देशै लाग्यो एउटा आइजी नियुक्तिको पछाडि, हुँदाहुँदा एनआरएन पनि


देशमा अनेक कुरा छन्। महत्वका विषय अरु पनि हुनुपर्ने हो। तर पूरै देश नेपाल प्रहरीको एउटा आइजी नियुक्तिको पछाडि लागेको छ। पूरै देश नवराज सिलवाल कि जयबहादुर चन्द पक्ष विपक्ष लिन व्यस्त छ। देशका मान्छे त भए भए विदेशमा बस्ने नेपाली पनि यसैमा लागेको देखियो। हुँदाहुँदा विदेशमा बस्ने नेपालीहरुको संगठन एनआरएनका अध्यक्ष शेष घलेले समेत आइजीका एक उम्मेदवारको पक्षमा लेखिएको विषय आफ्नो फेसबुकमा सेयर गरेको देखियो।

यो हिसाबले नेपाल प्रहरीको आइजी नियुक्ति नेपाली नागरिकका लागि मात्र हैन, अस्ट्रेलियाली नागरिकलाई पनि चासोको विषय देखियो।

एनआरएनले सांगठनिक रुपमै विज्ञप्ति निकालेर फलानोलाई आइजी बनाउनुस् भनेर विज्ञप्ति निकाल्लान् भन्ने पो डर भो त अब। कि कसो?

2 Comments

  1. Kishor · February 13, 2017 Reply

    NRN are people of Nepalese origin, and most of them love their country of origin/roots, Nepal. So it is natural for them to support/promote ‘rule of law’ in Nepal as much as possible as they are forefront to support earthquake victims. Little positivity would do tons of good in our culture/society😀!

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 3

  2. Rabin · February 13, 2017 Reply

    कोहि मान्छे राम्रो लागेर खुल्ला समर्थन गर्नु त राम्रो हो,
    आफ्नो स्वार्थसिद्धको लागि गोप्य समर्थन चै नराम्रो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

Leave a Reply