यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

पोर्न ब्यान हुँदा सेक्सी सिनसहितको ‘झ्याल्चा’को आज गरियो प्रदर्शन

jhyalcha-1 अहिले प्रविधिले फड्को मारिसक्यो। हातहातमा मोबाइल। त्यसमा ‘ब्लु’ फिल्म हेर्न कुनै आइतबार पर्दैन। तर त्योभन्दा खतरा आसन त मन्दिरका टुँडालहरुमा कुँदिएका हुन्छन्। सरकारले पोर्न ब्यान गर्ने निर्देशन जारी गरेको भोलिपल्ट शनिबार संयोगले पाटनमा परम्परागत सेक्सी सिनसहितको झ्याल्चा प्रदर्शन गरियो। परम्परागत कुरा हेर्न पनि रमाइलै हुन्छ। के देखाइन्छ त त्यहाँ?

दुई वर्षअघिको ब्लगबाट साभार

च्यासलको चोकको चपाःछेँको एउटा परम्परागत घरको माथिल्लो तल्लाको झ्यालमा सेतो पर्दा टाङ्गिएको थियो। नजिकैको एउटा फल्चामा बाजागाजासहित गीत गाउनेहरु थिए।

राति नौ बजेतिर सुरु भयो बाजा बजाउने र गीत गाउने क्रम। त्यही गीत र बाजाको तालमा झ्यालमा छायाँको चाल देखिन थाल्यो। छायाँ हेर्दा थाहा हुने गरी एउटा केटा एउटी केटीको थियो।

त्यो छायाँले यौन हाउभाउ मात्र हैन यौन आसनसमेत देखाउन पछि पर्दैन। छेउमा बच्चाहरुले आफ्ना आमालाई ‘के गरेको यो’ भनेर सोध्दै थिए। आमाहरुलाई हाँस्दै फूर्सद थिएन।

फिल्म देखाउने जमाना नभएको बेला छायाँबाट देखाइने खतराको सेक्सी सिन पो देखाउने रैछ यसमा त।

भिडियो हेर्नुस्-

jhyalcha-3

jhyalcha-4

jhyalcha-5

jhyalcha-6

jhyalcha-7

jhyalcha-8

jhyalcha-9

jhyalcha-10

jhyalcha-11

jhyalcha-12

jhyalcha-1

के के देखाइन्छ?
झ्याल्चा पाँच दृश्यमा देखाइन्छ। पहिलो दृश्यमा दुई पात्र मिलेर पूजा गर्छन्, योमरी खान्छन्। दोस्रो चरणमा युवतीले बत्ती काटेको दृश्य हुन्छ। युवतीले झुल्दै बत्ती कात्दा युवकले झस्काइरहन्छ। तेस्रोमा युवकले युवतीलाई सम्भोगका लागि आग्रह गर्छ। युवती सहमत नहुँदा नहुँदै पनि पछि यौन क्रियाकलाप हुन्छ। चौथो चरणमा युवतीले नै आग्रह गर्छे। युवक मान्दैन। पछि यौन लीला हुन्छ। पाँचौमा युवकले आग्रह गर्छ। युवती मन्जुरी जनाउँछे। अन्तिममा फेरि पूजा गरेपछि झ्याल्चा सकिन्छ।

छायाँमा केटा र केटी देखाइए पनि वास्तवमा त्यो अभिनय गर्नेहरु चाहिँ दुवै केटा नै हुन्छन्।

सुधार गर्नुपर्ने
jhyalcha-2
छायाँमा देखाइने भएकोले त्यो ठाउँ वरपर अलि बत्ती नबाल्ने गर्दा राम्रो हुन्थ्यो। चोकमा भएकोले गाडी, मोटरसाइकल सब त्यही बाटोबाट आउने गर्छ। त्यस्तै संगीत र भजनको आवाज अलि मधुरो सुनिन्छ। त्यसलाई स्पिकरका साथ अलि ठूलो सुनिने बनाए अझ राम्रो हुन्थ्यो। सबभन्दा खट्किएको चाहिँ माथिको फोटोमा देखिएको तारहरु। झ्यालको दृश्यलाई डिस्टर्ब हुने गरी यी तारहरु लगिएका छन्। यो जात्राको प्रचार पनि राम्रोसँग गरिएको छैन। हामी जस्तै खोजेरै जानेहरु मात्र त्यहाँ पुग्छन्। नत्र त्यहीँको स्थानीय समुदायमा मात्रै यो सीमित भइरहेको छ।

यसरी सुरु भएको रहेछ
14341389_10154614927530962_793330274_nइन्द्रजात्राको एक दिन अघि देखाइने यो झ्याल्चा पाटनका राजा योगनरेन्द्र मल्लको पालादेखि सुरु भएको रहेछ। कारण चाहिँ यसो रहेछ- एक दिन राजा च्यासलबाट जाँदै गर्दा इनार नजिकै एक व्यञ्जनकार युवती नुहाउँदै गरेको देख्छन्। औधी सुन्दरी युवती देखेर राजा मुग्ध। योगनरेन्द्रले बिहे गरेर दोस्रो रानी बनाउँछन्। जेठी रानीलाई असैह्य हुन्छ। अनि च्यासलका अवालहरु (कुम्हाले)लाई लगाएर व्यञ्जनकार रानीको बेइज्जत गर्न यसरी झ्याल्चा देखाउन लगाउँछिन् जेठी रानीले। पाटन दरबार स्क्वायरमा योगनरेन्द्र मल्ल र उनकी दुई रानीको शालिक अझै छ।

यो वर्ष यस्तो जानकारी पनि त्यहाँ राखिएको थियो-

कथामा झ्याल्चा
मणि लोहनीले झ्याल्चा बारे एउटा कथा नै लेखेका छन्। तर उनले योगनरेन्द्र मल्लको ठाउँमा सिद्धिनरसिंह मल्ल लेखेका छन्। योगनरेन्द्रको नाउँ विश्वबैँकको एउटा डकुमेन्टमा छ तर नागरिकमा छापिएको यसैसम्बन्धी फिचरमा भने सिद्धिनरसिंह मल्ल लेखिएको छ। त्यसमा यो सुरु कसरी भयो भन्ने बारे यस्तो विवरण छ-

सिद्धिनरसिंह मल्ल ललितपुरका राजा भएका बेला पाटन दरबारको वरिपरि धेरै कृषक थिए। वर्षाको काम सकिएपछि स्थानीय बासिन्दा चोकचोकमा बत्ती काटेर बस्थे।
चोकमा बसेकी सुन्दर युवती देख्दा घुम्दै आएका राजा मोहित भए। उनको सुन्दरतामा लठ्ठिए। युवती व्यञ्जनकार समुदायकी थिइन्।
युवतीबाट लोभिएका राजा नियमितजसो उनकै घर जान थाले। दरबारमा रानी छँदाछँदै अर्की रानी ल्याउने कुरै भएन। हरेक दिन युवतीकै घर गएर मिठामिठा कुरा गरेर फकाउन थाले। बिस्तारै मायाजालमा फसाएर यौन क्रियाकलाप गर्न थाले।
राजा हरेक दिन युवती भेट्न जान्छन् भन्ने हल्ला जताततै फैलियो। जनतालाई एक किसिमको त्रास पनि भयो। राम्री केटी देखेपछि राजाले नछोडने रै’छन् भन्ने भयो। चेलीबेटी असुरक्षित भएको महसुस गरे जनताले।
‘कि बिहे गरेर दरबारमा भिœयाउनु, नभए युवतीलाई भेट्न जनताको घरमा नआउनू’ भन्ने आवाज उठ्यो।
त्यतिबेला राजाको प्रत्यक्ष विरोध गर्ने अवस्था थिएन। अप्रत्यक्ष रूपमा राजाको सो अनैतिक गतिविधिको विरोध जनाउन उनका क्रियाकलापलाई पर्दामा अभिनयमार्फत देखाउन सुरु गरिएको हो।

यस्तो छ मणि लोहनीको कथा-

पाटनको च्यासल चोकमा पुगेपछि उनले मलाई झ्याल्चा चपा देखाइन्।

‘तिमीले यहाँ राजा सिद्धिनरसिंह मल्लको रासलीला देख्नेछौ।’

‘राजा सिद्धिनरसिंह मल्ल?’ म जिल्ल पर्छु।

‘हो। उनकै पे्रमकहानी यहाँ वषौर्ंदेखि चल्दै आएको छ।’

‘वाहियात। …नचाहिने कुरा।’ मैले भनेँ।

‘ऊ हेर न ! अनि, पत्याउनेछौ।’ उनले झ्याल्चा चपा भन्ने एउटा पुरानो घरतिर देखाइन्। घरको उत्तरपट्ट िमोहडामा ठूलो झ्याल थियो। त्यही झ्यालमा टाँगिएको थियो, सेतो पर्दा। भित्रको उज्यालोले पर्दामा एकाएक दुई मानवाकृति सलबलाउँछन्। एउटा पुरुष र अर्को महिलाको मानवाकृति ठम्याउन मलाई गाह्रो पर्दैन। त्यति नै बेला नेवारी संगीत गुन्जिन्छ। संगीतको तालमा ती दुई आकृति नजिकिन्छन्। चुम्बन गर्छन्। आलिङ्गनमा बाँधिन्छन् र एकार्कालाई माया गर्न थाल्छन्। उत्तेजित र आक्रामक किसिमको शारीरकि माया।

अरू थोक पनि गर्छन् कि भनेजस्तो हुन्छ। भित्र कताकता उकुसमुकुस र काउकुती लगाउँछ। म उनको हात जोडले समाउँछु। मैले जस्तै त्यहाँ भएका अरूले पनि आ-आफ्नी प्रेमिकाको नजिक हुन खोजेको आभास मिल्छ। मानिसहरू रोमाञ्चक अनुभूतिमा ताली बजाउँछन्। सिटी फुक्छन्। पाटनको च्यासल चोक हल्लाले गुञ्जायमान हुन्छ।

उनी र म पनि त्यही भीडमा छौँ।

‘त्यो को हो चिन्यौ?’ उनले सोधिन्।

‘अहँ चिनिनँ।’

‘राजा सिद्धिनरसिंह म्ाल्ल।’ उनले मेरो कानमा साउती गरनि्, ‘पर्दामा देखिएको पुरुष आकृतिको शिरमा मुकुट देखेनौ? हो, त्यही हो राजा सिद्धिनरसिंह म्ाल्ल।’

‘अँ हुन्छ? …अनि, त्यो केटीचाहिँ को हो नि?’

‘त्यसले अघि बत्ती कातिरहेकी देखेनौ? त्यो यहीँकी लोकल नेवार्नी। व्यञ्जनकारकी छोरी।’ म रनभुल्लमा परेँ। कसरी यो सम्भव छ? राजाको लोकल नेवार्नीसँग प्रेमलीला?

‘यो प्रेम थिएन।’ उनी गम्भीर भइन्।

‘एक छिनअघि त तिमीले नै राजा सिद्धिनरसिंह म्ाल्लको प्रेम भनेकी थियौ।’

‘होइन, मैले रासलीला भनेकी थिएँ। प्रेमलीला भन्ने त एउटा कथन मात्र हो। वास्तविकतामा एउटा शक्तिशाली राजाले निर्धन जनताका छोरीहरूमाथि गरेको यौनशोषण हो यो।’

‘अनि, अहिलेसम्म किन आत्मासात् गररिहेका त पाटनवासीले?’

‘राजाको विरोधमा बोल्ने आँट कसको? तैपनि, पाटनवासी सिर्जनशील छन्। कलाकार छन्। त्यही भएर विरोधको नयाँ तरकिा अपनाएर झ्याल्चा सुरु गरे।’ उनले मलाई प्रस्ट पार्ने कोसिस गरनि्। तर, मैले अझै बुझिनँ।

‘के हो झ्याल्चा भनेको?’ मैले उनैलाई सोधेको हुँ। तर, भीडबाट एक जना बूढो एक्कासि करायो, ‘झ्याल्चा एउटा यौनलीला हो। राजा र जनताकी छोरीबीचको यौनलीला।’

‘अब राजा नै छैन यो देशमा। के अर्थ यस्ता झ्याल्चाहरूको?’ म चिच्याएँ। भीडका मानिसहरू झाल्चा चपाको झ्याल हेर्न छाडेर मतिर फर्किन्छन्।

‘राजा नभएर त यसको महत्त्व बढेको नि !’ उनले भनिन् र मेरो पाखुरा चपक्क समातेर चुप लाग्न भनिन्। मैले मानिनँ, ‘झ्याल्चा भ्रम मात्र हो। जात्राका नाममा मजाक मात्र।’

भीड मतिर लम्कियो।

‘झ्याल्चा हाम्रो संस्कृति हो।’

‘झ्याल्चा हाम्रो परम्परा हो।’

‘झ्याल्चा हाम्रो जात्रा हो।’

‘झ्याल्चा हाम्रो इतिहास हो।’

औँला ठडाउँदै आएको भीडले मलाई घेर्‍यो।

‘मान्छेहरूको हातहातमा प्रविधि छ अचेल। एकपलमै विश्वभरका अनेक नयाँनयाँ कुरा हेर्न सक्छन्। फरकफरक आसनका ब्लु फिल्महरू डाउनलोड गर्न सक्छन्। के अर्थ यो पुरानो र सिम्बोलिक झ्याल्चाको?’

मेरा शब्दहरू नसकिँदै भीडले मलाई छोप्यो।

‘के यहाँ देखिएको दृश्यले तँलाई तरंगित बनाएन? के रोमाञ्चित हुँदै तैँले आफ्नी प्रेमिकाको हात समातिनस्?’ आफूलाई जोगाउन टाउको दुवै हातले छोपेर म घोप्टो परेँ। उनले मेरो हात समातेर मलाई उठाइन् र भीडभन्दा पर लिएर भागिन्।

इन्द्रजात्राको अघिल्लो रात पाटनको च्यासलमा जात्रा हेर्न गएको मलाई उनले रातभर दौडाइरहिन्।

रातभर उनले मेरो हात छोडिनन्।

मैले पनि रातभर उनको साथ छोडिनँ।

च्यासलचोक… कृष्णमन्दिर… गोल्डेन टेम्पल। यसैको वरपर दौडिरहेँ उनको हातमा हात राखेर… रातभर।

रातभर उनीसँग दौडिरहँदा मल्लकालीन प्राचीन सभ्यताको ढोका खुल्छ। विक्रम संवत् १६३२ को एउटा साँझ म उनीसँगै पाटनको कृष्णमन्दिर अगाडिपट्ट िदरबारको पटांगिनीमा पुग्छु। र झ्याल्चाको इतिहास हाम्रो अघिल्तिर वर्तमान बनेर फैलिन्छ।

राजाको दरबारको झ्यालमा सुन्दर युवक देखिन्छ। उनले त्यो युवकलाई निहुरएिर ढोग्छिन् र मलाई पनि त्यसै गर्न भन्छिन्। मैले पनि निहुरएिर उसलाई ढोग्छु।

‘को हो यो?’ इसारामा उनलाई सोधँे।

‘राजा सिद्धिनरसिंह मल्ल।’ उनले सुस्तरी भनिन्।

दरबार आसपासमा कृष्णमन्दिर, भीमसेनस्थान, ढुंगेधारा, केही मन्दिर र सत्तलबाहेक अरू केही थिएन। सबैतिर खेतैखेत। दरबारअघिपट्टकिो सत्तलमा केही युवती बत्ती कातिरहेका थिए।

‘कति राम्रा केटीहरू।’ मैले भनेँ। उनले मलाई ‘चुप लाग्न’ इसारा गरनि्। अघि हामीले राजा भनेर ढोगेको युवक पनि सत्तलमा नै पुगेको रहेछ। बत्ती कातिरहेकी एक युवती दौडेर पुरानो घरभित्र छिरी। त्यो मुकुट लगाएको युवक पनि युवतीको पछिपछि भाग्यो। उनी र म पनि तिनीहरूको पछिपछि लुकेर घरभित्र छिर्‍यौँ।

घरभित्र पुगेपछि त्यो युवकले बिस्तारै त्यो युवतीलाई आफ्नो बाहुपासमा लियो। युवतीको औँलाभरि अबिर लागेको थियो। उसले त्यो औँला चुसिदियो। युवती लाजले त्यही अबिरझँै राती भई। उसले बिस्तारै युवतीको पहिरन खोलिदियो। आफू पनि नांगियो।

‘आँखा बन्द गर !’ उनले मेरो कानैमा आएर भनिन्।

‘किन गर्ने? गर्दिनँ।’ मैले भनेँ।

‘लाज नभएको मान्छे।’

‘तिमीसँग केको लाज?’ मैले उनको ओठमा चुम्बन गरेँ।

‘उता हेर !’ उनले आफ्नो दुवै हातले मेरो अनुहारलाई राजाको यौनलीलातिर फर्काइदिइन्। मलाई एक्काइसौँ शताब्दीको पोर्नो फिल्म र राजा सिद्धिनरसिंह मल्लको यौनलीला उस्तै लाग्छ।

‘छिः हिँड जाऊँ। यस्तो हेर्नु हँुदैन !’ उनी फेर िआफ्नो ओँठले मेरो कान छुन्छिन्। मलाई सिरंिग हुन्छ। ‘एकैछिन पर्ख !’ म उनको हात समात्छु। उनी आँखा चिम्लिन्छिन्। म घरी सिद्धिनरसिंह मल्लको उत्तेजना त घरी उनको अनुहारमा दौडिरहेका लाजका रेखाहरू हेररिहन्छु।

‘कस्तो फोहरी मान्छे।’ उनी फेर िकानैमा आएर बोल्छिन्, …सासले। म केही नबोली उनलाई अँगालोमा कस्छु। उनको अनुहार लाज र उत्तेजनाले झनै आकर्षक देखिन्छ। म उनलाई प्रेमपूर्वक आफूमा कस्छु र समातेर लामो टंग किस गर्छु। एक छिनपछि उनले मलाई थकेल्छिन्।

राजा सिद्धिनरसिंह मल्लको यौनलीला सकिएछ। राजा सन्तुष्ट अनुहार लिएर ढोकाबाट बाहिरन्िछन्। म आफूलाई सम्हालेर उनको पछि लाग्छु। दरबारको मूलद्वारमा पुगेपछि उनले मलाई देख्छन्। म राजाको अनुहार हेरेर हाँस्छु। राजा पनि मुस्कुराउँछन्।

‘सधैँ आउने गर्नुभएको छ महाराज?’ उनको मुस्कान देखेर मुखबाट फुत्किहाल्छ। उनले घुरेर मलाई हेर्छन्।

‘मैले सबै देखेँ महाराज ! हजुरको अनुहारमा आएको आकर्षणको रहस्य त्यो पो रहेछ।’ मेरो कुरा सुनेर राजा सोध्छन्, ‘को हौ तिमी?’

‘राजा हटेको नेपालको एक सामान्य लेखक। च्यासलमा झ्याल्चा हेर्दाहेर्दै तपाईंलाई देखेँ, अनि, केही कुरा गर्न आइपुगेँ।’

‘ए तिमी नयाँ नेपालको नयाँ लेखक?’ उनी फेरि हाँसे।

‘पहिलो किताब लेखेकै २५ वर्ष भइसक्यो महाराज ! र पनि अझै नयाँकै उपाधि?’

‘समस्या यही त छ। तिमी लेखकहरू साधनालाई समयकाल र उपाधिसँग तुलना गर्छौ। यति गरेँ र उति गरेँ भन्न हतारन्िछौ तर केही गर्दैन्ाौ। तिम्रो सिर्जनाले नयाँ समाज निर्माण गर्न सक्नुपर्छ। त्यो असली उपाधि हो। यति वर्ष भयो, उति वर्ष भयो या यो पुरस्कार, त्यो उपाधिले के गर्न सक्छ?’ उनले मलाई नराम्रोसँग भने।

‘निर्धो जनताकी छोरीलाई ललाईफकाई यौनशोषण गर्ने राजा, मलाई साधनाका बारेमा बताउने? लाज लाग्दैन?’ मेरो पनि धैर्य टुट्छ।

‘मूर्ख लेखक ! मेरो प्रेमलाई शोषणको नाम दिने, तिम्रो के हैसियत?’ उनी गर्जिन्छन्।

‘शोषणलाई शोषण भन्ने हैसियत लेखकसँग मात्रै त हुन्छ। अरू त शासकसँग डराइहाल्छन् नि !’ म पनि रोकिन्नँ।

‘यो शोषण होइन, प्रेम हो। मेरो स्त्रीजातिप्रतिको प्रेम। समस्त जनताप्रतिको प्रेम।’

‘निरर्थक ! प्रेम भए बिहे गरेर भित्र्याउनु नि दरबारमा।’

‘मेरो यसअघि नै दरबारमा रानी छे। नीतिसंगत रूपमा अर्को बिहे गर्न मिल्दैन।’

‘नीतिसंगत त प्रेमको नाटक गरेर एक युवतीलाई यौनशोषण गर्न पनि मिल्दैन।’

‘यो नाटक होइन लेखक, प्रेम हो। तिमीलाई त थाहा हुनुपर्ने प्रेमको अर्थ विवाह होइन भन्ने। तिमी आफँै प्रेम र सम्बन्ध फरकफरक कुरा हुन् भन्दै भाषण ठोक्दै हिँड्छौ।’ राजाको तर्कले म मौन हुन्छु।

‘के राजालाई प्रेम गर्ने अधिकार छैन? म उनलाई प्रेम गर्छु। उनको सुखदुःखमा साथ दिन्छु। उनको पिताजी सुवर्ण व्यञ्जनकार गरबि थिए। मैले च्यासलमुनिको खेत दिएँ। राम्रो उब्जनी गर्छन्। अहिले उनको परविारको जिन्दगी सजिलो भएको छ।’

‘ए, त्यसो भए पिताजीलाई पनि किनिसक्नुभो?’

‘यो मेरो प्रेम हो, व्यापार-व्यवसाय होइन।’

‘यो कस्तो प्रेम हो महाराज?’

‘नामहीन सम्बन्धको प्रेम। आफ्नो भएर पनि आफ्नो भन्न नसकिने प्रेम। तिम्रो किताब छ नि परास्त प्रेम? हो, त्यस्तै प्रेम हो यो। आफँैभित्र हारेको- परास्त प्रेम।’

‘मेरो किताब पढेको कि नाम मात्र सुनेको, महाराज?’

‘पढेको छु नि ! तर, तिमी बढी विदेशीका कथा लेख्छौ। आफ्ना देशका पात्रहरू छनोट गर। हामीले विश्वसाहित्यमा आफूलाई चिनाउने हो भने नेपालभित्रैका कुरा लेख्नुपर्छ। जस्तो, तिम्री साथीले कालो छायाँ लेखेकी छन् नि, छाउपडीमाथि। त्यस्तै।’

‘महाराज, तपाईंको लीला पनि बुझिनसक्नु रहेछ।’

‘यो मेरो होइन, समयको लीला हो, मणि।’ उनले मलाई लेखक भनेनन् मणि भनेर सम्बोधन गरे। राजाको अनुहार दुःखी देखियो।

‘मेरो त पूरै जीवनलाई यौनमा लगेर जोडिदिए मानिसले। त्यतिले नपुगेर हरेक वर्ष झ्याल्चा देखाउँछन्। अपमान सहनुको पनि त सीमा हुन्छ। मेरो प्रेम, मेरो इतिहास पाटनवासीले यौनकर्ममा सीमित गराइदिए।’ राजा थप गम्भीर बने, ‘मैले गरेका राम्रा काम पनि छन्। मैले पाटनमा मठमन्दिरहरू बनाएँ। गुबाजु र वैद्यहरूको व्यवस्था गरेँ। सबैलाई स्वस्थ र आयआर्जन गर्न सक्ने वातावरण निर्माण गरेँ। मात्र मेरो प्रेमको धज्जी उडाए। त्यसैलाई जात्रा मनाए।’ राजा भावुक देखिए।

आफ्ना दुवै हात अगाडि बढाएर उनले मेरो हात समाए। उनको आसुँ मेरो हातमा खस्यो- कस्तो तातो आँसु।

‘आत्था …!’ म झस्किएँ।

‘के भो?’ उनले मलाई झकझकाइन्। मेरो अघि राजा थिएनन्। उनी थिइन्।

‘के भयो?’ उनले सोधिन्।

‘पोल्यो।’ मैले भनेँ। ‘केले पोल्यो?’ उनले फेरि सोधिन्।

‘राजा सिद्धिनरसिंह मल्लको आँसुले।’ मैले भनेँ। उनी खिलखिलाएर हाँसिन्, ‘झ्याल्चा हेरेर तिमी पनि बहुलायौ ।’

2 comments to पोर्न ब्यान हुँदा सेक्सी सिनसहितको ‘झ्याल्चा’को आज गरियो प्रदर्शन

  • Prabindra Awale

    पोस्टमा सुधार गर्नु पर्ने केहि कुरा …. झ्याल्चा देखाउने ठाउँ च्यासलको चोकको होइन क्वायेलाछीको चोकमा हो … च्यासल र क्वायेलाछी २ फरक टोल हो |

    धन्यबाद

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • धेरै राम्रो पोस्ट धन्यबाद यस पोस्ट को लागि |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)