यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

काठमाडौँ मोडल अस्पतालमा उपचार गराउँदा यस्तोसम्म भोगियो

-सुवर्ण लता तुलाधर-


अस्पताल भनेको बिरामी निको पार्न जाने ठाउँ हो। त्यहाँको क्याबिनमा हिलो पानी निस्केपछि सकिएन? हिलो पानीको भिडियो खिचेको हेर्नु होला। मोबाइल लिन जाँन्दा सम्ममा पानी अलि सफा भइसकेको थियो।
क्याबिनभित्र बाथरुममा जाली नै छैन। ठूलो ढलमा पूरा प्वाल। यसको पनि भिडियो खिचेका छौँ। हेर्नुहोला। पैसा भने दुई हातले सोहर्ने, अनि फोहोर कोठा र धाराबाट हिलो पानी दिने?

बिरामी सुतेको बेडसिट त्यसै पनि दिनहुँ फेर्नु पर्छ भन्ने मैले जानेको कुरा हो। तर त्यहाँ ५ रात ६ दिनको बसाईमा बेडसिट एक पटकमात्र पनि फेरि दिएन।

नर्स स्टेसनमा फोन नउठेर हेर्न गएको, त्यहाँ मान्छे नै थिएन। निजी अस्पताल थियो तर स्टाफ नै पुग्दैन। विदेशमा अस्पतालमा बिरामीको सिरानीनिर नर्स कलको स्विच हुन्छ। त्यहाँ थिचेपछि के भयो भनेर सोध्छ र दगुडेर आउँछन, तर यहाँ हामी आफै जाँदा पनि स्टाफ नै छैन।

अस्पतालमा जो-कोही रगत नपाएर भागदौड गरेको देखेँ। सबै जना कतै पनि रगन पाएन भनेर छटपटिरहेका। तर हामीले त्यही समूहको रगत अस्पताललाई दान दिन्छु भन्दा लिएन। अस्पताल भनेको बिरामीलाई शरिरीक मात्र होइन मानसिक रूपमा पनि राम्रो गर्ने ठाउँ हुनु पर्छ। तर मैले भोगेको काठमाडौँ मोडल अस्पतालमा बिरामी मात्र होइन, परिवारलाई नै मानसिक तनाव दिने ठाउँ भएको पाएँ।

धाराको पानी

बाथरुमको हालत

अपरेसन गर्ने पन्जासम्म पनि हामीलाई त्यहीँको त्यहीँ किन्न पठाउने? अस्पतालले पछि पैसा लिए हुन्न? भर्ना हुँदा डिपोजिट ४० हजार रुपैयाँ त लिएको हो नि।

अस्पतालमा रहेको औषधि पसल स्टाफहरूले माथिबाट मज्जाले कमाउने रहेछ। बिरामीको परिवारलाई आफ्नो मान्छेको अपरेसन गर्न ल्याएको बेला कति मानसिक दबाब भएको हुन्छ, कहाँ बिलमा लेखेको रकम हेरेर बस्छ र! म पनि जति भन्यो त्यति रकम तिरेर दौडेर नर्सलाई औषधि दिन जान्थे। पछि घरमा आएर बिल हेर्दा पो थाहा पाएँ- बिल भने साँचो (सही) रकमको दिने, पैसा लिने बेलामा बिलमा भन्दा बढी (राउन्ड फिगरमा) लिने गरेको रहेछ। जस्तो कि ४६७६ रुपैयाँ छ तर मसँग लिएको ४७८० रुपैयाँ। दिनमा चार पटकसम्म पनि किन्न गएको छु। दिनमा कयौँ मान्छेहरूबाट त्यसरी लिएर उनीहरू त आफ्नो खल्तीमा हाल्दा रहेछन्।

काठमाडौँ मोडल अस्पताल (प्रदर्शनी मार्ग) मा गएको जुलाईमा मेरी बहिनीको पाठेघरमा पलाएको ट्युमरको अपरेसन गरेका थियौँ। पहिलो दिन क्याबिन माग्दा साढे ४ हजार रुपैयाँको मात्र खाली छ भनियो। हामीले त्यति तिर्न गाह्रो छ। त्यसो भए क्याबिन नलिने भनेपछि पाँच मिनेट नहुँदै हामीलाई ३ हजार ६ सय रुपैयाँ जाने क्याबिन छ भनियो। हामी पनि खुसी भएर लियौँ। क्याबिनभित्रको दराजमा एउटा खापा थिएन। पङ्खा पनि भित्तामा प्लग जोडेमात्र चल्थ्यो। टेलिभिजन पनि नचल्ने। हामीले भनेपछि मान्छे आएर सबै बनाइदियो तर टेलिभिजन भने दिनहुँ बन्द हुने अनि बोलाएर बनाउन लगाउनु पर्ने थियो।

हामी दिउँसो २ बजेतिर अस्पतालमा भर्ना हुन गएका थियौँ। हामीलाई करिब ४ बजेतिर “आज बेलुकी सम्ममा दुई पोका रगत तयार राख्नू। हामी कागज लेखेर दिन्छौँ। ब्लड बैक (पाटनस्थित बालकुमारी) गएर ल्याउनू” भन्यो। मेरी बहिनीले वर्षमा तीन पटक जति रक्तदान गर्ने गरेको छ। ऊसँग कार्ड छ जसमा उसको रगत समूह बारेमा लेखेको छ। तर नेपालको चलन- बिरामीको रगत लिएर रगत समूहको जाँच गर्‍यो, अनि matching गरेर कागज दिइयो। ज्वाईँ रगत लिन जानुभयो। तर त्यहाँ त हामीलाई चाहिने समूहको रगत नै छैन भनियो। अनि पुल्चोकमा पनि फोन गरियो। त्यहाँ पनि मिलेन। अस्पतालले भक्तपुर गएर लिएर आऊ भन्यो। त्यहाँ पनि छैन भनेर थाहा भएपछि चिनेका दुई जना दाइहरूले रक्तदान गर्नुहुने भयो। अस्पतालले रक्तदान दिन त्यही बालकुमारी नै पुग्नु पर्ने निर्देशन दिए अनुसार गरियो, र दिउँसो साढे ४ बजे रगत लिन अस्पतालबाट हिँडेको ज्वाइँ राति साढे ९ बजे बल्ल रगत लिएर अस्पताल फर्किन सफल भयो।

भोलिपल्ट अपरेसन गर्न अगाडि इन्जेक्शन किन्न पठाइयो। बिरामीलाई अपरेसन गर्न लगिएपछि फेरि सामान किन्न पठाइयो। अपरेसन गर्ने पन्जा, सुई, आदि इत्यादि गरेर एक टोकरी भरी औषधी किनेर दिएँ। कति धेरै सामान थियो भने औषधी पसलले झोलामा नहालिकन सुपरमार्केटमा हामीले सामान किन्दा प्रयोग गर्ने बास्केट हुन्छ नि त्यसमा राखेर दियो। अपरेसन सकेर post operation ward मा बोलाएर बिरामीलाई भेट्न दियो। त्यति बेला पनि लामो लिस्ट दिँदै, “ हामीले अपरेसन गर्ने बेलामा अस्पतालको सामान प्रयोग गरेका छौ। त्यो सबै तपाईँले किनेर फिर्ता दिनु पर्छ। यहाँबाट यहाँसम्म फिर्ता दिनको लागि हो र यहाँबाट यहाँसम्म बिरामीको लागि यसपछि चाहिने सामान हो” भनेर भनियो। त्यो दिन मलाई जम्मा जम्मी चार पटक औषधी लगायतको सामान किन्न पठायो।

अपरेसन गर्ने भनेर रातिबाट बिरामीलाई खान दिएको थिएन। राति १२ बजेपछि पानी पनि खान दिएन। अपरेसन दिउँसो साढे १२ मा सुरु गरियो। त्यो दिन साँझ ६ बजेबाट फिका चिया खुवाउन सुरु गरियो र सुपसम्म खुवाइयो।
अपरेसनको भोलिपल्ट बिरामीलाई क्याबिनमा सारियो। एकदम स्वास्थ्य र ताजा थियो बिरामी। दिउँसो ३ बजेपछि बान्ता होला जस्तो भएर छटपटिन थाल्यो। अनि हामीले नर्सलाई फोन गर्‍यौ तर आई हालेन। बिरामी छटपटाएपछि म पनि आत्तिएँ र फेरि नर्स स्टेसनमा फोन लगाएँ। “भर्खर तपाईँले फोन गर्नुभएको फेरि फोन किन गरेको” भनेर गाली खाइयो। एक छिनपछि आएर औषधी हालेको बाफ मेसिन अन गरेर दिएर गयो। औषधी सकिएर बाफ आउन छोडेपछि हामीले नै स्विच बन्द गरेर प्लग निकालेर बस्यौ। तर तिनीहरू त्यो मेसिन बन्द गर्न आएनन्। बिरामीलाई सन्चो भएन। एक जना नर्सले “तपाईँलाई आनेसथेसिया दिँदा पाइपभित्र पठाएको थियो। त्यसैले त्यस्तो भएको “ भन्यो। म पनि होला नि भने। पछि बिरामीले बोल्ने सक्ने भएपछि पो थाहा पाइयो। त्यसरी पाइप छिराएर बेहोस गरेकै छैन। पेटबाट तल मात्र बेहोस पारेर अपरेसन गरेको। त्यसैले बिरामी होसमा थियो। नर्सलाई बिरामीको अवस्था राम्ररी थाहा छैन तर आफ्नो तर्क राखेर गयो। हामीलाई नर्स स्टेसनबाट फोन गरेर “हामीले डाक्टरलाई बोलाई दिएका छौ आउनु हुन्छ है” भनेको थियो तर त्यो दिन डाक्टर आउनु भएन।

पर्सिपल्ट (अपरेसन गरेको तेस्रो दिनमा) फेरि दिउँसो साढे ३ बाट बहिनीलाई गाह्रो हुन थाल्यो। त्यही दिनको ठिक तीन वर्ष अगाडि मेरो आमालाई त्यही अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो तर बचाउन सकेको थिएन। त्यति बेला पनि अस्पताल मा बिहान सबेरै भएर सिनियर डाक्टरहरू थिएनन् र जुनियरहरूले गरेको उपचार मिलेको थिएन। मेरो दाइ (आफै डाक्टर थिए) आएर सबै प्रयोग गरिराखेको उपकरण फेरि मिलाइदिएको थियो। त्यो कारणले पनि मलाई यो अस्पताल मन नपरेको थियो। मलाई लागेको थियो “आमा ई बिहान सबेरै ल्याएको हो। तर डाक्टर दाइ (ठूलो बुबाको छोरा) आएपछि मात्र उपकरण जडान गरेको नमिलेको थाहा पाएको भएर मेरो आमा एक दिन भए पनि बढी बाँच्नुहुने थियो कि” जस्तो मलाई आज पनि लाग्छ।

त्यो दिन पनि हामीले कति पटक नर्स स्टेसनमा फोन गरेका थियौँ। अस्पतालमा स्वास्थ्यकर्मीहरूको संख्यानै पुग्दैन अनि कसरी बोलाउना साथ आओस्! त्यो दिन बिरामी छटपटिएको करिब तीन घण्टा पछि नर्सहरू आए। अनि त्यही बिचमा मेरो बहिनी बेहोस भयो। मेरो मस्तिष्कमा तीन वर्ष अगाडि त्यही दिनमा मेरी आमाको मृत्यु भएको स्मरणले मलाई भयभीत गर्‍यो। पछि फेरि नर्सहरुनै दगुरेर औषधि किनेर ल्याएर भिटामिन हालेको पानी चढायो। हामीलाई “यो तल्ला gynecology को होइन त्यसैले तपाइहरू दोस्रो तल्लामा सर्नु होला। त्यहाँ भए डाक्टर पनि छिटो आउन सक्ने हुन्छ। हामीले स्वीकृति लिइसकेका छौ। यही पैसामा दोस्रो तल्लाको क्याबिन उपलब्ध गराउँछौ। बिरामीलाई हामीले सार्छौ तपाइहरू सामान सार्दै गर्नु” भने। राती साढे नौ बजे बिरामी तल सारियो।

हामी पहिले बसेको क्याबिनमा पनि धाराबाट हिलो पानी र tadpole निस्केको थियो। पछि सरेको क्याबिन मा पनि दिनहुँ पुरै हिलो पानी मात्र निस्क्यो। नयाँ क्याबिन मा दुई रात बस्यौँ तर पूरै समय टेलिभिजन चलेन। जति बोलाए पनि बनाउन आइदिएन।

अपरेसन गरेको तेस्रो दिनमा “बिरामीको निकै पसिना आएर बेड सिट भिज्यो फेरिदिनुस्” भनेको। तपाइँहरू आएको दिनमा मात्र राखेको, फोहोर भएको छैन रे।

अनि नयाँ क्याबिन मा सर्दा सुरुमै बेड सिट थियो। त्यसैले नयाँ फेरिदिनुस् भनेको। पुरानो बिरामी जाना साथ फेरेको त्यसैले फेर्नु पर्देन रे।

डिस्चार्ज हुने दिनमा हामीलाई फोन आयो। तपाईँहरूको व्यवस्था गरेको रगत प्रयोग गर्न परेन। त्यसैले त्यो रगत फेरि ब्लड बैकमा फिर्ता गर्न जानुस् भन्यो। पाटनको बालकुमारीसम्म गएर फिर्ता गर्न जान गाह्रो छ। त्यसैले यही अस्पताललाई दान दिन्छौ भन्दा “लिन मिल्दैन, matching गर्ने व्यवस्था छैन यहाँ। तपाइँरूले रगत फिर्ता नलिएसम्म डिसचार्ज प्रक्रिया अगाडी बढाउन मिल्दैन” रे।

अहिलेको अहिले कसरी पाटनसम्म जाने। अनि हामीले नेशनल ट्रमा सेन्टरमा फोन गरेर हाम्रो ब्यहोरा सुनाएर त्यही दान दिन गयौँ।

रगत राखेर लग्ने चिसाउने भाँडो नै छैन अस्पतालमा। अरूले लगेको रहेछ। त्यो लिन पूरा एक घण्टा कुर्नु पर्‍यो। त्यसपछि हाम्रो रगत नै फेला परेन। कहाँको फ्रिजमा हालेको छ नर्सलाई थाहा रहेनछ। रगत फेला पार्न अर्को २० मिनेट लाग्यो।

हामीलाई डिस्चार्जको लागि केही भन्न नआएपछि नर्स स्टेसनमा बुझ्न गए। नर्सले बाँकी भएको सबै औषधि र सामान लिएर तल फलानो ठाउँमा जानु भन्यो। त्यसै गरे। काउन्टरको स्टाफले “ल मैले तपाइहरूलाई कति खोजी सके, यताको वार्डमा फोन गरे पनि उताको वार्डमा फोन गरे पनि भेटिएन रे।

कम्प्युटर मा बिरामीको नाम हाले पछि त क्याबिन देखाउने होइन र? त्यो चाहिँ नगरेको।

सोमबार डिस्चार्ज भएर आएको, बिहीबार बहिनीको मोबाइलमा पाँच वटा मिसकल मोबाइलबाटै आएको देखे। हेर्दै थिएँ ल्यान्ड नम्बरबाट फोन आयो। उठाए, फोनको उता बात “ तपाईँहरूको पेमेन्ट पुरा नभएको रहेछ। अहिले थाहा भयो ६७५ रुपैयाँ औषधीको बाँकी छ। तिर्न आउनु रे। “कसरी भयो तपाईँले नै सबै चेक गरेर ३१० रुपैयाँ फिर्ता दिनु भएको हो नि भनेको। “मैले तपाईँले ल्याउनु भएको बिल मात्र हेरे। पछि कम्प्युटरमा फेला पर्‍यो” भन्यो। हामी टाढा छौ। सोमवार फलो अप छ त्यही दिन तिर्न आउँछु भन्दा मान्यो। तर त्यसको भोलि पल्ट नै फेरि फोन गरेर त्यही व्यक्तिले पैसा तिर्न आउनु पर्‍यो भनेर बहिनी लाई भनेछ। स्टाफको आफ्नो गल्ती हो हामीले फलो अप मा आउँदा तिर्छु भन्दा पनि त्यसरी फोन गरेर ल्यायो ६७५ रुपैयाँ तिर्न ट्याक्सीमा ७०० रुपैयाँ खर्च गरेर जाने काम म बाट भएन। सोमवार फलो अप मा गएको बेला तिरेँ।

राजधानी काठमाडौँको निजी अस्पतालको हालत यस्तो छ। बिचरा गाउँबाट उपचारको लागि आएकाहरूले कति दुःख भोगिरहेको होला!

12 comments to काठमाडौँ मोडल अस्पतालमा उपचार गराउँदा यस्तोसम्म भोगियो

  • भन्न धेरै मन पर्छ तर सिधै भन्न पनि गार्हो नै छ. त्यसैले मा प्रार्थना गर्छु कि अस्पताल भन्ने ठाउमा सकेसम्म जान नपरोस . कसैले यहाँ मह को नाम लिएको देखे . मेरो देखाई र बुझाईमा उहाहरुको पनि आय आर्जन गर्ने थलो मात्र भाको होला यो अस्पताल नत्र भने आफुहरु किन बिदेशमा उपचार गर्न जान्छन ? मैले महको म मा पढेको छु. फेरि पनि भन्नु पर्दा सबै जोगी कान चिरेका हुन्. सबै उही हात्तीका दुइ वटा दांत हुन् .

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • krishna

    सालोक्य जी कता हराउनु भयो आजकल?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Lux

    I have heard Maha (Madan Krishna snd Hari Bansa) is involved in this hospital.I am sure they will fix your problem if it is true.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • Bashanta Raj

    You can send your complain to above government services as well.
    By they I forwarded your complain to ministry of health of Nepal in their email address which was provided by their websites. Hope they take necessary action.

    National Information Technology Center
    Singhdurbar, Kathmandu
    Phone: +977-1-4211917, 4211710, 4211527
    Fax: +977-1-4243362
    Email: info@nitc.gov.नप

    Bashanta Raj भण्डारी

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • Subarna Lata Tuladhar

    मैले यो लेखेको नै काठमाडौँ मोडेल अस्पताल लाई सुधार ल्याउन दबाब दिन हो.
    मैले management member लाई पनि इमेल गरेको थिए तर कुनै प्रतिक्रिया आएन
    त्यति धेरै पैसा तिरेका छौ तर बिरामीको लुगा र bedsit फेर्न माग्दा मलाई आफ्नो घरबाट लिएर आउ भनियो. आज admin@phectnepal.org (Public Health Concern Trust (phect-NEPAL) लाई पनि इमेल गरेको छु. Kathmandu Model Hospital लाई जापानको एक एनजीओ बाट सहयोग भैरहेको छ भनेर मलाई आज एकजनाले भनेको छ. त्यो कुरा पुस्टि भएमा र त्यो एनजीओ को बारेमा जानकारी पाए भने म तहाँ पनि इमेल गर्नेछु

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 3

  • bijay

    हुन त यहाँ आएर complain गर्न सजिलो छ ..
    मेरो अनुभब..
    केहि वर्षा अघि बुवाको stent हाल्न नर्भिकमा दुइ रात बिताएको थिएँ / waiting area ( सुत्ने ठाउँ ) नजिकै यौटा बाथरूम थियो जहाँ भुइभरि पिसाब नै पिसाब थियो र ढोका खोल्ने बित्तिकै बाहिर बस्ने नसकिने गरि सुगन्ध आउथ्यो / तर न कसैले गएर त्यसको बारेमा केहि भन्न गयो वा केहि गर्यो/ दुइ तिन परिवार चाही आफ्नो अमेरिका अस्ट्रेलियाको गफ सुनाउदै थियो त्यहि बाथरूम छेउमा भुइमा सुत्दै/ बाथरूम मा न पनि आउथ्यो.
    भोलि बिहान मा गएर येसो तल management मा त्यत्रो पैसा लिएको छ त्यो बाथरूम सफा गर्न मिल्दैन भनेर भन्न गए . पछि चै सफा गरेको रैछ.
    Lesson learned:
    If customers dont fight back then the service providers will also not bother to improve their service. But in context of nepal, majority have this notion that i will solve my problem let others go to hell and until it becomes my problem it is not a problem.
    So it will go on.

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 3

  • मुकेश यादव

    एस मोडल हस्पताल का प्रोमोटर र संचालक हरु को को रहेछन पता कराउनु परयो / अनि तीन का परिवार बिमार हुन्दा कहाँ लैजाने करेका रहेछन त्यो पनि पता कराउनु परयो / कसै लाई थाहा छ भने तीन का नाम यहाँ लेखी दिनु होला /

    द्रव्य पिशाच हरु मानिसको सबै भन्दा नाजुक अवस्थामा भएको बेला फाइदा लुटने ? लुटाउने ?
    अनि अफ्ना बिमार भए मा बैन्काक वा दिल्ली को हस्पताल पुरयाउने ?
    मानिसको दुखित अवस्था भएको बेला पैसा ले पेट फाड्ने ? भुँडी फुटाउने ? सरम ना भएका

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • निर्मल बमजन

    पहिलो कुरो standards भन्ने के हो त्यो नै थाहा छैन| regulatory निकाय को हुन्स भन्ने यकीन छैन| ही रुपमा चेकजांच हुने हो भने सबका सब खत्तम छन्| यो मुलुकमा सेवा पाउन कि हुनपर्यो आफन्त, कि हुनपर्यो highly politically connected. नत्र भने अस्पताल, डक्टर र क्लिनिकहरुले बिरामीलाई चल्ता फिरता एटीएम देख्छन|
    अस्ति एउटा राजधानीको कथित नामी मुटु डक्टरको क्लिनिकमा गएको| युनिफर्म लाउने सहायकहरु र फार्मेसी पनि रहेछ| सफ़ै जस्तो थियो भनौ| पार्किङ्ग पनि एकप्रकारले प्रशस्तै|
    तर तेत्तिका पैसा लिए पछि एउटा बिरामीलाई उठाएर बेडमा चेक गराउन अघि केहि सफा नगरी तेही बेडमा सुताएर अर्को बिरामीलाई चेक गर्दो रहेछ| त्यही पनि पहिलो बिरामी उठन साथ्|
    जब डक्टरको चेक गर्ने पालो आयो, पालोको अर्को बिरामीलाई पनि संगै राख्दो रहेछ र उसैका सामु सबै कुरो सोध्दो र भन्दो रहेछ| एउटा देखि अर्कोको बिचमा १० सेकेण्ड पनि टाइम ब्रेक नलिदो रहेछ| हरे राम राम| कुन देशमा सिकेको प्राक्टिस होला यो| न प्राइभेसी छ, न कुनै कन्फ़िदेन्सियालिटि, न त हाइजिन|
    चिया बनाउने दिदीले सबै काम गर्नेलाई चिया बाढदै गएको देखे| चिया चै बाथरुम संगै बनाइदो रहेछ|ब्लड लिने ठाउमा काम गर्नेले डोनट खादै काम गरेकी देखियो| फेरी पनि सफा सुघर र हाईजिन गायब|
    एक्स रे मा दिक्क लागेकी बैनीले जांच गराउने रुखो व्यवहारले दुख लाग्यो|
    आफुलाई रोग लागेका बेलामा यी गुनासा प्रकट गर्ने धेरै जसोको ध्यान जादैन|
    तर यस्ता मनपरी गर्नेहरु स्वर्गमा ठाउ बनाउन तयार छन? यदि स्वर्ग भन्ने चिज छन भने|
    मानवता र प्रफेसनालिज्म भन्ने चीज त हुनपर्यो नि|
    महाराजगंज र रिङ्ग रोड वरिपरिका च्याउ पलाए जस्तै क्लिनिक र अस्पतालहरुले
    फोहोर मैला र मेडिकल वेस्टेज चै जनताका नालामै फेक्दा रहेछन|
    नेताहरु र उनका आफन्तहरु सिंगापुर, भारत र बैङ्कक, जापान आदि ठाउमा उपचार गर्न गइहाल्छन| हानी जनता मारिने भयो|
    तुलाधरज्युले राख्नु भनेको गुनासा सुनिदिनु पर्यो| हामी धेरैले भोग्दै आएका हौ| सुधार आउँन पर्यो| होला कोहि सुनिदिने कि यो पनि अन्य सैयौ गुनासा जस्तै हावामा उडाइदिने हुन्?
    सुझाव:
    १. रेगुलेटरि निकायले यस्ता अस्पताल र क्लिनिक हरुलाई standards पालना गर्न प्रवेश कक्ष मै ठुलो देखिने बोर्ड राखेर ती standards के के हुन् जानकारी गराउन पर्यो| समय समयमा चेक जांच गरेको प्रमाण पत्र पनि हुनपर्छ|
    २. गुनासा भए कंहा पोख्न पर्ने हो त्यो पनि फोन न. र इमेल सहित खुलासा गर्न पर्छ|
    ३. हाम्रो नेपालमा मेडिकल काउन्सिल छ तर जनतालाई यो जिवन्त छ भन्ने लक्षण दिनपर्छ|

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 1

  • सहि कुरा सारा नेपाली ले भोग्नु परेको कुरा यहि हो. मर्ने मारिरहेको छ यहाँ हास्ने को hasai मा ताली बजाउने हरु मात्र छन्. नामर्द सरकार को नीति कहिले परिबर्तन हुने हो.

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • Rajendra Man Singh

    Private hospitals like Kathmandu Model Hospital can hire enough nurses (besides nurses are not paid adequately in Nepal) and cleaning personnel. This article just shows how out of touch the hospital management is. A hospital should have, among other things, water treatment facility, laundry center, and there should be a cleaning crew that goes around cleaning the hospital regularly, multiple times a day. These are not the things that a patient or family members should have to worry about. Nepali medical sector has become very profit motive and people involved in the medical sector seem to worship mammon and not have Love for other fellow people. It’s no longer Sewa when hospital sees you and me as a cash cow. This is the reason why Nepali people are hugely in favor of putting legal stocks on those in the medical field. Doctors protesting the new legal measures show their true color.

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • madan bajracharya

    अब अस्पताललाई पार्टीहरुको उपचार बिभाग अन्तर्गतको भात्रि कार्यालय भने उपयुक्त हुन्छ/ पार्ति र पार्टीका नेता र कार्यकर्ताले नागरिकको भोट दिने अधिकार नोट कमाउने आधार बनायकोछ/ अस्पताल र उपचार गर्नेले बिरामीलाई/ दुवै कानुन मान्दैन/ कानुन लगाउन खोजे पार्त्काले सरकार नै भंग गर्छु, हड्ताल र बन्द गर्छु तेतिले पनि नपुगे फेरी फेरी जंगल पस्छु भन्छ/ अस्पतालकाले रोगले मर्ने लागे पनि उपचार गर्दिन भन्छ/ रोग लागेर उपचारको निमित आयकोलाई उपचार गर्नेले उपचार नगरेरेको कारणले मरेको र हतियार प्रयोग गरेर कसैले कसैलाई मारेको बिचमा के फरक छ? यो प्रश्न उठाउने कुनै सांसद नहुनुले पनि अस्पताल र पार्टी नेता र उपचार गर्ने पेसा गर्ने उस्तै उस्तैनै भयको स्पस्ट देखिन्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • RAW

    गरीब हरु मर्ने हो / / यो देश गरीब हरु को लागि हो र ?????

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)