विक्रम संवत् २०७३ को अन्त्य दुःखद समाचारका साथ भयो। भक्तपुरमा मनाइने बिस्केट जात्राको क्रममा गएराति लिङ्गो उठाउने क्रममा कसरी हो कुन्नि, भाँच्चियो। सयौँ मानिस त्यहाँ हुन्छन् जात्रा हेर्न। अकस्मात् त्यसरी लिङ्गो भाँच्चिएर बज्रँदा दुर्घटना त हुने नै भयो। घटनामा ६ जना घाइते भएकोमा एक जनालाई भक्तपुर अस्पताल लाने क्रममा बाटोमै मृत्यु भयो।
मृत्यु हुने ३४ वर्षजतिका पुरुष व्यक्तिको पहिचान हुन सकेको छैन। घाइते हुनेमा सूर्यविनायक–६ का सुमन तज, च्यामासिंहका रामकृष्ण दुवाल, भक्तपुर नपा–११ का बालकृष्ण लिला, कमलविनायकका कृष्णभक्त दुवाल र नासमनाका सुरेन्द्र कैती छन्।
लिङ्गो भाँच्चिँदा सँगै एक मिटर अगाडि उभिएका एक जना प्रत्यक्षदर्शीले खिचेको यो डरलाग्दो भिडियो हेर्नुस्-
https://youtu.be/I-NfWMBr8Sk
त्यसैगरी यो टाढाबाट खिचिएको अर्को भिडियो
https://www.youtube.com/watch?v=Wc6S5d4Jdw0