मेरो Tweet


यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : अभिशप्त रात

-सातोमी तोन-

उमेर तीस काटिसकेको भए पनि अझै अविवाहित नै थिई ऊ ! यतिबेला वायाँ कोल्टे पल्टेर रातो प्रकाश फालिरहेको ढकनीदार बत्तीदानीमा बलेको बत्तीको उज्यालोमा पत्रिका पढिरहेकी थिई । रात निकै चिसो र उराठलाग्दो थियो । हावाको चालचुल थिएन । आधा रात नहुँदै राती अबेरसम्म सडकमा ओहोरदोहोर गर्ने मानिसको स्वर पनि बिस्तारै कम हुँदै गइसकेको थियो ।

पत्रिकाको पन्ना पल्टाउँदैगर्दा उसका आँखा बीस वर्षीय युवती भतिजीतिर पुगे । ती दुवैको विछ्यौना लगभग जोडिएको थियो, आधा फिटको पनि फरक थिएन होला । झन्डैझन्डै जोडिएजस्तै ! भतिजी ऊतिरै फर्केर सुतेकी थिई । मस्त निद्रामा परेकी भतिजीको अनुहार अत्यन्तै सुन्दर थियो । मखमली कम्बलले पूरै ढाकिएको उसको शरीरबाट कम्बलबाहिर आँखा मात्र देखिएका थिए । उसले भतिजीको अनुहार पहिलोपल्टझैं गडेर हेरी, एकोहारो । ऊ मनमनै भन्दै थिइ्– कति सोझी र सरल छ यो केटी !

ऊ भतिजीसँग हाँसखेल गर्न चाहन्थी, खुलेर हाँस्न चाहन्थी । उता भतिजी साँचोमा कुँदेकी मूर्तिजस्तै निश्चल, शान्त निदाइरहेकी थिई । यतिसम्म शान्त कि…उसले सास फेरेको आवाज समेत सुनिँदैनथ्यो । ऊ मनमनै हाँसी । भतिजी निदै्रमा चल्मलाएर कोल्टे फर्कँदा भुइँमा भर्खरै फेरिएको हलुका तातामी (चकटी) केही स¥यो, र त्यसबाट निस्केको हावाको मसिनो झोक्काले भतिजीको अनुहारमाथि असरल्ल फैलिएको नरम कपाल फर्फरायो ।

केही बेर ऊ पत्रिकामा पढ्दै गरेको कथा कहाँ पुग्यो भनेर सम्झने कोशिसमा हराई । निद्रा आँखाबाट कोसौं टाढा भागिसकेको थियो ।

बाहिर कतै टाढा…रेलको इन्जिनले लामो सिट्ठी बजायो । त्यस्ता यदाकदा सुनिने छिटपुट आवाज बाहेक रात अत्यन्त शान्त थियो, निस्तब्ध ! यस्तो निस्तब्धता उसले यसअघि अनुभव गरेकी थिइन । उसलाई घरधन्दा गर्ने सहयोगी महिलालाई पनि उठाएर आफ्नै नजिक ओछ्यान जोडेर सुताउँजस्तो लाग्यो । त्यसो भए तीनैजना सँगै हुन्थे । तर रातको यतिबेला उसलाई उठाउनु पनि ठीक लागेन । ऊ फेरि पढ्नमैं मन भुलाउन थाली । कथामा नायक नायिकाको सम्बन्ध चरम सीमामा पुगेको थियो र पनि त्यस्तो कुनै खास घटना भएको थिएन । पुरुष पात्र निर्जीव निर्जीव भएकोले उसको सम्झनामा उत्रिन सकेको थिएन । त्यसैले उसलाई कथाका कुनै कुराले पनि खाुसै आकर्षित गर्न सकेको थिएन । र पनि ऊ कथा भने निरन्तर पढिरहेकी थिई ।

फट्ट……। उसको तकियाको नजिकैबाट आवाज आयो । रातको निस्तब्धतामा आएको त्यो आवाजले मौनता भङ्ग गरिदियो ! अकस्मात आएको थियो त्यो आवाज । न त्यो आवाज आउनुअगि केही भएको थियो, न आवाज आएपछि नै केही भएको थियो । तर पनि उसको अनुमानमा निश्चित रूपले पक्कै केही कुरा चटाइमाथि खसेको हुनुपथ्र्यो । के हुनसक्छ त्यो खसेको कुरा….? जे होस्, उसले त्यो खसेको कुरा हेर्ने साहस जुटाउन सकिन । पत्रिकालाई बिस्तारै ओछ्यानमाथि राखेर आफ्नो वायाँ हात पनि कम्बलभित्र घुसारी र दुबै हात छात्तीमाथि राखी । भर्खरै भित्र घुसारेको चिसो हात पनि भित्रको तातोहातको न्यानोमा डुब्यो ।

भतिजीको चिच्याएको आवाज सुनियो । भतिजीका तिखा आँखा उसैलाई गौरसँग नियालीरहेका थिए ।

“के हो, के भयो सेच्यान ?” चिच्याएको सुनेर उसले भतिजीलाई सोधी ।

फुपूको प्रश्नमा केटी कम्बलसमेत उठी र फुपूको जिउमाथि शिर राखेर पल्टँदै भनी, “केही होइन !”

“सेच्यान, भनन के भयो ?”

सेच्यानले शिर केहीमाथि उचाल्दै भनी, “नसोध्नोस्…मलाई केही थाहा छैन… !”

उसले भतिजीको शिर आफ्नो जिउबाट पन्छाइ र ओछ्यानमाथिको तकियाभन्दा परसम्म आँखा तानेर हेरी । ओछ्यानभन्दा केही पर झ्यालको छेउमा सजाइएर राखेको क्यामिलियाको फूल भुइँमा खसेको थियो । पुरानो घरबाट आउँदा बगैँचामा फुलिरहेको क्यामेलियाको पूmल छाडेर आउन सकिन उसले र हाँगैसमेत भाँचेर ल्याएकी थिइ । त्यही क्यामेलियााको केही पूmल हाँगैससमेत भ्mयालछेउको फूलदानीमा सजाएर राखेकी थिई ! उसको भ्mयालको हरियो पू्mुलदान रातो क्यामेलियाको एक साता पुराना फूलले लगभग ढाकिएको थियो ।

“केटाकेटीपन नगर !” उसले भतिजीलाई सान्त्वनाभरिएको स्वरमा स्नेहपूर्वक भनी । फुपूको सान्त्वनापछि सेच्यान ओछ्यानबाट उठी ।

“के भयो र ?” सेच्यानले सोधी ।

“त्यही त… म पनि सोध्दै छु !” फुपूले भनिन्, “ तर तिमीले….!”

“मैले केही गरेको छैन ?”

“केही गरिन रे ? किन चिच्याएर मलाई त्यसरी आधा आँखा तरेकी त ?”

“तपाइँ त पहिले नै डराउनु भएको थियो । पढ्न समेत छाडेर हात कम्बलभित्र लुकाउनु भएको थियो त्यतिबेला ! कि होइन ?”

“तिमीले देखेकी थियौ र ?”

“मैले त घरमा चोर पस्यो कि भन्ने पो ठानेकी !”

“मूर्ख कुरा नगर न ! ब्युँझन चाहिँ कसरी ब्युँझ्यौ नि ?”

“तपाइँले बोलाएपछि त ब्युँझेकी हुँ नि !”

“ के भनेकी ? कहाँ बोलाएँ र मैले तिमीलाई ?”

“के…रे…? तपाइँले बोलाएको होइन ?”

“होइन त !”

त्यसो भए सपना देखिछु क्यारे ।”

“त्यो आवाज क्यामेलियाको थियो सायद्, क्यामेलिया खस्दा निस्केको आवाज ।”

“होइन…होइन, त्यस्तो कुरा नगर्नोस !” सेच्यान फेरि फुपूसँगै टाँस्सिई ।

“सेच्यान, किन तिमी यतिबिन तर्सिएकी हँ ?”

“तपाइँले किन यस्तो कुरा गर्नुभएको त !”

“मैले के त्यस्तो कुृरा गरेँ र डराएकी त तिमी ? आफैं हेर न, फूलदानीबाट भुइँमा क्यामेलियाको फूल खसेको !”

“अहँ…म हेर्दिन…!

“पागल नबन न ! क्यामेलियाको हाँगाबाट एउटा पुूmल झरेको थियो अगि, त्यसैको आवाजले तिम्रो निद्रा खुलेको हुनुपर्छ ।”

“ओहो…त्यतिमात्रै हो त ?” सेच्यानले टाउको घुमाई र डराउँदै फुपूको काँधमाथिबाट चियाएर झ्यालतिर हेरी ।

“ओहो…त्यो फुस्रो रातो फूल कति कति डरलाग्दो देखिएको !”

“रातो हेस् वा सेतो फूल झर्ने बेला भएपछि झरिहाल्छ नि !”

“तर..तर कस्तो रगतमा रङ्गिएजस्तै फोहर देखिएको !”

“टिपेर फालिदेऊ न त …!”

“अहँ.. म त सक्दिन फ्याँक्न, तपाइँ नै फालिदिनोस् न !”

“ठीक छ त, त्यहीँ रहोस्, के नै हानि हुन्छ र ? विहान उठेर फालौंला !”

“होइन…हेर्नै सक्तिन म त यो !”

“नचानिे कुरा नगर ! मलाई सुत्न देऊ ।” यसपल्ट उसले झर्किँदै भनी । भतिजीलाई एकातिर धकेलेर ऊ कम्बल टाउकोसम्मै तानेर सुती ।

“तपाइँ त बेइमन हुनुहाँदोरहेछ, फुपू !” फुपूले धेकेल्दा केही डराएकी सेच्यान जहाँको त्यहीँ कम्बल तानेर गुटुमुटु हुँदै सुती, मानैंो डर भगाउन खोज्दै थिई ऊ ।

कम्बलभित्र दुबै निस्तब्धतामा डुबे । सेच्यान केहीबेर चुपचाप पल्टिरही । तर केहीबेरमैं निस्सास्सिएजस्तो भएपछि डराउँदै बिस्तार टाउको कम्बलबाहिर निकाली । फपू अर्कोतिर कोल्टे पर्केर सुतेकी थिइ । कम्बल अगिजस्तै फुपूको गर्धनसम्मै तानिएको थियो । सेच्यान अर्को कोल्टे र्फिर्कई ।

बत्तीदानी अर्थात् ल्याम्पसेडबाट निस्केको मधुरो उज्यालो कोठाको पर कुनासम्म फैलिएको थियो । काठको सुपरिचित पर्दामा कुाँदिएकी सत्रौं शताब्दीकी सुन्दरीको बहुमूल्य चित्रको अनुहारमा मृत्युको छाया परेजस्तै लाग्यो उनीहरूलाई ।
“लौन…मलाई त डर लाग्यो !” सेच्यान डराएर फेरि कोल्टे फेरि ।

सेच्यानको छटपटाहट देखेर उसलाई हाँसो उठ्यो । यो हँसी उसको स्वभावभन्दा विपरित थियो । ज्यादै कम अवसरमा मात्रै हाँस्थी ऊ । तर यतिबेला ऊ नरम कम्बल नाकसम्म तानेर मज्जाले हाँसी । आँखा चिम्लििएर हाँस्दै थिई ऊ लामोसमयसम्म । सुरुमा सेच्यानले उसलाई देखेर पनि नदेखेजस्तै गरी, तर कतिबेर ?

सेच्यानले फेरि फुपूको अनुहारमा हेरी । तर यतिबेला फुपूको अनुहार उसको आफ्नै अनुहार जस्तै देखी उसले ! सेच्यान आफैं पनि मरीमरी हाँस्न थाली । सेच्यान हाँसेको आवाजले उसको हाँसोले बिथोलियो । ठन्डी रातको शान्त वातावरण उनीहरूको हाँसोले नराम्ररी बिथोलियो । उनीहरूको मनमा काउकुती लागेजस्तै भइरहेको थियो र, हाँसिरहेका थिए एकनास ! उनीहरू हाँसो दबाउने कोशिस गर्थे, तर मनमनै लागेको काउकुतीले हाँसो थाम्नै दिँदैनथ्यो । अनौठो स्थिति थियो, ऊ जति सोच्थी उसलाई सबै कुरा त्यत्ति नै हास्यास्पद लाग्थ्यो !

(जापानलाई फूलैफूलको देश, साकुराको देश भनिन्छ । थरी थरीका फूलको सौन्दर्यका पारखी हुन् जापानी जनता ! तिनै फूलमध्ये चेनी वासाकुरा फूलको सौन्दर्य त्यसको पत्रपत्र झरेर सबै धरतीलाई रङ्गीन बनाउनुमा छ– जापानीहरूको विश्वास हो यो । त्यसरी नै क्यामेलियाको फुस्रो खाले रातो पूmल भने पत्रपत्र भएर झर्दैन, सिङ्गै पूmल झर्छ रे मानिसको गिँडिएको शिरजस्तो– पूरै टुक्रिएर ! जापानीहरूको विश्वासमा क्यामिलियाको फूल झर्नु अशुभको सूचना हो ! वान्तो (टोकियो–योकोहामा भौगोलिक क्षेत्र) मा गएको महाभूकम्प लगत्तै भएको विनाशको पृष्ठभूमिमा लेखिएको प्रस्तुत कथा मूलतः क्यामेलियाको त्यही फूल झर्नु अशुभ हुन्छ भन्ने अन्धविश्वासमाथि आधारित रहेको छ । यो कथाको प्रकाशन सन् १९२३ मा भएको हो । )

(विजय चालिसेले अनुवाद गरेको यो कथा नवयुग २०६९ असोज अंकमा प्रकाशित छ र हामीले साहित्यसंग्रहबाट साभार गरेका हौँ)

1 comment to कथा : अभिशप्त रात

  • Vicky Dev

    खै, खासै मन परेन मलाई त ….. न ओरिजिनल न त अनुबाद नै…..
    जे होस्, बिशेस प्रसङ्ग मा लेखिएको यो कथा जापानिज हरु लाई आज सम्म पनि तेही पुरानो डर, त्रास को सम्झना को वरिपरि लैजान्छ होला…..

    विक्की

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply