यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

अमेरिकामा नेपाली पत्रकारिता: केवल आत्मरति मात्र

अमेरिकाबाट नेपाली भाषामा संचालित अनलाइन न्युज पोर्टल हरुमा आजकाल अमेरिकी पुर्ब राष्ट्रपति बराक ओबामाको छोरीले आइसक्रिम पसलमा काम गरिरहेको फोटो सहितको समाचार सम्प्रेषण गरेको देख्न पाइन्छ। जसमा नेपालमा भएको भए पुर्ब राष्ट्रपतिको छोरीले यस्तो सानो काम गर्थिन? यँहा यीनले गरिरहेकी छिन शैलीमा बखान गरिएको ।यस्तो समाचार हजारौं ले सामाजिक सन्जालमा सेयर पनी गरेका छन्। अब पंक्तिकार लाइ उनको अर्थात् पुर्ब राष्ट्रपति ओबामाको छोरीको स्वभाब कस्तो छ भन्ने जानकारी हुने कुरा भएन तर यँहा माध्यामिक स्कुल देखि माथिका बिद्यार्थी हरुलाई गर्मीको बिदामा अनिबार्य रुपमा हफ्ताको केही घण्टा काम गर्नु पर्छ, यो अध्यन कै एउटा पाटो भएकोले कुनै ठुलो समाचार बनाउनु पर्ला जस्तो लाग्दैन। अब पुर्ब राष्ट्रपतिको छोरीको फोटो छाप्न खोजेको हो भने बेग्लै कुरा भयो। यँहा यस्तो काम गर्नु न त कुनै ठुलो काम हो न त कुनै अचम्मको, यो एउटा सामान्य काम हो, जो कि कुनै समाचार होइन।

कुनै ब्यबसायिक रुपमा नभई सोख र आफुलाई पत्रकारको परिचय दिनको लागी संचालित यस्ता बर्खे च्याउ सरिका अनलाइन पोर्टलहरुले मनपरी समाचार सम्प्रेषण गर्दा पत्रकारिताको भित्रि तिकडम नबुझेका र सन्चार माध्यममा आएका सबै समाचारहरु सत्य हुन्छन भनेर विश्वास गर्ने मान्छेहरु झनै अन्यौल मा पर्न जान सक्छन। यस्तै एउटा मन गढन्त समाचार अमेरिका का हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद बहाली गरे लगतैआएको थियो, राष्ट्रपति ट्रम्पले सबै नेपालीहरु आफ्नो आफ्नो देस फर्किनु होइन भने नयाँ कर्मचारी थपेर पनि म निकाल्ने छु भनेको हावादारी कुरा। सम्भबत राष्ट्रपति ट्रम्पले सोच्न सम्म पनि नभ्याएको कुरा लाइ समाचार बनाउने र त्यस्तो बकम्फुसे समाचारलाई सामाजिक सन्जालमा सेयर गर्नेहरु लाइ मानसिक रोगि भन्दा फरक नपर्ला। यसरी सनसनी फैलाउन र आफ्नो साइटमा भिजिटर बढाउनको लागी हुँदै नभएको समाचार सम्प्रेषण गर्नु पत्रकारिताको कुन धर्म हो त्यो कसैले पनि बुझ्न सकेको छैन। एउटा अर्को त्यस्तै समाचारमा, आप्रबासीहरुलाई देश निकाला गर्न अमेरिकी सरकारले थप १० हजार कर्मचारी नियुक्त गर्यो भन्ने छ, यो समाचारको वास्तविकता भनेको हाल २० हजारको संख्यामा रहेका होमल्याण्ड सेक्युरिटीलाई १० हजार बढाएर ३० हजार पुर्याउने भन्ने हो, जो अमेरिका लगायत विश्वका जापान, ताइवान, फिलिपिन्स लगायतका देशहरुमा तैनाथ छन। यसको साथै कुनै कुनै पोर्टल हरुले त व्हाइट हाउस सम्बद्ध स्रोत का अनुसार भनेर सम्म पनि लेख्न भ्याए, जो आफैमा एउटा चुटकिला हो।

नेपालमा पत्रकारिता गरेका, पत्रकारिता गर्न खासै नसकेका र पत्रकारिता गर्ने इच्छा हुँदा हुँदै पनि मौका नपाएका हरुले यँहा आएपछि आफुलाई पत्रकार को परिचय दिन्छन। यस्तो परिचयले दोहरो फाइदा छ, आफ्नो खास परिचय पनि छोपिने र अर्को सोझा साझा नबुझेका हरुलाई धाक दिन पनि पाइने। टयाक्सी चलाउने, बेटरको काम गर्ने तर आफुलाई सम्पादक र पत्रकार भनेर चिनाउन खोज्ने केही व्यक्तिले नेपाली भाषामा पत्रिका पनि प्रकाशित गरेका छन्। प्राय नेपाल वाट प्रकाशित हुने दैनिक पत्रिका हरुको वेब साइट वाट समाचार कपि पेष्ट गरेर पाना भर्ने यस्ता पत्रिका हरु कसैले पैसा तिरेर खरिद गर्ने होइन। नेपाली हरुको जमघट हुने स्थान हरुमा लगेर असरल्ल फालिने यस्ता पत्रिकाहरु पढ्न भन्दा पनि घरमा फोहर पोको पारेर फाल्न लग्ने गरेको पाइन्छ, मेरो बिचारमा यस्तो पत्रिका छाप्नु भनेको कागज र मसीको दुरुपयोग मात्र हो।

त्यस्ता अनलाइन र पत्रिका हरुमा पनि स्थान नपाउने हरुले फेसबुक लगायत का सामाजिक सन्जाल हरुमा स्ट्याटस लेखेको भर मै आफुलाई पत्रकार भनेका हुन्छन। यिनीहरुको काम अर्थ न बर्थ का जातीय, बर्गीय र राजनैतिक समुह हरुको कार्यक्रममा गएर घाँटीमा खादा लगाएर बस्ने र कार्यक्रम सकिएपछि टन्न खाजा खाएर आउने मात्र हो। यिनीहरुले सम्प्रेषण गरेको समाचार कुन सँचार माध्यम मा प्रकाशित हुन्छ र त्यो समाचारले कस्तो भूमिका खेलेको छ त्यो पंक्तिकारले बुझेको छैन, सम्बन्धित व्यक्तिले आफ्नो फेसबुकमा सेयर गरेर आफैलाई चर्चित भएको खोक्रो अनुभब गर्ने बाहेक यसको कुनै दोश्रो औचित्य नभएको मेरो बुझाइ छ।

नेपालमै केही औंलामा गन्न सकिने सन्चार माध्यमहरु बाहेक कसैले लेखक लाइ पारिश्रमिक दिने प्रचलन छैन भने याँहाका पत्रिका र अनलाइन हरुले लेखक हरुलाई पारिश्रमिक देलान भनेर कमसेकम यो पंक्तिकार लाइ विश्वास छैन, तर पनी केही कथित पत्रकार हरुले फलानो र ढिस्कानो पत्रिकामा लेखेको बापत पाएको पारिश्रमिकको चेक भनेर बैंकको चेकको फोटो फेसबुकमा अपलोड गर्ने गरेका छन्, मलाई लाग्छ यो केवल अरुलाई देखाउन मात्र हो, तर यदि पत्रिकामा लेखेको बापत कसैले बास्तबमै पारिश्रमिक बुझेको छ भने त्यो आठौँ अचम्म हो।

पंक्तिकार स्वयम पनी नेपालमा छँदा केही समय सक्रिय पत्रकारितामा बिताएको कारण सँगै काम गरेका र त्यही समयमा काम गरेका समकालीन मित्रहरुले मलाई एउटा प्रश्न सोध्ने गर्छन, अमेरिकामा नेपाली भाषाको पत्रकारिता पेशा हो कि नशा? यो प्रश्नको मेरो जवाफ भने यो पेशा त् हुँदै होइन र केही मात्रामा नशा भने होला तर समग्रमा भन्दा यो एक किसिमको ढोङ्ग तथा आफ्नो मुख्य पेशा लुकाउने सजिलो बाटो तथा आत्मरति मात्र हो।

यो आलेख पढे पछि यस्तै ढोङ्ग गरिरहेका कथित पत्रकार हरुलाई म देखि रिस उठ्ने छ र त्यस्ता व्यक्ति हरुले उत्तेजित भएर नकारात्मक “कमेन्ट” गर्नेछन, त्यो मेरो समस्या होइन, तर निश्पक्ष रुपले सोच्ने एउटा मात्र व्यक्तिले पनी मेरो कुरा ठिक हो भन्यो भने म आफुलाई सफल भएको ठान्दछु। साथै जानकार व्यक्ति हरुबाट प्राप्त हुने सकारात्मक आलोचनाको सधै स्वागत गर्दछु।

11 comments to अमेरिकामा नेपाली पत्रकारिता: केवल आत्मरति मात्र

  • kiran

    Peanut sized brain with no achievement writes article like this. It very important to have community newspapers. In US history all immigrant communities started with some kind of local newspaper to empower themselves. It gives room to express themselves and share information. No matter what those journalists do to make their living still they are contributing to Nepalese Community. Editors, writers and publishers please don’t pay attention to people like these. You are a backbone of growing Nepali Society in US. I love reading what you guys publish. I make sure I pick up Nepali newspaper whenever I go to Queens.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • बिशाल श्रेष्ठ

    “टयाक्सी चलाउने, बेटरको काम गर्ने तर आफुलाई सम्पादक र पत्रकार भनेर चिनाउन खोज्ने केही व्यक्तिले नेपाली भाषामा पत्रिका पनि प्रकाशित गरेका छन”
    What the hell is this ? के काम गरेर खानु अपराध हो ? काम भनेको सानो र ठुलो कहिल्यै हुदैन खासगरी अमेरिका जस्तो मुलुकमा त पटक्कै हुन्न।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • suman

    १००प्राय नेपाल वाट प्रकाशित हुने दैनिक पत्रिका हरुको वेब साइट वाट समाचार कपि पेष्ट गरेर पाना भर्ने यस्ता पत्रिका हरु कसैले पैसा तिरेर खरिद गर्ने होइन। नेपाली हरुको जमघट हुने स्थान हरुमा लगेर असरल्ल फालिने यस्ता पत्रिकाहरु पढ्न भन्दा पनि घरमा फोहर पोको पारेर फाल्न लग्ने गरेको पाइन्छ
    १००.% सत्य

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Ale

    नबिन जी, तपाइले पोख्नु भएका धेरै जसा कुरा हरु सहि छन्. तर अन्तिम अनुच्छेद मा जुन बमन गर्नु भएको छ, तेस्ले तपाइको सोचाइको स्तर प्रस्ट पार्छ. तपाईलाई आफु सफल हुनको लागि अरुको खुट्टो किन तान्नु पर्यो? मुख्य काम जे गरेपनि (धेरै जसा नेपाली हरुले बिदेशी मुलुकमा के काम गर्छन त्यो कसै संग लुकेको कुरो होइन), आफ्नो hobby लाइ निरन्तरता दिनको लागि अरुले केइ गरे भने दोस्रो व्यक्ति ले किन टाउको दुखाउनु (येदि त्यो काम ले अरु कसैको कुभलो हुदैन भने)? तपाईलाई लाग्ला म तपाइले कुरो काटेका मधे एउटा हुनुपर्छ, तर होइन, मा अमेरिका मा पनि बस्दिन, अमेरिका मा फोस्रो पत्रकारिता गर्ने कसैलाई पनि चिन्दिन र मेरो पत्रकारिता संग कुनै नाता पनि छैन . मेरो बिचारमा तपाई आफ्नो पेशा अनि पत्रकारिता राम्रो संग गर्नुस, अरुले के गर्छन भनेर चियो गर्ने बानी त्यागिदिनुस. कसैको भलो गर्न सक्नु हुन्न भने, at least कुभलो पनि नचिताउनुस }

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Surendra Regmi

    १००% सहिकुरा | म पनि कहिले काँही केहि लेख्ने गर्छु आत्मा खुसीका लागि म न पत्रकार हुँ न लेखक | म मेरो पेशामा गर्ब गर्छु म कहिलै आफुलाई लेखक पत्रकार भन्दिन तर मेरो जस्तै पेसा गर्ने अज धेरै कम आय भयको कम गर्ने साहुलाई ठगेर समय निकालेर अरुको समचार कपि पेस्ट गर्नेहरु पत्रकार भन्दै हिद्न्दा दयालाग्छ|

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Pratik Pande

    तपाईको लेख नै पूर्ण रुपमा सहि छैन (अर्थात् केहि चाही सत्य छ):
    १. “यँहा माध्यामिक स्कुल देखि माथिका बिद्यार्थी हरुलाई गर्मीको बिदामा अनिबार्य रुपमा हफ्ताको केही घण्टा काम गर्नु पर्छ” – सरासर गलत | बिध्यार्थीहरु स्वलाम्बी बनेर गर्मीको बिदामा आफ्नो pocket money आफै कमाउन काम गर्छन | वा कलेज स्कूल आदिको खर्च बचाउन वा परिवारलाइ आर्थिक सहयोग गर्न, त्यो नितान्त त्यो बिध्यार्थीमा भर पर्छ | तर अनिवार्य कहीं कतै छैन |
    २. “नेपालमा पत्रकारिता गरेका, पत्रकारिता गर्न खासै नसकेका र पत्रकारिता गर्ने इच्छा हुँदा हुँदै पनि मौका नपाएका हरुले यँहा आएपछि आफुलाई पत्रकार को परिचय दिन्छन।” –
    नेपालमा (व्यवसायिक वा सक्रिय) पत्रकारिता गरेकाले मात्र अमेरिकामा पत्रकारिता गर्नु पर्छ भन्नु आफैमा गलत हो | पत्रकारिता गर्नु, समाचार जनमानसमा सम्प्रेषण गर्नु सबैको अधिकार हो र पाउनु पर्छ, तर के चाही भन्न सकिन्छ भने पित पत्रकारिता, स्तर, अध्ययन र खोज बिनाको लेख, त्यो चाही गलत हो | हामी citizen journalism, alternate media and journalism को पक्षधर चाही हुने तर अनुभव न भएको पत्रकारिता चाही स्वीकार न गर्ने?
    ३. “टयाक्सी चलाउने, बेटरको काम गर्ने तर आफुलाई सम्पादक र पत्रकार भनेर चिनाउन खोज्ने केही व्यक्तिले नेपाली भाषामा पत्रिका पनि प्रकाशित गरेका छन्। ” – अमेरिकामा नेपाली पत्रकारिता मात्र गरेर खान-बस्न, परिवार पाल्न सम्भव छैन, तसर्थ कहिँ केहि पेशा गर्न अत्यावस्यक पनि हो | कसैको हातमुख जोर्ने पेशालाई “स्तर” देखाउनु कहाँको व्यवसायिक पत्रकारिता हो? नेपालका mainstream media का धेरै पत्रकारहरु हुनुहुन्छ अमेरिकामा, कहिँ कतै कसैले केहि काम नगरी पत्रकारिता मात्र गरेर अमेरिकामा टिक्न सक्नु हुन्छ?
    ४. “अमेरिकामा नेपाली भाषाको पत्रकारिता पेशा हो कि नशा?” – बास्तवमा पेशा पनि हो (वेब साइट र पत्रपत्रिकामा आउने बिज्ञापनबाट) अनि नशा पनि हो र साथ साथै स्थानीय समाजलाइ सु-सुचित राख्ने मध्यम पनि हो | वेब साइट र पत्रपत्रिका चलाउने पत्रकारहरुको खर्च जस्तै domain registration, web hosting, software development, software quality assurane, software maintenance, कागज, मसि, छपाई अनि कतिले त नेपालमा तलबी प्रतिनिधि समेत राखेका छन | अनि साथ साथै चाहे वेब साइट होस् वा पत्रिका, त्यो संचालन गर्न ति व्यक्तिहरुको समय जुन सायद volutary contribution हुने छ | यत्रो सबैको बाबजूद हामीले निशुल्क समाचार हेर्न र पढ्न पाउनु शायद वहाँहरुको समाज सेवा नै भन्नु पर्छ |
    ५. “पंक्तिकार स्वयम पनी नेपालमा छँदा केही समय सक्रिय पत्रकारितामा बिताएको” – यस्तो व्यवसायिक पत्रकारहरुले यहाँ इच्छा राखेर बनेका पत्रकारहरुलाई तालिम दिनुस, कसरि सहि (in sense of content) समाचार सहि (in sense of process) तरिकाले सम्प्रेषण गर्ने| बिरोध गर्न एक दम सजिलो छ, म पनि न गर्ने मान्छे चाही हैन तर सबैलाई यौटै दृस्टीकोणले हेर्नु हुन्न |

    अमेरिकामा गरिने नेपाली पत्रकारिताको यौटा मुख्य कुरा जुन तपाइले छुटाउनु भएको छ, त्यो हो पत्रकारितामा निस्पक्षता | अहिले अमेरिकाबाट चल्ने सबै online portal हरुलाइ हेर्नुहोस् सबै कुनै न कुनै NRN America को आसन्न चुनाबको candidate को औपचारिक मुख पत्र जस्तो लाग्छ | आफ्नो candidate को अन्धभक्त बर्णन र अरु candidate को कि त समाचार नै छैन कि त बिरोध्पूर्ण समाचार | यो फेरी आफैमा औधि गलत हो |

    Important Note: यो कमेन्ट गरेर मैले कसैको बचाव गरेको हैन अनि कसैको बिरोध पनि, यथार्थता प्रस्तूत गरेको मात्र हो | मनमा लागेको पोखेको मात्र हो | फेरी कत्तिले यो पनि त्यहि ड्याङ्गको पत्रकार मुला परेर आफुलाई बचाएको भन्नु होला | यस article का मूल पंक्तिकारको भाषा सापटी लिदा जस्तै म पनि नेपालमा विकासे पत्रकारिता (development journalism) चाहिं गर्थे र अमेरिकामा केहि कार्यक्रमहरुका रिपोर्ट जस्तो लेख्थिये, अमेरिका तथा नेपालमा कुनै चित्त न बुझेको घटनामा आफ्नो निस्पक्ष विचार आफ्नै फेस्बुके वालमा पोक्थे जसलाई कोहि साथीहरुले मन पराएको खण्डमा मेरो अनुमतिमा आफ्नो online portal हरुमा छापि दिन्थे (अब त्यसलाई नै पत्रकारिता भनिन्छ भने थाहा छैन), १/२ चोटी यहि mysansar मा पनि कोरेको छु |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • नाङ्गैपत्रकार

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Krishna

    “यो एउटा सामान्य काम हो, जो कि कुनै समाचार होइन।”
    तर तपैले त फेरी येसैलाई समाचार बनाउनु भयो त !!!!!!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • चिरफार मनपर्यो । यो लेखलाई दुरबिन बनाएर हेर्ने हो भने धेरै ” पत्रकार ” नाङ्गै देखिन्छन् ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • क़ुरा सही हो।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Raj

    मलाई सहि लाग्यो तपाइको कुरा/ यहाँ सब लाइ हिरो, जान्ने , नेतागिरी हुनुपर्ने प्रबिर्ती देखे मैले / हामी नेपाली को आडम्बरी पन सारै नै धेरै रहेछ/ अरु लाइ ( आफ्नै नेपाली लाइ , बिदेसी लाइ होइन ) देखाउनै पर्ने आफु ठुलो हुं भनेर / बिदेसी संग त उही हो फेरी निचिक्क परेर दात देखाउने / यस्ता तोरी लाउरे हरु को कुरा गरि साध्य छैन लेखक जिउ /

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0