नेपाल नआउनुभएको एक वर्ष भइसकेको छ भने तपाईँलाई यो कुन ठाउँ हो थाहा नहुन सक्छ। नेपालबारे समाचार पढ्नु हुन्छ र फोटोहरु ध्यान दिएर हेर्नुहुन्छ भने चाहिँ तपाईँले यो कुन ठाउँ हो शायद् अनुमान गर्न सक्नुहुन्छ। २०७२ साल वैशाख १२ को भूकम्पका कारण यस्तो बनाउनु परेको हो। नत्र पहिले यो ठाउँमा यस्तो थिएन। अनुमान लगाउनु भयो त? आउनुस् भित्र यो ठाउँका थप फोटो हेरौँ।
यो प्रवेश द्वारको फोटो देखेपछि धेरैले थाहा पाउनु भइसक्यो होला। हजुर यो विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुप हो।
वैशाख १२ को भूकम्पले स्तुप चर्किए पछि यसको पुननिर्माण हुँदैछ।
पुननिर्माण कै क्रममा यसको गजुर निकालिएको छ।
र, आजभोलि यस्तो साइनबोर्ड पनि देखिन थालेको छ। नो ड्रोन जोन। तर यस्तो सूचना देखिनुअघि नै यो ठाउँका ड्रोन फुटेज युट्युबमा प्रशस्त भेटिन्छन्।
नास्तिक हरु , चिनिया हरु , रसियन हरु , कम्निस्ट हरु आफुसग भएर पनि गरिब छन् | तर गरिब भएपनि नेपालि धनि छन् |
किनभने बुद्द ले दुख मा शान्ति दिन्छन |देबिले निर्धालाई ताकत ,कुबेर ले धन ,गणेश ले सिद्दि दिन्छन , सरस्वती ले बुद्दि |