा पर्यटनसँग आवद्ध संघ संस्था र पर्यटन व्यवसायीहरुले विभिन्न कार्यक्रम आयोजना गरी पोखराको पर्यटनलाई पूर्ववत फर्काउने प्रयास गरिरहेका छन्। त्यसैका लागि नेपाल हवाई खेलकुद संस्थाले आयोजना गर्यो एउटा अन्तर्राष्ट्रिय पर्यटन प्रर्वधनात्मक कार्यक्रम – हिमालयन एयर फेस्टिभल गरुडाफन।
दक्षिण एसियामै पहिलो पटक आयोजना गरेको भनिएको गरुडाफनमा प्याराग्लाइडिङ, अल्ट्रालाइट, हटएयर बेलुन, पावर प्याराग्लाइडिङ (प्यारा मोटर) लगायतका आकाशमा हुने साहासिक खेलहरु अत्यन्तै रोमाञ्चकारी ढंगले प्रस्तुत गरिएको थियो।
खासगरी प्यालाग्लाइडिङ पाइलटहरु गरुड, भगवान शिव, यती, लक्ष्मी पार्वती, बुद्ध, कृष्ण लगायतका विभिन्न देवी देउताको पहिरनमा कलात्मक तरिकाले खेलहरु प्रस्तुत गरेका थिए । त्यसैगरी, आकाशमा अल्ट्रालाइटहरुले गरेको अन्य कलात्मक दृश्यहरु पनि मनमोहक थियो ।
जसरी प्याराहरु जमिन छोड्दाको दृश्य हेर्न लायक थियो त्यसैगरी फेवातालको छेउमा अवतरण गर्दाको दृश्यहरु साहासिक र रोमाञ्चकारी थियो। अवतरण गर्दा जमिनमा अण्डा फुटाउने, तालमाथि एक्रोव्याट गर्ने र तालमाथि ढुंगा राखेर ति ढुंगामा अवतरण गर्ने जस्ता कला देखाइएको थियो। जो जति पाइलटहरु तालमाथि राखेको ढुंगामा अवतरण गर्न सफल भएका थिए । उनीहरुको मुहारमा जितको खुशी थाएको थियो ।
उक्त कार्यक्रममा नेपालसहित ८ देशका प्याराग्लाइडिङ, अल्ट्रालाइट र पावर प्याराग्लाइडिङ (प्यारा मोटर)का पाइलटहरुको सहभागिता रहेको नाका कार्यवाहक अध्यक्ष सोभित बानियाले बताए। शो मा पाँच जना नेपाली महिला पाइलट सहित ५५ जना सहभागि भएको र शोमा भारत, चीन, रसिया, फ्रान्स, स्लोभाकिया, उजबेकिस्तान, इटाली लगायतका देशका प्याराग्लाइडिङ, अल्ट्रालाइट र पावर प्याराग्लाइडिङमा विभिन्न शोहरु देखाएका थिए ।
धेरै राम्रो, अरु मौसममा पनि र हरेक बर्ष यस्तो कार्यक्रम होस्! हामि परदेशमा बस्नेले पनि एस्सो नेपाल जादा भाग लिन पाइयोस /