यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

मदन पुरस्कार गुठीले ढाँटेर टप टेन ननिकाल्दा तीन किताब लेखक/प्रकाशकलाई घाटा

PahiloPost2 मदन पुरस्कार नेपाली पुस्तक जगतमा एउटा त्यस्तो पुरस्कार हो जुन अधिकांश समयमा विवादमा आउँछ। तर त्यही पुरस्कार पाउन लेखकहरु मरिहत्ते गर्न भने छाड्दैनन्। यो पुरस्कार, पुरस्कार पाएको पुस्तकको चर्चा पनि निकै हुन्छ। ‘मदन पुरस्कार प्राप्त कृति’ भनेर लेखेपछि पुस्तकको बिक्री पनि ह्वात्तै बढ्छ।

पुस्तक बिक्रीको व्यवसायिक पाटोलाई सघाउने गरी मदन पुरस्कार गुठीले पोहोर एउटा निर्णय गरेको थियो- वैशाखको अन्त्यसम्ममा १० वटा पुस्तकको श्रेष्ठ सूची तयार पार्ने र सार्वजनिक गर्ने। सुटुक्क गरेको निर्णय होइन, गुठीको लेटरप्याडमै हस्ताक्षरसहितको विज्ञप्ति सार्वजनिक भएको थियो। तर वैशाखको अन्तिमसम्ममा यो सूची सार्वजनिक भयो, न १० वटा किताब नै।

Press Release_Madan Puraskar Guthi

वैशाखको अन्त्यसम्ममा भनेको असारको २१ गते बल्ल गुठीबाट विज्ञप्ति आयो। त्यसमा १० वटा होइन, मात्र सात वटा किताबको सूची थियो।

हेर्नुस् त बिचरा, तीन जना लेखक र प्रकाशकलाई त घाटा भयो नि। सूचीमा नाम राखिदिएको भए ‘मदन पुरस्कारको श्रेष्ठ सूचीमा पर्न सफल’ पुस्तक भन्दै मार्केटिङ त गर्न पाउँथे उनीहरुले।

१० वटा भनेर पनि सात वटा किताबको मात्र सूची सार्वजनिक गर्नुको रहस्य चैँ के होला? के १० वटा उत्कृष्ट किताबै भेटेन त गुठीले? १० वटा किताब नपाइन पनि सक्छ भनेर थाहा पाएको भए के खान विज्ञप्तिमा १० वटा भनेर संख्या नै किटेको त? उत्कृष्ट केही किताबको सूची सार्वजनिक गर्छौँ भनेको भए भइहाल्थ्यो नि। त्यसो भनेको भए ३ वटा गरे पनि हुन्थ्यो, ५ वटा गरे पनि हुन्थ्यो, १० वटा गरे पनि हुन्थ्यो। तर विज्ञप्तिमा तीन ठाउँमा १० वटा भनेर लेखेपछि त्यसरी ढाँट्न पाइन्छ?

तर के गर्ने, हामीले भनेर केही हुने हैन। पोहोरपरारसम्म कसले जित्ला भनेर अनुमान मात्र हुन्थ्यो। अहिले भने सात वटा मध्ये एउटाले जित्छ भनेर ठोकुवा गर्न सकिने चाहिँ भएको छ। बरु कसले पुरस्कार जित्ला भनेर भोट हाल्नुस् ल। के थाहा, तपाईँले भोट दिनुभएकै किताबले पो ठ्याक्क मदन पुरस्कार जितिहाल्छ कि-

कुन प्रकाशकका पुस्तक हुन् त यी?

1
१. आमोई (उपन्यास) : भुवनहरी सिग्देल (प्रकाशक : शब्दार्थ प्रकाशन)

2
२. ऐना (कथा) : रामलाल जोशी (प्रकाशक : ब्रोदर बुक प्रकाशन)

3
३. चीरहरण (उपन्यास) : नीलम कार्की निहारिका (प्रकाशक : सांग्रिला बुक्स)

4
४. निर्वाण (उपन्यास) : घनश्याम खड्का (प्रकाशक : अल्केमी प्रकाशन)

5
५. प्रश्नहरूको कारखाना (कविता) : सरिता तिवारी (प्रकाशक : सांग्रिला बुक्स)

6
६. फिरफिरे (उपन्यास) : बुद्धिसागर (प्रकाशक : फाइनप्रिन्ट)

7
७. सिमानाका रङ्ग सिमानाका तरङ्ग (नियात्रा) : दामोदर पुडासैनी ‘किशोर’ (प्रकाशक : रत्न पुस्तक)

सम्बन्धित ब्लग:
उत्कृष्ट कृतिमाथि अन्याय, निकम्मा लेखक पुरस्कृत! कमलमणि दीक्षितसँगको अन्तर्वार्ता

अहिलेसम्म क-कसले पाए?
वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो।

वि सं २०७२ :- ख़ुशी विजयकुमार पाण्डे
वि.सं. २०७१: खलंङ्गामा हमला-एउटी नर्सको डायरी – राधा पौडेल
वि.सं. २०७०: दमिनी भीर – राजन मुकारुङ
वि.सं. २०६९: सेतो धरती – अमर न्यौपाने
वि.सं. २०६८: जीवन काँडा कि फूल – झमक घिमिरे
वि.सं. २०६७: नेपालका बालीनाली र तिनको दिगो खेती – नरबहादुर साउद
वि.सं. २०६६: एक हातको ताली – युवराज नयाँघरे
वि.सं. २०६५: अन्तर्मनको यात्रा – जगदीश घिमिरे
वि.सं. २०६४: छापामारको छोरो – महेशविक्रम शाह
वि.सं. २०६३: राधा – कृष्ण धारावासी
वि.सं. २०६२: पल्पसा क्याफे – नारायण वाग्ले
वि.सं. २०६१: नयाँ ईश्वरको घोषणा – गोपाल पराजुली
वि.सं. २०५९: अभिनव संस्कृति कोष – हरिराम जोशी
वि.सं. २०५८: नेपालको सिमाना – बुद्धिनारायण श्रेष्ठ
वि.सं. २०५७: अतिरिक्त अभिलेख – दिनेश अधिकारी
वि.सं. २०५६: दु:खान्त नाटकको सृजना परम्परा – डा. केशवप्रसाद उपाध्याय
वि.सं. २०५५: विसर्जन – लोकेन्द्रबहादुर चन्द
वि.सं. २०५३: नेपाली राष्ट्रिय झण्डा – डा. दयाराम श्रेष्ठ
वि.सं. २०५३: सही शब्द – विनोदप्रसाद धिताल
वि.सं. २०५२: सही शब्द – फादर विलियम बर्क हेलिङ्गयाक्स
वि.सं. २०५१: माध्यमिक नेपाली गद्याख्यान – शरदचन्द्र शर्मा भट्टराई
वि.सं. २०५०: पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) – डा. भवेश्वर पंगेनी
वि.सं. २०४९: पागल बस्ती – सरुभक्त
वि.सं. २०४८: मृत्युञ्जय महाकाव्य – भानुभक्त पोखरेल
वि.सं. २०४७: नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्‌को भूमिका – डा. राजेश गौतम
वि.सं. २०४५: ज्योति, ज्योति, महाज्योति – दौलतविक्रम विष्ट
वि.सं. २०४५: उत्सर्ग – राजेश्वर देवकोटा
वि.सं. २०४४: लिच्छवि संवत्‌को निर्णय – नयनराज पन्त
वि.सं. २०४३: वैकुण्ठ एक्सप्रेस – मोहनराज शर्मा
वि.सं. २०४२: प्रत्यागमन – कञ्चन पुडासैनी
वि.सं. २०४०: अलिखित – डा. धुवचन्द्र गौतम
वि.सं. २०३९: माधवी – मदनमणि दीक्षित
वि.सं. २०३८: नदी किनाराका माझी – मोहन कोइराला
वि.सं. २०३७: नरसिंह अवतार – जगदीशशमशेर राणा
वि.सं. २०३६: नेपालका परम्परागत प्रविधि – डा. छविलाल गजुरेल. करुणाकर वैद्य
वि.सं. २०३५: घामका पाइलाहरू – ध. च. गोतामे
वि.सं. २०३४: लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन – डा. वासुदेव त्रिपाठी
वि.सं. २०३२: आगत – भवानी भिक्षु
वि.सं. २०३०: लिच्छविकालका अभिलेख – धनवज्र वज्राचार्य
वि.सं. २०२९: आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् – इश्वरवल्लभ
वि.सं. २०२८: कर्णाली लोक संस्कृति – प्रदीप रिमाल, डा. चूडामणि बन्धु. बिहारीकृष्ण श्रेष्ठ. स्थिरजङ्गबहादुर सिंह. सत्यमोहन जोशी
वि.सं. २०२७: नेपाली निर्वाचनको रूपरेखा – महानन्द सापकोटा
वि.सं. २०२७: बेलाइततिर बरालिँदा – ताना सर्मा
वि.सं. २०२५: मङ्गली कुसुम – धर्मराज थापा
वि.सं. २०२५: टिपन-टापन – पारसमणि प्रधान
वि.सं. २०२४: नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास – ग्रीष्म बहादुर देवकोटा
वि.सं. २०२४: एब्स्ट्र्याक्ट चिन्तन : प्याज – शंकर लामिछाने
वि.सं. २०२३: मानव महाकाव्य – मोदनाथ प्रश्रित
वि.सं. २०२३: स्रष्टा र साहित्य – उत्तम कुँवर
वि.सं. २०२२: शिरीषको फूल – पारिजात
वि.सं. २०२१: वस्त्र निर्माणकला – लक्ष्मीबहादुर श्रेष्ठ
वि.सं. २०२१: प्राचीन हिन्दू अर्थशास्त्र – नवराज चालिसे
वि.सं. २०२१: प्राकृत पोखरा – मुकुन्दशरण उपाध्याय
वि.सं. २०२१: नेपाली भाषा र साहित्य – बालकृष्ण पोखरेल
वि.सं. २०२०: जोसमनी सन्त परम्परा र साहित्य – जनकलाल शर्मा
वि.सं. २०२०: नैषधीय चरित – कोमलनाथ अधिकारी
वि.सं. २०१९: आमाको सपना – गोपालप्रसाद रिमाल
वि.सं. २०१८: नयाँ सडकको गीत – रमेश विकल
वि.सं. २०१७: विस्फोट – भीमनिधि तिवारी
वि.सं. २०१७: नेपाली राष्ट्रिय मुद्रा – सत्यमोहन जोशी
वि.सं. २०१६: महाकवि देवकोटा – नित्यराज पाण्डे
वि.सं. २०१५: उद्यान – गङ्गाविक्रम सिजापती
वि.सं. २०१५: कवि व्यथित र काव्यसाधना – कृष्णचन्द्रसिंह प्रधान
वि.सं. २०१४: मृत्तिका उद्योग – करुणाकर वैद्य
वि.सं. २०१४: मन – लीलाध्वज थापा
वि.सं. २०१३: अधिकविभव स्थिरविद्युत् उत्पादक – बलराम जोशी
वि.सं. २०१३: जनरल भीमसेन थापा – चित्तरञ्जन नेपाली
वि.सं. २०१३: हाम्रो लोक संस्कृति – सत्यमोहन जोशी

यस्तो फाराम भरेर निवेदन दिनुपर्छ मदन पुरस्कार पाउनका लागि-
form

4 comments to मदन पुरस्कार गुठीले ढाँटेर टप टेन ननिकाल्दा तीन किताब लेखक/प्रकाशकलाई घाटा

  • कृष्ण के सी

    पुरुस्कृत गर्ने संस्थालाई मानीसहरुले जे जस्तो दृश्टी कोणले हेरेर पनि यो सम्मान भनेको नेपाली साहित्यमा योगदान पुराउने र साहीत्यामा लाग्नेहरुको लागि हौसला र साहीत्यीक सम्मान हो।
    यस्तो कुरालाइ नकारात्मक रुपमा मात्र सोच्नु हुदैन।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • लव

    आफुलाई भाषा साहित्यका प्रबर्द्धक सम्बर्द्धक ठान्ने संस्थाका कार्यालय सचिव कृष्ण पौडेल सरले माथि बिज्ञप्तिमा फिरंगीको भाषामा सही खस्काउन भ्याउनु भएछ| धन्न कसो लोकमानको कार्य क्षेत्र भित्र परेन, नत्र भए त्यहाको सचिवलाई पुष्कर विमानमा पठाई सचिव टु सचिव कारवाही गरिने थियो होला|

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Navin Rayamajhi

    मदन पुरस्कारको कुनै निश्चित मापदण्ड छैन, यो कमल मणि दिक्षितले दिएको बक्सिस जस्तै हो. एउटा इमान्दार र स्वाभिमानी लेखकले यो पुरस्कार पाउनु भनेको उसको बेइज्जत हो, किनकी पहिले नै तिन प्रती पुस्तक दिक्षितको पाउमा नराखी यो पुरस्कारको सुचिमा परीदैन. कुनै लेखकले अब म पैसाको लागी जे पनी गर्छु भन्छ भने मलाई केही भन्नु छैन, यो उसको निजी विचार हो.

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • Anjali K.C.

    मदन पुरस्कारको कुनै निश्चित मापदण्ड छैन, पुरस्कारको रकम ठुलो भएकोले मात्र हरि तन्नम लेखक हरु आकर्षित भएका हुन्,. मेरो बिचारमा यो पुरस्कार पाएर कुनै लेखकको मान बढ्ला जस्तो लाग्दैन, केवल नगद हात पार्नु बाहेक.

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1