“मलाई नेपालबाट परिवार र साथीभाइको फोन आएर हैरान भइसक्यो। लौ न यस्ता फेक न्युजबारे केही लेखिदिन पर्यो”
अमेरिका बस्ने एक जना नेपालीले माइसंसारलाई आग्रह गर्दै लेखेको सन्देश हो यो। केही दिन यता फेसबुकमा यस्ता फेक न्युजको संख्या बढ्दो छ। नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म नेपाल शब्द उच्चारण गर्दै वा लक्षित गर्दै केही भनेका वा गरेका छैनन्। तर फेसबुकमा हेर्दा त लाग्छ, ट्रम्पले नेपालीहरुलाई नै सम्बोधन गरी भनेका छन्- तिमीहरु आफ्नै देश जाऊ, हाम्रो देशमा बस्न पर्दैन। सात वटा उदाहरण हेरौँ फेसबुकमा देखिएका फेक न्युजका।

President Donald Trump shows his signature on an executive order on the Keystone XL pipeline, Tuesday, Jan. 24, 2017, in the Oval Office of the White House in Washington. (AP Photo/Evan Vucci)
यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ओरिजिनल फोटो हो। अब यसैमा फोटोसप गरेर फेसबुकमा मच्चाइएका फेक न्युजका उदाहरण हेर्नुस्-
फेक न्युज नम्बर १
फेक न्युज नम्बर २
फेक न्युज नम्बर ३
फेक न्युज नम्बर ४
फेक न्युज नम्बर ५
फेक न्युज नम्बर ६
फेक न्युज नम्बर ७
के नेपालीलाई साँच्चै रोक लागेको हो त ?
हैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सात वटा मुस्लिम देशका नागरिकलाई अमेरिका आउनबाट रोक्न भनेको हो। त्यो पनि अदालतले अन्तिम फैसला नहुन्जेल लागू नगर्न अन्तरिम आदेश जस्तै दिइसकेको छ। ट्रम्पको आदेशले इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनबाट आउने कुनै पनि यात्रीहरुलाई अमेरिका प्रवेश गर्न रोक लागेको थियो। उनको आदेशले शरणार्थी स्वीकार गर्ने कार्यक्रम पनि १२० दिनको लागि निलम्बन भएको थियो भने सिरियाली शरणार्थीमाथि त अनिश्चितकालीन प्रतिबन्ध लगाइएको थियो। उनको नीति भने आप्रवासी विरोधी नै हो।
के नेपालीलाई आफ्नै देश जाऊ भनी धम्की दिइएको हो?
अमेरिकाको Weslyan college मा अध्ययनरत एक नेपाली रिया अधिकारीको डोर्म रुममा “Go Away Immigrant #Trump” लेखिएको कागज टाँसिएको थियो।
उनले फेसबुकमा यसबारे पोस्ट गरेपछि हजारौँ प्रतिक्रिया आएका थिए र समाचार समेत बनेको थियो। यहाँ क्लिक गरी पढ्नुस्।
तर अहिले रिया अधिकारीको फेसबुकमा त्यो पोस्ट हेर्न पाइँदैन। यसबाहेक अरु नेपालीलक्षित केही पनि धम्की/आक्रमण फेकन्युजमा जस्तो भएको सार्वजनिक भएको छैन।
We received VISA for 5 years on February 7th.
मन परे हरियो नपरे रातो !
0
0
आप्रबासीहरुलाई निरुत्साहित गर्ने नीति छ वर्तमान अमेरिकी रास्ट्रपतिको | तर यसैको आधारमा नक्कली समाचार बनाएर केहि नेपालीले नेपालीहरुलाइ आतंकित पारिरहेछन | यस्तो समाचारहरुको आयु धेरै लामो हुदैन |
मन परे हरियो नपरे रातो !
1
2
“फेक न्युज नम्बर ६” को टाईटल पढेर कति हास्नु , हासेरै मर्छु होला म त |
मन परे हरियो नपरे रातो !
1
2
फेक होस् कि सत्य, कुरा त राम्रो छ हौ मित्र…. अब जम्मै नेपालीहरु डिपोर्ट भएर नेपाल आए भने त हाम्रो नेपाललाई ३ वर्ष भित्र मिनी अमेरिका बनाउने छन् | उताको भौतिक सुविधा नेपालमा खोज्दा पाउने होइनन, अनि कि चोरी, चकारी, बन्दुक बोकेर हिन्ने, मार्ने, लूटने गर्नु पर्यो कि त जोड तोडले अमेरिकी सिस्टम लागू गरेर मान्छेहरुलाई रात दिन काम गर्ने बनाउनु पर्यो | यस्तो शुभ कार्यमा ढिलाई किन फेरी ? ट्रंप साप ! २०१७ भित्र सबै नेपाली दाजुभाई दिदि बहिनीहरुलाइ वान वे टिकट काटी दिएर भए पनि स्वदेश फिर्ता पठाई दिनुस है ….हामीलाई, अर्थात भूकम्पले जर्जर पारेको नेपाललाई अमेरिकामा कठोर तालीम प्राप्त देश प्रेमी नेपालीहरु को ठूलो आवश्यकता छ अहिले…..जति छिटो उनीहरु आइपुग्छन, उति छिटो नेपालमा आर्थिक उन्नति हुनेछ …..जय नेपाल, जय ट्रंप साप !
मन परे हरियो नपरे रातो !
2
1
अमेरिका जान न पाएका ड़ाडे नेपालीको हल्ला हो त्यो , धेरै नेपालि को काम नै दलाली गर्ने , राजनीति गर्ने , डाडो गर्ने , हल्ला गर्ने | तेस्को बाउ ट्रंप ले किन नेपालि को बारेमा बोल्छ ?
हो नेपाल मा येस्तै फितलो सरकार भए आजको ३० बर्स मा नेपाल मा आधी मुसलमान जनता भएर नेपाल मुस्लिम रास्ट्र हुन्छ ( न भुलाउ ५ को २५ , कम्तिमा ५-६ बच्चा , हेरौ इन्डिया )
अनि डोनाल्ड ट्रंप को छोरा ले नेपालि लाइ ब्याण्ड गर्छ |
मन परे हरियो नपरे रातो !
4
2
religious kura bahek sabai kura 100% right bro.agreed…..
मन परे हरियो नपरे रातो !
0
1
अमेरिकामा बसेका नेपालीप्रति यतिविघ्न अनुदार , रिसराग किन गर्नुपरेको होला नेपालीले? मैल त कुरै बुझिन।
मन परे हरियो नपरे रातो !
0
0
That Lady (Riya Adhikari) must be a Hillary’s Supporter. She must have written herself so-called #Trump Sticker and posted in Facebook. Perhaps, this is the reason she deleted post scaring she might get fraud charges.
मन परे हरियो नपरे रातो !
2
6
फेक समाचारलाइ कारबाही गर्छ रे ? कसको बाउले ?
ट्रम्पु आफै फेक समाचार फैलाएर जीतेको हो । नत्र हीलरीले तेस्को चा.. सेकेकी थीईन् । तेसोत पहीला ट्रम्पु कुजात् लाइ जेल जानु पर्ला नी त ।
नेपालको भ्यागुतोलाइ के थाहा अमेरिकामा सबैलाइ कानुन बराबर लाग्छ भनेर । तेस्माथि यो बबुरो त हावादारी ट्रम्पुको पुच्छर पनी रैछ ।
मेरो सल्लाह : जान्नेले कनी कनी किन अंग्रेजि लेख्नु ?
मन परे हरियो नपरे रातो !
4
2
केहि समय अगाडि अलि कम भएको जस्तो लागेको थियो तर फेरि फेक न्युजको आतङक बढ्न थालेको छ! जती भन्दा पनि लागेन मान्छेहरुलाई, सेयर गर्न छोडेनन। अब अथोरिटिलाई पनि झस्का दिनु पर्ने भो!
मन परे हरियो नपरे रातो !
0
0
फेंक समाचार लेखनेले आफ़नो नैतिकतालाई हेरून, नचाहिदो र आधारहीन समाचारले भ्रम सृजना गरछ ।
मन परे हरियो नपरे रातो !
0
0