यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

ओशोको देहत्यागको २९ औँ वर्ष : हेर्नुस् ओशो काठमाडौँ आउँदाका दुर्लभ दृश्य

ओशोले देहत्याग गरेको आज २८ औँ वर्ष पूरा भएको छ। त्यसो त ओशोभक्तहरु ओशोको न जन्म भएको मान्छन् न मृत्यु। उनीहरु त यो पृथ्वीमा ओशोले ११ डिसेम्बर १९३१ देखि १९ जनवरी १९९० सम्म भ्रमण गरेको मात्र मान्छन्। 

शताब्दीकै सबैभन्दा चर्चित र जीवनकालमा विवादास्पद ओशोका फलोअरहरु अझै पनि देशविदेशमा प्रशस्तै छन्। अमेरिकाबाट डिपोर्ट गरिएका ओशोलाई २१ देशले प्रवेश निषेध गरेको बेला सन् १९८५ मा नेपाल आएका थिए। उनको नेपाल भ्रमणका केही दुर्लभ दृश्यका साथ उनका निकटका सहयोगी मां प्रेम शुन्योंले आफ्नो पुस्तक ‘माइ डायमन्ड डेज विद् ओशो’ मा गरेको वर्णनको नेपाली भावानुवाद अंश- 

मां प्रेम शुन्यों –

एक रात हामी पोखराको कम्युनमा रात्रि भोजन गरिरहेका थियौँ। कृष्णा नन्द जी दौड्दै कोठामा आए र हावामा उफ्रेर चिच्याए- ओशो नेपाल आउँदैछन्। भोलि। हामीले अर्को गाँस पनि खाएनौँ  र सामान प्याक गर्न दौड्यौँ। पूरै कम्युन दुई वटा मिनी बसमा चढेर काठमाडौँतिर लाग्यौँ। 

भोलिपल्ट बिहान हामी काठमाडौँको सोल्टी ओबराय होटल पुग्यौँ जहाँ विवेक, राफिया तथा देवराज ओशोको लागि कुनै घर या महल खोज्नका लागि बसेका थिए। हामी सबै एयरपोर्ट तिर लाग्यौँ। अरुण नेपाली सन्यासी जो काठमाडौँमा ध्यान केन्द्र सञ्चालन गर्थे, उसले ओशोको भव्य स्वागतका लागि प्रबन्ध गरेका थिए। नेपाली परम्परा अनुसार कुनै राजपरिवारको व्यक्तिको स्वागतका लागि बाटोको दुवैतिर स्थानीय फूलले भरिएको पीतलका ठूल्ठूला गमला राखिन्थे। ओशोको स्वागतका लागि त्यसो गरिएकोमा स्थानीय पुलिस असन्तुष्ट थियो। कुनै राजाको स्वागतका लागि मात्रै यस्तो गरिने भएकोले त्यसो नगर्नुपर्ने तर्क पुलिसको थियो। 

रातो पहरिनमा सन्यासी र सयौँ अन्य दर्शक एयरपोर्टको प्रवेश द्वार र सडकमा लाइन लगाएर उभिएका थिए। विमानले जमिन छोयो र एउटा सेतो मर्सिडिज ओशोको लागि आवागमन द्वारमा रोकियो। भिड अगाडि कुद्यो। सबै उल्लासमा भरिएका थिए। हावामा फूल बर्साउन थाले। ठीक त्यही बेला ओशो एयरपोर्टको ऐनाको द्वारबाट हात हल्लाउँदै आए र कारमा चढेर ओझेल भए। 

हामी चाँडै होटलतिर कुद्यौँ। त्यहाँको चौथो तल्लामा कोठाहरुको एक सेटमा ओशोलाई बस्नका लागि व्यवस्था मिलाइएको थियो। 

मलाई र मुक्तिको तल्लो तल्लामा एउटा कोठा मिलाइयो जसको आधा भान्सा घर थियो र आधा धुलाई घर थियो। भान्साका सामानका तीन ठूल्ठूला ट्रंक थिए। दाल र चामलका बोराहरु, फलफूल तरकारीका टोकरीहरु भरिएका थिए। कोठा आधामात्र थियो। बाँकी आधा धुलाईका सामानले भरिएका थिए। 

हामीले होटलका अति अनुग्रही कर्मचारीहरुका साथ मिलेर यस्तो व्यवस्था गर्यौँ  कि मुक्ति ओशोका लागि भोजन होटलकै भान्सामा पकाउन पायौँ। भान्सा घरमा उसले एउटा अलग कुना पायो जहाँ आसपास कतै मासु राखिँदैन थियो। र त्यसका लागि यो भागलाई विशेष रुपले स्वच्छ राखिन्थ्यो। 

ओशोका लागि उपहारस्वरुप ल्याइएका फलफूल र सागसब्जीका टोकरीले एउटा कुना भरिएको हुन्थ्यो। नेपालको धरती उर्वरक छैन। त्यसैले खाद्यान्नको स्तर घटिया छ। मुक्ति तथा आशु भारतबाट आयात गर्ने योजना बनाइरहेका थिए। यसबीच नेपाली सन्यासी उज्यालो हुनुअघि नै ठूलो उत्साहका साथ प्रतिदिन सब्जीमंडी जान्थे र ओशोका लागि उत्कृष्ट सब्जीहरु किनेर ल्याउँथे। 

हामीलाई थाहा भयो कि जयेश ओशोलाई सुरक्षित रुपमा भारतबाट नेपाल ल्याउने एउटा जटिल योजना बनेको रहेछ। हिँड्नु दुई दिन अघि ओशो स्पेनबाट बाहिर आएका थिए। नीलमसँग एउटा पुरानो एम्बेसेडर कारमा बसेर एयरपोर्ट गएर दिल्लीका लागि व्यवसायिक उडान पक्रेका थिए। यो एउटा चमत्कार घटना थियो कि त्यो दिनको उडानमा दुई सिट खाली नै थियो। 

ओशो प्रस्थान गरेको केही घन्टापछि नै पुलिस उनको पासपोर्ट जफत गर्न त्यहाँ पुगेका थिए। यदि ओशो त्यहाँ भएको भए बन्दी बनाइन्थ्यो। र त्यो मुद्दाको सुनुवाईको प्रतीक्षामा जेलमा बस्नुपर्ने हुन्थ्यो। आयकर विभाग अचानक प्रकट भएको थियो। विभाग ओशोले अमेरिका सरकारलाई तिरेको जरिवानामा ट्याक्स तिर्नुपर्ने बताउदै थियो। 

भारतीय पुलिसको गिरफ्तारीबाट बच्नका लागि ओशोले ठीक समयमा नेपालको उडान गरेका थिए। 

ओशोले होटलकै आफ्नै कोठामा लगभग दस जनाको समूहलाई सम्बोधन गर्न थाले। 

यद्यपि ओशोले केही दिन विश्राम गरे। उनी पहिले झैँ स्वस्थ तथा सबल देखिएका थिएनन्। ओशोका नेत्र चिकित्सक प्रेमदालाई जर्मनीबाट काठमाडौँ बोलाइएको थियो। आँखा फर्फराउनु, आँखाको फोकस बिग्रने, आँखाका मांसपेशीहरु दुर्बल हुनु- यी लक्षणका उपचार प्रेमदाले गरे तर यसको कारण के हो पत्ता लगाउन सकेनन्। 

साँझ ओशो पत्रकारहरु र दर्शनार्थीहरुलाई होटलको बाल रुपमा सम्बोधन गर्थे। सुरुमा मुख्यतः नेपालीहरु आउँथे। तर जसैजसै दिन बित्दै गयो, श्रोतागण फरक हुँदै गए। एक बौद्ध भिक्षु प्रतिदिन प्रवचन सुन्न आउँथे। एकदिन उनी प्रथम पंक्तिमा बसेका थिए र ओशोलाई प्रश्न सोधेका थिए। ओशोले यो भन्दै जवाफ दिए कि बुद्ध हुनु सुन्दर हो। तर बौद्ध हुनु असुन्दर हो। बौद्ध भिक्षुको राम्रो धुलाई भयो। म हैरान थिएँ। उनी हरेक रात आउन थाले। यो देखेर मेरो मनमा उसप्रति श्रद्धा जाग्यो। वास्तवमा उनी निरन्तर कयौँ सातासम्म आइरहे। एक दिन ओशोले उसको एउटा पत्र पाए उसको विहारले उसलाई त्यहाँ आउन निषेध गरियो। 


​ओशो जब बोल्थे सदा डर लागिरहन्थ्यो किनकि यो थाहा पाउने कुनै उपाय थिएन कि ओशो अब अगाडि के बोल्दै छन्। नेपालमा प्रवेश गर्ने बित्तिकै हास्याले ओशोलाई भनेका थिए कि कानुनी रुपमा नेपाल एक हिन्दु देश हो, अतः कृपया हिन्दु धर्मविरुद्ध केही पनि नभन्नुस्। 

3 comments to ओशोको देहत्यागको २९ औँ वर्ष : हेर्नुस् ओशो काठमाडौँ आउँदाका दुर्लभ दृश्य

  • arjun

    Hello sir
    If the link is in youtube as well can I please have it.I am interested
    Thanks

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • madan bajracharya

    धर्मको बिस्तृत परिभाषा असल मानव बन्नु नै हो/ इश्वर मान्नु मात्रै धर्म होईन/ इस्वरवादीकै कुरा सुन्ने हो भने उनीहरुले इश्वर भनेका भगवान भनेकाहरु “सर्वशक्तिमान, अविजइ, दुख पिडा अभाव भोक प्याश र आवस्यकता बात मुक्त हुन्छ र जहा कोहि दुखि हुन्छ त्याहा प्रकट हुने अलोकिक व्यक्तित्व हो/ के आफुलाई भगवान भन्ने भनाउने कुन चाहि यस्तो छ/ छैन भने इश्वर नमान्नेले के भन्छ सोच्छ त्यो छाडौं इस्वरमान्नेले नै भनुन अहिले सम्म भगवान मानियकामा कुन भगवान साँच्चैको भगवान हो?

    मानिसको शक्ति र छ्यमता अत्यन्त सिमित छ/ तापनि प्रयत्न गरेर धेरै मानिसले आफ्नो च्याम्ता र शक्तिले भ्याउने भन्दा बढिनै केहि गरेको छ/ तेस्तोलाई सुपर मानव भन्न सकियाला महा मानव भन्न सकियला तर भगवान नै भन्नु सिमित सक्ति भयर पनि ठुलो कर्म गर्ने मानवको प्रयाशको अनादर गर्नु नै हुन्छ/सोच्नुस त् असल मानव जहा पुगेको छ जसकोमा जति पुकारे पनि भगवान पुगेको छैन, अस; मानवले तेस्को सहायता गरेको छ जसलाई भगवानले वास्ता पनि गरेको छैन/त् असल मानवलाई भगवान भन्नु उसको आदर हुन्छ बा अनादर?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Kishor

    ओशो निसन्देह यौटा विचारक हुन्, जसले अरु धर्म र सम्प्रदाय को नराम्रो कुरा चिरफार गर्न जिन्दगि बिताए तर आफ्नै सम्प्रदाये उनले गाली गर्ने भन्दा फरक राख्न सकेनन | इतिहास को निस्पक्ष्य छानबिन गर्न न त उनका चेलाले हिम्मत गर्छन न त उनलाई बिरोध गर्नेले | ओशो को documentary छ, Netflix मा, with historical footage in case anyone is interested. म ओशो सुन्छु, Sam Harris, Swami Vivekananda, Socrates लै सुने जस्तै भगवान को पाखण्ड बाट टाढा रहेर |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0