तपाईँले राजा महाराजाका सन्देशहरु पढ्नु भएको भए याद गर्नुभएको होला अन्तिममा भनिने एउटा वाक्य सँधै एउटै हुन्छ। पहिले अर्कै हुनसक्ला, तर तपाईँ हामीले थाहा पाएदेखि यो वाक्य एउटै थियो- श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्।
अब राजतन्त्र रहेन। श्री ५ महाराजधिराज पनि रहेनन्। राजा छन् तर गद्दी रहेन। त्यसैले त्यो चर्चित वाक्य पनि परिवर्तन भएछ। असार २३ गते आफ्नो जन्मदिनको अवसरमा जारी सन्देशमा उनले यो वाक्यलाई परिवर्तन गरेका छन्।
साहित्यिक शैलीको विम्ब नै विम्बले भरिएको सन्देशमा उनले कस्तुरी हराएको मृगको उदाहरण दिएका छन्। राष्ट्र र राष्ट्रियताको चिन्ता गरिएको छ। र अन्त्यमा पशुपतिनाथ त छुटाएका छैनन्, तर हामी सबैको कल्याण गरुन् भन्नुको साटो सबैमा सुबुद्धि र प्रेरणा दिउन् भन्ने कामना गरिएको छ। अहिले कुबुद्धिले भरिएको भएर यसो भन्न बाध्य हुन परेको हो कि। पशुपतिनाथले कल्याण मात्र गरेर भएन यत्रो वर्ष कल्याण गरिहाले अब सुबुद्धि पनि दिउन् भनेर कामना गर्नु ठीकै त हो नि।
यसरी आउने वक्तव्यको शुद्धाशुद्धि हेर्ने पनि सुबुद्धि आएको भए हुन्थ्यो | लेख्ने कुन विद्वान पर्नु भयो कुन्नी |
विज्ञप्तिको आशय राम्रो त हो तर विगतको गराई र यो भनाइमा तादात्म्यता छैन |
Aba timra deen Gaya…..
Jyanmara nabhayeko bhaye sabaile jayjaykar garne thiyo.
Kalyankari bhanda badhi bidhwansakari power ma aaye tesaile sabai bidhwansakari lai sadbuddi diyos bhagwan le……..