यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

फेसबुकमा टेस्टोनी आतंकबाट पीडित हुनुहुन्छ? बच्‍न यसो गर्नुस्

अहिले फेसबुकमा टेस्टोनीको आतंक छ।

भविष्यमा के बन्छस्?
कति पैसा कमाउँछस्?
कुन पार्टी ठीक हो?

आदि इत्यादिले जसको पनि फेसबुक भरिएको देखिएको छ। यदि तपाईँ यसबाट दिक्क हुनुहुन्छ र आफ्नो फेसबुकको भित्तोमा यस्ता वाहियात कुरा नदेखियुन् भन्ने चाहनुहुन्छ भने दुई क्लिकमा समस्या समाधान हुन्छ। यसो गर्नुस्।

१) सबभन्दा पहिला त्यस्तो पोस्टको दायाँ छेउको > मा क्लिक गर्नुस्। त्यहाँ क्लिक गरेपछि मुन्तिर अरु अप्सन देखिन्छ।

२) Hide all from testony.com app लेखिएकोमा क्लिक गर्नुस्।

यसरी दुई क्लिकमा तपाईँ यो वाहियात कुराबाट मुक्ति पाउन सक्नुहुन्छ।

यो फेसबुकको एपले तपाईँको पासवर्ड चोर्ने भन्ने हल्ला भए पनि वास्तवमा त्यसो होइन। यसले तपाईँको प्रोफाइल र इमेल चाहिँ संकलन गरेर राख्छ। पछि तपाईँलाई स्पाम मेल आउने सम्भावना भने हुन्छ।

तर सकेसम्म यस्ता वाहियात एप प्रयोग नगर्नु नै राम्रो हो।

12 comments to फेसबुकमा टेस्टोनी आतंकबाट पीडित हुनुहुन्छ? बच्‍न यसो गर्नुस्