यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

राजाको नाममा राजसंस्थाको नाम जपेर संस्था नै बद्नाम गर्ने पाखण्ड रोक, नत्र प्रतिकारमा उत्रन बाध्य हुनेछन् जनता

surya_khadka श्री पशुपति खड्का
सभापति, शाही युवा शक्ति।
तिमीसँग प्रत्यक्ष चिनजान नभाको भे नी तिम्रो नामको ३० बैशाखमा उपत्यका बन्दको एउटा सन्देश यत्रतत्र सर्वत्र सार्वजनिक गरिएको पाएसी यो पत्र लेख्दैछु। कालोबजारी महंगी, भ्रष्टाचार र असुरक्षाका बिरोधको मनछुने नारामुनि तिमीहरुले उपत्यका बन्द गर्न लागेछौं। मूल नारा त अब जनता जागौं, राजतन्त्र ल्याऔं र राष्ट्रियता बचाऔं भन्ने रहेछ। यही तिम्रो नाराले अहिलेसम्म नामै नसुनिएको तिम्रो संस्था शाही युवा शक्तिका नाममा लेख्नै पर्ने बनायो।

मलाई झलझली सम्झना भैरहेको छ विद्धान भोल्टायको भनाई तिम्रो उपत्यका बन्दको उर्दी देखे । भोल्टायले उसै भनेका हैन रहेछन, शत्रुहरुसँग लड्न म आफै काफी शक्तिशाली छु मलाई आफ्नैहरुसँग बचाऊ । देशमा कसरी राजसंस्था बचाउनुपर्छ भन्ने चिन्ता, चिन्तन र अभियान गर्न तिमी शाहीभक्तहरु सार्वभौम छौं। तर किन त्यो नाममा उपत्यका बन्द ? २४० बर्षको शाही सिंहासन त राजसंस्थाको बिर्ता नभइकन ज्ञानेन्द्रले नेपाल सरकारलाई बुझाएर नागार्जुन गाको बेला के उपत्यका वा देश तिमीहरुको बिर्ता हो र तिमीहरुले भन्दैमा यो बन्द भैदिनुपर्छ ? फेरि लोकसम्मतिमा चल्ने शाही परम्परामा जनताविरुद्ध, जनता सताउने बन्द जस्ता कठोर जनविरोधी प्रदर्शन गर्न कहाँ कुन परम्परा छ? हो राजाको नाममा राज र राजसंस्थाको नाम जपेर संस्था नै बदनाम गर्ने तिमीहरु जस्तैको पाखण्ड हो यो कृपया । बुझ नबुझेको भए, लाज पचाएका हौ भने जनता तिम्रो बन्दको प्रतिकारमा उत्रन बाध्य हुनेछन । उत्रनैपर्छ जनता कथित बन्दको प्रतिकारमा।

13101482_1705104756413339_741970871_n
नारा र सत्ताको साइनो शाहीभक्त भएका नाताले तिमीहरुलाई बढी नै होला। राष्ट्रियता कमजोर भएको कुरामा विमति रहेन, देश गणतन्त्रमा गाको यो दशकमा। तर मधेश आन्दोलन उत्कर्षमा पुगेको र भारतीय नाकाबन्दीले देश थिलथिलो भाको बेला अस्ति ३ महिनाअघि ४ बुँदे सहमतिपत्रको खोस्टो लिएर दिल्ली धाउँदै सुष्मा स्वराजको स्वीकृतिको दस्तखत लिएर आउने र संविधान संशोधन गर्ने तिमीहरु जस्तै शाही भक्त कमल थापा हैनन् र ?

देश विदेशले जानेमानेका कमल थापाभन्दा अग्ला, ठूला र पुराना वा इमान्दार शाहीभक्त तिमीहरु हौ भने त्यो मलाई जिज्ञासाको नयाँ विषय भो। नत्र कमल थापाले गणतन्त्र कार्यान्वयन गर्ने सरकारको नेतृत्व गरेर दिल्ली स्वीकृतिमा ४ बुंदे संसोधन सदर गरे ल्याउँदा नै शाहीभक्तहरुको उच्च कोटीको राष्ट्रियता र देशभक्ति छरपस्ट भएको हैन र पशुपति खड्का तथा शाही युवा शक्ति ?

मधेशी नेताले लैनचौरमा बास गर्नु वा दिल्ली दीक्षा लिनुको पाटो फरक छ, तर कमल थापा जस्ता भीमकाय शाहीभक्तहरु, हिन्दूवादीहरु, संघीयता विरोधीहरु, शुसासनका पक्षपातिहरुले मधेश आन्दोलनकोको बिश्राम या नाकाबन्दीको अन्तका खातिर सुष्मा स्वराजहरुको पाउलागि गरिसकेपछि अब कस्तो राष्ट्रियताको परिभाषा दिन खोज्दैछौ त प्लिज शाही भक्तहरु हो?

अनि राष्ट्रियता दिल्लीमा गरिएको १२ बुंदेमा मात्रै खोसियो भन्ने हक छ र अक शाहीभक्तहरुलाई ?

प्रत्यक्षमा एकसिटे जीत हात नपारे नि गाईपाटी नेपाललाई जनताले देको २६ सीटको सांसद संख्या के मुद्दासँग सत्ता साटन थियो र? नेमकिपाको जस्तो बहुमत नभई सत्तामा नजाने कसम खान किन सकेनन् शाहीभक्तहरुले? अनि तिमीहरु कुन उपबुज्रुकहरु जन्मियौं जस्ले अब उपत्यका बन्द गरेर शाहीभक्तिको प्रदर्शन, जनजीविकाको ग्यारेन्टी र राष्ट्रियताको जगेर्ना गर्ने भयौ?

याद राख शाहीभक्तहरु, बन्दजस्ता जनविरोधी कुकर्महरुले जनमानसमा पलाउँदै गएको पूर्वराजसंस्थाप्रतिको जनताको नरम भावनामाथि नै कुठाराघात गर्नेछ। आफ्नै भन्नेहरुले पूर्वराजपरिवारप्रति केही हदसम्म सफ्टकर्नर राख्दै गएको जनसमर्थनलाई मार्न नखोज शाहीभक्त युवाशक्ति। पूर्वराजपरिवार तिमीहरु, कमल थापाहरु मार्काका खोपीका देउता मात्रै हैन्न, देशको गणतन्त्र र तिनका कुशासकले नचिने पनि जनताले चिनेका पात्र हुन्, इतिहासका धरोहर हुन्।

तिमीहरुलाई थाहा पूर्व युवराज्ञी हिमानीलाई जनताको प्यार कति छ ? दर्जनौं व्याडलक्की दुर्घटनाहरुका बीच बांचेका पूर्वयूवराज पारसका फ्यानहरु देशभर कति छन भन्ने तिमीहरुलाई हेक्का छ ? अनि बन्दजस्ता कुकर्मले तिनीहरुलाई कस्तो असर गर्छ ? कहिल्यै ख्याल गरेका छौं ? अरु भन्नु केही छैन, जे गर गर तर बन्द वा जनता सताउने काम नगर।

कालोबजारी, महंगी र भ्रष्टाचार नियन्त्रण वा असुरक्षाका अन्तका खातिर स्वयंसेवक बनेर रचनात्मक खवरदारीमा उत्रन नसक्ने त शाहीभक्त हैन, कायर सावित हुनेछन । भूकम्पले थिलथिलो भाका जनमनहरुको सहयोगार्थ के के नाप्यौं तिमीहरुले ? सरकारी उपेक्षाका विरुद्ध सरकारको कठालो समात्न सकेका छौं तिमीहरुले भूकम्प पीडितका पक्षमा ? यो सबै तिमीहरुको राजसंस्था र राष्ट्रियताको व्यानर देखाएर शक्तिमा पुग्ने भरयांग हैन भन्ने प्रमाणित गर पहिले अनि राजसंस्था फर्काउने ठेक्का लेउला नी है ?

प्रख्यात नेपाली विद्धान सौरभले अलि अस्ति अन्तर्वार्तामा भनेका छन, राजनीतिमा असंभव केही छैन, राजसंस्था फर्कन पनि सक्छ। राजसंस्था व्यूतिदिए देशको धर्म,संस्कृति र परम्परा बाच्दो हो की भन्ने त सौरभहरुलाई पनि लाग्या छ। पूर्वमेचीदेखि पश्चिम महाकालीका बस्ती बस्तीका जनतालाई १० बर्षे लोकतन्त्रका लफ्फाबाजीपछि मनमा गढेको कठोर सत्य पनि यही हो । समय भन्दा शक्तिशाली विष्णुका अवतार मानिने राजा पनि त नहुदा रेछन भनेर पूर्वराजा ज्ञानेन्द्रले नै सिद्ध गरिसकेका छन । त्यसैले शाहीभक्तहरु समयभन्दा अघि हुने नाममा कम्तिमा पुर्नजन्मलिदै गरेको जनताको राजसंस्थाप्रतिको माया, सम्मान र आस्थाप्रति कटाक्ष नगर ।

कट्टर शाहीभक्त पूर्वमन्त्री श्रीश शम्शेर राणाले पंक्तिकारसँग एक प्रसंगमा भनेथे, राजसंस्थाको पक्षमा संगठित अभियानमा जुटनु भनेको अन्य प्रतिष्पर्धी राजनीतिक शक्ति भन्दा कम्तीमा ५ दशक पछि पर्नु हो। बिरुवा हरियो पार्न पात नपुछेर जरामा पानी हाल्न चीनियां क्रन्तिका नायक माओलाई उनकी आमाले सम्झाएकै शैलीमा शायद श्रीशको संझाउने कोशीस थियो।

कुरा के मात्रै हो भने केही वर्षअघि दार्चुलामा परेको प्राकृतिक बिपत्तिका बेला राहत बांड्न गएका पूर्वराजपरिवारलाई जनताले सडकमै निस्केर राजा आऊ देश बचाऊ भन्दा राजाले नै नारा करेक्सन गर्दिएर जनता आऊ, राजा फर्काऊ भने जस्तै अब कोही कथित शाहीभक्त ठेकेदारले हैन, पूर्वराजा ज्ञानेन्द्रको विश्वास जस्तै जनताले नै गर्लान् नि यो बिषयमा सही निर्णय सही समयमा। हैन र, कि कसो त ?

5 comments to राजाको नाममा राजसंस्थाको नाम जपेर संस्था नै बद्नाम गर्ने पाखण्ड रोक, नत्र प्रतिकारमा उत्रन बाध्य हुनेछन् जनता

  • indra

    राजा नै चाहिने हो भने शाही राजा नै किन कान्तिपुरमा लेखक विमल निभाले भनेझै विमल निभालाई नै राजा बनाउन हुँदैन र ? नेपाल झनझन पछाडि पर्खन लागेको हो कि क्या हो । एक निरंकुश पछि अर्को निरंकुशलाई रोजेर दास मनोवृती जन्मन लागेको देखिन्छ । लेख निकै राम्रो लाग्यो । धन्यवाद सूर्यजीलाई ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • sures

    सहि बिसयको उठान हो यो ,अब यी देश द्रोही हरुलाई उखेलेर फ्याक्नु पर्छ र देश निर्माण गर्ने सस्थालाई चिनेर ल्याउनु पर्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 2

  • Ekraj

    Nepali political game is a real cruel and disgusting joke in every occasion in the history. Most Nepalese have been time wasters and destructive energy in every opportunity for the positive change in the country. Most responsible actors of this dirty game are party, politicians and the previous corrupt and notorious smugler so called King himself who was part of the destruction of all the history and prosperity of Nepal.
    They all played the political game as stupid destructive monkeys and greedy fox. That is the bad luck they gave to Nepalese people and I really don’t know what hell they deserve to be in.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • bibek dhakal

    कस्तो राजसंस्था को चिन्ता लागेको हो सुर्य जी लाइ?

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 3

  • Shankar

    सुर्य जी ले सहि बिसय उठान गर्नु भएको छ | यी स्वार्थि तत्त्व हरु नै हो राजसंस्थालाई आर्य घाट पुर्याउने अझ भनौ अहिलेको अबस्था लाइ झन् सिकिस्त बनाउन खोज्ने |
    तिमि पशुपति सेना , बाँदर सेना सब चुप लागेर बस | हेर्दै जा , राज संस्था मा हुर्केर झांगिएका
    कांग्रेश , एमाले र माउबादिलाइ नै आफ्नो अस्त्तित्त्व को लागि राजसंस्था चाहियो भन्ने बेलामा तिमि फुस्रा हरु गाँजा को जोस मा यो के हर्कत गर्दैछौ? कि तिमीहरुको पछि पारसे को दुर्बुड्डी ले काम गरिरहेछ ?
    अशोक राइ र उपेन्द्र यादब , राजेन्द्र श्रेष्ठ हरुको गठबन्धन | सी के राउत हरु लाइ इन्डिया को ब्याक अप ( हिजो माउबादिलाइ जस्तै ), त म लो पा , मदेसी गठबन्धन आदि ले सिङ्गै कांग्रेश , एमाले ,माउबादी नै खतरा मा परेको बेला र अब उनीहरुनै क्रमश राज संस्था को
    महत्त्व आभास गरिरहेको बेला यो पशुपति सेना कुरा बिगार्न आयो है |

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2