-सरोज-
केही दिनअघि म आफ्नो नियमित स्वास्थ्य परिक्षण गराउने क्रममा राजधानी कै चर्चित नर्भिक अस्पताल पुगेको थिएँ। रिपोर्टहरु पाउन केही समय लाग्ने भएकोले केही खान क्यान्टिन गएँ। भेज फ्राइ राइस मगाएँ। खाँदै थिएँ, पहिलो गाँस मै सानो तारको टुक्रा फेला पारेँ। त्यस्लाई त्यति वास्ता नगरी फ्याँकेर खाँदै जाँदा फेरि पनि सानो-सानो तारका टुक्राहरु फेला परे।
साधारणतया अस्पतालको क्यान्टिनमा सफा अनि ताजा खाना पाइन्छ भन्ने विश्वाश हुन्छ। यो घटना मैले तुरुन्तै क्यान्टिनको कर्मचारीलाई जानकारी गराएँ। त्यो तारको टुक्रा मेरो घाँटीमा अड्किएको भए के हुन्थ्यो?
यो घटना मैले इमेल info@norvichospital.com मार्फत् अस्पताल व्यवस्थापनलाई पनि फोटो सहित जानकारी गराएँ। जवाफमा मैले पंकज मखिजा नामबाट “घटना हाम्रो जानकारीमा ल्याइदिनु भएकोमा धन्यवाद, हामी अनुसन्धान गरेर हजुर लाई जानकारी गराउछौँ” भन्ने उत्तर पाएँ।
तर आज घटना भएको छ दिन बित्दा पनि कुनै थप जवाफ नपाउँदा यो घटना मैले सबै सामु प्रकाशमा ल्याएको छु, सचेत रहनुहोला है।
[यो विवरण माइसंसारलाई इमेलमा आएको हो। तपाईँले पनि यस्तै केही भोग्नुभएको छ र माइसंसारमार्फत् सार्वजनिक गर्न चाहनु हुन्छ भने blog@mysansar.com मा इमेल गर्न सक्नुहुन्छ।]
भेज फ्राइ राइस मा त् मात्र फ्राइ राइस देखिन्छ भेज त खोज्नु नै पर्ने जस्तो छ
मन परे हरियो नपरे रातो !
1
0