यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

प्रचण्डको ठाउँमा म भएको भए यसो पो गर्थेँ

स्कुुल जीवनमा यदि म प्रधानमन्त्री भएँ के गर्थे भनेर सरहरुले बोल्न र लेख्न लगाउनुु हुन्थ्यो। अहिले गणतन्त्र नेपालका कार्यकारी सरकार प्रमुख प्रचण्डको सय दिने सत्ताबाट जनताले भोगेको देखेको कठोर सत्यले यदि म अहिले प्रचण्डको स्थानमा भाको भे के गर्थे भन्ने लेख्न उत्सुक बनायो।
साँच्चै म अहिले देशको प्रधानमन्त्री भएको भए

१. सुुरुमै सम्पत्ति विवरण सार्वजनिक गर्थे, आफूू र आफ्ना मन्त्रीहरुको। कानुुनले तोकेको ६० दिने म्याद नगुजारीकन, बढीमा एक सातामा। यति धेरै गैरअनुुशासित र लज्जित हुदैन्थे।

२.भूकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता ५० हजार दिन आफैले दिएको निर्देशन यो वा त्यो बहानामा पालना नगर्ने पुननिर्माण प्राधिकरणका सिइओ र कामचोर कर्मचारीलाई अन द स्पट ४६ औं दिनमा वर्खास्त गरिदिन्थे।

३. ४७ औ दिनमा भूकम्प पीडितको पुननिर्माणका लागि विशेष अभियान घोषणा गर्थेँ। पुननिर्माणका लागि १४ लाख स्वयंसेवक जनलाई १४ जिल्लामा २ सय दिने कार्ययोजना सहित पीडित बस्तीहरुमा खटाउँथे। मुख्य संयोजन नेपाली सेनाको जिम्मा दिन्थे। पार्टीका सबै शक्तिलाई त्यही सेना मातहत खटाउँथे। ऐन नियम कानुुन प्रमको विशेषाधिकार प्रयोग गरेर रातारात संसोधन गराउँथे। दाताहरुलाई फिल्डभिजीट गर, रकम थप गर, सहायता बढाऊ भनेर दवाव दिन्थेँ। बजेट नपुुगे रकमान्तर गरेर पनि २०० दिनभित्र सबै भूकम्प पीडितलाई बासको व्यवस्था गरेर, छानामुनि फर्काउँदै इतिहासमा नाम लेखाउँथेँ।

४. संसदले पीडितलाई एकमुुष्ट २ लाख दिनेगरी र आफ्नै सरकारले थप १ लाख दिने गरी गरेका सबै घोषणा कार्यान्वयनका लागि पुननिर्माण प्राधिकरणको ऐन, नियम, नियमावली २४ घण्टाभित्र संसोधन गराई लागू गराउँथे।

५. पुननिर्माण प्राधिकरणको नेतृत्व धुर्मश सुन्तलीलाई दिन्थे । उनीहरुले नमानेमा सुरुमा रुचि राखेर पनि प्राधिकरणको सिइओ हुन नपाएका डा. बावुराम भट्टराईलाई पुनः पुननिर्माण नेतृत्व लिन आग्रह गर्थे । त्यसो पनि नभएमा अरु कुनै समाजसेवी वा कुनै नयाँ धुर्मुश सुन्तलीको खोजी गरेर सिईओ चयन गर्थे।

५. प्रधानमन्त्रीसंग सिधा कुराको कार्यक्रममा सरकारका प्रवत्ता सूचना मन्त्रीलाई पठाउथे । आफैं जादैन्थे । त्यो कार्यक्रम गर्ने खांचो नै देख्दिन्थे, गर्नै पर्ने भए प्रवत्ताको काम हुन्थ्यो त्यो।

५.शपथग्रहणमा दौरा सुरुवाल र कालो टोपी लाउथे । सरकारी कार्यालय जादा हरेक साता कुनै एक जाती विशेषको पोशाक लगाएर प्रधानमन्त्रीको कार्यायलयका जिम्मेवारी पुरा गर्थे । देशभरका सबै जातीको पोशाक नै मेरो प्रधानमन्त्रीको कार्यालय पोशाक हुने नयाँ चलन बसाउथे।

५.दशैंको टीको नी लाउथे, प्रधानमन्त्रीको रुपमा इच्छुकहरुलाई पनि टीका लगाईदिन्थे । नातीलाई दशैं, तिहार आदिको परम्परा वालाखैदेखि सिकाउथे । तिहारमा पनि भाइपूजाको परम्परा खुलस्त अनुशरण गर्थे ।

६.हालसम्म मन्त्री, सचिव र प्रमुखहरुलाई दिएको निर्देशन कति पालना भयो भएन भनेर पत्रकार सम्मेलन मार्फत हरेक हप्ता सिधा सोधखोज गर्थे । देश विदेशमा लाइभ गराउथे । काम किन नभाको भनेर मनासिब कारण सहित तुुरुन्त कारवाही ठोक्थे, काम नगर्नेका हकमा ।

७. प्रधानमन्त्रीसंग सिधा कुरा कार्यक्रमलाई प्रधानमन्त्रीका निर्देशनको फलोअप भनेर हरेक मन्त्रालयका सचिव, मन्त्री र सरोकारवालासंग एनटिभीबाट लाईभ अपडेट गराउथे ।

८.गोवा सम्मेलनका सबै उपलव्धीको चर्चा भएन भनेर विमानस्थलमा आक्रोश पोख्दैन्थे । बरु हासी हासी सबै कुराको तथ्यगत खण्डन गर्नेथिए ।

९. कुनै पनि हालतमा केपी ओली सरकारका पालामा आफ्नै समेत पहलमा चीन सरकारसंग भएका सबै संझौताहरुको कडाईका साथ लागूू गराउथे । यति धेरै काम गर्थे की ती संझौताको प्रगति देखेर चिनियाँ सरकारले धन्यवाद दिने र जनताले वाही वाही गर्ने वातावरण त सय दिनमै बनाईसक्थे ।

१०. भारतीय राष्टपतिको भ्रमणमा काठमाण्डौंमा वा देशभर बिदै दिन्न्थे।

११.सरकारको सय दिने उपलव्धीको चर्चाको विज्ञप्ती सरकारका प्रवत्तालाई गराउथे । प्रधानमन्त्रीका सिधा कुराको अभिलेखीकरण जस्ता हास्याष्पद उपलव्धी लोकजनालाई सुुनाएर जग हसाई गर्दैन्थे ।

१२. संसदलाई यति धेरै वजनेश दिन्थे की कुनै पनि यो अवधिमै नयाँ संविधान अनुसारका कानुुन संसोधनको काम सम्पन्न गरेर नयाँ थिति बसाईसक्थे ।

१३. मधेशी मोर्चासंगको तीन बुंदे सहमति अनुसारको संविधान संसोधन प्रश्ताव सय दिनमै संसदमा दत्र्ता गरिसक्थे । अंगिकृतलाई उच्च पद जस्ता अतिवादी देशघाती मुद्धालाई बहसमै आउन दिदैन्थे ।

१४. प्रत्येक मन्त्रालय, अफिस र सरकारी कार्यायलयमा हप्तामा २ दिने देशव्यापी छड्के हान्थे । जे अवस्था भेटिन्थ्यो, त्यसैको आधारमा अन द स्पट कारवाही गरेर प्रधानमन्त्री ईज र पावर अफ पिपुल भन्ने मान्यता स्थापित गर्थे ।

१५. हरेक २ दिनमा एकमन्त्रीसंग दैनिक प्रगति रिर्पोट लिने गर्थे । वेलगामा मन्त्रीलाई त थुुरथुुर पारेर काममा लगाइरहन्थे ।

१६.सामाजिक संजालमा आफूमाथि आक्रमण गर्नेहरुको लागि जस्तालाई तस्तै गरिदिन्थे । पार्टीको सबै शक्तिलाई सरकार र पार्टीको पक्षमा एमाले भन्दा पनि ज्यादा सामाजिक संजालमैत्री र रक्षाकवच बनाउथे ।

१७.वालुवाटारमा आवेगी भन्दा विवेकी र वर्षमान पुनहरुको मात्रै होईन बादल, नारायणकाजी श्रेष्ठ जस्ता कमरेडहरुको हालीमुहाली र दवदवा बढी गराउथे । अहिलेको जस्तो वालुवाटार र सिंहदरवारमा पार्टीका निष्ठावान कमरेडहरुलाई प्रवेशमै रोक लाउने नीति खारेजै गरिदिन्थे ।

१८. प्रेससंग अति थोरै डिल गर्थे । जन्मजात प्रचण्डविरोधी र बिनाकाम , बिना आधारै आफ्नो आलोचना गर्नेहरुलाई कामकै आधारमा गलत सावित गरिदिन्थे ।

१९. राज्य कोषको ढुकुुटी बाँड्ने प्रथामा पूर्णबिराम लगाईदिन्थे । मन्त्री गगन थापाको कार्यविधि लागू गरिदिन्थे । सुजाताको व्यथा थप गर्दिन्थे ।

२०. लोकमान प्रकरणलाई संविधानको व्यवस्थानुसार नै संसदबाट सिध्र्यादिन्थे ।

२१. जलविद्यूत आयोजनाको निर्माण र देशैभरका सडक सुधारमा हरेक दिनको प्रगति आफैले हेरेर रातारात काम सक्न प्ररित गर्थे । ढिला गर्नेलाई कारवाही चुस्त पार्थे । सड्क सुधारेर सड्क दुर्घटनामा कमी ल्याउने थिए ।

२२. स्थानीय चुनाव घोषणा विजया दशमी वा दीपावलीकै दिनमा गरिसक्थे । यतिबेला अरु तयारी पुरा गरिसक्थे । चुनावी सभाहरुमा यतिबेला देशलाई होमीसक्थे ।

२३. पार्टीलाई गाऊ गाऊ सम्म , वडा वडा सम्म एकिकृत र पुर्नताजगी गराइसक्थे । पार्टी नेतृत्व सरकारमा नरहेका बादल कामरेडहरुको हातमा दिएर पार्टी जीवन जता प्रचण्ड उतै गदैन्थे । आफू त यति अधिकारविहीन जस्तो भएर बस्थे की सबै काम अरुलाई, जिम्मा अरुलाई दिएर कुरा गर्ने फुर्सदै दिदैन्थे ।

२४. धेरै कुरा २ सय दिने अवधिमा सिध्याउथे । अनि २०१ ीदनपछि सबै कामको बिट मार्न सुरु गर्थे । चीनियाँ राष्टपति नेपाल भ्रमणमा आउने विश्वासलाई व्यवहारमा देखाईदिन्थे । मै फिस्टे ले नी चिनियाँ राष्टपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराएर दुनियांलाई देखाईदिन्थे ।

२५. पार्टीका कोही कसैलाई पनि परिवारवाद र एकलौटीको आरोप लाउने अवस्थै आउन दिदैन्थे । विदेश नीतिमा नेता नारायणकाजीजीलाई अघि सार्थे । यस्तै सबै नेता कार्यकत्र्तालाई पुरै कामको लोडले फुर्संदै नहुने बनाउथे ।

यसप्रकार मेरो सरकारको कार्यकाल ९ महिनाभित्रका समग्र उपलव्धी संस्थागत गर्दै संसद संवोधन मार्फत नयां सरकारको नेतृत्वका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरणको तयारी सुरु गर्थे । यति गर्दा पनि मेरो , मेरो सरकार र पार्टीको आलोचना गर्नेलाई हार्दिक धन्यवाद जयनेपाल कामरेड भनिदिन्थे । लौ भन्नुस अनि म सफल हुदैन्थे त ? अरे वा अरे, म त माईसंसारको प्रचण्ड न हुँ । विफल हुने त प्रश्नै छैन नी , छ र?

7 comments to प्रचण्डको ठाउँमा म भएको भए यसो पो गर्थेँ

  • Suman bhote

    prachanda ko aba rajniti sakyo…..
    ugra rastra baad ko jamana cha….
    Maobadi le ugra rastra baad le garda pahilo chunaab jiteko thiyo…..
    KP ko ugra rastra baad ko naara le thulo samarthan paayo….
    jo india ko against ma bol6, nepal ko bikas ko kura gar6, hinduism ko gar6….. teslenai support pau6….
    ugra rastra baad ko jamana 6…..

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • बल

    आखिर कार्यान्वयन हुने होइन| मुखको स्वाद मेटाउने मात्र हो| दुईचार थपम है|
    साना साना कुरा हुन् तर यसले दिशा निर्देश गर्छ|
    १. संसदबाट पारित गरिरहन पर्दैन, क्याबिनेटको निर्णयमै नजिक र टाडाको समेत नाता पर्नेलाई सरकारी तलब भत्ता सुविधा दिने गरेर सचिव र सल्लाहकार आदि पदमा नियुक्ति दिन नमिल्ने|
    २. एयरपोर्ट आउदा जाँदा मन्त्रि र सचिव पदमा रहेका कसैले भीआईपी बाटो र कक्ष प्रयोग गर्न नपाइने| तब मात्र जनताको मर्का असुविधा र दुख बुझ्न सक्नेछन|
    ३. एयरपोर्ट र माल अड्डामा सीसीटीभी क्यामेरा राख्ने| क्यामेराले काम नगरे र ठिक संग रेकर्ड भएको नपाईए हाकिमलाई तु दण्डित गरिदिने (सरुवा, घटुवा र नसिहत)|
    ४. अन्तराष्ट्रिय एयरपोर्ट राष्ट्रिय शरमको बिषय भएको छ| मापदण्ड बनाएर एयरपोर्ट सफा र कार्यकुशल नभए हाकिमलाई तुरन्त फायर गर्ने| यति नगरे कहिले सुधरिने देखिदैन|
    ५. जग्गा अध्यावधि गर्ने निहुमा माल अड्डाका कर्मचारीले दिनदहाडै घुस लिंदै आएका छन्| माल अड्डाका सबै जसो कर्मचारी टुप्पी सम्म घुसमा डुबेर नर्क जाने टिकट बुक गरिसकेका छन्| सम्पूर्ण कारवाही पारदर्शी बनाउन एकचोटी कार्य शुरु गरेपछि कैले सम्ममा समाप्त गरिने र कति दाम उठाइयो त्यो पनि क्लियर गरिने| नंया टोलीलाई जनताको मर्का बुझ्न वाच गर्न पठाईने|
    अरु पनि थुप्रै छन् तर प्रशासन घुसखोरीले भरेको ठाउँमा कसरि निर्मुल पार्ने त्यो कामको नेतृत्व लिने प्रधान मन्त्रीको दायित्व हो|
    प्रचन्डले आँटे सक्ने थियो तर आफै चुर्लुम्म भ्रष्टचारमा डुबेका व्यक्तिले के गर्न सक्थ्यो? छोरा र परिवारको स्वार्थले खत्तम बनाएको छ| कसरि निदाउदो हो १४००० को ज्यान लिने आन्दोलन गर्ने व्यक्ति? त्यसै भएर एक लाखको खात चाहिएको होला| यो बिर्सनु हुन् कि सेनाले पनि मारेका हुन् आधाउधि १४००० मध्ये|
    अन्तमा अफिसियल काममा दौरा सुराल लाउनु पर्छ| बिभिन्न जातिका ड्रेस लाउन पर्छ भन्ने सुर्यजीको आशय ठिकै होला तर यो व्यवहारिक छैन, फेशन प्यारेड गर्ने समय जनताको काममा खर्च गरे ठिक होला|

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • Nayak Ko anilkapur Nai ho ra xa ta bro ta

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Limbu naYan

    मन पर्यो सर !

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Tetti mattrai???

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • Alikhit

      बुढा रक्सी खान्छन र ?

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • sushil

    LOL….अनि बेलुकी टन्न धोकेर सुतेपछि भोलिपल्ट बिहान उठ्दा सबै बिर्सिदिन्थें……LOL

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0