यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

फेरि ब्युँतियो ‘कान्तिपुर’को स्रोत, जसले लोडसेडिङ हटाउन सम्भव छैन भन्थ्यो, अब भ्रष्टाचार देख्दैछ


तिहारपछि काठमाडौँमा बत्ती जान छोडेको थियो। लोडसेडिङ हटाउने घोषणा भइसकेको थिएन। तर अन्धकारका व्यापारीहरु आत्तिइसकेका थिए। हो, त्यतिबेला ‘कान्तिपुर’मा स्रोतहरु जागेका थिए, जसले लोडसेडिङमुक्त बनाउन सम्भव छैन भन्ने ठोकुवा गरेको थियो, कुलेखानीको पानी रित्तिन लागिसक्यो भनेर अत्याउन खोजेका थिए। त्यतिबेलाका समाचारहरु हेर्न यहाँ क्लिक गर्नुस्। तर न सम्भव छैन भन्ने कुरा सत्य भयो न कुलेखानीको पानी रित्तिएको प्रमाण देखाउन सक्यो। अहिले फेरि कान्तिपुरमा एउटा समाचार छापिएको छ, जसको शीर्षकमात्र हेर्दा सीधै एउटा बल्बमा ४३ रुपैयाँ २० पैसा घोटाला गरेको अर्थ देखिन्छ। तर यो समाचारले सामान्य रुपमा गर्नुपर्ने ‘फ्याक्ट चेक’समेत नगरी चिप्लिएको प्रष्टै हुन्छ।

शीर्षक हेर्नुस् त्यसमा लेखिएको छ- ३८ भारुको बल्ब ६५ मा किनिँदै। अर्थात् एउटा बल्बमा २७ भारुको चलखेल। ‘मन्त्रिपरिषद् निर्णयमा ठूलो आर्थिक चलखेल’ भएको आरोप पनि शीर्षकमा लगाइएको छ।

समाचारको सुरुमा लेखिएको छ-

विद्युत् प्राधिकरणले भारतमा ३८ भारतीय रुपैयाँ (६० रुपैयाँ ८० पैसा) पर्ने ९ वाटको एलईडी बल्ब विद्युत् प्राधिकरणले ६५ भारु (१०४ नेपाली रुपैयाँ) मा खरिद गर्न लागेको खुलेको छ । सार्वजनिक खरिद ऐनविपरीत बिनाप्रतिस्पर्धा प्राधिकरणले भारतीय कम्पनीसित कम मूल्यका बल्ब डेढीभन्दा बढी भाउमा खरिद गर्न लागेको हो ।

यसले दुई वटा तथ्य देखाउँछ – विद्युत प्राधिकरणले किन्न लागेको ९ वाटको एलइडी बल्बको मूल्य भारतमा ३८ रुपैयाँ भारु पर्छ। किन्न लागिएको चाहिँ ६५ भारुमा हो।

अब यसमा फ्याक्ट चेक गरौँ। के ९ वाटको एलइडी बल्बको मूल्य भारतमा ३८ रुपैयाँ पर्छ?

आजभोलि गुगलको जमाना छ- led bulb price in india टाइप गरेर हेर्दा भारतको बजारमा कतिमा एलइडी बल्ल पाइँदो रहेछ भन्ने प्रष्ट हुन्छ। भारु ३८ मा त कहीँ पनि एलइडी बल्ब किन्न पाइन्न। भारतको सरकारी बिजुली कम्पनीबाट नै किन्दा पनि त्यतिमा पाइन्न।

त्यसो भए कान्तिपुरले ३८ भारु पर्छ भनेर कसरी ठोकुवा गर्‍यो त?

समाचारमा एउटा लाइन यस्तो छ –

भारतीय पत्रिका ‘दि इकोनोमिक टाइम्स’ ले सन् २०१६ को सेप्टेम्बर १५ मा ईईएसएलले ९ वाट क्षमताका एलईडी बल्ब उत्पादक कम्पनीहरूसित ३८ भारुमा खरिद गरेर बिक्रीवितरण गर्ने गरेको समाचार प्रकाशित गरेको छ । त्यसअघि ईईएसएलले उत्पादक कम्पनीहरूसित ५५ भारुमा ९ वाटका एलईडी खरिद गर्दै आएको थियो । उत्पादक कम्पनीहरूबीचको प्रतिस्पर्धाले भाउ घटेका कारण ईईएसएलले ३८ भारुमा ९ वाटका एलईडी बल्ब खरिद गरी आमजनतामा बिक्रीवितरण गर्न थालेको समाचारमा उल्लेख छ ।

इकोनोमिक टाइम्सको यो समाचार (यहाँ क्लिक गरी पढ्नुस्) लाई नै अकाट्य प्रमाण ठानी कान्तिपुरले राखेको छ। जसको आधारमा स्रोतले कान्तिपुरलाई ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणका उच्च अधिकारीहरूले ठूलो आर्थिक चलखेल गर्न लागेको जानकारी दिएका छन्।

भारतको सरकारी कम्पनी इइएसएलले सेप्टेम्बरमा ५ करोड वटा नौ वाटको एलइडी बल्ब खरिद गर्न टेन्डर आह्वान गर्दा १४ कम्पनीले भाग लिएका थिए। त्यसमध्ये सबभन्दा कम रकम ३८ रुपैयाँको थियो। यसमा विभिन्न करको रकम जोडिएको छैन।

इइएसएल अर्थात् इनर्जी इफिसेन्सी सर्भिस लिमिटेड शतप्रतिशत भारतीय सरकारको स्वामित्व भएको कम्पनी हो। कम्पनीले ठूलो संख्यामा एलइडी बल्ब खरिद गर्न थाल्यो। सोही कारण एलइडी बल्बको उत्पादन ठूलो स्केलमा हुन पुग्यो र एलइडी बल्बको मूल्य घट्न गयो। सन् २०१४ मा एउटा एलइडी बल्बकै ३१० रुपैयाँ किनेको कम्पनीले गत वर्ष मार्चमा एउटाको ५५ रुपैयाँमा पाएको थियो। सेप्टेम्बरमा त ३८ रुपैयाँको प्रस्ताव थियो एउटा कम्पनीको जुन मूल्यमा अरु कसैले दिन चाहेनन् र पूरै ५ करोड वटाको टेन्डर परेको थियो एउटै कम्पनीलाई (स्रोत यो लिङ्कमा छ)। ३८ रुपैयाँमा टेन्डर हाल्ने फिलिप्स इन्डिया कम्पनी थियो। यो कसरी सम्भव भयो भनेर अरु प्रतिस्पर्धी कम्पनीसमेत छक्क परेका थिए। ५० देखि ५५ रुपैयाँलाई त्यहाँ स्टायन्डर्ड मूल्य मानिँदो रहेछ। बिजनेस स्टायन्डर्डले त कम मूल्यले बजार नै बिग्रने शीर्षकमा समाचारसमेत राखेको थियो। (हेर्नुस् यो लिङ्कमा)

कान्तिपुरको समाचारको शैलि भने ३८ रुपैयाँ मै पाइने चिजलाई धेरै तिरेर किनिँदैछ। यही किन्दा ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणका अधिकारीहरुले घुस खाए भन्ने देखिन्छ। त्यसको पुष्टि भने त्यो समाचारमा हुन्न, अर्को समाचारमा हुने भए हेर्न बाँकी छ।

इइएसएलले जतिमा किने पनि उसले भारतमा आफ्ना नागरिकलाई बेच्ने मूल्य भने त्यति हैन। यसमा यातायात खर्च र अन्य कर जोडेर राज्यपिच्छे केही फरक मूल्य हुनसक्छ। जस्तै भारतको दिल्लीमा ८० भारु जति पर्छ। बजारमा किन्दा १२० भारु जति पर्छ।

२६ मे, २०१६ मा बिजनेस स्टायन्डर्डमा प्रकाशित समाचार अनुसार भारतका १६ राज्यमा भारु ७५ देखि ९५ रुपैयाँमा इइएसएलले बल्ब बिक्री गर्छ। लिङ्क यहाँ क्लिक गरी हेर्नुस्-

कान्तिपुरको समाचारको नियत चाहिँ यो लाइनले देखाउँछ-

ईईएसएलले ९ वाटका एलईडी बल्ब उत्पादक कम्पनीहरूबीच प्रतिस्पर्धा गराई ३८ भारुमा खरिद गरी भारतीयलाई बिक्रीवितरण गर्दै आएको छ।

३८ भारुमा एउटा टेन्डर खोलेर इइएसएलले खरिद गरेको त हो। यसमा विवाद छैन। तर भारतीयलाई कति रुपैयाँ बिक्री वितरण गरिँदै आएको छ, त्यसमा यो स्पष्ट छैन। ३८ मै बेच्छ कि भन्ने भान चाहिँ पारेको छ।

नेपालले किन्न लागेको दुई करोड वटा बल्ब हो। अब प्रश्न उठ्छ नेपालले आफै टेन्डर आह्वान गरेको भए हुन्थ्यो नि त।

माथि भारतको अनुभवले देखाउँछ, ३८ रुपैयाँमा त कसैले पनि दिने थिएन नै। भारतले नै ठूलो संख्यामा आह्वान गर्दासमेत त्यतिमा कसैले दिन नचाहेकोबाट यो प्रष्ट हुन्छ। फेरि अहिले ६५ रुपैयाँमा त हेटौडासम्मको ढुवानी खर्च पनि जोडिएको भनिएको छ।

पहिला एलइडी किन चाहिएको त्यो पनि बुझौँ। यो वर्षको तुलनामा अर्को हिउँदमा कम्तिमा २५० मेगावाट बिजुली माग बढ्ने प्राधिकरणको विश्लेषण छ। तर, अब आउँदो हिउँदसम्ममा थपिने आयोजना डेढ सय मेगावाटका क्षमताका पनि छैनन्। यस्तोमा लोडसेडिङ नबल्झाउने उपाय के त? कम बिजुली खपतमा सक्दो उज्यालो बनाउने।

प्राधिकरणका ३५ लाख उपभोक्ता मध्ये अधिकांशको घरमा सिएफएल र साधारण बल्ब बल्छन्। ती बल्बले भन्दा कम बिजुली खपतमा बढि उज्यालो दिने ‘एलइडी’ बल्ब सर्वसाधारणको घरमा पुर्याउने निष्कर्षमा प्राधिकरण पुग्यो।

तर, कसरी? प्राधिकरणसँग सिमित विकल्प थिए। पहिलो विकल्प हुन्थ्यो प्राधिकरण आफैंले टेन्डर गरेर एलइडी किन्ने। त्यसका लागि कम्तिमा छ महिनामा समय लाग्थ्यो। आउँदो हिउँद अगावै जनताको घर घर एलइडी पुर्‍याउन यो विकल्पबाट त्यति सहज थिएन। अर्को चुनौति थियो- गुणस्तरको। जसले थोरै मूल्यमा बल्ब बेच्ने प्रस्ताव गर्‍यो, प्राधिकरणले उसैबाट किन्नु पर्ने हुन्थ्यो। स्वाभाविक रुपमा चिनियाँ उत्पादकले टेन्डर पाउँथे। अहिले बजारमा उपलब्ध ९ वाटका चाइनिज एलइडी बल्बले १८ वाटसम्म बिजुली खपत गरेको यथार्थका कारण प्राधिकरण आजित भइ सकेको थियो।

एलइडी खरिदका लागि प्राधिकरणसँग अर्को विकल्प पनि थियो। अघिल्लो सरकारकै पालादेखि भारत सरकारले इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड (इइएसएल) सँग एलइडी बल्ब किनेर उपभोक्तालाई दिन अफर गर्दै आएको थियो। इइएसएलले ‘बल्क’ अर्थात् ठूलो संख्यामा किन्ने हुँदा बजार मूल्य भन्दा आफूले सस्तो दिने र सरकार-सरकार (जिटुजि) कारोबार गर्न कानुनी हिसाबले पनि मिल्ने भारत सरकारको प्रस्ताव थियो। नेदरल्याण्डको फिलिप्स एवं जर्मन ब्रान्ड ओस्रामका एलइडी बल्ब दिने हुँदा गुणस्तरमा पनि चिन्ता नहुने भारत सरकारको प्रस्ताव थियो। भारतको उर्जा मन्त्रालयले नै चिट्ठी लेखेर सरकारलाई यो प्रस्ताव पठाएको थियो। त्यही प्रस्ताव भारतले श्रीलंकालाई पनि दिएको छ। श्रीलंका सरकार पनि कम बिजुली खपत गर्ने बल्ब भारतबाट किन्ने तरखरमा छ।

नेपाल–भारत सचिवस्तरीय बैठक (२७ र २८ जुन २०१६) को निर्णयअनुसार भारतको नयाँदिल्लीमा आयोजित तेस्रो बैठकले भारतीय कम्पनी इनर्जी इफिसेन्सी सर्भिस लिमिटेड (इइइसएल) सँग एलइडी बल्ब खरिद गर्ने निर्णय गर्‍यो।

प्राधिकरणले भारत सरकारको रोहवरमा इइएसएलबाट दुई करोड थान एलइडी खरिद गर्न लागेको हो। त्यति संख्यामा सिएफएल र साधारण वल्व विस्थापित गर्दा बिजुली माग घटाउन सकिने र आउँदो हिउँदको लोडसेडिङ व्यवस्थापन हुने प्राधिकरणको आंकलन छ।

अहिले बजारमा फिलिप्सको एलइडी बल्ब ४०० रुपैयाँ माथि पर्छ। ओस्राम अहिलेसम्म नेपाली बजारमा आएको छैन। न्यून गुणस्तरको चाइनिज बल्बको मूल्य नै १६० रुपैयाँ माथि पर्ने गरेको छ।

यस्तोमा प्राधिकरणले विश्व प्रख्यात ब्राण्डका बल्ब बढीमा १४० रुपैयाँ र त्यो पनि १० महिनाको किस्ताबन्दीमा उपलब्ध गराउने घोषणा गरेको हो। विद्युत महसुल तिर्ने हरेक काउन्टरबाट बल्ब दिने र उपभोक्ताको घरमा रहेको साधारण एवं सिएफएल विस्थापित गर्ने प्राधिकरणको योजना छ।

एलइडी बल्बको आयु ५० हजार घण्टा, सिएफएलको १० हजार घण्टा र साधारणको बल्बको एक हजार घण्टा हुन्छ। इइएसएलले उपलब्ध गराउने बल्बमा तीन वर्षको वारेन्टी समेत दिनेछ।

बल्बको मूल्य भारत सरकारले नै तय गर्ने र इइएसएलले उपलब्ध मात्र गराउन लागेको हुँदा यसमा भ्रष्टाचार या कमिसनको कुनै पनि संभावना नहुने विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङको दावी छ।

तर कान्तिपुरको स्रोतले ठूलो आर्थिक चलखेल गर्न ३८ को बल्ब ६५ मा किन्न लागेको ठहर गरेको छ। सही के हो, झुट के हो – छुट्याउने जिम्मा तपाईँकै।

अर्को फ्याक्ट चेक, के सार्वजनिक खरिद ऐन विपरीत बिना प्रतिस्पर्धा यसरी किन्न पाइन्छ?

ऐनको दफा ४१ मा यस्तो व्यवस्था छ, जसले सोझै खरिद गर्न अनुमति दिन्छ-

अन्त्यमा कुलमानकै चुनौति
‘नेपालका कुनै एलइडी व्यापारीले यदि फिलिप्स वा ओस्राम वा सोसरहका ब्रान्डेड बल्ब एक सय ५० रुपैयाँमा ग्राहकलाई दिन्छ भने नेपाल विद्युत् प्राधिकरण आफ्नो दुई सयवटा आय काउन्टरमा बुथ राखेर बल्बहरू बेच्न आह्वान गर्दछ। त्यसका लागि चाहिने आवश्यक सहयोग प्राधिकरण आफैँले गरिदिनेछ ।’

थप बुझ्नका लागि केही सम्बन्धित समाचारहरु
EESL to export LEDs to Nepal, Bhutan, Sri Lanka and Bangladesh
EESL को आधिकारिक साइट
How EESL is making LED bulbs affordable
भारतमा कतिवटा एलइडी बाँडियो- उजाला इन्डियाको वेबसाइट
के कुलमानले एलइडी बल्ब किन्दा भ्रष्टाचार गर्न लागेका हुन्?
कुलमानलाई समेत रुवायो देशले

18 comments to फेरि ब्युँतियो ‘कान्तिपुर’को स्रोत, जसले लोडसेडिङ हटाउन सम्भव छैन भन्थ्यो, अब भ्रष्टाचार देख्दैछ

  • srdhakl

    कान्तिपुर पत्रिकाले सधै जनतालाई भ्रम सिर्जना गर्छ ,,
    यसले आफ्नो नाम भ्रान्तिपुर् राखोस ..

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • किरण (देशभक्त)

    कुलमानको इमान्दारिता प्रति कत्ति नि शंका छैन, तर उनको इमान्दारितालाई आडमा राखेर अरुले नाजायज फाइदा लिएको सोरै आन हो! भारत को जुठो खाएका दलाल हरु ले देश लाइ लुटाएको किन हामी मुर्ख नेपाली हरु लाई पत्तो हुदैन, “काग ले कान लग्यो भनेर काग को पछी कुद्ने हामी नेपाली” । तेही PHILIPS कम्पनी लाई दिने हो भने “ईण्डियन Rs. ३२- ३४” मा खुशी साथ २ करोड बल्ब बनाइ दिन्छ (समयमै) । एउटा थाहा पाउनुस् PHILIPS ले LED बल्ब आफै बनाउदैन , बल्ब बनाउने Chinese Factory हो , LED फिलिप्स को हाल्ने हो । १ अरब भन्दा बढी नेपाल को पैसा भारत लाई खुवाउदा हामी सबै खुशी । यती पैसा ले त ५ वटा LED Bulbs को assembly factory बनाएर नेपाल मै production गर्न पुग्ने थियो, के गर्ने चोर नेता हरु ले भर्ति केन्द्र बनौछन ।
    *** LED पहिला भन्दा घटेको छ । ***
    *** कृपया Tender बिना किन्ने कुरिती को मतियार कुलमान ज्यु मा नजाओस को, “यो त नजिर नै बन्छ बिना Tender किन्ने” ***.
    *** म दाबा का साथ भन्दछु यो लगभग १ अरब को घोटाला हो । ***
    “ईन्डिया ले petroleum मा महिना मा कती अरब लुटेको छ, analysis गर्नु होस् त सलोक्य ज्यु, Government to Government agreement भनेर “
    (Global Tender Notice)
    PF (Power Factor) = >0.9 ( >90%)
    Light Output = > 990 lumen
    Color Rendering Index (CRI) = >80
    Color temperature = 6,500K
    Power = 9 Watts
    W. Voltage (AC) = 175V -265V
    Must be Flicker free
    Warranty 3 years (we can ask for 1 more year)
    Working more than 25,000 hours (more than offered)
    Quantity: 2,000,000
    Shipment: before 1st of Sep 2017 (300,000 pcs) and every month 300,000 pcs

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 7

  • नारद

    यहाँ कमेन्ट लेख्ने कोही यस्ता परेछन जस्ले सालोक्यजीको खोजपूर्ण ब्लग राम्रारी पढ्दै नपढी लेखे जस्तो लाग्यो|
    बल्ब खरिद गर्ने मन्त्री परिषदको निर्णय हो| प्राधिकरणको होइन| त्यसइ भएर कुलमान सरले भनेका छन हाम्रो जिम्मेवारी कार्यन्वयन मात्र हो|
    कसैले भनेका रहेछन इन्डियासँग नेगोसियट गरेर भारु ६५ भन्दा कममा नपाउला? मित्रहरु, भारतलाई चिन्नु भएको छैन? भुकम्पको मारमा परेको नेपाली जनतालाई कसले नाकाबन्दीको मुङरोले २४ घण्टा बज्रपात गर्‍यो? बिर्सनु भो? मधेसी नेताहरु यो कुनाटकका पात्रहरु मात्र हुन| निर्माता, निर्देशक र म्युजिक दिने भारत नै हुन, यस्मा कसैलाई दोधार नहोला| भोली भारतले यती बल्ब आपुर्ती गर्ने भनेर सन्ख्यामा पनि गोल्माल गर्न सक्छ वा हाम्रा कसैलाई पनि भ्रस्ट उन्मुख गराउने सम्भावना छ|
    सोझै खरिद गरेर सबै भन्दा ठीक काम गर्‍यो| नत्र समय बर्बादी, उप्भोक्ताले समयमा नपाउने, अनेकै अरु वाधा अढचन अाईपर्ने कुरालाई नबिर्सौ|
    नेपालीहरु खाली खुट्टा तान्न र यो भएन र् त्यो भएन भन्न् मात्र जानेका छन, एउटा एयर्पोर्टको सुरक्षा ब्यवस्था त के, बाथरुम सम्म सफा राख्ने क्षमता छैन भनेर बिदेशिले बारम्बार जिस्काउने गरेको पनि
    नबिर्सौ|
    कुलमान सरले दिएको चुनौती लाई कान्तीपुरले फ्रन्टपेजमा राखे ठीक हुन्छ| कोही होला माईका लाल ब्यापारी जस्ले सरकारले किनेको दरमा भन्दा काम दरमा दिन सक्ने?
    अमेरिका र युरोप अश्ट्रेलियामा पढेर आउनेहरु पनि बाथरुम ब्यवस्थापन मै चिप्लिदै आएका छन| नाक्मा दुर्गन्ध छन्दैछ, नेपालीको नाक कसरी ठाढो र चुच्चो रहिरहन सक्छ हाउ त्यस्तोरी?
    कुलमान सरलाई त्यस्तोरी खेदो खन्नु किन हो? लोड्षेदिङ हटेर हाम्रा छोराछोरीले बत्तिको उज्यालोमा पढन पाएका छन|उबेलाको लोड्शेदिङको पीडा सम्झेर ल्याउदा पनि दिक्क लागेर आउछ|
    नेपाली जनताको स्मरण क्षणिक हुन्छ भन्ने राजनैतीक नेताहरु सोच्छन| हिजको सलाई, मैन्बत्ती, दाउरा, केरोसिन, ग्यास, ब्याटरी, इन्भर्तर, जेनेरेटर इत्यादिको टन्टा नेपाली जनताले बिर्सन चट्टै सक्ला त?
    MD Kulman Ghising is a godsend in that respect. He has clearly said it is a matter of management — with clean hands and perhaps more as a true Nepali.
    Give credit where it is due. The Nepali people are fully in support of Kulmanji’s actions. Yes, we do have to be vigilant though.

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

    • पुञ्ज

      मलाई लाग्छ यस्तै खोक्रो देशप्रेमले गर्दा नागरिकले दुख पाउने हो. यो खरिद अहिले को हिउँदे यामलाई ध्यान मा राखेर गरिएको भनेर माथि लेखिएको छ. पुरै नपढेको हो कि !

      हो म पनि फ्याक्ट्री बनाउनु पर्छ भन्ने व्यक्ति हो. तर हरेक प्रोब्लेम को अल्पकालीन र दीर्घकालिन योजना हुन्छन् . अल्पकालीन योजना ले पुरै जनतालाई सुख दिन्छ भने, मेरो त्यसमा समर्थन छ.

      मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

    • सुरेश, भैसेपाटी

      “कुलमान सरले दिएको चुनौती लाई कान्तीपुरले फ्रन्टपेजमा राखे ठीक हुन्छ”, साह्रै मन प-यो।
      आँट र मनमा देशभक्ति भए छाप्न सक्नु प-यो कान्तिपुर ले पहिलो पेजमा कुलमान सरको चुनौतिलाई।

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Resham Chhantyal

    हामीले हाल बजारमा ६ w को led nonbranded bulb ५ देखि ७ सय सम्म तिर्न बाध्य भैरहेको अबस्थामा कुलमान घिसिंग जस्ता इमान्दार व्यक्तिको पहलमा बिद्युत प्राधिकरण ले बिश्व प्रसिद्ध brand को ९ w led bulb रु १३० मा उपलब्ध गराउन खोज्दा बखेडा झिक्ने सबै जनता बिरोधि तत्व हुन. कुलमान लाई देख्न नचाहने . जब G to G कारोबार भैरहेकोछ केको शंका र उपशंका हो? हाल सम्म मैले कान्तिपुर स्वतन्त्र पत्रिका हो भनेर सोच्दै नियमित पाठक हो तर म सल्लाह दिनु चाहन्छु भ्रामक खालको समाचार लाई धेरै महत्व न दियोस. छाप्न भन्दा पहिला सत्य तथ्य को analysis हुनुपर्छ .

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • K_Shankar

    सालाेक्यजीसँग अनुराेध
    कान्तिपुरलाई दाेष त दिइदैछ, तर ESSL कस्ताे कम्पनी हाे भनेर पनि एक पटक हेराै‌ ।
    गत महिना भारतकाे सन्सदमा भारत सरकारले ESSL सँग २० हजार काराेडकाे बल्ब खरिद गर्दा भ्रष्टाचार भएकाे अाश‌कामा छानविन अायाेगकाे माग भएकाे समाचार पढे‌ ।
    सालाेक्यजीले http://www.deccanherald.com/content/603444/congress-alleges-rs-20000-cr.html लाई हेरेर केही प्रष्ट पारिदिनुहुन्छ कि ?
    कुलमानजी भ्रषटाचारी नभए पनि त्याे कम्पनी त बदनाम छ है ।

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 2

  • Ishwari

    कुलमानको इमान्दारिता प्रति कत्ति नि शंका छैन, तर उनको इमान्दारितालाई अडाना राखेर अरुले नाजायज फाइदा लिन नखोजलान भन्न सकिन्न ! फेरि भारतले ५ करोड बल्ब भा रु ३८ का दरले पाउँछ भने, नेपाल ले २ करोड बल्ब ३८ मै नपाउला तर ६५ भन्दा कम मा पाउदै नपाउला र ?

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 7

  • प्रभात

    भ्रान्तिपुर परेछ, कान्तीपुर होइन| हामी जनतालाई अँध्यारोबाट उज्यालोमा आउँदा भ्रान्तिपुरलाई के को प्रब्लेम? जैले पनि झुठो कुरा लेख्दा पत्रकारिताको मर्यादा खोई त?
    पहिले क्रान्तिपुर दिनहु पढ्थे|म जस्तो एउटा साधारण पाठकलाई पनि गत केही समय देखी कतिपय रिपोर्टिङ एक पछीय महसुस गरेको छु,कुनै आर्थिक प्रलोभनको उदेश्यले प्रेरित वा होच्याउने, पूर्वग्रहपूर्ण हुँदै आएको लाग्यो| वस, पढ्नै छाडिदिए र घरमा आउन बन्द गरिदिए| छिमेक र मित्रमन्डलीले पनि त्यस्तै अनुभव सुनाए| आफ्नो हातको कार्वाही भनेको त्यही हो|
    पछी सुधार भएर गुणस्तर ब्रिद्धी भए फेरी सोचौला|
    अझ आश्चर्यको कुरा के भने हाम्रा मुलुकमा कतीजनाले आफुलाई उर्जा र जल्श्रोत बिज्ञ भन्दै भ्रान्तिपुरमा लेख्थे, टीभीको पर्दामा गड्गडाउथे|बिदेश घुमघाम उस्तै थियो|
    लोड्शेडिङ स्वात्तै घटाऊन सकिदैन भनेर कसम खान्थे| अस्ती तिहार पछी लोड्शेडिङ हटिदा, कती दिन हो र हेरु न भन्थे| हिउद सकियो, बर्खा आयो| अहिले आफ्नो बोली नबिकेको देखी पछी ज्यानै बाजी लाएर फेरी जनतालाई लोड्शेदिङको अन्ध्कार युग्मा लैजान कम्मर कसेका छन ती छली ब्यापारी,कतिपय भ्रश्ट पूर्वकर्म्चारी र विचौलिया घुस्खोरीहरु र् फेक पत्रकारहरु | कुलमान त उनीहरुको मुल टारगेट नै बनेको छ|त्यस्ता भ्रश्ट देखी जनता होसियार छन|
    यो खोजपूर्ण ब्लगको लागि धन्यवाद|

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • दिपक

    कान्तिपुर जस्तो जिम्मेवार संस्थाले जनताले उज्यालोमा बसेको किन देख्न नसकेको हो पक्कै पनि कमिसन खाएको हुनुपर्छ व्यापारिसग त्यो पत्रकारलाई चै फाँसी दिनपर्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 1

  • Shankar

    राम्रो काम गरेको सर्टिफिकेट लिएर नराम्रो काम न गर्ला भन्ने चै ग्यारेन्टी हुन्न नेपाल माँ |
    तर पानी सालोक्याजी ले जस्तो खोज पूर्ण तरिकाले बिस्लेसन गरे सही तथ्य बुझ्न गारो हुन्न्न |

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 2

  • RajK

    त्यो news लेखे र पाएको पैसा चै कान्तिपुरले पनि लिए होला कि त्यो पत्रकारले मात्र कुम्लाए होला? येदि पत्रकारले मात्र हो भने त कान्तिपुरमा फेरि news आउला गल्ति भो भनेर, होइन भने त खै!

    अनि अर्को कुरा, पत्रकार ज्यु लै English अलि चस्मा लगायेर पढनु पर्ने जस्तो छ। news को source चै राख्ने, but भन्न खोजेको चै नबुजेको जस्तो भान भो!

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Indresh Thakur

    चासो
    भारतमा ८ लाख पर्ने गाडी नेपालमा २२ देखि २५ लाखमा बिक्दा कोही चूँ बोल्दैनन् / तर सर्वसाधारण जनताले ३-४ सय तिरेर बाल्ने एलईडी बल्ब १३० रुपैयाँमा उपलब्ध गराउने सरकारी योजना भताभुंग होस् भन्ने चाहनेले कसको वकालत गरिरहेछन् ? त्यो पनि २०० मेगावाट बिजुली बचत गर्न/ कुलामानले त भ्रष्टाचार भएको भए झुन्डिने वाचा गरिसके; यस्तो अफवाह फैलाउनेले चैं वाचा गर्नु नपर्ने? कि चौथो अंग भनेर जे गरे पनि छुट हुन्छ? भोलि जसले हार्ला ऊ सजायको भागि होला/ यो त रेष्टुरेन्टको एक बसाईमा हजारौं खर्च भएपनि ठीक; तर रायोको सागको मुठामा एक रुपियाँ भएपनि घटाउनै पर्ने सम्भ्रान्त बर्गको सोच भन्दा केही फरक भयो र? धन्य पूँजीवाद !!!!!!!!!!
    #कुलमान जिन्दावाद

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 49 Thumb down 0

    • गोबिन्द

      मन पर्यो :
      यो त रेष्टुरेन्टको एक बसाईमा हजारौं खर्च भएपनि ठीक; तर रायोको सागको मुठामा एक रुपियाँ भएपनि घटाउनै पर्ने सम्भ्रान्त बर्गको सोच भन्दा केही फरक भयो र?:
      धन्यवाद!

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • kundan pandey

    kantipur is a fraud newspaper..they should be sued …most of their news is based on lie…

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 1

  • ana.dhan

    yesto khal ko galat parchar garnne parcharak lai sida kanuni daira ma llyaunu parcha

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • Rahul

    यो news वालाहरु चर्चामा आउन ,,,जे पनि गर्न सक्दा रहेछ्न।।। एसले पत्रकारिता मा दलिय स्वार्थ प्रस्ट देखाउछ।।।।

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 1

  • Mohan

    कुलमान घिसिंग प्रती लागेको आरोप पहिलाका ३ जना मतीयरको मीलोमत्तोमा कान्तीपुरले समाचार छापेको इस्पस्ट देखीन्छ |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 51 Thumb down 4