यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कलाकारपछि अब साहित्यकारलाई परिचयपत्र बाँड्ने तयारी, दुई किसिमको हुनेछ परिचयपत्र- सामान्य र विशिष्ट

कलाकारलाई परिचय पत्र बाँड्दा भएको लफडा त तपाईँहरुले बिर्सनु भएको छैन होला। कलाकारलाई विशिष्ट, वरिष्ठ र सामान्य गरी तीन किसिमको परिचय पत्र बाँडिएको थियो। यसको विरोधमा कान्तिपुरले कलाकारको अपमान ! शीर्षकमा सम्पादकीय लेख्दै भनेको थियो- ‘कलाकारको मूल्यांकन गर्ने दर्शकको काम हो । र, कसलाई कुन स्थान दिने उनीहरूको छनोटको विषय हो । कुनै दर्शकलाई राम्रो लागेको र वरिष्ठ ठानेको कुनै कलाकार अर्काेका लागि नराम्रो र कनिष्ठ हुन सक्छ । त्यसैले पनि यो दर्शकको नितान्त व्यक्तिगत छनोटको विषय हो । विशिष्ट, वरिष्ठ, सेलिब्रेटी को हो र होइन भनेर छुट्याउने काम दर्शकको हो, राज्यको हुनै सक्दैन । कलाकारलाई वर्गीकरण गर्ने कार्य कुनै पनि हालतमा राज्यको तजबिजीको विषय हुँदैन र हुनु पनि हुँदैन । अझ लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा त यस्तो तजबिजी गर्ने छुट हुनै सक्दैन।’

अब यस्तै परिचय पत्र साहित्यकारलाई पनि बाँड्ने तयारी भइरहेको छ। साहित्यकार भने दुई किसिमका मात्र हुनेछन्- सामान्य र विशिष्ट। यसका लागि कार्यविधिसमेत बनिसकेको रहेछ। ‘लेखक/साहित्यकार’ भन्नाले नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रमा आबद्ध स्रष्टाहरु र ती विषयहरुका अनुसन्धानकर्ताकहरुसमेत सम्झनु पर्छ भनेर कार्यविधिमा लेखिएको रहेछ।

परिचय पत्र बाँचुन्जेलमात्र हैन मरिसकेपछि पनि काम लाग्ने रहेछ। परिचय पत्र प्राप्त साहित्यकारहरुलाई विरामी भएमा औषधोपचार तथा राज्यका विभिन्न निकायहरुबाट प्राप्त हुन सक्ने सहुलिएत सुविधा तथा राष्ट्रिय सम्मानको लागि सिफारिस गर्ने रहेछ भने परिचय पत्र प्राप्त साहित्यकारहरुलाई मरणोपरान्त राष्ट्रिय सम्मानको लागि मन्त्रालय समक्ष सिफारिस गर्ने काम पनि हुने रहेछ।

भाषा, साहित्य, संस्कृति, समाज शास्त्र, दर्शनहरुमध्ये कुनै एक विधामा लेखक साहित्यकारहरुले कम्तीमा ४० वर्ष निरन्तर रुपमा साधना गरेको वा ६० वर्ष उमेर पुगेकाको हकमा विशिष्ट स्रष्टाका रुपमा परिचय पत्र प्रदान गरिने रहेछ भने ४० वर्ष भन्दा कम र कम्तीमा २५ वर्ष साधनारत लेखक साहित्यकारहरुलाई लेखक/साहित्यकारका रुपमा परिचय पत्र प्रदान गरिने रहेछ।

हेर्नुस् कार्यविधि

नेपाल प्रज्ञा प्रतिष्ठान
लेखक/साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधि -२०७३

प्रस्तावना :
साहित्य सर्वजनीय विधा हो र साहित्यकारहरु राष्ट्रका निधि हुन । यिनीहरुले साहित्यका माध्यमबाट जीवन र जगतलाई केलाउँदै सफल जीवन जिवउनका लागि मार्गनिर्दिष्ट गर्छन । यसर्थ नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्र लगायतका क्षेत्रका लेखक, साहित्यकार, अनुसन्धान कर्ताहरुलाई उनीहरुले तत्तत् क्षेत्रमा रहेर राष्ट्रलाई पु¥याएकोे योगदानको समुचित कदर गर्न यस्ता साहित्यकार तथा स्रष्टाहरुलाई परिचय पत्र प्रदान गरी सम्मान गर्न वाञ्छनीय देखिएकाले नेपाली भाषा र नेपालमा बोलिने सबै मातृभाषी लेखक तथा साहित्यकारहरुमा समेत यो कार्यविधि लागु हुने गरी नेपाल प्रज्ञाप्रतिष्ठान नियमावली २०६७ को परिच्छेद १२ को नियम दफा ५५ अनुसार साहित्यकार परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७३ बनाइएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ :

(क) यस कार्यविधिको नाम साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधि २०७३ रहेको छ ।
(ख) यो कार्यविधि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृत भएपछि प्रारम्भ हुने छ ।

२. परिभाषाः

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा –

(क) लेखक/साहित्यकार’ भन्नाले नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रमा आबद्ध स्रष्टाहरु र ती विषयहरुका अनुसन्धानकर्ताकहरु समेत सम्झनु पर्छ ।
(ख) ‘प्रतिष्ठान’ भन्नाले नेपाल प्रज्ञाप्रतिष्ठान सम्झनु पर्छ ।
(ग) ‘परिचय पत्र’ भन्नाले यस कार्यविधि अनुसार वितरित साहित्यकार परिचय पत्र सम्झनु पर्छ ।
(घ) ‘कार्यविधि’ भन्नाले लेखक÷साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधि २०७३
(ङ) ‘समिति’ भन्नाले साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधि २०७३ अनुसार गठित समिति सम्झनु पर्छ ।
(च) ‘संयोजक’ भन्नाले लेखक÷ साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधि- २०७३ का संयोजक सम्झनु पर्छ ।
(छ) सदस्य’ भन्नाले लेखक÷साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधि -२०७३ का सदस्य सम्झनु पर्छ ।

३. उद्देश्यः यस कार्यविधिको उद्देश्य देहाय बमोजिम रहेको छ :
(क) भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्र मार्फत राष्ट्रमा पु¥याएको योगदानको कदर स्वरूप साहित्यकार परिचय पत्र वितरण गर्न ।
(ख) भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्र लेखन तथा अनुसन्धान मार्फत समाज, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा देशको पहिचान गराएवापत कदर गर्ने ।
(ग) भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र दर्शन क्षेत्रमा पु¥याएका योगदानको कदर गर्नका लागि राज्यका तर्फबाट सम्मान एवं सुविधा उपलब्ध गराउन सिफारिस गर्ने ।

४. लेखक/साहित्यकार परिचय पत्र वितरणमा प्रतिष्ठानको काम, कर्तव्य र अधिकार

(क) लेखक/साहित्यकारहरुको विवरण अद्यावधिक गर्ने ।
(ख) सिफारिस समितिको सिफारिसको आधारमा साहित्यकारहरुको श्रेणी वर्गीकरण सहित परिचय पत्र जारी गर्ने र नवीकरण गर्ने ।
(ग) समितिको कामकारबाईप्रति उल्लिखित क्षेत्रका लेखक साहित्यकार तथा अनुसन्धानकर्ताबाट आएका गुनासो सुन्ने ।
(घ) परिचय पत्रको दुरुपयोग भएको पाइएमा जाँचबुझ गरी त्यस्तो परिचय पत्र खारेज गर्ने ।
(ङ) परिचय पत्र प्राप्त साहित्यकारहरुलाई विरामी भएमा औषधोपचार तथा राज्यका विभिन्न निकायहरुबाट प्राप्त हुन सक्ने सहुलिएत सुविधा तथा राष्ट्रिय सम्मानको लागि सिफारिस गर्ने
(च) परिचय पत्र प्राप्त साहित्यकारहरुलाई मरणोपरान्त राष्ट्रिय सम्मानको लागि मन्त्रालय समक्ष सिफारिस गर्ने ।
(च) परिचय पत्र वितरण सम्बन्धी अन्य कामहरु गर्ने ।

५. लेखक / साहित्यकारहरुको वर्गीकरण साहित्यकारहरुको वर्गीकरण विधागत रूपमा देहाय बमोजिम गरिने छ :

(क) भाषा
(ख) साहित्य
(ग) सामाजिक शास्त्र
(घ) संस्कृति
(ङ) दर्शन

६. परिचय पत्रको श्रेणी :

(क) विशिष्ट लेखक/साहित्यकार
(ख) लेखक/साहित्यकार

७. परिचय पत्र वितरणका न्यूनतम मापदण्डहरुः परिचय पत्र वितरणका मापदण्डहरु बर्गीकृत बमोजिम श्रेणीका लागि देहाय बमोजिम हुनेः–

(१) (क) विशिष्ट लेखक/साहित्यकारः
भाषा, साहित्य, संस्कृति, समाज शास्त्र, दर्शनहरुमध्ये कुनै एक विधामा लेखक साहित्यकारहरुले कम्तीमा ४० वर्ष निरन्तर रुपमा साधना गरेको वा ६० वर्ष उमेर पुगेकाको हकमा विशिष्ट स्रष्टाका रुपमा परिचय पत्र प्रदान गरिने छ ।

(ख) लेखक/साहित्यकारः
४० वर्ष भन्दा कम र कम्तीमा २५ वर्ष साधनारत लेखक साहिरुत्यकारहरुलाई लेखक÷ साहित्यकारका रुपमा परिचय पत्र प्रदान गरिने छ ।

८. परिचय पत्रको लागि दरखास्त दिनु पर्नेः
परिचय पत्र लिन चाहने लेखक÷साहित्यकारहरुले आप्mनो पहिलो कृति सहित अनुसूचि १ बमोजिमको ढाँचामा संस्कृति मन्त्रालयमा वा मन्त्रालयले तोकेको निकायमा दरखास्त दिनुपर्ने छ ।

९ परिचय पत्र सिफारिस समितिः
(१) परिचय पत्र वितरण गर्ने प्रयोजनको लागि सिफारिस गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानमा देहाय बमोजिम एक परिचय पत्र सिफारिस समिति गठन हुने छ ।
(क) नेपाल प्रज्ञा–प्रतिष्ठानले तोकेको प्राज्ञ परिषद् सदस्य – संयोजक
(ख) नेपाल प्रज्ञा–प्रतिष्ठानले तोकेको महिला सहितको तीन जना विज्ञ–सदस्य
(ग) नेपाल सरकार, संस्कृति मन्त्रालय संस्कृति महाशाखाका प्रमुख–सदस्य
(घ) मातृभाषीहरुमध्येका विज्ञ एक जना –सदस्य
(ङ) नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रशासन प्रमुख –सदस्य–सचिव

(२) उपनियम १ को खण्ड (ग) बमोजिमको सदस्यहरुको पदावधि ४ वर्षको हुने छ ।
(३) प्रतिष्ठानले आवश्यक ठानेमा सम्बन्धित विषयका विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्ने छ ।

१० परिचय पत्र प्रदान गर्ने निकायः
(क) नेपाल सरकार,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा निजले अख्तियारी दिएको निकाय ।
(ख) परिचय पत्र दिने नदिने बारे अन्तिम निर्णय परिचय पत्र प्रदान गर्ने निकायले गर्ने छ ।

११. परिचय पत्र सिफारिस समितिको काम, कर्तव्य र अधिकारः
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने छ :
(क) लेखक/साहित्यकारहरुले परिचय पत्रका लागि अनुसूची १ बमोजिम भरेको फाराम एवं व्यक्तिगत विवरण अध्ययन गरी नियम ८ तोकिएको न्यूनतम आधार र मापदण्डका अतिरिक्त साहित्यकारहरुको वर्गीकरणको आधारमा निवेदकको योगदान र लोकप्रियता तथा अन्य वस्तुगत आधारमा श्रेणी सहित परिचय पत्रको लागि सिफरिस गर्ने ।
(ख) लेखक/साहित्यिक क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरुको विवरण माग गर्ने र सोको सङ्कल गर्ने, र उक्त विवरण रुजु गरी अद्यावधिक गर्नेे ।
(ग) परिचय पत्र वितरणका सम्बन्धमा प्राप्त जनगुनासोहरु तथा सुझाबहरु सङ्कलन गर्ने ।
(घ) परिचय पत्र दुरुपयोग भएको पाइएमा आवश्यक जाँचबुझ गरी परिचय पत्र प्रदान गर्ने निकाय समक्ष सिफारिश गर्ने ।
(ङ) साहित्यकारहरुको विवरण अद्यावधिक गर्ने ।
(च) समितिको बैठक वसम्बन्धी कार्यविधि प्रतिष्ठानले निर्धारण गरेबमोजिम हुनेछ ।

१२ परिचय पत्र बहाल रहने अवधिः
परिचय पत्रको अवधि देहाय बमोजिम श्रेणीका लागि देहाय बमोजिम हुनेछ :
(क) विशिष्ट लेखक/साहित्यकारः यस श्रेणीको परिचय पत्रको समयावधि तोकिने छैन ।
(ख) लेखक÷साहित्यकारः यस श्रेणीको परिचय पत्र जारी भएको मितिले ५ वर्षको हुने छ ।

१३. परिचय पत्रको नवीकरणः
नियम १२ (ख)मा उल्लेखित म्याद समाप्त भएको मितिले ३५ दिनभित्र सिफारिस समिति समक्ष नवीकरणका लागि निवेदन दिनुपर्ने छ र मितिको सिफारिसमा परिचय पत्र प्रदान गर्ने निकायले नवीकरण गर्न सक्ने छ ।

१४. परिचय पत्र रद्द हुन सक्ने :
देहाय बमोजिमका आधारमा परिचय पत्र रद्द गर्न समितिले प्रतिष्ठान समक्ष सिफारिस गर्न सक्ने छ ।
(क) विशिष्ट श्रेणीको लेखक/साहित्यकार परिचय पत्र वाहेक लेखक÷साहित्यकार परिचय पत्र प्राप्त गर्ने व्यक्ति लेखक÷साहित्यिक कर्ममा निष्क्रिय रहेको पाइएमा ।
(ख) परिचय पत्र अन्य व्यक्तिलाई प्रयोग गर्न दिएमा वा अन्य व्यक्तिले प्रयोग गरेको पाइएमा ।
(ग) परिचय पत्रको दुरुपयोग भएमा ।
(घ) परिचय पत्र वाहकको मृत्यु भएमा ।
(ङ) परिचय पत्र वाहक नैतिक पतन देखिने कसुरमा संलग्न भएमा ।

१५. जानकारी दिनुपर्ने :
परिचय पत्र प्राप्त व्यक्तिले परिचय पत्र हराएमा वा काम नलाग्ने गरी च्यातिएमा वा झुत्रो भएमा सोको लिखित जानकारी यथाशीघ्र समितिमा जानकारी गराउनु पर्ने छ ।

१६. परिचय पत्रको प्रयोग :
परिचय पत्र प्राप्त व्यक्तिले नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएका सर्वाजनिक निकाय वा अन्य क्षेत्रबाट प्रदान गरिने सेवा सुविधाहरुमा कानुनबमोजिम परिचय पत्रको प्रयोग गर्न पाउने छन् ।

१७. परिचाय पत्रको प्रयोगमा समन्वयः
(क) परिचय पत्र प्राप्त व्यक्तिले विभिन्न कानुनमा भएको व्यवस्था अनुसार परिचय पत्रको प्रयोग गर्न पाउने छन् ।
(ख) परिचय पत्र प्राप्त व्यक्तिले नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएका सार्वजनिक निकाय वा अन्य क्षेत्रबाट प्रदान गरिने सेवा सुविधाहरुमा कानुन बमोजिम परिचय पत्रको प्रयोग गर्न पाउने छन् ।

१८. परिचय पत्र जारी गर्नेः
प्रतिष्ठानको निर्णयानुसार देहाय बमोजिम श्रेणीगत आधारमा फरक फरक लेखक ÷साहित्यकारहरुको परिचय पत्र अनुसूची २ को ढाँचामा प्रतिष्ठानले जारी गर्ने छ ।
(क) विशिष्ट श्रेणीको परिचय पत्र रातो रङगको हुने छ ।
(ख) लेखक÷साहित्यकारहरुको परिचय पत्र निलो रङको हुने छ ।

१९. कागजात माग गर्न सक्नेः
साहित्य एवं अन्य क्षेत्रका साहित्यकारहरुको विवरण र मापदण्डहरुका सम्बन्धमा आवश्यक पर्ने प्रमाणित कागजातहरु सरोकारवाला सङ्घ, संस्था र आधिकारिक निकायसँग प्रतिष्ठानले माग गर्न सक्ने छ ।

२०. परिचय पत्र वितरणमा पारदर्शिताः
विभिन्न श्रेणीको परिचय पत्र वितरणको विवरण प्रतिष्ठानले आफ्नो वेवसाइटमा राख्नु पर्ने छ ।

२१. कार्यविधिको व्याख्या र संशोधनः
(क) यस कार्यविधिको व्याख्या गर्ने अधिकार परिचय पत्र प्रदान गर्ने निकायमानिहित रहने छ ।
(ख) मन्त्रालयको स्वीकृति लिएर प्रतिष्ठानले कार्यविधि संशोधन गर्न सक्ने छ ।

अनुसूची १
(दफा ८ संग सम्बन्धित)

लेखक/साहित्यकारहरुले परिचयपत्र प्राप्त गर्नका लागि दिइने दरखास्तको ढाँचा
श्री नेपाल प्रज्ञाप्रतिष्ठान
विषयः साहित्यकारहरु परिचय पत्र पाऊँ भन्ने बारे ।
लेखक/साहित्यकार परिचय पत्र पाउनको लागि देहायका कुराहरु खुलाई दरखास्त गरेको छु ।
१ दरखास्तवालाको नाम
२ स्थायी ठेगाना
३ अस्थायी ठेगाना
४ नागरिकता नं. जारी गरेको जिल्ला
५ सम्पर्क नं.
(क) मोबाइलः
(ख) फोनः
(ग) ईमेल ठेगाना
६ साहित्यिक कर्ममा सुरु प्रवेश मिति
७ परिचय पत्र लिन चाहेको विधा कुनै एक उल्लेख गर्ने ।
(क) भाषा
(ख) साहित्य
(ग) संस्कृति
(घ) समाज शास्त्र
(ङ) दर्शन
८. साहित्य क्षेत्रमा संलग्न रहेको अवधि ।
९. साहित्य क्षेत्रमा पु¥याएको योगदान र प्राप्त उपलब्धि
१० साहित्य क्षेत्रमा लाग्नुको मूल उद्देश्य
११ प्राप्त पुरस्कार तथा सम्मानको विवरण यस पानाको पछाडितर्फ उल्लेख गर्न सकिने छ ।
२२ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरुः
(क) नेपाली नागरिकताको छायाँप्रति ।
(ख) लेखक ÷साहित्य क्षेत्रमा गरेको योगदानका लागि प्राप्त सम्मान, पुरस्कार, आदिको छायाँप्रति।
(ग) व्यक्तिगत विवरण ।
(घ) हालसालै खिचिएको पासपोर्ट साइजको रङ्गीन फोटो २ प्रति ।
(ङ) सम्बन्धित संघसंस्थाको सिफारिस पत्र । ( विशिष्ट श्रेणीको परिचय पत्रको लागि नपर्ने)

दरखास्तवालको नाम .. . . . . . . . . .. . . . . . . . . . . . . . .
दरखास्तवालाको दस्तखत. . . . . . . . . . . . . . . . .. . .. . . .
मिति. .. . . . . . . . . . . . . .

अनुसूची-२
( दफा १७ संग सम्बन्धित)

लेखक/साहित्यकार परिचय पत्रको ढाँचाः

नेपाल सरकार

साहित्यकार परिचय पत्र
नामः फोटो टाँस गर्ने
विधाः
श्रेणीः
नागरिकता प्र.प.नं., जारी मिति र जिल्लाः
परिचय पत्र बहाल रहने अन्तिम मितिः
परिचय पत्र बाहकको दस्तखतः प्रमाणित गर्नेको दस्तखत

(अंङ्ग्रेजीमा पछाडितर्फ)

Government of Nepal
Nepal Academy
Name photo
Category
Class
Citizenship No………. and District
Isuue÷date
Expiry Date
Signature of Card Beare
Approved by Signature of Aauthority

2 comments to कलाकारपछि अब साहित्यकारलाई परिचयपत्र बाँड्ने तयारी, दुई किसिमको हुनेछ परिचयपत्र- सामान्य र विशिष्ट

  • Shankar

    राम्रो काम भएछ , ल बधाई छ | कम से कम देश का श्रसठा को तथ्यांक राख्नु , सम्मान गर्नु राम्रो कुरा हो | तर पार्टीका कार्यकर्ता मात्र बिद्दावन , श्रसठा हुने अरु चाहि न हुने , वा इन्डियन दुतावास मा चाकडी बजाउने जाने लेखक मात्र बरिस्ठ हुने अरु लाइ कसैले न पुछ्ने हो कि ?
    मूल डर त् यहिनेर छ , भनिन्छ नेपालि पत्रकार , कर्मचारी , सेना , बुद्दिजिबि धेरै को तथ्यांक इन्डियन दुतावास सग छ | उनीहरुको साठगाठ छ , यो सब के का लागि भैरहेछ , आम जनता चनाखो हुन् जरुरि छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 2

  • Ratna

    Hoina, hamro Nepal ko manchhe haru ke bhayeko? Khali kaam nalagne ID card ko pachhi kina lagirako? Sahityakaar ho ma bhanera bhani hinnu parne bela pani aayechha ID card dekhaudai….Chhya chhya chhya….Form herda ta Puraan ko kitab jasto chha. Tetro lamo form bharera jabo parichay patra ko laagi kina samay nashta gareko hola. Ali productive kaam ma po samay kharchinu parchha….Wah re Nepal ko sarkar ra Nepal ka sahityakar haru…..Alik din ma logne haru le ra swasnee haru le pani ID card paaunu aandolan garlan jasto chha.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1