यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

के हो ‘प्रतिष्ठा’ भनेको ?

-कृष्ण ज्ञवाली-

मलाई एकजना साथीले अमेरिकामा भने, अमेरिका आएपछि त नेपालमा बिहे गर्नका लागि केटीहरु दशैँमा खसी–बोका छानेजस्तो छानी-छानी ल्याउन पाइन्छ। अब आफै बुझ्नुस्, प्रतिष्ठा आचरणमा होइन, को कुन देशमा छसँग गासिएको रहेछ।

एकजना आत्मीय मित्रले मलाई फेसबुकमा भने- ‘अब त तपाईँको इज्जत (प्रतिष्ठा) बढ्ने भयो। किनकि तपाईँ अमेरिकामा हुनुहुन्छ। मैले प्रतिप्रश्न गरेँ- ‘के अमेरिका आउँदैमा हामी अर्कै लोकको बन्छौं ? के हो त्यो प्रतिष्ठा नाप्ने मापदण्ड? उनले उत्तर दिए—’यस्तै चलन चलेको छ यहाँ।’ र मैले उत्तर भनेँ— ‘त्यो चलन हामीहरुले बनाएको हो।’

यदि कुनै व्यक्तिको अकुत सम्पति छ, राम्रो घर अनि गाडी छ तर उसले समाजमा परिवर्तन ल्याउने काम गरेको छैन भने त्यो अति गरीब प्राणी हो। ऊ र कुकुरमा कुनै भिन्नता देख्दिन म। किनकी आफ्नो लागि मात्रै त सबै प्राणीले गर्दछन् तर हामी त सामाजिक प्राणी !!! त्यसकारण त्यस्ता प्राणीलाई खोई कसरी सामाजिक भन्ने ! हामीले विचलनलाई चलन बनायौँ, अनि त्यही चलनलाई सामाजिक नियम बनायौ। त्यसकारण मानिस अमेरिकामा हुनु वा अरबमा हुनुलाई प्रतिष्ठाको विषय बनाउनु उचित नहोला। व्यक्तिको आचरण सबैभन्दा उत्तम आधार हुन्छ होला उसलाई मूल्याङ्कन गर्नका लागि।

सामाजिक प्राणीको “प्रतिष्ठाको” समाजशास्त्रीय चिन्तन

सामाजिक प्राणी मानिस र सामान्यतया बुझिने “प्राणीको” अर्थमा मुख्य फरक भनेको “विवेक” हो जुन दिमागबाट निर्देशित हुन्छ। हामीलाई सृष्टिकर्ताले दिएको बहुमूल्य वस्तु पनि त्यही नै हो जसले हामीलाई अन्य प्राणीजगतभन्दा फरक नाम दियो “सामाजिक प्राणी।”

यसको बुझाई भने फरक हुनसक्छ—समाजपिच्छे, संस्कृतिपिच्छे, धर्मपिच्छे वा अन्य कुनै फरक दृष्टिकोण राखेर गरिने विश्लेषणपिच्छे। यसलाई नै हामी विविधता भन्छौ। र यो विविधतालाई एकत्रित गर्न एउटा प्रणाली बनाईन्छ जसमा सवै एकाईले प्रकार्य गर्दछन्।

देश, सरकार, दल, धर्म आदि विविधतालाई हामी यिनै प्रणाली अर्नगत राखेर हेर्न सक्छौ र यसैभित्र सामाजिक सञ्जाल जेलिएको हुन्छ। त्यही सामाजिक सञ्जालभित्र एकता, अनेकता, द्धन्द, प्रतिस्पर्दा, अपराध, माया, दायित्व आदि हुन्छन्। यी सवै मानवको दिमागले सृजना गरेको सञ्जालमा समाज विकाशसँगै एउटा यस्तो शब्द जन्मिन पुग्छ, त्यो हो “प्रतिष्ठा।” सुन्दा साह्रै राम्रो लाग्ने यो शब्दले भित्रभित्रै एउटा विकार ल्याएर हाम्रो दिमागमा जमाईदिन्छ अनि हामी त्यही अनुरुपको वोली, व्यवहार र कार्य गछौ जुन समयसँगै नियम बन्न जान्छ। र यो नियमको जड सामाजिक मूल्यमान्यता हो। त्यो नियमले व्यक्तिगत स्वतन्त्रतामा खलल पुर्याउँछ, त्यसलाई नियम मानि हामी सजिलै स्वीर्काछौ। नमानेमा त्यो विचलनवादी हो। र त्यही सामाजिक प्राणीको समूहभित्र उपसमूह, गुट, उपगुट बन्दै जान्छन्। कहिले तिनीहरु मिल्छन् त कहिले टुक्रिन्छन्। तिनीहरु मिल्ने र टुक्रिने आधार पनि प्रतिष्ठा नै हो जसले आफ्नो समूहलाई चलनवादी (नियमसंगत छ) नै हो भन्ने ठान्छन्।

जात, अर्थ, रंग, धर्म, शिक्षा, देश, पेशा आदिले प्रतिष्ठाको निर्धारण गर्छन्, जसले गर्दा सामाजिक प्राणीलाई असामाजिक बनाइदिन्छ (मानवसमूहलाई अलग्याइदिन्छ)। यस्तै मान्यतामा संसार चलिआएको छ। यो तथ्य र सत्य दुवै हो। संसारिक तथ्य र सत्यमा रुमलिएको नेपाली मानव जगतमा पछिल्लो समयमा आएको प्रतिष्ठा हो—अन्तराष्ट्रिय पहुँच। यसको प्रभाव राष्ट्रिय राजनीति, व्यक्तिगत जीवनसंग मज्जाले गाँसिएको छ। फेरि, त्यसले अरुको सामाजिक जीवनमा खासै प्रभाव पार्दैन्। तर पनि हामी अति वास्ता गर्दछौ त्यस्ता कुराको जसले वैमन्यश्यता अथवा ईर्ष्याको सिर्जना गर्दछ र मानवविच विभेद निम्त्याउँछ। यस्तै व्यवहारले गर्दा हामी सामाजिकबाट असामाजिक बन्दै आएका छौ र अहिले त अति व्यक्तिवादी।

एकजना आत्मीय मित्रले मलाई फेसबुकमा भने- ‘अब त तपाईँको इज्जत (प्रतिष्ठा) बढ्ने भयो। किनकि तपाईँ अमेरिकामा हुनुहुन्छ। मैले प्रतिप्रश्न गरेँ- ‘के अमेरिका आउँदैमा हामी अर्कै लोकको बन्छौं ? के हो त्यो प्रतिष्ठा नाप्ने मापदण्ड? उनले उत्तर दिए—’यस्तै चलन चलेको छ यहाँ।’ र मैले उत्तर भनेँ— ‘त्यो चलन हामीहरुले बनाएको हो।’

चार वर्षअघि एउटा छापामा लेखेको कुरा दोहोर्‍याउन चाहन्छु— ‘यदि कुनै व्यक्तिको अकुत सम्पति छ, राम्रो घर अनि गाडी छ तर उसले समाजमा परिवर्तन ल्याउने काम गरेको छैन भने त्यो अति गरीब प्राणी हो। ऊ र कुकुरमा कुनै भिन्नता देख्दिन म। किनकी आफ्नो लागि मात्रै त सबै प्राणीले गर्दछन् तर हामी त सामाजिक प्राणी !!! त्यसकारण त्यस्ता प्राणीलाई खोई कसरी सामाजिक भन्ने ! हामीले विचलनलाई चलन बनायौँ, अनि त्यही चलनलाई सामाजिक नियम बनायौ। त्यसकारण मानिस अमेरिकामा हुनु वा अरबमा हुनुलाई प्रतिष्ठाको विषय बनाउनु उचित नहोला। व्यक्तिको आचरण सबैभन्दा उत्तम आधार हुन्छ होला उसलाई मूल्याङ्कन गर्नका लागि। यसले पनि अवश्य विभेद निम्त्याउछ, केहि हामीले बनाएका खराव भनेर मानेका मान्यताहरुले होला।

हुनत राजनीतिक दलहरुका तलुवा चाटेर बन्ने त्रि.वि.का. विभागीय प्रमुख (खासगरी त्रि—चन्द्रको समाजशास्त्र विभाग जहाँ धेरै विधार्थी समाजशास्त्र पढ्न आउँछन्) र आसेपासेलाई पोसेर बनाइएको दलको झुण्डजस्तो लाग्ने शिक्षालयमा लिएको शिक्षामा यस्ता समाजशास्त्रीय चिन्तनका कुरा कहिल्यै पढिनँ मैले। तर, सबै त्यहाँ त्यस्ता छैनन्, केही राम्रा गुरुहरु पनि छन्। तर गोरु र गुरुको सम्मिश्रण एकै ठाउँमा छ। त्यसमा पनि गोरुकै वर्चश्व हावी छ (त्रि—चन्द्रको राम्रो अनुभव भएकाले यसको उदाहरण दिएको हुँ, जहाँ मैले ६ वर्ष अध्ययन गरेँ)। उनीहरुको प्रतिष्ठा भने एकै छ बाहिरबाट हेर्दा। त्यसकारण, यस्ता विचलनलाई हामीले चलन बनाइदियौँ। गलतलाई गलत र सहीलाई सही भनेर भन्ने हिम्मत गर्न नसक्ने अवस्था हुनु एउटा ठूलो दुर्भाग्य। कतिपय नेपाली मिडियाका मित्रहरु र स्वयम् मिडियामा पनि यो त्रास छ। र त्यो त्रासको जड पनि प्रतिष्ठा नै हो, तथाकथित ठूलो मान्छे प्रवृति वा ऊसँग गासिएको दादाहरुको झुण्ड।

हामीले हाम्रा छोराहरुलाई (तत्कालीन छोरीहरुले बाहिरी काम नगर्ने समयताका), छोरा सरकारी जागिर खा र पैसा लुट भन्यौ, अनि त्यसरी कमाएकालाई सम्मान दियौ। ती खानेहरुले नेताहरुलाई पैसाले किनेर खाइदिए, त्यसपछि उनीहरु हान्ने गोरु बने, पछि हामी नागरिक त हेरेको हेर्‍यै। त्यसरी लुट्ने सरकारी कर्मचारीहरु, ठग्ने सामाजिक संस्थाहरु, राजनीतिक दलको बिल्ला भिरेर नाम कमाएका विद्धान वर्गहरु, नपढाई तलब खाने तथाकथित गुरुहरु, मान्छे कुट्दै हिँड्ने युवा साँढेहरु, मजैले मस्ति गरी गरी देश लुट्ने राजनीतिक दलका नव राजाहरु, यी सबैको सामाजिक प्रतिष्ठा उच्च छ। यस्तो सामाजिक संरचनामा इमानदारहरु कुल्चिएका छन्, मिचिएका छन्, अनि तथाकथित प्रतिष्ठा गुमेको महशुस गरिरहेका छौँ। यो सामाजिक संरचना हामीले नै बनाएको हो र हामीले नै भत्काउनु पर्छ। हामीहरु धेरै भइकन पनि थोरै छौ र उनीहरु थोरै भइकन पनि धेरै।

तर देशको अवस्था अलि भिन्न छ, युवादेखि जेष्ठनागरिकसम्म राजनीतिक पूर्वाग्रही छन्। त्यसकारण त्यो आचरणमा परिवर्तन आउन निकै समय लाग्न सक्छ यदि यही अवस्था रहिरहने हो भने। विविधता र बहुलवाद पनि प्रतिष्ठामै जेलिएको छ। यही नै अहिलेको ठूलो समस्या हो। र यो समस्या त्यति सजिलै समाधान हुनेजस्तो राजनीतिक अवस्था पनि छैन। यस्तै भुमरी हामी अझ केही वर्ष झेल्छौं। सामाजिक परिवर्तको लागि हुने अबको क्रान्ति भनेको स्वतन्त्र व्यक्तिलाई नेता चुन्न सक्नु नै हो। नेता बन्नलाई दल नै चाहिने सांसारिक परम्पराबाट हामी माथि उठी परिवर्तन खातिर परिवर्तनको मर्म बुझी त्यस अनुरुप लाग्नुपर्छ। त्यो भनेको के भने अबको क्रान्ति भनेको लड्ने क्रान्ति होइन, त्यो हो बौद्धिक र व्यवहारिक क्रान्ति, जसले नेपालको सुन्दर भविष्को खाका कोर्न सकोस्, र त्यो काल्पनिक नभई आफ्नै शैलीको व्यहारमा लागू हुने खालको हुनुपर्दछ।

अब यो कार्य लेख्नमा त सजिलो छ, व्यवहारमा लागू गर्न त्यत्तिकै कठिन छ। तर असम्भव भने छैन। प्रश्न उठ्ला किन गर्ने? सामाजिक प्राणीको दायित्व पूरा गर्न जसले समाजलाई सकारात्मक परिवर्तनतिर अग्रसर बनाउँछ। त्यसका लागि हामीले आम नेपाली नागरिकलाई विभाजित गर्नका लागि बनाएका “प्रतिष्ठाहरुलाई” निमिट्यान्न पार्नु पर्छ।

मलाई एकजना साथीले अमेरिकामा भने, अमेरिका आएपछि त नेपालमा बिहे गर्नका लागि केटीहरु दशैँमा खसी–बोका छानेजस्तो छानी-छानी ल्याउन पाइन्छ। अब आफै बुझ्नुस्, प्रतिष्ठा आचरणमा होइन, को कुन देशमा छसँग गासिएको रहेछ। यसबारेमा सबैभन्दा शुरुको प्रतिष्ठा अमेरिका अथवा यूरोपमा बसी—रही आएकासँग छ। त्यसलाई सबैभन्दा पहिले भत्काउँ। दोश्रो, त्यसरी जोडिएको प्रतिष्ठा बोकी नेपाल आएर उनीहरुकै शब्दमा भन्दा दशैँमा खसी—बोका छानेझैँ केटी छान्ने प्रतिष्ठाको पछि लागि, आचरण, उमेरको ख्याल नै नगरी आफ्ना चेली—बेटी जिम्मा नलगाऔं। तेश्रो, मानिसलाई धन र सामाजिक पहुँचको आधारमा होइन, आचरणको आधारमा मूल्याङ्कन गरौं। यति गर्नसकेमा र माथिका तथ्यलाई अंगीकृत गरी व्यवहारमा लागू गर्न सकियो भने नेपाल, नेपाली संस्कार (पुरातनवादी ढोङ होइन, पहिचानको संस्कार जहाँ अरुलाई विभेद हुँदैन) सुरक्षित रहन्छ र नेपाल एउटा विभेदरहित विकासपथमा अघि लम्कन्छ जहाँ राम्रो आचरणको सम्मान हुन्छ। के हामी यस्तो स्वयम् आफू हुन सक्छौं?

(January 6th, 2012 मा पहिलो पटक प्रकाशित)

5 comments to के हो ‘प्रतिष्ठा’ भनेको ?

  • Avaa

    कुक्कुर भनेको बुद्धत्वको पथतिर लागेको चेतनशील प्राणी हो भने उसलाई तुच्छ ठान्ने कथित मानिस एक चेतनाबिहीन पिचास ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • dor prasad

    “ऊ र कुकुरमा कुनै भिन्नता देख्दिन म”, गलत कुकुर ले पनि अरुको भलोको लागि काम गर्न सक्छन, अन्धो लै बाटो देखाउन सक्छन , बम पत्ता लागौन्छां, घर को रछ्या गर्छन, उनि हरु मानिस भन्दा पनि इमान्दार हुन् सक्छन …

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • alkaapuri

    कृष्णजी कुन साथीले भन्यो यस्तो कुरा हाम्रा अघि ल्याउनुस् त एकचोटी । साउनमा अाखा फुटेको गोरूले सधै हरियो देख्छ । सम्पति टन्न भएका धनी बाउका छोरी बिहे गर्न मरिमेट्ने केटाहरु पानि छन् नेपालमा । के सबैलाई एउटै तराजुमा राख्न मिल्छ?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Galat…….katilai hola tr…. sabaima lagu hudain…

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    प्रतिस्टा भनेको साधु सन्त का लागि भ्रम हो , नेताको लागि भोट हो , अभिनेताको लागि पैसाको बोट हो , कुर कुरे बैस लागेर मातेकी तरुनीको लागिरातो ओठ हो, कम्जोर गरिब को लागि चोट हो |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0