मेरो Tweet


यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
eXTReMe Tracker

१० प्रश्नको जवाफ खोज्नुस्, लोडसेडिङ कृत्रिम थियो कि आवश्यक आफै थाहा पाउनुस्

-डिल्ली पौड्याल-

loadshedding धेरै गन्थन नजोडी भन्नु पर्दा हाम्रो देशको लोडसेडिङ कृत्रिम हो वा आवस्यक? इञ्जिनियर कुलमान घिसिङ प्राधिकरण आएपछि लोडसेडिङ बन्द भएसँगै कृत्रिम हो भन्ने निश्कर्षमा पुग्न बल मिल्छ। कारण केलाउँदै जाने हो भने यसको कृत्रिमतासित नजिक पुग्न कालिगण्डकी ए को उत्पादन सन २००२ पश्चातको अवस्थालाई नियाल्न सकिन्छ। कालिगण्डकी १४४ मेगावाटको उत्पादनसँगै विद्युत उत्पादन वर्षायाममा खपत हुन नसकेको भन्दै खपत कसरी बढाउने भन्ने बारेमा आयोग गठन गरिएको थियो। उक्त आयोगले २ किसिमको महसुल निर्धारण समेत गरेको थियो। खपतको मात्रा हेरेर बढी खपत गर्ने ग्राहकका लागि कम मूल्य सिफारिश गरिएको थियो। तर त्यो कार्यान्वयनमै नआइ ह्वात्तै दिनको ४ घण्टाको दरले सोही वर्ष लोडसेडिङ शुरू गरियो। कारण बताइयो उत्पादन कम र खपत बढी। त्यसपछि लोडसेडिङको खेल निरन्तर बढेर गयो र दैनिक १८ घण्टासम्म समेत पुग्यो।

यसमा मैले हामीले लोडसेडिंङ सम्बन्धित मनन गर्नुपर्ने केही बुँदाहरू राख्ने जमर्को गरेको छु। माग र आपूर्तिका आधारगत मिथ्याङ्क यसरी तुलना गरौः

१) तिहारमा लक्ष्मीपूजाका दिन साँझमा प्राय लोडसेडिङ गरिदैन कसरी ?
२) भारत-अस्ट्रेलिया वा भारत-श्रीलङ्का बीचको क्रिकेट फाइनल हुँदा रातभरी लोडसेडिङ हुँदैन् वा भएन कसरी ?

३)द्वन्दकालमा झिम्रुक र सभाखोला विद्युत गृह बाहेकका विद्युत गृहबाट उत्पादनमा माओबादी अवरोध भएन तर विद्युत खपत गर्ने उद्योग ८०% भन्दा बढी (पत्रपत्रिकाका अनुसार) बन्द भए खपत केमा बढ्यो र लोडसेडिङको मात्रा बढाइयो?

४)प्राधिकरणले समय समयमा कहिले उत्पादन कम त कहिले ट्रान्समिसन लाइनको अभावमा आपूर्ति समस्या आएको भन्ने विवादास्पद बिज्ञप्ति जारी गर्ने गर्छ ? कहिले मध्य नेपालमा उत्पादन हुने तर “खपत पूर्वाञ्चल र मध्यमाञ्चलमा हुने भएकोले” “ट्रान्समिसन लाइन अभाव”लाई कारण बताउँछ । तर उच्च उत्पादन हुने क्षेत्र पश्चिमाञ्लका पोखरा, पाल्पा वा बुटवल भैरहवामा पनि चर्को लोडसेडिङ छ कसरी ?

५) यसवर्ष कै अवस्थालाई हेर्ने हो भने सबैलाई थाहा भएकै विषय हो वर्षामा कति पानी पर्यो कति बाढी पहिरो झर्यो र खोला नाला कत्रा कत्रा बने ठाउँ ठाउँमा कति क्षति भयो जगजाहेर छ । तर प्राधिकरणको कुलेखानी जलाशय भरिएन किन?

६)मध्य मर्स्याङ्दी जलविद्युत आयोजना तत्कालीन प्रधानमन्त्री तथा हालका बहालवाला प्रधानमन्त्रीले ३२ मेगावाटको पहिलो युनिट उद्घाटन गर्दा दैनिक १ घण्टा लोडसेडिङ घट्यो भने त्यसको ठीक २ दिन अघि कुलेखानी दोस्रोको १६ मेगावाटको युनिट मर्मत गर्न भनी दैनिक २ घण्टा लोडसेडिङ बढाइएको थियो। यसमा माग र आपूर्ति बीचको गणितीय हिसाब कसरी मेल खान्छ?

७)लोडसेडिङ बढाउने बेलामा प्राधिकरणले सधैँ उही सूत्र प्रयोग गर्ने गर्छ “मर्मत संभार गर्नु पर्ने” भन्ने । एकै पटक बढाए पछि बढाउने श्रृङ्खलाको पारो उकालो चढ्छ र अर्को वर्षायाम नआइ घटाउँदैन । हिमनदी आधारित नदिहरूमा चैत महिना लाग्दा देखिनै पानीको मात्रा बढ्छ भन्ने तथ्यलाई नबिर्सौँ।

८) हाम्रो देशमा मध्यरातमा विद्युत खपत हुने कुन क्षेत्र छ र मध्यरातमा लोडसेडिङ गर्नु पर्ने आवस्यकता पर्छ होला ? कुल उत्पादनको १० % पनि मध्यरातमा खपत हुँदैन तर ८०% भन्दा बढी क्षेत्रमा किन लोडसेडिङ गरिन्छ ?

९) विभिन्न दलले आम हड्ताल गरि उद्योग धन्दा ठप्प पारिँदा समेत आपूर्ति बढाइँदैन किन होला (धेरै दिनको बन्द बाहेक) ?

१०) सबैभन्दा आश्चार्यको कुरा तेलमा सुका बढ्दा आन्दोलनमा उत्रिने दल, तिनका भ्रातृसंगठनका नेताहरू, टायर बाली आवागमन ठप्प पार्ने र सवारी साधन तोडफोड गर्ने विद्यार्थी नेताहरूसमेत लोडसेडिङ सित मौन छन् वा भनौँ मुखमा ताल्चा झुण्डाएर बसेका छन् किन होला ?

यसमा मैले केही तथ्य केही मेरा तर्क र केही राजनीतिक प्रबृत्तिलाई सङ्केतको रुपमा प्रस्तुत गरेको छु । उमेशजीले स्थान दिनुभएमा र कमेन्टहरू हेरे पछि यसको जालोलाई विस्तृतरुपमा उठाउने जमर्को गर्नेछु।

****

माइसंसारका पुराना पाठकलाई याद हुनुपर्छ, डिल्ली पौडेलले आठ वर्षअघि नै लोडसेडिङ कृत्रिम हो भन्ने आशयका ब्लगहरु माइसंसारमा लेखेर सचेत गराउने प्रयास गरेका थिए। त्यतिबेला उनले उठाएका कुरालाई कसैले ध्यान दिएन। सन् २००८ को फेब्रुअरीमा उनले लेखेका थिए-

प्राधिकरणको जवाफमा नेपालमा उत्पादनको तुलनामा माग बढी भएको कारणले लोडसेडिङ् गर्नु परेको हो। भर्खर मात्रै बनेका १४४ मेघावाटको कालिगण्डकि ए र ६० को खिम्ति आउनु अघिको तुलनामा लोडसेडिङ् ह्वात्तै बढेको छ यस बीचमा। यो अवधिमा करिब करिब साना ठूला गरी ३०० मेगावाटका विद्युत आयोजना सञ्चालनमा आए। अर्थात विगत ५ वर्षभित्र उत्पादन दोब्बर भयो। उत्पादन सँगसँगै दोब्बर बनेको लोडसेडिङलाई कसरी बुझ्ने हामीले ? कहिले कुलेखानीको सरोवरमा बालुवा भरिएर उत्पादन घट्यो भन्छ प्राधिकरण त कहिले खोला सुक्यो भनेर। वर्षा लागे पनि वर्षालाई दोष हिउँद लागे खोलालाई दोष। अहिले विश्व तापमानमा वृद्धिसँगै हिउँ पग्लेको अनुसन्धानका ठेलीहरु आएका छन्। अब प्राधिकरणको भागमा विश्व तापमानको वृद्धिले गर्दा नेपालमा बिजुली उत्पादन घटेको हो भन्ने निश्कर्ष मात्र बाँकी रहने हो कि ? पूरा पढ्नुस् किन बारम्बार हुन्छ लोडसेडिङ ?

त्यसैगरी २००८ को मार्चमा उनले लेखेका थिए-

देशमा चरम उर्जा सङ्कट भएर हाहाकार भएको बेला नघटेको लोडसेडिङ जावो १६ मेगावाट उत्पादनले १ घण्टा घट्ने गरी जलस्रोतमा त्यस्तो केही उल्लेख्य परिवर्तन आएको छैन। न त वर्षा नै भएको छ। वर्षा नभई खोलानालामा पानीको बहाव बढेको पनि छैन। मधेस सम्झौता सँगसँगै खुलेका उद्योगसँगै दैनिक १ घण्टा लोडसेडिङ घट्ने अवस्था आउनु आफैंमा विरोधाभाषपूर्ण छ। यसले अराजक सञ्जाल कतातिरसम्म फैलिएको छ भन्ने संकेत दिन्छ। यस परिदृश्यले प्राधिकरणको हालको लोडसेडिङ बदनियतपूर्ण र कृत्रिम हो भन्ने देखाउँछ। पूरा पढ्नुस्- एक घण्टा लोडसेडिङ घट्नुको रहस्य के हो ?

24 comments to १० प्रश्नको जवाफ खोज्नुस्, लोडसेडिङ कृत्रिम थियो कि आवश्यक आफै थाहा पाउनुस्

  • Rajendra

    I suspect corrupt Nepali politicians and NEA authorities are selling electricity secretly (and cheaply) to India (India has huge demand for electricity) for decades. We have all seen how Nepali top politicians go to India with tail between their legs soon after they are in office.

    There is no sense of nationality in Nepal other than in words. People use big words of patriotism, politicians don’t spare any word. But when it comes to serving Nepali people, we seek to benefit ourselves and our family first. How can Nepal develop if people are not honest?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • सागर जी ले लेख्न खोजेको कुरो एस्तो हो :
    उमेश जी अरु अनलाइन हरु कमसेकम सरोकार वाला संग केहि फाइदा लिएर प्रायोजित समाचार लेख्छन कम्तिमा तपाई को ब्लग हेर्दा तेस्तो आभास हुदैन . उर्जा छेत्र येति भास्ट छ कि हरेक ले एसको अन्तर कुन्त जान्न सम्भब पनि छैन . डिल्लि जी ले तेत्रो लेखि सके पछि तपाइले स्थान नदिने कुरो पनि होइन .

    हुन त मलाइ यो सन्दर्भमा ५ पेज जतिकै बिबरड दिने इच्छा छ तर समय को पाबन्दी ले एकदम छोटकरीमा सम्पूर्ण बिबरड दिने प्रयास गर्ने छु .

    डिल्लि जी ले उठाएका हरेक प्रश्न हरु एक जना उरनठेउलो भर्खरै कलेज छिरेको बिद्यार्थी नेता ले उठाउने खालका छन् र प्राबिधिक हिसाब ले लगभग सबै प्रश्न हरु खारेज गर्दा पनि हुन्छा .

    बिद्युत भित्रका अनियमितता भन्दा पनि यसको बास्तबिकता तिर जाउँ.
    हामीले नै हो कालिगण्डकी १४४ mw को आयोजना लोड नभाको कारड्ले जम्मा ३० mw मा चलाएर बाँकी पानि खोला मा फालेको पनि . गर्नुहुन्छा के , स्वाभाविक यो २०६० देखि २०७० सम्म को बीच मा ब्यापक रुपमा जनता को जिबनस्तर मा आएको सुधार र मावोबादी द्वन्द वा अन्य कुनै कारड ले ७० mw को मध्ये मर्श्यान्दगी बाहेक लगभग सुन्य आयोजना थपिदा त्यो खालको बिद्युत आपूर्ति हुन नसक्दा दैनिक १८ घण्टा सम्म लोड शेदिंग भोग्नु पर्यो .
    बिस्तारै भारत को कटैया भन्ने बाट १३० mw को आयात भयो , केहि आयोजना बने र बन्ने क्रम मा छन् र आज लगभग लोड शेदिंग अन्त्य हुने अबस्था मा छ जसमा लगभग आधा हिस्सा भारत बाट आयात भएको बिजुलीको हिस्सा छ .

    विद्वान मित्र हरुले येति भनिसके पछि माग र आपूर्ति को सन्तुलन र येस्मा हुने डिस्टर्ब ले लोड शेदिंग हुने कुरो बुझिहाल्नु हुञ्छ.

    कुलेखानी : काठमान्डू बाट जम्मा २. ३ घण्टा को दुरी मा छ , आफै गएर देख्न सक्नुहुन्छा , लगभग ८ कि मि लामो मानब निर्मित फेवा ताल भन्दा ठुलो सरोबर छ , आज को यसको लेभल 1522.९६ म छ र भरिने १५३० मा हो . फनेल शेप हुने भएको ले तल छिटो भरिन्छा र माथि धेरै ढिलो . दुर्भाग्य यो वर्षा कुलेखानी मा पानि परेन वा डिल्लि जी को मा परेको पानि उहा ले कृपा गरेर कुलेखानी मा पथाइदिन सक्नु भएन . गर्नुहुञ्छ के अब ?

    राति को बिजुली : राति डिमनड लगभग ४० प्रतिशत मा झर्छ . बर्षात को बेला त राति लोड शेदिंग हुने कुरै भएन केहि प्राबिधिक गडबडी नभएको बेला बाहेक . हिउद मा तपाइले रात भरि पानि थुनेर लोड शेदिंग को चरम अबस्था परेको बेला दिउसो बत्ति दिन को लागि तेस्तो गरिञ्छ. तर बिगत २ वर्षा देखि तेस्तो छैन . प्राय जशो ठुला उद्योग हरु राति मा चल्ने गर्छन . बिजुली स्टोर गर्ने चिज होइन बरु पानि संचित गरेर पछि बिजुली निकाल्न सकिञ्छ.

    लोड शेडिङ्ग अन्त्य : अहिले सर्बाधिक चासो को बिषय हो यो . कालिगण्डकी १४४ को यो बर्षा सिजन मा scheduled maintenance मा गएको ले यो बर्षा मा हल्का लोड शेडिङ्ग भएको हो अन्यथा गत जेठ देखि नै लोड शेडिङ्ग अन्त्य हुने थियो . अहिले को तिहार ताका पोहोर को तिहार भन्दा लगभग २०० mw पावर थपिएको अबस्था छ , आयात सहित र यसमा ब्यबस्थापकीय अग्रशार्ता ले पनि केहि mw लोड घटना सहयोग पुगेको छ . देश भरि लोड शेडिङ्ग छैन र चाहेर पनि अहिले लोड शेडिङ्ग हुने अबस्था छैन , गर्नुहुञ्छ के , बरु केहि दिन अगि सम्म केहि mw बिजुली खेर गैरहेको स्थिति थियो . लोड शेडिङ्ग हटाउने अहिले परिछड को रुपमा भैरहेको छ र यो सफलता उन्मुख छ . मुलत कुलेखानी चलाएर लोड शेडिङ्ग हटाएको भन्ने झुट हो . एस्तो बोल्ड निर्डय लिन प्राधिकरड का MD कुलमान घिशिंग ले जुन अग्रसरता लिनु भएको छ त्यो सर्हानिय छ . लोड शेडिङ्ग हट्ने भनेको आयातित बिजुली ले नै हो मित्रहरु . दिर्घकालिन रुपमा लोड शेडिङ्ग हट्न २ वूटा विकल्प मात्र उपाय छन् : १) नेपाल भारत बीच को ग्रिड synchronizaton र वा २) कम्तिमा २०० mw जति को कुलेखानी जस्तो अर्को reservoir आयोजाना . यो अलिक complex engineering भएको ले अहिलेलाई येति नै .

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

    • डिल्ली

      शुशीलजीका जीवन स्तरका कुरा मान्ने हो भने १०० वाटका बल्ब हटाएर ५ वा ७ वाटका एलइडी चीम प्रयोग गर्दा घटेको मात्रालाई पनि हिसाबमा समेट्न छुटाउन मिल्दैन । ग्रामीण क्षेत्रका लघु विद्युत आयोजनाले केन्द्रीय प्रशारणको भार घटाएको हिसाबलाई पनि ध्यान दिनु पर्छ ।

      मर्मत संभारमा कति तदारुकता हुन्छ भन्ने कुरा बाटोको बीचमा खसेका तार र पोलहरू कति समय लगाएर उठाइन्छन् भन्नेले पनि मापन गर्छ । मर्मतको तिथिमिति वर्षामा पनि पर्छ कि हिउँदमा “मर्मत” गर्नुपर्ने भन्ने सूचना प्रसार गरेर लोडसेडिङ बढाइन्छ जवाफ कसले देला ? हवाइजहाजको पाङ्ग्रा त समयमा नफेर्ने कर्मचारी तन्त्रले तदारुकता साथ विद्युतगृह मर्मत गर्छ भन्ने कसले पत्याउला ?

      २ वटा फिडर प्रयोग गरी उद्योगलाई दिने बिजुली र घरका उपभोक्ताकहाँ काटेको गोप्य हिसाब कस्ले बताइ दिन्छ ? त्यो पनि भुल्न हुँदैन ।

      नीजि सोलार प्यानलले प्राधिकरणको बोझ कति घटाएका छन् त्यसको हिसाब शुन्यमै राखिएको छ भन्ने तथ्यलाई पनि लुकाउन हुँदैन ।

      पानीको मात्रा मैले थपिदिने भन्दा इन्द्रसरोवरलाई जोडिएका खोला र आसपासको भू-क्षयले वार्षिक कति पुर्छ र मध्य नेपालमा वार्षिकरुपमा कति वर्षा हुन्छ भन्ने तथ्यलाई लुकाउन र मोड्न भएन । साथै वर्षा याममै कुलेखानी रित्याउने कुकर्म हुन्छ भन्ने तथ्यलाई पनि ढाँट्न भएन ।

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • ललित कुमार तामाङ्ग

    आज सम्म बिद्युत प्राधिकरणमा विभिन्न चलखेल भएकै हो भनेर त्यति धेरै अगाडि देखिनै लेख्दै आउनु भएका व्यक्ति भन्ने हो भने डिल्ली पौड्याल ज्यु मात्रै हुनुहुदो रहेछ । हामी जनताहरु प्राधिकरण ले जे जस्ता रिपोर्ट दिए पनि बिस्वास गरेर बस्थ्यौ । लोड्सेडिङ्गको अर्को कारण के पनि हो भने बिधुत चोरि हुनु हो । बिद्युतमा यति धेरै चोरि तथा अनिमियतता हुन्छ कि त्यो तथ्य प्राधिकरणको कर्मचारीहरुलाई मात्रै थाहा होला । मिटर उल्टा घुमाएर पैसा थोरै तिर्न लाउथ्यो र त्यसो गरे बापत कर्मचारिले पैसा माग्थ्यो । बिदेश तिर अपार्टमेन्टको मिटर बिद्युत प्राधिकरणको अफिस मै हुन्छ, कम्प्युटर बाटै काट्ने र फेरि सुचारु गर्ने गर्छ,त्यो प्रणालि हाम्रो देश मा किन आउँदैन । कहाँ र कुन एरियामा पुग्दा कति खपत भयो र कति आफ्नो रेकर्ड भन्दा बाहिर गएको छ त्यो नियमित गर्ने प्रणालि ल्याउन सकिन्न र? अब साधारण बच्चाले पनि भन्न सकिन्छ कि यो लोड्सेडिङ्ग पुरै कृतिम हो भनेर । यो लेखको विरुद्ध कोही बोल्छन लेख्छन भने यति सम्झिनु कि त्यो व्यक्ति पहिलेको व्यवस्थापना भित्रका कर्मचारी वा प्राधिकरणका भुपु प्रबन्धकहरुका आफन्त, नाता गोता कोही हुन भनेर भन्दा केही फरक नपर्ला ।

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • शुरूकै कमेन्ट निदहरामहरूकाे पाे अाएछ त हन्मानजी !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • जुन सुकै बेला जति विध्धुत बाले नि पुग्छ तर यहाँ का भ्रष्टाचारी सोलार ब्यट्री ईनभटर कम्पनी संग मिलेर लोडसेडिगं गरेको हो

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Sabai kritim ra janata lai dark ma rakhera kamison khana palkeka neta mantri ra tinka rastrabadi party ko face chharlanga agadi aaisakeko chha.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • नेपालको अवस्थाको बारेमा नारायण श्रेष्ठले बिबिसी छोड्ने बेलामा एउटा अन्तर्वार्तामा भनेका थिए “यो देश त कसैले चलाकै छैन, यो त पशुपतिनाथको कृपाले चलिरहेको देश हो ” । वास्तवमा देश चलाउने ठेक्का लिएकाहरु नै मृत सम्मान छन् । ब्रह्म्मलुट छ जताततै । साँच्चै नै जसोतसो पशुपतिनाथकै कृपाले चलिराको छ हाम्रो देश।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Suman bhote

    kulekhani matrai ho re reserve garna sakne thau, that is…. water reserve = electricity reserve. i am not sure may be, small one two more…
    Others all flow river, if you use or not water will be used….
    so managing is, use reserve water only if you needed…
    khola sukeko bela yehi reserve bhayeko electricity use garne = water use garne…
    kulekhani chalaune, bandha garne bhayeko le, simple mathematics calculation le bhanna garo cha….
    dry season ma katiko load shedding hun6, herna baaki 6..
    dherai bayena bhane… good management mannupar6…
    direct jod ghatau le gardanai, leakage, chori…. le nai load shedding bhayo rahe6 bhanne bhujnu paryo aba….
    commission aaune baata haru…. load shedding ko bela factory lai 24 hrs electricity diyo… inverter/generator/solar baata teti commission aayena hola… because no body knew no load shedding possible….i mean janta ra businessmen..
    simple mathematics le gardani load shedding bhayeko ho… 500 MW pugena 10 ghanta kaat.. 400 pugena 8 ghanta kaat..sajilo upaye… le gardanai yesto bhayo… no one put his effort 400MW pugena kasari 4-5 hrs garne 8 ko satta…..
    Kulman sir le yehi gareko ho jasto lag6…. kasari kam garne, thopa thopa chuhabat bata nai kasari load shedding garne…..

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Hari Poudyal

    हैन हामी नेपाली के भएको होला. प्राधिकरणले बिजुली दिन थालेको छ, त्यसको प्रसंशा गरौ… कसरि दियो, कहाँबाट दियो, चोरेर दियो कि, लुटेर दियो कि, त्यो हाम्रो मतलबको कुरा भएन। जनताले बत्ति बाल्न पाए, त्यहि हो ठुलो कुरा …. कुलेखानी रित्याउनै आट्यो, मर्स्यांदीमा यो गर्यो भनेर नाना थरि आलोचना गर्नेलाइ मेरो प्रश्न – “आखिरी कुलेखानीको पानि रित्तियो भनेपनि हुने भनेको, त्यहि loadshading नै हो, जुन कुरा पहिले पनि भैरहेकै थियो।” भोको मान्छेलाइ कसैले १०० रुपैया “खाना खा” भनेर दियो भने, त्यो १०० रुपैया लाइ कसरि हुन्छ, धेरै दिन पुर्याउने तर्फ सोच्ने कि, एकचोटी मात्र पैसा दिएर हुन्छ? पछि पछि पनि दिन पर्दैन? भनेर कराउन थाल्ने। अचम्म छ बा….

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • Yo sabai Ghar Ghar Ma inverter fit garne ko chalkhel ho….commission Ma bikeko chan sabai

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • यो एकदम ठिक कुरो हो। सन २००४ तिर हामीले कालीगण्डकी जलविद्यूत को भ्रमण गर्दा दिउसो एउटा मात्र टर्वाईन संचालनमा मा हुन्थ्यो । बॉकी २ टर्वाईन किन बन्दछ भनी सोध्दा डिमान्ड न भएकोले भनीयो। पिक आवर (सॉझ) मात्र ३ वटै टर्वाईन संचालन हुने रहे छ।
    सम्पुर्ण नेपाली जनतालाई कृतीम ऊर्जा संकट भोग्न बाध्य पार्ने नेता र काला बजारी कर्ता हरूलाई कानुन को घेरामा ल्याउनु पर्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • यसरी बोलाएर एकजनालाई बुझाउनुभन्दा यहीँ लेख लेखेर सबैलाई बुझाउनुस् न सागरजी । जान्ने हक हामी सबैको छ नि । तपाईंलाई धेरै कुरा नजिकबाट थाहा छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • हाम्रो सस्थामा अनियमितता भएको भन्ने कुरो छिपाएर छिप्दैन । नेपालको सरकारी निकाय बाट जारी हुने तलब बाहेक सबै चेकमा अनियमितता छ । बिद्धुत प्राधिकरण मात्र फरक हुनै सक्दैन ।
      मेरो कुरो के हो भने यत्ती लेख्ने चेस्टा गरेपछी लेख्न खोजेको कुरा प्राबिधिक हो भने यो कसरी काम गर्छ भन्ने सामान्य आधार्भुत कुरा नबुझी लेख्ने हो त ! यत्ती बढी घोटाला हुन एक तह देखी एमडि सम्मन मिल्न्नु पर्छ ! यो यत्ती सजिलो सम्भभ छ त ? फेरि बिजुली कति उतपादन हुन्छ त्यो प्रासारण र बितरण र कन्जम्सन हुन पर्छ । पर सेकेन्ड म्यानेज गर्ने हो ।
      म लेख्दै छु । धेरै कुरा मेरो थेसिस सङ्ग मिल्ले भएकोले पेपर पनि बनाउदै छु । हेरौ !

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

      • sushil

        सरले मुख फोरी हाल्नु भो, अब एउटा लेख लेखिहाल्नुस यहि ब्लगमा हामी सप्पैजना कुर्दैछौं। कति बिजुलीका तार र खम्बा मात्रै हेर्ने हो, भित्रि काम कुरो पनि बुझौं न हामी पनि।

        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

      • निरज

        हाम्लाई तपाईको थेसिस संग के मतलब? त्यस्ता थेसिसका ठेली कति देखिए कति| तर लोडशेडिङ्ग किन घटेन? सरकारी कर्मचारीहरुले र एनजीओ वालाहरुले आफै अपारदर्शी बनाउन दिनहु लागिपरेको र फायदा उठाएको अनि आफै पारदर्शी भएन भनेर दाताको पैसामा बाहिर गएर थेसिस सेसिस लेखेको हामीले नजानेको हो र?
        एउटालाई बोलाएर बुझाउन भन्दा हामीलाई पनि सरल र सहज पारामा बुझाउनुस| प्राक्टिकल हुन् छैन तर थेसिसको दावी देखाउने? त्यस्तै नचाहिदा अहंकारले मुलुक अन्धकारमा रहेको हो भन्न किञ्चित पनि शंका रहेन| हामीले देख्यौ एकाउण्टेण्टहरु पनि आफुलाई जलश्रोत् बिशेषज्ञको लेबल लगाए|
        मांग र आपूर्ति के हो र त्यसको सन्तुलन कसरी मिलाउने र प्राधिकरणमा बसेका र उनका हाकिमहरुले किन केहि गरेनन? विगतका जिम्मेवारी लिएका कर्मचारी र हाकिमहरुलाई पनि यो प्रश्न गरिन पर्छ तर सागर ज्ञवालीजीले यो पनि थेसिसमा उल्लेख गर्नु भएकै होला?

        कि पर्नुभो तपाई पनि त्यहि संजालकै माखेजालमा?

        मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • न बिषयबस्तुको सामन्य जानकारी न सन्दर्भ बुझ्ने चेस्टा ! यस्तो हावामा उडेको लेख ! डिल्ली पौडेल – दुइ घन्टाको समय मिलाएर मलाइ भेट्नु । डिमान्ड, सप्लाइ र हाम्रो उत्पादन बारे बताउला ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • सार्वजनिक रुपमै जवाफ दिए पो सबले बुझ्न पाउँछन्, एक्लाएक्लै भेटेर अरुले बुझ्नु परेन? उनका प्रश्नको जवाफ यतै लेख्नुस् वा [email protected] मा पठाइदिनुस् न

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • अरुबारे पछि जवाफ दिनुहोला तर यो बारे जान्न चाहिँ अहिले नै खसखस भो – हाम्रो देशमा मध्यरातमा विद्युत खपत हुने कुन क्षेत्र छ र मध्यरातमा लोडसेडिङ गर्नु पर्ने आवस्यकता पर्छ होला ?

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • राजन उप्रेती

      अल्प ज्ञानी बाबुरो |
      माग र आपुर्तिको सिद्धान्त बुझ्न थेसिस लेख्नु पर्छ ?
      यहाँ उठाइएको मुल कुरो हो कृतीम अभाबको, त्यो बुझ्न अर्को थेसिस ठोक्ने हो कि ?

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • डिल्ली

      सागरजी, कुरा सागर जस्तै गरी गहिरो गरि तथ्य सहित आएको भए तपाईँको ज्ञान मान्न कर लाग्थ्यो । विषय वस्तुको ज्ञान र प्राविधिक विषयको नाम लिएर त यो भाँडभैलो मच्चाउन सफल छ प्राधिकरण । जसको एकलौटी उत्पादन छ । धान्नै नसकिने गरिको माग छ बजार छ । कतिपय विकसित देशको भन्दा महङ्गो मूल्य छ तर फेरि प्राधिकरण अरवौँको घाटामा छ । त्यो पनि बताउन नभुल्नु होला है !

      यसको पनि हिसाब शान्ति बताइ दिनुस् न ज्ञाता महोदय । खै कुन कुन बुँदा हावा हुन् त्यसको तथ्य सहित २ घण्टा हैन केवल १५ मिनट लगाएर लेखिदिनुस् न हामी जस्ता गवाँरको घैटोमा १६ मेगावाट बन्द हुँदा २ घण्टा लोडसेडिङ बढ्ने र ३२ मेगावाट थपिँदा १ घण्टा मात्र घट्ने सूत्र सहित । अनि मध्यरातको १२ बजे लोडसेडिङ गर्नै पर्ने बाध्यकारी अवस्था प्राधिकरणलाई के परेछ ? अनि त्यो लामो पहिलो मधेस आन्दोलन भरी नघटेको लोडसेडिङ आन्दोलन सकिने बित्तिकै १६ मेगावाट थपिने बित्तिकै १ घण्टा कुन हिसाबले थपिएछ त्यो पनि बुझाउन नबिर्सिनुस् है ।

      तपाईँको दाबी मुताविक तपाईँको प्रशिक्षण हामी जस्ता गवाँर सबै नेपालीलाई आवस्यक छ । विनासित्ति निःशुल्क प्रशिक्षण त्यो पनि २ घण्टाको किन दिनु हुन्छ ? सबैलाई छर्लङ्ग हुनेगरी १५ मिनटमा बुँदागतरुपमा यही बल्गमा दिनुभए तपाईँ जस्तो विज्ञको समय पनि खेर जाँदैन । प्रत्यक्ष भेटमा तथ्य सहित म उपस्थित भएँ भने मेरो (कु)तर्कका अघि तपाईँलाई पसिना छुट्ला कि ? तपाईँको सुकिलो रुमाललाई किन कष्ट दिनु २-२ घण्टा? प्राधिकरण तोडफोड हुँदा बढाइएको ठाउँ ठाउँको तथ्याङ्क पनि राख्न नभुल्नु होला है । किनभने भूमिगतरुपमा हुने गिरोहको चलखेल प्रत्यक्ष आन्दोलनका अघि निष्तेज हुन्छन् भन्ने त्यहाँका आन्दोलनकारीको मान्यता कि तपाईँहरूको आन्दोलनकारी प्रतिको सहानुभूति त्यो पनि जान्नु सबैले जान्नु छ ।

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

      • Sushil

        कृपया अध्यन को दायर फराकिलो बनाम , सब्दजाल प्रयोग गरेर मुर्ख नबनौ .

        मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • ९०% बेईमानहरुको बुद्धी पलाऊनु पर्यो नत्र ईमानी हरुले काम गर्न पाऊनु परो

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0