अपडेट : आज नोभेम्बर १८ का दिनमा हेर्दा वर्ल्डलिङ्कको नेटवर्कबाट यो वेबसाइट खुलेको छ।
पोर्न साइटमा प्रतिबन्धको नाममा हचुवा रुपमा पोर्नको ‘प’को साइनो पनि नभएका साइटहरु पनि बन्द गरिएका रहेछन्। एउटा उदाहरण यहाँ हेर्न सकिन्छ। माथिको फोटो http://www.camscanner.com साइटको स्क्रिनसट हो। यो मोबाइलबाट डकुमेन्टहरु स्क्यान गर्न एकदम उपयोगी एप हो। स्क्यान गरेको डकुमेन्ट सिङ्क गरेर डेस्कटपमा समेत हेर्न यो साइटमा जान सकिन्छ। तर अहिले यो साइट नेपालका अधिकांश आइएसपीहरुबाट खुल्दैन।
वर्ल्डलिङ्कबाट खोल्न खोज्दा यस्तो देखिन्छ-
भिडियो हेर्नुस्-
त्यसैगरी मोबाइलमा नेपाल टेलिकमको फोर जीबाट खोल्न खोज्दा यस्तो देखिन्छ-
भिडियो हेर्नुस्-
त्यस्तै मोबाइलमा एनसेलको फोर जीबाट यस्तो देखिन्छ-
भिडियो हेर्नुस्-
मोबाइल वा डेस्कटपमा भिपिएन प्रयोग गरेर हेर्दा भने अरु ब्लक भएका वेबसाइट जस्तै यो पनि मज्जाले खुल्छ।
एउटा मात्र आइएसपी वा एनएसपीले साइट बन्द गरेको भए लौ झुक्किएर गरेको भन्नु। त्यस्तो देखिएन।
यो पोर्नसँग पको पनि सम्बन्ध नभएको साइटलाई के खान चाहिँ ब्लक गर्नुपरेको होला त सरकारले? स्क्यानर मेसिन बेच्ने व्यापारीले यो एप भयो भने स्क्यानर मेसिनै कम बिक्छ त्यही भएर ब्लक गर्नुपर्छ भनेर दबाब दिएकोले त हैन?
यस्तो हचुवा तालले साइटहरु ब्लक गर्दै जाने हो भने त सरकारलाई मन नपरेको जुनसुकै साइटहरु पनि बन्द हुने स्थिति आउँछ।
(कृपया तपाईँकोमा यो साइट खुल्छ कि खुल्दैन हेरेर तल कमेन्ट लेख्न सक्नुहुन्छ। त्यसैगरी अरु पनि यस्तो पोर्नसँग सम्बन्धित नभएको कुनै साइट बन्द भएको भए जानकारी दिन सक्नुहुन्छ)
मेरोमा खुलेन | भिपिएन कसरी चलाउने सालोक्य दाइ ?
malai mail garnus [email protected] ma. Ma bhandinxu
बिश्वस्त सुत्र का अनुसार स्क्यानर तथा फोटोकपि व्यवसायी संघ को बिशेष आग्रहमा यस्तो गरिएको हो । । ।
तर मोबाईल बिक्रेता संघले यस्को बिरुद्दमा आन्दोलन को धम्की दिएको छ …
ClassicTech Pvt. Ltd. को नेट मा त खुलीराखेको छ है ।
ntc jhapa ma ta khuliraxa, pornsite ni mazale khulxa
ब्लक गर्ने programmer ले Cam भन्ने टर्म भएको सबै साईट बन्द गर्ने Code जारी गरेर यस्तो भएको हो।
त्यसो हो भने त https://www.cameo.com/ पनि बन्द हुनुपर्ने हो। भएको छैन।
Mero ma ta khuli rako xa
तपाईँको कुन आइएसपी वा मोबाइल नेटवर्क हो र ठाउँ पनि खुलाइदिनुभए सजिलो हुन्थ्यो
भायानेट मा खुल्यो ..
Mero ma pani khulena!! Ntc, Ncell.