[यो ब्लग माइसंसारका पाठकले फेसबुक मेसेजमार्फत् पठाएका हुन्। तपाईँसित पनि यस्तै विषयवस्तु छन् भने माइसंसारको इमेल blog@mysansar.com वा फेसबुक मेसेज वा यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]
-सागर-
सामान्य एक लिटरवाला एक बोतल पानीको कति रुपैयाँ पर्छ? बढीमा कति रुपैयाँसम्म लिन पाइन्छ? यसको कुनै सीमा देखिन्न हामीकहाँ। भर्खरै काठमाडौँको एउटा रेस्टुरेन्टमा जाँदा एक बोतल पानीको १४९ रुपैयाँ लाग्यो। जसमा १७ रुपैयाँ चानचुन त मैले तिरेको करमात्रै रहेछ। हेर्नुस् बिल।
यसमा मिनरल वाटरको १२० रुपैयाँ लेखिएको छ। खासमा १२० रुपैयाँ भए पनि ग्राहकको गोजीबाट भने १४९.१६ पैसा यो पानीको लागि गएको छ।
१२० रुपैयाँमा पनि कूल २३% कर लगाइएको छ।
१०% सर्भिस चार्जका रुपमा १२ रुपैयाँ काटिएको छ। सर्भिस चार्ज अन्तर्गतको रकमपछि १३ प्रतिशत भ्याट लगाइएको छ। यसको अर्थ पानीको शुल्क १२० रुपैयाँमा १३ प्रतिशत भ्याट लागेको होइन, १२ रुपैयाँ जोडेपछि १३२ रुपैयाँमा भ्याट लगाइएको हो।
१३२ रुपैयाँमा १३ प्रतिशतको हिसाबले १७.१६ रुपैयाँ भ्याट लाग्यो। यसको अर्थ १२० रुपैयाँको पानीलाई सर्भिस चार्ज र भ्याटसहित कूल १४९.१६ रुपैयाँ तिर्नुपर्यो।
नाम चलेको कफी सप हिमालयन जाभामा पनि केही समय अघि पानी प्रकरण भएको थियो। हिमालय जाभाले पनि पानी रु १३० मा बेच्थ्यो। कुनै ग्राहकले प्रहरीमा उजुरी दिएछन्। पछि जिल्ला प्रशासनले चेतावनी दिएपछि अहिले उसले आफ्नो मेनु फेरेको थियो। रु १३० लेखिएको ठाउँमा स्टिकर टाँसेर हिमालयन जाभाले एक बोतल पानीको मूल्य रु ६० बनाएको थियो त्यसपछि।
पानीबारे पुराना ब्लग
२० रुपैयाँ पर्ने पानीको बोतललाई १३५ ठटाइयो, पानीकै भाउ किन यस्तो चर्को?
हिमालयन जाभा कफी सपका सञ्चालक यसकारण पक्राउ परे
20% भन्दा बढी नाफा गरेर बेच्नु नेपालको कानून अनुसार कालाबजारी हो। नेपालको कानून नै नमन्ने भए अन्त गयेर ब्यापार गरे भो।
मन परे हरियो नपरे रातो !
0
0
बजारमा पाइने बोतलको खरिद मूल्य रु १२ देखि १५ सम्म हो। कुनै पनि वस्तुमा खरिद मूल्यमा सतप्रतिशत वा सोभन्दा बढी नाफा जोडेर बेच्न पाइँदैन। यो कालोबजारी हो ।
मन परे हरियो नपरे रातो !
0
0
खुला अर्थतन्त्रमा कुनै बस्तुको मूल्य सरकारले तोक्न अधिकार हुदैन | उपभोक्ता अधिकार आफुले रोज्यको पसलमा जानु हो |
मन परे हरियो नपरे रातो !
0
0
लाग्दैन। तर यहाँ कुरा पानी बोक्ने वा लाज लाग्नेको होइन। उपभोक्ता अधिकारको हो। हामी सबै ठाउँमा कसरी ठगिएका छौँ भन्ने हो। धेरै सन्कुचित नहुनुहोस।
मन परे हरियो नपरे रातो !
0
0
घरबाट पानीको बोतल बोकेर हिंड्न लाज लाग्छ?
मन परे हरियो नपरे रातो !
0
0
नेपाल मा सरकार छ?गोवेर्न्मेंट छ?ministers,elected persons ke garchhan?
गफ हान्न मै ब्यस्त.आर्को चुनाब मा वोट कसरि badhauna मा ब्यस्त |चोर नेता को देश हो
|
मन परे हरियो नपरे रातो !
0
0