मेरो Tweet


यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
eXTReMe Tracker

पर्व संग सम्बन्धित समय सुधार गर्नै पर्ने हो त ?

-प्रकाशमान शिल्पकार-

प्रत्येक वर्ष हामीले परम्परागत संस्कार र नीति सनातनी आस्था, निष्ठा र विश्वासका साथ मनाउँदै आएका विभिन्न चाडपर्वहरु जस्तै – दशै, तिहार, तीज, राम नवमी, कृष्णाष्टमी, महाशिवरात्री तथा संक्रान्ती, पूर्णिमा, र अ्मावस्या लगायतमा पर्ने विशेष पर्व दिन एवं हाम्रो जन्मदिन मनाउने विशेष उत्सव नै पर्व हो।

शास्त्रीय नीतिनियम अनुसार शास्त्रनिर्दिष्ट शुध्द समयमा मात्र पर्वहरु मनाउनु पर्ने मात्र हैन पितृतर्पण कार्य समेत गर्नु पर्ने अन्यथा त्यस्को कुनै फल प्राप्त नहुने भन्ने शास्त्र प्रवर्तक ऋषिमुनिहरुले शास्त्रमा स्पष्ट व्याख्या गरिएको छ। अशुध्द समयमा चाड पर्वहरु, जन्मदिन मनायमा र पितृतर्पण कार्य गरिएमा निश्फल हुन गई त्यस्को प्रतिकुल प्रभाव समाज र राष्ट्रमा पर्न जान सक्छ।

हामी नेपालीहरुले विभिन्न समयमा मनाउँदै आएका विभिन्न चाड पर्वहरु के शुद्ध समयमा मनाउँदै आएका छौ त? अब हामीले यस तर्फ पनि गहन दृष्टि पुर्याई अध्ययन गर्नै पर्ने अवस्था आएको छ।

आदिकालदेखि हाम्रो समाजमा चल्दै आएका चाड पर्वहरुका तिथिमिती तोक्ने कार्य पञ्चाङ्ग निर्णायक समितिले गर्दै आएका छन् ।पञ्चाङ्ग निर्णायक समिती सौर्यमास र चन्द्रमासको कला (गति अनुसार) चाड पर्व निर्धारित गरिन्छन्। हाम्रो पञ्चाङ्ग र जन्मकुण्डलको गति र चन्द्रमासको र सौर्यमासको गति अनुसार चल्छ। सौर्यमण्डल र चन्द्रमासको गति अनुसार शुध्द समयमा चाड पर्व, व्रत उपासना भएन भने कुनै फल प्राप्ति हुने छैन र हाम्रो जन्मकुण्डलीको पनि कुनै अर्थ हुने छैन ।

पृथ्वीको गति, सौर्यमण्डलको गति र चन्द्रमाको गतिको आधारमा हुने २५८०० वर्षमा अयनांश चक्र पूरा हुने सिध्दान्त अनुसार ७०.६ वर्षमा प्रत्यक ऋतु एक दिन अगाडि सर्दै जाने भएकाले सायन संक्रान्ति र गणिगत संक्रान्ति याने प्रचलित संक्रान्तिहरु २४ दिन सम्मको फरक परिसकेको भन्ने ज्योतिषशास्त्रविद्हरुले अहिले यहाँ भनिरहेको अवस्था छ ।

सूर्य सधै एउटै बिन्दुमा उदाउँदैनन्। जब पूर्व बिन्दुमा सूर्य उदाउँछ त्यसको भोलिपल्ट सूर्य कि त त्यो बिन्दुभन्दा उत्तरतिर रहेको बिन्दुमा उदाउँछ कि त दक्षिणतिरको बिन्दुमा। यसरी ठीक पूर्व बिन्दुबाट २३.५ डिग्रीको दुरीमा रहेको उत्तरतिरको बिन्दुमा सूर्य जुन दिन उदाउँछ त्यसको भोलिपल्ट त्यही बिन्दुभन्दा दक्षिण तिरको बिन्दुमा सूर्य उदाएको देखिन्छ। त्यसबेला दक्षिणयान अयन सुरु हुन्छ।

यसरी क्रमश: आज भन्दा भोलि भन्दा पर्सि गर्दै झन झन दक्षिणतिर सूर्य उदाउँदै जान्छ। ६ महिनापछि सूर्य सबैभन्दा दक्षिणतिर रहेको बिन्दुमा उदाउन पुग्छ र त्यसको भोलिपल्ट फेरि त्यो भन्दा उत्तर तिरको बिन्दुमा उदाउँछ। जब सबै भन्दा दक्षिण तिरको बिन्दुमा सूर्य उदाइ उत्तर तिर लाग्छ त्यो बिन्दु उत्तरायण अयन सुरु हुने बिन्दु हो। त्यही बिन्दु नै उतरायण बिन्दु हो। यसरी नै यही गतिमा जब सूर्य कर्कट राशीको पहिलो अंशमा पुग्छ तब दक्षिणायनको प्रारम्भ हुँदै सूर्य आफ्नो गतिमा चलिरहन्छ।

यसरी गणितीय नीति अनुसार प्रत्येक सौर्य वर्ष ३६५ दिनको र चन्द्र वर्ष ३५४ को दिन हुँदा करिब ११ दिन फरक पर्दछ। यसै गणितीय नीति अनुसार तेस्रो वर्षमा पूरा १ महिना फरक पर्दै जाँदा सो फरक महिनालाई पञ्चाङ्ग निर्णय समितिले अधिकमासको नामकरण गरिन्छ र यस अधिकमास भरिमा कुनै पर्वहरु नमनाउने गरिन्छ। यो एक महिना अधिकमासको नाममा रहेको मलमासको कारणले चन्द्रमासको तिथिहरु सौरमास गते बाट एक महिना अघि पछि पर्ने गर्दछ। हामीले मान्दै आएका पर्वहरु चन्द्रमासको आधारमा र महिनाका गतेहरु सौर्यमासका आधारमा निर्धारित गरिन्छन्।
यस प्रकार सयन संक्रान्ती र गणितीय संक्रान्ती याने प्रचलित संक्रान्तिहरु हाल फरक पर्दै गइरहेको २४ दिनसम्मको परिधिलाई अधिकमासका नाममा मलमास व्यबस्था पञ्चाङ्ग निर्णायक समितिले हामीले मनाउने विभिन्न पर्वहरुको तिथिमिति मिलान गर्दै आएका छन् ।

चन्द्रमास लगायतको गति अनुसारको फरक पर्दै गएको दिन र समय अवधिहरुलाई यसरी मलमासको वैकल्पिक व्यबस्था गर्दै दिन तथा समयावधिलाई मिलान गर्दै आएको पर्वहरुको समय शुध्द नै छन् त भन्ने बिषयमा अब हामी सबैले सोच्ने र मनन गर्नै पर्ने अवस्था आएको छ।

भौगोलिक सिधान्त, गणितिय दिधान्त, अयनांश चक्र हुने सिधान्त एवं सौरमण्डलीय गति र चन्द्रमासको गतिका बिषयमा सम्बन्धित सरोकारवाला बिज्ञहरुले प्रस्त पार्दै वास्तविक यथार्थ बमोजिम हामी सबैले सहि तथा सुध्द दिन र शुध्द समय अवधिमा आफ्नो सनातनी परम्परा र कुल धर्म संस्कार अनुसार चाड पर्वहरु मनाउनु पाउनु पर्दछ।

सयन संक्रान्ती र विषुवत् संक्रान्ती याने प्रचलित संक्रान्तीका दिन र समयहरु परक पर्दै गएको वास्तविक यथार्थतालाई केही बिज्ञहरुले महसुस गर्दै नेपालमा आज भन्दा ५ दशक आगादी अर्थात २०२० सालमा ईतिहास शिरोमणी बाबुराम आचार्यजीको अध्यक्षतामा पञ्चाङ्ग सुधार समिति बनेको इतिहास हामी संग नभएको भने हैन। तर पनि त्यो पञ्चाङ्ग सुधार समिती समितिमा मात्र सिमित भै पञ्चाङ्ग पर्व समयमा कुनै सुधार गर्न सकिएन वा भनौ गर्न गरिएन।

यसरी सयन संक्रान्ती र विषुवत् संक्रान्ती याने प्रचलित संक्रान्तीका दिन र समयहरु परक पर्दै गएको वास्तविक यथार्थतालाई केही बिज्ञहरुले महसुस गर्दा गर्दै पनि वा भनौ त्यसको ज्ञान हुँदा हुँदै पनि हामीलाई फरक परेको दिन र अशुध्द समयमा पर्व मनाउन लगाएको र मनाउँदै आएको तीतो सत्यतालाई मनन् गर्दै आज भन्दा एक दशक अगाडि पञ्चाङ्ग निर्णायक समितिका तत्कालीन अध्यक्ष प्रा.डा. श्री मङ्गलराज जोशीजी समेतको सहमति र अग्रसरतामा २०६१ सालमा विभिन्न समिति र उपसमितिहरु गठन गर्दै स्थायी अयन वर्षसम्मको अध्ययन तथा पर्व सुधारको अभियानको थालनी भै विभिन्न सरोकारवाला धार्मिक संघ संस्थाका ६६ जना प्रतिनिधि सहभागितामा भएको विशेष ज्योतिषिय गोष्ठीले ” अधिकमासको एक महिने हद पर्वहरुले उलङ्घन गरेको र अयन विषुवत् सिङ्गो एक पूर्णिमा अवधी नै सरिसकेको अवस्थामा पनि प्रचलित पचाङ्ग (पात्र) अनुसार नै हामीले पर्व मनाउनु नहुने र मनाउँदा राम्रो फल प्राप्त नहुने एवं लक्षित उद्देश्य पूरा समेत गर्न नसकिने ठहर गर्दै गरेको ज्योतिषिहरुको ठहरलाई तत्कालीन नेपाल सरकारले आत्मसाथ गर्दै संस्कृति पर्यटन तथा नागरिक उ्ड्यान मन्त्रालय बाट २०६३ सालमा एउटा छुट्टै राष्ट्रिय मान्यता प्राप्त “पर्व सुधार राष्ट्रिय कार्यदल” नै गठन गरी सर्वसाधारण जनमानसमा कुनै अन्यौल नहुने र अन्यौल नगरी प्रचलित सिद्धान्त र ज्योतिष शास्त्र र सनातनी धर्म शास्त्रलाई यथावटै राखी ऋतु बिग्रीएको अयन विषुवत् संक्रान्ति दिन तथा पर्वलाई‍ बिग्रिएको हदसम्म परिवर्तन गर्न गराउनु पर्ने सुझावसहितको प्रतिवेदन पर्व सुधार राष्ट्रिय कार्यदलले ०६४ सालमा नै नेपाल सरकारलाई बुझाएको थियो। यही प्रतिबेदनलाई बैज्ञानिक निश्कर्ष मानेअनुसार बि.सं. २०६५ पौष १६ मा बि. सं. २०६७ बैशाखमा परेको अधिकमासको सहायतता लिई बि. सं. २०६६ चैतबाट एक महिना वरदेखि लागू हुने गरी प्रचलित पञ्चाङ्ग प्रणालीमा आवश्यक सुधार गर्ने निर्णय तत्कालीन नेपाल सरकारले गरेको थियो। परन्तु त्यसबेला त्यो निर्णय विविध कारणहरु बाट कार्यरुप लिन सकेन र पर्व सुधार कार्यान्वयनको त्यो निर्णय मन्त्रिपरिषदको कार्यालयको दराजमा नै आजसम्म थाती रहेको छ।

पर्व सुधार राष्ट्रीय कार्यदलले पेस गरिएको प्रतिबेदन अनुसार प्रचलित पञ्चाङ्गमा आवश्यक सुधार गर्ने निर्णय नेपाल सरकारले कार्यान्वयन गर्न नसकी निर्णय नै थन्किरहेको अवस्थामा पर्व सुधारका अभियन्ताहरुले अहिले प्रचलनमा रहेको पञ्चाङ्ग( पात्र) मा प्रतिबेदन मुताबिक समयानुकुल परिमार्जन गरि पर्वहरु सुधार गर्नु पर्ने भन्दै सरकार, पञ्चाङ्ग निर्णायक समिती लगायत सरोकारवाला सवैलाई नैतिक दवाब दिन प्रचलित पात्रमा तोकिएको तिथिमितिको भन्दा ठिक एक महिना अगाडि नै पर्वहरु मनाउने अभियान एक दशकदेखि चलाउँदै आएका छन्। पर्व सुधारको अभियान ” पर्व सुधार राष्ट्रीय कार्यान्वयन समिति, नेपाल” ले संस्थागत रुपमै नेतृत्व गर्दै आएका छन ।

प्रचलित पञ्चाङ्ग अनुसार असोज २५ गते परेको ०७३ को बिजया दशमीलाई त्यसको ठिक एक महिना अगादी याने भाद्र २६ गते नै पर्व सुधार अभियन्ताहरुले जमरा टीका लगाई रमझम गर्दै मनाएको खवरहरु पत्रपत्रीकामा आएका छन्। जबकी पञ्चाङ्गमा तोकिएको असोज २५ गते मात्र अधिकांस जनसाधारणहरुले दशै पर्व मनाए। अचम्मको र आश्चर्यको कुरा के छ भने भाद्र २६ गते नै दशै मनाउने पर्व सुधारका अभियन्ताहरुले पनि दोहोरो अर्थात दुई दुई पटक दशै पर्व रमझम गर्दै मनाएको कुरा स्वयम् पर्व सुधारका अभियन्ताहरु बताउँछन्।

अधिकमासको एक महिने हद पर्वले उलङघन गरेको र अयन विषुवत् सिङगो एक पूर्णेमा अघि सरेकाले प्रचलित पात्र अनुसार दशै लगायत पर्वहरु मनाउँदा फल प्राप्त नहुने र अशुद्ध समयमा पर्व मनाउन हुँदैन भनेर त्यसको एक महिना अगाडि नै दशै पर्व मनाएर शुध्द समयमा दशै मनाएको भन्ने पर्व सुधारका अभियन्ताहरुले पात्रमा तिकिएको तिथिमिती र गतेमा पुन: दोहोरो दशै पर्व मनाउँदा दशै पर्वको महत्व र विषेशता, धर्म संस्कार एवं पर्व र समाजमा के कस्तो प्रभाब पर्दछन् यो सोचनिय बिषय छ ।

सनातनी नेपाली समाजमा र धर्म संस्कारहरुमा पश्चिमी आयातित धर र त्यसका विस्तारबादी अनुयायिहरुले ड्लरको बलबुता एवं चलखेलमा यहाँका विभिन्न परम्परागत धर्मालम्बिहरुलाई विभिन्न लोभ प्रोलोभन र शब्दजालमा फसाउँदै कुल परम्परालाई लात हान्न लगाउँदै धर्म परिवर्तन गराउँदै यहाँ धरमान्ततण गर्नेहरुको संख्याबृद्धी गराउँदै सनातनी धर्म संस्कार लाई कमजोर पार्दै गएका छन् अर्को तर्फ सनातनी सनातनी बिचमा पनि विभिन्न गुत उपगुत जस्तोकी – बैष्णवी , कृष्णप्रणामी, ब्रम्हकुमारी राजजयोग् तथा ज्ञान गंङ्गा लगायत बिभिन्न धार्मिक संप्रदायहरु सिरजना गर्दै सनातनिहरुलाई सनातनिले नै धर्म आस्थामा र संस्कारहरुमा बिभाजन गराउँदै आफ्नै सनातनि धर्मलाई कमजोर बनाएर आफ्नो परम्परागत कुलधर्म संस्कारलाई अन्यत्र मोड्ने काम यहाँ भैरहेका छन् ।

अर्को एउटा समूह ” अहिम्सा परोधर्म ” को नारा लगाउँदै परम्परागत रुपमा वैदिक- तन्त्रनिर्देशित संस्कार अनुसार चल्दै आईरहेको अलि बलि पुजाको अन्त्य हुनु पर्छ भन्दै अलि बलि पुजाको संस्कार नभएका अनि त्यस्तो संस्कारमा नहुरकेका तथा त्यस्तो समाज भन्दा बाहिर बाट आएकाहरुले बलि प्रथा बिरोधी अभियान चलाउँदै यहाँका परम्पराबादी सनातनिहरुमा एक आपसमा मनमुताब र फुट ल्याउने कार्य गरेर नेपालको सनातनी धर्म, पर्व संस्कार्गरुमा प्रतिकुल प्रभाव पार्दै आएको वर्तमान अवस्थामा त्यो अवस्था र कार्यलाई प्रचलित पात्रमा पर्व संग सम्बन्धित समय सुधार गर्नु पर्ने र नपर्ने भन्ने बिवाद उब्जाएको कारणले एउटै सालमा दोहोरो दशै लागायत पर्वहरु मनाउनाले सनातनी धर्म संस्कारलाई कमजोर एव बिच्लित पार्न थप उर्जा दिन्दै आएको हामी यहाँ हेर्न र बुझ्न सक्छौं ।

पर्व सुधार राष्ट्रीय कार्यदलको त्यो प्रतिबेदनलाई सरकारले आज सम्म नत: गलत सावित गरेको छ नत: प्रतिबेदन अनुसारा कार्यान्वयन नै गराउन सकेको छ । पञ्चाङ्ग निर्णायक समितीभित्रकै ज्योतिषिहरु समेतको सहभागितामा गहन अध्यन र अभ्यास गरि बैज्ञानिक तरिकाले तयार पारेको प्रतिबेदनलाई पञ्चाङ्ग निर्णायक समितिले हाल सम्मको पञ्चाङ्गमा समाबेस गरि सनातनी जनसाधारणमा बिवाद रहित अवस्थामा सहि तिथिमिती र शुध्द समयमा पर्व मनाउन दिन नसक्नु नेपाल सरकार तथा पञ्चाङ्ग निर्णायक समितिको कमजोरी हो कि पर्व सुधार राष्ट्रिय कार्यदलको प्रतिबेदन नै गलत हो ?

3 comments to पर्व संग सम्बन्धित समय सुधार गर्नै पर्ने हो त ?

  • Rishi Adhikari

    सौर्य पात्रो दुइ प्रकार क हुन्छन. एउटा लाई अंग्रेजी मा seasonal calender भनिञ्छ भने अर्कोलाई sidereal calender भनिञ्छ. पश्चिमा पात्रो seasonal calender हो. यो पात्रो मा एक वर्ष ठ्याक्क ऋतु दोहोरिदा हुन्छ. Sidereal calender पृथ्वी बाट आकाश का बिशेष ताराहरु को position दोहोरिने समय सम्म मा एक वर्ष हुन्छ. यो भनेको ठ्याक्कै पृथ्वी ले सुर्य लाई घुम्न लागेको समय हो. यी दुइ पात्रोमा एक वर्ष मा २०/२५ मिनट को फरक हुन्छ. लगभग २५७०० वर्षमा एक वर्षको फरक हुन जानछ. हाम्रो चन्द्र मास पनि सौर्य मास मा समायोजन गर्दा मलमास क्षयमास आदि निस्कन्छ. यो निकै बैज्ञानिक छ. यदि पृथ्वीले सूर्यलाई एक फन्को मार्न लाग्ने समयलाई एक र वर्ष मान्ने हो भने हाम्रो पात्रो एकदम सहि छ. हैन रितुहरुलाई हाम्रो पात्रोमा adjust गर्ने हो भने दुइटा फरक परिभाषा भएका कुरालाई मिलाउन खोज्दा झन् ज्यादा error हुन्छ. त्यसैले हाम्रो पात्रो जस्तो छ तेस्तै छोडिदिए ठिक हुन्छ. आज भन्दा १३००० वर्ष पछाडी अषार जाडो महिना मा परे के फरक पर्छ?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • Rudra Pun

    एकै बर्षमा त्यत्रो दिन सार्नु भन्दा एक या दुई दिन प्रति बर्ष (१२ देखि २४ बर्ष सम्म ) सार्नु उत्तम होला कि त ?

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Shankar

    लेखक ज्यु
    नया नेपाल ले कुम हल्लाउने प्रचण्ड बाजे र जुँगा हल्लाउने बाबुराम बाजे पाएको छ | बिकास को घोडा बेस्कन दौडेर दिल्ली पुग्न थालिसक्यो | उनीहरुको आफ्नै पंचांग ,पात्रो ,पथ छ , तेही नै चल्छ अहिले नया नेपाल मा | अरु चल्दैन , जोड न गर्नुस |

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

Leave a Reply