यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

माइसंसार भर्चुअल मतदान

माइसंसारमा पछिल्ला दुई संविधान सभाको निर्वाचनमा हामीले भर्चुअल मतदानको व्यवस्था गरेका थियौँ। यसले मतको ट्रेन्ड बुझ्न सघाएको थियो। यस पटकको चुनाव भने फरक छ। प्रदेश सभा र प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिक गरी तीन वटा मतपत्रमा चार वटा मत दिनुपर्छ। यी मतबाट प्रदेशमा प्रदेश सरकार र केन्द्रमा केन्द्रीय सरकारसमेत बन्नेछ। माइसंसारका पाठकहरुले यस पटक पनि भर्चुअल मतदानको व्यवस्था गर्न सुझाव दिए अनुसार यो व्यवस्था गरेका छौँ।

कृपया यी कुरामा ध्यान दिनुहोला

यसमा मतदान गर्न चुनाव चिह्नभन्दा माथिको थोप्लोमा क्लिक गरी मुनि रहेको Vote लेखिएकोमा क्लिक गर्नुहोला।

[अपडेट : मतदान अहिले बन्द गरिएको छ। दोस्रो चरणको मतदान हुने दिन मंसिर २१ गते पुनः मतदान खुला गरिनेछ]

यो नमूना मतदान मात्र हो। यहाँ दिइने मत पनि वास्तविक निर्वाचनमा झैँ गोप्य हुन्छ। कुन आइपीबाट कसलाई मत दिएको भनी पत्ता लगाउन स‌ंभव छैन। तर एउटा आइपीबाट एउटा मत मात्रै दिन सकिन्छ। दोस्रो पटक सोही आइपीबाट मत दिन खोजे सिस्टमले त्यसलाई स्वतः रोक्नेछ। नेपालमा बुथ क्याप्चरको संभावना रहे झैँ एकै व्यक्तिले थरिथरिका आइपी प्रयोग गरेर मत दिनसक्ने संभावना त छ। तर यहाँको मतपरिणामले सरकार बन्ने काम नहुने हुँदा त्यस्तो दुःख गर्दैनन् भन्ने आशा राखौँ।

यस मतदानमा मतदाता नामावलीमा नाम नभएका स्वदेश र विदेशका नेपालीहरुले मत दिने हुँदा यसको परिणाम नेपालमा भएको वास्तविक निर्वाचनको परिणामसँग नमिल्न पनि सक्छ। तर स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले आफूले मत दिन नपाए पनि आफ्ना साथीभाइ र आफन्तले दिने मतमा प्रभाव पार्न सक्ने हिसाबले वास्तविक परिणामसँग मिल्न वा नजिक हुने संभावनालाई पनि नकार्न मिल्दैन।

माइसंसारको भर्चुअल मतदान नेपालमा मतदान सुरु भएपछि मंसिर १० र २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ तर निर्वाचन आचार संहिता अनुसार मतदान जारी रहँदासम्म अर्थात् मंसिर २१ को साँझ ५ बजेसम्म मतदातालाई प्रभाव पार्ने गरी नतिजा प्रकाशित गरिने छैन। नतिजा नेपालमा मतदानको अवधि सकिएपछि अर्थात् मंसिर २१ गते साँझ ५ बजिसकेपछिमात्रै सार्वजनिक गरिनेछ।

धेरैभन्दा धेरै सहभागिताले वास्तविक परिणामको नजिक पुग्न सक्ने संभावना बढाउँछ।

2 comments to माइसंसार भर्चुअल मतदान

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)