यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

अन्ततः कांग्रेसको रुवाईको अगाडि एमालेको घुर्कीले फेल खायो, ६७ दिनपछि राष्ट्रपतिले जारी गरिन् अध्यादेश, के छ त्यसमा पढ्नुस्

अन्ततः यो पुसको जाडोमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिसै पानीले नुहाउन बाध्य हुनुपरेको छ। सहमति नभई अध्यादेश जारी नगर्ने उनको अडान फेल खाएको छ। एमालेले असंवैधानिक भन्दाभन्दै पनि बाँकी सबै दल एकल संक्रमणीय प्रणालीकै पक्षमा गएपछि पहिले एमालेकै नेतृ भएका कारण रोक्न खोजेको आरोप खेप्दै मन्त्रिपरिषद्ले सिफारिश गरेको ६७ दिनपछि शुक्रबार राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य निर्वाचनको अध्यादेश जारी गरेकी छिन्। खासमा स्थानीय र प्रदेशको मतपरिणामले बहुमतीय प्रणालीमा चुनाव भए राष्ट्रिय सभामा आफ्नो उपस्थिति शून्य हुने भन्दै कांग्रेस रोएकै हो। ठूलो दल बनेको एमालेले पनि एक टुक्रा पनि पापा दिन्नँ भनेर कांग्रेसलाई घुर्की देखाएकै हो। तर सिंहदरबारभित्र छिरेर कुर्सीमा बस्नै नपाउने स्थिति आएपछि कांग्रेसको रुवाईको अगाडि एमालेको घुर्कीले फेल खाएकै हो।


अब राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुई आधारमा हुने भएको छ। एउटा मात्र सदस्य छान्नु पर्ने दलित र अपाङ/अल्पसंख्यक गरी दुई वटा कोटामा गरी सात प्रदेशबाट १४ जना बहुमतीय आधारमा छानिनेछ। बाँकी ४२ जना भने एकल संक्रमणीय मतका आधारमा छानिनेछ।

तर आज जारी गरिएको अध्यादेश हेर्नुभयो भने चाहिँ तपाईँले एकल संक्रमणीय भनेको के हो, भेउ नै पाउन सक्नुहुने छैन। अध्यादेशमा त्यसबारे केही उल्लेख नगरी ‘निर्वाचित हुन आवश्यक पर्ने मत संख्या तथा निर्वाचन गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ’ भनिएको छ। संविधानमा पनि राष्ट्रिय सभाको निर्वाचन ‘संघीय कानुन बमोजिम हुनेछ’ भनेर निश्चित विधि नतोकिएका कारण यत्रो लफडा भएको थियो। अब यो अध्यादेशका आधारमा बन्ने अर्को कानुनले मात्रै कति भोट पायो भने निर्वाचित हुने, बढी पाएको भोट कसरी सर्ने भन्नेबारे व्यवस्था गर्नेछ।

राष्ट्रिय सभाको निर्वाचनमा तपाईँ हामीले भोट हाल्न पाउँदैनौँ। हामीले भोट हालेर जिताएका स्थानीय तहका पदाधिकारी (नगरपालिकाका मेयर र उपमेयर अनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष) र प्रदेश सभाका सदस्यहरुले भोट हाल्छन्। स्थानीय तहका पदाधिकारीको एक भोट बराबर १८ र प्रदेश सभाका सदस्यहरुको एक भोट बराबर ४८ मतभार गनिनेछ।

पढ्नुस् अध्यादेशमा के छ?


यो अध्यादेशमा एकल संक्रमणीय मत प्रणाली भनेको के हो, राम्रोसित उल्लेख नभएको हुनाले सजिलोसित बुझाउनका लागि यो उदाहरण हेरौँ-


मानौँ कुनै जंगलमा २० प्रजातिका जनावर छन् र त्यसमध्ये १० वटा बाँदर, दुई वटा हात्ती, पाँच वटा चिम्पान्जी, दुई वटा चितुवा र एउटा मृग छन्। जंगल सभामा तीन वटा प्रतिनिधिका लागि निर्वाचन हुने भयो भने बहुमतीय आधारमा तीनै वटा पदमा बाँदरमात्रै निर्वाचित हुनेछन्। किनभने बाँदरको बहुमत छ।

तर यदि एकल संक्रमणीय मतका आधारमा मतदान हुने हो भने हरेक मतदाताले प्राथमिकता क्रम अनुसार भोट हाल्न पाउने छन्। हरेक पदमा एक जनावर उम्मेदवार भएको कल्पना गरौँ। र सूत्र अनुसार कम्तिमा ६ भोट ल्याउने विजयी हुन्छ। कूल भोटलाई कूल सिटमा एक जोडेर आउने अङ्कले भाग गरेर आएको अङ्कमा एक जोड्दा जितका लागि आवश्यक भोट अङ्क बन्छ।

पहिलो चरणमा बाँदरहरुले आफ्नो पहिलो प्राथमिकताको मत बाँदरलाई दिने हुँदा एक पदमा स्वतः बाँदर निर्वाचित हुन्छ।

बाँदरले जितका लागि आवश्यकभन्दा चार भोट बढी पाएको छ। पाँच बाँदरले चिम्पान्जीलाई र पाँचले हात्तीलाई दोस्रो प्राथमिकतामा राखेको भए बाँकी भोट सूत्र लगाएर चिम्पान्जी र हात्तीमा सर्छ।

भोट कसरी सर्ने भन्नेमा विभिन्न सूत्रहरु रहेका छन्।

त्यसमध्ये एउटा सूत्र दोस्रो प्राथमिकतामा परेको भोटलाई त्यो प्रजातिले पाएको कूल भोटले भाग गरेर त्यसलाई बाँकी रहेको भोटले गुणन गर्‍यो भने सर्ने भोटको संख्या आउँछ।

हात्ती, चिम्पान्जी, मृग र चितुवामध्ये सबैले आफ्नै प्रजातिलाई पहिलो प्राथमिकताको मत दिएको हुन्छ। दोस्रो चरणमा सूत्र अनुसार बाँदरको बाँकी चार भोटमा दुई भोट चिम्पान्जीलाई र दुई भोट हात्तीलाई सर्छ।

चिम्पान्जीको आफ्नै पाँच भोट र बाँदरबाट थपिएको दुई भोटसहित सात भोट हुन्छ र ऊ दोस्रो पदमा निर्वाचित हुन्छ।

तेस्रो चरणका लागि हात्तीको आफ्नै दुई र बाँदरबाट जोडिएको दुई गरी चार भोट, चितुवाको दुई भोट र मृगको एक भोट बाँकी रहन्छ।

सबभन्दा कम भोट भएकोले मृग चुनावी दौडबाट बाहिरिन्छ। बाँकी रहन्छ हात्ती र चितुवा। मृगलाई भोट दिनेले दोस्रो प्राथमिकतामा चितुवालाई भोट दिएको भए हात्तीको चार भोट र चितुवाको तीन भोट हुन्छ। निर्वाचित हुन आवश्यक छ भोट कसैले पनि नपाएको भए पनि सबैभन्दा कम भोट पाउने चितुवा दौडबाट बाहिरिन्छ र हात्ती तेस्रो पदका लागि निर्वाचित हुन्छ।

बहुमतीय आधारमा भए ५० प्रतिशत बहुमत भएकोले बाँकी शतप्रतिशत प्रतिनिधित्व पाउँथ्यो भने एकल संक्रमणीय मतमा ५० प्रतिशत जनसंख्या भएकोले ३३ प्रतिशत, २५ प्रतिशत जनसंख्या भएकोले पनि ३३ प्रतिशत र १० प्रतिशत जनसंख्या भएकोले पनि ३३ प्रतिशत मत पाउँछ। बाँकी १५ प्रतिशतको दोस्रो प्राथमिकताको मत भएकोले उनीहरुको मतको पनि सम्मान हुन्छ।

युट्युबमा हेर्नुस् एकल संक्रमणीय मतलाई सजिलोसँग बुझाउने भिडियोहरु

7 comments to अन्ततः कांग्रेसको रुवाईको अगाडि एमालेको घुर्कीले फेल खायो, ६७ दिनपछि राष्ट्रपतिले जारी गरिन् अध्यादेश, के छ त्यसमा पढ्नुस्

  • सिर्जने

    अब नेपाली कांग्रेसका ‘रुन’ जान्नेहरु लाइ ओलम्पिक कमिटिको अपिसमा रुन पठाउनु पर्ने भो, रोइकराई गरेर नेपाललाइ ओलम्पिकमा 2-४ ओटा स्वर्ण पदक जित्ने खालको ‘संक्रमण’ गर्न सक्छन कि? 🙂

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • प्रेम नेपाल

    Sakokya जि एकपटक यता नजर लगायर बहस गर्दाकसो होला ८४ को ८को काम नलाग्ने पक्ष कुनै पार्टी ले प्रतिनिधि सभा मा ७० सि ट ल्यायो समानुपातिक मा १७ सि ट पायो र राष्ट्रिय सभा मा ११ ल्यायो र ल्याको जति सबै पुरुस छन अब निर्वाचन आयोग ले कसिरी त्यो पार्टी लाई कसरी ३३%महिला दिन्छ । यसरी कामै नलाग्ने धाराको पछि किन लागेको होला । अर्को उधाहरन ए माले कै हेरौ ८० र ४१ छ राष्ट्रिय सभामा यदि उसले ल्याउने सबै पुरुस भए र २५ जना ले जिते अब के गर्छ निर्वाचन आयोगा एमाले को ३३% महिला पुगेन भनेर फेरि चुनाव गर्छ राष्ट्रिय सभाको होइन भने यी नि हरु भातै खाने हुन कि अरुनै केही हेर्नुपर्दैन के गल्ती छ भनेर किन कि राष्ट्रिय सभा मा त जितेरनै ३७% महिला आइ सकेका हुन्छन होइनर त्यसैले यो धारा काम नलाग्ने र अरु जातिको प्रतिनिधि न आउने गरि दिजाइन बा ट बनाइको छ वा जतिखेर पनि कलहको बिउरोपन जड्याहा हरुले जा खाएर लेखेको हो यत्रो दिन सम्म सम्बिधानविध भन्ने हरु कहाँ लुकेका थिय यहाँ यहाँ गल्ती छ नभनी रि ट आउँछ अनि पैसा कमाइन्छ भनेर बसेका

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • तपाईँको उदाहरण अनुसार राष्ट्रिय सभामा एमालेका सबै पुरुषले जिते भने एमालेको ३३ प्रतिशत सदस्य पुर्‍याउन उसले प्रतिनिधि सभामा पाएको समानुपातिक सिटबाट त्यसको पूर्ति गर्नुपर्ने हुन्छ र त्यसका लागि उसले महिला सदस्य समानुपातिकमा पठाउनु पर्ने हुन्छ। ३३ प्रतिशत पुग्ने गरी समानुपातिक सिट नपाएको रहेछ भने नजिकको संख्या पुर्‍याइन्छ। गर्ने यत्ति नै हो।

      • प्रेम नेपाल

        मैले भनेको कुरा हजुर ले न बुझ्नु भको होकि होकि मैले भन खोजेको यो धारा को काम छैन कि त परिमार्जन नगरी नहुने छ भनेको हो

        मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

        • उत्कृष्ट संविधान बनाएको भन्नेहरुले सरकार निर्माणको कुरामा राष्ट्रिय सभा र महिला प्रतिनिधित्वलाई प्राविधिक रुपमा जोडेर बिजोग बनाएछन्। अब संविधान संशोधन त्यसमा गरे हुने हो

  • Shankar

    बास्तब मा यहा बादर बाहेक कोइ छैन , चितुवा, चिम्पान्जी ,हात्ती को नाउनै आवस्यक छैन | भिर पाखा बाट निस्केका यी सब बादर को हात मा नरिवल नेपाल परेको छ |
    काम को नाउमा मुग्लिन नारायण गढ जस्तो रास्ट्रिय महत्त्व को सडक बनाउन कहिले सकेन | खालि सब ले गफ गरेर खाएको छ , हप्ता मा ४ दिन अन्तर्वार्ता दियो , देश को बजेट लुट्यो आदि | एक दिन सब नेपालि प्यालेस्तानी हुन्छ | यी बादर हरु देश लुटेर ध्वस्त बनाए पछि या त् भाग्ने छ या लखटिने छ |
    मोदी , बेनर्जी आदिले नेपाल को सासन गर्छ | त्यो अध्यादेश पनि सानोतिनो जंगल नै छ पढ्न को लागि , हिन्दि बाट उल्था गरेको त् हैन?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • madan bajracharya

    उमेश ज्यु
    हाम्रो जस्तो नागरिककको मत बात चुनिने भन्दा नेताहरुले छानिने बलियो हुने अचम्मको लोकतन्त्रमा समानुपातिक र यकल संक्रमण पद्धति बात को कसरि चुनिने हुन्छ भनि बुझाउन जंगलको जंगली जनावरको उदाहरण दिनु भयको सार्है ठिक लाग्यो/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0