यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

नटिकेको बालविवाह

-वसन्तप्रताप सिंह –

बझाङ । १३ वर्षको उमेरमा तामझामका साथ विवाह हुँदा दौलीचौरकी राजुला बोहराले केही वर्षमै बेवारिसे हुनुपर्ला भन्ने कल्पनासमेत गरेकी थिइनन् । श्रीमान्को निरन्तर कुटाइका कारण २८ वर्षको उमेरमै उनको जिउ दुख्न थालेको छ । आठ वर्षको अवधिमा तीन सन्तान जन्माएकी उनको तल्लो पेट पनि दुखिरहन्छ । डाक्टरले पाठेघरमा घाउ भएको बताएका छन् । तर, उनीसँग उपचार गर्ने क्षमता छैन ।

श्रीमान्ले अर्काे विवाह गरेपछि घरबाट निकालिएकी उनी सकिनसकी बाहुली खोलाको किनारमा गिटी कुट्छिन् । त्यसले आफूसँग रहेको ६ वर्षको छोराको पढाइखर्च, खाना र डेराभाडा चलाउँछिन् । ‘छोराको माया लाग्छ र बाँचेकी छु,’ उनी विरह पोख्छिन्, ‘छोरो कसैको जिम्मा लाउन पाए, सेतीमा हामफालेर मर्ने थिएँ ।’ सुरुमा राम्रै माया गर्ने उनका श्रीमान् १० कक्षा पास भएपछि धनगढी पढ्न गए । उतैबाट अर्की ल्याए । त्यसपछि त उनलाई दिन÷दिनै कुट्न थाले । उनी सम्झिन्छिन्, ‘कति दिन त मरिसकी भनेर छोडेका थिए । हातखुट्टाले घिस्रेर स्वास्थ्य चौकी पुगेँ । घरका कसैले पनि सहयोग गरेनन् ।’ बालविवाह भएर यसरी दुुःख पाउनेमध्ये उनी त उदाहरण मात्र हुन् ।

यस्तै समस्या छ, भातेखोलाकी लक्ष्मी धामीको पनि । विवाह १४ वर्षको उमेरमा भयो । बिहे भएको चार वर्षपछि श्रीमान्ले अर्को बिहे गरे । दोस्रो बिहे भएसँगै उनका दुर्दिन सुरु भए । पाँच वर्षकी छोरीसमेत रहेकी उनी अहिले सदरमुकाममा मजदुरी गरेर बाँचिरहेकी छिन् । ‘सौता आएपछि सबै परिवार मिलेर कुट्न थाले,’ उनले भनिन्, ‘कुन दिन मार्छन्जस्तो लागेपछि भागेर चैनपुर आएँ ।’ मुद्दा हाल्छे भनेर ससुराले उनको नागरिकतासमेत खोसिदिए । उनले भनिन्, ‘अहिले पनि चैनपुरमा कोसँग सल्केकीछस् । तँलाई मारिदिन्छु भनेर धम्क्याउ ँछन् । मलाई घरमा पनि बस्न दिएनन् । घर छोडेर आउ ँदा पनि मार्ने धम्की दिन्छन् । गरिखानु न मरिजानु भएको छ ।’

जयपृथ्वी नगरपालिका– ५ की शान्ति जोशी (२८) का श्रीमान् मदनराज जोशी पाँच वर्षदेखि बेपत्ता छन् । १४ वर्षको उमेरमा दाजुको दबाबमा परेर विवाह गरेका उनले विवाह भएकै दिनदेखि शान्तिलाई घर छोड्न भनेर कुट्न थालेका थिए । यो क्रम छोरी जन्मेपछि झन् बढ्यो । शल्यक्रियाबाट छोरी जन्माएकी उनलाई मदनले धनगढीको सेती अञ्चल अस्पतालमै छोडेर भागेका थिए । अस्पतालले पनि धेरै बस्न मिल्दैन भनेर निकालिदिएपछि उनी झन्डै एक महिना धनगढीमा बेवारिसे भएर बा ँचिन् । ‘पुसको चिसो, एकातिर काटेको घाउ दुख्थ्यो । धेरै दिन सडकमै बस्नुप¥या,े’ महिला अधिकार मञ्चमा श्रीमान्को खोजी गरिमाग्न आएकी उनले भनिन्, ‘कहिले मागेर खाएँ । अरूको बारीमा लगाएको काउली र रायोको साग चोरेर खाएँ । जसरी भए पनि छोरीलाई बचाएँ ।’
एक महिनापछि आफन्तको सम्पर्कमा पुगेर घर आएकी उनले कति कुटाइ खानुप¥यो हिसाब नै छैन । ‘म माइतीमा पनि टुहुरी हु ँ । मेरो जाने ठाउ ँ कतै थिएन । मारे पनि तेरै पाले पनि तेरै भनेर बसेँ । छोरीलाई पनि मारिदिन्छु भन्थ्यो । खान लागेको खाना पनि फालिदिन्थ्यो,’ उनले भनिन् । आफूले केही गरे पनि घर छोड्न नमानेपछि घरमा भएको सम्पत्ति र जग्गा बेचेर उनका श्रीमान् बेपत्ता भएका हुन् । हाल उनी भारततिर धनगढीकी केटीस ँग अर्काे विवाह गरेर बसेको आफूले सुनेको बताइन् । २७ वर्षकी उनले भनिन्, ‘तैँले घर नछोड्दासम्म यो घरमा फर्किन्न भनेर हिँडेका हुन् । न गरिखानलाई सम्पत्ति छ न कोही सहारा छ । यो उमेरमा मैले के गरेर बा ँच्ने ?’

सानैमा बिहे गरेका कारण अलपत्र परेका यहाँ थुप्रै महिला बाँच्नका लागि सङ्घर्ष गरिरहेका छन् । बझाङ सदरमुकाममा मात्र यस्ता महिला ५० जनाभन्दा बढी रहेको र जिल्लाभरि एक हजारभन्दा बढीको सङ्ख्यामा रहेको महिला अधिकार मञ्चले सञ्चालन गरेको महिला सुरक्षा गृहकी प्रमुख सीता सिंह बताउ ँछिन् । ‘स्कुल पढ्दै विवाह गरेका कलिला नानीहरू बिहे गरिसकेपछि अलपत्र परेका छन् । उनी भन्छिन्, ‘पुरुष सहरतिर पढ्न जान्छन् । उतैतिरबाट पढेलेखेकी केटी बिहे गरेर ल्याउ ँछन्,’ बहुविवाह हुनुको पछाडि अधिकांशमा बालविवाह नै कारण हुने गरेको उनले बताइन् । महिला तथा बालबालिका कार्यालयकी प्रमुख लीला घले पनि बालविवाहका कारण महिलामाथि हुने हिंसाले विकराल रूप लिन थालेको बताउँछिन् । उनी भन्छिन्, ‘बहुविवाह मात्र होइन, महिलामाथि हुने हरेक खालका हिंसाको पछाडि बालविवाह नै जोडिएको हुन्छ । उमेर पुगेर र मन मिलेर विवाह गरेका महिला हिंसामा परेका घटना कमै छन् ।’

१३ वर्षको उमेरमा विवाह भएकी लेकगाउ ँकी गौंथली धामीलाई श्रीमान् र सासूससुराले गरिबकी छोरी भनेर दिनदिनै कुट्न थाले । गत वर्ष यार्सा टिप्न लेक गएको बेला उनका श्रीमान्ले मरणासन्न हुनेगरी कुटे । उनी भन्छिन्, ‘मरिसकी भनेर छोडेको रहेछ । पछि अरू यार्सा टिप्ने मान्छेले बेहोस अवस्थामा भेटेपछि उपचार गरेर बचाए ।’ उनी ९ महिनाअघि न्याय खोज्दै सदरमुकाम आएकी हुन् । दुई वर्षकी छोरीसहित उनी सदरमुकाम चैनपुर त आइन् । यहाँ आएपछि उनको परिवार झन् आक्रोसित भयो । बजारमा गएर इज्जत फालेको भन्दै उनलाई घर आए मारिदिने धम्की दिन थालेपछि उनी घर फर्किन सकिनन् । बरु उनले श्रीमान्सँग सम्बन्धविच्छेद गरिपाऊँ भनेर अदालतमा मुद्दा चलाइन् । उनको मुद्दा विचाराधीन छ । उनी एक आफन्तको होटेलमा भाँडा माझ्ने काम गरिरहेकी छिन् ।

सुवेडाकी गुनी विकको पनि १३ वर्षकै उमेरमा विवाह भएको थियो । विवाहको केही वर्षपछि श्रीमान्ले विभिन्न बहानामा उनलाई पिट्न थाले । कुटाइ सहन नसकी उनले जिल्ला प्रहरी कार्यालयमा निवेदन हालिन् । उनका श्रीमान्, प्रहरी र महिला अधिकारकर्मी बसेर कुटपिट नगर्ने सर्तमा उनको मुद्दा मिलाएर घर पठाए । घर गएकै दिन मलाई प्रहरीमा पु¥याइस् भनेर उनका श्रीमान्ले मर्नेगरी पिटे । त्यसयता उनी घर जान सकिरहेकी छैनन् । कहिले माइती र कहिले सदरमुकाममा अलपत्र जीवन बिताइरहेकी छिन् ।

परिवार र समाजले समेत नराम्रो नजरले हेर्ने भएका कारण न्यायको खोजीमा आएका धेरै महिला अलपत्र पर्ने गरेको महिला अधिकारकर्मी बताउँछन् । ‘कानुनी उपचार पाइन्छ कि भनी साहस गरेर सदरमुकाम आउनेहरू घर फर्किन सक्दैनन् । अदालतले न्याय दिएकाहरू पनि परिवारको डरले घर जान सकेका छैनन् ।’ महिला सुरक्षागृहकी प्रमुख सीता सिंह भन्छिन्, ‘कतिपयलाई त समाजले समेत घृणाको दृष्टिले हेर्ने गरेका कारण अलपत्र पर्ने गरेका छन् ।’ तीन वर्षको अवधिमा महिला अधिकार मञ्चमा मात्र बहुविवाहका कारण हिंसामा परेको भनेर ३० जनाले र बालविवाहका कारण हिंसा भएको भन्दै पाँचजनाले निवेदन दिएको सिंहले बताइन् । महिला विकास अधिकृत लीला घले भने महिलाको नाममा अचल सम्पत्ति नभएका कारण उनीहरू हिंसामा पर्नुपरेको र यसरी अलपत्र परेको बताउ ँछिन् । उनी भन्छिन्, ‘उनीहरूको नाममा सम्पत्ति भन्ने केही पनि हुँदैन । अधिकांशको त नागरिकतासम्म पनि छैन । विवाहदर्ता त हुने कुरै भएन । यसो हुँदा सबैले हेप्छन् । जतिबेला चाह्यो घरबाट निकाल्न थाल्छन् ।’
(सञ्चारिका फिचर सेवा)

2 comments to नटिकेको बालविवाह

  • Ganesh

    Yo nepali ko dharma nai ho logne lai bhagaman bhanne ra swasni lai nokar banaune.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • समजिक अपराध को चारम परकास्ठा, आम नागरिकले कानुनी राज्य भयको महसुस गर्ने दिन कहिले आउला त! यो लोभी पापी को भिड्मा

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0