देश संघीयतामा गइसकेपछि सातै प्रदेशमा संस्करण निकाल्ने होड चल्यो। नयाँ पत्रिका दैनिकले सबैभन्दा पहिले बाजी मार्यो। त्यसको केही दिनपछि कान्तिपुर दैनिकले पनि सातै प्रदेशबाट संस्करण निकाल्न थाल्यो। बजार, पाठक र समाचार सामाग्री, जनशक्तिले धान्ला कि नधान्ला भन्ने प्रश्न हुँदाहुँदै पनि प्रदेशका पाठकहरुले आफ्नोपन पाउने संस्करण निस्कनु उनीहरुका लागि फाइदाकै कुरा हो।
तर सातै प्रदेशमा संस्करण निकाल्ने यी दुई ठूला मिडिया जाबो ५६ सिटको राष्ट्रिय सभा सदस्यको लागि भएको निर्वाचनको हिसाबमा गोलमाल भएको देख्दा भने टाउकोमा हात समातेर बस्नु बाहेक अरु विकल्प रहेन। हेर्नुस् न- कान्तिपुर एमालेले २९ सदस्य जित्यो भन्ने अनि नयाँ पत्रिकाले २६ जित्यो भन्ने। हरेक प्रदेशबाट आएका रिपोर्ट गन्यो भने हिसाब तु निस्किहाल्छ। गल्ती हुने कुरै हैन। तर न कान्तिपुरको २९ अङ्क ठीक हो न नयाँ पत्रिकाको २६। दुवै गलत हुन्। दुवैले कस्तो सिल्ली मिस्टेक गरेका हुन्, हेर्नुस्
कान्तिपुरको समाचार यस्तो छ-
कान्तिपुरको समाचार दुई वटा प्रदेशको हिसाब गोलमाल छ। कान्तिपुरले प्रदेश १ मा एमालेका ६ र कांग्रेसका २ जना राष्ट्रिय सभा सदस्यमा विजयी भएको लेखेको छ। जबकि प्रदेश १ मा महिलातर्फ माओवादी केन्द्रकी विना पोखरेल चुनाव हुनुअघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन्। निर्वाचन आयोगकै साइटमा यो विवरण पहिले नै राखिसकिएको थियो।
कान्तिपुर आफैले माघ १० गतेको समाचारमा माओवादी केन्द्रबाट महिला सदस्य निर्विरोध भइसकेको समाचार राखिसकेको थियो। अनि आज एकाएक माओवादीको सिट कसरी गायब हुन पुगेछ?
प्रदेश १ मा अपाङ्गता/अल्पसङ्ख्यक र दलित गरी दुई सदस्यका लागि मात्र निर्वाचन भएको थियो। दुवैमा एमाले विजयी भए। यसरी निर्विरोध र निर्वाचन जोड्दा एमाले ५, कांग्रेस २, माओवादी केन्द्र १ सदस्य जितेको हुनुपर्ने थियो।
कान्तिपुरले दुई नम्बर प्रदेशमा पनि गल्ती गरेको छ। समाचारमा लेखिएको छ- ‘प्रदेश २ मा भने यसअघि नै एमाले, कांग्रेस, राजपा र फोरम सबैले दुई/दुई सिट निर्विरोध भइसकेका हुन्।’ यहाँ पनि माओवादीलाई कान्तिपुरले देखेन। खासमा एमालेले दुई हैन एक सिट र माओवादी केन्द्रले एक सिटमा निर्विरोध विजय हात पारेका थिए।
कान्तिपुरले नै माघ १५ गतेको समाचारमा माओवादी केन्द्रकी सदस्य विजयी भएको समाचार लेखेको थियो-
निर्वाचन आयोगकै साइट हेर्दा पनि भइहाल्थ्यो निर्विरोधको सूची पाउन त
माओवादी र एमाले पार्टी एक हुन लागेकोले एउटै हिसाब गरेको होला नि त भनौँ भने पनि सब हेडिङमा माओवादी १० त नलेख्नुपर्ने त्यो पनि एमालेकैमा जोडेर एमाले ३९ लेखे भइहाल्थ्यो।
प्रदेश संस्करणमा प्रदेशवासीहरुले आफ्नो प्रदेशको बारेमा गलत समाचार पढ्नु पर्दा के काम लाग्ने भयो त यो प्रदेश संस्करण
उता नयाँ पत्रिकाले झनै सिल्ली मिस्टेक गरेको छ। नयाँ पत्रिकाले ग्राफिक्स बनाएर एमालेको २६, माओवादीको १३, कांग्रेसको १३ र फोरम/राजपाको २/२ देखाएको छ।
हिसाब कहाँ निर गडबड भयो भनेर हेर्दा त यस्तो रमाइलो पो रहेछ। प्रदेश नम्बर ५ मा जित्नेहरुको सूचीमा एमालेका चार जनाको नामै छ। तर शीर्षकमा भने एमालेको तीन जना मात्र छ।
कान्तिपुर र नयाँ पत्रिका दुवै यसरी चिप्लिएका रहेछन्। यो चासो हुनुको कारण चाहिँ हिजो राति मैले यस्तो बनाएर ब्लग लेखेको थिएँ-
स्कूलमा एक पटक हिसाबमा फेल भएकोले मेरै हिसाब गडबडायो कि भनेर चिन्ता लागेर एक एक गरी हेर्दा पो बल्ल थाहा भयो, हिसाबमा फेल भएको मेरो हिसाब चाहिँ ठीक रैछ 🙂
पत्रकारले चामल भुष बडो मेहनतका साथ केलाउछन र हतारमा भुष छाप्छन भनेर जस्ले भन्यो, एकदम सही भन्यो । झन् त ठूला मिडिया हाउस! आफ्नो पार्टीको बढाएर अरूको घटाएर छाप्न परिगो नि ! नत्र त के पार्टीकारिता!
मन परे हरियो नपरे रातो !
0
0
Kantipur lay ta Kate mistake grya cha Sabai lai tha cha Kantipur media lay grya mistake mistake hundaina
मन परे हरियो नपरे रातो !
0
0
[…] सातै प्रदेशमा संस्करण निकाल्ने दुई वटा राष्ट्रिय मिडियाले बिहीबारको अंकमा राष्ट्रिय सभाको जाबो ५६ सिटको हिसाबमा गरेको गडबडबारे माइसंसारमा हिजोको ब्लग पढ्नुभयो होला। नपढ्नुभएको भए क्लिक गर्नुस् […]
मन परे हरियो नपरे रातो !
0
0