यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

चरित्रहीन, झन् चरित्रहीन र फूलनदेवी : नेपाली नारीका तीन ‘अतिवादी’ भूमिगत आन्दोलन सम्झनुभएको छ?


पृष्ठभूमि : महिला दिवस सकिएको बेला यो सालोक्यलाई के महिलाको कुरा खोतल्न सकसक लाग्या होला भन्ने लाग्यो होला तपाईँलाई। आज एक जना खतरै महिलावादीसित कुरा हुँदा बिचरीलाई ‘चरित्रहिन चेली’ भनेको के हो नै थाहा रहेनछ। त्यसैले पुराना कुरा सम्झाएर महिलाका तीन अतिवादी भूमिगत आन्दोलनको विषयमा सम्झाउँ भनेर यो ब्लग लेख्ने जमर्को गरेको हुँ।

१) फूलनदेवी समूह
फूलनदेवी खासमा भारतीय डाँकाको नाम हो। ३७ वर्षको उमेरमै सन् २००१ मा उनको मृत्यु भइसक्यो। उनको नाममा ब्यान्डिट क्विन नामको फिल्म पनि बनेको छ। २२ जना केटाको हत्या गर्ने फूलनदेवीको समूहले पछि आत्मसमर्पण गर्‍यो। फूलनदेवी पछि भारतको लोकसभा सांसद समेत निर्वाचित भएकी थिइन्। फूलनदेवी समूह चाहिँ केन्द्रीय कार्यालय कैलालीमा रहेको भन्दै २०६७ को वैशाखमा मिडियामा विज्ञप्तिमार्फत् सार्वजनिक भएको समूह हो। हिंसापीडित महिलाहरुको उत्थानका लागि काम गर्छौ भनेर खोलिएका संघसंस्थाहरुले साँच्चिकै पीडित महिलाहरुको हितमा काम गरेनन् र सर्वसाधारणको आँखामा छारो फाल्ने काम गरेको खण्डमा त्यसका सञ्चालकहरुलाई पनि यस समूहको निगरानीमा राखी सामाजिक कार्वाही गर्ने भन्ने उद्देश्यसमेत राखेको यो समूहको गतिविधि त्यसपछि खासै चर्चामा भने आएन। यो समूहको विज्ञप्ति यस्तो थियो-

केन्द्रीय कार्यालय, कैलाली

मिति : २०६७/१/२८

प्रेस विज्ञप्ती

पितृसतात्मक सामाजिक संरचनाका कारण सदियौंदेखि धार्मिक, सामाजिक, साँस्कृतिक, राजनैतिक र आर्थिक रुपले पछाडि पारिएका नेपाली महिलाहरुको अवस्था अहिले पनि दर्दनाक छ। पुरुषवादी चिन्तन बोकेको नेपाली समाजमा महिलालाई एउटा मान्छेको रुपमा होइन दास, नोकर, बच्चा जन्माउने मेसिन, घरबार सम्हाल्ने कमारी, पुरुषहरुको यौन प्यास मेटाउने साधनको रुपमामात्र हेरिदै आएको सत्य हो। नत्रभने महिलालाई छोरा जन्मिदा खसी र छोरी जन्मिदा फर्सीको झोल किन खान दिइन्थ्यो र? एउटै पेटबाट जन्मिने छोरा र छोरीमा छोरीले मात्र किन घरपरिवार, समाज र राज्यबाटै तिरस्कार र भेदभावको जाँतोमा पिस्सिनु पर्दथ्यो?

हुन त छोरा वा छोरी जन्माउनुमा महिलाको कुनै दोष हुँदैन किनकी विज्ञानले नै प्रमाणित गरेको कुरा हो, सन्तान के जन्माउने भन्ने कुरा प्राकृतिक रुप मै पुरुषमा भर पर्दछ। त्यसमा महिलाको कुनै भूमिका हुँदैन। तर पनि छोरा नजन्माएको निहुँमा कयौ आमाहरुले सुत्केरी अवस्थामै विष मिलाइएको खाना खाएर मृत्युवरण गर्नुपरेको छ भने कयौंले कथित श्रीमान र घरपरिवार भनाउँदाहरुको शारिरीक र मानसिक यातनाको शिकार हुनुपरिरहेको छ। पुरुषले गर्ने र गर्न नसकेका हरेक कामहरु महिलाहरुले सहजै गर्न सकिरहेका धुर्वसत्य उदाहरणहरुलाई वेवास्ता गरेर महिलालाई निरीह प्राणी र वस्तुको रुपमामात्र ठान्ने नेपाली समाजले अब महिलाको अपरिहार्यता र अस्तित्व कहिले स्वीकार गर्ला त?

हुन त पुरुष र महिला एक सिक्काका दुई पाटा हुन्। एउटाको अभाव बिना अर्कोको अस्तित्व सम्भव छैन। तर यो समाजले छोरी अथवा महिला जन्मिनुलाई दुर्भाग्य ठान्छ। पूर्वजन्मको श्राप ठान्छ। त्यसैले कति बालिकाहरु जन्मिदै आफ्नै जन्म दिने आमाको हातबाट निमोठिएका छन्। दुध पिउन नपाएर मरेका छन्। किनभने त्यी आमाहरुलाई थाहा छ यो समाजमा छोरी भएर जन्मिनुको पिडा कति कहाली लाग्दो छ भनेर? छोरी हुँदा दाइ–भाइ र आमा बुबाहरुको निगरानी, बुहारी हुँदा श्रीमान, सासु–ससुरा, जेठाजु–देवर लगायत सिंगो समाजको निगरानीमा बाँच्नुपर्ने। आफुखुसी खान पाउने, हिड्न पाउने र निर्धक्क बोल्न पाउने अधिकार छैन। स्वतन्त्रपूर्वक बाँच्न पाउने मान्छेको जन्मसिद्ध अधिकार हो। तर त्यो कुरा पुरुषरुपी मान्छेमा मात्र लागु भइरहेको छ, महिलामा होइन।

त्यसैले आजको एक्काइसौँ शताब्दीका हामी महिलाहरु अब त्यही विभेदकारी परिवार, समाज र राज्यको थिचोमिचोमा बाँच्न सक्दैनौं। हामी मान्छे हौं, त्यसैले हामीलाई पनि हाँस्ने, बोल्ने, घुम्ने र आफ्नो यौनिकताको स्वतन्त्र अधिकार चाहिन्छ। हामी महिलामात्र होइन, मान्छेको रुपमा जिउन चाहान्छौं। को र कस्तो व्यक्तिसँग विवाह गर्ने? कहिले र कति सन्तान जन्माउने? राज्यका स्रोत र साधनको कसरी उपभोग गर्ने? भन्ने कुराको निर्णय हामी महिलाको हुनुपर्दछ। जबसम्म हामी सृष्टिकर्ता अर्थात मान्छे जन्माउने मान्छेलाई अंश, वंश र नागरिक अधिकारको उपभोग गर्ने अधिकार हुँदैन, तबसम्म यो समाजमा महिलाले कहिलै मान्छे भएर बाँच्न नपाउने कुरा सत्य हो। यदि कसैले त्यो कुरालाई फेरि पनि ईन्कार गर्दछ र पुरुषवादी चिन्तको घेराबाट बाहिर आउन सक्दैन भने त्यसको प्रतिकार अब यस ‘फूलनदेवी समूह’ ले गर्नेछ।

हुन त ‘फूलनदेवी समूह” पहिलो पटक बाहिर आएको नाम हो। कुनै जाति, धर्म, राजनीतिक दल र आस्थाको गन्धरहित यो समूह एउटा पीडित महिलाहरुको समूह भएको पनि जानकारी गराउँदछौं। हालसम्म घरपरिवार, समाज र राज्यसँग अस्तित्वको लडाईँ लड्दा न्याय नपाएपछि एउटै पीडाबाट पिल्सिएका यस समूहका सदस्यहरुले बाध्य भएर यो अभियानको नेतृत्व गर्ने जमर्को गरेका हुन्। आफ्नै श्रीमान, घरपरिवार र समाजको उत्पीडनमा बाँच्नुपर्दा चर्केको घाउमा लागेको नुनचुक पखाल्ने हाम्रो प्रयास हो। हामीलाई थाहा छ यस्ता पीडितमहिलाहरुका हामी त नेतृत्वकर्तामात्र हौं। हामीजस्ता लाखौं नेपाली महिलाहरु आफ्नै घरभित्र सुरक्षित छैनन्। आफ्नै श्रीमानले पनि श्रीमतीको इच्छाविपरीत शारिरीक सम्बन्ध राखे त्यो बलात्कार हो, जुन कुरालाई नेपालको अन्तरिम संविधान २०६३ ले सुरक्षित गरेको छ। र यदि श्रीमतीको इच्छा विपरीत श्रीमानले यौन सम्पर्क राखेमा चाहेको खण्डमा श्रीमतीले श्रीमानमाथि न्यायका लागि मुद्दा चलाउन सक्छिन्। तर हाम्रा महिलाहरु आफ्नै श्रीमान्, टोल छिमेकी र अपरिचितबाटमात्र होइन, आफ्नै जन्म दिने बुबा र दाइभाइबाट समेत बलात्कृत हुने गरेका अनगिन्ती घटनाहरु सार्वजनिक भइरहेका छन्। तर त्यी निर्दोष महिलालाई न्याय दिलाउने कोही छैन। परिवार भन्छ ‘तँ राम्री (चरित्र) भएको भए किन बलात्कृत हुन्थिस्’। समाज भन्छ ‘त्यो आइमाइ नै चरित्रहीन हो’ भनेर। त्यतिमात्र होइन एउटी महिला बलात्कृत हुँदा न्याय दिलाउने प्रहरी, प्रशासनमात्र नभई समाजका टाठाबाठा र राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई पैसा कमाउने मौका मिल्छ। उनीहरु पीडितलाई न्याय दिलाउने नाममा बलात्कारीबाट केही रकम महिलालाई दिएर मिलापत्र गर्नपट्टी लाग्छन् भने मुद्दा चल्न नदिएको सफलतामा आफ्नो पनि खल्ती भर्ने काम गर्छन्। अझ कतिपय बलात्कारीसँग तिनै महिलाको विवाह गर्न पनि बाँकी राखिएको छैन।

त्यस्ता घटनाहरु कैलालीमा मात्र दर्जनौं छन्। अब हाम्रो मुख्य काम भनेको तिनै पुरुषहरु जसले एउटी निर्दोष महिलामाथि बलात्कार गर्छ, यौन दुर्व्यबहार गर्छ र बलात्कारीलाई संरक्षण गर्छ, तिनैलाई ठीक पार्ने हो। हामी चेतावनी दिन चाहान्छौं यदि महिलामाथि त्यस्तो अपराध गर्ने व्यक्तिलाई कानुनी दायरामा नल्याएर संरक्षण दिने काममा कुनै दलका नेता कार्यकर्ता वा व्यक्तिहरु संलग्न भएको पाइएमा त्यसको प्रतिकार गर्न हामी पछि हट्ने छैनौं।

हामीलाई थाहा छ सबै नागरिकको संरक्षण गर्ने दायित्व राज्यको हो। तर नेपालमा भने राज्यका निकायहरु नै अपराधिक कृयाकलापमा सक्रिय रहेर अपराधलाई प्रश्रय दिइरहेका थुप्रै घटनाहरु जिल्ला–जिल्लाबाट बाहिर आइसकेका छन्। त्यसैले अपराध (महिलामाथि हुने) नियन्त्रण गर्ने काम राज्यको मात्र हो भन्ने कुरामा जानकार भए पनि राज्य आफ्नो कर्तव्यबाट विमुख भइरहेका कारण हाम्रो अभियान शुरु भएको कुरा सबैलाई जानकारी गराउँदछौं।

अन्तमा हामीजस्ता पीडितहरुलाई कुनै कानुनले न्याय दिन नसकेको अवस्थामा जबर्जस्ती आफ्नो अधिकार लिएरै छोड्ने यो अभियानमा सहयोग गर्न हामी सबै महिला, महिलावादी संघ/संगठन, मानवअधिकारवादी, पत्रकार, राजनीतिज्ञहरुमा पनि अपिल गर्दछौँ। साथै विविध समस्या, कठिनाई, अवरोध र जोखिमका बाबजुद पनि अन्याय अत्याचारका बिरुद्धमा प्रतिबद्ध भै काम गर्ने हाम्रो उद्देश्यलाई सफल तुल्याइदिनका लागि आम न्यायप्रेमी समूदायमा हार्दिक अनुरोध गर्दछौं।

उद्देश्य :

१) कानुनबाट न्याय पाउन नसकेका पीडित महिलाहरुलाई न्याय दिलाउनका लागि वास्तविक पिडक र पिडकलाई संरक्षण गर्ने व्यक्तिलाई भौतिक कार्बाही गर्ने।

२) सबैखाले हिंसाको चपेटामा परेका महिलाहरुलाई यो अभियानमा सहभागी गराई स्वयं तिनीहरुबाट नै पीडकलाई कार्वाही गर्न लगाउने।

३) फूलनदेवी समूह जिल्ला–जिल्ला र गाउँ–गाउँमा गठन गरी देशव्यापी सञ्जाल बनाउने।

४) हिंसापीडित महिलाहरुको उत्थानका लागि काम गर्छौ भनेर खोलिएका संघसंस्थाहरुले साँच्चिकै पीडित महिलाहरुको हितमा काम गरेनन् र सर्वसाधारणको आँखामा छारो फाल्ने काम गरेको खण्डमा त्यसका सञ्चालकहरुलाई पनि यस समूहको निगरानीमा राखी सामाजिक कार्वाही गर्ने।

‘फूलनदेवी समूह’ का नेतृत्वकर्ता पाँचजना महिलाहरु (यो समूहमा करिब ५० भन्दा बढी महिलाहरु आवद्ध भइसकेको पनि जानकारी गराउँदछौं)

सुशुप्ता, समर्पण, शक्ति, सफलता, र शान्ति

पुनश्च : फूलनदेवी समूह मानवअधिकार र कानुनी राज्यको पक्षमा छ। यदि कसैले कानुनको खिल्ली उडाएर मान्छेमाथि दानवीय व्यवहार गर्छ भने कुनै पनि हालतमा यो समूह चुप बस्ने छैन।

धन्यवाद

२) झन् चरित्रहीन चेली

फूलनदेवी समूह झैँ यो पनि विज्ञप्तिमार्फत् नै सार्वजनिक भएको भूमिगत संगठन हो। तर यसले आफ्नो विज्ञप्ति कान्तिपुरमा छाप्न सफल भएको थियो। यो समूहले भनेको थियो- ‘हाम्रा सबै माग मार्च ८, अन्तर्राष्ट्रिय नारी दिवससम्म पूरा नभए राष्ट्रव्यापी चुल्हो र चोलो बन्दको घोषणा गर्छौँ। ठीक छ, ठिटा हो ! तिमीहरूलाई खाना बन्द, सेक्स बन्द । केही खुल्दैन । केही पनि । माग पूरा नभएसम्म कुनै आनन्द पाउने छैनौँ।’ न चुल्हो बन्द भो, न चोलो। संसार चलिरह्यो। तर यो समूहपछाडि को को थिए, त्यो कहिल्यै सार्वजनिक भएन।

यस्तो थियो उनीहरुले फेब्रुअरी २४, २००७ मा कान्तिपुरमार्फत् गरेको घोषणा-

हामी भूमिगत चरित्रहीन चेलीहरूबाट विभाजित भई बनेको कट्टरपन्थी समूह हौं र हामी नेपाली महिलाको स्वायत्तता घोषणा गर्र्छौं ।

हाम्रो विभाजित समूह- झन् चरित्रहीन चेली, मूल चरित्रहीन चेलीको स्पष्ट विरोध गर्छ ।

‘हाम्रो माउ समूहका चेलीहरूले पर्याप्त मात्रामा खराब कार्य गरेनन्’, झन् चरित्रहीन चेली समूहकी एक सदस्य भन्छिन् । ‘अधिकांशको हुर्केका छोराछोरीसहितको सुखी दाम्पत्य जीवन छ । दुइटी चेलीका ब्वाइप|mेन्ड छन्- भन्नाले प्रत्येकको एउटा, दुवैको एउटै होइन र अर्की एउटीले ता पुरुषलाई मनैपराउ“दिनन्, नत महिलालाई नै’ उनको गुनासो छ । ‘उदाहरणका लागि २००५ को ‘कू’पछि प्रजातन्त्र पुनःस्थापना नभएसम्मका लागि ‘सेक्स’ बहिष्कारको आह्वान गरिएको थियो, तर उनीहरूले अप्रिल २००६ पछि पनि बहिष्कार फिर्ता लिन बिर्सिए । हामी यसलाई गम्भीर षडयन्त्रका रूपमा लिन्छौं’, उनले थप व्याख्या गर्दै भनिन्- ‘त्यसकारण हामी विभाजित भई आफ्नै भूमिगत समूह सञ्चालन गर्नुपरेको हो ।’

झन् चरित्रहीन चेलीहरूको पहिलो बैठक काठमाडौंको एउटा भट्टीमा मध्य फेब्रुअरीमा सम्पन्न भएको थियो ।

हाम्रो माउ समूहले मार्च ४, २००५ मा उनीहरूको आधिकारिक मुखपत्र ‘नेपाली टाइम्स’ र ‘कान्तिपुर’ जुन आकर्षक पुरुषहरूले सम्पादन गर्दै आएका छन्, मार्फ् र्सार्वजनिक ४० बुँदे घोषणापत्रको पुनरावलोकन (हेरौं, कान्तिपुर २२ फागुन २०६०) गरेका छौं । हामीले ४० बुँदालाई एकदमै राम्रो पाएका छौं, विशेषगरी बुँदा नं १, जसले हाम्रो चाहना र आवश्यकताका आधारमा आफैंले एजेन्डाहरूलाई अघि सार्ने हाम्रो अधिकारलाई प्रत्याभूत गरेको छ ।

‘माउ समूह पूरै खराब थिएन’, एक सदस्यले स्वीकार गरेको सुनियो ।

हाम्रो माउ समूहका ४० बुँदे घोषणालाई पुनः स्वीकार गर्दै हामी अन्य समसामयिक विषयहरू लिएर अघि बढेका छौं । हाम्रा १२ बुँदे घोषणाहरू निम्नअनुसार छन् :

१. प्रेम गर, प्रतिगमन होइन । हामी माउ समूहले सन् २००५ मा गरेको सेक्स बहिष्कार आमरूपमा समाप्त भएको घोषणा गर्र्छौं । यो सन् २००६ अप्रिलदेखि नै लागू भएको छ, तर यो लोकतन्त्रको पक्षमा भएकाहरूका लागिमात्र हो ।

२. भिजन ५०/५० : संसदमा लिङ्ग (पुरुष) को अन्त्य ∕ विविध पृष्ठभूमिका ५० प्रतिशत महिलाका लागि संसद्मा स्थान सुरक्षित नगरिएसम्म विविध पृष्ठभूमिका महिलाले संसद्को शतप्रतिशत स्थान लिने घोषणा गर्र्छौं । यो सबै सरकारी निकायमा लागू हुनेछ ∕ ५० प्रतिशत ∕ नभए ! पूरै उरोज !

३. विदेशी ज्वाइँलाई अंगीकृत नागरिकता ∕ हाम्री एक वीरांगना चेलीले एउटा विदेशी पुरुषसँग विवाह गरेर आफ्नो स्वतन्त्रतालाई (छोटो समयका लागि) बलिदान गर्न तत्पर भएकी छिन्, केवल विदेशी ज्वाइँका लागि पूर्ण अंगीकृत र नागरिक अधिकारका लागि । कृपया योग्य उम्मेदवारहरूले आफ्नो वैयक्तिक विवरण, तस्वीर र तथ्यांकसहित आवेदन गर्नुहोला ।

४. ४० निश्चय नै ३३ भन्दा उत्तम हो ∕ हामी आफ्नो संसदीय स्थानमा ४० प्रतिशत महिलाद्वारा पूर्ति गरेकोमा नेकपा (माओवादी) को प्रशंसा गर्र्छौं । तर किन ५० प्रतिशत नगर्ने ?

५. खैरो कोटसँग के ? हामीले के पाएका छौं भने माओवादी महिलाहरूले पार्टीले रटाएका लाइनलाई मात्र दोहोर्याउन मुख खोल्ने गरेका छन् । भद्र महिलाहरू, हामी तिमीहरूलाई आफ्नो व्यक्तित्व पार्टी कमाण्डबाट मुक्त गर्न आह्वान गर्र्छौं । आफूलाई लागेको कुरा स्वतन्त्र भएर बोल । अन्यथा तिमीहरूले सुगारटाइमात्र गरिरहनेछौ । त्यस्तो घिनलाग्दो कोटबाट मुक्त हुन थालिहाल ।

६. कोर्ट (ह्वीप) हिंसामार्गी अभद्र पुरुषहरूलाई ∕ सबै राजनीतिक पार्टका महिलाहरू, महिलालाई अधिकार नदिने तिम्रो पार्टीले लगाएको ह्वीपलाई अस्वीकार गर । तिम्रो पार्टीका पुरुषहरूले निर्धारण गरेका ‘बढी महत्त्वपूर्ण’ एजेन्डाका निम्ति हाम्रो अधिकारको बलिदान नगर । तिमीलाई थाहा हुनुपर्छ, फेरि पनि उनीहरूले हामीमाथि विश्वासघातमात्र गर्छन् ।

७. नयाँ नेपालका लागि नयाँ नेतृत्व ∕ हामी रामकुमारी झाँक्रीलाई नेपालको पहिलो राष्ट्रपतिमा मनोनयन गर्र्छौं ।

८. राष्ट्रिय महिला आयोगलाई संवैधानिक अंगमा परिणत गर । तर पहिले संवैधानिक परिषद् -जसले सबै संवैधानिक अंगहरू निर्माण गर्छ) का ५० प्रतिशत स्थान महिलाद्वारा पूर्ति गर । होइन भने शतप्रतिशत स्थान पूर्ति गर । ५० प्रतिशत ∕ नभए पूरै उरोज ∕

९. हेल्लो ! ओएचसीएचआर ! कति वर्षछि एउटा मुद्दामा पुर्पक्ष हुन्छ ? मैना सुनुवारको सैन्य हिरासतमा भएको यातना र मृत्युको मुद्दालाई उपयुक्त किसिमले हेर्न माग गर्र्छौं । मुद्दा प्रहरीमा दायर गरिएको छ र उनीहरूले सेनालाई अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेका छन्, तर १६ वटा पत्रको पनि कुनै जवाफ छैन । राजदूत मोरिआर्टीले हालैमात्र मैनाको लास राखेको ब्यारेकको भ्रमण गरेका छन्, सम्भवतः सैन्य ब्यारेकको भ्रमणका आधारमा उनलाई गुह्य थाहा हुनसक्छ । उनले सेनालाई जवाफदेही बनाउन सक्छन् कि ?

१०. नबिर्र्सौं, संसारको चक्र कसरी चल्छ ∕ हामी ब्लु डाइमन्ड सोसाइटीका सुनीलबाबु पन्तलाई नेपालको निर्विरोध सबैभन्दा सेक्सी पुरुष घोषणा गर्र्छौं ।

११. दाताहरू र्फक । हाम्रा योग्य महिलाहरूलाई महिला आन्दोलनको नेतृत्व गर्नबाट तिम्रा परियोजना, सञ्जाल र गठबन्धनहरूले व्यस्त तुल्याएका छन् । र्फक ! तिम्रो देशलाई प्रतिवेदनका निम्तिभन्दा बढ्ता उनीहरूको देशका लागि उनीहरूको आवश्यकता छ ।

१२. छोड, छोड, छोड । हाम्रा सबै माग मार्च ८, अन्तर्राष्ट्रिय नारी दिवससम्ममा पूरा गर्न माग गर्र्छौं, अन्यथा हामी राष्ट्रव्यापी चुल्हो र चोलो बन्दको घोषणा गर्र्छौं । ठीक छ, ठिटा हो ! तिमीहरूलाई खाना बन्द, सेक्स बन्द । केही खुल्दैन । केही पनि । माग पूरा नभएसम्म कुनै आनन्द पाउने छैनौ ।

निष्कर्षमा, हामीभन्दा अघिका सफल विद्रोही समूहहरूले देखाएको दृष्टान्त अनुरूप, सरकारले हामीलाई वार्ताका लागि आमन्त्रण गरे सार्वजनिक हुने घोषणा गर्र्छौं ।

जय नारी !
झन् चरित्रहीन चेलीहरू !!

३) चरित्रहीन चेली

‘झन् चरित्रहीन चेली’को घोषणाको दुई वर्षअघि ‘कान्तिपुर’ मै घोषणापत्र छापेर ‘चरित्रहीन चेली’ समूहले अरु त हैन, खुबै चर्चा चाहिँ कमाएको थियो। यसले घोषणा गरेको ४० बूँदामा ज्ञानेन्द्रले ‘कू’गरेपछि प्रजातन्त्र पुनःस्थापना नभएसम्मका लागि ‘सेक्स’ बहिष्कारको आह्वानसमेत थियो। यसलाई काउन्टर दिन ‘चरित्रवान चेला’ गठनको असफल प्रयाससमेत भएको थियो। यो ४० बूँदे घोषणाको नेपाली संस्करण खोज्ने प्रयास सफल हुन सकेन। यही घोषणा अङ्ग्रेजीमा नेपाली टाइम्सममा पनि छापिएको थियो। त्यहीँबाट साभार-

Charitraheen Cheli (The Women of Ill Repute) is an underground group of women aiming to ‘rip apart the veils,’ who meet regularly in Kathmandu and engage in all kinds of guff, from high-minded politics to raucous pandherni’ watertap gossip. At a recent meeting, they released a statement declaring their independence, which reads:

“With all respect to the women who have rebelled before us, the women who rebel alongside us, and the women who will rebel after us: we refuse to be good.”

They say the word ‘good’ is treacherous because it usually upholds the patriarchal standards of our society, and add: “We rejoice in our ill repute. We refuse to limit ourselves to what patriarchy deems to be serious, worthy, right and correct for women to think, speak and do. We think, speak and do anything and everything that we feel like, when we feel like, in the way we feel like, led by the wishes of our independent minds and hearts and bodies.”

The Chelis’ 40-point declaration of independence states:
1. To have or not to have an agenda is our liberty. We take on agendas as we wish, without accepting the burdens that others would like to saddle us with.
2. We are underground because its fun down there. We are everywhere around you, on the streets, in your office and even in your home. You are being watched!!!
3. Our thoughts are utterly uncensored. We speak in soft, melodious tones, and also scream, shout, yell and roar. We laugh loud and often. We wail. We whistle, hum, sing. We speak freely. Nobody silences us.
4. We behave freely. We do not bow, scrape, or act tamed or humbled – unless we want to be, for our own purposes. We chew paan in public. We exchange blows when we need to. We buy contraceptives openly. We eat, drink and smoke anything, depending on our whims. We are the only ones who control our actions.
5. We wear combat boots, paint our toenails silver, have buzz-cut hair and wear leopard-spotted matching bra and panty-or no bra and panty at all. The clothes we wear, our shoes, our haircuts, our jewelry and makeup are all for our own comfort and pleasure.
6. We move about without restriction. We walk where women are not supposed to walk, leaving our homes, offices and neighborhoods far behind to enter spaces where we are not allowed, welcomed or expected.
7. We work in all professions, no matter how ‘unwomanly’.
8. We redefine family roles so that they do not impinge on our individuality. Our identities are not based on our being the daughters of our fathers, the wives of our husbands, the sisters of our brothers or the mothers of our sons. We have individual identities of our own.
9. We may have breasts, vaginas, clitorises and wombs; we also have kidneys, livers, lungs, stomachs, hearts, pancreases, intestines, fingers and toes, nails, arms, legs, pubic-hair, skin, eyes, ears, mouth, lips and tongues. There are more similarities than differences between women and men. Most importantly, all people have independent minds, spirits and souls.
10. We have sovereignty over our bodies.
11. All children should be valued equally, and female fetuses should not be ultrasounded and discarded. Girls should receive the same care and opportunity as boys. No man should ever be called ‘Raja’.
12. Boys and men must share in all household tasks. Men should be encouraged to stay home, cook, clean, look after children and change dirty diapers, while women work outside the home without any apologies. Also, we demand regular massages after a long day’s work with no attached conditions.
13. We see menstruation as natural. We refused to be ashamed of it. Neither do we view women who have given birth as polluted. All women should be pampered and honored during menstruation and during pregnancy, childbirth and after. This will combat Nepal’s shamefully high maternal mortality rate.
14. We demand easy access to cheap, safe and effective contraceptives and urge men to learn to love condoms.
15. We know we have the right to sexual pleasure, including, but not limited to, orgasm.
16. We reserve the right to choose sexual partners to fulfill our desires (regardless of class, caste, ethnic identity, nationality, religious belief, age or sexual orientation).
17. We also reserve the right to develop emotionally and intellectually fulfilling friendships with anyone we like.
18. We say no to advances that are not to our liking. We know that ‘no’ means ‘no’. Do you know that ‘no’ means ‘no’? If not, consult the dictionary.
19. Marriage does not license sexual misconduct or rape. Men: if a woman says she has a headache, she has a headache. Reach for a Cetamol, not a condom.
20. Incest and sexual exploitation of children is unacceptable. It must be exposed and punished. We should admire the courage of victims who come forward and support them.
21. Only pathetic losers harass girls and women. Harassment on the streets, in public vehicles, during festivals like Holi, in offices and workplaces and in the family are all unacceptable. Harassment, including seemingly innocent ‘only teasing’ makes us feel vulnerable. Then we get mad. Let’s make it illegal and publicly shame all perpetrators.
22. Which moron made the Civil Code? (And which morons have perpetuated its discrimination thus far?) We demand equal citizenship. Women should be able to pass along citizenship to their husbands and children. Our fatherless children, children we adopt, children born by artificial insemination, test-tube babies and off-springs of our frozen eggs and cloned genetic material should all be granted citizenship.
23. Which idiots would think women should have the permission of their fathers/ husbands/ guardians to obtain passports, or to travel and work abroad? (The same idiots who framed our Civil Code, that’s who). Having reached the age of 18, we exercise the right for complete freedom of movement. Instead of curbing this freedom, the state should fulfill its obligation to provide women with protection, via consulates, in the foreign countries in which we travel, work and reside.
24. We refuse to return our share of our family inheritance to our brothers post-marriage. IT IS ALL OURS!
25. Single women should be legally allowed to adopt children.
26. We want girls and young women to pursue their studies without any hindrance, growing up to become mechanics, surgeons, editors, judges, electricians, mathematicians, diplomats, taxi drivers, woodworkers, priests and dhamis, etc.
27. Women’s labour is as valuable as men’s, and should be paid equally. Household work should be recognized as a form of labor. Labor laws created to help women, such as the provision of child care services and maternity leaves, should be made more practical.
28. We demand legal action against the traffickers of girls and women. Sex workers should never be arrested, only their pimps and brokers. Sex workers should be empowered to protect themselves from all forms of monetary, social and psychological exploitation and sexually transmitted disease.
29. Men who commit violence against women are anti-national elements. Six out of ten of Nepal’s sitting judges have said, in a widely-known study, that it is okay for men to slap around their wives to keep them in line. (Dear judges: shame, shame, puppy shame; all the donkeys know your name!)
30. Men with two or more wives must not enter public office. We shall judge men in public office on their private as well as public morality.
31. Dowries are a joke, and if you have given a dowry for your daughter’s wedding, you are a joker. Ha, ha, ha!
32. We like women with power and express solidarity with boksis and kichkannis.
33. There should be no colour coding for widows. They should love and marry and have any kind of relationship they choose to have.
34. Women must have quick and easy access to social and legal justice, as well as clean indoor toilets.
35. Why only twenty percent? Half of all government jobs should be reserved for women. But equality and justice should be in practice, and not just in paper. Paper should be relegated to the above-mentioned clean indoor toilets.
36. We are not loyal to any political party if the party is not loyal to us. If you want our support, you’ll have to work for us. Put women in half the leadership positions of all the political parties. But we only support women who have women-friendly politics. Not even women can take our support for granted. We are fed up with being used. Enough is enough.
37. We demand to have women in the post of prime minister, and as Ministers of Home Affairs, Finance; Foreign Affairs, Defense, Law, Justice and Parliamentary Affairs, Tourism and Civil Aviation; Sports and Education, Water Resources and Physical Planning, Industry and Commerce, Science and Technology, Land Reform and Management; Information and Communication, Agriculture and Cooperatives, Population and Environment, Forest and Soil Conservation, Labour and Health. We also demand to have a woman Chief of the Army Staff.
38. We are tired of old ways of activism. Marching from Bhadrakali to Singha Darbar with a placard is mostly a waste of time. It is also polluting our lungs. We will use other means of exercising our politics, including non-violent guerilla tactics.
39. We do not hold double standards. We do not say one thing in public and practice something else in private. We speak the truth. Our characters are ISO 9002-certified!
40. We recognise that women are not a homogenous group and that there are differences of class, caste, ethnic identity, nationality, religion and sexual orientation between us. We respect and celebrate our differences and we pledge not to let elite women overshadow women who are less privileged.

In conclusion, patriarchy creates hierarchies. We reject all hierarchies.

There is no high and no low, no superior and inferior in our sisterhood of sovereign souls. We call for the support of all like-minded people in committing to taking action-big and small, public and private-to realise liberty, equality and camaraderie.

charitraheencheli@hotmail.com

Comments