यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

अ डे विथ भेजिटेरीयन गर्ल

रितेश गुरुङ

“गलफ्रेन्ड चाहिँ बना’छौ कि छैनौ ?” उनि मुस्कुराउदै सोध्छिन ।
“बना’छु !” मुस्कान फिर्ता दिदै भन्छु ।
” नाम के हो नि ?” उत्सुक हुन्छिन् ।
” शिक्षा !” नाम मुखबाट फुत्त हाम फ्याल्छ । “वाउ ! कस्तो सुन्दर नाम, मान्छे झन् कस्ति होलि !” नजर नचाउदै भन्छिन् ।

मुखबाट पनि क्या कलरफुल शब्दहरु निस्किदो रहेछ । उसको शब्दहरुले बिना रंग मेरो अनुहार रातो बनाइदिन्छ । अहिले शिक्षालाई पक्कै पनि बाडुल्की लागेको हुनुपर्छ । शिक्षा आफू अघि भएको कल्पन्छु ।
“भने’पछी प्रगति गरे’छौ !” उनि मुस्कुराउछिन ।
“प्रगतिको गति नाप्न मिल्छ र !” म पनि आफ्नो मुस्कान थपिदिन्छु ।
“प्रगति र दुर्गतिको गति त समयले नापी हाल्छ नी !” उसको कुरा मलाई गहिरो लाग्छ । यो गहिराइ खोइ कसले नापिदिन्छ ?

 

खाजा खान नजिकैको पुरानो क्याफेतिर पाइलाहरु सोझाउ’छौ । फेन्सी मुस्कान दिएर फेन्सी पसलहरु छेउ छेउमा बसिराका’छन् । स्वागत गर्न भनी निर्जीव मान्छे ( डमि ) फेन्सी लुगा लगाएर हेन्सी भएर उभिराका छन् । छेउ’मै एउटा नाङ्गो बालक भिख मागेर बसिराको देख्छु। कपडा पसलहरुले कहाँ सबैको शरीर ढाक्न सक्दो रहेछ र !

नयाँ मेनेजमेन्टले चलाइरहेका पुरानो क्याफे भित्र पस्छौ।
“म त चाउमिन खानी, तिमी के खान्छौ ?” उनि मेनु हेर्दै भन्छिन् ।
“म म.म खान्छु !” म भन्छु ।
“दाइ अर्डर लिन आउनुस न !” उनि वेटरलाई बोलाउछिन् ।
” एउटा चिकन म.म, एउटा चिकन चाउमिन !” म अर्डर टिपाउछु ।
” अहिले हो !” उनि मेरो हातमा प्याट्ट हान्छिन ।
” सरि ,सरि ! चिकेन होइन, भेज चाउमिन है !” म अर्डर सच्चाउछु ।

उनि शाहाकारी म शर्वहारी ! उनि औसत भन्दा मोटि म औसत भन्दा दुब्लो ! ह्वाट अ कम्बिनेसन !
धेरै समय पछि उनि र म यसरी एकाअर्काको सन्मुख बसेका छौ । उनि अर्थात मेरो एकदमै मिल्ने साथी । मैले उनलाई राखीदिएको उपनाम ‘भेजिटेरेन गर्ल’ ! हामी ब्यस्त भएको बेला समय फुर्सिदिलो हुन्थ्यो, अनि समय ब्यस्त भएको बेला हामी फुर्सदमा हुन्थ्यौ । बल्ल बल्ल हामी अनि हाम्रो समय फुर्सदमा छ ।

क्याफेमा ग्राहकहरुको भिड लाग्न थाल्छ । भोकाहरुको भिड ! यस्ता क्याफे , रेटुरेन्टहरुका खानाले कहाँ सबै भोकाहरुको पेट भर्न सक्छन् र !

क्याफेबाट निस्किन्छौ । हामीले छोडेका पैतालाहरुको डोबलाइ भेट्न यादले भरिएको गल्लितिर जान्छौ । बिगतका यादहरुमा डुब्छौ , बर्तमानमा अबिस्मरणिय यादहरु बनाउछौ अनि भबिस्यको एकअर्काको योजना साट्छौ।
बाचा ‘काँच’ जस्तै नाजुक हुन्छ ,त्यसैले त काँचारुले मात्र गर्छन् । त्यै’भएर हामी छुट्ने बेलामा चाडै भेट्ने बाचा सहित छुट्दैनौ । बस छुट्छौ । उनी बस चडेर छुट्छिन ।

अगाडिबाट मान्छे सहितको ह्युलचियर घिसृदै आइरहेको देख्छु । मलाई छुट्ट्याउन गाह्रो पर्छ , मान्छेले ह्युलचियर तान्दै छ या ह्युलचियरले मान्छेलाई । सोच्छु , यी बाटाहरुले पनि कहाँ सबै पैतालाहरुलाई चुम्न पाउदो रहेछ र !

निसास्सिएर बसेको मोबाइललाई हेर्छु । शिक्षाको तिन मिस्कल र दुइ’टा मेसेज स्कृनमा टासिएको देख्छु । मोबाइल साइलेन्ट मोडमा भएपनि उता शिक्षा भने भ्वाइलेन्ट मुडमा भएको अनुमान लगाउछु ।

Comments