यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

के तालुखुइले मान्छे बुद्धिमान हुन्छ ?

bald कोही मान्छे तीक्ष्ण बुद्धि भएको (genius) र कोही मान्छे बोधो दिमाग भएको (stupid) हुन्छ भन्ने कुरा विज्ञानले झुट्टा साबित गरिदिएको छ। टाउको ठुलो भएको अथवा तालु खुइले बुद्धिमानी (genius) हुन्छ भन्ने कुरा पनि गलत हो। मान्छे अनुसार गिदीको वोजन अलिअलि थोरै वा धेरै हुन सक्छ, तर गिदीको वोजनले पनि genius र stupid निर्धारण गर्दैन। वास्तबमा कोही पनि मान्छे बढी बुद्धि भएको अथवा कम बुद्धि भएको हुँदैन। फरक यतिमात्र हुन्छ की दिमागलाई सही माध्यमले बढी प्रयोग गरे जो पनि बढी जान्ने हुन्छ, कम प्रयोग गरे कम जान्ने हुन्छ, र प्रयोग नै नगरे नजान्ने हुन्छ। मानब दिमागले भ्याउन नसक्ने केही हुँदैन। हालसम्मका अनुसन्धानले संसारका ठूलाठूला विद्वान तथा बैज्ञानिकहरुको पनि मुस्किलले १०% मात्र दिमाग प्रयोग भएको बताएका छन्।

“Smithsonian” नामक Science Journal मा जैविक रसायनशास्त्रका ज्ञाता Dr. Isaac Asimov लेख्छन ““यो ब्रह्माण्डमा रहेका र हामीले थाहा पाएका सम्पूर्ण बस्तुहरु मध्ये मानबको खोपडीभित्र हुने करिब तीन पाउण्डको (1 pound= about 454 grams) गिदी नै संसारमा सबैभन्दा जटिल र ब्यबस्थित छ होला।”

मानव मस्तिष्कमा झन्डै १ खरब (10 thousand million) स्नायु कोष (nerve cell) हुन्छन। ती हरेकले अन्य स्नायु कोषसँग सम्पर्क स्थापित गर्नको लागी १० हजार देखि १ लाखसम्मका सूक्ष्म तन्तुहरु (connecting fibers) उत्पन्न गर्दछन। यी सबैको योग हाम्रा क्यालकुलेटरले हिसाब निकाल्न सक्दैनन्।

औसत मानव मस्तिष्कमा न्युरन (neuron) भन्ने करिब ८६ अरब (86 billion) मस्तिष्क कोषहरु हुन्छन। तिनीहरु सबैले मस्तिष्कबाट शरीरका अन्य भागमा सूचाना लैजान्छन। त्यतिमात्र होइन यी ८६ अरब neuron सबैको मस्तिष्कभित्रै पनि अरु करिब ५० हजार मस्तिष्क कोषसँग अन्य dendrites भन्ने सूक्ष्म fibers को माध्यमले बिद्दुतीय संचार सम्बन्ध स्थापित हुन्छ। यस प्रकार मस्तिष्कका अन्तरिक र बाह्य गरी दुई प्रकारका संजाल (network) हुन्छन्।

हुन त मस्तिष्क तथा अन्य स्नायु प्रणालीहरु धेरै प्रकारका कोषले बनेका हुन्छन, तर मस्तिष्क र शरीरका अन्य भागसंग संचार सम्पर्क गराउने प्रमुख भूमिका neuron भन्ने कोषहरुको हुन्छ। विभिन्न neuron हरुले अर्काथरि neuron मा पठाउने विविध प्रकारका विधुतीय संकेत अनुसार नै हामीले अनुभूति गर्ने, स्मरण गर्ने, विचार गर्ने, कुनै कुराको अनुभब गर्ने गर्दछौं। मस्तिष्क कोषले एकदमै बढी काम गर्ने हुनाले हामीले खानाबाट प्राप्त गर्ने शक्ति मध्ये २०% देखि २५% शक्ति मस्तिष्कलाई चाहिन्छ। मस्तिष्कमा शरीरका अन्य अंगसंग एकदमै छिटो सम्पर्क गर्न सक्ने र निर्देशन दिन सक्ने अकल्पनीय शक्ति हुन्छ।

मानौ तपाईं र तपाईंको साथी एकजनाले बल हान्ने र अर्कोले समात्ने खेल खेलिरहनु भएको छ। बलको बेग करिब ५० किलोमिटर प्रति घन्टा छ। यदि हान्ने व्यक्तिले झुक्क्याएर बलको कोण (curve) परिवर्तन गर्छ भने समात्ने व्यक्तिको मस्तिष्कले उसका हातखुट्टाका मांसपेशीलाई करिब ५०० किलोमिटर प्रति सेकेन्डको गतिमा निर्देशन दिई बलको कर्भ अनुरुप उसको पोजिशन बदल्न निर्देशन दिन सक्छ। यहाँनिर बल समात्ने मान्छेले किन कहिले काहीं बल समाउन सक्दैन त भन्ने प्रश्न उठ्न सक्छ। किन त्यस्तो हुन्छ भने शरीरका मांसपेशीहरुले सधै नै मस्तिष्कले दिएको समय र गति (timing and speed) अनुसार काम गर्न सक्दैनन्। हाम्रो दैनिक जीवनमा कुनै जानेकै कुरा लेख्दा कतै अक्षर छुट्ने अथवा समात्न सक्ने बस्तु पनि खस्ने हुनुको कारण पनि मस्तिष्कको निर्देशन, र निर्देशन पाउने शरीरका मांसपेशीहरुको वीचमा timing and speed नमिल्नु हो।
मानव मस्तिष्कको बनौट र कामको बिस्तृत रुपमा चर्चा गर्ने हो भने बीसभन्दा बढी खण्डमा बाँडेर अध्यन गर्नु पर्ने हुन्छ, जुन यहाँ सम्भब छैन। त्यसैले यहाँ मुख्य तीन भागको मोटामोटी चर्चा गरौँ।

मेरुदण्डको माथिल्लो भागसंग घुच्चुक जोडिने ठाउँमा हुने cerebellum भन्ने मस्तिष्कको भाग (गिदी) लाई Hindbrain भनिन्छ। यसले श्वासप्रश्वास र मुटुको गति आदिलाई संचालन वा नियन्त्रण गर्दछ। cerebellum ले अभ्यासबाट सिक्ने सीप सिक्न मद्दत गर्दछ। Hindbrain को ठिक माथि रहेको मस्तिष्कको अलिकति भागलाई Midbrain भनिन्छ। यसले दृश्य सम्बन्धि कुराहरु, आँखाको चाल र अन्य ऐच्छिक कुराहरु नियन्त्रण गर्दछ। Hindbrain तथा Midbrain बाहेको संपूर्ण मस्तिष्कको मुख्य भागलाई forebrain भनिन्छ। यसले हाम्रो सोंच, धारणा, संवेग, स्मरण, चिन्न सक्ने क्षमता, व्यक्तित्व आदिलाई निर्देशन तथा नियन्त्रण गर्दछ।

खप्परभित्र गिदी दायाँ र बायाँ गरी दुईवटा मुख्य भागमा बाँडिएको हुन्छ। दुवै भागको एकआपसमा जोडिने भाग, एउटा बाक्लो स्नायु तन्तु (nerve fibers) ले बनेको हुन्छ। त्यही nerve fibers को माध्यमले दुवै भागले एक-आपसमा संचार स्थापना गर्दछन। यी दुई भाग देख्दा उस्तै देखिए पनि यिनीहरुको काम एकदमै फरक हुन्छ। केही उदहारण दिनु पर्दा: यदि हामीले कुनै शब्द सिक्दैछौँ भने मस्तिष्कको देब्रे भागले काम गर्छ भने कल्पना गर्दा, धारणा बनाउँदा, हाम्रो सोंचमा अमूर्त चित्र आदि बनाउँदा दाहिने भागले काम गर्दछ। तर एकदम आश्चर्यलाग्दो कुरा के छ भने मस्तिष्कको दायाँ भागले शरीरको बायाँ भागलाई नियन्त्रण गर्छ भने बायाँ भागले दायाँ भागलाई। मानौं मस्तिष्कको दायाँ भागमा ठुलो क्षति पुग्यो भने बायाँ तर्फका अंग, जस्तै हातखुट्टा, नचल्ने हुन्छन।

(April 8th, 2014 मा पहिलो पटक प्रकाशित)

2 comments to के तालुखुइले मान्छे बुद्धिमान हुन्छ ?

  • Abanab

    I think he mean to say हुमन ब्रेन ले अहिले भन्दा ९०% बढी काम गर्न सक्छ भन्न खोजे जस्तो लाग्छ न कि हाम्रो दिमागको कुनै भागले कम गरेको छ कुनै बेकाम छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • “हालसम्मका अनुसन्धानले संसारका ठूलाठूला विद्वान तथा बैज्ञानिकहरुको पनि मुस्किलले १०% मात्र दिमाग प्रयोग भएको बताएका छन्।”
    उदयजी, the above notion is a myth, There is no scientific evidence to suggest this claim. This conception was developed by misinterpretation of American psychologist William James in early 19th century. Later this myth has been debunked by several neuroscientist and neurologist. We use virtually use every part of the brain at 100% and most of them are active all the time, though the level of activity at any given moment may be different.

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 1

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)