२४ फोटोमा हेर्नुस् नेपाल संवतको नयाँ वर्षको रमाइलो

शुक्रबार राष्ट्रको नाममा रहेको संवत् नेपाल संवतको नयाँ वर्ष ११३८ सुरु भयो। यो खुसियालीमा सदा झैँ सांस्कृतिक भिन्तुना अर्थात् शुभकामना र्‍याली काठमाडौँमा निस्कियो। देशका अन्य विभिन्न ठाउँमा पनि यस्ता र्‍याली निस्कियो। काठमाडौँमा भने वसन्तपुरबाट विशाल र्‍याली निस्केर नगर परिक्रमा गर्ने गर्छ। पञ्चायत कालमा यस्तो र्‍याली निकाल्दा धरपकड हुने गर्थ्यो। २०४६ सालको आन्दोलनपछि बहुदलीय व्यवस्था आएदेखि र्‍याली पछि हुने सभामा प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउने गरिन्छ। हेरौँ र्‍यालीका केही दृश्य।

Comments are Disabled

Social Media Auto Publish Powered By : XYZScripts.com