यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

फ्रान्स बन्यो दुई तारे, फाइनल खेल्नुअघि नै दुई तारा राखेर बनाइसकिएको थियो जर्सी


सन् १९९८ मा आफ्नै भूमिमा पहिलो पटक विश्वकप जितेको फ्रान्स अब दुई पटक विश्वकप जित्ने अर्जेन्टिनासित बराबरी गरेको छ। फ्रान्स यस पटक यति आत्मविश्वासी थियो कि क्रोएसियासित फाइनल खेल्नुअघि दुई तारा राखेर जर्सी बनाइसकेको थियो। फाइनल जित्ने बित्तिकै दुई तारा भएको जर्सी खेलाडीहरुले लगाए। माथिको फोटोमा हेर्नुस्, दुई तारा प्रष्टै देखिन्छ। केही खेलाडीले भने दुई तारा भएको जर्सी लगाउन भ्याएनन्। अर्को पटकको विश्वकपमा फ्रान्स दुई तारे जर्सी लगाएर नै उपस्थित हुनेछ। हेरौँ फ्रान्स विश्व विजेता बन्दाका केही दृश्य।

Comments