यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

नेपाल गुलाम बनेन, नेपालीहरु गुलामी गर्न संसारभर पुगे


केही दिनपछि पोखरामा नेपाल साहित्य महोत्सव हुँदैछ। पाँच वर्षअघि तेस्रो साहित्य महोत्सवमा वनस्पतिशास्त्री तीर्थबहादुर श्रेष्ठलाई उद्‌‌घाटन समारोहमा प्रमुख मन्तव्य दिन लगाइएको थियो। उनले नेपाल र नेपालीको बारेमा केही मननयोग्य भनाई राखेका थिए। नेपाल चिनौँ शीर्षकमा केही प्रमुख अंश-

सबै नेपाली नेपालमा छैनन्। कोही प्रवासमा छन्। कोही गैरआवासीय नेपाली भनेर विदेशमा छन्। कोही श्रमिक बनेर गुलामी गर्दैछन्। गुलामी गर्दा पनि ब्रिटिस गोर्खाका गोर्खालीहरू ब्रिटिस साम्राज्यका प्रजा होइन रहेछन् भनेर अचम्म पर्थे तिनका अंग्रेज हाकिमहरू। किनभने नेपाल कसैको गुलाम बनेको छैन। उपनिवेश बनेको छैन। नेपालीहरू भने गुलामी गर्न लाहोरदेखि संसारभर पुगिसकेका छन्। तिनकै रगतपसिनाका कमाइ खाएर नेपालभित्रै बसेर विदेशीको गुलामी गर्ने नेपालीको पनि कमी छैन यो नेपालमा। नेता होस् या कार्यकर्ता, किसान होस् या जवान, कसैले पनि नेपालीको सलामी खाएर विदेशीको गुलामी गर्छन् भने तिनको मलामीमा नेपाली आँसु बग्दैन भन्ने शाश्वत साहित्यकारहरूले बुझेका छन्। साहित्यकारका कलमहरूले त्यो कुरा छोडेका छैनन् र छोड्ने पनि छैनन्।

– फूल फुल्ने वनस्पति प्रजाति संख्याका आधारमा चीन नेपालभन्दा पाँच गुणामात्र ठूलो छ, ६५ गुणा हैन। भारत पनि तीन गुणामात्र ठूलो छ, २२ गुणा हैन। त्यस्तै चरा प्रजातिको अभिलेखले नेपालमा विश्वको १० प्रतिशत चरा प्रजाति पाइन्छ। विश्व मानचित्रमा नेपालले ओगट्ने भूभाग मात्र ०.१ प्रतिशत छ। पन्छीको अनुपातमा लैजाने हो भने नेपालको क्षेत्रफल १०० गुणाले बढ्न जान्छ। चीनभन्दा ठूलो हुन्छ। त्यसैले त महाकवि प्रश्न गर्छन्- के नेपाल सानो छ?

-नेपाललाई चार जात र छत्तीस वर्णको फूलबारी भनेर हाम्रो भौगोलिक, सांस्कृतिक, भाषिक आदि विविधतालाई सम्मान गर्दै आएका छौं। उहिलेका कुरा गर्दा जात, पात, भान्छामात्र हैन; आपसमा हुक्का र पानी पनि बारिन्थ्यो। भाषा पृथक थिए। आपसी संवादमा समस्या थियो। पहिरन बेग्लै थियो। पहिरनले पनि चार जात छत्तीस वर्ण छुट्टिने अवस्था थियो। ती भए उहिलेका कुरा। अहिलेको पुस्तामा त्यो पाइँदैन। सबै नेपाली एकै जात र एकै वर्णमा परिणत हुँदैछन्। त्यसमा कुनै शंका छैन।

-यदि सही मिसन छ भने नेपाली सधैं एकजुट हुन्छन्। फुटाएर फुट्दैनन्। त्यो कोरिया जाने लस्कर होस् वा अस्थायी प्रहरीको जमात। अथवा राष्ट्रिय टिमलाई हौस्याउने रंगशालाका फुटबल दर्शक।

-जातभात मिल्ने बुहारी वा ज्वाइँ खोज्ने वा रोज्ने काम अब असान्दर्भिक बन्दैछ। शान्तिसम्झौतापछि चर्काइएका जातीय नारा र राज्य पुनर्संरचनाको प्रान्तीय रडाको युवापुस्ताले लत्याउँदैछन्। जातीय पहिचानको प्रान्तले गैरआवासीय हुनुको पीडा यत्रतत्र छरिने देखिन्छ।

-यदि ‘रेमिन्ट्यान्स’ अर्थात् श्रमसेवाबाट जति आम्दानी हुन्छ, त्योभन्दा बढी व्यापार र उद्योगधन्दाबाट आम्दानी हुन सक्यो र त्यसभन्दा अझ बढी आम्दानी कृषि खेतीपातीबाट हुन सक्यो भने नेपालको स्थायित्व बढ्छ। दिगो विकासको सूत्र त्यही हो। उर्वरा नेपाललाई मरुभूमि बनाएर मरुभूमिलाई पसिनाले पोस्नु आजको बाध्यता होला तर भोलिको वास्तविकताले त्यसलाई मान्नेछैन।

अडियो सुनौँ

6 comments to नेपाल गुलाम बनेन, नेपालीहरु गुलामी गर्न संसारभर पुगे

  • नेपाल स्वतन्त्र राज्य हो. नेपाल कैले अरु को गुलाम बनेको छैन न त कैले इतिहास मा बनेको छ. मलाई गर्व लाग्छ नेपाली हुनु मा. येस्तै रमाइलो नेपाल छात र कुराकानी देख्दा खुसि लाग्छ. झै नेपाल.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • sahas

    एउटा प्रस्न : हामीलाई गुलामी बन्न को आन्तरिक ले षड्यन्त्र रच्यो | यो चाही आजको युगमा सान्दर्विक कुरा हो |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • sahas kn

    बल बहादुर तामांगको कमेन्ट सारै सान्दर्विक लाग्यो |

    बाहिरी गुलामी को कुरा छोड्नुस, हाम्रो देश पहिला अन्तरिक गुलामीबाट उन्मुक्त हुनुपर्छ |

    भन्ने कुरा चार जात छतीस बर्णको फुलबारी अनि गर्ने बेलामा चाही अर्कै ?

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • madan bajracharya

    व्यक्तिले बिदेशमा आफ्नो योग्यता अनुसार तुलनात्मक रुपमा राम्रो रोजगारी पायको कारण गयाकोलाई गुलामी गर्न होईन/ तर बिगतमा शासक,नेता, पहुँचवाला र सिमा पारीको दादाको शक्ति देखायर नेपालीले पाउने पेसा र रोजगारीको अबशर छिनेर विदेश जान बाध्यनै भयकाहरुलाई “राज्यले गुलाम” बनायको भन्न सकिन्छ/ नेपालमा नेपालको कुशासकहरुले आफ्ना नागरिकलाई “राज्यले नै गुलाम” बनाउन सुगौली सन्धि, सन१९५०को सन्धि र मधेशबादीको स्वार्थ र मागको मुकुण्डो चढायको दिल्ली सम्झौता/

    ब्रिटिश साम्राज्यबाद नै बिस्वयुद्धको कारण हो/ अर्काको राज्य कब्जा गर्न हतियार उठाउने ब्रिटिश राज्यनै बिस्वको सबै भन्दा ठुलो युद्ध अपराधि हो/ उसको साम्राज्यबादको कारणले बिस्वमा दसौ बीसौं लाखको मृत्यु भयो शताव्दियौं सम्म अरु देसको श्रोत लुटियो/ ब्रितिशाकै कारणले नेपालको akकयुं कयुं भुमि र नागरिकहरु भारतीय बन्न बाध्य भयो/ तेस्तोको सेनामा नेपालीलाई भर्ति हुन् दिने अनि त्यो बापतमा कमिशन लिने भनेको सिधै नेपालीलाई राज्यले नै बिदेशीको गुलामी गर्न बाध्य गरिनु हो/

    २००७मा दिल्लीले “बिना भिसा भारत प्रवाशमा रहेर भारतकै नागरिक जस्तै बनेका नेपालीलाई नेपालको शासक बनायर नेपालीलाई भारतीय सेनामा भर्ति गराउने र नेपालको उतर सिमानामा भारतीय चौकी राख्न दिने’ नेपाल र भारतको सिमाना भारतको अन्तरदेशीय प्रदेशको सिमाना जस्तै खुला राखिने र नेपालीलाई भारतमा भारतीय नागरिक सरह बस्न दिने प्रावधान भयको सन् १९५०को सन्धिले नेपालको सार्वभौम अस्तित्व र स्वतन्त्रतालाई भारतले घुमाउरो तरिकाले अस्विकार गरेको छ/ यहि सन्धिको कारणले नेपालको सिमाना, श्रोत मात्रै होईन नेपालीले गर्दै आयको पेशा र रोजगारी भारतीयले खोस्दै आयको पनि छ/ यो कारणले लाखौँ लाख नेपालीहरु आफ्नो र आफ्नो परिबार पाल्न बिदेशमा जस्तो सुकै काम गर्न जान बाध्य भयको छ/ त् सन् १९५०को सन्धिको प्रावधान अन्तर्गत नेपालको सिमाना मिच्ने नेपाल माथि नाकाबन्दी गर्ने भारतको सेनामा भर्ति गरायको नेपालि र नेपाल भित्र भारतीयले नेपालीको पेसा रोजगारी खोसेकोले विदेश जान बाध्य बनायको पनि राज्यले नै बिदेशीको गुलाम बनायको बर्गमा पर्छ/ नेपालको शासकले आफ्नो स्वार्थको निमित गरे गरायको सन् १९५०को सन्धिले नेपालीलाई राज्यले नै भारतको गुलाम बनायको बर्गमा सबै भन्दा बिचरा बर्ग भारतको कोठीमा पुगे पुर्यायको लाखौं नेपालि चेलीहरु हुन्; उनीहरुलाई आज सम्म भारतको यौन दाशी बन्न नेपालको राज्यले बाध्य गरेको छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • बल बहादुर तामांग

    विरोधाभासको दुईमुखे र अल्मल्याउने कुरो जस्तो लाग्यो| हिजको शैली हो त्यो| आजको बुझाई छुट्टै छ| स्वतन्त्रता र गुलामी के हुन् भनेर परिभाषित हुन् आवश्यक छ पहिले आजको सन्दर्भमा|
    मुलुक कदापि गुलामी हुँदैन, बन्दैन; मुलुकेहरु गुलामी बन्दछन, हुन्छन| मुलुक निर्जीव हो, यसमा जीवन्तता मुलुकेहरुले ल्याउदछ| घर वा बिल्डिंग कारागार पनि हुन् सक्छ, स्कुल पनि हुन् सक्छ, आवास पनि|र मन्दिर पनि|
    जब स्कुल हुन्छ, तब त्यहा विद्यार्थी र शिक्षक हुन्छन, यस्तै गरेर घरमा परिवार र बिल्डिंगमा पनि परिवार, अफिस, उद्योग आदि हुन्छन| मन्दिर भए पुजारी र उपासकहरु|
    जँहा सम्म नेपाल स्वतन्त्र थिए र रहे भन्ने भनाई छ, त्यो दृष्टिकोण उबेलाको भारतीय उपमहादेशलाई औपनिवेशिक इतिहास हेर्दा नकार्न सकिन्न| तर के नेपाल यथार्थ रुपमा स्वतन्त्र थिए? यो प्रश्न पेचिलो बन्न जान्छ जब यहाका मुलुकेहरु स्वतन्त्र थिएनन भन्ने वास्तविकता जाहेर हुन्छ|
    राणा शासकहरु अंग्रेजको सरासर प्रक्सी भएर राज चलाए| एकदुईलाई छाडेर हिज्सम्मका शाह राजाहरु ह्याउ नभएका थिए भन्ने सही इतिहासका पहिलो पाना पल्टाउनेले पनि बुझेको हुन्छ| राणा शासनले अंग्रेजको समर्थन पाएर मुलुकका कतिपय आदिवासी जनजातिहरुलाई प्रजा हक प्रदान गर्ने कुरै छाडौ, अमानवीय व्यवहार गर्दै आएका थिए जुन भारतमा आक्रमण गरेर राज चलाउने क्रुर मुसुलमान विजेताहरुले पनि गरेका थिएनन|
    निष्कर्ष: मुलुकेहरुलाई घांटीमा दासत्वको घन्टी झुण्डाइदिएर शताब्दी राज गर्ने शासकहरु अंग्रेज भन्दा निर्दयी र क्रुर थिए| यस अर्थमा नेपाल स्वतन्त्र थिए भनेर रट लाउन मिल्दैन, यथार्थ स्वीकार गरौ| इतिहास परिवर्तन गर्न सकिदैन तर वर्तमान र भविश्य सुनिश्चित गर्न इतिहासबाट पाठ लिन सकिन्छ| उत्तरमा हिमाल र दक्षिणमा घना जंगल र औलोले पर्खाल सरह काम गर्यो त्यो पनि नबिर्सौ|
    “चार जात छत्तिस बर्ण” यस्ता कुअस्त्र हुन् जुन नेपालको इतिहासमा र आज पर्यन्त शासक र आसेपासेले उनीहरुका आफ्नै हितमा प्रयोग गर्दै आएका छन्| चार जात चार जात हुन्, सत्य त्यही हो|
    मनुखे चरा चरुन्गी पन्छी होइनन, न त मनुखे वनस्पति प्रजाति नै हुन्| मनुखेसंग यी दुवै अतुलनीय छन्, तर पाठ सिक्ने ठाउँ भने प्रशस्तै छन्| need to compare apples with apples, not with oranges.
    यथार्थता बुझौ र सिकाऔ| भावनामा बगेर भविष्य बन्दैन|

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 3

  • Shankar

    नेपाल र नेपालि ले फल्ने,फुल्ने मौका कहिलेइ पाएँन जस्तो लाग्छ | आशाबादी बन्नु , पोजितिब सोच्नु यो छुट्टै कुरा हो | एसले मुत्रा नन्द चै देला , बैतरणी पार लगाउदैन |
    नेपाल को मूल समस्या के ?
    हिजो का दिन मा राना हरुको चल्ती फिर्ती ( १९४७ अगाडी ) हुदा सायद नेपाल एसियाको अन्य मुलुकहरु जस्तै थ्यो | दक्षिण कोरिया मा समेत खाद्य्यान्न निर्यात गर्थ्यो भनिदो रहेछ |
    भारत गुलाम नै थ्यो |चीन को हालत पनि तेत्ति राम्रो थिएँन |
    भारत स्वतन्त्र हुदा धेरै राजा रजौटा उसमा मिसिए | सिक्किम तिर गिद्दे दृस्टी पर्यो निलिहाल्यो |
    नेपाल लाइ बुलेट हैन , ब्यालेट बात लिने भनेर इन्दिरा गान्धी ले भनिन , उसै अनुसार घाटना क्रम नेपाल मा बिकसित हुदै गयो | तेस्पछि का राजा हरु बिसेस गरेर महेन्द्र ले सुधार गर्ने धेरै प्रयत्न गर्दा ( नेपालि मुद्रा चलाउने , पुर्ब पश्चिम राजमार्ग , भूमिसुधार , मुलुकी येन , जातिपाति बिरुद्द सोसन को येन , संयुक्त रास्ट्र संग मा सदस्यता , असलंग नीति ,
    गाउ गाउ सम्म अफिस, पंचायत को कार्यक्रम ल्याए , गाउफ़र्क अभियान धेरै प्रयास भए ) तर बि पी , गिरिजा लाइ लागाएर , कांग्रेस उचालेर जताततै भाड्ने काम भयो इन्डिया बात )
    तेस्पछि बहुदल आयो कांग्रेस हाबी भयो , तेस्पछि बाबुराम , प्रचण्ड लाइ तालिम दिएर , पठाएर नेपाल मा रक्त पात गरायो , कांग्रेस मास्यो , कांग्रेस लाइ पनि काम गर्न दिएँ न |
    अब बाबुराम , प्रचण्ड सट्टा मा गयो , मधेसी दल लाइ उचालेर उनीहरुलाई पनि केहि गर्न दिएँन |
    भनेसी , नेपाल लाइ सम्हालिन न दिने , आफ्ना ससंख्य भारतीय लाइ नेपालि बनाएर नेपाल हुल्ने , सत्ता मा पुर्याउने , कर्मचारी तन्त्र मा हस्तछेप , न्याय छेत्र मा हस्तछेप , सिक्ष्या छेत्र मा हस्तछेप , धर्म मा हस्तछेप ( आफु हिन्दु रास्ट्र न भए नि हुने , नेपाल लाइ चै हिन्दु रास्ट्र बनाउन पर्ने ) यी सब ले गर्दा यहा को कर्मचारी तन्त्र सधै भ्रस्ट , र बेतिथी बात चल्ने र धेरै बिकृति हरु थपिदियो |
    त् हो यो सब बात नेपाल उम्केर , स्वाधीन हुदै अगिबढ्ने कसरि ?
    त्यो चै मूल चासो हुन् पर्छ |
    सिमाना नियन्त्रण को कुरा पंचायत पछिका कुनै सरकार ले गर्यो ?
    यो कम्निस्ट हरु पंचायत र बहुदल छदा त् सिमाना नियन्त्रण , १९५० को सन्धि खारेज को कुरा गर्थ्यो बामदेब , बाबुराम हरु भैसीको मल को डोको जत्रो मुख बनाएर भारतीय बिस्तारबाद मुर्दाबाद भन्थ्यो | आज काल त् सुत्तुक दिल्ली दर्शन मा जान्छ त् |
    भनेसी समस्या कहा छ , को क्रान्तिकारी ? को देश भक्त , को दलाल ?
    नेपाल मा यो सब अस्पस्ट छ |
    सारांस मा बिचार फरक फरक होला , हिड्ने बाटो फरक होला , नेपालि हुनुको नाताले महेन्द्र , मरिचमान , बि पी , जी पी , गणेस मान , के पी , बाबुराम , ओली , प्रचण्ड , सु बा था , देउवा सब ले सायद नेपाल को बिकास , सम्ब्रिड्डी चाहन्थ्यो | तर यिनको हात यहाको कर्मचारी तन्त्र भ्रस्ट बनाएर इन्डिया ले , येन जी वो , आइ येन जी वो लगाएर पश्चिमा देश ले बाधिदिएको छ | बुद्दिजिबि हरु कहिले नेपाल गुलाम बन्नु परेन भन्छ तर यथार्थ आरके छ | नेपाल गुलाम त् बनेन , तर गुलाम को पनि गुलाम चै बनाइदै छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 3