यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : सपनीमा दसैँ

– झलक पौडेल –

” आफ्नै गाउँ फर्की आए ” भन्ने एउटा पुरानो नेपाली फिल्मको धुनले म बियुझीए । मेरो पाँच बर्से छोरोले खासै नेपाली बोल्न नजाने नि , हामी दशैको लागि नेपाल जाँदै छौ भने पछि उसले मम्मीलाई भनेर आलरमको घण्टी चेन्ज गरेको रहेछ । मेरो छोरो यही जर्मनीमा नै जन्मेको । उ अझ सम्म नेपाल गाको छैन । दशैको मौका पारेर नेपाल अनि नेपालको सन्स्क्रिती बुझोस् भनेर लिएर जाँदै छु । उसलाई अझ सम्म नेपाल भन्या सगरमाथा अनि बुद्धको देश भन्ने मात्र जानेको छ । उसलाई नेपालको सुन्दरता ,सन्स्क्रिती , अनि मेरा बा-आमाले मेरो लागि गरेको दुख धेरै पटक सुनाएको छु । उसलाई गाई-भैँसीको गोबर भकारोमा फालेर , त्यही हातले हतार- हतार खाना खाएर , एउटा हातले तल झर्दै गरेको स्कुलको हाप्फ पाइट अनि अर्को हातले किताब समाउँदै हस्याङफस्याङ-फस्याङ गर्दै स्कुल पुगेको कथाहरू उसलाई धेरै पटक सुनाएको छु । सानो थियो , बुझ्थ्यो या बुझ्ने थिएन तर म उसलाई भनिरहेको हुन्थे -मेरा दौँतरीका कथा , मेरा बा-आमाक खीइएका नङ्ररा को कथा , अनि फाटेको भएनी मेरो बुवाको शिरमा गर्वले बसेको ढाका टोपीको कथा ।

आज मेरो बुढी पनि निकै खुसी छ । अस्पतालमा काम गर्दा-गर्दै उसको थकित शरीरलाई नेपालमा बा-आमाको काख बिसाउन पाए भनेर । उ, म भन्दा केही चाडै उठेर ,नुहाएर र टाउको को चिसो कपाल गम्छाले बाँधेर -” अब उठ्नुहोस् ” भन्दै भित्र छिरी । उसको अनुहार आज अलि बढी नै चम्किलो थियो । बिहे गरेको ७ वर्ष भए पनि मलाई उसको सुन्दरताले हिजो मात्र बिहे गरेर भित्राए जस्तो लाग्छ । ” सूर्य उदाउने बेलामा आज फेरी कताबाट चन्द्रमा उदायो ।”-मैले उसको चम्किलो अनुहार हेर्दै जिस्काए । “अौशिको चन्द्रमा होला,होइन ? उसले हाँसेर मलाई प्रतिप्रश्न गर्दै भान्छा कोठामा छिरी । एक ले अर्कोलाई हामी जिस्काइरहन्छौ । उसले भन्दा मैले उसलाई अलि बढी जिस्काउँछु किनकि उ हाँसेको मलाई औधी मन पर्छ ।

हामी दश दिन अघि देखी मिलाएका अटैचीहरु घिसार्दै एयरपोर्ट तिर लागेउ । हवाईजहाज चढेको एकछिनमा नै हामी निदाएछौ , एकै चोटि कतारमा ट्रान्जिटमा पुगे पछि बिउझीयौ ,अनि हतार-हतार अर्को ठाउँ तिर लागेउ । कतारको एअरपोर्टमा धेरै नेपालीले काम गर्छन् भन्ने सुनेको थिए ,आज देखे पनि । कोही नेपालीले होटेलमा काम गर्दै थिए, कसैले शौचालय मिनेट-मिनेटमा सफा गर्दै थिए ,कसैले मान्छे एक ठाउँ बाट अर्को ठाउँमा ओसार्दै थिए । नेपालीको मन न हो -” नमस्कार हजुर ,यसपालि नेपाल नजाने भनेर सोध्न लाएको थिए छोरा ले मम्मी भन्दै त्यतीनै बेला बोलाइदियो । सबैको आफ्नै पिरलो होला । कसैको खरको छानो टिनले छाउनु पर्ने होला, कसैको आमाको उपचार गर्नुपर्ने होला , कसैको बहिनीको बिहे त कसैको साहुको रिन तिर्नु पर्ने होला । कोही भने बिहे गरेको भोलि पल्ट नै बिहे गरेर ल्याएकी बुढीलाई छाडेर उसको इच्छा,आकङ्क्ष्या पुरा गर्न बिदेसिएका होलान् । यस्तै विभिन्न सपनाले हामी कसैलाई खाडी मुलुक, कसैलाई युरोप त कसैलाई अमेरिका पुराएको छ ।

दश वर्ष अघि म जर्मनी उड्दा निधारमा रातो अक्षेता ,एउटै खाले छात्रे टोपी अनि आँखा पिलपिल गरेका ती मलिन अनुहारहरू लाई देखाउँदै -“ती खाडी जाने हुन” भनेर साथीले देखाएको थियो । आज तिनै अनुहारहरू हर्षित मुद्रा ठुलो टि.भी , डोरी अनि टेपले बाँधेको अटैची लिएर नेपाल जाँदै थिए । सलाम छ तिनीहरूलाई जसले आफू सानो कोठामा १० जना कोचिएर बसे नि परिवारको लागि ठुलो घर बनाएका छन् , आफ्नो कोठामा टि.भी नभए पनि परिवारको लागि ठुलो टि भि नेपाल लाँदै छन् , आफ्नो लागि २ वर्ष नयाँ कपडा नकिने पनि अटैचीमा खाजी-खाजी कपडा हालेर नेपाल लाँदै छन् ।

दश वर्ष अघि रुदै जर्मनी आएको एयरपोर्ट आज पनि उस्तै रहिछ । एअरपोर्टको पर्खालमा बाँदर देखाउँदै छोरोले “बाबा ” भन्यो । यही शब्द ” बाबा ” मैले मेरो रुदै गरेको बुवाको आँसु पुच्छदै १० वर्ष अघि भनेको थिए । बुवाले आफ्नो पेट पुछुवा कान्छो छोरो डाक्टर बनोस् भनेर मन नलागी -नलागी विदेश जान दिनु भएको थियो । सधैँ आफ्नो दुख्ख लुकाउन सक्ने मेरो बुवाले त्यो दिन आँसु लुकाउन सक्नुभएन । उहाँको आँखाबाट बलिन्धरा आँसु झरिरएका थिए । मैले मेरी आमा रोएको धेरै देखे पनि बुवा रोएको देख्या थिएन । हामी छोरा-छोरीलाई सुख्ख सँग राख्न अनि सम्पत्ति जोगाउन शत्रु सँग कयौँ मुद्दा लडेर जित्नुभएको अनि जस्तो सुकै दुख्ख सँग पनि पौठे जोरी खेल्ने साहसी बुवाको आँखाबाट मेरो लागि माया छचल्किएको देखेर मलाई साह्रै हैइठन भएको थियो । एअरपोर्टमा बुवाले “धेरै दुख्ख नगर्नु ल बाबु ” भन्दै फेरी आफ्नो इस्टकोटबाट निकालेर ५०० को २ ओटा नोट दिनुभयो । जर्मनीमा कुन पैसा चल्छ भन्ने थाहा नभएका मेरो बुवाले छोराले विदेशमा दुख्ख नपाओस् भनेर दिएको माया थियो त्यो । बुवाले मलाई दिएको त्यो पैसा भन्दा पनि छोरालाई दुख्ख बाट बचाउने कवच थियो । त्यो कवच अझै पनि म सँगै छ ,जसलाई म हरपल म सँगै राख्छु अनि बुवाको निहास्रो लाग्दा सुमसुमाउने गर्छु ।

एउटा ट्याक्सी लिएर हामी घर तर्फ लागेउ । काठमाडौँको बाटो फराकिलो भएको रहेछ, नयाँ अनि ठुला-ठुला घरहरू ,कहीँ-कतै अस्ति भूकम्पले भत्काएका भाग्नाबसेस । जति-जति म घर नजिकै पुग्दै जान्थे त्यति-त्यति मलाई अनौठो लाग्दै थियो किनकि मैले सोचे भन्दा फरक भएको रहेछ मेरो गाउँ । मैले कमेरो अनि रातो माटोले छेपेका घरहरू देखिन ,ब्याट्रीको कालोले रङगाएको झ्याल-ढोका देखिन , देखे त सिरिप सटर लगाएका घरहरू, मोबाइल खेल्दै गरेका बच्चा-बच्ची अनि लौरो टेक्दै हिँड्ने बुढा-बुढीहरू । पिपलको त्यो बुढो रुखमा झुन्डिने गरेको पिङ देखिन , साथीहरू मिलेर :-दसैँ आयो ,खाउँला-पिउला,काहा बाट ल्याउला ,चोरी ल्याउला , धत् पापी म त छुट्टै बसुँला भन्दै औँला भाँच्दै गरेका बच्चा-बच्ची देखिन , देखे त मोबाइलमा अङ्री बर्ड अनि कार रेसमा घोत्लिएका बच्चाहरू मात्र ।

ढोकाबाट “मामु ” भन्दै भित्र छिरे । सधैँ झैँ मामुको “हजुर” भन्ने आवाज यो पाली आएन । मामुको केही वर्ष अघि मात्र स्वरघन्टीको अपरेसन गरेको त्यसैले उहाँ बोल्न सक्नुहुन्न । बुवा-आमा अगेनाको वरी-परी आगो ताप्दै बस्नु भएको रहेछ । आमा ५५ अनि बुवा ६0 को हुँदा बिदेसिएको म ,आज उहाहरु ६५ अनि ७0 को हुँदा फर्किएछु । कपडा धोइदिने मान्छे नभएर काती भएका कपडा लगाउनु भएको बा-आमा देख्दा नराम्रो लाग्यो । मैले ढोग्दा बुवाले सकी-नसकी “भाग्यमानी भएछ” भन्नु भयो तर आमाको आवाज गुमेकोले मेरो टाउकोमा हात राखेर हाँस्नु मात्र भयो । मलाई फेरी पनि उहाँको आवाज सुन्न मन छ । मैले दूध नखदा ” खाऊ बाबु खाऊ ,म बुढी भइसके ,अब भैसि पाल्न सक्दिन अनि तलाई कसले खाऊ भन्छ र ?” भनेर मायाले भनेको सुन्न मन छ । यदि मैले फेरी दूध खान अटेर गरे फेरी मामुको आवाज फर्किन्थ्यो भने म शायद कहिल्यै पनि दूध खान मान्ने थिएन होला । आमाले बुहारी बाट नाति तान्दै बोल्ने प्रयास गर्नु भयो ,शायद नातिलाई “हजुरआमा ” भन भन्दै हुनुहुन्थ्यो होला । त्यो कुरा न नातिले नै बुझ्यो न आमाले बोलेर बुझाउन नै सक्नु हुन्थ्यो ।मेरो आमा ,मेरो छोरो सँग कहिल्यै बोल्न सक्नुहुन्न ,मेरो छोरोलाई कहिल्यै गाउँ-खाने कथा सुनाउन सक्नुहुन्न । लौरोको सहाराले हिँड्ने मेरो बुवाले नातिलाई कहिल्यै झ्यानाकुटी खेलाउन सक्नुहुन्न , कहिल्यै हात समाएर नातिलाई भैँसी दुहेको देखाउन सक्नुहुन्न । आज मैले मेरो डाक्टर बन्ने उद्देक्ष्य पुरा गरे पनि मैले त्यो सुख गुमाए जुन मैले डाक्टर भएर कमाएको इज्जत अनि पैसाले किन्न सक्दिन । आमाको आवाज फेरी सुन्न सक्दिन अनि बुवाको हात समाउँदै गाउँ डुल्न सक्दिन । मैले विदेशबाट उहाहरुको लागि ल्याइदिएका सामान देखाउन थाले । उहाहरु छोराको आर्जन देखेर खुसी हुनुभयो तर उहाँको त्यो लाउने अनि खाने उमेर थिएन । मैले ल्याइदिएका विदेशी चकलेट टोक्ने उहाहरु सँग दात थिएनन् ,टी. भी अनि घडी हेर्ने आँखाहरू कमजोर भइसकेका थिए अनि मेरा सफलताका कथा सुन्ने कानहरू नसुन्ने भइसकेका थिए ।

आजकल पहिला जस्तो गाउँमा आफू-आफू मिलेर खसी काटेर खान छोडिसकेका रहेछन् । सबै मरिसहनु कसाइकोमा गएर मासु किन्ने रहेछन् । पहिला हाम्रोमा घरमा २/३ वटा खसी डाल्थेउ । मेरो बुवाले एकै चोटि खसी डाल्नुहुन्थ्यो । मलाई मेरो बुवा संसारको बहादुर मान्छे जस्तो लग्थ्यो त्यति बेला । केराको पातमा सब छिमेकीलाई भाग लगाउँथे । हामी केटा-केटीलाई खसीको कान दिने लोभ देखाएर आन्द्र भुँडी सफा गर्न लगाइन्थ्यो । मेरी आमा भित्र भान्छामा भुटन बनाउनुहुन्थ्यो । सबै मिलेर खान्थेउ अनि रोहोटे पिङ खेल्न बुढो पिपलको रुख तिर जान्थ्यौ । आजकल मैले त्यो सम्बन्ध ,माया अनि एकता घुमेको महसुस गरे ।

हाम्रो पालामा जस्तो दशैको बेला दिउसो रेडियोमा बज्ने नाटक कसैले सुन्ने रहेनछ । महिसासुरको थर्कामान हाँसो सुन्न हामी रेडियोको नजिक बस्थ्यौ । आजकल रेडियोमा दसैँ नाटक होइन कुटुमा-कुटु गीत सुन्न थालिएको रहेछ । महाअष्टमीमा बुवाले फर्सी अनि घिरौँलाको पूजा कोठामा बलिदिनुहुन्थ्यो अनि मैले घिरौँलाको पुच्छर समाउँथे । आजकल यो चलन कता बिलाएछ -बिलाएछ ।

पच्चिस जानाको हाम्रो परिवार आज टिका लगाउन पाँच जाना मात्र थियौ । म जस्तै परिवारका अरु सदस्यहरु पनि कोही विदेश त कोही नेपालको अर्को ठाउँ बस्ने भएकाले टिकाको दिन आउन मिलेको थिएन । मलाई त्यही पहिलाको जस्तै टिका लगाउने माहोल मेरो छोरोलाई देखाउन मन थियो तर समयले कोल्टे फेरेछ , सकिएन ।

बा-आमाले सकि-नसकी मलाई टिका लगाइदिनु भयो । आमाले आसिर्बाद दिन सक्नुभएन ,बुवाले सकि-नसकी रोकिदै-रोकिदै “कुलको इज्जत राखेस ” भन्दै आसिर्बाद दिनुभयो । आमाले बुहारीलाई टिका लगाइदिन थाल्नुभयो अनि मैले आमाले हामीलाई सानै देखी दिने आसिर्बाद याद गरेर मैले भने :- ” माटो समाइ अनाज होस् , ढुङ्गा समाइ पैसा होस् , बस्दा केस नझरोस , हिड्दा ठेस नलगोस , शत्रु नहसाउनु , अरुको भलो गर्नु । ” मैले आमाको आशिर्बाद कण्ठ गरेर भनेकोले आमा हाँस्दै आँसु झार्नु भयो ।

“ए बुढा के बर्बराउनु भएको , उठ्नुस् अब , नेपाल जान नपाए पनि नुहाएर जमरा राख्नु त “भने पछि म सपना बाट झल्यास बिउझिए । लौ म त सपनामा पो नेपाल गएको रहेछु , शायद नेपाल जान नपाएको कुण्ठा सपना बनेर पोखिएको होला भन्ने लाग्यो । मन-मनै बुढीले अझै सुत्न दिएको भए सपनामा भए पनि दसैँ पुर्णिमा सम्म मनाउन त पाउने रहिछु भन्ने भयो । बुढी लाई मैले सपनामा दसैँ मान्न नेपाल गएर बुवा-आमाको हातको टिका लाएको सुनाउदा उसले सोधी :- ” ससुराली जानु भयो कि नाइ नि “। मैले हाँस्दै भने -” गए नि , अनि दक्षिणा कती रहिछ भनेर टोइेलेट गएर हेरेको त खाली खाम पो रहेछ । ”

लाइप्जिग युनिभर्सिटी,जर्मनी

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)