यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

लघुकथा : पल्लो घरकाे झ्याल

– सुरेश गाैतम –

खुरुखुरु आउनु पर्दैन ! सधैँ घर आउँदा तारा लाग्छन् । म एक्लै केगरु , हजुरलाई घरकाे केही मतलब नै छैन हैं ! ” गेटकाे ढाेका खाेल्ना साथ देउता लाग्या झैँ गरेर श्रीमतीले कचकच गर्न सुरु गरिन् ।

आउँदै छु , भित्र पसेकै छैन । कति कराउन सक्छ्याै ! दिक्क लागि सक्यो ।” भन्दा पल्लो घरकाे झ्यालबाट कसैले चिहाईरहेकाे भनक हुन्छ । लाज संकाेचले हतारिदै घर भित्र पसे ।

छाेरा छाेरी नेट कम्प्युटमा झुम्मिरहेका छन् । उनकाे कचकच जारी छ । पल्लो झ्यालबाट अझै चिहाई रहेकाे झैँ लाग्छ । श्रीमतीको हात बटाउन सम्झाउँदै भान्सामा गए ।

बिहानै , चियाकाे चुस्कीसंगै पल्लोघरकाे झ्यालमा नजर पुग्याे । बिछट्टै राम्री केटी काेठा भाडा लिएर बसेकी रहिछन् । उनले झ्यालमा अडिएर पुलुक्क हेरिन् । मैले ट्वाल्ल परेर हेरी रहे । नजर हट्नै मानेन । उनले फेरि हेरेर मुस्कुराए झैँ गरिन्।

चाडै घर फर्किए । उनी झ्यालमा बसिरहेकी छिन् । कानमा ईयरफाेन छ । मलाई देख्दा मुस्काएर किताब पढ्दै काेठा भित्र अाेहर दाेहर गरी रहिन् । म हेरेर मन्त्र मुग्ध भई रहे ।

दुई चार दिन यस्तै सिलसिला चलिरहयाे । मेराे दैनिकी पनि फेरिएको थियो । प्राय साँझ बिहान घरमै हुन्छु । झ्याल तिर हेर्दै मस्त भई रहे ।

आज , घर फर्किँदा छाेरा छाेरीले निन्याउरो मुख लगाएर पढिरहेका छन् । नजर झ्यालमै पुग्छ । उनी पनि टाेलाई रहेकी ! निराश देखिन्छिन् ।

“आज त नेटमा पैसा सिद्धिएकाे रहेछ है।” किचनमा रहेकी श्रीमती लाई हातको माेबाइलमा नेट चेक गर्दै सुनाएर भने ।

” छाेरा छारीकाे परीक्षा छ । बाउ लाई माेबाईल चलाए पुग्छ । केही मतलब नै छैन । अब केही दिनको लागि सबै बन्द ।” भनेर फतफताउदै श्रीमती छेउमा आई पुगिन् ।

श्रीमतीको आगमन सङै पल्लो घरकाे झ्याल बन्द हुन्छ । मेराे मनमा चिसाे पस्याे । कतै श्रीमतीले केही त भनिनन् ! दुई चार दिन सम्म त झ्याल नै खुलेन ।

उकुसमुकुस भईरह्याे । उनलाई पछ्याउँदै नजिकैको पसलमा पुगे । रिचार्ज कार्ड किन्दै थिइन् । उनलाई पुलुक्क हेरेर मुस्काउने काेसिस गरे । उनी पनि फिस्स मुस्कुराए झैँ गरिन् ।

हिजोआज कहाँ हाेर । झ्याल सधैँ बन्द देख्छु । ” उनलाई सुनाउन अनायासमै शब्दहरू फुस्कि दिन्छन् ।

“आजकल तपाईँ कहाँ वाइ फाई पनि चल्दैन ! बेकारमा झ्याल खाेलेर किन धुलाे खानु ।” उनले अाफ्नाे माेबाइलमा कार्ड रिचार्ज गर्दै भनिन् । (फेसबुकको लघुकथा कुनो ग्रुपबाट साभार)

Comments